19/07/2020
केपि ओलिले को, अर्को घटिया कदम पशुपति बाट महान भारतीय पुजारी हटाउने नेपाली पुजारी हुने
काठमाडौँ।आफ्नो कुर्सी बचाउन जनताको ध्यान भ्रस्टाचार बाट हटाएर अर्को तरफ गर्नको लागि फेरी के पि शर्मा ओलीले एक कार्यक्रममा भारतले नेपालमाथि ‘संस्कृतिक अतिक्रमण’ गरेको भनेर अभिव्यक्ती दिएसँगै बौद्धिकहरु बीच श्रीपशुपतिनाथ मन्दिरमा हात हाल्न खोजेको हो कि भन्ने संशय उत्पन्न भएको छ। त्यसमाथि नेकपाका नेता कार्यकर्ताहरुले सामाजिक सञ्जालमा पशुपतिनाथबाट भारतीय भट्ट हटाउने सहि समय आएको भन्न थाले पछि त्यो आशंकालाई बल पुगेको छ। भने केहिँ अनलाइनहरुले ओलीको अबको रणनीति पशुपतिनाथका भट्ट लक्षित हुने भन्दै समाचार समप्रेषण गरेका छन्।