Vedic Sanatana Dharma

  • Home
  • Vedic Sanatana Dharma

Vedic Sanatana Dharma तृणादपि सुनीचेन तरोरपि सहिष्णुना।
अम

-------बल पुर्वक कृष्ण चिन्तनमा लगाउनु पर्छ ---कृष्णभक्त्तले हरेकृष्ण महामन्त्रको संकीर्तनद्वारा नारायण, कृष्ण, राम आदि ...
14/09/2024

-------बल पुर्वक कृष्ण चिन्तनमा लगाउनु पर्छ ---
कृष्णभक्त्तले हरेकृष्ण महामन्त्रको संकीर्तनद्वारा नारायण, कृष्ण, राम आदि कुनै पनि रुपमा आफ्ना पूजनीय परमेश्वरको निरन्तर चिन्तन गर्न सक्दछ | यस्तो अभ्यासले उसलाई शुद्ध बनाउँछ र भागवन्नामको निरन्तर जप गर्नाले जीवनको अन्त्यमा उसले भगवद्धाम प्राप्त गर्दछ | योग भनेको पनि आफ्नो अन्तस्करणमा रहेका परमात्माको ध्यान गर्नु हो र हरेकृष्ण महामन्त्रको जपद्वारा पनि ठीक त्यसै गरी मानिसले आफ्नो मन परमेश्वरमा स्थिर गर्न सक्दछ | मन चञ्चल भइरहने हुँदा यसलाई बलपूर्वक कृष्ण चिन्तनमा लगाउन अत्यन्त आवश्यक छ | जसरी एउटा झुसिलकिरो पुतली बन्न चाहन्छ र त्यो यसै जीवनमा पुतली भएको दृष्टान्त पनि देख्न पाइन्छ, त्यसै गरी यदि हामीले पनि निरन्तर कृष्णको चिन्तन गरिरह्ययौं भने जीवनको अन्त्यमा कृष्णकै जस्तो शारीरिक अवस्था प्राप्त गर्ने कुरा निश्चित छ |

भगवद्गिता ८.८ तात्पर्य

 #हरे_कृष्ण 🙏🌼 #परिवर्तिनी_एकादशी_व्रतकथा🌼पार्श्व एकादशी अथवा वामन एकादशीलाई परिवर्तिनी एकादशी पनि भनिन्छ । ब्रह्मवैवर्त...
13/09/2024

#हरे_कृष्ण 🙏
🌼 #परिवर्तिनी_एकादशी_व्रतकथा🌼
पार्श्व एकादशी अथवा वामन एकादशीलाई परिवर्तिनी एकादशी पनि भनिन्छ । ब्रह्मवैवर्त पुराणमा भगवान् श्रीकृष्ण एवम् महाराज युधिष्ठिर बीचको संवादमा यो एकादशीको महिमा वर्णन गरिएको छ।

युधिष्ठिर महाराजले भगवान् कृष्णसँग सोध्नुभयो, “हे जनार्दन ! भाद्र महिनाको शुक्ल पक्षमा आउने एकादशीको नाम के हो ? यो ब्रत गर्ने विधि के हो र यसको पालना गर्नाले कस्तो फल प्राप्त हुन्छ, कृपया मलाई बताउनुहोस् ।

भगवान् श्रीकृष्णले भन्नुभयो, “हे राजन! यो एकादशीलाई पार्श्व एकादशी भनिन्छ । यो ब्रतको पालनाले व्यक्ति सम्पूर्ण किसिमका पापकर्महरूबाट मुक्त हुन्छ र त्यसले सत्गती प्राप्त गर्दछ । यो एकादशीको केवल महात्म्य सुन्नाले पनि मानिस सम्पूर्ण पापबाट मुक्त हुन पुग्दछ वाजपेय यज्ञ गरेर प्राप्त फल भन्दा पनि अधिक फल यो एकादशीको व्रत गरेर प्राप्त हुन्छ ।

यो एकादशीलाई जयन्ती एकादशी पनि भनिन्छ । यस दिन भगवान् वामनदेवको उपासना गर्नुपर्दछ जसद्वारा व्यक्तिलाई आध्यात्मिक जगत् प्राप्त हुन्छ । यस एकादशीका दिन भगवान् मधुसूदन बायाबाट दायाँतर्फ फर्कनुहुन्छ । त्यसकारण यो एकादशीलाई पार्श्व एकादशी भनिएको हो।"

