Gazal Ganga - Radio Nepal

  • Home
  • Gazal Ganga - Radio Nepal

Gazal Ganga - Radio Nepal Gazal Ganga is a most famous program in Radio Nepal.its officiated with Nabin Dahal ,who has melody to 11:00 P.M.

Gazal Ganga is a most famous program in Radio Nepal.its officiated with Nabin Dahal ,who has melody voice.The program presents from 10:05 P.M. at Tuesday in Radio Nepal.In this program,Nabin Dahal entertainments presenting many Gazal from various new and old artists ( Gazalkar ) and he fascinates all listeners of Gazal Ganga with his melody voice.when someone listens Gazal Ganga then he / she becomes listener of Gazal Ganga for ever.

11/01/2012

गज़ल
- एलिना संग्रौला ( गज़ल एल्बम "एलिना' बाट,स्वर - शिव परियार )
के गर्नु यस्तै भएर गयौ !
मन भरि याद रहेर गयौ !!
भन्थ्यो त्यो मन साथ रहन्छु सधैं - सधैं,
थाहा छैन कता हो सरेर गयौ !!
केहि नठाने पनि मित्र ठान्थ्यौ कि ,
त्यो पनि आस मरेर गरेर गयौ !!
खुसी दिने उसैको बाचा थियो ,
आखिर मद्होसी भएर गयो !!

11/01/2012

गज़ल गंगा - रेडियो नेपालमा झापाकी गज़लकार एलिना संग्रौला संग जम्काभेट !

11/01/2012

नमस्ते ! गज़ल गंगाको समिपमा बसिरहनु भएका तमाम गज़लप्रेमी ,गज़लपारखी एवम् गज़ल गंगाका समस्त नियमित श्रोताहरुमा संयोजक ललिजन रावल र म नबिन दाहाल आत्मीय स्वागत गर्छौं !

14/12/2011

गज़ल
- प्रदिप चापागाईं,हाल सिड्नी अस्ट्रेलिया
डाँडामा जून छ,
बाँसुरी धुन छ । ।

मायालु काखमा,
मैँतालु गुन छ । ।

अनिदो रातमा,
तातेको खुन छ । ।

मोरीको जोवन,
नम्बरी सुन छ । ।

त्यहिं छ संसार,
अर्को खै कुन छ । ।

डाँडामा जून छ,
बाँसुरी धुन छ । ।

14/12/2011

सिड्नी,अस्ट्रेलियामा रहनु भएका गजलकार प्रदिप चापागाईं, आजको गजल गङ्गा (रेडियो नेपाल)मा

12/12/2011

सिड्नी,अस्ट्रेलियामा रहनु भएका गजलकार प्रदिप चापागाईं, भोलि गजल गङ्गा (रेडियो नेपाल)मा

07/12/2011

गजल
केशु बिरही
दबाएरै दुनियाँ डराएँ मैले !
भन्छौ रे अरुलाई हराएँ मैले !!
नरहे यो देश तिमी के मधेशी ,
नेपाली हुन मन पराएँ मैले !!
हुँ भन्दै तिमी जून टिप्छु भन्थ्यौ ,
देख्यौ धर्तीमै कसरी झराएँ मैले !!
भनौला तिमी त पहाडे मलाई,
मधेशमै बसाई सराएँ मैले !!
नमाने पनि भो तिमी नमान,
तिमी बाट अलग्गै गराएँ मैले !!
नोट ; यो गज़ल गज़लकार स्वयंले कार्यक्रम प्रस्तोता नबिन दाहाल - रेडियो नेपालको साथमा गज़ल गंगा - रेडियो नेपाल कार्यक्रममा वाचन गर्नु भएको हो !

07/12/2011

आजको गज़ल गंगा - रेडियो नेपाल गजलकार केशु बिरही संग !

30/11/2011
30/11/2011

गजल
देवराज वली ' प्रतिक ' रोल्पा हाल सल्यान ( गज़ल गंगा - रेडियो नेपाल' को प्रस्तोता नविन दाहाल द्वारा बाचित गज़ल )
यो जिन्दगी ढलेपछि कसले बोलाउला र !
चिता माथि जलेपछि कसले बोलाउला र !!
भाईटिका दशैँटिका लाउँदा कति खुसी,
बिदाई रंग दलेपछि कसले बोलाउला र !!
तिमी बोलाउ म' नि बोल्छु धित मरुन्जेल बोलुं ,
माटो संग गलेपछि कसले बोलाउछ र !!
हेर्न खोज्ने आँखाहरु बोल्न खोज्ने ओठहरु ,
मृत्यु आइ छलेपछि कसले बोलाउला र !!
बाँचेको छु र त आज 'प्रतिक - प्रतिक' भन्छन् ,
ज्वाला संगै बलेपछि कसले बोलाउला र !!

