Fact Matters

Fact Matters Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fact Matters, Magazine, .

१४ सय ६० घर पूर्ण रूपमा क्षति, तर सरकारले अहिलेसम्म पहिचान गर्न सकेन वास्तविक पीडितको तथ्यांकसरकारले दुई महिनादेखि बाजुर...
03/12/2023

१४ सय ६० घर पूर्ण रूपमा क्षति, तर सरकारले अहिलेसम्म पहिचान गर्न सकेन वास्तविक पीडितको तथ्यांक
सरकारले दुई महिनादेखि बाजुराका भूकम्पपीडितहरूको उचित व्यवस्थापन गर्न नसक्दा उनीहरू खुला पालमुनि बस्दै आएका छन् । मंसिरको कठ्यांगिँ्रदो चिसोका कारण बिरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

१४ सय ६० घर पूर्ण रूपमा क्षति, तर सरकारले अहिलेसम्म पहिचान गर्न सकेन वास्तविक पीडितको तथ्यांक सरकारले दुई

भूकम्पका कारण घरबास गुमाएपछि त्रिपालमा बस्दै आएका भूकम्पपीडितले चिसोका कारण धमाधम ज्यान गुमाउन थालेका छन् । वडा कार्यालय...
01/12/2023

भूकम्पका कारण घरबास गुमाएपछि त्रिपालमा बस्दै आएका भूकम्पपीडितले चिसोका कारण धमाधम ज्यान गुमाउन थालेका छन् । वडा कार्यालयहरूका अनुसार बिहीबारसम्म चिसोले मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ जनाको ज्यान गएको हो ।

भूकम्पका कारण घरबास गुमाएपछि त्रिपालमा बस्दै आएका भूकम्पपीडितले चिसोका कारण धमाधम ज्यान गुमाउन थालेका छन् । वड...

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ, र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले आयोजना गरेको पुस्तक प्रदर्शनीमा चिनिया ...
24/11/2023

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ, र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरले आयोजना गरेको पुस्तक प्रदर्शनीमा चिनिया भाषाका पुस्तकहरू अत्यधिक देखिए।

दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेशलगायत विभिन्न देशसँगै चीन, अमेरिका, इजिप्ट लगायत १५ भन्दा बढी देशका प्रकाशक, उत्पादक तथा वितरक प्रदर्शनमा सहभागी रहेको आयोजकको दाबी अनुसारका पुस्तक प्रदर्शनीमा देखिए

काठमाडौँ : काठमाडौँको भृकुटीमण्डपमा भइरहेको पुस्तक प्रदर्शनको नाम दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्.....

पक्राउ पर्नेमा काठमाडौंको ठमेल डेरा गरी बस्ने चिनिया नागरिक ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौंको नैकाप डेरा गरी बस्ने बानि...
22/11/2023

पक्राउ पर्नेमा काठमाडौंको ठमेल डेरा गरी बस्ने चिनिया नागरिक ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाडौंको नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्का छन् ।

प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा–प्र ०२–०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।

काठमाडौं -प्रहरीले देशको संघीय राजधानी काठमाडौंबाट स्रोत नखुलेको रकमसहित दुईजनालाई पक्राउ गरेको छ । [...]

सबैको नजर यस साता चिनियाँ नेता सी चिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको महत्वपूर्ण बैठकमा परेको छ। इकोनोमिस्ट इन्टे...
17/11/2023

सबैको नजर यस साता चिनियाँ नेता सी चिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको महत्वपूर्ण बैठकमा परेको छ। इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका निक मारो भन्छन्, ‘भूराजनीतिक जोखिमको चिन्ता, घरेलु नीतिको अनिश्चितता र सुस्त वृद्धिले कम्पनीहरूलाई वैकल्पिक बजारहरूबारे सोच्न कर लगाएको छ।’ सन् १९९८ यता सेप्टेम्बर अन्त्यसम्मको तीन महिनामा पहिलोपल्ट चीनले सबैभन्दा धेरै ११ अर्ब ८० करोड अमेरिकी डलरको व्यापार घाटा बेहोरेको छ। यसले यो सन्देश दिएको छ कि– विदेशी कम्पनीहरूका लागि चीनमा लगानी अब सुरक्षित छैन, बरु बाहिर लैजानु नै हितकर छ। गत वर्षदेखि विश्वका केही ठूला कम्पनीले चीनबाट लगानी झिक्न थालेका थिए।

बेइजिङ : सरकारी तथ्यांकहरूले देखाउँछन् कि– विदेशी व्यवसायहरूले गरेक

Nepal’s $216 million international airport in Pokhara, the country’s second-biggest city, opened in January. China agree...
14/11/2023

Nepal’s $216 million international airport in Pokhara, the country’s second-biggest city, opened in January. China agreed to provide loans to build the airport more than a decade ago. Nepal tapped China CAMC Engineering, the construction arm of a state-owned conglomerate, Sinomach, as the contractor.