युधिष्ठिर महाराजले सोध्नुभयो, “हे जनार्दन ! मेरा केही प्रश्नहरूको समाधान गरिदिनुहोस् । हे देवेश्वर ! हजुर कसरी शयन गर्नुहुन्छ हजुरले कसरी कोल्टे फेर्नुहुन्छ ? चतुर्मास्यको पालना कसरी गर्नुपर्दछ ? हजुर शयन गरिरनु भएका समयमा अन्यले के गर्दछन् ? हजुरले किन बलि
महाराजलाई बन्दी बनाउनुभयो ? हे स्वामी । मेरा यी सम्पूर्ण संसयहरूको निवारण गरिदिनुहोस् ।”

भगवान् श्रीकृष्णले भन्नुभयो, “त्रेता युगमा दैत्य कुलमा उत्पन्न बली नामक मेरा एकजना भक्त थिए । उनी आफ्ना परिवारजनका साथ मेरो पूजा-अर्चना गर्दथे । उनले ब्राह्मणहरूको पूजा गर्नुका साथै अनेकौं यज्ञ सम्पन्न गरेका थिए । यी कार्यहरूद्वारा उनी यतिसम्म शक्तिशाली
भएका थिए की स्वयं देवराज इन्द्रलाई पनि पराजीत गरिदिएर उनी स्वर्गका राजा भएका थिए । तत्पश्चात सम्पूर्ण देवतागण तथा ऋषि गण मेरा समक्ष आए । तिनीहरूका कल्याणका लागि म वामन अवतारमा
उनले यज्ञ गरिरहेको स्थानतफए गएँ।"

बलीराजासँग मैले तीन पाइला जमिन मागे तर, यो भन्दा पनि धेरै माग्ने बिन्ती उनले मसँग गरेका थिए । तर, मैले दृढ निश्चयका साथ केवल तीन पाइला भूमी मात्रै मागें । अन्य कुराहरूको विचार नगरी उनले मलाई तीन पाइला भूमी दिए । तत्काल मैले माहाकाय रूप धारण गरेँ जसको एक पाइलाले सप्तपाताल, दोस्रो पाइलाले पृथ्वी सहितका समस्त उच्च लोकहरूलाई समेट्यो र तेस्रो पाइला राख्नका लागि मैले उनीसँग स्थान मागेँ । मेरो तेस्रो पाइलाका लागि बलीले विनम्रतापूर्वक आफ्नो शिर अगाडि बढाए । उनको नम्रता देखेर म प्रसन्न भएँ र उनलाई नित्य उनको साथ
रहने आशिर्वाद दिएँ ।

त्यही एकादशीका दिन महाराज बलीको निवासस्थलमा भगवान् वामनदेवको विग्रहको स्थापना भयो । मेरो अर्को विग्रह क्षीरसागरमाबअनन्त शेषमाथि रहेको छ । म शयन एकादशी देखि उत्थान एकादशी सम्म निन्द्रावस्थामा रहन्छु । यी चार महिनासम्म प्रत्येकले मेरो विशेष पूजा गर्नुपर्दछ । चातुर्मास्यमा आउने सम्पूर्ण एकादशीहरूलाई प्रत्येकले
दृढतापूर्वक पालना गर्नुपर्दछ ।”

यो एकादशीको व्रत पालनाले सहस्त्र अश्वमेध यज्ञ गरेको फल प्राप्त हुन्छ।
हरे कृष्ण 🙏🙏

भगवान चैतन्य राधाको मूडमा प्रार्थना गर्नुहुन्छ : दुःखमा सुख"मलाई मेरो व्यक्तिगत दुःखमा कुनै आपत्ति छैन। म केवल कृष्णको ख...
11/09/2024

भगवान चैतन्य राधाको मूडमा प्रार्थना गर्नुहुन्छ : दुःखमा सुख

"मलाई मेरो व्यक्तिगत दुःखमा कुनै आपत्ति छैन। म केवल कृष्णको खुशीको कामना गर्छु, उहाँको खुशी नै मेरो जीवनको लक्ष्य हो। तर, यदि उहाँले मलाई दुःख दिनुमा ठूलो आनन्द महसुस गर्नुहुन्छ भने, त्यो दुःख मेरो सबैभन्दा ठूलो खुशी हो।"

Cc Antya 20.52
श्रील प्रभुपाद द्वारा अनुवाद

तपाईले आफ्नो कर्तव्य धेरै राम्रो संग गर्दै हुनुहुन्छ।  त्यो सबै ठीक छ।  तर आफ्नो कर्तव्य गरेर, यदि तपाईंले आफ्नो कृष्णभा...
08/09/2024

