Butwal Express

  • Home
  • Butwal Express

Butwal Express Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Butwal Express, News & Media Website, .

22/12/2021
27/10/2021
27/10/2021
प्रेस विज्ञप्ति।मिति २०७८ भाद्र २० गते राति रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ५ कफि कम्पनि मणिग्राम निवासी ...
05/10/2021

प्रेस विज्ञप्ति।

मिति २०७८ भाद्र २० गते राति रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं. ५ कफि कम्पनि मणिग्राम निवासी सिता भण्डारी पौडेलको आफ्नै कोठामा रहस्यमय मृत्यु भएको र सम्बन्धित निकायबाट सत्य तथ्य छानविन गरि घटनाका दोषी उपर कानुनी कारवाही गर्नुपर्नेमा छानविनको दायरा फितलो भएकोमा राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश परिचालन समिति लुम्बिनी प्रदेश (लुथम) को गम्भिर ध्यानाकर्षण भएको छ।

सिता भण्डारी पौडेलको रहस्यमय मृत्यु हुनु पहिलो घटना होइन, राज्यमा दर्जनी महिलाहरुमाथि बल्तकार, हत्या, हिंसाहुनु, सम्बन्धित निकायबाट दोषी उपर कडा कानुनी कारवाही नहनु पिडितहरुले न्याय नपाउनु अरु बलत्कार,हत्या,हिंसा गर्न प्रेरित गर्नु हो भन्ने प्रदेश परिचालन समिति लुम्बिनी प्रदेश (लुथम ) को ठहर छ । सिता भण्डारी पौडेलको न्यायको लागि घटना उपर सत्य तथ्य छानविन गरि दोषीलाई कडा कानुनी सँजाय र पिडितलाई न्याय दिलाउन सम्बन्धित पक्षले कडा कदम चाल्नको लागि ध्यानाकर्षण गराउन चाहान्छौ।

झम बहादुर गुरुङ्ग
अध्यक्ष
राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश परिचालन समिति
लुम्बिनी प्रदेश (लुथम)

20/09/2021

बुटवलका मेयर शिव शुबेदी माथि आक्रमण ।

07/07/2021

पहिलो डोज खोप लिएका बुटवलका एक वडाध्यक्ष को निधन !

http://lumbinipati.com/?p=14308
21/05/2021

http://lumbinipati.com/?p=14308

बुटवल,७ जेठ । राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव तथा जनमुक्ति एकेडेमीका प्रमुख टाेप अस्लामी मगरले देशमा एउट.....

08/04/2021
बुटवल । रुपन्देहीमा एक किशोरीको बलात्कारपछि हत्या गर्न खोज्ने प्रहरी जवान पक्राउ परेका छन् । प्रहरी तालिम केन्द्र नवलपरा...
22/03/2021

बुटवल । रुपन्देहीमा एक किशोरीको बलात्कारपछि हत्या गर्न खोज्ने प्रहरी जवान पक्राउ परेका छन् । प्रहरी तालिम केन्द्र नवलपरासीको जर्घामा कायरत प्रहरी जवान सुरेश थारु सो आरोपमा पक्राउ परेका हुन् । उनीमाथि तिलोत्तमा नगरपालिका– ११ की अन्दाजी १९ वर्षीय एक किशोरीलाई बलात्कार गरी हत्या गर्ने प्रयास गरेको आरोप लागेको छ ।

सामाजिक आर्थिक क्रान्ति संगै राजनितिक क्रान्तिको लागि एक ढिक्का बनौ बुटवल । ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । ...
10/03/2021

सामाजिक आर्थिक क्रान्ति संगै राजनितिक क्रान्तिको लागि एक ढिक्का बनौ

बुटवल । ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अबसरमा राष्ट्रिय महिला मोर्चा केन्द्रिय समितिले राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीको जिल्ला भवन मंगलापुरमा एक कार्यक्रम गरी मनाएको छ ।

