रेडियो साङ्ग्रिला ९२ मेगाहर्ज, मकालु-५

  • Home
  • रेडियो साङ्ग्रिला ९२ मेगाहर्ज, मकालु-५

रेडियो साङ्ग्रिला ९२ मेगाहर्ज, मकालु-५ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रेडियो साङ्ग्रिला ९२ मेगाहर्ज, मकालु-५, Radio Station, .

तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ! घटनास्थलबाट १६ जना घाइते...
23/08/2024

तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ! घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ। बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।
स्रोत :-सामाजिक संजाल

Breaking Sad: तनहुँको आबुखैरेनीमा बस दुर्घटनामा अहिलेसम्म 14 जनाको शव निकालिएको छ ।
23/08/2024

Breaking Sad: तनहुँको आबुखैरेनीमा बस दुर्घटनामा अहिलेसम्म 14 जनाको शव निकालिएको छ ।

भर्खरै : पोखरादेखि काठमाडौंका लागि छुटेको भारतीय बस ४० जना यात्रु सहित मर्स्याङ्दी नदीमा खसेको छ । थप विवरण आउन बाकी। तस...
23/08/2024

भर्खरै : पोखरादेखि काठमाडौंका लागि छुटेको भारतीय बस ४० जना यात्रु सहित मर्स्याङ्दी नदीमा खसेको छ । थप विवरण आउन बाकी।

तस्वीर : सामाजिक सञ्जाल

आज बिहान ६:०० बजे फाक्सिन्दा दोभान स्थित अरूण नदिमा पानीको बहाब बढेको छ। डाईभर्सन टनेलबाट जाने पानी ओभरफ्लो भएर ड्याम नि...
14/08/2024

आज बिहान ६:०० बजे फाक्सिन्दा दोभान स्थित अरूण नदिमा पानीको बहाब बढेको छ। डाईभर्सन टनेलबाट जाने पानी ओभरफ्लो भएर ड्याम निर्माण क्षेत्रबाट बगिरहेको छ। नदी आसपासका बासिन्दाहरूले थप सतर्कता अपनाउनु हुन जिल्ला प्रहरी कार्यालय संखुवासभाले अनुरोध गरेको छ।

साउन २५ गते बिदा ।        काेशी प्रदेश सरकारले आज एक सुचना जारिगर्दै भाेलि  सार्वजनिक विदा दिने घाेषणा गरेकाे छ । अन्तरा...
08/08/2024

साउन २५ गते बिदा ।
काेशी प्रदेश सरकारले आज एक सुचना जारिगर्दै भाेलि सार्वजनिक विदा दिने घाेषणा गरेकाे छ । अन्तरास्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवकारुपमा मनाउनकालागि विद्यालय, सरकारि कार्यलय , सर्वजनिक संस्था, प्रतिष्ठान साउन २५ गते विदा दिने निर्णय गरेकाे छ ।

कक्षा १२ काे नतिजा यसरी हेर्न सकिन्छ ।
02/08/2024

कक्षा १२ काे नतिजा यसरी हेर्न सकिन्छ ।

02/08/2024

कक्षा १२ काे नतिजा सार्वजनिक भए संगै
कुन प्रदेश मा कति जनाले NG ल्याए:

काेशि : 35,131 जना
मधेस : 26,086 जना
बागमती : 38,146 जना
गन्डकि : 16,033 जना
लुम्बिनी : 34,686 जना
कर्णाली : 15,357 जना
सुदुरपश्चिम : 21,582 जना

02/08/2024

Big Breaking News : Class 12 results has been published by NEB

मिति २०८१ श्रावण १२ गते मकालु ४ मा अस्थायी प्रहरी पोेष्टको स्थापना ।मकालु गाउँपालिका वडा नं ४ कार्मारमङमा अस्थायी प्रहरी...
28/07/2024