नोट : यो गज़ल गजलकार पुष्प अधिकारी 'अन्जली' को सम्पादित र संकलित गज़ल संग्रह ' समकालीन नेपाली गजल ' बाट साभार गरिएको हो !

30/11/2011

आजको गज़ल गंगा - रेडियो नेपाल गजलकार पुष्प अधिकारी 'अन्जली' को सम्पादित र संकलित १२९ जना गजलकारहरुको ३६५ पृष्ठ भएको गज़ल संग्रह ' समकालीन नेपाली गजल ' मा केन्द्रित रहने छ !

23/11/2011

गज़ल
- रीना बम्जन ,काभ्रे ( रेडियो नेपाल गजल - गंगामा स्वयम् गज़लकार द्वारा बाचित गज़ल )
भाग्य बिग्रेको दिनमा छु , हाल नसोध्नु साथी !
त्यसैले त कठिनमा छु , हाल नसोध्नु साथी !!
आजाद खोज्दा खोज्दै उल्टै कैदी भएपछी ,
नियतिकै अधिनमा छु , हाल नसोध्नु साथी !!
उड्नेहरू आकाश नाघी माथि - माथि पुगे ,
म त अझै जमिनमा छु , हाल नसोध्नु साथी !!
के सोध्छौ नाफा - फाइदा कति भयो भन्दै ,
तिरी नसक्नु ऋणमा छु , हाल नसोध्नु साथी !!
हाँसो खोज्छौ मेरो ओठमा म चैं भने यहाँ ,
दु:ख पिउने सिनमा छु ,हाल नसोध्नु साथी !!

23/11/2011

गज़ल
- दीपक 'समिप' पोखरा ( गज़ल गंगा -रेडियो नेपालको प्रस्तोता नविन दाहाल - रेडियो नेपाल द्वारा गज़ल गंगामा वाचित गज़ल )
गल्ति अलिकति तरवारको पनि हुन सक्छ !
गल्ति अलिकति दरवारको पनि हुन सक्छ !!
छँदा खाँदाको सत्ता सजिलै कहाँ पल्टिन्छ र ,
गल्ति अलिकति सरकारको पनि हुन सक्छ !!
जुन घरमा रातदिन रंडाको मच्चिन्छ ,
गल्ति अलिकति घरवारको पनि हुन सक्छ !!
नभन काल आएपछी सिपाहीको के लाग्छ ,
गल्ति अलिकति सरदारको पनि हुन सक्छ !!
कुरै नबुझी तिमी हाकिमलाई दोष दिन्छौ,
गल्ति अलिकति खरदारको पनि हुन सक्छ !!

23/11/2011

गज़ल गंगा - रेडियो नेपालका तमाम श्रोताहरु तथा सुभेक्छुकहरु ! यहाँहरुलाई गज़ल गंगा - रेडियो नेपालमा आफ्ना गज़लहरु पठाउन हार्दिक अनुरोध गर्दछौं ,साथै यहाँहरुले पठाउनु भएका गज़लहरुबाट उत्कृष्टताको आधारमा ५ ओटा विकास क्षेत्र बाट ५ ओटा गज़ल ,एउटा नारी गज़लकारको गज़ल साथै सम्पूर्ण कर्णालीका गज़लकारको गज़ल बाट एउटा गज़ल र प्राप्त गज़ल संग्रह बाट एउटा गज़लको संगीत बद्ध सिडी २०६९ मा निकाल्नेछौँ,गैरे सुरेशले संगीत दिनु हुनेछ ,बिन्ध्यबासिनी द्वारा रेकर्ड हुनेछ !

