Lolay Ko Halkhabar

  • Home
  • Lolay Ko Halkhabar

Lolay Ko Halkhabar Factual reporting is all too often propaganda designed to provoke certain reactions from the masses.
(1)

अन्त्येष्टि क्रिया -मेरी अतिप्रिय आमा हर्कमाया छेत्री ( पौड्याल) को गत २४ जनवरी २०२५ को दिन आकास्मिक निधन भएको थियो।यसर्...
03/02/2025

अन्त्येष्टि क्रिया -

मेरी अतिप्रिय आमा हर्कमाया छेत्री ( पौड्याल) को गत २४ जनवरी २०२५ को दिन आकास्मिक निधन भएको थियो।यसर्थ उहाँको अन्त्येष्टि क्रिया आगामी ४ फरवरी मंगलबारको दिन उहाँको निज रौसे बजारमा सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजन, छरछिमेकी ,समाज लगायत सम्पूर्ण शुभचिन्तकहरुलाई उक्त दिन उपस्थित भईदिने अनुरोध गर्दछु।

शोकाकुल परिवार-
शिवहरि छेत्री (पति)
गीतादेवी छेत्री ( जेठानी दिदी)
राकेश छेत्री ( जेठा छोरा)
बबि छेत्री(बुहारी)
रोशन छेत्री (छोरा)
सम्झना छेत्री ( बुहारी)
लक्ष्मी छेत्री ( छोरी)
निलेश प्रधान ( ज्वाईं)
सुजन छेत्री ( छोरा) , सन्दिप छेत्री ( छोरा) र सृजना छेत्री ( छोरी)
अनुक्षा छेत्री/ समृद्धि छेत्री - नानीहरू
रेयांश छेत्री/ नक्षत्र प्रधान - नातिहरु

02/02/2025

अन्तर्राष्ट्रिय सम्म फुटबल खेलेर नाउँ कमाएका माजौंग डाँडा निवासी रेन्जोङ लेप्चा र रोएल लेप्चा सँग मिठो वार्तालाप।

कालेबुङ जिल्ला भागोप्रमो युवा शक्तिको पार्टी कार्यालयमा  जीटीए सभासद एवं कालेबुङ जिल्ला भागोप्रमो युवा शक्ति अध्यक्ष दाव...
02/02/2025

कालेबुङ जिल्ला भागोप्रमो युवा शक्तिको पार्टी कार्यालयमा जीटीए सभासद एवं कालेबुङ जिल्ला भागोप्रमो युवा शक्ति अध्यक्ष दावा तेन्जीको‌ विशेष उपस्थितिमा १३ वटै समष्टिको प्रतिनिधिलाई लिएर सभा सम्पन्न। उक्त सभामा विपेन गोलेलाई कालेबुङ जिल्ला युवा शक्तिको एजीएस पदमा साथै ३५ नम्बर समष्टि युवा शक्तिलाई विघटन पनि गरिएको छ।

हार्दिक बधाई तथा शुभकामना -याङमाकुम जरायोटार बरबोटेका परिचित म्याराथन धावक उत्तम भुजेलले दुबाईमा आयोजित  “RAS AI KHAIMAH...
01/02/2025

हार्दिक बधाई तथा शुभकामना -

याङमाकुम जरायोटार बरबोटेका परिचित म्याराथन धावक उत्तम भुजेलले दुबाईमा आयोजित “RAS AI KHAIMAH HALF INTERNATIONAL MARATHON "मा छैटौं स्थानमा आएका छन्।

१ तारिक फरवरी को दिन उनले अरब कोे दुबाईमा आयोजित यस हाफ म्याराथन मा १घण्टा १३ मिनटमा २१ किलोमिटरको दौड समाप्त गरेर 6 th स्थानमा आउन सफल भएका छन्।
उनकी पत्नी नुतन शर्माले पनि यसै म्याराथनमा २१ किलोमिटर २ घण्टा ३० मिनेटमा समाप्त गरेकी छिन्।
यस भन्दा अघि पनि उत्तम भुजेलले यसै २६ जनवरीको दिन “MARINA HOME INTERNATIONAL MARATHON "मा 9th स्थानमा आएका थिए।
आफ्नो म्याराथन करियरमा एक पटक अन्तराष्ट्रिय स्तरमा भाग लिने ठुलो इच्छा पनि आज देखि पूरा भएको अनि यहाँ सम्म पुग्न उनलाई पुर्याउन पत्नीकोे नै मुख्य भूमिका रहेको पनि उनि बताउँछन्।

