Pratidhawni Sambaad

  • Home
  • Pratidhawni Sambaad

Pratidhawni Sambaad Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pratidhawni Sambaad, Media/News Company, .

पश्चिम बंगाल शेर्पा सांस्कृतिक विकास बोर्डद्वारा निर्मित  गोरूबथान ब्लकअन्तर्गत  सुन्दर बस्तीमा सार्वजनिक भवन साथै म्हान...
24/09/2021

पश्चिम बंगाल शेर्पा सांस्कृतिक विकास बोर्डद्वारा निर्मित गोरूबथान ब्लकअन्तर्गत सुन्दर बस्तीमा सार्वजनिक भवन साथै म्हानी लाखाङ गुम्बाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ भने उक्त उद्घाटन कार्यक्रम राज्यसभा सांसद शान्ता छेत्रीको बाहुलीबाट सम्पन्न भएको छ ।

25/01/2021

मेरो पति निर्दोष छ दिपेश रोकामाथि खुकुरीद्वारा आक्रमण आरोप झुटो हो आरती राई (पत्नी)

23/01/2021

विमलखेमा नारीमोर्चा नेत्री बिनिता रोकाकी श्रीमान दिपेश रोका माथि प्राणघातक हमला।

 #सिलगडी_महकुमा_अन्तर्गत_बागडुग्रा_ब्लक_समिति_युवा_मोर्चा_गठन:
23/01/2021

#सिलगडी_महकुमा_अन्तर्गत_बागडुग्रा_ब्लक_समिति_युवा_मोर्चा_गठन:

23/01/2021

Darjeeling Police launched a Khel Utsav Volleyball Match.

23/01/2021

गोजमुमो विमलखेमाद्वारा गोजमुमो विनयखेमा समर्थकमाथि प्राणघातक हमला गरिएको आरोप : विशाल थामी समष्टि युवा मोर्चा सचिव विनय खेमा

23/01/2021

नेताजी सुभाषचन्द्र बोसको स्मृतिमा १२५ औं देशनायक दिवस पालन

21/01/2021

आरटी आई रिपोको खुलासा
खातामा बनियो तर तोकिएको ठाँउ छैन घर।

21/01/2021

गोरामुमो लप्चु पेशोक समष्टि अन्तर्गत लामाहट्टा 16 नम्बर सुनार गाउँमा गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्ड द्वारा सडक निर्माणको निम्ति 100 ब्याग सिमेन्ट अनि रड सहयोग।

21/01/2021

Ringa Tamang Press Meet

21/01/2021

सबैसित मिलेर गोर्खाहरुको समस्या समाधान गर्नेछौं : गोविन्द छेत्री

21/01/2021

पश्चिम बंगाल खम्बु राई विकास बोर्डको आज सभा भयो। दार्जीलिङ शहरबीच गोर्खा दुख निवारक सम्मेलन भवन(जीडीएनएस)-को कन्फरेन्स हलमा भएको यो सभामा विकास बोर्ड-बारे व्यापक चर्चा-परिचर्चा भयो। विशेष बोर्डमा नयाँ मेम्बर सेक्रेटरी मनोनित गरिएकोले उनलाई स्वागत गरियो।

21/01/2021

दागापुर, सिलीगुडी अवस्थित श्रमीक भवनमा चियाबगान श्रमिकको वेतन वृद्धि विषय लिएर त्रिपक्षीय वार्ता सम्पन्न

20/01/2021

गोर्खा जन्मुक्ति मोर्चा अध्यक्ष,खरसंग मा दुई दिवसीय संगठन निक बैठक पछि पत्रकार हरु सित बौल्दै

20/01/2021

N.B.Khawas Press Meet

विमल गुरुङले आज शुभ साइत पारेर सिङमारी पार्टी कार्यालयमा प्रवेश गरें।
20/01/2021

विमल गुरुङले आज शुभ साइत पारेर सिङमारी पार्टी कार्यालयमा प्रवेश गरें।

19/01/2021

रागेरूङ चिया कारखानाबाट अंग्रेजकालिन कलपूर्जा सरूवा गर्ने बन्सल कम्पनीको विराेधमा दोस्रोपटक गेटसभा।

18/01/2021

यो तिलक चन्द्र रोकाको व्यक्तिगत
निर्णयहो अनि येसमा टिप्पणी गर्नु उचित होइन : बिनिता रोका

18/01/2021

बिमल गुट गोजामुमो संस्थापक तिलकचन्द्र रोकाले दिए पार्टीबाट राजीनामा, विमललाई ठूलो झट्का

