Rautahat Express

  • Home
  • Rautahat Express

Rautahat Express truth news only

श्री यमुना माई माध्यमिक विद्यालयमा शिक्षकको लापरवाही, विद्यार्थी तथा अभिभावक आक्रोशितमाघ १७ गते रौतहट मोहम्मद अफताब हासम...
30/01/2025

श्री यमुना माई माध्यमिक विद्यालयमा शिक्षकको लापरवाही, विद्यार्थी तथा अभिभावक आक्रोशित

माघ १७ गते रौतहट
मोहम्मद अफताब हासमी

रौतहट – श्री यमुना माई माध्यमिक विद्यालयका शिक्षक मदन साहको लापरवाहीप्रति विद्यार्थी तथा अभिभावकहरू आक्रोशित भएका छन्। कक्षा कोठामा पठनपाठन गराउनुको सट्टा शिक्षक आफैं निदाउने गरेको गुनासो स्थानीयहरूले गरेका छन्।

विद्यालयका विद्यार्थीहरूका अनुसार शिक्षक साह नियमित रूपमा कक्षामा निदाउने गर्छन्, जसले गर्दा पढाइ प्रभावित भइरहेको छ। अभिभावकहरूका अनुसार यस विषयमा विद्यालय प्रशासनलाई पटक–पटक जानकारी गराइए पनि हालसम्म कुनै ठोस कारबाही नभएको गुनासो छ।

विद्यार्थीको गुनासो
विद्यालयका एक विद्यार्थीले भने, "हामी राम्रोसँग पढ्न चाहन्छौं, तर सर कक्षामा आएर निदाउनुहुन्छ। यस्तो अवस्थामा हाम्रो शिक्षा कसरी राम्रो हुन्छ?" अन्य विद्यार्थीहरूले पनि यही समस्या दोहोरिरहेको बताउँदै विद्यालय प्रशासनसँग समाधानको माग गरेका छन्।

अभिभावकहरूको माग
स्थानीय अभिभावकहरूले यो घटनालाई गम्भीर रूपमा लिँदै सम्बन्धित निकायलाई तत्काल छानबिन गरी उचित कारबाही गर्न माग गरेका छन्। एक अभिभावकका अनुसार, "हामी आफ्ना बालबालिकालाई राम्रो शिक्षा दिलाउन विद्यालय पठाउँछौं, तर शिक्षक स्वयं गैरजिम्मेवार भइदिँदा विद्यार्थीहरूको भविष्य अन्धकारमा पर्ने खतरा छ।"

विद्यालय प्रशासनको प्रतिक्रिया
विद्यालय प्रशासनले घटनाबारे जानकारी रहेको बताउँदै आवश्यक छानबिन भइरहेको र उचित कदम उठाइने आश्वासन दिएको छ। विद्यालयका एक प्रतिनिधिले भने, "हामी यस विषयमा आवश्यक कारबाही गर्छौं र पठनपाठनमा कुनै बाधा आउन दिँदैनौं।"

स्थानीय समुदायले अब प्रशासनको निर्णय कुर्नुपर्ने भए पनि शिक्षक साहको लापरवाहीप्रति व्यापक असन्तोष व्यक्त गरिरहेका छन्। सम्बन्धित निकायले चाँडो उचित कदम नचाल्ने हो भने अभिभावकहरू आन्दोलन गर्नेसम्मको चेतावनी दिएका छन्।

शिक्षालयको रुपमा द रेडियन्ट ईन्स्टिच्युट उद्घाटन बिरगंजबिरगंज ,१७ माघ।द रेडियन्ट ईन्स्टिच्युट को उद्घाटन हिजो एक कार्यक्...
30/01/2025

शिक्षालयको रुपमा द रेडियन्ट ईन्स्टिच्युट उद्घाटन बिरगंज

बिरगंज ,१७ माघ।द रेडियन्ट ईन्स्टिच्युट को उद्घाटन हिजो एक कार्यक्रम बिच सम्पन्न भएको छ ।मधेश प्रदेशको आर्थिक क्षेत्रबाट प्रसिद्ध पर्सा जिल्लाको बिरगंज स्थित ईन्स्टिच्युट संचालनमा आएको हो।

एन्जल इन्टरनेशनल बोर्डिङ स्कुल को ठिक सामुन्ने मेन बाइपास जाने बाटो मुर्ली बगैँचा वडा नम्बर १२ विरगंज ,पर्सा मुख्य कार्यालय रहेको छ।यो ईन्स्टिच्युट बारे विषेश जानकारीको लागि नम्बर ९८४३६९२६१८ र ९८०७२२०८४० मा सम्पर्क गर्नु पर्नेछ।