After a Times article about the cost and quality of Pokhara airport, which Chinese state-owned firms financed and built, Nepal’s anti-corruption agency said it was looking into the project.

चिनियाँ सामान सहजरूपमा नेपाल आउँछन्। स्वदेशमै उत्पादन हुने सामानलाई संरक्षण गर्न आवश्यक नीति सरकारले लिने गरेको छैन। जसक...
08/11/2023

चिनियाँ सामान सहजरूपमा नेपाल आउँछन्। स्वदेशमै उत्पादन हुने सामानलाई संरक्षण गर्न आवश्यक नीति सरकारले लिने गरेको छैन। जसका हस्तकलाको व्यापार गरेर आफ्नो पेसा धान्दै आएका व्यवसायीहरु संकटमा पर्न थालेका छन्। साना तथा मझौला उद्यम गरेका व्यवसायी विस्तारै पलायन हुने बाटोमा छन्।

काठमाडौं। ललितपुरको मंगलबजारका अमृत ताम्राकार सोमबार पूजा गर्ने घन्टीमा नाम खोपिरहेका थिए। तिहारका लागि उनको प...

Nepal Airlines is planning to sell off its Chinese planes that have been like an albatross around its neck for what an i...
10/10/2023

Nepal Airlines is planning to sell off its Chinese planes that have been like an albatross around its neck for what an insider said is junkyard price.

Acquired between 2014 and 2018, the six aircraft were worth Rs6.66 billion in grants and loans. One of the planes has since crashed. The national flag carrier is asking Rs220 million for the remaining five aircraft in an apparent effort to get rid of them as fast as possible.

The five grounded Chinese-made aircraft have been more trouble than they are worth, officials say.

सरकारले सार्वजनिक गरेको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख हाराहारी छ । तर त्यसको तुलनामा सहुलियत पसल (बिक्...
09/10/2023

सरकारले सार्वजनिक गरेको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख हाराहारी छ । तर त्यसको तुलनामा सहुलियत पसल (बिक्री केन्द्र) ९५ वटा मात्रै सञ्चालनमा छन् । सहुलियत पसल नामकरण गरिएका बिक्री केन्द्र उपत्यकामै केन्द्रित छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४९, साल्ट ट्रेडिङ कर्पोरेसनले ३५ र दुग्ध विकास संस्थानले ११ आउटलेटबाट आफ्ना सामानमा छुट दिएका छन् ।

सरकारले हरेक वर्ष जारी गर्ने बजेट वक्तव्यमा एउटा वाक्य छुट्दैन, ‘सहुलियत मूल्यमा खाद्य वस्तु बिक्री गर्ने सहुलि....

निर्माण कम्पनीले कामै नगरेर आजित बनाएपछि सरकारले नारायणगढ-बुटवल र पोखरा-मुग्लिन सडकको ठेक्का तोड्ने भएको छ। पोखरा-मुग्लि...
08/10/2023

निर्माण कम्पनीले कामै नगरेर आजित बनाएपछि सरकारले नारायणगढ-बुटवल र पोखरा-मुग्लिन सडकको ठेक्का तोड्ने भएको छ। पोखरा-मुग्लिन सडकको पश्चिम खण्ड र नारायणगढ- बुटवल सडकको पूर्वी खण्ड विस्तारको ठेक्का तोड्ने तयारी सरकारले गरेको हो।

काठमाडौं। निर्माण कम्पनीले कामै नगरेर आजित बनाएपछि सरकारले नारायणगढ-बुटवल र पोखरा-मुग्लिन सडकको ठेक्का तोड्ने .....

भ्याकेसन (बिदा) र भिजिट (भ्रमण)मा धेरै फरक छ । छुट्टीका बेला परिवारका सदस्यहरु लिएर कतै घुम्न गइयो भने त्यसलाई भ्याकेसन ...
01/10/2023

भ्याकेसन (बिदा) र भिजिट (भ्रमण)मा धेरै फरक छ । छुट्टीका बेला परिवारका सदस्यहरु लिएर कतै घुम्न गइयो भने त्यसलाई भ्याकेसन भनिन्छ, आराम र मनोरञ्जन त्यसको प्रमुख उद्देश्य हुन्छ । भिजिट भनेको कुनै विशेष उद्देश्य लिएर कसैलाई भेट्न जानु हो ।

यी दुई परिभाषाको कसीमा परख गर्दा प्रधानमन्त्री पुष्पकमल दाहालको चीनयात्रा भ्याकेसन र भिजिटको मिश्रण देखिन्छ । तर, समग्रतामा यात्राको अवधि र उपलब्धिलाई हेर्दा यो भ्रमण भ्याकेसन बढी र भिजिट कम भयो ।

भ्याकेसन (बिदा) र भिजिट (भ्रमण)मा धेरै फरक छ । छुट्टीका बेला परिवारका सदस्यहरु लिएर कतै घुम्न गइयो भने त्यसलाई भ्या....