17/01/2021

गोर्खा राष्ट्रिय विद्यार्थी मोर्चा दार्जिलिङ ब्राञ्च कमिटी गठन

17/01/2021

पोख्रेबोङ चामोङ समष्टि अन्तर्गत चामोङ चियाबारी गोठ गाउँमा १३० घर परिवार भाजपा सामेल।

17/01/2021

"हामी अब मिडियामा आउदैनाैं, बरु कोर्टमा भेटनेछौं"_सुमिरन थामी, थामी सांसकृतिक एवं विकास संघ

17/01/2021

दमाई कल्याण संगठन अनुसूचित जाति नै भएर बस्ने।

17/01/2021

पासङ सुनील शेर्पाको उपन्यास "पारिताेषिक"काे लाेकार्पण, स्थान: त्रिबेणी टिस्टन, दिनांक: १४ जनवरी २०२१

*Office of Raju Bista**Press Release**16th January, 2021*Today, I along with Shri. L. Susindro Meitei, MLA from Khurai a...
16/01/2021

*Office of Raju Bista*
*Press Release*
*16th January, 2021*

Today, I along with Shri. L. Susindro Meitei, MLA from Khurai and Chairman of Loktak Development Authority, visited the Indian National Army Museum at Moirang in Manipur, where the flag of the Indian National Army was first unfurled on April 14, 1944.

The museum houses collection of letters, photographs, badges of ranks and other war memorabilia and is a great reminder of the sacrifices made by INA soldiers and Netaji Subhas Chandra Bose for our nation. The museum also showcases relics from WWII that were found in the fields of Manipur such as bullets, bombshells, soldiers' helmets, etc. It also has a gallery of the historical personalities of Manipur as well as one of Manipuri soldiers who were in the INA.

I consider it my honour and privilege, that I have been made a part of the High Level Committee headed by the Prime Minister Shri Narendra Modi constituted to commemorate the 125th birth anniversary of Netaji Subhas Chandra Bose.

As we observe a year-long commemoration of Netaji Subhas Chandra Bose's 125th birth anniversary this year, it is a matter of pride for me that both my janmabhumi Manipur and my karmabhumi Darjeeling holds such a special place in the history of India’s freedom struggle.

The Moirang INA Museum and Netaji Museum at Giddhey Pahar in Kurseong will be an important part of the celebration and it will educate the people and attract visitors and history enthusiasts from across the country and abroad to our region.

During the visit, I also visited the Majestic Loktak Lake, a magical landscape with tiny floating islands, known as Phumdi. The Loktak lake, besides its natural beauty is deeply entrenched with our local folklores like the timeless romance of Khamba-Thoibi, or the story of Poubi Lai, the mythical creature believed to reside in the heart of the lake. I had raised the issue of conserving Loktak Lake in the Parliament and I am happy to report that the Govt of Manipur is taking all steps to preserve our unique natural heritage.

I also had an opportunity to visit the local IMA (Mothers’) Market at Moirang, where fish from the Loktak lake, vegetables, and local crafts are sold. The IMA Markets are embodiment of women empowerment, and like farmers’ market, but wholly run by women right from its administration to maintenance and security.

With the improving infrastructure and economic development of our state, I am confidents that in the coming days, Manipur and the entire Northeast will drive India’s growth. The beauty of the land and the warmth of our people is unmatched.

*Raju Bista*
*Member of Parliament, Darjeeling &*
*BJP National Spokesperson*

16/01/2021

गोर्खा जनमुक्ति विमलखेमा द्वारा खरसाङमा शान्ति जुलुस।

16/01/2021

MHUYC द्वारा लातेभकुण्डो खेल आरम्भ।

16/01/2021

दार्जीलिङमा हिन्दी फिल्म "सलट"काे छायांकन

16/01/2021

गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्ड आफ्नो समष्टि भ्रमणको क्रममा विभिन्न शाखा प्रशाखाहरुमा रहेका बिपन्न परिवारका बिमारीहरुलाई भेट्ने क्रममा उपचारको निम्ति आर्थिक सहयोग साथै प्लान्टर्स अस्पतालमा उपचार समेत गराई दिने वचन दिएका थिए । आफ्नो बचनलाई पूरा गर्दै अजय एड्वर्डले 11 जना बिमारीहरुलाई प्लान्टर्स अस्पतालमा उपचार गराएका छन् । दार्जिलिङ ब्राञ्च प्रबक्ता प्रमोस्कर ब्लोनले मिडिया मार्फत जानकारी दिएका छन् ।