यस ईन्स्टिच्युट मा पठनपाठन गराइने विषय बस्तु यस्तो हो।

*खरिदार ,नासु तथा शाखा अधिकृत को लोक सेवातैयारेर

*AHW,ANH,HA,Staff,Nurse,Lab assistance &Labtecnian लोक सेवा तयारी

*agricultural &Veterinary लोक सेवा तयारी

*Civil &Electrical लोक सेवा तयारी

*Health assistance ,Staff Nurse,laboratory ,Dental Hygiene &Opthalmic Lincence तयारी

*Basic/advance computer course &english language

*CEE preparation &कक्षा ८देखि १२ सम्म Math &science को tuition समेत गराइन्छ।

दक्ष र अनुभवी शिक्षक राखेर आधुनिक युगको शिक्षा दिने मुल आधार सहित शिक्षा सुपत मुल्यमा पढाइने र license ,Bridge cource &lok sewa preparation हुने छ। रेडिओग्राफर दोरिक यादवको सम्पर्क नम्बर ९८२१२५४२५४,९८४५७८५४७० रहेको छ।

29/01/2025

रौतहटको यमुनामाई गाउँपालिकामा विद्यालयका शिक्षकले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई गरे कुटपिट

माघ १६ गते
मोहम्मद अफताब हासमी

रौतहट जिल्लाको यमुनामाई गाउँपालिका-५, झुनखुनवामा रहेको श्री यमुनामाई माध्यमिक विद्यालय का व्यवस्थापन समितिका अध्यक्ष राम विश्वास राय यादव माथि कुटपिट भएको छ।

स्थानीयहरूका अनुसार, श्री यमुनामाई माध्यमिक विद्यालयका शिक्षक मदन साह र उनका छोरा बिबेक साह मिलेर अध्यक्ष यादवलाई कुटपिट गरेका हुन्।

अध्यक्ष यादवले जानकारी दिएअनुसार, विद्यालयमा भएको हिनामिना (आर्थिक अनियमितता) सम्बन्धमा सोधपुछ गरेको ईसु लिएर आज चौक तिर जाने क्रममा आफनै घर अगाडी मलाई घेरि मदन साह र उनका छोरा बिबेक साहले मिलेर अध्यक्ष लाई कुटपिट गरेका थिए।

घटनापछि स्थानीयबासी, अभिभावक तथा विद्यार्थीहरूले दोषीलाई छानबीन गरी कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

11/01/2025

नेपाल रासट्रबाद सघं ,नेपाल बिदत परिषद,शिव सेना नेपाल,देश भक्त राजभक्त,बीर गोरखाली,राष्ट्रबादी नागरिक समाज,राष्ट्रिय संघर्ष समिती, राष्ट्रबादी शान्ती समुह,बिश्व हिन्दु महासंघको संयुक्त आयोजनामा राष्ट्रनिर्माता-श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औ जन्मजयन्ती एंव राष्ट्रिय एकता दिवस को अवसरमा वीरगंजमा निकालिएको र्याली ।

पत्रकार
पवन प्रसाद साह
वीरगन्ज,पर्सा

वीरगन्ज-होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ । ...
08/01/2025

वीरगन्ज-

होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज पर्साले नेपाल पत्रकार महासंघमा निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ । वीरगन्जको होटल क्लासिक बंक्वेटमा बुधबार आयोजना गरेको कार्यक्रममा पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको हो ।

होटल तता पर्यटन व्यावसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, होटल तथा पर्यटन व्यावसायी संघका पदाधिकारीले निर्वाचितहरू पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रजिअ अर्यालले शुभकामना मन्तव्य दिँदै पत्रकारिता क्षेत्रको योगदानलाई उच्च प्रशंसा गरे। नेपाल पत्रकार महासंघका निवर्तमान सचिव दिपेन्द्र चौहान, लेखा समिति संयोजक केसी लामिछाने, महासंघका मधेस प्रदेश अध्यक्ष श्याम बञ्जरा लगायतले पनि कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको स्वागत मन्तव्य संघका वरिष्ठ उपाध्यक्ष रचिन्द्र थापाले गरेका थिए भने सञ्चालन दिलिपराज कार्कीले गरेका थिए। उपस्थित सबैले पत्रकारिता क्षेत्र र होटल तथा पर्यटन व्यवसायबीचको सहकार्यलाई सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए।

यो सम्मान कार्यक्रमले होटल तथा पर्यटन व्यवसाय र पत्रकारिता क्षेत्रबीच आपसी सहकार्य र सम्मानको सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

07/01/2025

मो.मोजिबुल्लाह २०८१/०९/२३ गते नेशनल लघुवित्त वित्तीय संस्थाले असोज महीनाको १३ गतेमा आएको बेमौसमी वर्षाका कारण क्...