01/02/2025

राज्य सरकारको पहल द्वारे सरकार-

कालेबुङको विभिन्न ठाउँहरूमा राज्य सरकार द्वारा आयोजित नवौं द्वारे सरकार शिविर सम्पन्न भईरहेको छ।यसै क्रममा आज लाभा खण्ड 2 लोले ग्राम पंचायत अन्तर्गत साम्पु उच्चतर माध्यमिक विद्यालयमा शिविर सम्पन्न भयो। उक्त शिविरमा डीपीआरडो पेमा शेर्पा, लाभा खण्ड 2 विडीओ भारती चिकबराईक , डिएमडिसी दर्षमा सुब्बा, डीएमडिसी सनत कुमार दास, डिष्ट्रिक्ट युथ अफिसर सुष्मिता सुब्बा,लोले ग्राम पंचायत प्रधान , उप प्रधान, सदस्य अन्यको उपस्थिति रहेको थियो।

31/01/2025

दुनवासीलाई हार्दिक बधाई -

साम्पु उच्चतर माध्यमिक विद्यालयबाट दुन गाउँसम्म पुग्ने वेस्ट बंगाल स्टेट रुरल डेभलपमेन्ट विभागबाट 3 किलोमिटरको सडकको कालेबुङ विधायक रूदेन लेप्चा, क्षेत्रीय सभासद हेमन्त राई, पंचायत प्रधान,उप प्रधान, सदस्य, भागोप्रमो कार्यकर्ता, विभागीय टोली लगायत गाँउवासीको उपस्थितिमा विधिवत् शिलान्यास गरेका छन्।विभिन्न धर्मावलम्बी अनुरुप प्रार्थना साथै पुजा अर्चना गरी शिलान्यास सम्पन्न गरेका हुन्।लामो समयदेखि गाँउवासीले भोग्न परिरहेको समस्याको समाधान अब पुरा भएको छ।

30/01/2025

गायिका तृष्णा गुरूङको प्रस्तुति।

प्रत्यक्ष दृश्य 👇

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा,स्योकवीर खानी शाखा,४२ नम्बर समष्टि विघटन गरिएको छ। यसको आधिकारिक जानकारी गराउँदै भाग...
30/01/2025

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा,स्योकवीर खानी शाखा,४२ नम्बर समष्टि विघटन गरिएको छ। यसको आधिकारिक जानकारी गराउँदै भागोप्रमो ४२ नम्बर समष्टि महासचिव राजेन भूजेलले साङ्गठनिक सुदृढीकरण साथै पुनर्गठन हेतु विघटन गरिएको बताएका छन्। अब चाँडै नै समष्टि समितिको निगरानीमा साथै स्योकवीर शाखाका पार्टीका कार्यकर्ता साथै निर्वाचि रत प्रतिनिधिहरूसँगको सुझबुझमा भागोप्रमो स्यकवीर शाखा समिति पुनर्गठन गरिने जानकारी प्राप्त भएको छ।

सहयोगको अपील-कालेबुङको निम्बोङ सालडाडा निवासी सबनम लेप्चा (२५) हाल सिलिगुडीको एउटा नर्सिङ होममा उपचारधीन छिन्।‌मुटुको रो...
30/01/2025

सहयोगको अपील-

कालेबुङको निम्बोङ सालडाडा निवासी सबनम लेप्चा (२५) हाल सिलिगुडीको एउटा नर्सिङ होममा उपचारधीन छिन्।‌मुटुको रोगले गर्दा भेन्टिलेटरमा रहेकी सबनमको घरको अवस्था दयनीय रहेकोले उपचारको निम्ति समस्या भइरहेको छ। तपाईको सानो सहयोगले सबनमको उपचारमा ठूलो सहयोग पुग्ने भएकोले सबै सामु सहयोगको अपील गरिरहेका छौं।

📌 Account Details:
Name: Sabnam Lepcha
A/C No : 38437890438
IFSC: SBIN0018609
Bank: State Bank of India

📌 Google Pay/Contact: 9635709548
📌 9083568017.

जति सक्नुहुन्छ, त्यति सहयोग गरिदिनु होला।‌तपाईको सानो सहयोगले पनि सबनमले नयाँ जीवन पाउने सक्नेछन्।

28/01/2025

जीटीए (GTA) प्रमुख कार्यपाल अनित थापाको नृत्य।

Kalimpong municipality FEST 2025 आजदेखि सुरु। जीटीए प्रमुख कार्यपाल अनित थापा मुख्य अतिथिको रूपमा उपस्थित।
28/01/2025

Kalimpong municipality FEST 2025 आजदेखि सुरु। जीटीए प्रमुख कार्यपाल अनित थापा मुख्य अतिथिको रूपमा उपस्थित।

जीटीए आइडल  ३७  नम्बर समष्टि स्तरीय अडिसनमा बिजेता बनेकी पुनम तामाङलाई क्षेत्रीय सभासद दावा तेन्जी शेर्पाको निजी कार्याल...
28/01/2025

जीटीए आइडल ३७ नम्बर समष्टि स्तरीय अडिसनमा बिजेता बनेकी पुनम तामाङलाई क्षेत्रीय सभासद दावा तेन्जी शेर्पाको निजी कार्यालयमा सम्बर्द्धना सँगै बधाई पक्राउका छन्।

