Baklauri Khabar

  • Home
  • Baklauri Khabar

Baklauri Khabar "बक्लौरी खबर" खेलकुद लगायत समसामयिक विषयमा जानकारी गराउने माध्यम। धन्यवाद�

श्री आदर्श मा. वि.पूर्व विद्यार्थी मञ्च रामधुनी - ६ बक्लौरीको आयोजना, बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगरको सहयोग...
15/03/2023

श्री आदर्श मा. वि.पूर्व विद्यार्थी मञ्च रामधुनी - ६ बक्लौरीको आयोजना, बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल बिराटनगरको सहयोग अनि रामधुनी नगरपालिकाको विशेष सहयोग द्वारा श्री आदर्श मा. वि. को प्राङ्गण बकलौरीमा यस विद्यालयका पूर्व विद्यार्थी मुटुरोग विशेषज्ञ डा.माधव विष्ट लगायत १५ जना डाक्टरहरु द्वारा मिति २०७९/११/३०गते मंगलबार नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा सहभागी १४८६ जनाको स्वास्थ्य जाँच सहित नि:शुल्क ओैषधि वितरण सफलताका साथ सम्पन्न भएको छ।

"दुर्व्यसनलाई टाढा, खेल जीवन गाढा"रामधुनी नगरपालिका वडा नम्बर - ६ को नवनिर्वाचित जनप्रतिनिधि द्वारा यस वडामा स्थापित खेल...
27/06/2022

"दुर्व्यसनलाई टाढा, खेल जीवन गाढा"
रामधुनी नगरपालिका वडा नम्बर - ६ को नवनिर्वाचित जनप्रतिनिधि द्वारा यस वडामा स्थापित खेलकुद समिति साथै बक्लौरी क्रिकेट क्लबलाई खेलकुद सामग्री वितरण गरि सम्पुर्ण युवाहरुलाई एक असल र जिम्मेवार नागरिक बनाउन गरिएको सराहनीय कार्यको उच्च सम्मान गर्दै आगामी दिनमा पनि अझ थप साथ सहयोगको अपेक्षा राख्दै सम्पुर्ण वडावासीहरुलाई धेरै भन्दा धेरै सफलताको शुभकामना 🎉 धन्यवाद 🙏

रामधुनी नगरपालिका वडा नम्बर - ६ अन्तर्गत खेलकुद समितिका अध्यक्ष श्री हिमाल गुरुङ ज्युको अध्यक्षतामा बसेको बैठक द्वारा बक...
10/03/2022

रामधुनी नगरपालिका वडा नम्बर - ६ अन्तर्गत खेलकुद समितिका अध्यक्ष श्री हिमाल गुरुङ ज्युको अध्यक्षतामा बसेको बैठक द्वारा बक्लौरी स्वास्थ्य चौकी अगाडि रहेको खेलमैदानमा यसपालि आएको बाढीले क्षतिग्रस्त बनाएको हुनाले सो खेलमैदान मर्मतसम्भार गर्नका लागि रामधुनी नगरपालिका वडा नं. ६ को कार्यालयबाट रु. २००,००० (दुई लाख) विनियोजन गर्न भनी सर्वसम्मत पारित गरियो साथै बक्लौरी च्यालेञ्ज कपलाई पनि यस बर्ष संचालन गर्ने भनी निर्णय गरियो । 🙏 👏

रामधुनी नगरपालिका वडा स्तरिय फुटबल प्रतियोगितामा रामधुनी नगरपालिका वडा नम्बर - ६ विजेता बनि अमुल्य उपलब्धि हासिल गर्न सफ...
21/01/2022

रामधुनी नगरपालिका वडा स्तरिय फुटबल प्रतियोगितामा रामधुनी नगरपालिका वडा नम्बर - ६ विजेता बनि अमुल्य उपलब्धि हासिल गर्न सफल टिमका सम्पुर्ण खेलाडी तथा अफिसियललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना सहित सम्मान कार्यक्रम गरि रामधुनी नगरपालिका वडा नम्बर - ६ को कार्यालयले सराहनीय कार्य गरेकोमा धेरै - धेरै धन्यवाद 🙏 👏 🏆️🎉🥇⚽️

