09/01/2025
गुरुङ फिल्म ढ्याङग्रोको फष्ट लुक सर्वजनिक
रमेश गुरुङ,
पोखरा-२३, कास्की
अभिनेतात्रय बिश्वआत्मा गुरुङ, ओम गुरुङ र सपना गुरुङले एकसाथ स्क्रिन सेयर गरेका गुरुङ भाषाको फिल्म ढ्याङग्रोको फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।
पुरानो टेक्स्चरमा तयार पारिएको पोस्टरमा अभिनेतात्रय बिश्वआत्मा गुरुङ, ओम गुरुङ र सपना गुरुङलाई प्रस्तुत गरिएको छ। पोस्टरको डिजाइनले फिल्मको कथा निकै वर्ष अघिको रहेझैँ प्रतित हुन्छ। फिल्ममा क्य.चोकबहादुर गुरुङ, राजेन्द्र थापा, तारा गुरुङ, गल गुरुङ, सुनिता गुरुङ, लक्ष्मी गुरुङ, फरिसता गुरुङ, केदार बोहरा लगायतले अभिनय गरेका छन्। फिल्मको लेखन तथा निर्देशन कृष्णकुमार गुरुङले गरेका छन्।
निर्देशक गुरुङका तमु ह्युला, सुनिमाया, घलेक, मुर्बै मुसार, याम्फवति, सबन मु, झुपडी लगायतका सफल फिल्म दिइसकेका छन्।
भकारी ईभेन्टस प्रा.लि पोखराको ब्यानरमा रामबहादुर गुरुङ, ओम गुरुङ, चन्द्रबहादुर गुरुङ, हरिमाया गुरुङ, पुर्ण गुरुङ, भोजराज लिम्बु, कृष्णकुमार गुरुङले सयुक्त रुपमा निर्माण गर्ने फिल्ममा सहनिर्देशक सोम गुरुङ,छायांकन निकोलस गुरुङ, कलानिर्देशक रमेश गुरुङ, निर्माण नियन्त्रण पुर्ण गुरुङ र सम्पादक नेत्र गुरुङ रहेको छ । पोखरा महानगरपालिका वडा नं.२० भलाम डाँडा मा छायांकन भएको उक्त फिल्म कमेडी जनरामा निर्माण भएको र गुरुङ भित्रको सामाजिक एकताको सन्देश दिने निर्देशक गुरुङ बताउछन् ।
स्रोत- https://www.facebook.com/thebhakari