16/01/2021

मुलुकभरिका अन्य जिल्लासरह जीटीएअन्तर्गत दार्जीलिङ जिल्ला तथा शहीद दुर्गामल्ल अस्पतालमा कोविडशील्ड खोप शुरु

15/01/2021

राजनीतिमा साँप र भ्यागुताको पनि बिहा हुनसक्छ: निरज जिम्बा

15/01/2021

महेन्द्र थामीमाथि गरिएको दर्ता माथिको खण्डन

15/01/2021

थामी बिकासबोर्डले गरे महेन्द्र थमीमाथी माथि प्राथमिकता दर्ता

13/01/2021

विमल खेमा नारी मोर्चाको प्रतिवाद जुलुस

13/01/2021

आज राङगेरूङ क्षेत्रमा ब्रिटिस कालिनदेखि राङगेरूङस्थित रहेको पानीले चल्ने (हाइड्रो प्रोजेक्ट) चियाफ्याक्ट्रीको मशिन जो अहिले निष्क्रिय अवस्थामा रहेको छ भने क्षेत्रमा नै यस फ्याक्ट्रीका मशिन धरोहर कै रूपमा रहेको छ। जहाँबाट त्यसताकका ईंगल्याण्डकी रानी एलीजाबेदको बखिमहाम प्यालेसमा यहाँको चियापती पठाइने गरिन्थ्यो तर अहिले उक्त फ्याक्ट्रीका मशिनहरू एउटा प्राइभेट कम्पनीले अन्य ठाउँमा लाने भएको कारण क्षेत्रवासीले आज विरोध जनाउँदै पहाड़का क्षेत्रीय प्रशासन साथै सम्पूर्ण राजनैतिक दलहरूप्रति यस विषयमा सठीक पहल चालिदिने भनी अपील गरेका छन् ।

13/01/2021

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालेबुङले आफ्नो पकड बलियो बनाउदै लाने क्रममा तिब्रताका साथ जुटेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।यसै क्रममा अन्य दल त्यागेर गोरामुमोमा सामेल हुने क्रममा गोरामुमो 24 नम्बर समष्टि अन्तर्गत निमबोङ साल डाँडा ग्राम पन्चायत बाट 16 घर परिवारले गोरामुमोमा समर्थन जनाउदै दलीय झण्डा ग्रहण गरेका छन् ।साल डाँडामा बसेको सांङ्ठानिक सभामा नयाँ सदस्यहरुलाई स्वागत जनाउदै गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ ब्राञ्च कमिटीका अध्यक्ष बुद्ध तामाङले भने, गोरामुमो कर्मठ सदस्य साथै हरियो झण्डालाई अतिनै माया गर्ने अहिले सम्म यस क्षेत्रलाई कन्भेनरको जतिनै भुमिका निभाएर पार्टीलाई योगदान दिने नर्बट लेप्चाको अगुवाइमा आज यस क्षेत्रमा शाखा पनि गठन गरिएका छन् ।युवाहरुले यसरी हरियो झण्डालाई बिश्वास गरेर गोरामुमोमा सामेल भएकोमा हामी वहाँहरुलाई धन्यवाद दिन चहान्छौ। गोरामुमोले जाति र माटोको निम्ति कार्य गरिरहेको छ । हामी लागि परेकाछौ तपाईहरु गोरामुमोको सिद्धांत , अनि अनुशासनमा रहेर काम गर्नुहोस् । अहिलेको राजनैतिक वातावरण राम्रो छ यहीँ वातावरण भित्र हामीले आफ्नो काम फत्ते गर्नु पर्छ र यसको निम्ति गोरामुमो अध्यक्ष मन घिसिङको हात बलियो बनाउनु पर्छ भनी बुद्ध तामाङले आफ्नो सम्बोधनको क्रममा भने ,सभामा व्यापक छलफल पछि साल डाँडा शाखा गठन प्रक्रियालाई अगि बडाउदै गोरायुमो शाखा अध्यक्षको निम्ति पिटर लेप्चा उपाध्यक्षमा सन्तवीर राई लाई चयन गरिएका छन् । यसैगरी मुल सचिवमा सुक छिरिङ लेप्चा सचिवमा डेबिट लेप्चा अनि कोषाध्यक्षमा प्रेम भुजेल चयन गरिएको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।

