Bhandafor

Bhandafor News & Entertainment Portal from Nepal. - KhabarSidhakura

वर्षमा एक दिन खुल्ने मन्दिर: Devotees are in a long queue to worship at Taleju Bhawani Temple which opens once a year on...
04/10/2022

वर्षमा एक दिन खुल्ने मन्दिर: Devotees are in a long queue to worship at Taleju Bhawani Temple which opens once a year on the occasion of Nawami. ❤️

Pic.

केही मिठो बात गर रात त्यसै ढल्किदै छ...Happy Birthday to Swor Samrat late 'Narayan Gopal Guruacharya'  ❤️Art.
04/10/2022

केही मिठो बात गर रात त्यसै ढल्किदै छ...Happy Birthday to Swor Samrat late 'Narayan Gopal Guruacharya' ❤️

Art.

Dharan Mayor Harka Sampang Rai says, "फोहोरी राजनीति छोडेर मलाई सहयोग गर! म धरान बनाउन निस्केको मान्छे! धरान बन्दा तिमी ...
04/10/2022

Dharan Mayor Harka Sampang Rai says, "फोहोरी राजनीति छोडेर मलाई सहयोग गर! म धरान बनाउन निस्केको मान्छे! धरान बन्दा तिमी र तिम्रो साखा सन्तानले पनि सुख पाउनेछन्! लाख विरोध गर्यौ तर अहिले २४सै घण्टा तिम्रोमा पनि पानी आएको छ! एक चोटि तिम्रो आत्मालाई सोध "के हर्क साम्पाङ विरोध गर्न लायक पात्र हो त?"

Pic. Pratit Chamling Rai

Crowd of devotees at Taleju Bhawani Temple in Basantapur, Kathmandu which only opens once a year on the occasion of Nawa...
04/10/2022

Crowd of devotees at Taleju Bhawani Temple in Basantapur, Kathmandu which only opens once a year on the occasion of Nawami. ❤️

Pic.

Qatar World Cup 2022 will start after 47 days from today. Which team are you supporting in this tournament?
04/10/2022

Qatar World Cup 2022 will start after 47 days from today. Which team are you supporting in this tournament?

सबैको मंगल होस्... Statue of Lord Ganesh at Bhadrakali Temple, Kathmandu. ❤️🙏Pic. Niraj Patel
04/10/2022

सबैको मंगल होस्... Statue of Lord Ganesh at Bhadrakali Temple, Kathmandu. ❤️🙏

Pic. Niraj Patel

Happy Maha Nawami to all: दुर्गा माताको नवौं शक्ति स्वरुपा सिद्धि धात्रीको पूजा अर्चना गरिने दिन। ❤️🙏  Pic. Nitesh Yadav
04/10/2022

Happy Maha Nawami to all: दुर्गा माताको नवौं शक्ति स्वरुपा सिद्धि धात्रीको पूजा अर्चना गरिने दिन। ❤️🙏

Pic. Nitesh Yadav

Bindhyabasini area, Pokhara ❤️🙏Pic. Sandesh Baral
04/10/2022

Bindhyabasini area, Pokhara ❤️🙏

Pic. Sandesh Baral

Mesmerising Night view of Annapurna Himalaya Range along with the stars from Annapurna Base Camp. 😮Pic.
04/10/2022

Mesmerising Night view of Annapurna Himalaya Range along with the stars from Annapurna Base Camp. 😮

Pic.

बैतडीको प्रसिद्द निङ्ग्लाशैनी भगवती मन्दिरमा नवरात्रीको महाअष्ठमीका दिन राँगा, बोकाको बली सहित ठुलो मेला लाग्ने गर्दछ।Pi...
04/10/2022

बैतडीको प्रसिद्द निङ्ग्लाशैनी भगवती मन्दिरमा नवरात्रीको महाअष्ठमीका दिन राँगा, बोकाको बली सहित ठुलो मेला लाग्ने गर्दछ।

Pic. Panch Dev Bhatta

काठमाडौं मात्र होइन दशैंमा सबै आफ्नो आफ्नो गाउँ फर्कीएपछी पछी बुटवल शहर पनि सुनसान हुदै छ । 😲pic. SwaGgaErs
04/10/2022

काठमाडौं मात्र होइन दशैंमा सबै आफ्नो आफ्नो गाउँ फर्कीएपछी पछी बुटवल शहर पनि सुनसान हुदै छ । 😲

pic. SwaGgaErs

2022 Nobel Prize in Physiology or Medicine has been awarded to Svante Pääbo “for his discoveries concerning the genomes ...
04/10/2022

2022 Nobel Prize in Physiology or Medicine has been awarded to Svante Pääbo “for his discoveries concerning the genomes of extinct hominins and human evolution.”