चाडबाडको मुखमा भएको अस्वाभाविक मूल्यवृद्धिले उपभोक्ता मारमा परेका छन् । काठमाडौंको बालाजु माछापोखरी बस्ने सुशीला पोखरेल ...
27/09/2023

चाडबाडको मुखमा भएको अस्वाभाविक मूल्यवृद्धिले उपभोक्ता मारमा परेका छन् । काठमाडौंको बालाजु माछापोखरी बस्ने सुशीला पोखरेल आम्दानी नबढ्ने, तर महँगी अचाक्ली हुँदा भान्सा चलाउन सकस भएको अनुभव सुनाउँछिन् । ‘म काठमाडौं बसेको २० वर्ष भयो । यसपालि त थेग्नै नसकिने गरी मूल्य बढेको छ । जागिरबाट हुने आम्दानी खासै बढेको छैन, तर उपभोग्य वस्तुको भाउ बढेको बढ्यै छ,’ उनले भनिन्, ‘यस्तै हो भने अब दैनिक गुजारा कसरी गर्ने भन्ने भइसक्यो ।’

२०% भन्दा धेरै नाफा राखेर सामान बिक्री गर्नुलाई कालोबजारी मान्दै कानुनले त्यस्तो गर्नेलाई एक वर्षसम्म कैद र

यति विमान दुर्घटना बारे छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई ...
25/09/2023

यति विमान दुर्घटना बारे छानबिन गर्न गठित जाँचबुझ आयोगले बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई सरकारले चाहे अनुसारको प्रतिवेदन बुझाएको छ ।

आयोगका सदस्यसचिव बुद्धिसागर लामिछानेका अनुसार, ०७९ माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको एटीआर विमान दुर्घटनाबारे विस्तृत जाँचबुझ गरी बनाइएको अन्तिम प्रतिवेदनको मस्यौदा मन्त्री किरातीलाई बुझाइएको हो । उनले अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ)को प्रावधानअनुसार यस घटनासँग सरोकार राख्ने विभिन्न मुलुकको अन्तिम सुझाव प्राप्त भएको ६० दिनपछि प्रतिवेदन सार्वजनिक गरिने बताए ।

सरकारले आठ महिना अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको यति एयरलायन्सको जहाज दुर्घटनामा विमानको प्राव....

नयाँदिल्लीमा सम्पन्न जी–२० सम्मेलनको साइडलाइनमा घोषणा भएको भारत, मध्यपूर्व र युरोपलाई जोड्ने एक बहुराष्ट्रिय रेल तथा पान...
21/09/2023

नयाँदिल्लीमा सम्पन्न जी–२० सम्मेलनको साइडलाइनमा घोषणा भएको भारत, मध्यपूर्व र युरोपलाई जोड्ने एक बहुराष्ट्रिय रेल तथा पानीजहाज परियोजनालाई सम्बद्ध अधिकारीले ‘गेम चेन्जर’ बताइरहेका छन् । विश्लेषकहरूले भने यस भेगमा चीनको प्रभाव कम गर्ने उद्देश्यले यस परियोजना ल्याएको टिप्पणी गरेका छन् । परियोजनाअन्तर्गत साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), जोर्डन, इजरायललाई रेलमार्गमार्फत जोडिनेछ । ती भेगका बन्दरगाहमार्फत भारत र युरोपेली संघलाई पनि सामुद्रिक मार्गबाट जोडिनेछ । रेल तथा पारवाहन पूर्वाधारका अतिरिक्त यस परियोजनामा ऊर्जा, डिजिटल केबलका पूर्वाधार पनि रहनेछन् । यो रुट निर्माण पूरा भएपछि व्यापार, इन्धन तथा सूचनाको आदानप्रदान तीव्र बन्ने अधिकारीले बताएका छन् ।

नयाँदिल्लीमा सम्पन्न जी–२० सम्मेलनको साइडलाइनमा घोषणा भएको भारत, मध्यपूर्व र युरोपलाई जोड्ने एक

कान्ति बाल अस्पतालदेखि करिब दुई सय मिटर दूरीको फरकमा छ त्रिवि शिक्षण अस्पताल (टिचिङ)को बाल उपचार कक्ष । तर, कान्तिले यहा...
17/09/2023

कान्ति बाल अस्पतालदेखि करिब दुई सय मिटर दूरीको फरकमा छ त्रिवि शिक्षण अस्पताल (टिचिङ)को बाल उपचार कक्ष । तर, कान्तिले यहाँ बेड भए–नभएको बुझ्दै नबुझी अन्य निजी अस्पतालमा बिरामी पठाउने गरेको छ । टिचिङको बाल वार्डका बालरोग विशेषज्ञ डा. सूर्य थापाले यहाँ ६० बेड रहेको बताए । ‘हामीसँग सबै गरेर ६० वटा मात्रै बेड छन्, त्यसमा पनि पिआइसियू ६ वटा र एनआइसियू आठवटा छन्,’ उनले भने, ‘हाल अस्पतालमा १२ जना विशेषज्ञ डाक्टर छौँ ।’ थापाका अनुसार यहाँ सबैभन्दा बढी रेफर गरिएका बिरामी आउँछन् । तर, कान्तिबाट रेफर नगरिने उनले बताए । ‘मिर्गौला, लिभर, आन्द्रा, बाथरोग, शारीरिक विकास, अटिजमसम्बन्धी उपचार हामीकहाँ हुने गरेको छ । देशका विभिन्न अस्पतालबाट जटिल समस्या देखिएका बिरामी यहाँ रेफर गर्ने गरिन्छ । तर, कान्तिबाट रेफर भएको खासै थाहा छैन ।’