16/11/2011

गज़ल
- अमला अधिकारी ( उहाँको गजल संग्रह 'अमला ' बाट )
मैले बाल्ने टुकी र तिम्ले बाल्ने बिजुलीमा फरक छ !
तिमी बस्ने काठमाडौँ र मेरो सिन्धुलीमा फरक छ !!
बग्ने त अमृत हैन पानी नै हो सबै नदीहरुमा ,
तर मेरो बाग्सु र तिम्रो बागमती त्रिसुलीमा फरक छ !!
तिमी खानका लागि बाँच्छौ हामी बाँच्नका लागि खान्छौ,
तिम्ले खाने बास्मती र हाम्ले खाने मन्सुलीमा फरक छ !!
जन्मेको त उसैगरि हो १० महिना आमाको कोखमा बसेर,
तिम्ले खेल्ने सुनको गुडिया र मेरो टालाटुलीमा फरक छ !!
आखिर सम्झेकै हुन् आफन्तजनले तिम्लाई र मलाई पनि,
तिम्रो मोबाइलको टिंगटिंग अनि मेरो बाडुलीमा फरक छ !
नोट : नविन दाहाल - रेडियो नेपालले 'गज़ल गंगा 'मा २०६८ -०७ - २९ मा वाचन गर्नु भएको थियो !

29/09/2011

गज़ल गंगा - रेडियो नेपाल र नविन दाहाल - रेडियो नेपालका तमाम श्रोताहरु तथा सुभेक्छुकहरुमा बिजयादशमी र तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं !

26/09/2011

गज़ल
- निर्मला थापा
कति जिद्दी गर्छौ तिमी रहरले हुन्न माया
रोमै दिन्छु भन्छु सधै सहरले हुन्न माया


सिरदेखि पाऊ तुन्दै नकोर भो गज़ल कुनै
नानाभांती बयान बोक्ने बहरले हुन्न माया


प्यासी बन्दै न आऊ तिमी रसाउदैन ढुंगा सधै
जिती छाड्छु भन्ने तिम्रो ठहरले हुन्न माया


होला तिमीलाई देखाउनु छ प्रेम जोडी दुनियालाई
होडबाजी चल्ने यस्तो लहरले हुन्न माया

दे'को हैन वचन मैले घात ठान्दै पियौ जहर
बुझ्नुपर्थ्यो तिमीले पहिलै जहरले हुन्न माया
नोट : राज श्रेष्ठको फेसबुक नोट बाट साभार

26/09/2011

गज़ल
- विक्रम तिमिल्सिना
टाढा हुँदा दुख्यो छाती कहाँ के फुटेछ !
छामी हेर्दा थाहा पाएँ मुटु नै छुटेछ !!
आफैंलाई बाहिर - भित्रै खोजें नदेखेर,
मनभित्रै निराकार आकारले लुटेछ !!
पातभरि रंग थिए ,कोमल अंग थिए ,
सबै क्षत - विक्षत छन् आँधीले चुटेछ !!
कति रात जागै बिते प्रकृति चुनौती ,
त्यसैले त म बिरुद्ध समय जुटेछ !!

23/09/2011

गज़ल
- विक्रम तिमिल्सिना
गहिराई चुमे लाग्छ ,तिमि खुल्दै - खुल्दै जान्छौ !
अरु झर्छन् फुलेपछि ,तिमि फुल्दै - फुल्दै जान्छौ !!
होलान् दु:ख तिम्रा पनि , मुटुभित्र चोट होलान् ,
मलाई सम्झिएर सायद बाँकी भुल्दै भुल्दै जान्छौ !!
कति - कति सिमा टुटे, कति बन्धनहरू फुटे ,
अजम्बरी तिम्रो नाता तिमी घुल्दै - घुल्दै जान्छौ !!
हिजो सम्म बन्द ढोका खुलाएर तरंगमा,
तनदेखी मनसम्म तिमि डुल्दै - डुल्दै जान्छौ !!