मिति २०८१ श्रावण १२ गते
मकालु ४ मा अस्थायी प्रहरी पोेष्टको स्थापना ।
मकालु गाउँपालिका वडा नं ४ कार्मारमङमा अस्थायी प्रहरी पोष्ट स्थापना भएको छ । मकालु ४ का वडा अध्यक्ष बाल कुमार तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले प्रहरी पोष्टको व्यानर खोलेर उत्घाटन गरेका हुन । उत्घाटनका क्रममा खड्काले शुरक्षा निकाय हाम्रो लागि हो ,यसले न्याय सम्पादनमा सहयोग,अपराध नियन्त्रण ,विपद्व्यवस्थापन र अन्यकामको सहयोगको लागि हो भनेर पोष्ट स्थापना भएको हो । पोस्ट स्थापनाका लागि प्रयास गर्नु भयो र सफल भयो सबैलाई धन्याबाद दिदैै बधाइ दिनुभयो ।
यसै क्रममा गाउँपालिका उपाध्यक्ष मन कला राईले प्रहरी पोष्ट स्थापना गर्न सहयोग पुर्यानेलाई धन्यबाद ज्ञापन गर्दै खुशि व्यक्त गर्नु भयो । प्रहरी पोष्ट स्थापना गर्नुको उदेश्य वडा नं ४ का सम्पूर्ण नागरिकहरुलाई शान्ति शरक्षालाई सुव्यवस्थित गर्नु ,आपात विपत ,जोखिम घटाउन ,आपाराधिक कार्य घटाउनको लागि प्रहरी पोष्ट स्थापना गरिएको हो । यो उदेश्य सफल बनाउन शुरक्षाकर्मि र स्थानीय नागरिक विच सहकार्य गरेर जानु पर्ने उपाध्यक्ष राईले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यलया संखुवासभाका प्रमुख प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठले कार्यक्रममा बोल्दै — जनताको माग र सरोकारवालाको पहलमा स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गरि अपराध न्यूनिकरण गर्न स्थानियजनताको शान्ति शुरक्षा,अपराध नियन्त्रण र रोकथामको लागि स्थानिय नागरिकसंग हातेमालो गर्दै प्रभावकारी सेवा प्रवाह गर्नको लागि पोष्टलाई निर्देशन दिनु भयो । पोष्ट स्थापनाको लागि मकालु ४ ओवाक निवासि नेपाली काँग्रेस वडा उपसभापति दावा तामाङ १० ओटा कर्सि सहयोग गरेबापत अविर खादा द्वारा प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले सम्मान गर्नु भयो ।
कार्यक्रममा ,सशस्त्र प्रहरी बल नेपाल नं ४ गुल्म अरुण संखुवासभाका सशस्त्र प्रहरी नायव उपरिक्षक अमर लामा ,अरुण तेस्रो जलविद्युत आयोजना सुरक्षा बेश फाक्सिन्दा दोभानका सशस्त्र प्रहरी नायब उपरिक्षक दिपक गुरुङ ,इलाका प्रहरी कार्यालय हेदांना संखुवासभाका प्रहरी निरिक्षक सागर श्रेष्ठ लगायत राजनितिक दलका प्रतिनिधि र स्थानीयबासिहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।

24/07/2024

update

मिति २०८१/०४/०९ गते ११:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा थप विवरण

विमानमा सवार:
१९ जना (१८ जना नेपाली र १ जना यमन नागरिक, मर्मतको लागि पोखरा जान लागेको, सम्पूर्ण सौर्य एयरलाइन्सका कर्मचारीहरू)

मृत्यु- १८ जना (teaching Hospital मा उपचाररत ३ जनाको मृत्यु )
उद्दार- १ जना (१ जना KMC Hospital)

24/07/2024

आधिकारिक अपडेट: मिति २०८१/०४/०९ गते ११:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटना सम्बन्धमा

विमानमा सवार: १९ जना (मर्मतको लागि पोखरा जान लागेको, सम्पूर्ण सौर्य एयरलाइन्सका प्राबिधिक कर्मचारीहरू)
मृत्यु- १५ जना
उद्दार- ४ जना (१ जनालाई केएमसी, ३ जनालाई टिचिङमा लगिएको)

श्रोत- नेपाल प्रहरी ।

साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना : १३ जनाकाे शव निकालियाे।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्...
24/07/2024

साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना : १३ जनाकाे शव निकालियाे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ ।
नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको शव निकालिएको हो । क्याप्टेन मनिष शाक्यलाई उद्धार गरी अस्पताल लगिएको छ । उहाँको टाउकोमा चोट छ ।
आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्ग छाडिसकेपछि भुइँमा बजारिएको हो । भुइँमा बजारिएपछि जहाजमा आगो लागेको छ । अहिले उद्धारको काम भइरहेको छ ।
तस्बिर :nepal police

