Nepali Chhapro

  • Home
  • Nepali Chhapro

Nepali Chhapro बुलबुल कम्युनिकेशनको चौथो च्यानल
"नेपाली छाप्रो"

दिल गुरूङ–तुल गुरूङ उत्कृष्ट गजल पुरस्कार २०२४ को रकम विजेता तीनै जना वा उहाँहरुको आफन्तको खातामा पठाइएको छ । अडियो कार्...
08/01/2025

दिल गुरूङ–तुल गुरूङ उत्कृष्ट गजल पुरस्कार २०२४ को रकम विजेता तीनै जना वा उहाँहरुको आफन्तको खातामा पठाइएको छ । अडियो कार्यक्रम #बुलबुल मार्फत भएको विश्वव्यापी प्रतियोगिता भएकाले भौतिक रुपमा भेटेर नसकिए पनि हामीले डिजिटल माध्यमबाट प्रशंसा पत्र पनि प्रदान गरेका छौँ । यति राम्रा गजल लेख्ने साथीहरुको प्रशंसा पत्र सेयर गरेर उहाँहरुको ऊर्जा बढाइदिनुहुन अनुरोध सहित हामीले यहाँ पोस्ट गरेका छौँ ।
प्रथम – नकुल पौडेल (हाल–युएइ)
दोस्रो – चक्र मिलन (हाल–भारत)
तेस्रो – अंकित आचार्य (हाल – भक्तपुर)

20/11/2024

#बुलबुल मा अन्य बेला भन्दा गजलको चाप दोब्बर भएको छ । अब ६ हप्ता फटाफट गजल मात्रै वाचन गरेर संचालन गर्दैछु । आजको Bulbul 013 सुनेर प्रतिक्रिया दिनुहोला ।

15/11/2024
01/11/2024

गयो दशै आयो तिहार तँ आउने चाइँ कैले बाबु
तँ नै छैनस् खै कसरी तिहार मनाउँ मैले बाबु

पोहोर साल परार साल ओइलिएरै गयो फूल
बिर्सेंकै त छैनस् होला यो दिदीलाई तैंले बाबु

सम्झना छ तिहारको टिका लाउने बेला अझै
बाङ्गो भयो टीका भन्दै रिसाउँथिस् पैले बाबु

बेग्लै भा’छस् फोटो हेर्दा डर लाग्छ अलिकती
साँच्चै भुलिस् भन्ने ठान्छु आइनस् भने ऐले बाबु

- निष्प्रभ सजी

सबैलाई पीर उस्तै त हो निजिन्दगी आखिर उस्तै त हो निआज दिउँसो सर्वनाम थियटरमा सम्पन्न छायाँदेवी चेतनाथ गजल पुरस्कार वितरणक...
30/10/2024

सबैलाई पीर उस्तै त हो नि
जिन्दगी आखिर उस्तै त हो नि

आज दिउँसो सर्वनाम थियटरमा सम्पन्न छायाँदेवी चेतनाथ गजल पुरस्कार वितरणको सानो भिडियो अंश हेरौं

अग्रज गजलकार ललिजन रावलसँगको कुराकानी सुनौं ।आज  #बुलबुल को १० औं अंक
30/10/2024

अग्रज गजलकार ललिजन रावलसँगको कुराकानी सुनौं ।

आज #बुलबुल को १० औं अंक

ुलबुल – एउटा इरानी चरा । BULBUL - EUTA IRANI CHARA [Episode-10] P...

हिजो बेलुकी प्रसारण भएको अडियो कार्यक्रम बुलबुल (अंक-९) को धेरैले प्रशंसा गर्नुभयो । हिजो प्रसारित बुलबुलमा समावेश गरिएक...
24/10/2024

हिजो बेलुकी प्रसारण भएको अडियो कार्यक्रम बुलबुल (अंक-९) को धेरैले प्रशंसा गर्नुभयो । हिजो प्रसारित बुलबुलमा समावेश गरिएको 'गजलामृत' को पूरा कार्यक्रम हेर्नका लागि केही शुभचिन्तकहरुले link मागिरहनुभएको छ । गजलामृत श्रृंखला-१ को पूरा भिडियो तलको link बाट हेर्न सक्नुहुन्छ । अहिले बिहान १० बजेपछि प्रेमियर शुरु हुने भिडियोको मुनि विवरण हेरेर तपाईंले आफूले चाहेको श्रष्टाको मन्तव्य वा गजल वाचन मात्रै पनि हेर्न सक्नुहुन्छ । त्यसका लागि हामीले छुट्याएर नामसहित, समय विवरण दिएका छौं । समय विवरणको निलो अक्षरमा click गरेपछि आफूले चाहेको सर्जकको रचना सुन्न र हेर्न सकिन्छ ।

ारहरू ज्ञानुवाकर पौडेल, ध्रुव मधिकर्मी, दिव्य गिरी, धीरेन्...