Svante Pääbo accomplished something seemingly impossible: sequencing the genome of the Neanderthal, an extinct relative of present-day humans. He also made the sensational discovery of a previously unknown hominin, Denisova & also found that gene transfer had occurred from these now extinct hominins to Homo sapiens following the migration out of Africa around 70,000 years ago.

Pääbo’s seminal research gave rise to an entirely new scientific discipline; paleogenomics.

Text: Nobel Prize Foundation

साइकल यात्री कृष्ण केसीले आफनो साइकलमा भऐको नेपालको झण्डा बागलुङ (virlangkhuri view point) मा चिनोको स्वरुप राखेर जानु भ...
04/10/2022

साइकल यात्री कृष्ण केसीले आफनो साइकलमा भऐको नेपालको झण्डा बागलुङ (virlangkhuri view point) मा चिनोको स्वरुप राखेर जानु भऐको छ।

Pic : Saw Zyan Ghatan

नियम आफ्नो ठाउँ, दशैमा समयमा घर पुग्नुको आशा आफ्नो ठाउँ: दसैँको मनाउन जाँदा सवारीसधानको अभाव हुँदा बसको छतमा चढेर घर जाँ...
03/10/2022

नियम आफ्नो ठाउँ, दशैमा समयमा घर पुग्नुको आशा आफ्नो ठाउँ: दसैँको मनाउन जाँदा सवारीसधानको अभाव हुँदा बसको छतमा चढेर घर जाँदै गर्दा । वीरेन्द्रनगर सुर्खेतबाट पहाडी क्षेत्रमा यसरी कोचाकोच गरेर यात्रा गर्नुपर्ने बाध्यता छ, दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

तस्बिरः पंख बहादुर शाही

Vegetarian Sacrifice: सुदुरपश्चिम् अछाम जिल्लामा महाअष्टमीको दिनमा बलिका लागि तयार पारीएको कुबिन्डाे , घिरौला र केराको प...
03/10/2022

Vegetarian Sacrifice: सुदुरपश्चिम् अछाम जिल्लामा महाअष्टमीको दिनमा बलिका लागि तयार पारीएको कुबिन्डाे , घिरौला र केराको पनि पुजा गरि बलि चढाउने चलन पनि छ।

Pic. Gyanu Sawad

Extremely Rare kind of Turtle Spotted in Kanchanpur probably Burmese Peacock Soft Shell Turtle. Pic. Asal Neupane
03/10/2022

Extremely Rare kind of Turtle Spotted in Kanchanpur probably Burmese Peacock Soft Shell Turtle.

Pic. Asal Neupane

Breaking, बाबुराम भट्टराई चुनाव नलड्ने: Dr.Baburam Bhattarai has officially announced that he will not give candidacy fo...
03/10/2022

Breaking, बाबुराम भट्टराई चुनाव नलड्ने: Dr.Baburam Bhattarai has officially announced that he will not give candidacy for member of house of representatives in upcoming election.

मोहनि नख: या भिन्तुना 💖🙏बडा दशैंको सबैलाई शुभकामना 💖🙏जय दोलखा भिमसेन ❤️🙏
03/10/2022

मोहनि नख: या भिन्तुना 💖🙏
बडा दशैंको सबैलाई शुभकामना 💖🙏
जय दोलखा भिमसेन ❤️🙏

नेवा:हरुको मोहनी नख: ❤️नेवा: परम्परा अनुसार कौलाथ्व पारुको दिन देखि मोहनी नखःको शुरुवात हुन्छ । नेवा: वर्षमा कौला अन्तिम...
03/10/2022

