Lekhnath media house

  • Home
  • Lekhnath media house

Lekhnath media house the first advertising agency in lekhnath

स्थापना दिवसमा वृक्षारोपणत्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एशोसिएशनको दोस्रो स्थापना दिवसको अबसरमा मंगलवार पोखरा–२७, लेख...
23/07/2024

स्थापना दिवसमा वृक्षारोपण
त्रिवेणी इन्टरनेशनल कलेज एलुम्नाई एशोसिएशनको दोस्रो स्थापना दिवसको अबसरमा मंगलवार पोखरा–२७, लेखनाथ भ्यू पार्कमा वृक्षारोपण सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमाआयोजना गरिएको बृहत् बृक्षारोपण कार्यक्रममा त्रिवेणी इन्टरनेशनल कलेजका कलेज प्रमुख श्री यदुराज आचार्य, सहायक कलेज प्रमुख डिल्लिराम पौडेल, समाजसेवी एंव स्थानिय कृष्ण मणि लामिछाने, बाल उद्यान पार्कका अध्यक्ष रामजी क्षेत्री लगाएत कलेजमा अध्ययन गरेका पुर्व बिद्यार्थीहरु, बिद्यार्थी कल्याणकारी समितिका अध्यक्ष, पूर्वअध्यक्ष , कलेजका विद्यार्थी लगाएतको उपस्थीती रहेको थियो । एसोसिएसनका अध्यक्ष रामकृष्ण लामीछानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्राईम वैक र लेखनाथ सिटी हस्पिटल विच सम्झाैताप्राईम बैंक र लेखनाथ सिटी हस्पिटलबीच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका विभि...
05/05/2024

प्राईम वैक र लेखनाथ सिटी हस्पिटल विच सम्झाैता
प्राईम बैंक र लेखनाथ सिटी हस्पिटलबीच स्वास्थ्य सेवा तथा वित्तीय सेवाका विभिन्न सेवाहरुमा आफ्ना ग्राहक तथा बिरामीहरुलाई थप स्तरिय सुबिधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पश्चात बैंकका विशेषगरि साबिक लेखनाथ, रुपागाउँपालिका, मादिगाउँपालिका, लम्जुङ, तनहुँ तथा गोर्खा जिल्लाका ग्राहकहरुले उच्चतम लाभलिन सक्नेछन् । यद्यपि यो छुट योजना प्राईम बैंकका देशैभरिका ग्राहक तथा कर्मचारीहरुले उपयोग गर्न सक्नेछन् । प्राईम बैंकका सम्पुरर्ण शेयर धनी , कर्मचारी र कर्मचारीका परिवार तथा ग्राहकका लागि हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवा जस्तै अपरेसन,पोस्टअप, आईसियु,ल्याब, औषधी, रेडियोलोजि, डेन्टल, क्याबिन, डिलक्स क्याबिन तथा जनरल वार्ड लगायतका विभिन्न सेवाहरुमा ५ देखी २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हस्पिटलका प्रबन्धक बादल बस्नेतले बताए । त्यस्तै हस्पिटलका शेयर सदस्य, संस्थामा कार्यरत डाक्टर तथा कर्मचारीहरूले प्राइम बैंकले प्रदान गरेको वित्तीय सेवाहरू सर्वसुलभ दरमा प्राप्त गर्नेछन् ।
आफ्ना ग्राहकलाई अझ उत्कृष्ट सेवाप्रदान गर्न विभिन्न व्यावसायिक संस्थाहरूसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा साबिक लेखनाथको पहिलो तथा हाल पोखरा २६, बुढिबजार स्थित लेखनाथ सिटी हस्पिटलसँग सम्झौता गरिएको दुलेगौंडा शाखा प्रबन्धक बिजय राज तिवारीले बताए । समारोहमा लेखनाथ सिटी हस्पिटलका प्रबन्ध निर्देशक आकाश बस्नेत, प्राईम बैंक बुढीबजार शाखाका रिलेसनसिप अफिसर महेश राज देवकोटा र प्राईम बैंक दुलेगौंडा शाखाका क्रेडिट म्यानेजर अशिम पाण्डे लगायतका महानुभावहरुको सहभागीता रहेको थियो। सम्झौता पत्रमा प्राइम बैंक लिमिटेडको तर्फबाट दुलेगौंडा शाखा प्रबन्धक बिजय राज तिवारी र लेखनाथ सिटी हस्पिटलका तर्फबाट अध्यक्ष उदिप राज ढुंगानाले हस्ताक्षर गरेका हुन् । हस्पिटलले २५ बेडमा रहेर प्वाल पारेर गरिने अपरेसन सेवा, सि-आर्मबाट हाडजोर्निको अपरेसन, स्तरिय ल्याब, कम्प्युटराइज्ड एक्सरे, भिडियो एक्सरे, मुटुको भिडियो एक्सरे, डेन्टल, आईसियु, पोस्टअप लगायतका बिभिन्न सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

आनन्द ज्याेती माविमा अभिवृद्धि कार्यक्रम लेखनाथ २० वैशाखपाेखरा ३१ वेगनासमा अवस्थित आनन्द ज्याेती माविमा ४ दिने शैक्षिक ग...
02/05/2024

आनन्द ज्याेती माविमा अभिवृद्धि कार्यक्रम
लेखनाथ २० वैशाख
पाेखरा ३१ वेगनासमा अवस्थित आनन्द ज्याेती माविमा ४ दिने शैक्षिक गुणस्तर अभिवृद्धि तथा बाल मैत्री शिक्षा क्रियाकलाप सञ्चालन भएकाे छ । वुधवार देखी सञ्चालनमा आएकाे तालिममा विद्यालयमा अध्यापनरत ११ जना सहभागी रहेका छन् । तालिममा सेताे गुराँस बाल विकास सेवाका सहजकर्ता नारायणी अधिकारी काेईरालाले सहजीकरण गरेकाे विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले जानकारी दिए ।

लेखनाथमा चा‌थाे राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भाेली देखीलेखनाथ । लेखनाथमा चौंथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियो...
25/04/2024

लेखनाथमा चा‌थाे राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता भाेली देखी
लेखनाथ । लेखनाथमा चौंथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । लेकसिटी ब्याडमिन्टन क्लब पोखरा–२९ को आयोजनामा यही बैशाख १४ र १५ गते चौथो संस्करणको राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा मेन्स डबल्स ए लेभल, मेन्स डबल्स सि लेभल, मेन्स डबल्स भेट्रान्स र वमेन्स डबल्समा प्रतिश्पर्धा हुने खेल संयोजक राम बहादुर गुरुङले जानकारी दिए ।

प्रतियोगितामा ए लेभल मेन्स डबल्समा प्रथम, दित्तीय र तृतीय दुई टिमले क्रमशः नगद रु ४१ हजार, २२ हजार र ६-६ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उक्त विधाको सि लेभल तर्फ प्रथम, दित्तीय र तृतीय दुई टिमले क्रमशः नगद रु ३५ हजार, १८ हजार र ६-६ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

यस्तै मेन्स डबल्स भेट्रान्सतर्फ प्रथम, द्वित्तीय र तृतीय दुई टिमलाई क्रमशः नगद रु ३० हजार, १६ हजार र ५-५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने महिला डबल्समा प्रथम, द्वित्तीय र तृतीय दुई टिमलाई क्रमशः नगद रु २५ हजार, १० हजार र ५-५ हजार साथमा शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

दुई दिनसम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको बुधबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । प्रतियोगिता सम्पन्न गर्नक लागि करिव १२ लाख १५ हजार खर्च हुने र यसबाट बचत हुने रकम सामाजिक कार्यमा खर्च गरिने बताईएको छ ।

लेकसिटी ब्याडमिन्टन क्लबका अध्यक्ष शरण प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव भविन पुन र खेल संयोजक राम बहादुर गुरुङले धन्यवाद सहित खेलको तयारी अन्तिम चरणमा पुगेको बताएका थिए ।

https://samacharbiz.com/archives/4101
12/03/2024

https://samacharbiz.com/archives/4101

काठमाडौँ । राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवा....

08/03/2024
https://samacharbiz.com/archives/4064
04/03/2024

https://samacharbiz.com/archives/4064

२१ फागुन, काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्न.....

https://samacharbiz.com/archives/3642
01/02/2024

https://samacharbiz.com/archives/3642

१७ माघ, गण्डकी । बेगनास आफैमा चित्रमय भूगोल हो । ताल, हिउँचुचुरा, पाखापखेरु र वनवाटिकाले बेगनास क्षेत्र सज्जित छ । ....

01/01/2024

लेखनाथ, १६ पुस । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेब....

लेखनाथ जयन्तीको अवसरमा कविता प्रतियोगिता हुनेकवि शिराेमणी लेखनाथ पाैडेलकाे जन्म जयन्तीको अवसरमा जनएकता युवा क्लवले कविता...
21/12/2023

लेखनाथ जयन्तीको अवसरमा कविता प्रतियोगिता हुने
कवि शिराेमणी लेखनाथ पाैडेलकाे जन्म जयन्तीको अवसरमा जनएकता युवा क्लवले कविता प्रतियोगिता गर्ने भएकाे छ । कवि शिरोमणि पाैडेलकाे १४० आै जन्म जयन्तीको अवसर पारेर निजि तथा सामुदायिक विद्यालय स्तरिय कविता प्रतियोगिता आयाेजना गरेकाे कलवका अध्यक्ष मनिष वाग्लेले जानकारी दिए । साविक लेखनाथ क्षेत्र भित्रका वडा नं २६ देखि ३३ भित्र रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सहभागी हुन पाउने र पुरस्कार समेत प्रदान गरिने क्लवका सचिव तुलसी धमला वताउँछन् । प्रतियोगिता पाैष १३ गते जन्मस्थल अर्चलेमा हुनेछ ।

महाेत्सवकाे पनि महाेत्सव, लेखनाथ महाेत्सवपाैष ५ देखि १६ सम्म
16/12/2023

महाेत्सवकाे पनि महाेत्सव, लेखनाथ महाेत्सव
पाैष ५ देखि १६ सम्म

कपडा पसल बिक्रीमा !हाम्रो यस तालचोकमा राम्रो व्यापाररत रहेको कपडा पसल विशेष कारण ले गर्दा बिक्री मा रहेको छ। नाम : आरइया...
12/12/2023

कपडा पसल बिक्रीमा !
हाम्रो यस तालचोकमा राम्रो व्यापाररत रहेको कपडा पसल विशेष कारण ले गर्दा बिक्री मा रहेको छ।
नाम : आरइया इमपोरियम (Aarya emporium)
स्थान: तालचोक, पोखरा(चोक मै रहेको छ)।
पसल मूल्य: बसेर सब्बै सामान हेरेर छलफल गर्न सकिनेछ!
(गोदाम पनि रहेको छ)
समय: विगत 10 वर्ष देखि यही रहेको छ।
इच्छुक ले तल दिएको नम्बर मा सम्पर्क गर्न सक्नुहुनेछ।
फोन नं 9846363051
9841026479

सुचना सुचना
09/05/2023

सुचना सुचना

ज्ञानज्याेति विद्याकुञ्ज मा.वि.मा जुरेस गठन  पाेखरा -३२  गगनगौँडास्थित ज्ञानज्याेति विद्याकुञ्ज मा.वि.मा विश्व रेडक्रस  ...
09/05/2023

ज्ञानज्याेति विद्याकुञ्ज मा.वि.मा जुरेस गठन
पाेखरा -३२ गगनगौँडास्थित ज्ञानज्याेति विद्याकुञ्ज मा.वि.मा विश्व रेडक्रस दिवसको अवसर पारी साेमबार जुरेस गठन भएको छ। जुरेस कक्षा ९ मा अध्ययनरत विद्यार्थी नमन सुवेदीकाे अध्यक्षतामा गठन भएकाे शिक्षक नायक चन्द्रा थापाले जानकारी दिनुभयो ।समितिको उपाध्यक्षमा ललिता थापा मगर,सचिवमा खुसी खनाल, सह सचिवमा राेशनी तिवारी र काेषाध्क्षमा साेनी छन्त्याल चयन भएका छन्।
समितिका सदस्यमा क्रमशः कृपा गुरुङ , जिनिया गुरुङ , पाल्साङ तामाङ , प्रशन्न गाैतम,प्रमिश बुढामगर छनाेट भएकाे विद्यालयका प्राचार्य तथा जुरेस संरक्षक अर्जुनप्रसाद अधिकारीले जानकारी दिनुभयाे।

राष्ट्रिय परीक्षा बोर्डद्वारा भोलि मिति 2080 वैशाख 26 गते बाट सञ्चालन हुने कक्षा 12 को वार्षिक परीक्षामा श्री अमरसिद्ध न...
08/05/2023

राष्ट्रिय परीक्षा बोर्डद्वारा भोलि मिति 2080 वैशाख 26 गते बाट सञ्चालन हुने कक्षा 12 को वार्षिक परीक्षामा श्री अमरसिद्ध नमुना मा.वि. पोखरा 31 बाट सम्मिलित हुने सम्पूर्ण विद्यार्थीहरुमा उच्च शैक्षिक सफलताको शुभकामना ।

vacancy
08/05/2023

vacancy

15/01/2023

यसरी खसेकाे थियाे प्लेन

15/01/2023

पाेखरामा हवाईजहाज दुर्घटना शव संकलन कार्य जारी

यति एयरलाईन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै...
15/01/2023

यति एयरलाईन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको विमान पुरानो विमानस्थल नजिकै दुर्घटना भएको बताइएको छ ।

अर्जेन्टीनाले जितोस भन्दै हेटौंडामा एक युवकले हवन लगाएका छन्। 😲Pic. Sagar Ghimire
18/12/2022