त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटन...
24/07/2024

त्रिभुवन विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ ।

आज बिहान ११ बजेतिर पोखरा उड्ने क्रममा सौर्य एअरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो । जहाजमा आगो लागेको छ । विमानस्थलमा धुवाँ उडिरहेको देखिन्छ ।

सशस्त्र प्रहरीले दिएकाे जानकारीअनुसार जहाजका क्याप्टेन मनिष शाक्यलाई जीवितै उद्धार गरेर अस्पताल लगिएकाे छ । आठ जनाकाे उद्धार गरिएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
तस्बिर :-सामाजिक सञ्जाल

मकालुका लाक्पा शेर्पाले गरे रसीयाको अग्लो माउण्ट एल्ब्रसको सफल आरोहण ।संखुवासभाको मकालु गाउँपालिकाका कीर्तिमानी आरोहि  ल...
23/07/2024

मकालुका लाक्पा शेर्पाले गरे रसीयाको अग्लो माउण्ट एल्ब्रसको सफल आरोहण ।

संखुवासभाको मकालु गाउँपालिकाका कीर्तिमानी आरोहि लाक्पा शेर्पाले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस ५ हजार ६ सय ४२ मिटर अग्लो हिमालको सफल आरोहण गरेका छन् । उनले स्थानीय समय अनुसार बिहान ७ बजेर २० मिनेटमा सफल अरोहण गरेका हुन् । पर्वतारोही शेर्पाले उत्तर र दक्षिण गरि दुई तर्फबाटै माउन्ट एल्ब्रसको सफल आरोहण गरेका हुन् । उनले जुलाई २० र जुलाई २२ तारिखका दिन गरी दुई पटक माउन्ट एल्ब्रसको सफल आरोहण गरेका हुन् ।
उनले उत्तर र दक्षिण गरि दुई तर्फबाट उक्त हिमाल सफल आरोहण गरेका जानकारी दिए । उनीसंगै संखुवासभा मकालुका टासी शेर्पा, दावा साङगे शेर्पा र सोलुखुम्बुका चतुर तामाङले सफल आरोहण गरेका हुन् । संखुवासभाको मकालु गाउँपालिकाका शेर्पाले यसअघि मकालु हिमालको ७ औं पटक सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरी सकेकाछन् ।
हालसम्म उनले सगरमाथा, चोयु, मनास्लु, अमदब्लम, ल्होत्से, मकालु लगायत हिमालको आरोहण गरीसकेका छन् । मकालु हिमाल १६ दिनमा तीन पटक सफल आरोहण गरी शेर्पाले सबैभन्दा छिटो समयमा मकालु हिमाल तीन पटक सफल आरोहण गरी गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका थिए । मकालु हिमाल आरोहणमा उनको निकै दक्खल छ ।

सातवटा अग्ला हिमाल आरोहण गरेर अर्को कीर्तिमानी रच्ने उन्को यात्रा अनुसार यस अघि उन्ले अफ्रिकाको सबै भन्दा अग्लो हिमाल किलीमन्जारोको सफल आरोहण गरी सकेकाछन् । उन्ले अर्जेन्टिनामा रहेको अग्लो हिमाल एकोनकागुवाको पनि आगामी सिजनमा आरोहण गर्ने लक्ष्य राखेकाछन् । उनले सेभेन समिट ट्रेक्स र १४ पिक्स एक्सपिडिसनको माध्यमबाट आरोहण गरेकाहुन् । पछिल्लो समय हिमाल आरोहणमा उनको नाम अग्रपंक्तीमा आउने गरको छ । आरोहि लाक्पा शेर्पालाई हार्दिक बधाई छ ।

सिलीचोङमा ढुङ्गाले किचेर २ जनाको मृत्यु, एक गम्भीर घाइते ।संखुवासभा जिल्लाको सिलीचोङ गाउँपालिका वडा नं. १ सिसुवाखोलामा ग...
16/07/2024