नेवा:हरुको मोहनी नख: ❤️

नेवा: परम्परा अनुसार कौलाथ्व पारुको दिन देखि मोहनी नखःको शुरुवात हुन्छ । नेवा: वर्षमा कौला अन्तिम महिना हो । नेवाःहरुको पात्रो चन्द्रमास अनुसार हुने गर्दछ । पहिलो दिन प्रत्येक महिना पारु (परेवा तिथि)बाट नयाँ महिनाको शुरुवात हुने गर्दछ । कौला महिनाको पहिलो दिन मोहनी नखःको शुरुवात हुन्छ । यसपछि आउने महिला कछलामा नेवाःहरुको नयाँ वर्ष शुरु हुन्छ । जुन म्हपूजाको दिन पर्दछ ।

हुन त अरु जातिले मनाउने दशैमा झै मोहनी नखः मा पनि घटस्थापनाकै दिन नल स्वा: (जमरा) रोपिन्छ । एकाबिहानै नजिकै रहेको खोलामा गएर खोलाको किनारबाट शुद्ध बालुवा तथा शुद्ध जल ल्याएर नल स्वा: रोप्नका लागि माटोको भेग: (मुख खुला भएको भाँडा)मा बालुवा ओछ्याएर त्यसमा एकदिन अगाडि भिजाएको जौ (कसैले मकै पनि मिसाएर) छर्केर बालुवाले नै छोपेर रोपिन्छ । पूजा गरि जौ रोपिसकेपछि सो भेगःलाई फेरी अर्को भाडाले छोपिन्छ । यसरी जमरा रोप्नुको कारण देवीका लागि शुद्ध फूल तैयार गर्नु हो । सूर्यको पनि आँखा नलागोस् । किरा पुतलीहरुले पनि जुठो नगरोस भनेर पूर्ण शुद्ध जमरा तैयार गर्नका लागि नित्य पूजा गर्ने गरिन्छ । तर नल स्वा: रोपिए पछि बिचका दिनहरुमा खासै केही गरिदैन । काठमाडौमा भने पञ्चमीको दिन पचिमह्र अर्थात पचली भैरवको जात्रा मनाउने गरिन्छ । अन्यथा नल स्वा: रोपे पछि सात दिनसम्म दैनिक नित्य पूजाको साथमा नल स्वा: को पूजा मात्र गरिन्छ ।

सप्तमीको दिनमा नेवा:हरु फूलपाती भित्राउने गर्दैनन् । फूलपाती पृथ्वीनारायण शाहको विजय अभियानसंगै बिभिन्न स्थानमा मनाउन थालिएको हो । नेवा:हरुको मोहनी नखःको शुरुवात भने सप्तमीको बिहान राँगोको मासु भित्राए पछि शुरु हुन्छ । यस दिन गुठीमा काटिएको राँगोको भाग गुठीयारहरुमा बाँडिन्छ । यो मासु घरमा भित्राउने बेलामा मूल ढोकामा पुगेपछि एकैछिन बिसाउनु पर्दछ । यहि मूलढोकामा बसेर मासुको सानो सानो तीन टुक्रा निकालिन्छ । यस मध्य एक टुक्रा दाँया तर्फ देवतालाई चढाउनु पर्दछ । बाँया तर्फ पितृलाई चढाउनु पर्दछ । अर्को एक टुक्रा शिर नघाएर पछाडी चढाइन्छ । यो टुक्रा पिखालखुको लागि चढाउने गरिन्छ । यसरी मासु भित्राए पछि बिहान समयवजी खाने गरिन्छ । यस दिन खासै भोज खाने चलन हुदैन ।