रामधुनी नगरपालिका वडा स्तरिय फुटबल प्रतियोगिताको फाईनलमा रामधुनी नगरपालिका वडा नम्बर - ७ लाई ट्राईबेकरमा पराजित गरेर विज...
19/01/2022

रामधुनी नगरपालिका वडा स्तरिय फुटबल प्रतियोगिताको फाईनलमा रामधुनी नगरपालिका वडा नम्बर - ७ लाई ट्राईबेकरमा पराजित गरेर विजयी हुन सफल रामधुनी नगरपालिका वडा नम्बर - ६ का सम्पुर्ण खेलाडी तथा अफिसियललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना 🎉🥇⚽️ उक्त फाईनल खेलमा म्यान अफ द म्याच हुन सफल रामधुनी - ६ का खेलाडी सन्देश राईलाई बधाई तथा उज्वल भविष्यको शुभकामना 🎉🏅⚽️

आज मिति २०७८ मंसिर १६ गते बक्लौरीका स्थानिय युवाहरु द्वारा परम्परागत रुपमा मनाउँदै आएको संस्कृति जगेर्ना गर्नको निम्ति आ...
02/12/2021

आज मिति २०७८ मंसिर १६ गते बक्लौरीका स्थानिय युवाहरु द्वारा परम्परागत रुपमा मनाउँदै आएको संस्कृति जगेर्ना गर्नको निम्ति आयोजना गरिएको २०७८ सालको देउसी-भैलो कार्यक्रमबाट संकलित रकमलाई सदुपयोग स्वरुप विपन्न परिवारका सदस्यहरुलाई जाडोको लागि न्यानो कपडा वितरण कार्यक्रम सफलताका साथ सम्पन्न भयो। तपाई हाम्रो सानो सहयोगले कसैलाई धेरै खुशी प्रदान गर्न सक्दछ। धन्यवाद 🙏

श्री आदर्श मा. वि. बकलौरीमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको भेलाले आगामी २०७८ असोज २८ गते शुक्रबार नवमीको दिन बिहान ए...
13/10/2021

श्री आदर्श मा. वि. बकलौरीमा अध्ययन गरेका पुर्व विद्यार्थीहरुको भेलाले आगामी २०७८ असोज २८ गते शुक्रबार नवमीको दिन बिहान एघार बजे विद्यालयमा जेष्ठताका आधारमा तिनजना गुरुहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको हुँदा श्री आदर्श मा.वि. मा अध्ययन गर्नु भएका विक्रम सम्वत २०४० साल देखि २०७७ सालसम्म पास आउट हुनु भएका विद्यालयका पुर्व विद्यार्थी ज्यु हरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

स्थान : श्री आदर्श मा. वि. बक्लौरी
समय : बिहान ११ बजे

हाम्रो बक्लौरीका आदरणीय ब्यक्तित्व श्री दल बहादुर कट्वालका श्रीमति तथा आदरणीय दाई उपेन्द्र बहादुर कट्वाल अनि दिदीहरु अमि...
09/10/2021

हाम्रो बक्लौरीका आदरणीय ब्यक्तित्व श्री दल बहादुर कट्वालका श्रीमति तथा आदरणीय दाई उपेन्द्र बहादुर कट्वाल अनि दिदीहरु अमिरा श्रेष्ठ र झुमा श्रेष्ठको पुज्यनिय माता बक्लौरीका एक अग्रज अनि आदर्श महिला स्वास्थ्य स्वयंसेवीका श्री रामदेवि कट्वाल ज्युको असामयिक निधनको खबरले बक्लौरीवासीले एक आदर्श व्यक्तित्व गुमाएको दुखद घडीमा शोकाकुल परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने प्रार्थना गर्दै हार्दिक भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं 💐

