Buddha Was Born In Nepal

  • Home
  • Buddha Was Born In Nepal

Buddha Was Born In Nepal Buddha Was Born In Nepal �

मानिस भित्र नै शान्तीको बास हुन्छ, त्यस्लाई बाहिर नखोज ।
26/10/2025

मानिस भित्र नै शान्तीको बास हुन्छ, त्यस्लाई बाहिर नखोज ।

चारुमती स्तुपा, चाबहिल ❤️🙏
25/10/2025

चारुमती स्तुपा, चाबहिल ❤️🙏

बौद्ध स्तुपाको दर्शन गर्नुहोस्, तपाईंको मनोकामना पुरा हुनेछ ❤️🙏
24/10/2025

बौद्ध स्तुपाको दर्शन गर्नुहोस्, तपाईंको मनोकामना पुरा हुनेछ ❤️🙏

आजको दिन सबैका लागि सुन्दर, शान्त र सफल बनोस्।🌿
23/10/2025

आजको दिन सबैका लागि सुन्दर, शान्त र सफल बनोस्।🌿

(४७) छद्दन्त र ज्योतिपालको विषयमा ।भन्ते नागसेन ! भगवानले गजराज छद्दन्तको विषयमा भन्नुभएको छ---"यसलाई मार्नेछु--यस्तो बि...
23/10/2025

(४७) छद्दन्त र ज्योतिपालको विषयमा ।

भन्ते नागसेन ! भगवानले गजराज छद्दन्तको विषयमा भन्नुभएको छ---"यसलाई मार्नेछु--यस्तो बिचार गरेर काषाय बस्त्रलाई देखी जुन ऋषिहरुको ध्वजा थियोे । धेरै दु:ख पाउँदा पनि वहाँको मनमा यो कुरा आयो---साधुशील अर्हत बध गर्न योग्य हुँदैन ।"
साथ साथै यस्तो पनि भन्नुभएको छ, जोतिपाल माणबकले अर्हत सम्यक सम्बुद्ध भगवान काश्यपलाई "मथमुण्ड" "नक्कली साधु" इत्यादी अनुचित र रुखो शब्दले चिढाएर अपमानित गर्न चाहान्थ्यो ।"

भन्ते ! यदी बोधिसत्वले पशु-योनिमा जन्म लिएर पनि काषाय वस्त्रको प्रतिष्ठा स्वीकार गरेको थिए तब जोतिपाल माणबकको कुरा झुठो ठहरिन्छ । र यदी जोतिपाल माणबकले साच्चै काश्यप भगवानलाई "मथमुण्ड", "नक्कली साधु" इत्यादी अनुचित र रुखो शब्दले चिढिएर अपमाननित गर्न चाहान्थ्यो भने छद्दन्त गजराजको विषयमा जे भनिएको छ त्यो झुठो ठहरिन्छ । यदी पशु-योनिमा जन्म लिएर बोधिसत्वले कडा दु:खलाई सहदै काषाय वस्त्रको प्रतिष्ठा गरेका थिए, तब पाकेको ज्ञानवला मनुष्य भएर काश्यप भगवानका साथमा यस्तो बर्ताब किन गर्यो, जो अर्हत, सम्यक सम्बुद्ध, दसबल, लोक नायक तथा प्रतापी हुनुहुन्थ्यो, जसको चारैतिर दिब्य तेज हुन्थ्यो, जो मनुष्यमा श्रेष्ठ हुनुहुन्थ्यो र जो सुन्दर चिवरलाई धारण गरेको हुनुहुन्थ्यो । यो पनि एक दुबिधा ।

