08/01/2025
दिल गुरूङ–तुल गुरूङ उत्कृष्ट गजल पुरस्कार २०२४ को रकम विजेता तीनै जना वा उहाँहरुको आफन्तको खातामा पठाइएको छ । अडियो कार्यक्रम #बुलबुल मार्फत भएको विश्वव्यापी प्रतियोगिता भएकाले भौतिक रुपमा भेटेर नसकिए पनि हामीले डिजिटल माध्यमबाट प्रशंसा पत्र पनि प्रदान गरेका छौँ । यति राम्रा गजल लेख्ने साथीहरुको प्रशंसा पत्र सेयर गरेर उहाँहरुको ऊर्जा बढाइदिनुहुन अनुरोध सहित हामीले यहाँ पोस्ट गरेका छौँ ।
प्रथम – नकुल पौडेल (हाल–युएइ)
दोस्रो – चक्र मिलन (हाल–भारत)
तेस्रो – अंकित आचार्य (हाल – भक्तपुर)