अष्टमीबाट भने दशैको रौनक अलग किसिमको हुने गर्दछ । बिहान पूजा पछि सप्तमीको दिन भित्राइएको मासुको परिकार बनाएर अष्टमीको दिन भोज खाने चलन छ । अष्टमीको बिहान समयवजी खाने गरिन्छ । समयवजीको भाग मूलढोका अगाडि रहेको पिखालखुमा पनि चढाउने गरिन्छ । पिखालखु घरको रक्षक भएको हुँदा घरको कुनै पनि पूजा तथा भोजमा भाग दिन छुटाउनु हुदैन । अष्टमीको राती हरेक नेवा:हरुको घरमा "कुछिभ्वय" खाने गरिन्छ । कुलको सबै सदस्यहरु मिलेर लाइनै बसेर खाने भोज भएको हुँदा "कूलछिभ्वय" भनिएको हो । तर पछि अप्रभंश भइ "कुछिभ्वय" भन्न थालियो । यो भोज नेवा: परम्परामा बिशेष महत्व राख्ने गर्दछ । यस भोजमा कूलका कुनै सदस्य उपस्थित हुन सकेन भने पनि उसको स्थानमा ब्व (भाग) राख्नुपर्छ । साथै बिबाहित दिदीबहिनीहरुको ब्व राखेर भोलीपल्ट उनिहरुको घरमा छोड्न जानुपर्ने परम्परा छ । तर अचेल खासै त्यस्तो गरेको देखिदैन । साथै अर्को महत्वपूर्ण कुरा कुछिभ्वय कुनै पनि साल जस्तोसुकै अवस्थामा पनि छुटाउनु हुदैन भन्दै परिवारको सदस्यको मृत्यु भइ मोहनी नख: नै मनाउन नहुँदा पनि कुछिभ्वय भने खानैपर्छ भन्ने परम्परा छ । यदि कुछिभ्वयकै दिन परिवारको कुनै सदस्यको मृत्य भएमा पनि दाहसंस्कार समाप्त गरिसकेपछि अदुवालाई मासुको रुपमा तथा मासको व:को ठाँउमा केराउको व: बनाएर भोज खाने गरिन्छ ।

कुछिभ्वयको ब्व लगाउँदा सबैभन्दा पहिले द्यब्व (देवताको भाग) लगाउनु पर्छ । घौब्व तथा आगँब्व (आगनमा पिखालखको भाग) लगाइसकेपछि परिवारको संख्या बराबर ब्व लगाउनुपर्छ । कुछिभ्वको भाग लगाउँदा केराको पात(म्वाय् लप्ते)मा राखिन्छ । भागको बिचमा च्यूरा (कतै कतै दुइमाना भनिन्छ) राखिन्छ । त्यसपछि बिभिन्न खानेकुरा राखेर सजाइन्छ ।

परिवारका सबै सदस्यहरु जेष्ठता क्रमको आधारले लहरै बसेपछि प्रत्येकको अगाडि केराको पात(म्वाय् लप्ते)मा राखिन्छ । क्रमश सबै भागमा सबैभन्दा पहिले च्यूरा राखिन्छ । कतै कतै कुछि भ्वयलाई दुइमाना च्यूरा खानुपर्छ भन्दै कुरुवाले च्यूरा भरेर भाग लगाउने पनि गरिन्छ । यसपछि झोल भएको मासु र अचार राखिन्छ । यो खाँदै गर्दा बिचमा च्यूरा थप्न आँउछ । च्यूरा थपिए पछि झोल भएको अन्य तरकारीहरु राखिन्छ । यसमा आलुको तरकारी, सिमी, बोडी, तथा फर्सीको तरकारीहरु हुने गर्दछ । यो मासु नखानेहरुको लागि बिशेष रुपले बनाएको पनि हुन्छ । यस पछि भने त:कू ला राखिन्छ । शुरुमा झोल भएको मासुको तरकारीमा मासुको सानो सानो टुक्रा बनाइएको हुन्छ । जसले गर्दा सो शुरुको मासुलाई चिकु ला भनिन्छ तर पछि राखिने मासुमा भने ठूलो ठूलो टुक्रा बनाइएको हुँदा यसलाई त:कू ला भनिन्छ । यो मासु बिशेष प्रकारले बनाइएको हुन्छ । झोल नहुने तथा दहि राखेर धेरै बेरसम्म पकाएर बनाइन्छ । त:कू ला भने परिवारको हैसियत अनुसार दुइ प्रकारको पनि बनाइन्छ । एउटा राँगोको अर्को बोकाको । यो संगै भुटुवा, छ्वयला, नलु, हिघासा, क्वेँ जस्ता मासुका अन्य परिकारहरु पनि आउने गर्दछ । भनिन्छ खानेकुराहरु कम्तिमा १२ प्रकारको हुनुपर्छ । साथै भागमा राखिने छ्वयलाको संख्या पनि १२ नै हुनुपर्छ ।