नियमित समय भन्दा १५ मिनेट ढिलो गरी अब  #बुलबुल को नवौं अंक प्रेमियर शुरु भएको छ । आउनुस् प्यारा बुलबुलियनहरु युट्यबको नज...
23/10/2024

नियमित समय भन्दा १५ मिनेट ढिलो गरी अब #बुलबुल को नवौं अंक प्रेमियर शुरु भएको छ । आउनुस् प्यारा बुलबुलियनहरु युट्यबको नजिक नजिक आउनुस् !! :)

ुलबुल – एउटा इरानी चरा । BULBUL - EUTA IRANI CHARA [Episode-9] Pr...

23/10/2024

आजको बुलबुल (अंक ९) लाई ठिक सवा नौ बजे नै प्रेमियर गर्ने उद्देश्यले हामी सक्रिय भएर लागिरहेका छौं । केही प्राविधिक गडबडीका कारण आजको बुलबुल केही मिनेट ढिलो प्रसारण हुन पनि सक्नेछ । यसका लागि हामी क्षमा चाहन्छौं ।

- Bulbul Communication & Nepali Chhapro Team

हल्लाखल्ला नगरी एउटा भव्य कार्यक्रम सम्पन्न भयो अस्तिको शनिवार इमाडोल (महालक्ष्मी नगरपालिका) मा । शान्त वातावरणमा मज्जाक...
22/10/2024

हल्लाखल्ला नगरी एउटा भव्य कार्यक्रम सम्पन्न भयो अस्तिको शनिवार इमाडोल (महालक्ष्मी नगरपालिका) मा । शान्त वातावरणमा मज्जाको वाचन थियो । प्राय: कार्यक्रममा हामी भीड खोज्छौं तर पहिलोपटक यो कार्यक्रमका आयोजकले कार्यक्रमअघि ब्यानर सेयर समेत नगरिदिनुस् है भने । सीमित सीटमा गरिने कार्यक्रम भएकाले थोरै सदस्यका बिच मात्रै सम्पन्न गरिएको कार्यक्रम । एउटा नयाँ कुरा सिकेँ मैले यो कार्यक्रमबाट ।
खुसीको कुरा चाहिँ #गजलामृत ले हाम्रो #बुलबुल कार्यक्रम अहिले प्रसारण भइरहेको बुलबुल कम्युनिकेसनको च्यानल Nepali Chhapro लाई मिडिया पार्टरको रूपमा चुनेर राखिदिनुभयो । शुरू गरेको २ महिनामै तपाईंले गर्नुभएको विश्वासका लागि म लगायत हाम्रो समूह आभारी छौं जुमन किरण जी ।
हल्ला नगरी सम्पन्न कार्यक्रममा वाचन भएका गजलहरू मैले भोलिको #बुलबुल मा प्रसारण हल्ला गर्दै प्रस्तुत गर्नेछु । #गजलामृत_१ सबै कार्यक्रमको भिडियो भने हामी Nepali Chhapro च्यानलमै पर्सि विहिवार बिहान १० बजे प्रेमियर गर्नेछौँ ।

पर्सि शनिवार ललितपुरको इमाडोल भेटौं  आउनुस् है । बुलबुल संचालन हुने युट्युब च्यानल Nepali Chhapro लाई मिडिया पार्टनर बना...
17/10/2024

पर्सि शनिवार ललितपुरको इमाडोल भेटौं आउनुस् है । बुलबुल संचालन हुने युट्युब च्यानल Nepali Chhapro लाई मिडिया पार्टनर बनाइदिनुभएकोमा हामी आभारी छौं आयोजकप्रति ।

11/10/2024

कामका चटारो बढेका बेला दशैं मनाउने पनि काम गरेरै हो । आजको दिन मज्जाले रेकर्डिङ गरेरै बित्यो । एकजना साथीले फोनमा भन्नुभयो – "युट्युब त हो नि नभनी हरेक दिनको वाचन ल्याइरहनुभएको छ तपाईंले, यो हो नि तरिका, तपाईंको दिनदिनैको मिहिनेत देखेर मलाई दशैंकाबिच पनि एकदिन नसुनी बस्न मन छैन !"
उहाँका शब्दले अल्छी गर्नै दिएको छैन, झन् धेरै जाँगर दिएको छ दिनभरिलाई । अब चाहिँ एकैछिन बिसाउँछु र दशैंको रमाइलो गर्ने हो ।

आज जानु काम्बाङ लिम्बुको नियात्रा - "तीस वर्षमा माइत गाउँ"
भोलि खगेन्द्र संग्रौलाको कथा - "सेतेको संसार"
दुवै प्रसारणको समय बेलुकी ८ बजे । च्यानल - SHRUTI SAMBEG

आजको बुलबुल (दशैं विशेष)
09/10/2024

आजको बुलबुल (दशैं विशेष)

ुलबुल – एउटा इरानी चरा । BULBUL - EUTA IRANI CHARA [Episode-6] DA...

