21/07/2022
New Sub Varient: ओमिक्रोन भेरियन्टको उपप्रजाति 'बीएफ.वान' नेपालमा पनि पहिचान भएको छ।
धुलिखेल अस्पतालको ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएको २२ वटा नुमनालाई परीक्षण गर्दा २ जनामा सो ‘बीएफ.वान’ पुष्टि भएको अस्पतालले जनाएको छ।