सिलीचोङमा ढुङ्गाले किचेर २ जनाको मृत्यु, एक गम्भीर घाइते ।
संखुवासभा जिल्लाको सिलीचोङ गाउँपालिका
वडा नं. १ सिसुवाखोलामा गएराति ढुंगाले किच्दा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । घटनामा परि एक जना गम्भीर घाईते भएको छ । एकै परिवारका उनीहरुको सुतिरहेको अवस्थामा घरमा ढुंगा झरेको वडाध्यक्ष अनिश कुलुङले जानकारी दिनुभयो । सिसुवाखोलाको खालला, दिलुवा दोभानमा भएको घटना परि घाइतेलाई खाँदबारी ल्याईंदै छ ।

मृत्यू हुनेमा बर्ष ४९ को मोतिमाया राई र बर्ष २५ को बुहारी समिक्षा राई रहको छन् । भने घाइते बर्ष ३२ छोरी रविना राई रहेको जनाईएको छ । मृतक समिक्षाको ४ बर्षे छोरी रहेको छ । भने श्रीमान् वैदेशिक रोजगारमा रहेको छ । घाईतेलाई सेनाको हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । घरमा रहेका ६ जनामध्ये तीन जना सकुशल रहेको गाउँपालिका अध्यक्ष भुपालराज मेवाहाङले जानकारी दिनुभयो ।
स्रोत -नागरिक चासो

मकालु गाउपालिकाले आन्तरिक आयकाे ठेक्का सम्बन्धि  बाेलपत्र आह्वानगरेकाेमा म्याद भित्र (असार३१ गते  १२बजे) ३ वटा फरम दर्ता...
15/07/2024

मकालु गाउपालिकाले आन्तरिक आयकाे ठेक्का सम्बन्धि बाेलपत्र आह्वानगरेकाेमा म्याद भित्र (असार३१ गते १२बजे) ३ वटा फरम दर्ता भएका छन । श्रावण १ गते १० बजे ठेक्का खाेलिने पालिकाकाे स्राेतले जनाएको छ ।

मकालु मा एक घर जलेर नष्ट ।मकालु गाउँपालिका वडा नं६ निवासी  राजन राईको घरमा आगो लागेर  पुर्ण रूपमा क्षति भएको  छ ।  दिउँस...
10/07/2024

मकालु मा एक घर जलेर नष्ट ।
मकालु गाउँपालिका वडा नं६ निवासी राजन राईको घरमा आगो लागेर पुर्ण रूपमा क्षति भएको छ । दिउँसो १२ बजे भारमा कोदो र दाउरा सुकाउने क्रममा एक्कासि आगो लागेर घरमा रहेका अन्न ,भाडाकुडा , महत्त्वपूर्ण कागजात लगायत सम्पूर्ण सामाग्री जलेर नष्ट भएको हाे । आगोलागी हुँदा आफू घरमा नभएको,सानो छोरा मात्र घरमा भएको र घरमा भएको सामान दुई चार वटा कपडा र थोरै कोदो बाहेक केही पनि निकाल्न नसकेको राईले बताएका छन ।

07/07/2024

मकालु गाउँलिकाकाे सार्वजनिक सुनुवाइ (live )
२०८१ असार २३

06/07/2024
मकालु गाउँपालिकाको फ्याक्सिन्दामा अरुण तेस्रोको निर्माणाधीन ड्यामसाइट थुनिएको छ । तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन अ...
06/07/2024

मकालु गाउँपालिकाको फ्याक्सिन्दामा अरुण तेस्रोको निर्माणाधीन ड्यामसाइट थुनिएको छ । तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध छ ।
२०८१असार २२ गते

मकालु गाउँपालिकामा विपद व्यवस्थापन सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । मकालु  गाउँपालिका  शिक्षा तथा खेलकुद बिकास शाख...
03/07/2024

मकालु गाउँपालिकामा विपद व्यवस्थापन सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । मकालु गाउँपालिका शिक्षा तथा खेलकुद बिकास शाखाकाे आयोजनामा असार १८गते देखि १९ गते सम्म मकालु गाउँपालिका वडा नं ५ काे सभाहलमा भएको हाे । तालिम मानव अधिकार समाजिक सचेतना र विकास केन्द्र (हुडासेन) नेपाल काे गिता अधिकारी ले प्रशिक्षण गर्नु भएको हाे । समापन कार्यक्रममा मकालु गाउँपालिका उपाध्यक्ष मनकला राई ,प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर दर्जी ,शिक्षा शाखा अधिकृत नबराज ढुंगाना ,शिक्षा संयाेजक पुष्प बहादुर तामाङ काे उपस्थिति रहेको थियो । तालिममा ३४ जनाकाे सहभागिता रहेको थियोे ।