तपाईले आफ्नो कर्तव्य धेरै राम्रो संग गर्दै हुनुहुन्छ। त्यो सबै ठीक छ। तर आफ्नो कर्तव्य गरेर, यदि तपाईंले आफ्नो कृष्णभावनाको विकास गर्नुभएन भने, तपाईंले आफ्नो समय बर्बाद गरिरहनुभएको छ।

- श्रील प्रभुपादको व्याख्यानबाट - बम्बई, 6 जनवरी, 1973

02/09/2024
*जसरी हुनुहुन्छ आउनुहोस्, यो जप र नृत्यमा सामेल हुनुहोस्, शुद्ध बन्नुहोस्*यस भौतिक अस्तित्वको यो दयनीय अवस्थाबाट कसरी बा...
02/09/2024

*जसरी हुनुहुन्छ आउनुहोस्, यो जप र नृत्यमा सामेल हुनुहोस्, शुद्ध बन्नुहोस्*

यस भौतिक अस्तित्वको यो दयनीय अवस्थाबाट कसरी बाहिर निस्कने भन्ने हाम्रो लक्ष्य हुनुपर्छ र त्यसका लागि हामीले आफूलाई तयार गर्नुपर्छ। त्यसकालागि सबै भन्दा राम्रो र सजिलो तरीका यो कृष्ण भावनामृत हो। *तपाईं हरे कृष्ण महामन्त्रको जप गर्नुहोस, परमानंदमा नृत्य गर्नुहोस, तपाईं शुद्धिकरणको प्रक्रियामा आउनुहोस* । तपाईं नाम जप गर्नुहोस , तपाई राम्रोसँग नृत्यगर्नुहोस , आनन्द लिनुहोस । *भगवान चैतन्यले हामीलाई कति राम्रो र सजिलो प्रक्रिया प्रदान गर्नुभएको छ हेर्नुहोस्। उहाँ आफैले सिकाउनुहुन्छ। र तुरुन्तै तपाईं भाग लिन सक्नुहुन्छ*। ... त्यहाँ कुनै पूर्व शर्त योग्यता छैन। तपाईले आफैलाई शिक्षित गर्नु परेको छैन।
जसरी यदि कसैले वेदान्त पढ्छ भने उसले आफ्नो दिमागलाई धेरै लगाउनु पर्छ, उसले संस्कृत सिक्नु पर्छ, उसले तर्क र दर्शनका जटिलताहरू र अन्य धेरै कुराहरू सिक्नु पर्छ।
यहाँ, केहि आवश्यक छैन। तपाईं जस्तो हुनुहुन्छ *यहाँ आउनुहोस्, तपाईं जस्तोसुकै भए पनि, यो जप र नृत्यमा सामेल हुनुहोस् --- तपाईंको शुद्धिकरण विधि तुरुन्तै सुरु हुन्छ।*
तुरुन्तै।
यस कार्यलाई निरन्तरता दिनुहुन्छ भने, तपाईं शुद्ध हुदै जानुहुन्छ ।

चेतो-दर्पण-मार्जनम्।

श्रील प्रभुपाद/ भगवद् गीता 2.13 - नोभेम्बर 18, 1972, हैदराबाद

 #हरे_कृष्ण सबैभन्दा महत्त्वपूर्ण, तर 'नियन्त्रणमा नआउने इन्द्रिय जिब्रो हो'  * जिब्रो संयम भयो भने अन्य सबै इन्द्रियहरू...
01/09/2024

#हरे_कृष्ण
सबैभन्दा महत्त्वपूर्ण, तर 'नियन्त्रणमा नआउने इन्द्रिय जिब्रो हो'
* जिब्रो संयम भयो भने अन्य सबै इन्द्रियहरू वशीभुत हुन्छन् । जिब्रोको कार्य स्वाद ग्रहण गर्नु र उच्चारण गर्नु हो तसर्थ जिब्रोलाई नियमित रुपमा कृष्णार्पित भोगको भोजनको स्वाद लिन र 'हरे कृष्ण महामन्त्र' जपमा प्रयोग गर्नुपर्छ।
जहाँसम्म नेत्र (आँखा)को सम्बन्ध छ, उनीहरूलाई भगवानका सुन्दर रूपबाहेक अरू केही देख्न दिनु हुँदैन।
त्यसैगरी कानहरू भगवानका बारेमा सुन्नमा संलग्न हुनुपर्छ।
र *नाक भगवानलाई चढाइएका फूलहरू सुँघ्न प्रयोग गर्नुपर्छ।
यो भक्तिको विधि हो र यहाँ यो बुझ्नु पर्छ कि *
भक्ति मुख्य र एकमात्र लक्ष्य हो।