मोर्चाका केन्द्रिय अध्यक्ष होमाया गुरुङ्गको सभाध्यक्षमा रहेको कार्यक्रमा प्रमुख अतिथी पार्टीका केन्द्रिय उपाध्यक्ष तथा प्रभास बिभाग प्रमुख कमला थापाको उपस्थिती रहेको थियो । सो कार्यक्रम मा बोल्दै थापाले लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएका थिए । थापाले नेपालको संविधानमा मौलिक हकअन्तर्गत महिलाको हकको व्यवस्था गरेता पनि व्यबहारमा कार्यन्वयन नभएको औल्याए । जनमुक्ति पार्टीले महिलाहरुको निम्ती ५० प्रतिशत राजनीतिक अधिकार सुनिश्चितता गरेको छ । यो सन्देश हरेकको मन मस्तिस्कमा पुगोस थापाले आहावान गरे ।
राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ । संघ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । महिला लगायत अन्य सबै खाले बिभेदको अन्त्यको लागि राजनीतिक रुपमा नै संबोधन हुनु पर्दछ । जसको लागि जनमुक्ती बिचार -धारा बाट नै संभब रहेको सो कार्यक्रम बोल्ने बक्ता राष्ट्रिय महिला मोर्चाका पुर्व अध्यक्ष चन्दा थापा, बुटवल उपमहानगरपलिका अध्यक्ष बसन्ती साठिघरे, तिलोत्तमा अध्यक्ष निर्मला थापा, जिल्ला उपाध्यक्ष ज्योति थापा, प्रदेश सल्लाहकार लिलमाया राना मगरले बिशेष जोड दिएका थिए ।

राष्ट्रिय महिला मोर्चाका महासचिब धनी आले मगरले संचालन गरेको कार्यक्रम स्वागत मन्तब्य उपाद्यक्ष मधु रानाले गर्नु भएको थियो । उक्त कार्यक्रमले महिलाहरु राजनीतिक सामाजिक र आर्थिक रुपमा बलियो र माझ्बुत हुन थप प्रेरणा हौशला प्रदान गरेका सहभागीले बताएका थिए ।

नेपाल अर्को रुवाण्डा बन्न सक्छ— सुरेश कुमार आले मगरनेपाल मगर संघका संस्थापक महासचिव तथा संविधानसभा सदस्य सुरेश कुमार आले...
28/02/2021

नेपाल अर्को रुवाण्डा बन्न सक्छ— सुरेश कुमार आले मगर

नेपाल मगर संघका संस्थापक महासचिव तथा संविधानसभा सदस्य सुरेश कुमार आले मगरले उत्पीडित र पिछडिएका समुदायलाई अधिकारबाट बञ्चित गरिए नेपाल रुवाण्डा बन्न सक्ने चेतावनी दिएका छन् ।३९ औं मगर एकता दिवसको अवसरमा नेपाल मगर संघ बुटवल उपमहानगर समितिद्धारा शनिबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै आले मगरले उत्पीडित समुदायमाथिको शोषण कायमै रहे नेपाल रुवाण्डा बन्नबाट कसैले रोक्न नसक्ने चेतावनी दिएका हुन् ।

नेपालमा राजनीतिक परिवर्तन भए पनि शासकहरुको मानसिकतामा परिवर्तन नभएका कारण उत्पीडित जाती समुदाय आफ्नो हक अधिकारबाट बञ्चित हुनुपरेको भन्दै उनले व्यवस्था परिवर्तन भएर पनि अधिकार प्राप्त हुन नसकेको बताए । मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि पञ्चायती व्यवस्थामा नामाकरण गरिएको अञ्चलको नामबाट प्रदेशको नामकरण गरिएकोमा आफुहरुको असहमति रहेको भन्दै उनले मगरात प्रदेश स्थापना नभएसम्म आफुहरुको आन्दोलन जारी रहने चेतावनी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य पुरमती ढेगाले मगरहरुको पहिचानको रुपमा रहेको मगरात प्रदेशलाई टुक्राइएकोमा आफुलाई दुख लागेको भन्दै मगरात प्रदेश स्थापनाका लागि मगर समुदाय एकजुट हुनुपर्नेमा जोड दिइन् ।

