तातो भुङरो खबर Tato Bhungro Khabar

  • Home
  • तातो भुङरो खबर Tato Bhungro Khabar

तातो भुङरो खबर Tato Bhungro Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तातो भुङरो खबर Tato Bhungro Khabar, News & Media Website, .

28/01/2024

माेरङकाे पथरीमा सवारी दुर्घटना, ७ जना घाईते,
घाईतेकाे स्थानीय पथरी अस्पतालमा उपचार जारी, काकडभिट्टाबाट चितवन जाँदै गरेकाे ना ६ ख ४११ नम्बरकाे यात्रु बसले स्कुटरलाई जाेगाउने क्रममा बस पल्टिएको थियो।
स्रोत- ट्राफिक प्रहरी पथरी ।

गायिका रचना रिमाल सवार गाडी बाँकेमा दुर्घटनामा परेको छ। नेपालगन्जबाट दाङतर्फ जान लागेको गाडी दुर्घटनामा परेको हो ।
28/01/2024

गायिका रचना रिमाल सवार गाडी बाँकेमा दुर्घटनामा परेको छ। नेपालगन्जबाट दाङतर्फ जान लागेको गाडी दुर्घटनामा परेको हो ।

मलाई अचम्म लागेको कुरा ग्रुप स्टेजको गेमको पोइन्टमा जान्छ र सुपर सिक्स पुगे पछी।।अब पोइन्ट टेबल नया हुन्छ हैन त???
28/01/2024

मलाई अचम्म लागेको कुरा ग्रुप स्टेजको गेमको पोइन्टमा जान्छ र सुपर सिक्स पुगे पछी।।अब पोइन्ट टेबल नया हुन्छ हैन त???

Wow: Beautiful evening view of New Baneshwor, Kathmandu.😯❤️
28/01/2024

Wow: Beautiful evening view of New Baneshwor, Kathmandu.😯❤️

Mt Mahadev 🕉️🛕🙏🚩❤️Region: Uttarkashi, Uttarakhand      .
28/01/2024

Mt Mahadev 🕉️🛕🙏🚩❤️
Region: Uttarkashi, Uttarakhand

.

28/01/2024

अभिनेता Saugat malla-official (सौगात मल्ल) स्टारर फिल्म ‘अगस्त्य च्याप्टर 1’ को टिजर रिलिज भएको छ । आइतबार प्रेसमिट गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको हो ।

Beautiful view as seen from Top of Kalinchowk, Dolakha.❤️
28/01/2024

Beautiful view as seen from Top of Kalinchowk, Dolakha.❤️

"नमेटिने घाउ " चलचित्रको शुभमुहुर्त कार्यक्रम_ २०८० माघ १४_ बत्तिसपुतली
28/01/2024

"नमेटिने घाउ " चलचित्रको शुभमुहुर्त कार्यक्रम_ २०८० माघ १४_ बत्तिसपुतली

कमलपुरमा आगलागि हुदाँ लाखौको क्षतीलेटाङ, १४ माघ । लेटाङ ३ कमलपूरका चन्द्रवहादुर लिम्बुको गोठमा आगलागि भएको छ । आगलागि वा...
28/01/2024

कमलपुरमा आगलागि हुदाँ लाखौको क्षती

लेटाङ, १४ माघ । लेटाङ ३ कमलपूरका चन्द्रवहादुर लिम्बुको गोठमा आगलागि भएको छ । आगलागि वाट लिम्बुलाई करिब एक लाख पचासहजार रुपैयाको क्षती भएको ईलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरिक्षक भिम वलीले जानकारी दिनुभयो ।
आगलागिको कारण थाहा हुन नसकेको समेत बताइएको छ । आगलागिलाई लेटाङ नगरपालिकाको दमकल, प्रहरी तथा स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको लेटाङ वारुणयन्त्र प्रमुख महेश कोईरालाले जानकारी दिनुभयो ।

28/01/2024

६ महिना मा नेपाल बाट ५ करोर २३ लाख ४७ हजार को गुटका र खैनी एक्सपोर्ट भएको छ..

