Darjeeling Update News

  • Home
  • Darjeeling Update News

Darjeeling Update News we update you

02/02/2025
01/02/2025
14/04/2024
14/04/2024

बजारमा नयाँ Wishky आएको रहेछ है ।

 #जानकारी आगमी दिनांक ४ नभेम्बरदेखि दार्जिलिङ जिल्ला  अस्पतालमा सुरु हुन गइरहेको छ
03/11/2022

#जानकारी

आगमी दिनांक ४ नभेम्बरदेखि दार्जिलिङ जिल्ला अस्पतालमा सुरु हुन गइरहेको छ

हार्दिक श्रद्धाञ्जली
29/10/2022

हार्दिक श्रद्धाञ्जली

26/10/2022

देउसे 2022

26/10/2022

#देउसे_2022

21/10/2022

JHILIMILI JHILIMILI DEUSUREY!

DARJEELING POLICE ORGANISES INTER POLICE STATION AREA DEUSI BHAILO COMPETETION

DATE: 23RD OCTOBER, 2022 VENUE: CHOWRASTA
TIME: 1400 HRS

WINNERS CASH PRIZE:
1ST POSITION : 20K
2ND POSITION: 15K
3RD POSITION: 10 K

RULES AND REGULATION FOR BOTH THE CATEGORIES (DEUSI AND BHAILO)

TIME FOR EACH PARTICIPANT:
6 MIN FOR DEUSI/BHAILO
4 MIN FOR ASISH
TOTAL: 10 MINUTES
NUMBER OF MEMBERS IN EACH GROUP: 5 MINIMUM & 10 MAXIMUM.
THE PARTICIPANTS WILL BE ADJUGED ON THE BASIS OF :
1. SUR
2. LAI
3. TAL
4. BHESH BHUSHA( DRESS CODE)
5. THET PANA (TRADATIONALITY) AND
6. PRESENTATION.

ONE PARTICIPATION EACH IN BOTH THE CATEGORIES FOR HILL POLICE STATIONS.





झिलिमिली झिलिमिली देउसुरे।

दार्जीलिङ पुलिसको आयोजनामा इन्टर पुलिस स्टेशन क्षेत्र देउसी भैलो प्रतियोगिता सम्पन्न।

मिति: 23 अक्टोबर, 2022 : स्थान:चौरास्ता
समय: 1400 बजे

विजेता नगद पुरस्कार:
प्रथम स्थान: 20K
दोस्रो स्थिति: 15K
तेस्रो स्थान: 10 K

दुवै वर्गका लागि नियम र विनियम (देउसी र भैलो)

प्रत्येक सहभागीको लागि समय:
देउसी/भाइलोका लागि 06 मिनेट
आशिषको लागी 04 मिनेट
कुल: 10 मिनेट
प्रत्येक समूहमा सदस्यहरूको संख्या: 5 न्यूनतम र 10 अधिकतम।
सहभागीहरूलाई निम्न आधारमा समायोजन गरिनेछ:
1. सूर
2. लय
3. ताल
4. भेष भूषा (ड्रेस कोड)
5. थैट पना (परम्परागतता) र
6. प्रस्तुति।

पहाडी पुलिस स्टेसनका लागि दुवै श्रेणीमा एक–एक सहभागिता।

#दार्जीलिङ_पुलिस।
#तपाईको_सेवामा।

দার্জিলিং পুলিশ থানা স্তরের দেউসি ভাইলো প্রতিযোগিতার আয়োজন করেছে।

তারিখ: 23 অক্টোবর, 2022, স্থান: চৌরাস্তা, সময়: 14:00 ঘন্টা

বিজয়ীদের জন্য পুরস্কার:
প্রথম স্থান:: ₹20000,
দ্বিতীয় স্থান:: ₹15000,
তৃতীয় স্থান:: ₹10000

দেউসি এবং ভাইলো উভয় প্রতিযোগিতার নিয়মাবলী:
প্রত্যেক অংশগ্রহণকারী দলের দেউসি/ ভাইলোর জন্য 6 মিনিট,
আশিষ-এর জন্য 4 মিনিট
মোট সময়:: 10 মিনিট।

প্রত্যেক দলে কমপক্ষে অংশগ্রহণকারীর সংখ্যা হতে হবে ৫ সর্বাধিক ১০ জন।

নিম্নলিখিত বিষয়গুলোর ভিত্তিতে বিচার করা হবে::
1. সুর,
2. তাল,
3. লয়,
4. বেশভূষা,
5. থেট পানা
6. উপস্থাপন।