हाम्रो बक्लौरीका आदरणीय ब्यक्तित्व श्री प्रेमकला दाहालका श्रीमान् तथा आदरणीय दाईहरु ग‍ोपाल दाहाल, पुरुषोत्तम दाहाल र गणे...
15/09/2021

हाम्रो बक्लौरीका आदरणीय ब्यक्तित्व श्री प्रेमकला दाहालका श्रीमान् तथा आदरणीय दाईहरु ग‍ोपाल दाहाल, पुरुषोत्तम दाहाल र गणेश दाहाल अनि दिदीहरु देबिका दाहाल, तुलसा दाहाल र पुष्पा दाहालको पुज्यनिय पिता बक्लौरीका एक अग्रज अनि आदर्श श्री तारानिधि दाहाल ज्युको असामयिक निधनको खबरले म लगायत बक्लौरीवासीले एक आदर्श व्यक्तित्व गुमाएको दुखद घडीमा शोकाकुल परिवारजनमा भगवानले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने प्रार्थना गर्दै हार्दिक भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं 💐
स्वर्गीय श्री तारानिधि दाहालको पार्थिव शरीरलाई भोलि मिति २०७८ भदौ ३१ गते बिहिवार बिहान १० बजे ईटहरीको पशुपति चोकमा अवस्थित जेठा छोरा श्री गोपाल दाहालको निवासबाट ईटहरीमा अवस्थित बुढीगंगा नदीमा दाहसंस्कार गरिने जानकारी गराउदछौं।।

रामधुनी नगरपालिका वडा नं. ६ को कार्यालयमा वडाध्यक्ष ज्यु, खेलप्रेमी तथा बुद्धिजीवी महानुभावहरुको उपस्थितिमा वडा खेलकुद स...
10/08/2021

रामधुनी नगरपालिका वडा नं. ६ को कार्यालयमा वडाध्यक्ष ज्यु, खेलप्रेमी तथा बुद्धिजीवी महानुभावहरुको उपस्थितिमा वडा खेलकुद समितिका लागि चयन हुनु भएका नवनियुक्त सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 🎉
(१) अध्यक्ष :- श्री हिमाल गुरुङ्ग
(२) उपाध्यक्ष :- श्री संगित भुजेल
(३) सचिव :- श्री रंजित भुजेल
(४) सह-सचिव :- श्री अजित चौधरी
(५) कोषाध्यक्ष :- श्री किशन राई
(६) सदस्य :- श्री सुरज राजधामी
(७) " :- श्री निशान बस्नेत
(८) " :- श्री रोमन राई
(९) " :- श्री अमन राजधामी
सल्लाहकारहरु
(१) श्री रेवतराम गुरुङ्ग
(२) श्री प्रदिप राई
(३) श्री बिकाश गुरुङ्ग
(४) श्री फनिन्द्र तामाङ्ग
(५) श्री सरल कटुवाल
धन्यवाद🙏

बक्लौरी बजारका खेलकुदप्रेमी अादरणिय श्री गणेश राई ज्यु द्वारा बक्लौरी फुटबल टिमलाई हौसला र अागामी दिनमा अझ धेरै सफलता मि...
03/08/2021

बक्लौरी बजारका खेलकुदप्रेमी अादरणिय श्री गणेश राई ज्यु द्वारा बक्लौरी फुटबल टिमलाई हौसला र अागामी दिनमा अझ धेरै सफलता मिलोस भन्ने कामना स्वरुप १८ थान फुटबल जर्सी प्रदान गर्नु भएकोमा वहाँलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छौं साथै यसरी नै सम्पुर्ण संघ-संस्था तथा अादरणिय महानुभावबाट सदैव सुझाव र सहयोगको अपेक्षा राख्दछौ।धन्यवाद 🙏

03/07/2021

अविरल बर्षाको कारण बक्लौरी बजार स्थित सेउती खोलामा अाएको बाढीले कटान गरिरहेको ताजा अवस्था मिति २०७८/३/१९ गते शनिबार बिहान ९:१०।
सचेत भई सतर्क रहौ📣
#सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौ!