28/01/2024

झापाको अर्जुनधारा –६ व्याडमिन्टन कोर्ट नजिकै साोमबार एक महिलाको हत्यामा संलग्न भएको आराोपमा एक ब्यक्ति पक्राउ परेका छन् । केहीबेरमा प्रहरीले पत्रकार सम्मेलन गर्दै

केपी शर्मा ओलीले फिल्म खेल्ने नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन्।  उनी ...
28/01/2024

केपी शर्मा ओलीले फिल्म खेल्ने

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन्। उनी एसिड पीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीकै भूमिकामा देखिने भएका हुन्। स्मरण रहोस तत्कालिन प्रधानमन्त्री ओलीले आफनो सरकारको पालामा एसिड आक्रमणमा संलग्नलाई कडा कारबाही हुनेगरी कानून ल्याएका थिए भने पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने घोषणा गरेका थिए।

हेटौंडा १७ चुच्चेखोला पारी गैरिगाउँ जाने बाटोको पुल रहेको  जहाँबाट  दैनिक  मजदुर, विद्यार्थी र बजार हिडेर जाने यात्रीहरू...
28/01/2024

हेटौंडा १७ चुच्चेखोला पारी गैरिगाउँ जाने बाटोको पुल रहेको जहाँबाट दैनिक मजदुर, विद्यार्थी र बजार हिडेर जाने यात्रीहरू यो पुलको बाटो भएर हिड्ने गरेकाछन् । पुलको हालत यस्तो छ,‌ पुलमा रहेको काठको बिचको भाग भत्किएको र‌ पुलमा जडान गरिएको फलामहरू सबै उक्लिएको हुनाले गाडिहरु गुड्न र दैनिक हिडडुल गर्ने मान्छेहरू लाई आवतजावतमा असहज भएको छ | नौलो कुरा हैन् किनकी‌‌, भत्किनछ र फेरि त्यही ‌‌ठाकठोक गरेर अलि महिनाको लागि हिड्ने बाटो बनाइदिन्छ , मर्मत धेरै पटक गरिसक्यो , केही समय पछि उस्तै हुन आउँछ पुलको हालत हेर्नेहो भने कुन बेला के हुन्छ भर छैन् ,पैदल यात्रु लडेर चोट पटक लाग्ने सम्भावना उच्च छ ,धेरै जसो ठुलो गाडी हरू टयाक्टरपनि सबै यहि पुल बाट नै गुड्ने भएको कारण सो पुल मर्मत मात्र नभइ, पक्कि पुलको लागि पहल गरिदिन र सम्बन्धित ठाउँमा आएर हेरेर‌ अनुगमन गरियोस्, सम्बन्धित निकाय को यता पनि ध्यान जाओस् ,🙏

28/01/2024

नेपालमा अब घुस दिएको आरोपमा सेवाग्राहीविरुद्ध पनि भ्रष्टाचार मुद्दा लागने होसियार आम जनता, जनहितमा जारी।

28/01/2024
जातीय विभेद विरूद्ध समाजका तिन पात्रहरूले गर्ने साझा संघर्ष को कथा ‘पुजार सार्की’ First Look Poster Out Now.            ...
28/01/2024

जातीय विभेद विरूद्ध समाजका तिन पात्रहरूले गर्ने साझा संघर्ष को कथा ‘पुजार सार्की’ First Look Poster Out Now.

Harka Sampang A Revolution ले फिल्म अभिनयमा डेब्यु गरेका छन् । शनिबार बेलुका धरानमा छायांकन भैरहेको फिल्म ‘खजुरे ब्रो’मा...
28/01/2024

Harka Sampang A Revolution ले फिल्म अभिनयमा डेब्यु गरेका छन् । शनिबार बेलुका धरानमा छायांकन भैरहेको फिल्म ‘खजुरे ब्रो’मा साम्पाङको एक मिनेट लामो दृश्य छायांकन गरिएको छ । फिल्ममा उनलाई गेस्ट रोलमा देख्न सकिनेछ ।

इकुले ल्याए दोस्रो गित  मेरो दाईको साली मकवानपुरे चलचित्र निर्माता तथा कलाकार सुलेमान शंकर ईकुको नयाँ गीत सार्वजनिक भएको...
28/01/2024

इकुले ल्याए दोस्रो गित मेरो दाईको साली

मकवानपुरे चलचित्र निर्माता तथा कलाकार सुलेमान शंकर ईकुको नयाँ गीत सार्वजनिक भएको छ ।

ईकुको लेखन तथा निर्देशन रहेको गीतलाई निशान भट्टराई र अनु चौधरीले आवाज दिएका छन् । गीतमा तीलक बस्नेत संगीत रहेको छ भने ईकु सँगै सम्झना घिमिरेले लेखन गरेकी हुन् ।