नेवा:हरुको हरेक भोजमा रक्सी तथा जाँड खाने प्रचलन परापूर्वकाल देखि नै रहेको छ । तसर्थ मासुको साथमा रक्सी पनि दिने गरिन्छ । पुरुष सदस्यलाई रक्सी (ऐला) र महिला सदस्यहरुको लागि जाँड(थोँ) दिने गरिन्छ । रक्सी र जाँड बिशेष प्रकारको सलीमा दिने गरिन्छ । रक्सी सानो सलीमा राखिन्छ भने जाँड केही ठूलो सलीमा राखिन्छ । सली माटो वा ढलोटको हुने गर्दछ । मुख फराकिलो हुने भाँडोलाई सली भनिन्छ ।

त:कू ला पछि राखिने परिकार भने वाउँचा ल्याउने गरिन्छ । वाउँचा भनेको हरियो सागसब्जी हो । वाउँचा आउनु अगाडि कुनै पनि परिकार थप्दै खान सकिन्छ । तर वाउँचा आएपछि भोज अन्तिम भयो भन्ने बुझ्नु पर्दछ । वाउँचा पछि भने कुनै पनि परिकार थप्नको लागि अनुरोध गर्न पाइदैन । हरियो साग पछि पाउँ क्वा वा मी क्वा आउँछ । लब्सीबाट बनाइने पाउँ क्वा तातो तातो वा चिसो दुइ प्रकारको हुने गर्दछ । यहि लब्सीको झोलमा मेथी झानियो भने त्यसलाई मी क्वा भनिन्छ । खासमा यो अमिलो खानेकुरा पचाउनको लागि महत्वपूर्ण हुने हुँदा भोजको करिव करिव अन्तिममा दिने गरिन्छ । यो अमिलोले रक्सिको नशालाई पनि कम गराउने गर्दछ । अचेल भने सबै परिकार एकैसाथ राखिदिने तथा थाहा नपाइकन सबै मिसाएर एकसाथ खाने गरिएको पाउँछौ ।

यसपछि दही दिने गरिन्छ । दही बाँड्न आँउदा भने इच्छा अनुसारको च्यूरा पनि राखिने गरिन्छ । तर दहीसंग इच्छा नलागेकोले दही मात्र पनि खान सकिन्छ । दही राख्ने बेलामा पनि जेष्ठता क्रममा नै राख्ने गरिन्छ । दही शुभमंगलको पनि प्रतिक भएको हुँदा शुरुमा खाने ब्यक्ति भाग्यमानी हुने हुँदा कहिले काँही परिवारको कुनै एक सदस्यलाई सबैभन्दा पहिले दही दिएर पनि उसले चाहेको पुरा होस भनेर शुरुमा दिने पनि चलन यदाकदा भेटिन्छ । दही पछि सिसाफुसा ल्याइन्छ । सिसाफुसा भनेको फलफूल काटेर टुक्रा टुक्रा बनाइएको हो । तर फलफूलको साथमा भिजाइएको केराउ र काटेको मुला पनि हुने गर्दछ । सिसाफुसासंग अन्तिम पटक रक्सी तथा जाँड पनि राख्ने गरिन्छ । यसपछि बल्ल कुछिभ्वय समाप्त हुन्छ ।

कुछिभ्वय खान सकिए पछि जो मन लाग्यो उहि जुरुक्क उठ्न पाइदैन । सबैभन्दा जेष्ठ सदस्य उठिसके पछि मात्र उठ्न पाइन्छ । साथै आफ्नो दाँया बाँया बस्ने दाइ भाइ वा दिदीबहिनीलाई म उठ्छु है भनेर अनुमति लिएर मात्र उठ्न पाइन्छ । बिचमा उठ्नु पर्दा सबैभन्दा पहिले जेष्ठ सदस्यसंग अनुमति लिनु पर्छ । त्यसपछि आफ्नो दाँयाबाँया बसेकोसंग अनुमति लिए पछि मात्र उठ्न पाइन्छ । यसरी कुछिभ्वय समाप्त हुन्छ ।