#দার্জিলিং_পুলিশ
#আপনার_পাশে_আপনার_সেবায়

21/10/2022



DATE: 23RD OCTOBER, 2022
VENUE: CHOWRASTA
TIME: 1400 HRS

WINNERS CASH PRIZE:
1ST POSITION : 20K
2ND POSITION: 15K
3RD POSITION: 10 K

RULES AND REGULATION FOR BOTH THE CATEGORIES (DEUSI AND BHAILO)

TIME FOR EACH PARTICIPANT:
6 MIN FOR DEUSI/BHAILO
4 MIN FOR ASISH
TOTAL: 10 MINUTES
NUMBER OF MEMBERS IN EACH GROUP: 5 MINIMUM & 10 MAXIMUM.
THE PARTICIPANTS WILL BE ADJUGED ON THE BASIS OF :
1. SUR
2. LAI
3. TAL
4. BHESH BHUSHA( DRESS CODE)
5. THET PANA (TRADATIONALITY) AND
6. PRESENTATION.

ONE PARTICIPATION EACH IN BOTH THE CATEGORIES FOR HILL POLICE STATIONS.





झिलिमिली झिलिमिली देउसुरे।

दार्जीलिङ पुलिसको आयोजनामा इन्टर पुलिस स्टेशन क्षेत्र देउसी भैलो प्रतियोगिता सम्पन्न।

मिति: 23 अक्टोबर, 2022 : स्थान:चौरास्ता
समय: 1400 बजे

विजेता नगद पुरस्कार:
प्रथम स्थान: 20K
दोस्रो स्थिति: 15K
तेस्रो स्थान: 10 K

दुवै वर्गका लागि नियम र विनियम (देउसी र भैलो)

प्रत्येक सहभागीको लागि समय:
देउसी/भाइलोका लागि 06 मिनेट
आशिषको लागी 04 मिनेट
कुल: 10 मिनेट
प्रत्येक समूहमा सदस्यहरूको संख्या: 5 न्यूनतम र 10 अधिकतम।
सहभागीहरूलाई निम्न आधारमा समायोजन गरिनेछ:
1. सूर
2. लय
3. ताल
4. भेष भूषा (ड्रेस कोड)
5. थैट पना (परम्परागतता) र
6. प्रस्तुति।

पहाडी पुलिस स्टेसनका लागि दुवै श्रेणीमा एक–एक सहभागिता।

#दार्जीलिङ_पुलिस।
#तपाईको_सेवामा।

 #हार्दिक_श्रद्धाञ्जली कलाकार रामचन्द्र अधिकारी उर्फ गोक्ते काँजी अब रहेनन्कलाकार रामचन्द्र अधिकारी उर्फ गोक्ते काँजी अब...
20/10/2022

#हार्दिक_श्रद्धाञ्जली
कलाकार रामचन्द्र अधिकारी उर्फ गोक्ते काँजी अब रहेनन्

कलाकार रामचन्द्र अधिकारी उर्फ गोक्ते काँजी अब रहेनन्।
उनकको उपचारको क्रममा निधन भएको जानकारी प्राप्त भएको छ। उनले विभिन्न नेपाली चलचित्रमा आफ्नो सफल भूमिका निर्वाह गरिसकेका थिए भने बहु चर्चित नेपाली टेली श्रृखला मेरी बास्सैका एक प्रमुख कलाकार थिए । उनको निधनप्रति मिरिकको सेरोफेरो परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।

05/09/2022

5.9.22-को हिमाली बेलामा-

शिक्षक दिवस र केही यथार्थहरू

-राधिका तामाङ 'रौद्ररादु'