26/01/2025

दुङग्रावासीलाई बधाई विधायक रुदेन लेप्चा -

36 नम्बर समष्टि अन्तर्गत दुङग्रा ग्राम पंचायत तल्लो दुङग्रा बस्तीदेखि तीन दोभाने झोडासम्म जाने पद्मश्री विभागबाट सडक निर्माण गरिएका थिए। सोही बीचमा पुलको जरुरी हुनाले गर्दा जिल्ला परिषद मार्फत उक्त पुल बनाइएको छ। उक्त नवनिर्मित पुलको उद्घाटन कालेबुङ विधायक रूदेन लेप्चा, कालेबुङ खण्ड १ पंचायत समिति सभापति ममता गुरुङ, समष्टि अध्यक्ष सागर राई, दुङग्रा ग्राम पंचायत प्रधान सोङमित लेप्चा, पंचायत सदस्य अनुपमा मंगर राई, एजेन्सी ज्ञानेन्द्र सुब्बा र चुन्चु भुटिया लगायत गाउँवासीको उपस्थिति रहेको थियो।

25/01/2025

जीटीए आइडल ४२ नम्बर समष्टि स्तरीय अडिसन कफेर सेन्ट स्टेफन स्कूलमा सम्पन्न।

पंचायत समिति कर्माध्यक्ष रोशन छेत्री मातृशोकमापंचायत समिति कर्माध्यक्ष रोशन छेत्री मातृशोकमा पर्नुभएको छ।आज साँझ पख रोशन...
25/01/2025

पंचायत समिति कर्माध्यक्ष रोशन छेत्री मातृशोकमा

पंचायत समिति कर्माध्यक्ष रोशन छेत्री मातृशोकमा पर्नुभएको छ।आज साँझ पख रोशन छेत्रीको आमा हर्कमाया छेत्रीको ६३ वर्षमा आकास्मिक निधन भएको छ। यसर्थ उहाँको‌ पार्थिव शरीरलाई भोलि २६ जनवरी आइतबारको दिन निकाल्ने भएकोले गर्दा सम्पूर्णलाई उपस्थित भईदिने अनुरोध गरिन्छ।

24/01/2025

प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्ने हातहरू महान हुन्- दावा तेन्जी शेर्पा

प्रार्थना गर्ने ओठहरु भन्दा सेवा गर्नेहरु हात महान् हुन विश्वास गर्ने सभासद दावा तेन्जी शेर्पा सबैको प्रिय बनिरहेको छन्।विगत समय 37 नम्बर समष्टि अन्तर्गत पैयुङमा लम्पी भाइरसले गाई मरेका 5 परिवारलाई निजी कोषबाट गाई वितरण गरेका छन्।

भागप्रोमोमा सामेल हुँदै ३४ नम्बर समष्टि अन्तर्गत वार्ड नम्बर ७ का युवाहरू।         आज कालेबुङ बिधायक  रुदेन सादा लेप्चा ...
24/01/2025

भागप्रोमोमा सामेल हुँदै ३४ नम्बर समष्टि अन्तर्गत वार्ड नम्बर ७ का युवाहरू।
आज कालेबुङ बिधायक रुदेन सादा लेप्चा साथै समष्टि अध्यक्ष एवं सभासद बिकास राईको उपस्थितिमा विगत केही समय देखि राजनीति देखि टाडा रहेका पारङ तामाङ, गगन क्षेत्री अनि समुहले आज भागप्रोमोमा समर्थन गरे। आफ्नो वार्ड अनि पार्टी प्रति निष्ठापुर्व कार्य गर्ने भनी जनाए।

हार्दिक श्रद्धाञ्जली-"मादल सम्राट "  पद्मश्री काजी सिंहको हिज निधन आकास्मिक भएको थियो । उहाँ लामो समय देखि सिलगडी  स्थित...
23/01/2025

हार्दिक श्रद्धाञ्जली-

"मादल सम्राट " पद्मश्री काजी सिंहको हिज निधन आकास्मिक भएको थियो । उहाँ लामो समय देखि सिलगडी स्थित निजी नर्सिङ होममा उपचारधिन थिये। आज दुङ्ग्रा सिन्देबोङ पुदुङ ग्राम पन्चायत ३६ नम्बर समष्टि बिश्वकर्म समाजका सभापति ओम प्रकाश घिमिरे , राजेन घिमिरे , सुनिता सिंह ,रबिन सिलाल आदि सँग उहाँको वास्स्थानमा गएर श्रद्धान्जली अर्पण गरे ।साथै घिमिरेले भन्नुभयो बिश्वकर्म समाज मात्र नभएर सम्पूर्ण गोर्खाहरुको सम्मान अनि गौरव हुनुहुन्थ्यो काजी सिंह । उहाँको निधनले गोर्खा समाजमा ठूलो क्षति भएको छ। समाजप्रति उहाँको योगदानलाई हामी सदैव कदर गर्दै हजुर लाई सत् सत् नमन।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Lolay Ko Halkhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lolay Ko Halkhabar:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share