16/03/2024
C.D.O.Mahottari को दबाबमा प्रशासन द्वारा महावीर झण्डा मेला का कलश यात्रा अवरूद्ध!!
आज मिति २०८०/१२/०३ गते शनिबारका दिन पररिया -०८ अन्हारवनबाट कलश यात्रा निकालिने थियो र गेरूकाधामबाट कलशमा जल ल्याईने थियो तर प्रशासनको ठाडो हस्तक्षेपले गर्दा कलश यात्रा हदैसम्मको दुर्गतिमा पुगेको हो।
कलश यात्रा तथा नगर परिक्रमा रोकिनुको मुख्य कारण मुस्लिम बाहुल्य ईलाका हो भनेर प्रहरीले जानकारी गरायो,प्रशासनले सुरक्षा प्रबन्ध मिलाउनुको सट्टा हिन्दू समाजलाई दबाउन उचित ठानी कलश यात्रा पूर्ण रूपले बिथोलेको छ।
सम्पूर्ण नगर समाज, कलश यात्री, मेला समिति र हिन्दू सम्राट सेनाले धरणामा बसी विरोद्ध परदर्शन गरेतापनि प्रशासनले कलश यात्रा निकाल्ने अनुमति दिएन।
प्रशासनको यस्तो दमन पश्चात पनि हिन्दू समाजका २०-२५ जना दिदी बहिनीले चोरीलुकी कलशमा जल ल्याई झण्डा मेला आरम्भ गराउन सफल भईन्।
आखिर मुस्लिम बाहुल्य क्षेत्रबाट किन हिन्दूले कुनै किसिमको धार्मिक यात्रा निकाल्न नपाउने?
आखिर किन प्रशासन र एक विशेष समुदायबाट हरेक शोभायात्रा माथि हस्तक्षेप भई रहेको छ?
आखिर किन हिन्दू माथि यत्तिको दमन र अत्याचार????महोत्तरीको भंगहा न पा स्थित महाबिर झण्डा मेलाकाे उपलक्ष्यमा कलश यात्रा आनर्वन थान देखि पररिया हुँदै गेरुका थान सम्म काे कार्यक्रम लाई रोक्ने प्रयास प्रशासन द्वारा गरे लगतै हिन्दू सम्राट सेना का केन्द्रिय अध्यक्ष श्री राजेश सनातनी ज्यु काे अगुवाइमासम्राट सेना ले बिरोध प्रदर्शन गरे पछि कलश यात्रीहरू लाई प्रशासन ले जान दिएका थियो।