हामिकहाँ गाईवस्तुको मल प्रयोगको प्रभावकारीता घट्दै गहिरहेको छ । लोकल गाईवस्तु विस्तापित हुँदै छन् भने गाईवस्तुको खानेकुराहरु पनि परिवर्तन भएको छ । जसको कारण गाईवस्तुको मलमा पर्याप्त जिवाणुहरु छैनन् । मल भण्डारण तथा कम्पोष्ट गर्ने चलन छैन जसले गर्दा मलले सोचेको परिणाम दिन सकेको छैन । मललाई छिटो कुहाउन, यसमा असल जिवाणुहरुको प्रवेश गराउन र यसको प्रभावकारिता बढाउन एक उपाय हो घनजिवाम्रित । यसका धेरै विधि छन् , हामिलाई लागेको एक सरल विधिबाट घनजिवाम्रित बनाउन गहिरहेका छौँ ।
भर्मिवास, प्रांगारिक कृषि उत्पादन प्रणालीमा एक सहज र अत्यावश्यक तरल पदार्थ हो । जसको सरल निर्माण विधि तलको भिडियोमा विस्तृत रुपमा उल्लेख गरिएको छ ।
अन्नपूर्ण गाँउपालीकाले सुरू गर्याे अन्नपूर्ण कृषि उपज संकलन तथा विक्रि केन्द्र, किसानकाे उत्पादनले उचित मूल्य पाउने ।
खाद्यका लागि कृषि अभियानले चितवन महाेत्सवमा प्रदर्शनी र गाेष्ठी मार्फत पर्यावरणीय कृषिकाे पैरवी गरेकाे छ ।
लप्सिको अचार निर्माणको भिडियो
सम्पूर्णमा नमस्कार,
हामी उब्जनी पर्माकल्चर फार्म निर्माण गर्ने क्रममा छाैँ । बनेपा नगरपालिका वडा नं. १२ मा फार्म निर्माणकाे तयारि हुँदै छ । फार्म र कृषि उद्यमशिलतालाई सँगै लैजानु पर्छ भन्ने हाम्राे ठम्याइ रह्याे र ठुलाे मेसिन नचाईने उद्यम गराैँ भन्ने साेच आयाे । ओखलढुंगामा लप्सी थियाे, लप्सी झारेर ममि बाबाले ल्याउनु भयाे , सबै परिवार मिलेर लप्सिकाे अचार बनायाैँ । यस्ता उत्पादन बिक्रि गरेर, हामिले उब्जनी पर्माकल्चल फार्म निर्माणलाई गति दिन चाहेका छाैँ । कुल ताैल ६०० ग्राम छ, अचार मात्रकाे ताैल ४०० ग्राम छ । निर्माण प्रकृया भिडियाेमा राखेका छाैँ । मूल्य रू ३०० (तीन सय ) कायम गरेका छाैँ। इच्छा भएमा कृपया हाम्राे उत्पादन खरिद गरेर हाम्राे फार्म निर्माणकाे यात्रालाई सघाईदिनु हाेला । धन्यवाद ।
सम्पर्कको लागि दीपेश नेपाल ९८६०५६७०८२ प्रदीप नेपाल ९८४३३९
अजरबैजानमा भैरहेकाे काेप २९ मा राष्ट्रपति रामचन्द्र पाैडेलले गर्नुभएकाे संवाेधन
भुटेकाे मकै हैन पपकर्न
माेहि र सर्वत हैन काेल्ड ड्रिङ्स
सातु र राेटि हैन नुडल्स
आफ्नै बारिमा फलेकाे
आफ्नै खेतमा उम्रेकाे
चाँहिदैन , चाँहिदैन
खाँईदैन, खाँईदैन
अण्डाकाे पनि ब्रान्ड छ
चामलकाे पनि ब्रान्ड छ
ब्रान्डेड खाेजिखाेजि खान्छ
आफ्नै बारिमा फलेकाे
आफ्नै खेतमा उम्रेकाे
चाँहिदैन , चाँहिदैन
खाँईदैन, खाँईदैन
हामी आधुनिक हामी विकासे
हामिलाई हाम्राे माटाे...... चाँहिदैन ।।।।
साभार : शिल्पि कला समूह (नाटक सट्टापट्टाकाे अंश)
साेलु फुड फेस्टिबल सम्भब गराउने सबैमा आभार - उब्जनि
#ubjani #agroecology #farmer #nepal #safefood #nepalifood
भृकुटिमण्डपमा सुरु भयाे अर्गानीक व्यापार मेला : के भन्छन किसान ?