बिबिसिको साहसिक महिलाको एक सय नम्बरमा पर्न सफल सपना रोका मगरले आफ्नो लागि काम काम गर्ने धेरै भए पनि अरुकोलागि काम गर्नेहरु कम हुने भन्दै अरुका लागि काम गर्न युवाहरुलाई आग्रह गरिन् ।

सडक चौडा हुँदै विकास भएको मान्न नसकिने भन्दै उनले सडकमा सडक बालबालिका रहेसम्म विकास भएको मान्न नसकिने बिचार व्यक्त गरिन् । उनले आफु जस्तै अरुकालागि काम गर्ने सयौं सपना रोकाहरु जन्माउने अभियानमा लागेको बताउदै उनले आफ्नो अभियानमा साथ दिन युवाहरुलाई आग्रह गरिन् ।

संघका नगर अध्यक्ष थर्कबहादुर बारघरेको अध्यक्षता भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी,नेपाली कांग्रेस बुटवल उपमहानगर समिति सभापति खेलराज पाण्डे,नेकपा बुटवलका अध्यक्ष बाबुराम पन्थी,राजमुपा लुम्बिनी प्रदेश सहसचिव चित्रप्रसाद गुरुङ,नेपाल मगर पूर्व सैनिक तथा प्रहरी संघका महासचिव भिमबहादुर राना,संघका प्रदेश सदस्य गोपालबहादुर चौहान,मगर संघका जिल्ला अध्यक्ष आनबहादुर सोती,जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष शंकर गाहा, संघका नगर उपाध्यक्ष बसन्ती साठीघरे,सचिव हेमन्त बुढाथोकी लगायतले बोलेका थिए ।

दिवसका अवसरमा आयोजित र्यालीमा नेपाल मगर संघ बुटवल–७ प्रथम,बुटवल–८ द्धितीय,बुटवल–१० तृतीय र बुटवल–४ ले सान्त्वना स्थान हासिल गदैं क्रमशः१० हजार,सात हजार,पांच हजारर तीन हजार नगद पुरस्कार प्राप्त गरेका छन् भने कार्यक्रममा पूर्व नगर अध्यक्ष क्या.किशनबहादुर थापा,क्या.जनक थापा तथा गोपाल चौहानलाई सम्मान गरिएको थियो ।


यसअघि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल अगाडिबाट शुरु भएको र्यालीले बुटवल बजार परिक्रमा गरि बुटवल–७ दीपनगरस्थित सिद्धेश्वरी माविको प्राङगणमा पुगेर दिवस मुल कार्यक्रममा परिणत भएको थियो ।

कवी गिरी श्रीस को 'एकलव्यको देब्रे हात' बिमोचन बुटवल । पाठक मञ्च बुटवलको आयोजनामा कवि गिरी श्रीस मगरको ‘एकलव्यको देब्रे ...
24/02/2021

कवी गिरी श्रीस को 'एकलव्यको देब्रे हात' बिमोचन

बुटवल । पाठक मञ्च बुटवलको आयोजनामा कवि गिरी श्रीस मगरको ‘एकलव्यको देब्रे हात’ कविता संग्रह बुटवलमा एक कार्यक्रमका बीच विमोचन भएको छ ।

नेकपाका प्रखर नेतृ राममकुमारी पुरी रिहा !
11/02/2021

नेकपाका प्रखर नेतृ राममकुमारी पुरी रिहा !

11/02/2021

बुटवल मा एक हुलले बाटो छेक्यो !

जेठी सहिद क्या लखन थापा मगर फागुन-२ गते १४४ औं स्मृति दिवस विषयक मा अन्तर्कृया गोष्ठी माघ-२४ गते बुटवल भ्यु होटल योगिकुट...
06/02/2021

जेठी सहिद क्या लखन थापा मगर फागुन-२ गते १४४ औं स्मृति दिवस विषयक मा अन्तर्कृया गोष्ठी
माघ-२४ गते बुटवल भ्यु होटल योगिकुटी । समय १ बजे ।

लाहुरेनी को नाटकै हो । नौटन्की नै हो ।
03/02/2021

लाहुरेनी को नाटकै हो । नौटन्की नै हो ।

सान्दर्भिक !नौटन्की नै हो ! नाटकै हो। जनता भेडानै हो !
01/02/2021

सान्दर्भिक !