बी पी बजगई अनि स्वराज थापा भाजपामा सामेल।
12/01/2021

बी पी बजगई अनि स्वराज थापा भाजपामा सामेल।

12/01/2021

*प्रेस विज्ञप्ति*
*१२ जनवरी २०२१*

दार्जीलिङ्ग पहाड़, तराई र डुवर्सका जनता परिवर्तनका लागि तमतयार छन्। बङ्गालभर बगिरहेको परिवर्तनको यस हावाले नृशंस, तानाशाहीपूर्ण, हिंसक र हत्यारा सत्तालाई सत्ताच्यूत पार्न TMC लाई मात्रै होइन यस अनैतिक एवं तानाशाहीपूर्ण सत्तासँग हात मिलाउनेहरूलाई समेत जरैबाट उखेलेर फ्याँक्न तयार छ।

आज, यस निरंकुश पार्टी र तिनीहरूको कट-मनि, भ्रष्टाचार, ठेकादार राज र पुलिस राजविरुद्ध उभिने निर्णय गरेका सबै न्यायप्रिय जनतालाई म हार्दिक स्वागत गर्दछु।

आज, भाजपा-मा सामेल हुनेहरूले आफ्नो निजी फाइदाका लागि यसो गरेका होइनन्, वास्तवमा उहाँहरूले हाम्रो क्षेत्रमा परिवर्तन ल्याउनका लागि र आफ्नो जाति र माटोलाई न्याय दिलाउनका लागि भाजपासँग जोड़िएका हुन्। हामीसँग जोड़िनेहरू मध्ये धेरैका घर ध्वस्त गरिएको थियो, उहाँहरूका परिवारजनलाई यातना दिइएको थियो अनि TMC विरुद्ध उभिने सहास गरेका कारण नै उहाँहरूले TMC पुलिसबाट भयङ्कर शारीरिक एवं मानिसक यन्त्रणा भोग्न परेको थियो।

आज भाजपा-मा सामेल हुनेहरू यस्ता व्यक्तिहरू हुनुहुन्छ जसले धन र पदको लोभमा परेर आफ्नो जाति र आत्म-सम्मानलाई बन्धक राख्न अस्वीकार गर्नुभयो। उहाँहरूले निजी स्वार्थका लागि भ्रष्ट सत्तासित सम्झौता गर्नुको साटो हाम्रा जनताका अधिकारहरू निम्ति लड्न अनि जनताका आकांक्षाहरू पूरा गर्ने दिशामा काम गर्न रोज्नुभयो। उहाँहरूले बुझ्नुभएको छ, TMC ले हाम्रो क्षेत्रका गोर्खा, आदिवासी, राजवंशी, कोच, मेचे, राभा, टोटो र अन्य जनतासँग कहिल्यै न्याय गर्ने छैन। उहाँहरूलाई थाहा छ, भाजपा नै एकमात्र यस्तो पार्टी हो जोसँग दार्जीलिङ्ग पहाड़, तराई र डुवर्सका हाम्रा जनताका आकांक्षाहरूलाई पूरा गर्ने इच्छा र दृढ़सङ्कल्प छ।

तर, यो त शुरुआत मात्रै हो।

अन्य हजारौं मानिसहरू हामीसँग शामेल भएर हाम्रो क्षेत्रको कायाकल्प गर्ने दिशामा मिलेर काम गर्न पर्खिरहेका छन्, किनभने उनीहरूलाई थाहा छ, TMC, CPM, Congress सित वा अरू कुनै पार्टीसित उत्तर बङ्गालको विकास गर्ने भिजन, मिसन र प्याशन छैन अनि उनीहरूसित हाम्रा क्षेत्रका सबै जातिय एवं सांस्कृतिक अल्पसंख्यकहरूलाई स्वाभिमान, स्वतन्त्रता, न्याय र सम्मान प्रदान गर्ने न त मनसाय छ औ न क्षमता नै छ।

म एकचोटि फेरि उहाँहरू सबैलाई भाजपा-मा हार्दिक स्वागत गर्दछु जसले हाम्रा जनता र क्षेत्रको सुनौलो भविष्य हेर्न चाहनुहुन्छ तथा भाजपा परिवारमा शामेल भएर हाम्रो शक्तिलाई अझ बढ़ाउनुभएकोमा म धन्यवाद टक्र्याउन चाहन्छु। उहाँहरूले माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूको नेतृत्व तथा भाजपा सङ्कल्पपत्रमाथि, विश्वास र आस्था प्रकट गर्नुभएको छ। म उहाँहरूलाई विश्वास दिलाउँछु कि उहाँहरूको यो आस्था र विश्वास खेरो जाने छैन।