भनिन्छ शिक्षा एउटा महान् पेशा हो। के यो महान्
पेशामा संलग्न भएका सम्पूर्ण शिक्षकहरू महान् छन् त? के सबै शिक्षकहरूले आफ्नो कर्त्तव्य मनदेखि निर्वाह गर्दै आएका छन् त?
म सातौं कक्षामा हुँदा एकजना भूगोल पढ़ाउने सर हुनुहुन्थ्यो। सरले उहाँको क्लासमा फाल्तु गफ मात्र सुनाउनु हुन्थ्यो। घण्टी बज्न दश मिनट समय रहेपछि मात्र पढ़ाउन शुरु गर्नुहुन्थ्यो। हिन्दी क्लासको आधा समय पढ़ाएपछि मात्र क्लासबाट निस्कनुहुन्थ्यो। हिन्दी सर भूगोल पढ़ाउने सरको बानीसित साह्रै रिसाउनुहुन्थ्यो। उहाँलाई रिस उठ्नु स्वाभाविक नै थियो।
शिक्षकहरूलाई विद्यार्थीहरूको दोस्रो अभिभावक मानिन्छ। तर सबै शिक्षक विद्यार्थीहरूको अभिभावक बन्न नसक्दा रहेछन्। एउटा कलेजमा चारजना विद्यार्थीहरूलाई कलेजबाट निष्कासित गरियो। ती विद्यार्थीहरूको एक वर्षको समय बर्बाद भयो। तर कुनै पनि शिक्षकले ती विद्यार्थीहरूलाई कलेजमा फिर्ता लिनुपर्छ भनेर विद्यार्थीहरूको पक्षमा बोलेको थाहा पाइएन। शिक्षकहरूलाई विद्यार्थीहरूको भविष्यभन्दा आफ्नो नोकरी जाने डरले विद्यार्थीहरूमाथि अन्याय हुँदा पनि शिक्षकहरू मौन रहेका थिए।
नातावाद शिक्षण पेशामा मात्र नभएर हरेक क्षेत्रमा नै प्रचलित छ। तै पनि नातावाद शिक्षण पेशामा अरू पेशाको तुलनामा बढ़ी देख्न सकिन्छ। देशमा नै तानतुन, भनसुन, ठेलठालको चलन छ। शैक्षिक योग्यता नभएका पहुँच भएकाहरूका आफन्तहरू धेरैजना शिक्षण पेशामा संलग्न छन् भन्ने मानिन्छ।विद्यार्थीहरूले आफूले नबुझेको कुरो सोध्दा कि त रिसाउने, कि त सजाय नै दिने, कि त दुईचार दिनमा भन्छु भनेर टार्ने शिक्षकहरू धेरै विद्यार्थीहरूले भोगिरहेका छन्। त्यस्ता शिक्षकहरूमा पढ़ाउने क्षमता नै छैन भन्ने कुरा धेरै विद्यार्थीहरूले बुझ्छन् तर अनुशासनको नाममा सत्य कुरा बोल्ने अधिकार पनि विद्यार्थीहरूबाट खोसिएको छ।