नौटन्की नै हो ! नाटकै हो। जनता भेडानै हो !

राष्ट्रिय जनमुक्ति पार्टी वडास्तरिय प्रशिक्षण  बुटवल सम्वाददाता ।बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर समिति ...
01/02/2021

राष्ट्रिय जनमुक्ति पार्टी वडास्तरिय प्रशिक्षण

बुटवल सम्वाददाता ।
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगर समिति अन्तर्गत वडाका स्थानिय नेता कार्यकर्ताहरूलाई पार्टीको बिचार-धारा सहित भाबीमार्ग चित्र बारे एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
तिलोत्तमा स्थित मगरघाट भवनमा भएको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय जनमुक्ति पार्टीको जनबर्गिय संगठन जनमुक्ति युवा महासंघका राष्ट्रिय अध्यक्ष शंकर गाहा रहेका थियो । गाहाले जातीय पहिचान सहितको संघीयता र जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व नभएसम्म आदिवासी जनजाति, दलित, महिला, मुस्लिम अल्पसंख्यक जाति र गरिब, भूमिहीन–सुकुम्बासी, हलियाहरूको आफ्नो भाषा, धर्म, संस्कृति, भेष भुषाको जर्गेना र राज्यको हरेक निकायमा हक र अधिकार सुनिश्चित नहुनेमा बिषयमा प्रस्ट्याएका थिए । सम्पूर्ण समुदायको अधिकार सुनिश्चिताको ग्यारेन्टी गर्ने राष्ट्रिय जनमुक्ति पार्टीको बहुजतिय समाजबाद नै अबको बिकल्प रहेको बताउनु भएको थियो ।

सोही कार्यक्रममा पार्टीका बुटवल नगर अध्यक्ष थर्क बारहघरे मगरले बर्तमान राजनीति परिघटना बारे उल्लेख गर्नु भएको थियो । जनमुक्ति पार्टीले उठान गरेको बहुजातिय समाज-बाद सिद्धान्त विश्व मानब सभ्यताको पक्षमा रहेको हुँदा ढिलो चाडो जनमुक्ति बिचार -धारा विश्वमा नै लोक प्रियहुने बताउनु भयो । कुनै पनि मुलुकको त्यहा का उत्पिडान जाती समुदाय र बर्गलाई राज्यसत्ताको मालिक बनाउने सिद्धान्त भनेको नै बहुजातिय समाज-बाद हो । जनमुक्तिले आज भन्दा तीन दशक अगाडि नै यो बिचार प्रतिपदन गरेको थियो । बिचार र सिद्धान्तमा अब्बल रहेको जनमुक्ति पार्टीलाई राजनीतिक नबुझ्नेले जातिय पार्टी भन्ने गर्दछन । त्यो अल्पज्ञानी हो बारहघरेले भने ।
स्थानिय वडाबासीहरुको उल्लेखनीय उपस्थितीमा सम्पन्न भएको प्रशिक्षण कार्यक्रममा सहभागी सबैलाई वडा अध्यक्ष क्षेत्र बहादुर थापाले धन्यवाद प्रकट गर्दै प्रशिक्षणले जनमुक्ति बिचार धारा लाई स्थापित गर्न थप हौशला र प्रेरणा मिलेको बताउनु भयो। सो कार्यक्रम वडा सदस्य दिल बहादुर थापाले संचालन गर्नु भएको थियो।

https://awajonline.com/news/14489/
31/01/2021

https://awajonline.com/news/14489/

माघ १६, दोलखा । माघ १४ गते बुधबार पहिलो दिन कोभिड–१९ संक्रमण विरुद्धको कोभीसिल्ड भ्याक्सिन लगाएका दोलखालीहरु विर...