बालबालिकाको मात्रै उपचार हुने विशिष्टीकृत एक मात्र सरकारी अस्पताल कान्तिमा देशभरबाट बिरामी आउँछन् । तर, केही

भारत विरुद्ध नकारात्मक टिप्पणी गरेपछि परराष्ट्र मन्त्रालयले आज नेपालका लागि चिनियाँ राजदूत चेङ सङलाई सिंहदरवारमा बोलाएको...
13/09/2023

भारत विरुद्ध नकारात्मक टिप्पणी गरेपछि परराष्ट्र मन्त्रालयले आज नेपालका लागि चिनियाँ राजदूत चेङ सङलाई सिंहदरवारमा बोलाएको छ । मन्त्रालायले राजदुतलाई विशेष गरेर दुई वटा विषयमा कडा निर्देशन दिएको स्रोतले जनाएको छ।

मन्त्रालय स्रोतका अनुसार चीनले हालै जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालमा देखाउन र तेस्रो मुलुकसँगको नेपालको सम्बन्धबारे कुनै टिप्पणी नगर्न निर्देशन दिईएको छ।

भारत विरुद्ध नकारात्मक टिप्पणी गरेपछि परराष्ट्र मन्त्रालयले आज नेपालका लागि चिनियाँ राजदूत चेङ सङलाई सिंहदरवा....

हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलमा उज्ज्वल भविष्यको सपनासहित श्रम बेच्न बिदेसिने युवाको मेला लाग्छ । वृद्ध आमाबुबा, गर...
10/09/2023

हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलमा उज्ज्वल भविष्यको सपनासहित श्रम बेच्न बिदेसिने युवाको मेला लाग्छ । वृद्ध आमाबुबा, गर्भवती पत्नी, नाबालक छोराछोरीसहितका आफन्तसँग विछोडको दृश्य दर्दनाक देखिन्छ । स्वदेशमै भविष्यप्रति आश्वस्त हुन नसकेका युवाको पलायनले देशको सिंगो चित्र देखाउँछ ।

हरेक दिन अन्तर्राष्ट्रिय विमानस्थलमा उज्ज्वल भविष्यको सपनासहित श्रम बेच्न बिदेसिने युवाको मेला लाग्छ । वृद्ध

परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकासमा भारतको योगदान रहेको बताएका छन् । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको...
07/09/2023

परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकासमा भारतको योगदान रहेको बताएका छन् । भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको संखुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण पब्लिक क्याम्पसको क्याम्पस भवन उद्घाटन कार्यक्रममा परराष्ट्रमन्त्री साउदले बुधबार उक्त कुरा बताएका हुन् । मन्त्री साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भवनको संयुक्तरुपमा उद्घाटन गरे ।

परराष्ट्रमन्त्री एनपी साउदले नेपालको विकासमा भारतको योगदान रहेको बताएका छन् । भारत सरकारको आर्थिक सहयोगमा निर्...

गत २७ साउनको शनिबार दाङको घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डीसीको गाडी विना पास प्रयोग भइरहेको भेटेपछि स्थानीय युवाले...
06/09/2023

गत २७ साउनको शनिबार दाङको घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डीसीको गाडी विना पास प्रयोग भइरहेको भेटेपछि स्थानीय युवाले रोके । त्यसैदिन सल्यानबाट सरकारी कर्मचारीको छोरा चढेर आएको सरकारी मोटरसाइकल पनि युवाहरूले रोके । ती दुवै सवारी साधन उनीहरूले जिल्ला प्रशासन कार्यालय, दाङमा बुझाए ।

२० साउन शनिबार सुनसरीको देवानगञ्ज गाउँपालिका–३ का अध्यक्ष अनिलकुमार भगतले को १ ब १३२८ नम्बरको सरकारी मोटरसाइकल लिएर घुमफिरमा हिंडेको भन्दै स्थानीयले रोके । स्थानीयले मोटरसाइकल प्रहरीलाई जिम्मा लगाउन खोजेपछि वडाध्यक्ष विवाद गर्दै उम्किएका थिए ।

२० साउनमै विद्यार्थीको समूहले डोटीमा आन्तरिक राजस्व कार्यालय सिलगढी, जिल्ला वन कार्यालय, सघन सहकारी कार्यालयको गाडी र उच्च अदालत राजपुरको मोटरसाइकल इलाका प्रहरी कार्यालय दिपायलमा बुझाएको थियो ।

१९ भदौ, काठमाडौं । गत शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने भन्दै फेसबु....

गृहमन्त्री नारायणकाजी श्रेष्ठको गलत कार्यशैलीका कारण यति बेला सरकारको भविष्यलाई लिएर अनेक टिकाटिप्पणी सुरु भएका छन् । गठ...
30/08/2023

गृहमन्त्री नारायणकाजी श्रेष्ठको गलत कार्यशैलीका कारण यति बेला सरकारको भविष्यलाई लिएर अनेक टिकाटिप्पणी सुरु भएका छन् । गठबन्धन सरकारका गृहमन्त्री श्रेष्ठको भूमिकाका विषयमा सत्तारुढ दलभित्रै चर्काे असन्तुष्टि बढेको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि रुष्ट बनेका छन् ।

गृहमन्त्रीकै कार्यशैलीका कारण प्रचण्डमाथि सत्तागठबन्धनभित्र दवाव बढ्न थालेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणदेखि ललितानिवास जग्गा हुँदै ६० केजी सुनकाण्डसम्म पुग्दा गृहमन्त्री श्रेष्ठको कार्यशैलीमाथि गम्भीर प्रश्न उब्जेको हो ।

काठमाडौं : गृहमन्त्री नारायणकाजी श्रेष्ठको गलत कार्यशैलीका कारण यति बेला सरकारको भविष्यलाई लिएर अनेक टिकाटिप्प...

भारतका यी उपलब्धिको चर्चा गर्नुका पछाडि यो पंक्तिकारको उद्देश्य भारतको प्रशंसा गर्नु वा कतिपयले सोच्ने गरे जस्तो ‘भारत-प...
27/08/2023

भारतका यी उपलब्धिको चर्चा गर्नुका पछाडि यो पंक्तिकारको उद्देश्य भारतको प्रशंसा गर्नु वा कतिपयले सोच्ने गरे जस्तो ‘भारत-परस्त’ हुनु हैन । नेपालमा चीनको उपलब्धिबारे धेरै चर्चा हुन्छ तर भारत भित्रभित्रै कसरी बदलिंदैछ भन्ने कमैले बुझेका वा ध्यान दिएका हुन्छन् । भारत कसरी अगाडि बढ्दैछ वा पछाडि सर्दैछ भन्ने राम्रो अध्ययन नगरिकन नेपालले सही रणनीति बनाउन सक्दैन । यो पंक्तिकारको यो आलेखको उद्देश्य यहाँनेर हो ।

भारत र चीनले प्रगति गर्दा नेपालको अर्थतन्त्रको प्रवाह आफैं चुहिएर आउँछ र नेपालको आर्थिक विकास स्वतः हुन्छ भन्ने सोच निरर्थक हो । यदि त्यसो हुन्थ्यो त भइसक्नुपथ्र्यो । किनकि भारत र चीन दुवै तीव्र प्रगतिपथमा छन् भन्ने कुुरा पुष्टि नै भइसकेको छ तर, नेपालका कुनै पनि आर्थिक सूचक त्यस अनुपातमा अघि बढेका छैनन् ।

भारतप्रतिका हाम्रा बुझाइ, धारणा र आग्रह-पूर्वाग्रह आफ्नो ठाउँमा होलान् । सबैलाई थाहा भएकै हो- भारतसँग नेपालका दश.....

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले गरेको आदेशमा सर्वोच्चले नै प्रतिपादन गरेको सिद्धान्तविपरीत विश्वासको मत लिइएको ठह...
25/08/2023

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले गरेको आदेशमा सर्वोच्चले नै प्रतिपादन गरेको सिद्धान्तविपरीत विश्वासको मत लिइएको ठहर छ । ‘...माननीय मुख्यमन्त्री श्री उद्धव थापाले संविधानसम्मत रूपमा विश्वासको मत प्राप्त गरेको भनी मान्न मिल्ने अवस्था नदेखिएकाले निजको नेतृत्वमा गठित प्रदेश सरकारबाट प्रस्तुत निवेदनउपरको सुनुवाइ टुंगो नलागेसम्म दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्नू, नगराउनू’ आदेशमा छ ।

- सरकारको वैधतामाथि प्रश्न, विश्वासको मत लिने प्रक्रिया असंवैधानिक रहेको ठहर, दीर्घकालीन र नीतिगत निर्णय

ललिता निवासको जग्गा हिनामिना गर्नेविरुद्ध संगठित अपराध र किर्तेको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान...
22/08/2023

ललिता निवासको जग्गा हिनामिना गर्नेविरुद्ध संगठित अपराध र किर्तेको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले निर्णय प्रक्रियामा संलग्न मुख्य निर्णयाधिकारी नेपाल र भट्टराईलाई प्रतिवादी नबनाई तत्कालीन खरिदारदेखि सचिवसम्मका कर्मचारी, केही मन्त्री र भूमाफिया/बिचौलियासम्मलाई मात्रै मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको हो । दुवै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सामेल सत्ता गठबन्धनका नेता हुन् ।

बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार ....

एक महिनाअघि राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनमा अन्तरदेशीय आपराधिक समूहको संलग्नता देखिएको भन्दै सीआईबीलाई अनुसन्...
21/08/2023

एक महिनाअघि राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनमा अन्तरदेशीय आपराधिक समूहको संलग्नता देखिएको भन्दै सीआईबीलाई अनुसन्धानको जिम्मा लगाएको थियो ।

‘नाम छिरिङ लामा, जन्मस्थान काठमाडौं, वडा नम्बर ६ । जन्ममिति २०४२ साल । बाबुको नाम टाण्डुप लामा । नागरिकताको किसिम वंशज ।’

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी भएको नागरिकता वाहक वास्तविक नेपाली भने होइनन् । ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक लि वेन छङले बनाएको नेपाली नागरिकता हो ।

काठमाडौं - चिनियाँ नागरिकले नेपालमा बसेर के कस्ता अपराधकर्म गरेका रहेछन् भन्ने गुत्थी खुल्दै गएका छन् । [...]

६० किलो सुन बरामद प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ...
20/08/2023

६० किलो सुन बरामद प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आज चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३ महिला र एक पुरुष छन् । मंगलबार राति काठमाडौंका विभिन्न स्थानबाट विभिन्न स्थानबाट तियान मी, वीन तङ, डिङ सेग्फा र ली नेङ्काई पक्राउ परेका हुन् ।

काठमाडौं,३१ साउन । ६० किलो सुन बरामद प्रकरणमा थप चार जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनु....

बर्खाका झन्डै दुई महिनामा मुलुकभर बाढीपहिरोमा परी ४६ जनाले ज्यान गुमाएका छन् । २९ जना बेपत्ता र ५८ जना घाइते भएका छन् । ...
14/08/2023

बर्खाका झन्डै दुई महिनामा मुलुकभर बाढीपहिरोमा परी ४६ जनाले ज्यान गुमाएका छन् । २९ जना बेपत्ता र ५८ जना घाइते भएका छन् । गृह मन्त्रालय, आपत्कालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार ३१ जेठदेखि २८ साउनसम्म बाढीपहिरोका ६ सय १४ घटना रेकर्ड भएकामा पाँच हजार ६ सय ६८ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले एक सय ५५ घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ६ सय ७९ घरमा आंशिक क्षति पुगेको छ । बाढीपहिरोले जलविद्युत् आयोजना, पुल, सडकसहितका भौतिक संरचनाबाहेकमा नौ करोड ८३ लाखको क्षति भएको छ । यस अवधिमा सबैभन्दा बढी प्रभावित ताप्लेजुङ, पाँचथर र संखुवासभा भएका छन् ।

बर्खाका झन्डै दुई महिनामा मुलुकभर बाढीपहिरोमा परी ४६ जनाले ज्यान गुमाएका छन् । २९ जना बेपत्ता र ५८ जना घाइते

नेपालमा बौद्धमार्गको हितमा लाग्ने अरू कोही नभएजस्तो गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट ल्हारक्यालको नियुक्ति गरेर सच्च...
09/08/2023

नेपालमा बौद्धमार्गको हितमा लाग्ने अरू कोही नभएजस्तो गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट ल्हारक्यालको नियुक्ति गरेर सच्चा बौद्धमार्गीको आत्मसम्मानमाथि नै पनि चोट पुर्‍याएका छन्। उनको नियुक्ति यस्तो बेला पनि भएको छ, जतिबेला प्रधानमन्त्रीले आफ्नै पार्टीको रूपान्तरणको अभियान पनि घोषणा गरेका छन्। तर व्यवहारमा भने ठिक उल्टो सुरुआत पनि त्यही बेला गरेका छन्। उच्च नैतिक चरित्र भएको हुनुपर्ने भन्ने सर्त सरकारी वा गैरसरकारी नियुक्ति वा पदाधिकारीका लागि आवश्यक हुन्छ भने लुम्बिनी कोषजस्तो बौद्ध धर्म, दर्शन र संस्कृतिको सबैभन्दा गरिमामय संस्थामा ल्हारक्याल कसरी सुहाउँथे ? ल्हारक्याल भने नैतिकताको कसीमात्रै कमजोर नभई आपराधिक गतिविधिमै संलग्नताको आरोपित भएको हुँदा कुनै पनि दृष्टि र कसीमा उनको नियुक्ति सही ठहरिन्न।

तेस्रोपटक प्रधानमन्त्री नियुक्त हुँदा पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेको प्रतिबद्धता

स्थानीय तह तथा दुर्गममा कर्मचारी अभावको समस्या हल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा निवेदन माग्दा ...
06/08/2023