उहाँहरूले आफ्ना साथमा वर्षौं देखिको अनुभव र धरातलीय पहुँच त लिएर आउनुभएको छ नै, त्यसभन्दा महत्त्वपूर्ण कुरो, उहाँहरू हाम्रा साझा सपना र आकांक्षाहरूलाई टुङ्गोमा पुऱ्याउन पूर्ण दृढ़सङ्कल्प र इमानदारिता लिएर आउनुभएको छ। म उहाँहरूका साथै सबैलाई आश्वस्त गर्दछु, हाम्रा जनताप्रति गरिएका वाचा र सङ्कल्पहरू पूरा गर्ने दिशामा हामी सबै मिलेर काम गर्नेछौँ। एकजुट भएर हामीले नयाँ विहानी लिएर आउनेछौँ, तथा हाम्रा जनता र क्षेत्रका लागि सुनौलो भविष्यको शुरुआत गर्नेछौँ।

*राजु विष्ट*
*लोकसभा सांसद, दार्जीलिङ्ग एवं राष्ट्रीय प्रवक्ता, भाजपा*

12/01/2021

अनुसूचित जातिलाई जनजाति
बनाउनु पर्ने मागमाथि विरोध गर्दै पोष्टरिङ

12/01/2021

आज खरसाङको मन्टिभियट खेल मैदानमा एकीकृत कर्मचारी संगठनको जनसभा सम्पन्न भयो। उक्त जनसभा चन्द्र लामाको अध्यक्षता र शेखर थापा र अनिल विश्वकर्मको सञ्चालनमा सम्पन्न भयो। उक्त जनसभामा मुख्य अतिथिको रुपमा राज्यसभा सांसद शान्ता छेत्री उपस्थित थिए भने विशिष्ट अतिथिको रुपमा हिल तृणमूल कंग्रेसको दार्जीलिङ जिल्ला सभापति एलबी राई, सचिव एनबी खवास, एकीकृत कर्मचारी संगठनको केन्द्रीय सभापति अनिल राई लगायत अन्यहरू उपस्थित थिए। जीटीए एकीकृत कर्मचारी संगठन दुई महिना अघि मात्र तृणमूल कांग्रेसमा सामेल भएका थिए भने आज हिल तृणमूल कंग्रेससित मिलेर खरसाङमा जनसभा आयोजना गरेको छ। जनसभापछि पत्रकारहरूसित बोल्दै हिल तृणमूल कंग्रेसको जिल्ला अध्यक्ष एलबी राईले एकीकृत कर्मचारी संगठनले दुई महिना अघि मात्र भातृ संगठनको रुपमा हाम्रो पार्टीमा सामेल भएका थिए भनी बताउँदै यो दुई महिनाको अवधिमा एकीकृत कर्मचारीहरूको लागि हाम्रो पार्टीले के कसो काम गरिसकेको छ त्यो जानकारी गराउन आजको जनसभा गरिएको बताएका छन्। उनले हामीले दुईपल्टसम्म कोलकोता गएर एकीकृत कर्मचारीहरूका स्थायीकरण र रिक्त पदहरूमा नियुक्ति गरिनु पर्ने विषयमा कार्य गरिरहेको पनि बताएका छन्।
त्यसरी नै जनसभापछि पत्रकारहरूसित कुराकानी गर्दै राज्य सभा सासंद शान्ता छेत्रीले हामीले दुई महिनाको अवधिमा दुईपल्ट कर्मचारीहरूको स्थायीकरणको मांगलाई संगठनको केन्द्रीय पदाधिकारीहरूलाई लिएर कोलकाता गएर नवान्नमा अतिरिक्त सचिव र पहाड़ मामिला सचिव साथै आर्थिक सचिवलाई भेटेर कर्मचारीहरूको स्थायीकरणको मांगलाई अवगत र मुख्यमन्त्रीको ओएसडीलाई पनि ज्ञापन दिएको बताइन् । उनले आजको जनसभामा हामीले पार्टीगत रुपमा गरिरहेको कार्यहरू विषयमा अवगत गराएका छौं भन्दै मुख्यमन्त्रीले पहाड़को धेरै समस्याहरू समाधान गरिदिएका छन् भने जीटीए क्षेत्रमा कार्यरत् कर्मचारीहरूका स्थायीकरणको मांगलाई पनि राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीले समाधान गरिदिने कुरामा हामी आशावादी छौं भनी बताएका छन् । छेत्रीले प्रधानमन्त्रीले केवल मनकी बात भन्छन् तर हाम्रो राज्यकी मुख्यमन्त्री ममता ब्यनर्जीले जनताको बात गर्छन्, त्यसैले हाम्रो पार्टी आम जनतासित जोडिएको पार्टी रहेको पनि बताइन् ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Pratidhawni Sambaad posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share