02/03/2023
एक नम्बर प्रदेश नामाङ्करणमा भद्दा मजाक गरियो। खोलानालाले खोजेको थिएन संघीयता। पहिचानको सवाल थियो। भोट हाल्ने बेलामा सायद रतन्धो लागेको थियो। पहिचानको मुद्दा बोक्ने दललाई भोट दिन सकेनौं। सत्य तितो हुन्छ। कुनै पार्टीलाई दोस दिन जरुर छैन। पहिचानको लडाइँमा सहादत प्राप्त गर्ने सहिदहरुलाई सम्मान गरौ। अर्को चुनावमा बलियो भएर फेरि संशोधन गरौं। अर्थतन्त्रको बिषयमा बहस गरौं । सुस्त बिकासे गतिलाई तीव्र बनाउ। अनियमितताको भन्डाफोर गरौं। जीवन निर्वाह खेतीपाती छोडौ ब्यवसायिक र आधुनिक खेती गरौं। कलकारखाना खोलौ। १२ कक्षा सम्म अनिबार्य पढाउने र एक भन्दा बढी सीप सिकाउने ब्यवस्था गरौं। उपलब्धि बिनाको लोकसेवा र डिग्री पढेर समय खेर नफालौ।