Sajan's Page

31/12/2024

रमिता याहाँ

रमिता यहाँ प्रायजसोले
हेर्नु नै रुचाउने गर्छ,
तर थोरै दिन मात्र जीवनमा
रमिता देखाउने काम गर्छ।
रमिता यहाँ हेरेर मात्रै
हाम्रो जीवन चल्नेवाला छैन,
आजैदेखि साथीभाइ हो
रमिता देखाउन थालिहालौँ।
समयले पर्खिनेवाला छैन,
रमिता यहाँ देखाइहालौं,
भोलिको दिनमा हाम्रो चिनारी
यो संसारमा रहिरहनेछ।
जति सक्दो हामीले जीवनमा
रमिता भरपुर देखाउनुपर्छ,
यही नै हाम्रो प्रगति उन्नति
जिन्दगीको सफलता हो।
भएको कलालाई सक्दो निखारेर
रमिता यहाँ देखाउनुपर्छ,
हेर्ने मान्छेलाई टुवा परेर
हेरेको हेरेकै बनाउनुपर्छ।
रमिता यहाँ देखाउनुले
मनोरञ्जन दिलाउन सकिन्छ,
साथसाथै आफूमा पनि
आत्मविश्वास बढेर जानेछ।
रमिता यहाँ हेर्नेले हैन,
देखाउने दिने बाजी हात पार्नेछ,
त्यसैले हामी सकेसम्म जीवनमा
रमिता यहाँ देखाइराखौं।
जे जस्तो आउँछ मनमा
खुलेर नै हामीले देखाइराखौं,
यसो गर्नाले रमिता यहाँ
साँच्चै रमाइलो भएर जानेछ।
थोरै पनि हिच्किचाहट मनमा
राखेर आफूलाई पछि नपारौँ,
भएको कलालाई प्रस्तुत गरेर
रमिता यहाँ शब्द देखाउँ।

रमिता यहाँ हेर्ने होइन, देखाउने बन्नुपर्छ। अनि मात्र हाम्रो जीवनमा प्रगति हात पर्नेछ।

31/12/2024

🎉 Facebook recognized me as a consistent reels creator this week!

31/12/2024

Happy New Year 2025.
Wishing you all, all the very best.....🎈🎂💐🙏

31/12/2024
31/12/2024

हाम्रो माङ्पा दल बहादुर राई (कमल भेना) बाट एउटा मिठो नेपाली गित।

31/12/2024
31/12/2024

Durkholcha falls ( Pipli gairi)...

31/12/2024

बदनाम
यहाँ कोही मान्छे बदनाम गर्नुलाई
किन्चित पनि पछि हट्दैनन्,
यसैले आफ्नो भर आफैमा
जिन्दगीमा सधैँ पढ्नुपर्छ।
फाइदा उठाइन्जेलसम्म मात्र
कोही मान्छेले वाहवाही गर्नेवाला छन्,
यदि फाइदा मिलेन भने
सक्दो बदनाम गर्नेवाला छन्।
नकारात्मक सोच र विचार बोकेर
जीवन आफैंलाई भार हुनेछ,
अर्काको बदनाम गर्दै हिँड्दा
शान्ति कहिले मिल्नेवाला छैन।
आफ्नै मात्रै फाइदा हेरेर
जिउनु नै एउटा बदनाम हुनेछ,
यो हाम्रो मानव चोलामा
सक्दो साथ सहयोग गर्नुपर्छ।
अर्काले गरेको बदनामलाई हामीले
किन्चित ध्यान दिनु हुँदैन,
किनकि यसले उसकै विशेष गरेर
व्यवहार बताइरहेको हुन्छ।
बदनाम गर्ने मान्छेसँग कहिले पनि
नाता नगासेकै राम्रो हुन्छ,
यस्तो मान्छे यो धर्तीमा
बोझ भएर जिउने गर्दछ।
जति नै राम्रो गरे पनि हामीले
बदनाम गर्नेको कामै बदनाम गर्नु हो,
यसैले यस्तो मान्छेसँग सधैँ
दूरी कायम राख्नुपर्नेछ।
बदनाम गर्ने मान्छेलाई हामीले
सफल भएर जित्नुपर्नेछ,
यसो गर्नाले यस्तो मान्छे
आफैँ पछि हटेर जानेछ।
बदनाम गर्नुको मुख्य उद्देश्य नै
छवि बिगारीदिने काम गर्नु हो,
यस्तो मान्छेमा इज्जत भन्ने कुरा
भन्नै पर्दा शून्य नै हुन्छ।

बदनाम गर्नुको मुख्य उद्देश्य नै कमजोर पारेर पछि पार्नु हो। यसैले हामी कम्मर कसेर अघि बढिरहनुपर्नेछ।

30/12/2024

नसकिँदो रहेछ

लेखेर,भनेर मनका कुराहरू
हामीले जीवनमा नसकिँदो रहेछ,
जति लेखियो आउँदै जान्छ
जति भन्यो उति नै आउँछ।
अचम्म छ यो कुरा सोचेर ल्याउँदा
जति सोच्यो उति नै आउँछ,
खै के हो यस्तो हामीलाई
बुझेर बुझि नसकिँदो रहेछ।
मान्छे पिछेकै सोच विचार
जसको कुनै सीमा नै छैन,
यसैले एकअर्कालाई बुझ्न
जति नै गर्दा नि नसकिँदो रहेछ।
अर्कालाई किन बुझ्ने र यहाँ
आफैंलाई बुझ्न नसकिँदो रहेछ,
साँच्चै यो संसार एउटा
भ्रमहरूको खानी नै रहेछ।
आफ्नो आफ्नै नजर अनुसार
हामीले कुरा बुझिँदो रहेछ,
यसैले एकअर्कालाई बुझ्न
जति नै गर्दा नि नसकिँदो रहेछ।
जति सक्दो मन भएर
कुराहरू सुन्नु नै ठिक रहेछ,
हरेक मान्छेको आफ्नो आफ्नै विचार
सबै कुरा बुझ्न नसकिँदो रहेछ।
जति सक्दो बुझ्ने प्रयास
अवश्य नै हामीले गर्नुपर्छ,
तरै पनि सबै कुरा हामीले
बुझ्न यहाँ नसकिँदो रहेछ।
आफ्नो आफ्नै सोचविचार अनुसार
कुरा पनि यहाँ हुँदो रहेछ,
यसैले हामीले सबैसँग
कुरा मिलाउन नसकिँदो रहेछ।
आफ्नो सोच विचार अनुसार
आफ्नो बाटोमा सुरुसुरु लागौं,
जति नै गरेपनि सबैको यहाँ
चित्त बुझाउनु सकिँदैन रहेछ।

अर्काको चित्त बुझाइरहनु भन्दा आफ्नो चित्त बुझाएर अघि बढ्नु नै आफ्नु जिन्दगीको लागि सही हुनेछ।

29/12/2024

Shivansh le Bowl fasaayo.. 👍..

29/12/2024
29/12/2024

At Meena mela... 👌

29/12/2024

सधैँ
हामीले सधैँ जिन्दगीमा
आफ्नो काम गरिरहनुपर्छ,
यही नै हाम्रो जिन्दगीको
सबैभन्दा ठूलो उपलब्धि हुनेछ।
सधैँ आफ्नो काममा लाग्ने मान्छे
कहिले पनि हार्ने छैन,
किनकि सधैँ काममा लाग्नुले
हामीलाई निपुण बनाएर लानेछ।
कुनैकुनै बेला गर्ने मान्छे र
सधैँ गर्ने मान्छेमा धेरै फरक हुन्छ,
किनकि सधैँ गर्ने मान्छेले
भरपुर कला सिकेको हुन्छ।
आज हामी देख्ने गर्छौं,
मान्छेहरू जीवनमा सफल भएको,
तर त्यसमा भन्नै पर्दा
सधैँ उनीहरु लागिपरेको हुन्छ।
जति सक्दो हामीले हाम्रो
समयलाई सधैँ सदुपयोग गरौँ
अनि फेरि आफ्नो काममा
माहिर बनेर सफल बनौ।
मान्छे प्राय यही कुरामा चुक्छ
किनकि सधैँ लाग्न सक्दैन,
आफ्नो काममा मन दिएर
अनि हातमा असफलता मिल्छ।
हार मान्नु हुँदैन कहिल्यै
सधैँ परिश्रम गरिरहनुपर्छ,
एकदिन अवश्य हाम्रो हातमा
जित त अवश्य नै फेला पर्छ।
कसैको पछि लागेर जीवनमा
आफ्नो समय पर्वत नगरौँ,
बरु आफ्नो काममा सधैँ लागेर
जीवनमा केही हात पारौँ।
यसैले सधैँ हामी सबै
मन खुलेर काममा लागौँ,
अनि फेरि सफल भएर
आफ्नो जिन्दगीलाई खोसहाल बनाउँ।

कुनै पनि कुरामा लागि परेर लाग्यौं भने हाम्रो हातमा सफलता अवश्य हात पर्नेछ।

28/12/2024

जीवनमा

आजभोलि गर्दै दिनहरू
तिम्रो हाम्रो दिनदिनै बित्दैछ,
यसैले म सक्दो जीवनमा
प्रगति गर्ने कोसिसमा छु।
हुन त हामी सबैले प्रगति
गर्ने कोसिस अवश्य गर्छौँ,
तर थोरैले मात्र जीवनमा
सफलता आफ्नो हात पार्नेछ।
दुःख, कष्ट, परिस्थितिहरू
हजार थरी नै आउने गर्छ
केही कुराले हामीलाई जीवनमा
एउटा ज्ञानी मान्छे बनाउँछ।
बाधा अर्चन पार गर्दै
जानु नै जीवनमा हाम्रो कर्म हो,
यसैले सधैँ निडर भएर
जीवनमा अघि बढिरहनुपर्नेछ।
केही दिनको यो हाम्रो जीवनमा
भरपुर प्रगति गरिराख्नुपर्छ,
आउने भावी दिदीले हाम्रो
जीवनी देखेर प्रेरणा लियोस्।
लाचार अनि नाकाम आयु
किन्चित पनि जिउनु हुँदैन,
यसो भएमा जीवनमा हामीलाई
नकारात्मक सोचले आक्रमण गर्छ।
जति सक्दो आफूले आफूलाई
जीवनमा व्यस्त बनाइराख्नुपर्छ,
यसैमा हाम्रो सफलता पनि
भन्नै पर्दा लुकेको हुन्छ।
अन्तिम सास रहेसम्म नै
जीवनमा हार मान्नु हुँदैन,
बल्ल बल्ल पाएको जीवनमा
चमत्कार गरेर छारिराख्नुपर्छ।
जति सक्दो आफूमा भएको
कलालाई प्रस्तुत गरिराख्नुपर्छ,
जीवनमा प्रगति त हुन्छै हुन्छ,
यो संसारमा नाम पनि रहनेछ।

मेहनत गर्ने मान्छेको जीवनमा अवश्य भाग्य बदलिन्छ तर भाग्यलाई पर्खेर बस्ने मान्छेको जीवनमा भाग्य बदलिँदैन।

Adresse

Democratic Republic Of The

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Sajan's Page publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Sajan's Page:

Vidéos

Partager