हाम्रा सरकारी स्कूलहरूतिरका प्रायः नै शिक्षकहरूका छोराछोरी अर्कै स्कूलमा पढ़िरहेका हुन्छन् र छन् पनि। त्यसको अर्थ आफूले पढ़ाउने गरेको स्कूलमा पढ़ाइको स्तर ठीक छैन भन्ने कुरा ती शिक्षकहरूलाई थाहा छ। अथवा यसो भनौं कि आफ्नो शिक्षणमाथि नै ती शिक्षकहरूलाई विश्वास छैन र नै आफ्ना छोराछोरीलाई अर्को स्कूलमा शिक्षा दिइरहेका छन्।
एउटा स्कूलको घटना भनौं या दुर्घटना। एकजना विद्यार्थीलाई प्रेमीसँग भेटेको आरोपमा शिक्षिकाहरूले स्टाफ रूममा डाकेर उसको युनिफर्म उतार्न लगाएर उसको शरीरमा उनीहरूको शङ्काको निसानी खोजेका थिए। ती विद्यार्थी स्कूल आउन नै छाड़ेकी थिइन्। उसको भविष्य अँध्यारो भयो। कहीं त्यसरी तालेबान हुकुमत पनि चलिरहेको छ।
भनिन्छ, विद्यार्थी जीवन सुनौलो जीवन हो। तर मैले आज स्कूल जीवनको कुनै पनि त्यस्तो सुनौलो पल सम्झना गर्न सकिरहेको छैन। स्कूलको सम्झना नै गर्न मन नलाग्ने गरी कति चोटहरू पाइएको छ। हामीले एउटा साहित्यिक समूह खोलेको कारण कतिजना शिक्षकहरूको आँखाको कसिँगर बन्न पुगेका थियौं। विद्यार्थीहरू पनि शिक्षकहरूको ईर्ष्या, द्वेष र डाहको शिकार बन्दा रहेछन् भन्ने तीतो अनुभव बिर्सनै सक्दिनँ। विद्यार्थीहरूको अभ्यास खाता हेर्न नभ्याउने शिक्षकहरूले विद्यार्थीहरूले फेसबुकमा के लेखेका छन् भनेर हेर्न र चर्चा गर्न भ्याउँथे। फेसबुककै प्रसङ्गमा केही विद्यार्थीहरूले स्कूलमा माफीपत्र लेख्नु परेको घटनालाई म हरेक शिक्षक दिवसमा सम्झिने गर्छु। त्यो दिन साँझ मेरा एक मित्रले हामीलाई एउटा कविता सुनाएको थियो। कविताको शीर्षक थियो - सबकुछ याद रखा जाएगा।
एकजना यस्ता शिक्षक पनि हुनुहुन्थ्यो जो सधैं विद्यार्थीहरूको पक्षमा बोल्नुहुन्थ्यो। विद्यार्थीहरूलाई सहयोग गर्न कहिल्यै पछि हट्नु हुन्नथ्यो। उहाँले हामीलाई कहिल्यै पनि गाली गर्नु भएन। विद्यार्थीहरूले गल्ती गरे प्रेमपूर्वक सम्झाउने गर्नुहुन्थ्यो। तर कुनै पनि विद्यार्थीलाई अरूको अघि अपमानित अनुभव गराउनुहुन्नथ्यो। उहाँ धेरै विद्यार्थीहरूको प्रिय शिक्षक हुनुहुन्थ्यो। उहाँ विद्यार्थीहरूको साथी र अभिभावक पनि हुनुहुन्थ्यो। सत्यलाई सत्य भन्न नडराउने उनले विद्यार्थीहरूको लागि कतिपटक जुझ्नु पनि परेको थियो। तर कसैको अघि शिर निहुराएर घुँड़ा टेक्नेमा उहाँ पर्नुहुन्नथ्यो। उहाँ धेरै विद्यार्थीहरूको मार्गदर्शक बन्नुभएको छ। हामी उहाँलाई गुरु भनेर सम्बोधन गर्थ्यौं किनभने उहाँले हामीलाई पाठ्यपुस्तक मात्र नभएर जीवनको बाटो पनि पढ़ाउनुभएको छ।
मलाई लाग्छ उहाँजस्तो शिक्षक हरेक स्कूलमा हुनुपछर्। उहाँसित गाली नै नगरी विद्यार्थीहरूलाई सुमार्गमा डोर्‍याउने क्षमता थियो। त्यस्ता केही मात्र आदर्श शिक्षकहरूको सम्झनाले नै मलाई शिक्षक दिवस सार्थक भएको अनुभव हुन्छ।
कुनै पनि विद्यार्थीले शिक्षकहरूको ब्याकबाइटिङ गर्नु नपरोस् जस्तो लाग्छ। कुनै पनि विद्यार्थीले शिक्षकहरूसित असुरक्षित महसुस गर्नु नपरोस् जस्तो लाग्छ। तर यथार्थमा सबै शिक्षक शिक्षक हुँदैन रहेछ। यस्तो लाग्छ कि हाम्रो प़िँढीको विद्यार्थी आदर्श शिक्षकहरूको खोजीमा छ।
तर हरेक शिक्षक दिवसको अवसरमा मैले मेरो विद्यार्थी जीवनमा भेटेको केही आदर्श शिक्षकहरूको सम्झना गर्छु। उहाँहरूकै कारणले मैले धेरैपल्ट स्कूल छोड्ने मन गरेर पनि छोडिनँ। आज सम्झना हुन्छ। मजस्तै धेरै विद्यार्थीहरू शिक्षाबाट पलायन हुने मोडमा पुग्छन्। म नै कतिपल्ट रूँदै घर फर्केको छु। तर ती आदर्श शिक्षकहरूको उचित हस्तक्षेपले जीवनको बाटो सम्हालिएको स्वीकार गर्छु। त्यसकारण संसारका हरेक आदर्श शिक्षकहरूलाई शिक्षक दिवसको अवसरमा भित्र मनबाट नै मेरो श्रद्धा र सम्मान प्रकट गर्छु।

श्रमिकहरु बसे रिले अनशन। जब सम्म सरकारले हाम्रो मांग पुरा गरि चिया श्रमिक हरूलाई न्याय दिदैन तब सम्म यो अनशन जारी रहने छ...
05/09/2022

श्रमिकहरु बसे रिले अनशन। जब सम्म सरकारले हाम्रो मांग पुरा गरि चिया श्रमिक हरूलाई न्याय दिदैन तब सम्म यो अनशन जारी रहने छ।

आज सोमबार प्रथम दिनको रिले अनशन पान्दम चिया बगान र हेप्पीभ्याली चिया बगान का श्रमिक दिदी बहिनीहरूले भाग लिएका थिए ।जब सम्म सरकारले हाम्रो मांग पुरा गरि चिया श्रमिक हरूलाई न्याय दिदैन तब सम्म यो क्रमिक अनशन जारी रहने छ। भोलि मंगलबार अम्बोटिया चिया बगान र मन्टीभेट चिया श्रमिक हरूले यस अनशन मा भाग लिनेछ।

Darjeeling Update NewsIllegal GTA OrderAfter side-lining hundreds of qualified, deserving candidates they appointed unqu...
01/09/2022

Darjeeling Update News
Illegal GTA Order

After side-lining hundreds of qualified, deserving candidates they appointed unqualified teachers illegally. Now they are preventing elections to all School Managing Committees.