अर्जेन्टीनाले जितोस भन्दै हेटौंडामा एक युवकले हवन लगाएका छन्। 😲
Pic. Sagar Ghimire

मेगा वैक र नेपाल ईन्भेष्टमेन्ट वैक मर्जर भएर नयाँ हुने वैककाे लाेगाे सार्वजनिक भएकाे छ ।
08/12/2022

मेगा वैक र नेपाल ईन्भेष्टमेन्ट वैक मर्जर भएर नयाँ हुने वैककाे लाेगाे सार्वजनिक भएकाे छ ।

वाह मानुङकोटpic by vishal shrestha
08/12/2022

वाह मानुङकोट
pic by vishal shrestha

सिभिल वैककाे रक्तदान तथा छात्रवृत्ति वितरणपाेखरा २७ तालचाेकमा रहेकाे सिभिल वैकले अाफ्नाे १२ अाै वार्षिकोत्सबकाे अवसरमा र...
25/11/2022

सिभिल वैककाे रक्तदान तथा छात्रवृत्ति वितरण
पाेखरा २७ तालचाेकमा रहेकाे सिभिल वैकले अाफ्नाे १२ अाै वार्षिकोत्सबकाे अवसरमा रक्तदान तथा छात्रवृत्ति वितरण गरेकाे छ । रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन गरेकाे शाखा प्रमुख नवराज दाहालले जानकारी दिए । वाषिर्कोत्सव र वैककाे सामाजिक उत्तरदायित्व अन्तर्गत पाेखरा ३२मा रहेकाे हिमालय अाधारभुत विद्यालय कक्षा ८ मा अध्ययनरत विद्यार्थी अञ्जलि परियारलाई नगद तथा छात्रवृत्ति वितरण गरेकाे छ ।

युवा संघ नेपालका पुर्व अध्यक्ष राजिव पहारीलाई हराउँदै प्रकाश वराल वने गण्डकी प्रदेश सभा सदस्य
25/11/2022

युवा संघ नेपालका पुर्व अध्यक्ष राजिव पहारीलाई हराउँदै प्रकाश वराल वने गण्डकी प्रदेश सभा सदस्य

23/11/2022

हाल सम्म गण्डकी प्रदेश सभामा विजयी

नेपाली कांग्रेस: ११ सिट
मनाङ- ख: मुनिन्द्र गुरुङ
मुस्ताङ - क : नाम्दु गुरुङ
मुस्ताङ - ख : विकल शेरचन
तनहुँ २ - क: जीत प्रकाश आले
बागलुङ १ - ख: डिल्लीराम सुवेदी
बागलुङ १ - क: दीपेन्द्र बहादुर थापा
बागलुङ २- क: दोर्ण कुमार कुँवर
बागलुङ २ - ख : जीत शेरचन
नवलपुर १ - क: महेन्द्र ध्वज जिसी
गोरखा २ - ख: सुरेन्द्रराज पाण्डे
गोरखा १- ख: नन्द प्रसाद न्यौपाने

नेकपा एमाले: ३ सिट
कास्की २- क:भीम बहादुर कार्की
कास्की ३- क:गणेशमान कार्की
तनहुँ २- क :श्याम राजा महत

स्वतन्त्र : १ सिट
मनाङ-क: राजीव गुरुङ

माओवादी केन्द्र : ४ सिट
गोरखा १- क: कृष्ण प्रसाद धिताल
गोरखा २- क: फणीन्द्र देवकोटा
म्याग्दी - ख: रेशम बहादुर जुम्दाली
तनहु -क : हरि चुमान

23/11/2022

कास्की १(१) पहिलो मत परिणाम
रुपा २ मत गणना सकिदा कुल मतपरिणाम
प्रदेश १(१)
सुर्य ( खगराज अधिकारी ) : ७ सय ५३
हसिया हथौड़ा (दिपक कोइराला) : ७ सय ६२

23/11/2022
23/11/2022
Himalaya Airlines, Nepal's first airline to operate from Gautam Buddha International Airport (GBIA ), Bhairahawacongratu...
23/11/2022

Himalaya Airlines, Nepal's first airline to operate from Gautam Buddha International Airport (GBIA ), Bhairahawa
congratulations

फिफा वल्डकपमा अर्जेन्टिनालाई १ का विरुद्ध २ गाेल गर्दै साउदी अरव विजयी भएकाे छ ।
22/11/2022

फिफा वल्डकपमा अर्जेन्टिनालाई १ का विरुद्ध २ गाेल गर्दै साउदी अरव विजयी भएकाे छ ।

Address

NC

Alerts

Be the first to know and let us send you an email when Lekhnath media house posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lekhnath media house:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Want your business to be the top-listed Media Company?

Share