16/06/2023
बालेनका संपूर्ण जनपक्षिय र साहसिक प्रयास र काममा ऐक्यबद्धता!
प्रतिपक्षमा बस्दा अत्यन्तै राष्ट्रबादी, भ्रस्टाचार बिरोधी र विकासप्रेमी देखिनेहरु सत्तापक्षमा जाने बित्तिक्कै युटर्न नगर्नेमा अपबादमा पाउन पनि मुस्किल पर्ने देशमा नेपालको संबिधान अनुरुप प्रान्तिय सरकारको मन्त्री र संघिय सरकारको राज्यमन्त्रीको हैसियतमा रहेका काठमान्डौं महानगरपालिकाका बर्तमान मेयर बालेन शाहले भने नेपाली राजनीतिको इलेक्ट्रोन, न्युट्रोन र प्रोटोनलाई मात्रै नभएर केन्द्रिय सरकारलाई नै त्राहीमाम बनाउने किसिमले श्रृंखलाबद्ध तवरले जनपक्षिय र साहसिक काम गरिराखेका छन । यही सिलसिलामा हालै दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्दलाई लिएर उन्ले आफ्नो "जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौ महानगर पालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।" अभिब्यक्तिलाई सार्वजनिक गरेका छन ।
शाहले काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रचलित कानून, मापदण्ड अनुसार असहाय विपन्न सहित लक्षित वर्गहरुलाई कूल शैयाको १० (दश) प्रतिशत नि:शुल्क उपचार गरिने; विद्यालयमा राजनीति गरिन नहुने भएकोले महानगरभित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाइने; ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गत मोबाइल र विद्युतीय सामाग्री रिपेयरिङ, कृषि तथा सहरी खेती र पाक कलाको सिकाइ, सिभिल इन्जिनियरिङ, आइटी लगायतको प्राविधिक शिक्षा, कुलिनरी आर्ट, मोबाइल रिपेयरीङ, फेसन डिजाइनिङ, सौन्दर्य कला र कपाल शैली (हेयर स्टाइल) सम्बन्धी तालिम, कोड क्लब मार्फत कप्युटरबाट नयाँ कार्यक्रम बनाइ यस्का आधारमा १६० देशका विद्यार्थीको नेटवर्कमा पुर्याएर य्ही प्लेटफर्म मार्फत अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउने; विद्यालय शिक्षा व्यवस्थापन नियमावली अनुरुप छात्रवृत्ति तथा निःशुल्क शिक्षासम्बन्धी व्यवस्था; ‘बुक फ्री फ्राइडे’ अभियान अन्तर्गत नेपाल भाषामा सङ्गीत, चित्रकला, हाजिरी जवाफ प्रतियोगिता लगायतका कार्यक्रम; बृद्ध भत्ता प्राप्त जेष्ठ नागरिकहरुलाई नि:शुल्क उपचारको व्यवस्था; स्वास्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड र प्रचलित स्वास्थ्यसम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गहरुलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याई नि:शुल्क उपचार गराउने; शक्तिका आडमा जथाभावी किसिमबाट निर्माण गरिएका भवन भत्काउने, हुकुम्बासीका आडमा उनीहरुको भोटब्यांकका रुपमा काठमाण्डौंका महंगा ठाउँमा बसोबास गरिराखेका सुकुम्बासी हटाउने जस्ता अत्यन्तै साहसिक थुप्रै काम गरे ।
बालेनका संपूर्ण जनपक्षिय र साहसिक प्रयास र काममा ऐक्यबद्धता!
एक युगमा एक दिन एक पटक आउँछ, उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ....