Kantipur Ghatana National Online Daily Newspaper

  • Home
  • Kantipur Ghatana National Online Daily Newspaper

Kantipur Ghatana National Online Daily Newspaper Kantipur Ghatana Is Naitonal Online Daily Newspaper

सत्तारुढ गठबन्धनका प्रमुख दल नेकपा मालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण...
04/02/2023

सत्तारुढ गठबन्धनका प्रमुख दल नेकपा मालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको २ दिनको समयसीमा आज सकिँदैछ । शनिबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटार पुगेका थिए । गृह मन्त्रालय पाउन अडानमा रहेका रास्वपाले आजसम्म कुर्ने निर्णय गरेको छ ।...

सत्तारुढ गठबन्धनका प्रमुख दल नेकपा मालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् माओवादी नेता पुष्पकमल दा.....

राष्ट्रिय स्तरको Lunar Habitat Challenge मा ब्रेन ल्याण्ड एकेडेमी, उत्कृष्ट बजेट विधामा पुरस्कृत भएको छ । Beyond Apogee ...
04/02/2023

राष्ट्रिय स्तरको Lunar Habitat Challenge मा ब्रेन ल्याण्ड एकेडेमी, उत्कृष्ट बजेट विधामा पुरस्कृत भएको छ । Beyond Apogee को समन्वयमा बि पि कोइराला मेमोरियल प्लानेटेरियमले उक्त राष्ट्रिय स्तरको STEAM डिजाइन प्रतियोगिता आयोजना गरेको हो । विजयी टिममा अनुप थापा, आयुष राज, रक्षा मल्ल र एलिशा श्रेष्ठ थिए भने मेन्टरमा प्रयाश दाहाल थिए ।

राष्ट्रिय स्तरको Lunar Habitat Challenge मा ब्रेन ल्याण्ड एकेडेमी, उत्कृष्ट बजेट विधामा पुरस्कृत भएको छ ।

राष्ट्रिय सेवा दल (एनसीसी)मा आवद्ध ब्रेन ल्याण्ड एकेडेमीका विद्यार्थीहरुको बिदाई गरिएको छ । एनसीसी तालिम प्राप्त विद्यार...
07/01/2023

राष्ट्रिय सेवा दल (एनसीसी)मा आवद्ध ब्रेन ल्याण्ड एकेडेमीका विद्यार्थीहरुको बिदाई गरिएको छ । एनसीसी तालिम प्राप्त विद्यार्थी नेपाली सेनाको बर्दिबास तालिम शिक्षालयमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको उप- प्रधानाध्यापक प्रशान्त दाहालले जानकारी दिनुभयो । एनसीसी टोली बर्दिबासमा १६ दिनसम्म रहने जनाइएको छ । बुढानिलकण्ठ नागरपालिकाका मेयर मिठाराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बिदाई कार्यक्रममा विद्यार्थीले विभिन्न किसिमका फौजी कवाज तथा साँगीतिक नृत्य प्रस्तुत गरेका थिए । ब्रेन ल्याण्ड एकेडेमीका १८-१८ जना छात्रछात्रालाई नेपाली सेनाका राजन श्रेष्ठ नेतृत्वको टोलीले तीन महिने तालिम दिएको थियो ।...

राष्ट्रिय सेवा दल (एनसीसी)मा आवद्ध ब्रेन ल्याण्ड एकेडेमीका विद्यार्थीहरुको बिदाई गरिएको छ ।

दुई आत्मघाती गोलले लिभरपुलले जित हात पारे | Liverpool won with two sucide goals from Leicester
31/12/2022

दुई आत्मघाती गोलले लिभरपुलले जित हात पारे | Liverpool won with two sucide goals from Leicester

वाउट फिजको दुई आत्मघाती गोलको मद्दतमा लिभरपुलले शुक्रबार राति इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २–१ ले पराज.....

Harvey Barnes of Leicester City shoots at Alisson of Liverpool during the Premier League match between Liverpool FC and ...
31/12/2022

Harvey Barnes of Leicester City shoots at Alisson of Liverpool during the Premier League match between Liverpool FC and Leicester City at Anfield on December 30, 2022 in Liverpool, United Kingdom. (Getty Images) वाउट फिजको दुई आत्मघाती गोलको मद्दतमा लिभरपुलले शुक्रबार राति इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २–१ ले पराजित गरेको छ । एनफिल्डमा भएको खेलको चौथो मिनेटमा डाउसबरी हलले गोल गर्दै लेस्टरले अग्रता लिएको थियो ।...

वाउट फिजको दुई आत्मघाती गोलको मद्दतमा लिभरपुलले शुक्रबार राति इङ्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २–१ ले पराज.....

मेन्चियम हाइड्रोपावरको उत्पादन सुरु
31/12/2022

मेन्चियम हाइड्रोपावरको उत्पादन सुरु

संखुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्चियम जलविद्युत (चार दशमलव ७२ मेगावाट) ले विद्युत उत्पादन सुरु गरेको छ ...

संखुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्चियम जलविद्युत (चार दशमलव ७२ मेगावाट) ले विद्युत उत्पादन सुरु गरेको छ । पूर्वर...
31/12/2022

संखुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्चियम जलविद्युत (चार दशमलव ७२ मेगावाट) ले विद्युत उत्पादन सुरु गरेको छ । पूर्वराज्यमन्त्री दीपक खड्काको पहलमा संखुवासभाको चैनपुर नगरपालिकाको पिलुवाखोलामा रु एक अर्ब ३१ करोडको लगानीमा निर्माण भएको जलविद्युतले विद्युत् उत्पादन सुरु गरेको छ । उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जलविद्युत्का अध्यक्ष खड्का र उद्योगपति विनोद चौधरीले पुस १३ गते संखुवासभामा आयोजनाको उद्घाटन गरेका थिए ।...

संखुवासभाको पिलुवाखोलामा निर्माण भएको मेन्चियम जलविद्युत (चार दशमलव ७२ मेगावाट) ले विद्युत उत्पादन सुरु गरेको छ ...

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच बालुवाटारमा भेटवार्ता
31/12/2022

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन् । शनिबार बिहान उ....

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन् । शनिबार बिहान उनी प्रचण्डस...
31/12/2022

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन् । शनिबार बिहान उनी प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेबीच समसामयिक विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्री लामिछानेले सिंहदरबारसम्म सहज पहुँच कसरी दिने भन्ने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सरकारको नीति तथा कार्यक्रम र भावी रणनीतिबारे छलफल गरेका थिए । उनीहरुबीच शक्ति बाँडफाँड र मन्त्रालय बाँडफाँडका विषयमा पनि छलफल भएको छ ।...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न गृहमन्त्री रवि लामिछाने बालुवाटार पुगेका छन् । शनिबार बिहान उ....

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको सहयोगको दायरा बढाउने विषयमा मात्रै छलफल भएको बताएका छन् । एकीकृत समाजवा...
30/12/2022

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको सहयोगको दायरा बढाउने विषयमा मात्रै छलफल भएको बताएका छन् । एकीकृत समाजवादीलाई निशाना बनाउँदै उनले बाहिर भइरहेका छलफलहरु अड्कलबाजी, बढाइचढाइ र हल्ला मात्रै भएको प्रष्ट पारेका छन् । जारी छलफल सरकारी सहयोगको दायरा विस्तार गर्नमा मात्र सीमित छ । त्योभन्दा माथि छलफल भनेको अनुमान, बढाइचढाइ र हल्ला मात्र हो,’ ज्ञवालीले भने । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ समीकरणले सरकार गठनसँगै नयाँ राजनीतिक समीकरणको चर्चा सुरु भएको छ । नेताहरु कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउने गृहकार्यमा जुटेका छन् ।...

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको सहयोगको दायरा बढाउने विषयमा मात्रै छलफल भएको बताएका छन् । एकी.....

महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधि बढ्दै गएको छ । एक तथ्यांकअनुसार २०७८ मा ४० जनाको बलात्कार, बलात्कार प्रयास र यौन ...
27/12/2022

महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधि बढ्दै गएको छ । एक तथ्यांकअनुसार २०७८ मा ४० जनाको बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारमा र १० जनाको मृत्यु भएको तथ्यांक सार्वनजिक भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) महोत्तरीले सोमबार महोत्तरीको जलेश्वरमा आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२३ को प्रकाशनअघि वार्षिक समीक्षा कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो । इन्सेक महोत्तरीका जिल्ला प्रतिनिधि अजयकुमार साहले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म जिल्लाभरका रेकर्ड भएका घटनाहरू प्रस्तुत गरेका थिए । सार्वजनिक तथ्याङ्कअनुसार परिवार र व्यक्तिबाट १० जनाको हत्या, जबरजस्ती करणी र यौन दुव्र्यवहारका ४०, मानव बेचबिखन तथा वेश्यावृत्तिका १, बहुविवाहका १३, बालविवाहका १ वटा घटना र प्रहरीको गोली प्रहारबाट दुईजना घाइतेलगायत ६४ घटना घटेका छन्।...

महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधि बढ्दै गएको छ । एक तथ्यांकअनुसार २०७८ मा ४० जनाको बलात्कार, बलात्कार प्रया...

'प्रथम SAAT अन्तर विद्यालय नृत्य प्रतियोगिता' को उपाधी पिक पोइन्ट एकेडेमीले हात पारेका छन् । स्कुल अलाइन्स फर एकेडेमिक ट...
18/12/2022

'प्रथम SAAT अन्तर विद्यालय नृत्य प्रतियोगिता' को उपाधी पिक पोइन्ट एकेडेमीले हात पारेका छन् । स्कुल अलाइन्स फर एकेडेमिक टान्सफरमेसन (स्याट) को बार्षिक कार्यक्रम अनुसार पिक प्वाइन्ट पब्लिक स्कूलले पौष २ गते 'प्रथम SAAT अन्तर विद्यालय नृत्य प्रतियोगिता' आयोजना गरेको थियो । डा. डि. आर. उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न उक्त प्रतियोगितामा विभिन्न स्कूलका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।...

'प्रथम SAAT अन्तर विद्यालय नृत्य प्रतियोगिता' को उपाधी पिक पोइन्ट एकेडेमीले हात पारेका छन् ।

आगामी शनिबार पौष २ गते 'प्रथम SAAT अन्तर विद्यालय नृत्य प्रतियोगिता' हुने भएको छ । स्कुल अलाइन्स फर एकेडेमिक टान्सफरमेसन...
14/12/2022

आगामी शनिबार पौष २ गते 'प्रथम SAAT अन्तर विद्यालय नृत्य प्रतियोगिता' हुने भएको छ । स्कुल अलाइन्स फर एकेडेमिक टान्सफरमेसन (स्याट) को बार्षिक कार्यक्रम अनुसार पिक प्वाइन्ट पब्लिक स्कूलले 'प्रथम SAAT अन्तर विद्यालय नृत्य प्रतियोगिता' आयोजना गरेको हो । उक्त प्रतियोगितामा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले सहभागिता जनाउने छ । SAAT का अध्यक्ष इ. विनय श्रेष्ठले, प्रतियोगितामा १४ विद्यालय सहभागी हुने जानकारी दिनुभायो । "प्राय जसो नृत्य प्रतियोगितामा SENIOR कक्षा ८ र ९ का विद्यार्थीहरुको मात्र सहभागिता हुँदै आएको छ । जसको कारण साना कक्षा (कक्षा १ देखि ५) का विद्यार्थीहरुको प्रतिभा ओझेलमा पर्न सक्ने भएकोले विलकुलै पहिलो पटक SAAT ले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुको लागि यस नृत्य प्रतियोगिता आयोजना गरेका हौँ ", …...

आगामी शनिबार पौष २ गते 'प्रथम SAAT अन्तर विद्यालय नृत्य प्रतियोगिता' हुने भएको छ ।

ग्रेडिङ पश्चात ब्रेन ल्याण्ड एकेडेमीमा लिएको तस्बिर आधारशिला स्कूल तथा ब्रेन ल्याण्ड एकेडेमीमा सम्पन्न भएको जुनियर तेक्व...
28/11/2022

ग्रेडिङ पश्चात ब्रेन ल्याण्ड एकेडेमीमा लिएको तस्बिर आधारशिला स्कूल तथा ब्रेन ल्याण्ड एकेडेमीमा सम्पन्न भएको जुनियर तेक्वान्दो ग्रेडिङको नतिजा प्रकाशित भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार आधारशिला स्कूल र ब्रेन ल्याण्ड एकेडेमीले मङ्सिर ३ गते ग्रेडिङ लिएको हो । शनिबार आयोजित कार्यक्रममा नेपाल तेक्वान्दो संघ, काठमाडौं जिल्ला कार्य समितिका सचिव गणेश तामाङले ग्रेडिङ लिएका थिए । उक्त कार्यक्रममा सहायक प्रशिक्षक रिकेश आचार्य, सिनियर खेलाडीहरु पारस मगर, करिश गुरुङ्, केशाङ् गुरुङ्, सोफिया राई र सुसान्त राईको पनि उपस्थिति रहेको थियो ।...

आधारशिला स्कूल तथा ब्रेन ल्याण्ड एकेडेमीमा सम्पन्न भएको जुनियर तेक्वान्दो ग्रेडिङको नतिजा प्रकाशित भएको छ ।

Election Update 2079 Live
21/11/2022

Election Update 2079 Live

Kantipur Ghatana is National Online news that provides hot new and news about entertainment, sports, world, video, technology, health and various categories.

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा आज एक सय ७ वर्षीय वृद्धले मतदान गरेका छन् । राष्ट्रिय माविको ...
20/11/2022

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा आज एक सय ७ वर्षीय वृद्धले मतदान गरेका छन् । राष्ट्रिय माविको ९ के० मतदान केन्द्रबाट मालिका गाउँपालिका–२ कक्षकी जसमणि कामीले मतदान गरेको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिए । म्याग्दीका १२० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई निर्वाचन क्षेत्र छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत म्याग्दीमा आज एक सय ७ वर्षीय वृद्धले मतदान गरेका छन् ।

भोट हाल्न लाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्नमावी मतदान केन्द्रमा लाइनम...
20/11/2022

भोट हाल्न लाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका–८ स्थित रत्नमावी मतदान केन्द्रमा लाइनमा उभिरहेका ८८ वर्षीय योङहाङ दीप लिम्बुको मृत्यु भएको हो । प्रमुख निर्वाचन अधिकृत प्रमेश पोखरेलका अनुसार लिम्बुको शव आफन्तलाई बुझाइएको छ ।

भोट हाल्न लाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्या मावी कुभिन्दे मतदान केन्द्रमा झडप भएको छ । निवर्तमान सभामुख अग्नि सापकोटाले केही समयअ...
20/11/2022

सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्या मावी कुभिन्दे मतदान केन्द्रमा झडप भएको छ । निवर्तमान सभामुख अग्नि सापकोटाले केही समयअघि यही केन्द्रबाट मतदान गरेका थिए । एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको थियो । एमाले कार्यकर्ताले माओवादीले अवरोध खडा गरेर एक्लो पार्न खोजेको भन्दै विरोध गरेका छन् । तत्काल सुरक्षाकर्मी तैनाथ भएसँगै अहिले स्थिति नियन्त्रणमा आएको र मतदान जारी रहेको निर्वाचन कर्मचारीले जानकारी दिए । यो गठबन्धनका उम्मेदवार माधव सापकोटाको मतदान केन्द्र पनि हो ।

सिन्धुपाल्चोकको सेतीदेवी पञ्चकन्या मावी कुभिन्दे मतदान केन्द्रमा झडप भएको छ ।

निर्वाचन आयोगले बिहानैदेखि मतदान गर्न आह्वान गरे पनि मतदान केन्द्र सुनसान देखिएका छन् । स्थानीय तहको निर्वाचनमा बिहानैदे...
20/11/2022

निर्वाचन आयोगले बिहानैदेखि मतदान गर्न आह्वान गरे पनि मतदान केन्द्र सुनसान देखिएका छन् । स्थानीय तहको निर्वाचनमा बिहानैदेखि मतदान केन्द्रमा भीड लागे पनि यसपटक मतदाता आएनन् । निर्वाचन आयोगले साँझ ५ बजे नै रात पर्ने भन्दै बिहान ७ बजेदेखि मतदान गर्न आह्वान गरेको हो । बिहानैदेखि मतदातालाई मतदानका लागि ल्याउन पनि दलहरुलाई आग्रह गरिएको छ । चिसोका कारण बिहानै मतदाता कम परेको हुन सक्ने प्रदेश निर्वाचन अधिकृत लेवानकश्यप अधिकारीले बताए ।

निर्वाचन आयोगले बिहानैदेखि मतदान गर्न आह्वान गरे पनि मतदान केन्द्र सुनसान देखिएका छन् ।

काभ्रेमा एक सय ५ वर्षीया महिलाले मतदान गरेकी छन् । कुनै पनि निर्वाचनमा मतदान गर्न नछुट्ने पुण्यमाता काफ्लेले नातिको सहार...
20/11/2022

काभ्रेमा एक सय ५ वर्षीया महिलाले मतदान गरेकी छन् । कुनै पनि निर्वाचनमा मतदान गर्न नछुट्ने पुण्यमाता काफ्लेले नातिको सहारामा मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् । पुण्यमातालाई उनका नाति कमल काफ्लेले चौरी देउराली ३ मजिफेडाको बुद्ध हिमालय मावीमा लगेका थिए । भोट दिएपछि उनले आफ्नो मतको सदुपयोग हुने विश्वास व्यक्त गरेकी छन् । पुण्यमाताले भनिन्, ‘हामीले भोट दिएका नेताले राम्रो काम गरून् । देश बिकास होस।...

काभ्रेमा एक सय ५ वर्षीया महिलाले मतदान गरेकी छन् ।

बर्दियाको क्षेत्र नं १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा बम विष्फोट भएपछि मतदान रोकिएको ...
20/11/2022

बर्दियाको क्षेत्र नं १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा बम विष्फोट भएपछि मतदान रोकिएको छ । मतदान सुरु भएको केही बेरमै विद्यालयको छतमा राखिएको बम विस्फोट भएको थियो । मतदान केन्द्र रहेको विद्यालय भवनमा विष्फोट भएपछि मतदाताहरु भागेका थिए । एकजना वृद्ध दौडिएर लडे । अन्य क्षति भने भएको छैन । उक्त क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । स्थानीय प्रशासनले समन्वय गरिरहेको छ ।

बर्दियाको क्षेत्र नं १ स्थित गुलेरिया २ को नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्रमा बम विष्फोट भएपछि मतदान ...

मुगुका ६ मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार खत्याड गाउँपा...
20/11/2022

मुगुका ६ मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार खत्याड गाउँपालिकाका ६ मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो । नेपाली सेनाको टोलीले मतदान सुरु हुनुअघि नै शंकास्पद वस्तुलाई डिस्पोज गरिसकेको छ । अहिले मतदान भइरहेको छ ।

मुगुका ६ मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार खत्य....

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनमा मतदान बिथोल्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको थियो । चितवन क्ष...
20/11/2022

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनमा मतदान बिथोल्ने प्रयास गरेपछि प्रहरीले हवाई फायर गरेको थियो । चितवन क्षेत्र नं १ मा विप्लव नेकपाले मतपेटिका जलाउन खोज्दा प्रहरीले हवाई फायर गरेको छ । राप्ती नगरपालिका–८ स्थित ब्रह्मस्थान राष्ट्रिय आधारभूत विद्यालयको ‘ख’ मतदान केन्द्रमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मतपेटिकामा आगजनी गरेका छन् । चितवनका डीएसपी सुदन आचार्यका अनुसार ‘ख’ मतदान केन्द्रको चारवटा मतपेटिकामध्ये एउटामा आगजनी भएको छ ।...

उनीहरु १०/१२ जनाको समूहमा आएर एउटा मतपेटिका जलाएर भागेका थिए । उनीहरु पर्खाल पार गरेर भागेका छन् ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद बनेपछि पार्टीभित्रै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् । क...
20/11/2022

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद बनेपछि पार्टीभित्रै संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन् । काठमाडौंको मैतीदेवीमा मतदान गरेपछि प्रतिक्रिया दिँदै थापाले अहिलेको मत परिणामले सांसद मात्रै नभई नेपालमा को निर्वाचित हुने भन्ने पनि निर्धारण गर्ने र त्यसको तयारी गर्ने बताए । उनले संसदीय प्रणालीमा ठूला परिवर्तन ल्याउन मूलधारका राजनीतिक दलहरू पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनपछि आउने सरकारले दिनरात काम गरे अप्ठ्यारो नहुने तर विगतलाई निरन्तरता दिएमा समस्या आउन सक्ने बताए । उनले परिवर्तनका लागि जनताको आकांक्षा पूरा गर्ने प्रतिबद्धतालाई कार्यान्वयन गर्ने धारणा राखे ।

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सांसद बनेपछि पार्टीभित्रै संसदीय दलको निर्वाचनको तयारी गर्ने बत.....