Is this what they mean by 'fixing the system'?

Those in power should not forget that the educated youths of today and the concious citizens will not allow anyone to mess with the education of our children and the future of our community anymore.

This order is illegal and will to be challenged.

Raju Bista
Member of Parliament, Darjeeling and
National Spokesperson, BJP

प्रवर्तन निर्देषनालयले  शिक्षक नियुक्तिको मांग्यो सूची!प्लीज मेडम!भष्ट्रचारीहरूलाई बचाउँने काम नगरी दिनु होस: अजय एडवार्...
31/08/2022

प्रवर्तन निर्देषनालयले शिक्षक नियुक्तिको मांग्यो सूची!
प्लीज मेडम!भष्ट्रचारीहरूलाई बचाउँने काम नगरी दिनु होस: अजय एडवार्डस

दार्जीलिङ पार्वतीय क्षेत्रमा भए को अबैद्य शिक्षक नियुक्तिको घटनाले पहाड तातिन्दै जान्दैछ।हिज 30 अगस्त मात्र न्यायलयको निर्देश अनुरूप प्रवर्तन निर्देशनालयले ईडीले प्राइमेरी स्कूलहरूमा 2011 देखिको शिक्षक नियुक्तिको सूची विभागीय अधिकारीलाई मांगेका छन।भने अर्कोतिर गोर्खा प्राइमेरी बेरोजगार संगठनले अधिबाटै उच्च न्यायलयमा याचिका दर्ता गरी सकेका छन अनि सुनाईको क्रम पनि चली रहेको छ। न्यायलयले पहाडको स्कूलहरूमा भएको अबैद्य शिक्षक नियुक्तिको जाँच ईडी र सीवीआईको हातमा सोम्पिने छन भन्ने आशा साचेका छन।दार्जीलिङ पार्वतीय क्षेत्र हरूको स्कूलहरूमा भएको अबैद्य शिक्षक नियुक्तिमाथि हाम्रो पार्टी अध्यक्ष एंव जीटीए सभासद अजय एडवार्डस ले मुख खोलेका छन।अध्यक्ष एडवार्डसले अधि भने चोर दैलोबाट नियुक्ति पाउने,नोटको रूपियाँ पैसाको भरमा नियुक्ति पाउने,भाइभतिजाबादमा नियुक्ति पाउने अनि नियुक्ति गराउनेहरू सवैमाथि कानूनी कार्यवाही हुनु पर्छ तिनले भने।अध्यक्ष एडवार्डसले अझ भने नियुक्ति पाएका सवै त्यस्ता छैन होला,जसले आफ्नो योग्यताको आधारमा अनि नियम अनुरूप शिक्षक नियुक्ति पाएका छन,उनीहरू डराउनु पर्दैन, उनीहरूको पक्षमा हाम्रो पार्टी खडा हुनेछ तर भष्ट्रचारी,घुसखोरी,रूपियाँ पैसाको बलमा नियुक्ति पाएका छन अनि भाइभतिजाबादको आडमा नियुक्ति पाएका छन,उनीहरू विरूद्व कानूनी कार्यवाही हुनै पर्छ तिनले भने।राज्यको पूर्व शिक्षा मंत्री एंव तृणमूल काग्रेसको शीर्ष नेता पार्थ च्याटर्जी विरूद्व कानूनी कार्यवाही हुदा राज्यकी मुख्यमंत्री एंव तृणमूल नेत्री ममता ब्यानर्जीले आरोपी पार्थ च्याटर्जीलाई मंत्री मण्डलबाट साथै पार्टीबाट पनि निष्काशित गर्ने काम गरेका थिए,यदि पहाडमा ईडी र सीवीआईहरूले शिक्षक नियुक्ति काण्डमा कानूनी कार्य शुरू गरेको खण्डमा उनीहरूलाई बचाउँने काम नगरी दिने अनुरोध गरेको छ।अध्यक्ष एडवार्डसले स्पष्ट शब्दमा भने अबैद्य शिक्षक नियूक्तिको कार्यवाहीमा तृणमूल पार्टीको कार्यकर्ताहरू किन नहोस अनि राज्य सरकारको उठ बसमा चल्ने दलका नेतृत्वहरू नै किन नहोस प्लीज मेडम उनीहरू लाई बचाउने काम नगरी दिनु होस एडवार्डसले भने।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Darjeeling Update News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share