सदैव आफ्नो कल्याणको लागि जपनुहोस्

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
|| हरे राम हरे राम राम राम हरे हरे ||

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
|| हरे राम हरे राम राम राम हरे हरे ||

हजारौँ मानिसको सभामा कौरवहरूले बेइज्जत गरे कसैले पनि इज्जत बचाउन नसक्दा जब द्रौपदीले भगवान् श्रीकृष्णलाई लाई पुकारिन् तब...
30/08/2024

हजारौँ मानिसको सभामा कौरवहरूले बेइज्जत गरे कसैले पनि इज्जत बचाउन नसक्दा जब द्रौपदीले भगवान् श्रीकृष्णलाई लाई पुकारिन् तब करुणा सागर त्रिलोकीनाथ भगवान् आफै साडी बनेर भक्त द्रौपदीको रक्षा गर्नुभयो ।

शङ्खचक्रगदापाणे द्वारकानिलयाच्युत।
गोविन्द पुण्डरीकाक्ष रक्ष मां शरणागताम्।।
हा कृष्ण द्वारकावासिन्क्वासि यादवन्दन।
इमामवस्थां सम्प्राप्तामनाथां किमुपेक्षसे।।
गोविन्द द्वारकावासिन्कृष्ण गोपीजनप्रिय।
कौरवैः परिभूतां मां किं न जानासि केशव'।

हे नाथ हे रमानाथ व्रजनाथार्तिनाशन।
कौरवार्णवमग्नां मामुद्धरस्व जनार्दन।।
कृष्णकृष्ण महायोगिन्विश्वात्मन्विश्वभावन।
प्रपन्नां पाहि गोविन्द कुरुमध्येऽवसीदतीम् ।।

महाभारत सभापर्व अध्याय ९०

उत्पद्यन्ते हि संसारे नैकं यात्वा परात्मनाम् ।विमुच्यते विमुक्तश्च ज्ञानादज्ञानमोहितः ॥ ततो नं म्रियते दुः खी न रोगी न च...
30/08/2024

उत्पद्यन्ते हि संसारे नैकं यात्वा परात्मनाम् ।
विमुच्यते विमुक्तश्च ज्ञानादज्ञानमोहितः ॥
ततो नं म्रियते दुः खी न रोगी न च वन्धवान् ।
न पापैर्युज्यते योगी नरके न विपच्यते ॥
गर्भवासे स नो दुः खी स स्यान्नारायणोऽव्ययः ।
भक्त्या त्वनन्यया लभ्यो भगवान्भुक्तिमुक्तिदः ॥

संसारमा जन्म लिएपछि एकमात्र परमात्मा नारायणलाई नपाएर अज्ञानी व्यक्ति संसारी माया मोहमा फस्दछन् । तर ज्ञानी व्यक्तिहरू योग र साधना गरेर पूर्णरूपमा योगी भएर अवश्य पनि नारायण पदमा जान सक्दछन् । परब्रह्म परमात्मा नारायणलाई प्राप्त गरेपछि जन्म मृत्युको चक्रबाट छुटकारा पाउँछन् । नारायणको ध्यान गर्दै योगमा संलग्न हुने व्यक्ति पाप गर्न पाउँदैनन् । पाप गर्न नपाएपछि मानिसहरू सत्यको बाटोमा जान्छन् । सत्यको बाटोमा जानेहरूलाई नरकको यातना दिइने छैन । उसलाई नारायणको पद प्रदान गरिनेछ । नारायण पद प्राप्त गरिसकेपछि मानिसहरूले गर्भावस्थाको दुःख भोग्नु पर्दैन । नारायणका भक्त योगीहरू नारायणको परम पद पाएर साक्षात् नारायण बराबर हुनेछन् । त्यसैले एकाग्र मनले परब्रह्म परमात्मा श्रीमन् नारायणको मन्त्र जप, ध्यान, चिन्तन, नारायण पूजा, योग साधना गर्नुपर्दछ ।

गरुड पुराण आचार काण्ड अध्याय २२६

30/08/2024

स्वामी पत्रिदास क्रिश्चियन धर्म त्यागेर कसरी बने हिन्दु धर्मगुरु ? आर्मी र GF छाडेर किन आए नेपाल ?