कुछिभ्वयको भोलिपल्ट 'स्याक्वत्याक्व' भनिन्छ । यस दिन काटमारको काम हुन्छ । यस दिन सवारी साधनको पूजा तथा बलि दिने गरिन्छ । यस दिन पूजा गर्ने हुँदा विश्वकर्मा पूजाको दिन सवारी साधनको पूजा गर्ने गर्दैनन् । तर अचेल भारतीय देखासिखी गर्दै नेपालमा पनि विश्वकर्मा पूजाको दिन सवारी साधन तथा ज्यावलहरु पूजा गर्ने चलनको शुरुवात भएको पाउँछौ ।

"स्याक्वत्याक्व' शव्द भने सयेकुक्व त्यात शव्दबाट अप्रभंश भइ भएको भन्ने मान्यता छ । सयेकुक्व त्यातको अर्थ जति सिक्यो त्यति फाइदा हो । यसरी जति सिक्यो त्यति राम्रो भनिएको शव्द अचेल काटमार गर्ने दिनको रुपमा बुझ्ने गरिन्छ । घरमा काटिएको जनावरको टाउकोको भागलाई "सिका:भू" लिने गरिन्छ । परिवारको ठूला देखी साना सम्मको पुरुष सदस्यको भागमा नाक, कान, आँखा, बङ्गरा आदी बाँडिन्छ । नवमीको रात मोहनीको मूख्य टिका मोहनी सिन्ह बनाउने गरिन्छ । यहि मोहनी सिन्हको नामबाट नै यो चाडको नाम मोहनी रहन गएको हो ।

बलिरहेको दियोमा माथीबाट अर्को पाला घोप्टाएर दियोको ध्वाँसो जम्मा गरिन्छ । यसरी जम्मा गरेको ध्वासोलाई नै मोहनी सिन्ह भनिन्छ । यस टिकालाई पहिले तान्त्रिक बिधीबाट बनाइ यसलाई परिवारको सदस्यको निधारमा लगाइदिएमा सिद्धी प्राप्त हुन्छ भन्ने जनविश्वास गरिन्छ ।

दशमीको दिनलाई नेवारहरु चालं भन्ने गर्दछन् र अन्य जातिले मनाउने दशैमा झै नेवारहरुमा पनि घटस्थापनाको दिन रोपिएको नल स्वा: निकालेर मोहनी सिन्ह लगाइदिने र नल स्वा: पनि दिने गरिन्छ । साथै नेवारहरुमा रातो वा सेतो रङको "क्वखा" अर्थात कपडाको धजा पनि लगाइदिने गरिन्छ ।

दशमीको भोलिपल्ट चालं क्वकायेगु भनिन्छ । यो दिन अष्टमीमा पूजा गरिएको औजारहरु तथा पुस्तकहरुलाई निकालिन्छ । यसरी निकालिँदा परिवारको सदस्यलाई ल:ल्हाये (दिने) गरिन्छ । टिका भने पूर्णिमासम्म नै लगाउने गरिन्छ । आफ्ना फुकी (दाजुभाइ) तथा आफन्तहरु सबैकोमा टिका थाप्न जानुपर्छ ।
सोर्स : Sunil Ulak

Sahi ho ❤️
03/10/2022

Sahi ho ❤️

मोहनि नख: या भिन्तुना 💖🙏बडा दशैंको सबैलाई शुभकामना 💖🙏जय पाथीभरा माँ ❤️🙏
03/10/2022

मोहनि नख: या भिन्तुना 💖🙏
बडा दशैंको सबैलाई शुभकामना 💖🙏
जय पाथीभरा माँ ❤️🙏

Beautiful painting of combination of goddess durga and kali❤ Art by: savyata poudel
03/10/2022

Beautiful painting of combination of goddess durga and kali❤

Art by: savyata poudel

बाग्लुङ छेत्र नम्बर १ मा  प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ रास्ट्रीय स्वतन्त्र पार्टि  बाट इन्जिनियर खिमानन्द कन्...
03/10/2022

बाग्लुङ छेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ रास्ट्रीय स्वतन्त्र पार्टि बाट इन्जिनियर खिमानन्द कन्डेलको उमेदवारी रहने भऐको छ!