बक्लौरी बजार स्थित श्री आदर्श मा. वि. अगाडीको बाटो उच्चस्तरीय कालोपत्रे हुँदै।मिति २०७८ असार ९ गते बुधबार
23/06/2021

बक्लौरी बजार स्थित श्री आदर्श मा. वि. अगाडीको बाटो उच्चस्तरीय कालोपत्रे हुँदै।मिति २०७८ असार ९ गते बुधबार

04/06/2021

जिल्ला प्रशासन कार्यालय सुनसरी द्वारा जारी निषेधाज्ञाको २१अौं दिन पुर्ण पालना साथ हाम्रो बक्लौरी बजार। अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कौ, निस्कनै पर्ने भएमा नाक र मुख राम्रोसँग छोपिने गरि अनिवार्य माक्स 😷 लगाअौं। धन्यवाद ।।

अाज, श्री आदर्श मा. वि. बक्लौरीका अत्यन्तै असल शिक्षिका तथा बक्लौरीका एक असल अभिभावक गुमाएको कालो दिन।हार्दिक भावपुर्ण श...
01/06/2021

अाज, श्री आदर्श मा. वि. बक्लौरीका अत्यन्तै असल शिक्षिका तथा बक्लौरीका एक असल अभिभावक गुमाएको कालो दिन।
हार्दिक भावपुर्ण श्रद्धाञ्जली श्री घना बस्नेत मिस..

रामधुनी - ६, बक्लौरी बजार हुँदै बग्ने सेउती खोलामा तट-बन्धनको लागि ढुँगामा तार जालीको काम ‍भईरहेको जानकारी।
04/05/2021

रामधुनी - ६, बक्लौरी बजार हुँदै बग्ने सेउती खोलामा तट-बन्धनको लागि ढुँगामा तार जालीको काम ‍भईरहेको जानकारी।

29/04/2021

श्री अादर्श मा. वि. बक्लौरीको खेल मैदान..

"बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" अन्तर्गत समापन कार्यक्रममा उपस्थित महानुभावहरुलाई मायाको चिनो र अनुपस्थित ...
27/04/2021

"बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" अन्तर्गत समापन कार्यक्रममा उपस्थित महानुभावहरुलाई मायाको चिनो र अनुपस्थित हुनु भएका महानुभावहरुलाई प्रशंसा - पत्र वितरण गर्दै गरेको क्षणहरु मीठो सम्झना स्वरुप केही तस्बिरहरू ❤️। धन्यवाद ⚽️ 🙏

"बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" अन्तर्गत मायाको चिनो,  प्रशंसा - पत्र, प्रमाण - पत्र, मेडल🏅, ट्रफी 🏆️ र नग...
25/04/2021

"बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" अन्तर्गत मायाको चिनो, प्रशंसा - पत्र, प्रमाण - पत्र, मेडल🏅, ट्रफी 🏆️ र नगद 💵 पुरस्कार वितरण साथै समापन कार्यक्रमका मीठो सम्झना स्वरुप केही तस्बिरहरू ❤️। धन्यवाद ⚽️ 🙏

हिजो मिति २०७८ बैशाख ११ गते शनिवार भएको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" फाइनल खेल अन्तर्गत बक्लौरी फुटबल ट...
25/04/2021

हिजो मिति २०७८ बैशाख ११ गते शनिवार भएको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" फाइनल खेल अन्तर्गत बक्लौरी फुटबल टिम (रातो) विरुद्ध जुडि फुटबल क्लब कुमरखत बिचको अत्यन्तै रोमाञ्चक खेलमा अन्तिम समयमा १ गोल गरेर बराबरी बनाई टाई-ब्रेकरमा प्रथम 🥇🏆️ भई जुडि फुटबल क्लब परिवारले नगद रु. ३००००/- जित्न सफल हुनु भएकोमा धेरै - धेरै बधाई तथा शुभकामना 🎉👏 साथै अत्यन्तै राम्रो खेलका बाबजुद पनि द्वितीय 🥈🏆️ भई बक्लौरी फुटबल टिम (रातो) परिवारले नगद रु. २००००/- जित्न सफल हुनु भएकोमा बधाई तथा अागामी दिनको शुभकामना 🎉👏धन्यवाद ⚽️ 🙏