30/08/2024

नन्दोत्सव कृतन

अपराध, अपराध  - एक मात्र चीज हो जसले हाम्रो आध्यात्मिक जीवनलाई वास्तवमा हानि पुर्‍याउँछ।  अपराध (वैष्णव-अपराध, गुरु-अपरा...
30/08/2024

अपराध, अपराध - एक मात्र चीज हो जसले हाम्रो आध्यात्मिक जीवनलाई वास्तवमा हानि पुर्‍याउँछ। अपराध (वैष्णव-अपराध, गुरु-अपराध, नाम- अपराध, सेवा-अपराध, धाम-अपराध, जीव-अपराध) ) गर्न हामी धेरै डराउनु पर्छ।।
यस्तो समझले हामीलाई हाम्रो व्यवहारमा विवेक र गम्भीरता दिनेछ। जब हामी स्वाभाविक रूपमा विनम्र बन्छौं, महाप्रभु
प्रसन्‍न भएर हामीलाई अवश्य दया गर्नुहुन्छ ताकि हामी भजन गर्न सकौं।

वैष्णव-सदाचार
श्रील गुरुदेव श्री श्रीमद् भक्तिवेदान्त नारायण गोस्वामी महाराज

 #हरे_कृष्ण 🙏🙏🌼 #अन्नदा_एकादशी_व्रत_कथा 🌼ब्रह्मवैवर्त पुराणमा श्रीकृष्ण तथा युधिष्ठिर महाराजबीचको संवादमा अन्नदा एकादशीक...
30/08/2024

#हरे_कृष्ण 🙏🙏
🌼 #अन्नदा_एकादशी_व्रत_कथा 🌼
ब्रह्मवैवर्त पुराणमा श्रीकृष्ण तथा युधिष्ठिर महाराजबीचको संवादमा अन्नदा एकादशीको महात्म्य वर्णन गरिएको छ । युधिष्ठिर महाराजले सोध्नुभयो , “ हे कृष्ण ! भाद्र महिनाको कृष्ण पदमा आउने एकादशीको नाम के हो ? कृपा गरी विस्तारपूर्वक मलाई वर्णन गर्नुहोस् । " भगवान् कृष्णले भन्नुभयो ,
“ हे राजन ! सम्पूर्ण पापलाई नष्ट गरिदिने यो एकादशीको नाम ' अन्नदा एकादशी ' हो । यस ब्रतको पालन गरी जोसुकैले पनि भगवान् ऋषिकेशको पूजा गर्दछ , ऊ सम्पूर्ण पापकर्मबाट मुक्त हुन्छ । ” धेरै पहिले हरिश्चन्द्र नामक एकजना सम्राट थिए । उनी अत्यन्त सत्यवादी थिए । अनजानमा गरिएका पापकर्मका कारण एवम् आफ्नो वचनलाई पूर्ती गर्न नसकेका कारण उनले आफ्नो राज्य गुमाउनु परेको थियो । यतिमात्र होइन , उनले आफ्नी पत्नि तथा पुत्रलाई पनि बेचेका थिए । हे राजन ! ती पूण्यवान राजा चण्डालको सेवक बनेर बसिरहेका थिए । यति हुँदाहुँदै पनि उनी सत्यवादी नै थिए । चण्डालको आदेश अनुसार मज्दुरी गर्दै ती राजाले मृत शरीरको बस्त्र एकट्टा गर्ने गर्दथे । यसरी शुद्र कर्म गर्दा - गर्दै पनि उनी सत्यवादी नै थिए । आफ्नो आचरणका कारण उनी कहिल्ये पनि पतित भएनन् । यसरी उनले धेरै वर्ष बिताए ।