Newa food 😇😍❤️
03/10/2022

Newa food 😇😍❤️

दशैंको महाअष्टमी : (मोहनी नख:को कुछी भ्वय्)वर्षमा आउने ४ मुख्य अष्टमीहरु मध्ये एक मानिने दशैंको महाअष्टमी वि.सं. अनुसार ...
03/10/2022

दशैंको महाअष्टमी :
(मोहनी नख:को कुछी भ्वय्)

वर्षमा आउने ४ मुख्य अष्टमीहरु मध्ये एक मानिने दशैंको महाअष्टमी वि.सं. अनुसार आश्विन शुक्ल अष्टमी तथा ने.सं अनुसार कौलाथ्व अष्टमीको दिनलाई लिइन्छ। दशैं र मोहनी नख: एउटै हो वा बेग्लाबेग्लै हो भन्ने कुरामा इतिहासकारहरुको दुइमत रहेको पाइन्छ। केही इतिहासकारहरु दशैं र मोहनी दुबैमा शक्तिकै आराधना गर्ने भएकोले फरक संस्कृती तर एउटै पर्व हो भनी मान्दछन्। अर्को तर्फका इतिहासकारहरु यसको विखण्डन गर्दै, दशैंमा अरु समुदायले गर्ने शक्ति आराधना तथा नेवा: हरुले गर्ने शक्ति आराधना बिल्कुलै फरक प्रकृतिको भएको, तथा नेवा: हरुले गर्ने सरसामानको पूजा, मोहनी सिन्ह, केराको पातमा खाने, अदुवा उखु चढाउने आदि विभिन्न संस्कृतिहरु पटक्कै मेल नखाने भएकोले यी दुई बेग्लाबेग्लै पर्व तर एउटै समयमा मनाउने गरिएको बताउँछन्।

नेवा: समुदायमा यस दिन देखि विशेष रुपमा मोहनी मनाउने गर्दछन्। घटस्थापनाको दिन देखि नै जमरा राखी मोहनी सुरु भएता पनि मुख्य गरि ३ दिन मनाउने गरिन्छ।आजको दिन नजिकको विभिन्न शक्तिपीठहरुमा पूजा जाने गरिन्छ भने घरमा आजको दिन अदुवा नछुट्टिएको नयाँ बोट,उखुको बोट,केराको पात, रक्सी र मासु भित्र्याउने तथा घरमा ल्याउने प्रचलन छ। अष्टमीको दिन ल्याएको यी सामानहरु नवमीका दिन विधिवत रुपमा पूजा गरि रक्सी, चामल, छ्याङ, मासुलाई स्थापना गर्ने चलन छ भने उखु र अदुवा चढाउने गरिन्छ। यसरी स्थापना गरिएका सबैलाई देवता समान मानी पूजा गरि शक्ति जगाउने गरिन्छ भने दशमीका दिन घरको ज्येष्ठ सदस्यले पूजा गरि निकालिन्छ र टीका लगाइसकेपछी प्रसादको रुपमा कुलको सबैलाई बाँड्ने गरिन्छ। नवमीको दिनमा पूजा गरि राखिएको मासुलाई सुइरोमा राखी सुकाएर राखिन्छ र लक्ष्मी पूजाको दिन महालक्ष्मी देवीलाई भोजमा यहि मासु पकाएर राख्न पर्ने प्रचलन रहि आएको पाइन्छ।

यसै गरि आजको दिन कुछीभ्वय् मनाउने गरिन्छ। यस दिनबाट मोहनी नसकिएसम्म चामलको भात खान हुँदैन भन्ने परम्परा छ, त्यसैले चिउरा खाने गरिन्छ। यस दिन घरमा विभिन्न परिकारहरु बनाइ देवतालाई भाग चढाएर परिवारका सबै सदस्य सँगै बसेर केराको पातमा भोज खाने गरिन्छ। कुछिभ्वय् किन भनियो भन्ने सन्दर्भमा पनि मानिसहरुको दुइमत रहेको पाइन्छ। एक मत अनुसार, कुछी अर्थात् दुई माना अट्ने मानोमा भरी चिउरा हालेर टन्न अघाइने गरि खाने भोज भएकोले कुछी भ्वय् भनिएको मान्दछ्न्। यस्तै अर्को मत अनुसार, कुलछी अर्थात् कुलका सबै सदस्य सँगै बसेर खाइने भएकोले कुलछी भ्वय् भनिएको र पछो कुछी भएको मान्दछन्।

यस वर्षको कुछी भ्वय् तथा महाअष्टमीको सम्पुर्णलाई शुभकामना!!