21/09/2011

गज़ल ( नविन दाहाल - रेडियो नेपाल द्वारा वाचित )
- आनन्द श्रेष्ठ ( 'आनन्दै छ जिन्दगी ' गज़ल संग्रह बाट साभार )
मैले लेख्दा तिमि रुन्छौ यस्तो गज़ल लेख्दिन भो !
लेख्नै छोडे एक्लै हुन्छौ यस्तो गज़ल लेख्दिन भो !!
संगै हुन्छु मुस्कुराउछु तिम्ले छाम्दा भेट्दिनौ कि ,
बिरक्तेको व्यथा बुन्छौ यस्तो गज़ल लेख्दिन भो !!
मेरो बोलि तिमीलाई विश्वासमा धराप भो कि ,
अन्धकारमा जून छुन्छौ यस्तो गज़ल लेख्दिन भो !!
आत्मा लाई साक्षी राखी तिमीलाई माया गर्छु ,
खुसी हुँदा मृत्यु चुन्छौ यस्तो गज़ल लेख्दिन भो !!
मैले पनि के चाहें र गज़ल लेख्न खोज्या न हो ,
शंका गरि के के बुन्छौ यस्तो गज़ल लेख्दिन भो !!
समाजका बैरीहरु अघिपछि लागि राख्छन् ,
झुटा कुरा के के सुन्छौ यस्तो गज़ल लेख्दिन भो !!

21/09/2011

गज़ल गंगा - रेडियो नेपालका तमाम श्रोताहरु तथा सुभेक्छुकहरु ! यहाँहरुलाई गज़ल गंगा - रेडियो नेपालमा आफ्ना गज़लहरु पठाउन हार्दिक अनुरोध गर्दछौं ,साथै यहाँहरुले पठाउनु भएका गज़लहरुबाट उत्कृष्टताको आधारमा ५ ओटा विकास क्षेत्र बाट ५ ओटा गज़ल ,एउटा नारी गज़लकारको गज़ल साथै सम्पूर्ण कर्णालीका गज़लकारको गज़ल बाट एउटा गज़ल र प्राप्त गज़ल संग्रह बाट एउटा गज़लको संगीत बद्ध सिडी २०६९ मा निकाल्नेछौँ,गैरे सुरेशले संगीत दिनु हुनेछ ,बिन्ध्यबासिनी द्वारा रेकर्ड हुनेछ

21/09/2011

गज़ल
- आनन्द श्रेष्ठ
आनन्दै छ जिन्दगी यो सिर्जनाले ताने पछी !
ढुंगा थियो देउता भयो तनमनले माने पछी !!
गाह्रो हुन्न बाँच्नलाई दु:ख साट्ने साथी भए ,
उकाली र ओरालीमा संगै हिड्न छाने पछी !!
सु;ख दु :ख यस्तै नै हो आउँछ अनि जान्छ उसै ,
मन मुटु जिन्दगी भर एकै ठाउंमा बाने पछी !!
चोखो हुन्छ माया अनि साँचो हुन्छ पिरती नि ,
आँखा देखि मुटु सम्म प्रियासिकै ठाने पछी !!
जूनी - जूनी सैयौं जूनी साथ - साथ हिड्न चाहें,
अपार यस्तो जीवन पाएँ संगै जिउन जाने पछी !

21/09/2011

गज़ल
- आनन्द श्रेष्ठ
गाउँ बाटै देशलाई उठाएर आऊ तिमी !
किसानको गाँसबास जुटाएर आऊ तिमी !!
रित्तो भए गाउँ घर, युवा सबै बिदेसिए ,
बिकासको मूल त्यहीं फुटाएर आऊ तिमी !!
सामन्तीको साँवा ब्याजमै डुब्यो बाँकि गाउँघर,
जिउँदो लास कैद बाट छुटाएर आऊ तिमी !!
आधा नर आधा नारी समाजले माग्या बेला ,
दुध खाने लालाबाला सुताएर आऊ तिमी !!
तिम्ले चाहे गाउँ पनि सहर नै बन्छ अब ,
गरिबीका मुहान सबै सुकाएर आऊ तिमी !!

21/09/2011

गज़ल गंगा - रेडियो नेपालमा मखमली आवाजका धनि प्रस्तोता नविन दाहाल - रेडियो नेपालको गज़लकार आनन्द श्रेष्ठ संग जम्काभेट !

21/09/2011

गज़ल
- आनन्द श्रेष्ठ
तिम्ले छाम्दा भेटाउने ठाउँ भन्दा माथि दुख्यो !
सधैं बल्थे दीप बनि आज त्यहि बाती दुख्यो !!
तिमि भन्थ्यौ सियो भन्दा सानो दुख छाडेको थें ,
मुटु बोल्दा देखियो रे दुख्नु सम्म छाती दुख्यो !!
बिहान त ठिकै थियो तिमि थियौ शीत थियो,
बादलले जून छेक्यो एक्लै हुदाँ राती दुख्यो !!
दुख साँचे आफुलाई सुख भन्छन् अरुलाई ,
मुटु सबै पोखाउदा मन भित्रको पाती दुख्यो !!
तिम्रो आँखा सम्झिएर दिन बित्यो कल्पिएरै ,
आफ्नो सबै बनाउने मन्को खै के जाती दुख्यो !!