जसपाको बुनपा १७ मा अध्यक्ष ओम श्रीस मगर बुटवल । जसपा नेपालले  बुटवल १७ मा सिवानन्द न्यौपाने ज्युको अध्यक्षता,प्रमुख अतिथ...
30/01/2021

जसपाको बुनपा १७ मा अध्यक्ष ओम श्रीस मगर

बुटवल । जसपा नेपालले बुटवल १७ मा सिवानन्द न्यौपाने ज्युको अध्यक्षता,प्रमुख अतिथी संघीय परिषद सदस्य तथा बु.उ.न.पा. नगर अध्यक्ष बामदेब भुषाल,बि.अ. रुपन्देही जिल्ला सदस्य तथा नगर सचिब तेजु राना मगर , नगर सदस्य बाघ ब. बुढा मगर, बिजय ढकाल ज्युको अतिथ्यतामा ओम ब.श्रीस मगरको अध्यक्षतामा २१ सदस्य वडा आयोजक कमिटि गठन गरेको छ।

सो कार्यक्रममा बोल्दै जसपाका नेता भुसालले राजनैतिक पार्टी निर्माणका शुत्रधार भट्टराई जिल्लामा पार्टी प्रशिक्षण तथा समायोजनका अतिरिक्त सरकारका नेतृत्व बर्ग ,उद्योग बाणिज्य संघ ,नागरिक समाज ,राष्ट्र सेवक कर्मचारी र पत्रकार सङ्ग नेपालको समृद्धिको मार्ग चित्र र स्थानीय सरकारको भुमिका बिषयकमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न पुर्ब प्रधानमन्त्री तथा जसपा संघीय परिषद अध्यक्ष डा:भट्टराईको जिल्ला दौडाह रहेको बताउनु भयो ।

युवा नेता तेजु रानाले पार्टीलाई बलशाली बनाउनु निरन्तर संगठन बिस्तारमा लाग्नु पर्ने बताए । साथै पुस ५ गतेको घटनालाई स्मरण गर्दै रानाले यो असंमैधानिक कदमले देश लाई संकट मा लैजाने बताए । वडा स्थरको कार्यक्रम संचालन कृष्ण भुसाल गरेका थिए भने समापन सिवानन्द न्यौपानेले गर्नु भएको थियो ।

नव गठित वडा समितिका नामावलीहरु :
अध्यक्ष:- ओम ब.श्रीस मगर
उपाध्यक्ष :- हिरा परियार
" :- रेखा हरिजन
" :- कृष्ण लोथ
" :- सैलेन्द्र धरिका
सचिब :- तारा कुमारी बस्याल
स.सचिब:- लक्ष्मी परियार
कोषाध्यक्ष :- बाला कुमारी तामाङ्ग
सदस्यहरु:- पारस गुप्ता
:- ब्याज मुन चौधरी
:-सिमा बलाल मगर
:- पुनम धरिका
:- सेसराम गुप्ता
:- राम रतन ठाकुर
:- किसन लामा
:- धन ब. महतो
:- पल्टन चौधरी
:- भिम प्रसाद बस्याल
:- साबित्रा मल्ल
:- राधिका सुवेदी
:- सुरेन्द्र ठाकुर
सल्लाहकार :-
१.सिवानन्द न्यौपाने
२.तारा पति बस्याल
३.मिना पङ्गेनी

28/01/2021

पूर्वजनमुक्ति सेनाको आडमा प्रचण्डलाई कमजोर बनाउने ओलीको प्रयासमा धक्काhttps://hamrakura.com/news-details/94870/2021-01-28

नेपाल मगर संघ समन्वय समिति रुपन्देहीको २१ औं अधिबेशन सम्पन्न पछि पद हस्तान्तरण तथा समितिको पहिलो बैठक संघको जिल्ला भवन ब...
26/01/2021

नेपाल मगर संघ समन्वय समिति रुपन्देहीको २१ औं अधिबेशन सम्पन्न पछि पद हस्तान्तरण तथा समितिको पहिलो बैठक संघको जिल्ला भवन बुटवलमा नव निर्बाचित अध्यक्ष श्री आन बहादुर सोति मगरले एतिहासिक डकुमेन्ट ग्रहण गर्दै।