एक दिन राजा आफ्नो दुर्भाग्य माथि विचार गर्दै अब के गर्ने होला कसरी मलाई यसबाट मुक्ति मिल्दछ भन्ने जस्ता कुराहरूको विचार गर्दै थिए । राजाको यस्तो दुर्दशालाई देखी गौतम ऋषी उनी समर्थ आउनुभयो । ऋषीलाई देखी राजाले लोक कल्याणकै लागि ब्रह्माजीले ब्राह्मणलाई निर्माण गर्नुभएको हो भन्ने कुराका विचार , गर्न थाले ऋषीलाई प्रणाम गरी राजाले आफ्ना दुःखद् परिस्थितिको वर्णन गरे । राजाको दुर्दशालाई देखि गौतम ऋषीले विस्मयता पूर्वक राजालाई भन्नुभयो , " हे राजन ! हजुरको पूण्य कर्मका कारण शीघ्र श्रावण महिनाको कृष्णपक्षमा अन्नदा एकादशी आउँदैछ । यस दिनको ब्रत पालन गर्नुहोस् र रात्री जागराम बस्नुहोस् । हजुर सम्पूर्ण किसिमका विपत्तिहरूबाट मुक्त हुनुहुनेछ । हे राजन ! केवल यतिका लागि म यहाँ आएको हूँ । " राजालाई उपदेश दिएर गौतम ऋषी प्रस्थान गर्नुभयो । राजाले यस ब्रतको पालना गरे र सम्पूर्ण किसिमका विपदबाट मुक्त भए । भगवान् श्रीकृष्णले भन्नुभयो , “ हे नृपेन्द्र ! अनेकौं मानिसले अनेक वर्षदेखि भोग्दे आइरहेको दुःख यो अद्भूत ब्रतको प्रभावद्वारा तत्काल नष्ट हुन्छ । यही ब्रतको प्रभावद्वारा राजा हरिश्चन्द्रले आफ्नी पत्नी तथा मृत पुत्रलाई पुनः प्राप्त गरेका थिए । उनलाई पुनः आफ्नो राज्य प्राप्त भएको थियो । अनके वर्ष पश्चात राजा हरिश्चन्द्र आफ्ना सम्बन्धि तथा सम्पूर्ण प्रजाहरूका साथ भगवद्धाम गएका थिए । हे राजन ! जोसुकैले पनि यो ब्रतको पालना गर्दछ उसलाई आध्यात्मिक लोक प्राप्ति हुन्छ । जसले पनि यो एकादशीको महात्म्य श्रद्धापूर्वक सुन्दछ अथवा पढ्दछ उसलाई अश्वमेध यज्ञ गरेको पुण्य प्राप्त हुन्छ ।
हरे कृष्ण 🙏

👉🏻 अनिवार्य नियम*

1⃣ अन्न (अनाज) नखानु❌

👉🏻 यदि खानुपर्ने भए जल, फल, दूध आदि लिन सकिन्छ । 🥛🥭🍌🍎🍋
______________________________________

*🤔 के गर्ने व्रतको समयमा ?*

1️⃣ हरे कृष्ण महामन्त्र जप एवं सङ्कीर्तन (सामूहिक कीर्तन)। 🙌🏻

2️⃣ भगवद्-गीता यथारूप / भागवत पुराण (श्रीमद्-भागवतम्) का श्रवण (सुन्ने), सङ्कीर्तन (सामूहिक पाठ) तथा स्वाध्याय (पढ़ने)। 📖

3️⃣ श्रीभगवान् (श्रीकृष्ण) को उपासना, दर्शन इत्यादि। ☸ #एकादशी #व्रत #उपवास #हरेकृष्ण

*सदैव आफ्नो परम कल्याणको लागि जप्नुहोस् * 👇👇
*हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे*। 🌷
*हरे राम हरे राम राम राम हरे हरे* ।।🌷
""""""""""""""""""""""""""""""""""

कृपया सबै लाई शेयर गर्नुहोला।🙏🙏🙏🙏
धन्यवाद 🙏🙏
हरे कृष्ण 🙏🙏

*प्रत्येक प्राणी भगवानको सनातन सेवक हो...जब उसले भगवानलाई बिर्सन्छ तब ऊ मायाको दास बन्छ। यो हाम्रो स्थिति हो। हामीले सेव...
30/08/2024

*प्रत्येक प्राणी भगवानको सनातन सेवक हो...जब उसले भगवानलाई बिर्सन्छ तब ऊ मायाको दास बन्छ। यो हाम्रो स्थिति हो। हामीले सेवा गर्नुपर्छ।*
*त्यसैले आफुलाई बुझ्नुको अर्थ यो हो कि "म भगवानमा आश्रित छु। म भगवानको सनातन सेवक हुँ। मलाई भगवानको सेवामा लाग्न दिनुहोस्।" यो ज्ञानको पूर्णता हो।*
*हामी सबैको सदैव शुभचिन्तक*
🌹 *श्रील प्रभुपाद* 🌹
*भगवत गीता को व्याख्यान*

Address


Telephone

+971586291990

Website

Alerts

Be the first to know and let us send you an email when Vedic Sanatana Dharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Vedic Sanatana Dharma:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share