20/09/2011

गज़ल गंगा - रेडियो नेपाल र नविन दाहाल - रेडियो नेपालका तमाम श्रोता तथा सुभेक्छुकहरु ! यहाँहरु सबैलाई आजको गज़ल गंगामा हार्दिक निमन्त्रणा गर्दछौं !

14/09/2011

गज़ल गंगा - रेडियो नेपालका तमाम श्रोताहरु तथा सुभेक्छुकहरु ! यहाँहरुलाई गज़ल गंगा - रेडियो नेपालमा आफ्ना गज़लहरु पठाउन हार्दिक अनुरोध गर्दछौं ,साथै यहाँहरुले पठाउनु भएका गज़लहरुबाट उत्कृष्टताको आधारमा ५ ओटा विकास क्षेत्र बाट ५ ओटा गज़ल ,एउटा नारी गज़लकारको गज़ल साथै सम्पूर्ण कर्णालीका गज़लकारको गज़ल बाट एउटा गज़ल र प्राप्त गज़ल संग्रह बाट एउटा गज़लको संगीत बद्ध सिडी २०६९ मा निकाल्नेछौँ,गैरे सुरेशले संगीत दिनु हुनेछ ,बिन्ध्यबासिनी द्वारा रेकर्ड हुनेछ !

14/09/2011

गज़ल
- घमराज लुइँटेल
रुदा रुदै जिन्दगीमा मेरो आसु सुकिसक्यो !
अब बानि परि सकेँ दुख्ने जति दुखि सक्यो !!
आफ्नै जिन्दगीका पाना पल्टाएर धेरै पढें ,
पुग्यो अब दुख्छ शिर झुक्नु जति झुकी सक्यो !!
गल्तिहरु कति भए क्षमा कति पाएँ हुँला,
सच्याउनु खोज्छु लाग्छ तर बाटो चुडी सक्यो !!
सुस्ताउंदै विसाउदै यात्रा पुरा गर्दै थिएँ ,
तर लाग्छ जिन्दगीको गति कतै रोकी सक्यो !!

14/09/2011

- घमराज लुइंटेल
मलाई पर्खी बस्ने मान्छे थोरै धैर्य गरि दिनु !
कौसी बाट बाटो भरि आँखाहरु छरी दिनु !!
बिदाइमा रोइ रोइ घडाहरु राखेकीथ्यौ ,
अब फेरी संघारमा घडाहरु भरि दिनु !!
मैले पनि मुटु त्यस्तै छोडिदिनु परेको थ्यो ,
झोक्किएर पनि बिन्ति मुटुहरु नहरी दिनु !!
बिछोडको पिडा दुवै ले नै सहि बस्यौं ,
दुख बिर्सी मिलनको खोला संगै तरी दिनु !!

14/09/2011

गज़ल
- घमराज लुइँटेल
को होस् भनि सोध्छौ किन मेरो आफ्नो नाउँ छैन !
कहाँ बाट आइस् भन्छौ मेरो आफ्नो गाउँ छैन !!
जस्तो चाहयो त्यस्तै पुग्ने धन्य तिम्रो जिन्दगानी ,
टारुँ पनि जिन्दगीको ब्याज छैन साउं छैन !!
जता गयो तिम्रै मात्रै गाउँ सहर बिर्तै बिर्ता ,
आफुलाई पाइला राख्ने एउटा सानो ठाउं छैन !!
तिम्रै नाम तिम्रै इज्जत तिमी मन जताततै ,
दुखियाको कथा बेग्लै एकै कौडी भाउ छैन !!

14/09/2011

गज़लकार घमराज लुइँटेलको गज़ल संग्रह 'झुकेको हिमाल ' गज़ल गंगामा प्राप्त ,आज हामी उहाँको यो गज़ल संग्रहमा भएको ५० ओटा गज़ल बाट ३ ओटा गज़ल प्रस्तुत गर्दैछौं !

Address


Website

Alerts

Be the first to know and let us send you an email when Gazal Ganga - Radio Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share