महाराज ! भगवानले छद्दन्त नामक जगराजको विषयमा ठिकै भन्नुभएको हो--"यसलाई मार्नेछु---यस्तो बिचार गर्दा वस्त्रलाई देख्नुभयो जुन ऋषिहरुको ध्वजा थियोे । धेरै दु:ख पाउँदा पनि उसको मनमा यो कुरा आयो--साधुशील अर्हत बध गर्न योग्य छैन ।"
र वहाँले यो पनि ठिकै भन्नुभएको हो--
"जोतिपाल माणबक भएर पनि उसले अर्हत सम्यक सम्वुद्ध काश्यपलाई "मथमुण्ड" "नक्कली साधु" इत्यादी अनुचित र रुखो शब्दले चिढिएर अपमानित गर्न चाहान्थ्यो ।"
तर, जोतिपालले आफ्नो जाती र आफ्नो कुलको वशमा परेर यस्तो गरेको थियोे । महाराज ! जोतिपाक जुन कुलमा जन्मिएको थियोे त्यसमा श्रद्धा या धर्म तिर झुकाब केही पनि थिएन । उसको आमा-बुवा, दाजुभाइ-दिदिबहिनी, नौकर, मजदुर तथा परिवारका सबै सदस्य ब्रम्हाका उपासक थिए, ब्रम्हाको पुजा गर्ने गर्दथे । ब्रम्हा नै सबैभन्दा श्रेष्ठ र उत्तम हुन-यस्तो मानेर अन्य साधुलाई निच र घृणित सम्झीन्थे । तिनै मान्छेहरुको कुरालाई पटकपटक सुनी रहनाको कारणले भगवान काश्यपलाई दर्शन गर्न घटिकार नामक कुम्हालद्वारा बोलाउदा जोतिपालले भनेका थिए--"त्यस मथमुण्ड नक्कली साधुको दर्शन गर्नाले के लाभ हुन्छ ?"

महाराज ! अमृत पनि विषका साथमा घोल्ने हो भने हानिकारक हुन्छ । चिसो पानी पनि आगोमा लगाउदा तातो हुन्छ । त्यस्तै किसिमले, जोतिपाल माणबक जुन कुलमा जन्मिएको थियोे त्यहाँ श्रद्धा या धर्मतीर झुकाब केही थिएन । उसले आफ्नो कुलको बिचारमा परेर मानौ अन्धा भएर बुद्ध प्रती निन्दा र अपमानको शब्द भनेको थियोे ।

महाराज ! ज्वाला निकाली ठुलो रापको साथमा बलेको आगोमा पानी पर्दा निभ्छ, त्यसको सबै चमक हराउँछ, चिसो हुन्छ र पाकेको निग्गुष्ठि फल झै कालो कोइलाको थुप्रो हुन्छ । महाराज ! त्यस्तै किसिमले, जोतिपाल माणबक पुण्यवान, श्रद्धालु र अत्यन्तै ज्ञानि हुँदा पनि उसले श्रद्धा र धर्म रहित कुलमा उत्पन्न भइ त्यहीँ कुलको बिचारमा परेर, मानौ अन्धा बनेर बुद्ध प्रती निन्दा र अपमानको शब्द बोलेका थिए ।

तर, जब उ वहाँ भएको ठाउँमा गयो तब बुद्धको गुणलाई जानेर बुद्ध-धम्मका अनुसार प्रब्रजित भएर उसले अभिज्ञा र समापत्तीलाई प्राप्त गरेको थियोे । मृत्यु पछी सिधै ब्रम्हालोक गएको थियोे ।

ठिक छ भन्ते नागसेन । तपाईं जे भन्नुहुन्छ म स्वीकार गर्दछु ।
{ अर्को हप्ता घटिकारको सन्दर्भमा पोस्ट गरौला ।}

पुस्तक मिलिन्द प्रश्न ।
लेखक भिक्षु जगदीश काश्यप
अनुबाद सुर्य तामाङ्ग घिसीङ्ग

23/10/2025
बौद्ध स्तुपा ।। काठमाडौं ।। नेपाल 🇳🇵
23/10/2025

बौद्ध स्तुपा ।। काठमाडौं ।। नेपाल 🇳🇵

Address

NC

Alerts

Be the first to know and let us send you an email when Buddha Was Born In Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddha Was Born In Nepal:

  • Want your business to be the top-listed Media Company?

Share