Samarthya FM

Samarthya FM शान्ति ,सुशासन र विकासका लागि शसक्तिक?

22/09/2024

पक्राउ पर्ने सूचना पाएपछि लामिछानेले नेता कार्यकर्तालाई पार्टी कार्यालय बोलाए

22/09/2024

दुर्गा प्रसाईं पक्राउ परेपछि उपद्रो गर्नसक्ने भन्दै उनका दुई जना समर्थक झापाबाट पक्राउ

22/09/2024

दुर्गा प्रसाईं पक्राउ, रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतको अनुमति

मनमायाको मुटु छुने गीत ‘मेरो सबै खोसी लग्यो’ बजारमा (भिडियाेसहित)नेपाल सरकारकी सहसचिव तथा सुमधुर स्वरकी धनी गायिका मनमाय...
08/08/2024

मनमायाको मुटु छुने गीत ‘मेरो सबै खोसी लग्यो’ बजारमा (भिडियाेसहित)
नेपाल सरकारकी सहसचिव तथा सुमधुर स्वरकी धनी गायिका मनमाया पंगेनी भट्टराइले सबैको मुटु छुने गीत ‘मेरो सबै खोसी लग्यो ’बजारमा ल्याउनुभएको छ । उहाँको सो मर्मस्पर्शी गीत सुन्दा जोसुकैलाई पनि भावुक र गम्भीर बनाउँछ ।
गायिका मनमायाले प्राकृतिक विपद्ले देश दुखेको र ठुलो क्षति भोगिरहेको अवस्थामा यस्तै क्षतिले आफ्नो सर्वस्व गुमाउन बाध्य एक महिलाको दु:ख, पीडा र वेदनालाई गीतमार्फत नीकै मर्मस्पर्शी किसिमले प्रस्तुत गर्नुभएको छ । गीतमा गरीब विपन्न परिवारकी ती महिलाको वाढी पहिरोबाट सबै परिवार र सम्पति उजाड भएर विस्थापित भएपछिका अकल्पनीय पीडालाई व्यक्त गरिएको छ । गीतले सत्य घट्नालाई उद्घाटित गरेको छ ।
गीतको रचना गायिका पंगेनी आफैँले गर्नुभएको हो । प्राकृतिक विपद्ले देश दुखेको बेलामा आफ्नो सबै गुमाएर विस्थापित भएकी महिलाको करुण कथा र व्यथालाई मुटु देखि नै महसुस गरेर सो गीत सिर्जना गरिएको गायिका पंगेनीले बताउनुभयो । ..मेरो सबै खोसी लग्यो वाढी पहिरोले, मुटु मा नै चोट पा¥यो पापी दैवले …. नछ घरमा खाने गास न छ वस्ने बास,कुन जुनीको भाग्य रैछ तीर्न मलाई ऋण, यस्ता खाले भावले गीतलाई अझै शसक्त बनाएको छ । ….विस्थापित भएँ म अपूरो भएँ म , मेरो लालाबाला लग्यो भेल पहिरोले , मेरो खसम लग्यो वरै पापी दैवले …। यूट्युब च्यानल र भावना म्युजिक सोलुसनबाट यो गीत हेर्न सकिने छ ।

यस गीतलाई सुन्दर र शसक्त बनाउन गायक तथा एरेन्जर कमल सौरभले महत्वपुर्ण योगदान दिनुभएको छ भने कलाकारहरु विमल अधिकारी र साया भण्डारीले मोडलिङ गर्नुभएको छ । गायिका पंगेनीले सरकारको सहसचिवमा व्यस्त हुनुपर्ने भएपनि सरकारी काम सकेर फुर्सदमा सांगेतिक क्षेत्रमा योगदान दिँदै आइररहेको र यसलाई निरन्तरता दिइने बताउनुभयो । उहाँले यस अघि तिम्रो मायाको सागर लगायतका चर्चित गीतहरु बजारमा ल्याइसक्नुभएको छ ।

https://youtu.be/PDhy2JbS96A

नेपाल विद्युत प्राधिकरण, कावासोती वितरण केन्द्रको विद्युत आपूर्ति अवरुद्ध हुने सम्बन्धि सूचना !
15/07/2024

नेपाल विद्युत प्राधिकरण, कावासोती वितरण केन्द्रको विद्युत आपूर्ति अवरुद्ध हुने सम्बन्धि सूचना !