कुन्साङ काकाका कथा श्रृंखलामा आज बुधबारको दोस्रो कथा छ – बुढो र छोरो । अहिले बेलुकी ८ बजे प्रेमियर गर्दैछु ।बेलुकी सवा न...
09/10/2024

कुन्साङ काकाका कथा श्रृंखलामा आज बुधबारको दोस्रो कथा छ – बुढो र छोरो । अहिले बेलुकी ८ बजे प्रेमियर गर्दैछु ।

बेलुकी सवा नौ बजेपछि कार्यक्रम बुलबुल को समय रहनेछ । आज विभिन्न देश अमेरिका (ह्यारिसबर्ग), जापान, भारत, युनाइटेड अरब इमिरेट्स, कतार, दक्षिण कोरिया, क्यालिफोर्निया र अष्ट्रेलियाबाट गजलकारहरुलाई बुलबुल कम्युनिकेसनको स्टुडियोमा जोड्नेछु । दशैं ती ठाउँहरुमा कसरी मनाइँदैछ ? उहाँहरुसँगको कुराकाकानी र गजल पनि सुन्न सकिनेछ ।

09/10/2024

आज बुधबार । 'बुलबुल' बार । अब त बुलबुल बार मात्रै भनेर पुग्दैन । 'कुन्साङ काका' बार पनि भने हुन्छ । बेलुकी ८ बजे च्यानल Shruti Sambeg मा कुन्साङ काकाका कथा श्रृंखला अन्तर्गत (आज दोस्रो कथा - बुढो र छोरो) सुनाउनेछु ।
त्यसपछि राती सवा नौ बजे #बुलबुल को समय । आजको #बुलबुल विशेष रहनेछ । #दशैं_विशेष । सन् २०१४ पछि आजै यो खालको #बुलबुल तयार गरेको छु । त्यो बेला कमजोर इन्टरनेटका कारण विदेशमा बस्ने नेपाली गजलकारहरुलाई जोड्न मलाई धेरै सकस परेको थियो । अहिले त सहज इन्टरनेट छ । विदेशमा छरिएर रहेका गजलकारहरुसँग उहाँहरुको दशैं कस्तो हुँदैछ ? कुरा सुन्दै गजल सुन्छौं हामी । बुलबुल सुन्ने च्यानल Nepali Chhapro

हिजोको निकथाले खूब प्रभाव पार्यो । हिजै लेखेको थिएँ । आज नलेखे पनि हुँदो हो तर मन मानेन । आजको निकथाको अर्को छाप पर्यो म...
08/10/2024

हिजोको निकथाले खूब प्रभाव पार्यो । हिजै लेखेको थिएँ । आज नलेखे पनि हुँदो हो तर मन मानेन । आजको निकथाको अर्को छाप पर्यो मलाई । सानोमा अलि अलि सुनेको हो – नेवारको ख्याक भन्थे, हामी बाहुन क्षेत्रीका घरतिर ! केटाकेटीमा सुनियो तर त्यस्सै छोडियो । आज यो निकथा पढेपछि थाहा भयो – कति ठूलो सांस्कृतिक महत्व रहेछ यसको । Bikram Bhakta Joshi सर, हजुरको यो निकथा पढेपछि मलाई पार्वतीले सिर्जना गरेको एउटा ख्याक त भेटिन्छ कि भनेर असनतिरका नेवार समुदायको बाहुल्यता रहेको गल्लीतिर मध्यरातमा डुल्न जान मन लागेको छ । त्यो कुकुरको कति धेरै माया लागेको ! अनि बाटोका लागि घर छोडेर फकीर भएका ती विसंचाको अवस्था र महादेव पार्वतीले ती प्राणीहरुलाई गरेको माया ! एउटा आनन्ददायी हृदय बनेको छ आज यो निकथा पढेर । दशैंको समय छ । फुर्सदमै हुनुहुन्छ भने सुन्नुहोला ।

06/10/2024

अब आउने बुधबार #बुलबुल (सातौं अंक) दशैं विशेष गजलहरु र कुराकानीको रहनेछ । हामी विभिन्न देशमा रहेका गजलकारहरुलाई जोड्नेछों ।
(विदेशमा फरक तरिकाले दशैं मनाइरहेका गजलकार साथीहरु हुनुहुन्छ भने उहाँहरुसँगको कुराकानीलाई विशेष महत्व दिनेछौं)
दशैं विशेष तपाईंले लेख्नुभएका गजलहरु छन् भने पनि यसै status मा कमेन्ट गरेर दिन सक्नुहुन्छ । कृपया आफ्नो गजलको मुनि आफ्नो नाम र ठेगाना खुलाउन नभुल्नुहोला ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nepali Chhapro posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share