स्थानीय तह तथा दुर्गममा कर्मचारी अभावको समस्या हल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा निवेदन माग्दा सबै कर्मचारीले सुगम रोजेका छन् । मन्त्रालयले नौ दिनको समय तोकेर १२ साउनमा भौगोलिक क्षेत्रको अवधि पुगेका कर्मचारीबाट सरुवा निवेदन मागेको थियो । शुक्रबारसम्म चार सय ५० निवेदन परेकामा सबैले सुगम रोजेका हुन् ।
‘स्थानीय तह तथा दुर्गममा कर्मचारी अभावको समस्या हल गर्ने उद्देश्यले मन्त्रालयले सरुवा निवेदन मागेको थियो । तोकिएको अवधिमा इमेलमार्फत चार सय ५० निवेदन प्राप्त भएकामा सबैले सुगम नै रोजेका छन्, कोही पनि दुर्गम जान इच्छुक देखिएनन्,’ सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले भने ।

स्थानीय तह तथा दुर्गममा कर्मचारी अभावको समस्या हल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा

भ्रष्टाचार, अनियमितता र गडबडीका मुद्दामा सरकारले अनुसन्धान त अघि बढाउँछ। तर, जब यी मुुद्दामा राजनीतिक नेतृत्व जोडिन्छ, अ...
03/08/2023

भ्रष्टाचार, अनियमितता र गडबडीका मुद्दामा सरकारले अनुसन्धान त अघि बढाउँछ। तर, जब यी मुुद्दामा राजनीतिक नेतृत्व जोडिन्छ, अनुसन्धान बरालिन्छ। राजनीतिक संलग्नता भेटिएपछि साना तिनालाई पक्राउ गरिन्छ। नेतृत्वले उन्मुक्ति पाउँछ। यसो हुनुको मुख्य कारण राजनीतिक स्वार्थ हो। राजनीतिक स्वार्थ हावी भएपछि न मुद्दाको गहिरो गरी अनुसन्धान हुन्छ, न त मुख्य नेतृत्वकर्तामाथि नै कारबाही हुन्छ। हाम्रा लागि यो विडम्बना नै मान्नुपर्छ।

भ्रष्टाचार र अनियमितताका पछिल्ला तीनवटा ठूला प्रकरण बाहिर आएका छन्। ललिता निवास जग्गा हिनामिना, नक्कली शरणार्थी र एक क्विन्टल सुन प्रकरणको प्रारम्भिक अनुसन्धान र कारबाहीले जनतामा केही हदसम्म आशा जगाएको थियो। तर, तीनवटै प्रकरणमा राजनीतिक नेतृत्व जोडिएपछि अनुसन्धान नै बरालिएको छ। राजनीतिक हस्तक्षेपकै कारण अनुसन्धान अधकल्चो/अधुरा भएका छन्। जसले भ्रष्टाचार र अपराधलाई प्रश्रय दिएको छ।

भ्रष्टाचार, अनियमितता र गडबडीका मुद्दामा सरकारले अनुसन्धान त अघि बढाउँछ। तर, जब यी मुुद्दा

इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई...
02/08/2023

इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पु¥याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य स्थापित भइसकेको छ । सुन ल्याउने मात्र होइन, भन्सारमा रोकिएपछि त्यहींबाट मिलिभगतमा बेच्ने सञ्जालमा महरा बाबुछोरा भएको किटान प्रहरी प्रतिवेदनमा छ । प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायामा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

हरेक दिनजसो हुने विभिन्न कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष.....

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको बुधबार पा...
28/07/2023

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको बुधबार पाँच वर्ष पूरा भएको छ। पाँच वर्षसम्म प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै बुधबार महेन्द्रनगरमा विद्यार्थीले प्रदर्शन गरे। यसबीचमा घटनाको अनुसन्धानका लागि थुप्रै प्रहरी टोली महेन्द्रनगर आए पनि प्रहरी अपराधीसम्म पुग्न सकेको छैन।

घटनाको अनुसन्धानका लागि अहिले पनि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली र सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले निर्मला पन्त हत्या प्रकरण प्रहरीले प्राथमिकताकासाथ अनुसन्धान गरिरहेको बताए। ‘अहिले पनि प्राथमिकताका साथ घटनाको अनुसन्धान भइरहेको छ’, थापाले भने, ‘जिल्ला प्रहरी र सीआईबीको टोली अहिले पनि अनुसन्धानमा खटिएको छ।’ प्रहरीले अहिले पनि घटनामा शंकास्पद व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ।

महेन्द्रनगर : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका&ndash

Over the past four years, a total of 837 Chinese individuals have been deported from Nepal due to their involvement in v...
27/07/2023

Over the past four years, a total of 837 Chinese individuals have been deported from Nepal due to their involvement in various illegal activities. Based on statistics from the Immigration Department, the deportations were as follows: 427 individuals in 2019, 226 individuals in 2020, 34 individuals in 2021, and 150 individuals in 2022, all found engaged in unlawful actions within the country.