07/07/2024

शनिबार देखि लगातार परेको अविरल वर्षाका कारण नारायणी नदीमा निरन्तर बाढी बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नारायणी नदिमा पानीको सतह बढे सँगै जिल्ला प्रशासन कार्यालय नवलपुरले अहिलेको सक्रिय मनसुनमा उच्च जोखिममा परेको जिल्ला भएकोले सबैलाई सतर्क रहन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले नवलपुरमा बाढीको जोखिम रहेको भन्दै नदी तथा खोला आसपासका बस्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।

कावासोती बैंकर्स क्लबद्धारा बृद्धाश्रममा खाद्यान्न सामाग्री हस्तान्तरणकावासोती, जेष्ठ २१कावासोती बैंकर्स क्लब मार्फत काव...
03/06/2024

कावासोती बैंकर्स क्लबद्धारा बृद्धाश्रममा खाद्यान्न सामाग्री हस्तान्तरण
कावासोती, जेष्ठ २१
कावासोती बैंकर्स क्लब मार्फत कावासोतीले कावासोती नगरपालिका वडा नं. १२ मा रहेको श्री लक्ष्मी नारायण मन्दिर तथा बृद्धाश्रममा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको छ ।
कावासोती बैंकर्स क्लबका अध्यक्ष सुरज शर्मा, बरिष्ठ उपाध्यक्ष सुबास सुबेदी, उपाध्यक्ष नारायण तिवारी, सचिब बुद्धि लाल श्रेष्ठ, सह( सचिब दिर्घ नारायण न्यौपाने, कोषाध्यक्ष कबिता डंगोल लगायत क्लबमा आबद्ध सदस्यहरुले लक्ष्मी नारायण मन्दिरका तथा बृद्धाश्रम ब्यवस्थापन समीतिका अध्यक्ष तारा बहादुर भण्डारी र कावासोती वडा नं.१२ का अध्यक्ष श्री ध्रुब खराललाई खाद्यान्न हस्तान्तरण गरेका हुन ।
खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रम क्लबका अध्यक्ष सुरज शर्माको अध्यक्षता एवम् मन्दिर तथा बृद्धाश्रमका संरक्षक तथा कावासोती वडा नं.१२ का अध्यक्ष श्री ध्रुब खराल प्रमुख अतिथिमा खाद्यान्न सामग्री हस्तान्तरण गरेको क्लबका सचिब बुद्धि लाल श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ध्रुब खरालले खाद्यान्न सामाग्री उपलब्ध गराई सहयोग गरेकोमा कावासाती बैंकर्स क्लबलाइ धन्यबाद ज्ञापन सहित आजिवन सदस्यताको प्रमाणपत्र समेत प्रदान गर्नुभएको थिर्योृभयो।
सहयोग सामाग्रि हस्तान्तरण गर्दै अध्यक्ष शर्माले क्लब स्थापनाको पृष्ठभूमी र यसको उद्धेश्यको बारेमा प्रकाश पर्दै क्लवले सामाजीक उत्तरदायीत्व अन्र्तगत बृद्धाश्रममा सहयोग सामग्रि उपलब्ध गराएको बताउनुभयो । साथै उहाँले यस्तो कार्यले भबिष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाउनुभएको थियो ।
क्लवका सचिब श्रेष्ठले बृद्धाश्रममा आश्रित बृृद्धबृद्धाको सहयोग गर्न पाउनु र उहाँहरुबाट आशिर्बाद लिन पाउनु क्लबमा आबद्ध सम्पूर्ण सदस्यहरुको लागि खुशिको कुरा भएको र यो अवशर प्रदान गरेकोमा मन्दिर तथा बृद्धाश्रम ब्यवस्थापन समितिलाई धन्यबाद समेत व्यक्त गर्नुभएको थियो ।

पाँचौ खिचरी उत्सव एवम् फुड फेष्टिवलको आज समुद्धाटन , भोलि कर्ण गरि र र्यापर आयुस अधिकारी सहित कलाकारको प्रस्तुति रहनेकाव...
12/01/2024