20/01/2021

पहिचान/संघीयता स्थापित गर्न एक जुट होऔ ! राष्ट्रिय जनमुक्ति पार्टी नगर अध्यक्ष थर्क बारहघरे

समाजसेवी, ब्यबसायी राजनीतिकर्मी थर्क बार्हघरे मुलुक रुपान्तरणको लागि वकालत गर्दै ।
18/01/2021

समाजसेवी, ब्यबसायी राजनीतिकर्मी थर्क बार्हघरे मुलुक रुपान्तरणको लागि वकालत गर्दै ।

12/01/2021

माघे सकराटी-२०७७ को शुभकामना आदन-प्रदान कार्यक्रम (आयोजक : नेपाल मगर संघ, बुटवल उपमहानगरपालिका कार्यसमिती)

माघे सकराटी-२०७७ को शुभकामना राख्दै नेपाल मगर संघ, लुम्बिनी प्रदेशका उपाध्यक्ष कार्यक्रम का प्रमुख अतिथी धनी आले मगर ।
12/01/2021

माघे सकराटी-२०७७ को शुभकामना राख्दै नेपाल मगर संघ, लुम्बिनी प्रदेशका उपाध्यक्ष कार्यक्रम का प्रमुख अतिथी धनी आले मगर ।

माघे सकराटी-२०७७ को शुभकामना राख्दै नेपाल मगर संघ, लुम्बिनी प्रदेश सदस्य मनोज श्रीस मगर ।
12/01/2021

माघे सकराटी-२०७७ को शुभकामना राख्दै नेपाल मगर संघ, लुम्बिनी प्रदेश सदस्य मनोज श्रीस मगर ।

सांस्कृतिक पर्व जोगाउदै बुटवलका मगर मगर्नीहरु एक कदम अघी
12/01/2021

सांस्कृतिक पर्व जोगाउदै बुटवलका मगर मगर्नीहरु एक कदम अघी

सांस्कृतिक पर्व जोगाउदै बुटवलका मगरहरु एक जुट नेपाल मगर संग बुटवल उपमहानगरपालिका समिति द्वारा आयोजित 'माघे सकराटी-२०७७' ...
12/01/2021

सांस्कृतिक पर्व जोगाउदै बुटवलका मगरहरु एक जुट

नेपाल मगर संग बुटवल उपमहानगरपालिका समिति द्वारा आयोजित 'माघे सकराटी-२०७७' सु-सम्पन्न । बर्सेनी गर्ने उक्त सांस्कृतिक पर्व को महत्व र बिशेषता बारे नगर अध्य्क्ष थर्क बहादुर बारहघरेले जानकारी गराएका थिए । सोही अबसरमा प्रमुख अतिथी नेपाल मगर संघ, लुम्बिनी प्रदेश उपाध्यक्ष धनी आले मगरले अहिले को २१ औं शताब्दीमा पनि राज्यले सांस्कृतिक पक्ष पोसण गरी सिंगो मगर समुदायलाई बिभेद गरेको बताउनु भयो । साथै मगरले आफ्नो भाषिक सांस्कृतिक र राजनीतिक अधिकारको लागि एक जुट भएर अघी बढ्नु पर्ने बताउनु भयो ।

नगरपालिका भित्र रहेका सबै वडा बाट प्रतिनिधि सहित समाजका अगुवा तथा बिशेष ब्यक्तित्व, समाजसेवीहरुको उपस्थिती रहेको कार्यक्रममा उपस्थित पाहुनाहरुलाई मगर परिकार खिचडी, बटुक लगायतको जलपानको ब्यबस्था गरिएको थियो । कार्यक्रमको अन्त्य तिर मगर कौडा झ्याउरे गीत सांस्कृतिक नाचगान पनि गरेका थिए ।
कोभिड्-१९ को वाबजुत पनि निकै हर्स उल्लास का साथ २०७७ माघे सकराटी भब्यरुपमा मनाएका थिए। सो कार्यक्रम नगर सचिब हेमन्त बुढाथोकीले संचालन गरेका थिए ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Butwal Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share