The incidence of crimes committed by Chinese citizens in Nepal is on the rise, indicating a worrisome trend of organized criminal activities involving individuals from China. Over the past four years, a total of 837 Chinese individuals have been deported from Nepal due to their involvement in variou...

The incident involves the illicit transportation of 100 kg of gold, which was cleverly taken out of the airport customs ...
25/07/2023

The incident involves the illicit transportation of 100 kg of gold, which was cleverly taken out of the airport customs office by exploiting both technical loopholes and human vulnerabilities at Tribhuvan International Airport (TIA).

As a result, not only the companies, government, and security officials involved in this illegal activity are under scrutiny, but also the secretive gangs responsible for orchestrating the entire operation are being exposed to the public eye.

The recent gold smuggling case has captured the attention of the entire country, sparking widespread discussions. The incident involves the illicit transportation of 100 kg of gold, which was cleverly taken out of the airport customs office by exploiting both technical loopholes and human vulnerabil...

विदेशबाट कर छलेर भित्र्याइएका सुन बरामदी र धरपकडमा व्यापारीदेखि प्रहरीसम्म पर्दै आएका छन्। सुन तस्करीको संरक्षण राजनीतिक...
22/07/2023

विदेशबाट कर छलेर भित्र्याइएका सुन बरामदी र धरपकडमा व्यापारीदेखि प्रहरीसम्म पर्दै आएका छन्। सुन तस्करीको संरक्षण राजनीतिक व्यक्तिबाट हुने गरेको आरोप समेत लाग्ने गरेको छ।

पछिल्लोपटक उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले असार २२ गते एक कार्यक्रममा राजनीतिक क्षेत्र सफा त्यस्तो आपराधिक प्रवृत्ति हट्न आवश्यक रहेको बताएका थिए।

उनले त्यसै बोलेका होइनन् भन्ने पुष्टि उनकै पार्टीका एक नेताको नाम विदेशबाट हुने सुन तस्करीमा मुछिएबाट पनि हुन्छ। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र छोरा राहुल महराको नाम सुन तस्करीमा मुछिएको छ। कृष्णबहादुर पूर्व सभामुख पनि हुन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले दुई महिना लामो अनुसन्धानपछि फाइल सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको थियो।

राजनीति चिनियाँ नागरिकका कारण पूर्वसभामुख महराकाे राजनीति धरापमा July 18, 2023 Post Views: 10,304 काठमाडौं। विदेशबाट कर छलेर भित्र...

नेपालीलाई रोजगारीका लागि थाइल्यान्ड भनेर म्यानमार पुर्‍याउने चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीको मानव बेचबिखन अनुस...
16/07/2023

नेपालीलाई रोजगारीका लागि थाइल्यान्ड भनेर म्यानमार पुर्‍याउने चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले चिनियाँ नागरिक लियाङ जुनलाई पक्राउ गरेको हो। उनले थाइल्यान्ड लैजाने भनेर नेपालीलाई म्यानमारमा बन्धक बनाएको आरोप छ। उनलाई बिहीबार जिल्ला अदालत काठमाडौंले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

यसरी थाइल्यान्ड पुर्‍याएर नेपालीलाई अनलाइनबाट अमेरिकी ठग्ने काममा लगाएको खुलेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिए।

नेपाली महिलालाई थाइल्यान्ड भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाउने गरेको आरोप

बिआरआई अन्तर्गत ऋण लिएका देशहरू चीनको कर्जाजाल (ऋणपासो) बाट मुक्त हुनसकेको एउटा पनि उदाहरण छैन । चिनियाँ राष्ट्रपति सी च...
11/07/2023

बिआरआई अन्तर्गत ऋण लिएका देशहरू चीनको कर्जाजाल (ऋणपासो) बाट मुक्त हुनसकेको एउटा पनि उदाहरण छैन । चिनियाँ राष्ट्रपति सी चिनपिङ २०७६ सालमा नेपाल आउँदा तामझामका साथ गरिएका प्रायः सम्झौताले पनि गति लिएनन् । हतार हतारमा केबल सम्झौतामात्रै गर्ने र चर्को व्याजदरमा ऋण स्वीकार गर्ने तर देशको सर्वोच्च हितलाई प्राथमिकता नदिने हो भने केबल राजनीतिक आस्थाका अथवा दलहरूबीचको सम्बन्धका कारण मात्रै कसैको ऋण स्वीकार गरिहाल्नुपर्ने अथवा सम्झौता गर्नुको औचित्य देखिँदैन । नेपालको समस्याप्रति चीन कहिल्यै गम्भीर देखिएन ।

विचार चिनियाँ कम्पनीहरूको नेपालमा साख गुम्दै July 10, 2023 Post Views: 9,014 श्रीमननारायण विसं २०७२ सालमा मधेस केन्द्रित राजनीतिक ...

Address


Website

Alerts

Be the first to know and let us send you an email when Fact Matters posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share