पाँचौ खिचरी उत्सव एवम् फुड फेष्टिवलको आज समुद्धाटन , भोलि कर्ण गरि र र्यापर आयुस अधिकारी सहित कलाकारको प्रस्तुति रहने
कावासोती, पुष २७
‘प्रकृति,संस्कृति र पर्यटन एकैसाथ’ भन्ने नाराकासाथ बाँण खोलाको किनारमा खिचरी उत्सव एवम् फुड फेष्टिवल आज देखि कावासोतिको रतौलमा शुरु भएकोछ । उत्सवको कावासोती नगरपालिका प्रमुख बिष्णु भुसालले आज एक कार्यक्म बिच समुद्धाटन गर्नु भएको छ । उद्रधाटन पुर्व विभिन्न जातजातिको झाकि सहितको शोभायात्रा उत्सव क्षेत्र प्रवेश गरेको थियो । उत्सव उद्धाटनको अवसरमा थारुका अग्रज पुष्परत्नद्धारा लिखित थारु भाषको धार्मिक पुस्तक जितिया पाबनक काथा नामक पुस्तक समेत बिमोचन समेत गरिएको थियो । उद्धाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कावासोति नगरपालिका नगर प्रमुख बिष्णु भुसालले पर्यटन क्षेत्रको विकास गर्न सके सिङ्गो देशनै आर्थिक समृद्धि हुन सक्ने बताउनुभयो । नगर प्रमुख भुसालले कावासोति नगरपालिकामा धेरै पर्यटक भित्र्याउन सकिने भएको बताउदै आन्तरिक एवम् वाह्य पर्यटन भित्र्यायन यस बर्ष नै पालिकामा पर्यटन ईकाई गठन गरिएको बताउनु भयो ।कार्यक्रम नगर उपप्रमुख फुल कुमारि महतोले अर्गानिक खानाका परिकार खुवाउन सके स्वास्थ जिवनमा शैली हुने भएकाले होमस्टेमा आफ्नै घरबारिको खाना खुवाउन जोड दिनुभयो । कार्यक्रम बोल्दै पाचौ खिचरि उत्सव एवम् फुड फेस्टिबल २०८० को संरक्षक संस्था नवलपुर उधोग बाणिज्य संघका महासचिव सागर पोख्रेलले नवलपुर क्षेत्रको पर्यटन क्षेत्रको विकासका लागि सदैव सहकार्य रहने बताउदै व्यापार , व्यावसाय चलायमान भएमात्र देशले आर्थिक फड्को मार्ने बताउनुभयो ।उत्सवको पहिलो दिन राष्ट्रिय गायिका कला लम्साल, बेली डान्सर बन्दना विश्वकर्मा, नवलपुर डान्स ग्रुपको समेत सागितिक प्रस्तुति रहेको थियो । पुष २८ गते अतिथि कलाकारको रुपमा भ्वाईस अफ नेपालका कर्णराज गिरि, र्यापर आयुष अधिकारि लगायतका कलाकारहरुको प्रस्तुति रहने छ । पाँचौ नवलपुर खिचरी उत्सव तथा फुड फेष्टिवल २०८० को नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोको अध्यक्षतामा सम्पन्न उद्धाधाटन समारोहमा विभिन्न वडाका बडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिको उपस्थित रहेको थियो । ‘प्रकृति,संस्कृति र पर्यटन एकैसाथ’ भन्ने नाराकासाथ बाँण खोलाको किनारमा खिचरी उत्सव एवम् फुड फेष्टिवलमा चितवन राष्ट्रिय निकुञ्जमा पाइने पाटेबाघ हिड्ने बाटो, उसको खुट्टाका डोबहरू, नङग्रा, बासस्थान र बिचरण क्षेत्रलाई टाइगर ट्रेल बनाई २ किलोमिटर क्षेत्र पैदल यात्रा, डुङ्गा सयर, थारु लगायत विभिन्न जातजातीको खानाका परिकार तथा कला प्रदर्शनी, र स्थानीय नाचगान समेत प्रस्तुत रहेको थियो ।हरेक दिन दिउँसो ३ बजेदेखि बेलुका ८ बजेसम्म संचालन हुने खिचरी उत्सव एवम् फुडफेष्टिवल अवलोकन गर्न कुनै शुल्क लाग्ने छैन । त्यसबाहेकका अन्य प्याकेजमा सुपथ शुल्क लान्ने छ । आयोजकले यो उत्सवबाट १५ लाख आम्दानी हुने र ११ लाख ५० हजार खर्चहुने अनुमान गरेको छ ।

08/08/2023

रक्तदान, जिवनदान ।
साउन २६ गते , विहान ८ बजे
रेडियो सामर्थ्य परिसर ।

12/07/2023

कावासाेति साईकिलिङ ग्रुपद्वारा अायाेजित पत्रकार सम्मेलन

गुरु पूर्णिमाकाे अवसरमा सम्पुर्ण गुरुवरहरुमा हार्दिक नमन् ।
03/07/2023

गुरु पूर्णिमाकाे अवसरमा सम्पुर्ण गुरुवरहरुमा हार्दिक नमन् ।

Address

Nawalparasi

Telephone

+9779857040428

Website

Alerts

Be the first to know and let us send you an email when Samarthya FM posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share