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भएको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल...
25/04/2021

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भएको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल पार्न अनि प्रोत्साहन स्वरुप अार्थिक सहयोग रु. १००५/- प्रदान गर्नुहुने रामधुनी - ६, बक्लौरीका श्री सुर्य गुरुङ्ग (भोटु) ज्युलाई धेरै - धेरै हार्दिक धन्यवाद 🎉👏⚽️🙏

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भएको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल...
25/04/2021

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भएको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल पार्न अनि प्रोत्साहन स्वरुप अार्थिक सहयोग रु. ५५००/- प्रदान गर्नुहुने रामधुनी - ६, ईचौलका श्री रोहित सुब्बा ज्युलाई धेरै - धेरै हार्दिक धन्यवाद 🎉👏⚽️🙏

"बक्लौरी च्यालेञ्ज फुटबल प्रतियोगिता २०७८" को समापन कार्यक्रम अत्यन्तै भब्य अनि सभ्यको साथमा सम्पन्न भएको केही सम्झना स्...
25/04/2021

"बक्लौरी च्यालेञ्ज फुटबल प्रतियोगिता २०७८" को समापन कार्यक्रम अत्यन्तै भब्य अनि सभ्यको साथमा सम्पन्न भएको केही सम्झना स्वरुप तस्बिरहरू ⚽️🎉🙏

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई ...
23/04/2021

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल पार्न अनि प्रोत्साहन स्वरुप अार्थिक सहयोग रु. २००००/- प्रदान गर्नुहुने रामधुनी - ६, बक्लौरी स्वास्थ्य चौकी नजिकै रहेको अत्याधुनिक घडेरी बिक्रीलाई धेरै - धेरै हार्दिक धन्यवाद 🎉👏⚽️🙏

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई ...
23/04/2021

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल पार्न अनि प्रोत्साहन स्वरुप अार्थिक सहयोग रु. ५०००/- प्रदान गर्नुहुने रामधुनी - ७, बक्लौरीमा अवस्थित श्री गोविन्द अायल ट्रेडर्सलाई धेरै - धेरै हार्दिक धन्यवाद 🎉👏⚽️🙏

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई ...
23/04/2021

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल पार्न अनि प्रोत्साहन स्वरुप अार्थिक सहयोग रु. ५००५/- प्रदान गर्नुहुने रामधुनी - ६, बक्लौरीका श्री सन्दिप कार्कीलाई धेरै - धेरै हार्दिक धन्यवाद 🎉👏⚽️🙏

आज भएको दोश्रो सेमिफाइनल खेल अन्तर्गत बक्लौरी फुटबल टिम (रातो) विरुद्ध रामधुनी युथ क्लब झुम्काको अत्यन्तै रोमाञ्चक खेलमा...
22/04/2021

आज भएको दोश्रो सेमिफाइनल खेल अन्तर्गत बक्लौरी फुटबल टिम (रातो) विरुद्ध रामधुनी युथ क्लब झुम्काको अत्यन्तै रोमाञ्चक खेलमा टाई-ब्रेकरमा ५-४ ले बिजय हुन सफल बक्लौरी फुटबल टिम (रातो)लाई धेरै - धेरै बधाई तथा शुभकामना 🎉👏 र भोलि हुने मैत्रीपुर्ण खेल बक्लौरी युवा समुह र गोल्डेन बृज कलेजका बिच हुन गईरहेको सहर्ष जानकारी गराउन चाहन्छौं। धन्यवाद ⚽️ 🙏

बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८ लाई हौसलाका साथ सफल बनाउन फेरि अार्थिक नगद स्वरुप रु.२०००/- थप गर्नु हुने श्...
21/04/2021

बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८ लाई हौसलाका साथ सफल बनाउन फेरि अार्थिक नगद स्वरुप रु.२०००/- थप गर्नु हुने श्री प्रदिप ढकाल (पुष्कर) ज्युलाई धेरै - धेरै धन्यवाद 🎉👏⚽️🙏

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि हुन गईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल पार्नको लागि अार्थिक सहयोग स्वरुप रु. ११००/- प्रदान गर्नुहुने रामधुनी - ६, बक्लौरीका श्री प्रदिप ढकाल (पुष्कर) ज्युलाई धेरै - धेरै धन्यवाद 🎉👏⚽️🙏

आज भएको पहिलो सेमिफाइनल खेल अन्तर्गत बक्लौरी फुटबल टिम (निलो) विरुद्ध जुडि फुटबल क्लब कुखरखतको अत्यन्तै रोमाञ्चक खेलमा ०...
21/04/2021

आज भएको पहिलो सेमिफाइनल खेल अन्तर्गत बक्लौरी फुटबल टिम (निलो) विरुद्ध जुडि फुटबल क्लब कुखरखतको अत्यन्तै रोमाञ्चक खेलमा ०-२ ले बिजय हुन सफल जुडि फुटबल क्लबलाई धेरै - धेरै बधाई तथा शुभकामना 🎉👏 र भोलि हुने दोश्रो सेमिफाइनल खेल बक्लौरी फुटबल टिम (रातो) विरुद्ध रामधुनी युथ क्लब झुम्काका बिच हुन गईरहेको सहर्ष जानकारी गराउन चाहन्छौं। धन्यवाद ⚽️ 🙏

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई ...
21/04/2021

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल पार्न अनि प्रोत्साहन स्वरुप अार्थिक सहयोग रु. २५००/- प्रदान गर्नुहुने रामधुनी - ६, सरौनामा अवस्थित श्री पंचलक्ष्मी ईट्टा उद्योगलाई धेरै - धेरै हार्दिक धन्यवाद 🎉👏⚽️🙏

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई ...
20/04/2021

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल पार्न अनि प्रोत्साहन स्वरुप अार्थिक सहयोग रु.१५००/- प्रदान गर्नुहुने रामधुनी - ६, मैनीका श्री चुडामणी खतिवडाज्युलाई धेरै - धेरै हार्दिक धन्यवाद 🎉👏⚽️🙏

आज भएको रामधुनी युवा क्लब विरुद्ध बराहक्षेत्र फुटबल क्लबको अत्यन्तै रोमाञ्चक खेलमा २-० ले बिजय हुन सफल रामधुनी युवा क्लब...
20/04/2021

आज भएको रामधुनी युवा क्लब विरुद्ध बराहक्षेत्र फुटबल क्लबको अत्यन्तै रोमाञ्चक खेलमा २-० ले बिजय हुन सफल रामधुनी युवा क्लबलाई धेरै - धेरै बधाई 🎉👏 र भोलि हुने पहिलो सेमिफाइनल खेल बक्लौरी फुटबल टिम (निलो) विरुद्ध जुडि फुटबल क्लब कुमरखतका बिच हुन गईरहेको सहर्ष जानकारी गराउन चाहन्छौं। धन्यवाद ⚽️ 🙏

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई ...
20/04/2021

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल पार्न अनि प्रोत्साहन स्वरुप अार्थिक सहयोग रु.५००५/- प्रदान गर्नुहुने रामधुनी - ६, बक्लौरीका श्री दयाराम चौधरीज्युलाई धेरै - धेरै हार्दिक धन्यवाद 🎉👏⚽️🙏