गीतको भिडियोमा ईकुसँगै बिना राउत र अशोक शंकरको अभिनय रहेको छ । दिनेश पराजुलीले खिचेको गीतलाई सुरेन्द्र बसेलले नृत्य निर्देशन गरेका छन् । एसएमएस फिल्मस् प्रा.लिले निर्माण गरेको गीतको भिडियोलाई ईकुले नै निर्देशन गरेका छन् ।

https://youtu.be/2Og7rC0SKig?si=CK5H6GDl3V5QfiLn

जिबी राई विरुद्ध डिफ्युजन  नोटिस जारी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी ...
28/01/2024

जिबी राई विरुद्ध डिफ्युजन नोटिस जारी

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । सहकारी ठगीको मुद्दामा राईविरुद्ध हिजो इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।

यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो । लगत्तै इन्टरपोलको नेपाल शाखा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाण्डौले प्रहरी अन्तर्राष्ट्रिय सङ्गठन इन्टरपोलमा पत्राचार गरेको थियो ।

डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजी गर्नेछन् । वारेन्ट जारी नभएका तथा अनुसन्धानकै क्रममा रहेका फरार अभियुक्तहरूको खोजीका लागि डिफ्युजन जारी गरिन्छ । ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत रहेका राईविरुद्ध विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ । उनी विदेशमा लुुकेर बसेको आशङ्का गरिएको छ ।

आज विश्व कुष्ठरोग दिवस, नेपाल पनि मनाईँदैआज विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदै छ...
28/01/2024

आज विश्व कुष्ठरोग दिवस, नेपाल पनि मनाईँदै

आज विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ। कुष्ठरोगविरूद्ध जनचेतना फैलाउने उद्देश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो।
नेपालमा सन् २०१० मै कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि प्रत्येक वर्ष तीन हजारभन्दा बढी नयाँ बिरामी थपिने गरेको सरकारी तथ्यांक छ। कुष्ठरोग आँखाले देख्न नसकिने माइक्राे ब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने गर्छ। यस रोगले खास गरेर छाला र नसामा असर गर्ने चिकित्सकहरुको भनाइ छ। ​
कुष्ठरोगले छालामा असर गर्दा शरीरमा नचिलाउने, छुँदा थाहा नहुने दाग देखिने, छाला बाक्लो हुने, गिर्खाहरू देखा पर्नुका साथै स्नायुमा असर गर्दा हातगोडामा छुँदा थाहा नपाउने र बिस्तारै मांसपेशी कमजोर बनाइदिन्छ। ​कुष्ठरोगको समयमै उपचार हुननसके रोगीहरू अपांग हुने र ज्यान समेत जाने जोखिम हुन्छ।

बैतडीकाे पाटन अस्पतालको हालत : तीन बर्षमा बल्ल एक पिल्लर ठडिदैबैतडीका स्थानीय तहमा निमार्ण हुने भनिएका अधिकान्स आधारभूत ...
28/01/2024

बैतडीकाे पाटन अस्पतालको हालत : तीन बर्षमा बल्ल एक पिल्लर ठडिदै

बैतडीका स्थानीय तहमा निमार्ण हुने भनिएका अधिकान्स आधारभूत अस्पतालहरु अलपत्र छन् । कतै फिल्ड काटेर छोडिएका छन भने कतै जग खन्नेर ठेकेदारहरु सम्र्पक विहिन छन् ।

बैतडीको बीच केन्द्र मानिने पाटन नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माण शुरु भएको तीन बर्षमा बल्ल एक पिल्लर निमार्ण हुदै छ।

सिनर्जी प्रधान जेभीले १४ करोडमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको भएपनि अस्पताल संरचनाको फिल्ड कटिङ र वाल मात्रै निर्माण भएको छ भने केही दिन पहिले मात्र पिल्लर निमार्ण सुरु गरिएको छ ।

अहिले जग लाग्ने काम भइरहेको छ । निर्माण कम्पनीले पेस्की र रनिङ बिल गरी जम्मा २ करोड २० लाख रुपैया बुझी सकेको पाटन नगरपालिकाले जनाएकाे छ ।

संखुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित भएको छ। शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षा...
28/01/2024

