08/01/2025
सुनसरी उधोग वाणिज्य संघको आयोजनामा तेस्रो धरान एक्स्पो २०८१ धरान उपहानगरपालिकावडा न. १६ मा रहेको रंगशालाको तल्लो खेल मैदानमा यहीँ पुस २५ गतेदेखि शुरु हुने भएको छ ।
आयोजक सुनसरी उद्योग बाणिज्य संघले पुस २४ मा पत्रकार सम्मेलन गरी एक्स्पोको अन्तिम तयारी बारे जानकारी दिएको छ । बाणिज्य संघका अध्यक्ष बिजय श्रेष्ठले धरानको व्यापार व्यवसायलाई प्रवर्धन गर्दै सुस्ताएको व्यापार ब्यवसायलाई चलयमान बनाउनको लागि धरान एक्स्पो २०८१ को आयोजना गरिएको जानकारी दिनुभएको छ।
साथै उक्त एक्स्पोमा सबैलाई उपस्थित भएर शोभा बढाइदिनु निमन्त्रणा समेत गर्नु भएको छ।