लेख: Frannkey Franz and Shreenaya Manandhar
तस्बिर : Unknown

आज नवरात्रीको आठौं दिन !! नेवा: समुदायले अष्टमातृकागण र तलेजु भवानी वा त्रिपुरासुन्दरी सहित गरि नवदुर्गा भवानी मानेर आरा...
03/10/2022

आज नवरात्रीको आठौं दिन !!

नेवा: समुदायले अष्टमातृकागण र तलेजु भवानी वा त्रिपुरासुन्दरी सहित गरि नवदुर्गा भवानी मानेर आराधना गर्ने गर्दछन्। यसै प्राचीन परम्परा अनुसार हरेक दिन भिन्न मातृकाहरुको साधना गर्नुका साथै पूजा गर्ने र शक्तिपीठमा जाने गरिन्छ।
आज आठौं दिन महालक्ष्मी देवीको दिनको रुपमा लिइन्छ। काठमाडौमाको नक्सालस्थित नारायणहिटी आर्मी ब्यारेकभित्र रहेको महालक्ष्मी पीठ अष्टमातृकामध्ये एक पीठ हो भने स्थानिय भाषामा #चन्द्रलखु_अजिमा भनी सम्बोधन गरिन्छ। तर हाल यो पनि गुमनाम पीठ बन्न पुगेको छ र आधिकांशलाई यो पीठबारे जानकारी नै छैन। हाल यो नारायणहिटि आर्मी ब्यारेकभित्र रहेको छ र सर्वसाधारणलाई यहाँ जान निषेध छ। खड्ग आकारमा रहेको प्राचीन काठमाडौको एक प्रमुख शक्तिपीठमा सर्वसाधारण र साधकलाई जान निषेधित हुनु दु:खको कुरा हो। यहाँ जानलाई का.म.पा को अनुमती पत्र चाहिन्छ - हाम्रो आफ्नै अजिमाकहाँ जान अनुमती चाहिने... यो कस्तो विडम्बना हो ?? हामी सबै मिलेर यो शक्तिपीठ र कौमारी शक्तिपीठ खुल्ला गर्नुपर्छ र सबैजना जान मिल्ने व्यवस्था मिलाउनुपर्छ !!

काठमाडौमा चन्द्रमखु अजिमाको नामले चिनिने महालक्ष्मी देवीलाई भक्तपुरमा भोतिं अजिमा र पाटनमा थछेँ माजु भनेर चिनिन्छ।

नवदुर्गा भवानीले सबैको रक्षा गरून् 🙏🙏
लेख : Frannkey Franz
तस्बिर : Unknown

Khaja time : bhuteko makai sanga muii ☺❤ katiko maan parxa tapai lai? Pic : Bipen poudel
03/10/2022

Khaja time : bhuteko makai sanga muii ☺❤ katiko maan parxa tapai lai?

Pic : Bipen poudel

१० वटा ठेकेदार कम्पनी डेढ वर्षसम्म कालोसूचीमा (नामावलीसहित)Pic: Gorkhapatra Online
03/10/2022

१० वटा ठेकेदार कम्पनी डेढ वर्षसम्म कालोसूचीमा (नामावलीसहित)
Pic: Gorkhapatra Online

World's Most Popular MineCraft YouTuber "Clay" from Dream YouTube Channel reveals his face for the first time. He has 30...
03/10/2022

World's Most Popular MineCraft YouTuber "Clay" from Dream YouTube Channel reveals his face for the first time. He has 30 Million+ Subscribers.

Address


Website

Alerts

Be the first to know and let us send you an email when Bhandafor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhandafor:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share