संखुवासभाको उच्च हिमाली क्षेत्रमा हिमपातले जनजीवन प्रभावित भएको छ। शुक्रबार रातिदेखि जिल्लाको माथिल्लो भेगमा हलुका वर्षासँगै अहिले हिउँ परिरहेको छ। उच्च हिमाली भागमा बाक्लो हिमपात हुन थालेपछि जनजीवन कष्टकर बनेको छ। हिमपातले उत्तरी क्षेत्रका किमाथाङ्का नाका, मकालु आधार शिविर, तीनजुरे, गुफापोखरी, मंगलबारे, क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन।

भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका थप सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी- अध्यागमनमा संगठित रूपमै भिजिट भिसाको सेटिङ ...
28/01/2024

भिजिट भिसाको सेटिङमा संलग्न अध्यागमनका थप सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी
- अध्यागमनमा संगठित रूपमै भिजिट भिसाको सेटिङ रहेको निष्कर्ष

अब १ नम्बर प्रदेश मा तल तोकिएका अस्पतालहरुमा १० बर्ष मुनिका बालबालिकारुको नि शुल्क उपचार हुने....
28/01/2024

अब १ नम्बर प्रदेश मा तल तोकिएका अस्पतालहरुमा १० बर्ष मुनिका बालबालिकारुको नि शुल्क उपचार हुने....

झापामा ‘सांसद हराएको सूचना’ लेखिएको प्ले-कार्ड बोकेर युवाहरु उत्रिएपछि :‘सांसद हराएको सूचना’ झट्ट सुन्दा तपाईँलाई आश्चर्...
28/01/2024

झापामा ‘सांसद हराएको सूचना’ लेखिएको प्ले-कार्ड बोकेर युवाहरु उत्रिएपछि :

‘सांसद हराएको सूचना’ झट्ट सुन्दा तपाईँलाई आश्चर्य लाग्यो होला ! किनभने कुनैपनि क्षेत्रका जनताको सुखदुखमा हातेमालो गर्ने, जनताका समस्या समाधान गर्ने बाचा र आश्वासन दिएका सांसदलाई त्यसै क्षेत्रका जनताले खोज्दै गर्दा कसलाई आश्चर्य नलाग्ला र ?यस्तै घटना झापा मेचीनगरमा भएको छ । मेचीनगर १५ स्थित ज्यामिरगढीका युवाहरूले सार्वजनिक रूपमै सांसदलाई खोजेका छन् । मेचीनगर १५ ज्यामिरगढीमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम लामो समयदेखि रोकिएको भन्दै पुल निर्माणका लागि स्थानीय युवाहरूले संघीय सांसद विश्वप्रकाश शर्मा र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई दबाब मूलक कार्यक्रम सुरु गरेका हुन् ।
शनिवार बिहान स्थानीय युवाहरूले निर्माणाधीन झोलुङ्गे पुलमा उभिएर ‘सांसद हराएको सूचना’ र ‘कहिले बन्छ पुल’ लेखिएको प्ले कार्ड बोकेर विरोध जनाएका छन् । मेचीनगर १५ कै हेल्दुबारी र बिचार्नीलाई जोड्ने निन्दा खोलामाथि निर्माण हुँदै गरेको झोलुङ्गे पुल अहिले बजेट अभावका कारण निर्माणको काम रोकिए पछि ज्यामिरगढी क्षेत्रका स्थानीयहरू समस्यामा परेको भन्दै उक्त पुलको निर्माण कार्य तत्काल सुरु गर्न दबाब दिने उद्देश्यले स्थानीय युवाहरूले दबाब मूलक कार्यक्रम गरेका हुन् ।
झापा निर्वाचन क्षेत्र १ बाट निर्वाचित सांसद शर्माले उक्त पुलको शिलान्यास गरेका थिए । तर, शिलान्यास कार्यक्रम गरेपछि अहिले यो पुलका लागि खासै पहल नगरेको र पुलको अवस्था हेर्नसम्म नआएका तथा उनी बेखबर जस्तो भए पछि सांसद हराएको सूचना लेखेर ध्यानाकर्षण गरिएको कार्यक्रमका सहभागीहरूले बताएका छन् ।मेचीनगर नगरपालिकाका नगरप्रमुख बुढाथोकीले धेरै पटक झोलुङ्गे पुलको काम चाडै पुनः सुरु हुने आश्वासन दिएपनि काम अझै सुरु हुन नसकेको मेचीनगर १५ का स्थानीय रुही राजवंशीको भनाई छ । ज्यामिरगढीका युवाहरूको समूहले शनिवार बिहान संघीय सांसद शर्मा र नगरप्रमुख बुढाथोकीको फोटो सहितको प्ले कार्डमा ‘सांसद हराएको सूचना’ र ‘कहिले बन्छ पुल’ लेखेर प्रदर्शन गरेका हुन् ।

 ‼️आमा छोरी हराएको सूचना !!!गौरादह न पा वडा न ६ कोहाबरा निवासी चन्द्र प्रसाद राजबन्शी को श्रीमती बर्ष ४१ कि ओमबती राजबन्...
27/01/2024

‼️
आमा छोरी हराएको सूचना !!!
गौरादह न पा वडा न ६ कोहाबरा निवासी चन्द्र प्रसाद राजबन्शी को श्रीमती बर्ष ४१ कि ओमबती राजबन्शी र छोरी बर्ष२० कि सुस्मिता राजबन्शी यहि मिति २०८०-माघ ७ गते आइतबार बिहान ८:०० बजे घरबाटभारत को पानी ट्यान्की बजार जान्छु भनी हिडेको र यतिका समय बित्दा पनि घर नफर्केको हुदा देख्नु भेटनुहुने महानुभाबले नजिकै को प्रहरी कार्यलय ,गौरादह नपा को कार्यलय अथवा तपशिल को फोन नम्बर मा खबर गरिदिन हुन अनुरोध छ।
९८४२६३१०२९
९८०६०९०५४४
९८४२६४८९८०
९८१८८०७३९७

गौरादह सांस्कृतिक महोत्सव २०८०माघ ११ देखी २५ गते सम्म
27/01/2024

गौरादह सांस्कृतिक महोत्सव २०८०
माघ ११ देखी २५ गते सम्म

उहिले / अहिले ❤️
27/01/2024

उहिले / अहिले ❤️

गौरादह जेसीजको ११औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न । माघ १३/ गौरादह- गौरादह जेसीजको बर्ष २०२३ का अध्...
27/01/2024

गौरादह जेसीजको ११औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न ।
माघ १३/ गौरादह- गौरादह जेसीजको बर्ष २०२३ का अध्यक्ष द्वारा बर्ष २०२४ का अध्यक्षलाई पद हस्तान्तरण गरिएको छ ।
गौरादह २ मा अवस्थित ज्ञान ज्योति माध्यमिक बिद्यालयमा आज एक कार्यक्रमका बिच पद हस्तान्तरण गरिएको हो ।
गौरादह जेसीजको एक बर्षे कार्यकाल पूरा गर्नु भएका बर्ष ०२३ का अध्यक्ष प्रकाश भट्टराईले बर्ष ०२४ का लागि निर्वाचित अध्यक्ष खड्ग बहादुर थापालाई पद हस्तान्तरण गर्दै सपथ खुवाउनु भयो । आफुले सपथ खाएपछि नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाइ भने अध्यक्ष थापाले सपथ खुवाउनु भएको थियो ।

अब अङ्ग्रेजी सम्बतको यो बर्ष नवनिर्वाचित अध्यक्ष सहित कार्यसमितिले जेसीज संचालन गर्नेछ । गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपती सुवेदीको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा उप प्रमुख जलबर्षा राजवंशी (चौधरी), गौरादह जेसीजका संस्थापक अध्यक्ष बिजय सिटौला, भिभिन्न संघ संस्थाका पधाधिकारी तथा प्रतिनिधि सहित जेसिजका सदस्य तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

राजदरबार हत्याकाण्डबारे बोले पूर्वराजा ज्ञानेन्द्र शाह– हाम्रो परिवारप्रतिको घातक प्रहार अन्यायपूर्ण (सम्बोधनको पूर्णपाठ...
27/01/2024

राजदरबार हत्याकाण्डबारे बोले पूर्वराजा ज्ञानेन्द्र शाह– हाम्रो परिवारप्रतिको घातक प्रहार अन्यायपूर्ण (सम्बोधनको पूर्णपाठ)

हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए। सत्य सधैँ सत्य हुन्छ। असत्यको विजयी कहिल्यै हुँदैन। हाम्रोमाझ प्रत्यक्षदर्शीहरू हुँदाहुँदै अज्ञानता र छलले अझपनि हामी बहकिरहेको छौँ। यो अन्यायपूर्ण मात्रै होइन, दुर्भाग्यपूर्ण पनि हो,’ पूर्वराजा शाहले भने।

Address


Website

Alerts

Be the first to know and let us send you an email when तातो भुङरो खबर Tato Bhungro Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share