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" मा भ...
20/04/2021

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" मा भएको खेलहरु मध्ये जुडि फुटबल टिम कुमरखत, बक्लौरी फुटबल टिम (रातो), बक्लौरी फुटबल टिम (निलो) र अाज बैशाख ०७ गते हुने प्रतिस्पर्धाको विजयी टिम सेमिफाइनल प्रवेश गर्ने जानकारी गराउदछौ। धन्यवाद 🎉👏⚽️🙏

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई ...
20/04/2021

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल पार्न अनि प्रोत्साहन स्वरुप अार्थिक सहयोग रु.११०५/- प्रदान गर्नुहुने रामधुनी - ६, बक्लौरीका श्री सुबाश शाहज्युलाई धेरै - धेरै हार्दिक धन्यवाद 🎉👏⚽️🙏

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई ...
20/04/2021

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल पार्न अनि प्रोत्साहन स्वरुप अार्थिक सहयोग रु. ११००/- प्रदान गर्नुहुने रामधुनी - ६, बक्लौरीका श्री जितेन्द्र साहज्युलाई धेरै - धेरै हार्दिक धन्यवाद 🎉👏⚽️🙏

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई ...
20/04/2021

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल पार्न अनि प्रोत्साहन स्वरुप अार्थिक सहयोग रु. २५००/- प्रदान गर्नुहुने रामधुनी - ६, बक्लौरीमा अवस्थित श्री साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष र कर्मचारीलाई धेरै - धेरै हार्दिक धन्यवाद 🎉👏⚽️🙏

आज भएको बक्लौरी फुटबल टिम (निलो) विरुद्ध न्यु स्टार फुटबल क्लब ईटहरी - १७ को अत्यन्तै रोमाञ्चक खेल ट्राईबेकरमा ४ - ३ ले ...
19/04/2021

आज भएको बक्लौरी फुटबल टिम (निलो) विरुद्ध न्यु स्टार फुटबल क्लब ईटहरी - १७ को अत्यन्तै रोमाञ्चक खेल ट्राईबेकरमा ४ - ३ ले बिजय हुन सफल बक्लौरी फुटबल टिम (निलो) लाई धेरै - धेरै बधाई 🎉👏 र भोलि बराहक्षेत्र फुटबल क्लब चतरा विरुद्ध रामधुनी युथ क्लब झुम्काका बिच हुन गईरहेको जानकारी गराउन चाहन्छौं धन्यवाद 🙏

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई ...
19/04/2021

नयाँ सालको उपलक्ष्यमा २०७८ साल बैशाख ०४ गते शनिबारदेखि संचालन भईरहेको "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" लाई सफल पार्नको लागि अार्थिक सहयोग स्वरुप रु. ५१००/- प्रदान गर्नुहुने रामधुनी - ६, बक्लौरीमा अवस्थित श्री अादर्श माध्यमिक विद्यालय परिवारलाई धेरै - धेरै हार्दिक धन्यवाद 🎉👏⚽️🙏

अाज मिति २०७८ साल बैशाख ०५ "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" मा बक्लौरी फुटबल टिम विरुद्ध शान्ति दिप युथ क्ल...
18/04/2021

अाज मिति २०७८ साल बैशाख ०५ "बक्लौरी च्यालेञ्ज कप फुटबल प्रतियोगिता २०७८" मा बक्लौरी फुटबल टिम विरुद्ध शान्ति दिप युथ क्लव ईनरुवा बिच भएको अत्यन्तै रोमान्चक खेलमा बक्लौरी फुटबल टिम ३-१ ले बिजय भएको जानकारी गराउन चाहन्छु बिजयी टिमलाई धेरै - धेरै बधाई 👏 र मिति २०७८ बैशाख ०६ गतेको खेल बक्लौरी फुटबल टिम निलो विरुद्ध न्यु स्टार फुटबल क्लव ईटहरी - १७ बिच हुने छ। धन्यवाद ⚽️🙏

Address

Baklauri

Website

Alerts

Be the first to know and let us send you an email when Baklauri Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share