07/01/2025

२०८१/०९/२३ गते नेशनल लघुवित्त वित्तीय संस्थाले असोज महीनाको १३ गतेमा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोरेका समूहलाई राहत वितरण गरेको छ ।

वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ३ मा अवस्थित नेशनल लघुवित्त वित्तीय संस्था शाखाको कार्यालय राजपुर डमारमा आबद्ध करीब १३० जना, रौतहट जिल्लाको राजपुर नगरपालिका, ईशनाथ नगरपालिका , परोहा नगरपालिकाको अवस्थित शाखा कार्यालय राजपुर डमारमा आबद्ध करीब १३० जना लाई राजपुर डमार चौक स्थानमा औपचारिक एक कार्यक्रम गरी राहत वितरण गरेको हो ।

संस्थाले करीब लाखौं रुपैयाँ बराबरको चामल २५ किलो, दाल १ किलो, तेल र नुन सहित वितरण गरेको वित्तीय संस्थाका शाखा प्रमुख रमेश कुमार पंडितले जानकारी दिए ।

वित्तीय संस्थाले केही शाखा कार्यालय विस्तार गरी करीब केही मध्यम आय भएका वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका समुदायमा वित्तीय सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ । उपस्थितमा रहेको प्रमुख अतिथि दिलिप कुमार यादव,
बिशिस्ट अतिथि राजपुर नगरपालिका वाड नम्बर ३ का वाड अध्यक्ष सेख हसिन्खतर ,ईलाका प्रहरी कार्यालय इन्चार्ज अशोक कुर्मी , पत्रकार , संस्थाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

06/01/2025

रौतहटको गौर भन्सारमा प्रहरीको आतंक, प्रहरीको बुट्ले महिलाको हाथ भाच्यो ।

30/12/2024

नेपाल राष्ट्रवाद संघले पूर्व श्री ५ युवराजाधिराज शाहको ५४ जन्मोत्सव वीरगन्जमा मनायो

पवन प्रसाद साह

वीरगन्ज /पुस १५गते । नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगन्जले पूर्व श्री ५ युवराजाधिराज पारस शाह को ५४ औ जन्मोत्सव वीरगन्जमा मनाएको छ।

शाहको ५४ औ जन्मोत्सवको अवसरमा वीरगन्ज स्थित घण्टाघर चोकमा युवराजाधिराज पारस शाह को तस्बिरमा माल्यार्पण गरी संघका केन्द्रिय अध्यक्ष जनकलाल शाह तथा संघका पदाधिकारीहरु जन्मोत्सवको अवसरमा शु स्वास्थ्य दीर्घायुको कामना गर्दै राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ,नेता चोर देश छोर,सङ्घीयता खारिज गर,हिन्दु राष्ट्र कायम गर, इत्यादि नारा लगाउदै जन्मोत्सव मनाएका थिए।

जन्मोत्सव समारोहमा कार्यक्रममा संघका पर्सा जिल्ला अध्यक्ष संगीता देवी शाह, उमाशंकर प्रसाद, पृथ्वी झा, संतोष गुप्ता,बिसनु कुमार दास,हरेराम रौनियार,पवन प्रसाद साह, राधाकृष्ण चौहान,अबदुल सतार अंसारी,अन्नु साह,हरी राउत,बिरेन्दर साह तेली,जहिर अंसारी,महाबिर पटेल,धुरेन्दर पटेल,महमुद अन्सारी,रोशनी साह लगायतको सहभागिता रहेको थियो।

22/12/2024

नेपाल सिमाना बोर्डर संघर्ष समितिले प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापन पत्र बुझाइएको छ।

18/12/2024

रौतहट ,३ पुस । रौतहटको माधव नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको समाचार प्रकाशन हुन नपाउँदै हटाइएको छ । .....

Address


GAUR

Alerts

Be the first to know and let us send you an email when Rautahat Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rautahat Express:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share