सिरहाको कर्जन्हा नगरपालिका–६ स्थित जनता मावि बधरामल बुथमा गोली प्रहार भएको छ । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीक...
20/11/2022

सिरहाको कर्जन्हा नगरपालिका–६ स्थित जनता मावि बधरामल बुथमा गोली प्रहार भएको छ । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी पार्टी)का कार्यकर्ताबीच मतपेटिका तोडफोड हुन थालेपछि प्रहरीले ३ राउण्ड फायर गरेको छ । स्थिति नियन्त्रणमा लिन फायरिङ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सुवास बुढाथोकीले बताए । मतपेटिकाका कारण केही तनाव भएको मतदान केन्द्रमा समस्या समाधान भएपछि मतदान सुरु भएको हो ।

सिरहाको कर्जन्हा नगरपालिका–६ स्थित जनता मावि बधरामल बुथमा गोली प्रहार भएको छ ।

वाग्मती सभ्यता सर्वाधिकार सम्पन्न समितिले काठमाडौंको वाग्मती किनारमा बसोबास गर्ने सुकुम्बासीको बस्ती खाली गर्न सूचना दिए...
17/11/2022

वाग्मती सभ्यता सर्वाधिकार सम्पन्न समितिले काठमाडौंको वाग्मती किनारमा बसोबास गर्ने सुकुम्बासीको बस्ती खाली गर्न सूचना दिएपछि प्रदर्शन भएको हो । समितिले १० दिनभित्र बस्ती हटाउन सूचना जारी गरेको थियो । सुकुम्बासी बस्तीका बासिन्दाले उठिबास लगाउन लागेको भन्दै आन्दोलन सुरु गरेका हुन् । उनीहरु बिहीबार दिउँसो १२ बजे माइतीघर मण्डलमा भेला भएका हुन् । त्यहाँबाट बानेश्वरतर्फ लागे । आन्दोलनलाई नागरिक समाजले पनि साथ दिएको छ । आन्दोलनमा ५ हजारभन्दा बढी सुकुम्बासी सहभागी भएको अभियानकर्ताहरुले बताएका छन् ।

वाग्मती सभ्यता सर्वाधिकार सम्पन्न समितिले काठमाडौंको वाग्मती किनारमा बसोबास गर्ने सुकुम्बासीको बस्ती खाली गर.....

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको भविष्य शेरबहादुर देउवाको हातमा छोड्ने कि आफ्नो हात...
17/11/2022

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको भविष्य शेरबहादुर देउवाको हातमा छोड्ने कि आफ्नो हातमा भन्ने प्रश्न गरेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई भिडियो सन्देशमार्फत ओलीले आगामी ५ वर्षको लागि देशको भविष्य कसलाई दिने भन्ने प्रष्ट निर्णय गर्ने समय आएको बताएका छन् । अध्यक्ष ओलीले भोट हाल्नुअघि आफ्नो र छोराछोरीको भविष्य सम्झन पनि आग्रह गरेका छन् । ओलीले भने– अब स्पष्ट निर्णय लिने बेला आएको छ । अबको ५ वर्षमा देशको भविष्य शेरबहादुर देउवालाई सुम्पिन्छ कि मेरो हातमा । त्यसैले भोट गर्नुअघि दुईवटा भविष्य सम्झनुहोस्, पहिलो आफ्नो भविष्य र दोस्रो आफ्नो बालबालिकाको भविष्य।...

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको भविष्य शेरबहादुर देउवाको हातमा छोड्ने कि ....

Img Src: Getty Images कतार विश्वकपमा अर्जेन्टिना सबैभन्दा पुरानो टोली हो। टोलीमा खेलाडीको उमेरका हिसाबले अर्जेन्टिना सबै...
17/11/2022

Img Src: Getty Images कतार विश्वकपमा अर्जेन्टिना सबैभन्दा पुरानो टोली हो। टोलीमा खेलाडीको उमेरका हिसाबले अर्जेन्टिना सबैभन्दा पुरानो टोली हो। अर्जेन्टिनाको टोलीमा रहेका २६ खेलाडीको औसत उमेर २७.७ वर्ष रहेको छ । टोलीमा कप्तान लियोनल मेस्सी र तीनै जना गोलकिपरसहित नौ खेलाडी कम्तिमा ३० वर्षका छन् । २१ वर्षीय मिडफिल्डर एन्जो फर्नान्डेज सबैभन्दा कान्छो खेलाडी हुन्। ६ खेलाडी २४ वर्षका छन् । २२ र २३ वर्षका खेलाडी पनि एक–एक खेलाडी छन् ।...

कतार विश्वकपमा अर्जेन्टिना सबैभन्दा पुरानो टोली हो। टोलीमा खेलाडीको उमेरका हिसाबले अर्जेन्टिना सबैभन्दा पुरा.....

Address

Kathmandu

44600

Alerts

Be the first to know and let us send you an email when Kantipur Ghatana National Online Daily Newspaper posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share