मकालु गाउँपालिकामा शिक्षा तथा खेलकुद बिकास शाखाकाे आयोजनामा आज बाट मकालु गाउँपालिकाकाे यूवाहरुलाई विपद् व्यवस्थापन सम्बन...
02/07/2024

मकालु गाउँपालिकामा शिक्षा तथा खेलकुद बिकास शाखाकाे आयोजनामा आज बाट मकालु गाउँपालिकाकाे यूवाहरुलाई विपद् व्यवस्थापन सम्बन्धी २ दिने तालिम सुरु भएको छ ।

01/07/2024

मकालु गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ हुने सम्बन्धी सूचना !

मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन् । मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ...
30/06/2024

मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन् । मकालु गाउँपालिका–३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका गेमस्काउट पदमा कार्यरत ५० वर्षीय केशर कार्की आइतबार मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।
उनलाई निकुञ्ज कार्यालयदेखि केही पर मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको भिरबाट लडेर मृत्यु भएको अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जल तथा माैसम विज्ञान विभागकाे अनुसार मकालु गाउँपालिकामा यहीँ असार १५ देखि १६ गते सम्म अत्याधिक वर्षा हुन सक्ने भएकाले बा...
29/06/2024

जल तथा माैसम विज्ञान विभागकाे अनुसार मकालु गाउँपालिकामा यहीँ असार १५ देखि १६ गते सम्म अत्याधिक वर्षा हुन सक्ने भएकाले बाढि पहिराेकाे जाेखिम रहेको हुनाले मकालु गाउँ बासिहरु सजक रहन अनुरोध छ । बिशेश गरि वडा नं २,३ र ५ मा उच्च जाेखिम रहेकाले अझै सजकता अपनाउन हार्दिक अनुरोध छ ।

सङ्खुवासभामा ३ दिने फाेटाेग्राफि तथा भिडियोग्राफि तालिम सम्पन्न जिल्लाका पत्रकारहरूलाई प्रविधिमा दक्ष बनाउन फोटो तथा भिड...
28/06/2024

सङ्खुवासभामा ३ दिने फाेटाेग्राफि तथा भिडियोग्राफि तालिम सम्पन्न
जिल्लाका पत्रकारहरूलाई प्रविधिमा दक्ष बनाउन फोटो तथा भिडियोग्राफी सम्बन्धी तीन दिने
आधारभूत तथा क्षमता विकास तालिम मंगलबार बाट सुरु भएको हाे ।
घरेलु तथा साना उद्योग कार्यालय संखुवासभाको आर्थिक सहयोग तथा नेपाल प्रेस युनियन जिल्ला शाखा संखुवासभाको संयोजनामा बिहीबार फोटो तथा भिडियोग्राफी सम्बन्धी तालिम सम्पन्न भएको हो ।

मकालु गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न : ४६ करोड बजेटअसार ११, २०८१संखुवासभाको मकालु गाउँपालिकाको गाउँसभा सम्पन्न भएको ...
26/06/2024

मकालु गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न : ४६ करोड बजेट
असार ११, २०८१
संखुवासभाको मकालु गाउँपालिकाको गाउँसभा सम्पन्न भएको छ । सोमबार मकालु गाउँपालिकाको केन्द्र नुममा १० औं गाउँसभा सम्पन्न भएको हो । गाउँसभाले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेट, नीति तथा योजनामाथि छलफल गरेको छ ।
सभामा २०८१–०८२ का लागि आर्थिक विधेयक तथा विनियोजन विधेयक पेश गरिएको थियो । उक्त विधेयक सर्वसम्मत पारित भएको छ । आर्थिक विकास समिति संयोजक बद्री बहादुर राईले आर्थिक विधेयक प्रस्तुत गरेका थिए भने उपाध्यक्ष मनकला राईले विनियोजन विधेयक प्रस्तुत गरेका थिए । उपाध्यक्ष राईले अनुमानित ४६ करोड ५३ लाख ६२ हजार ४ सय ६४ रुपैंयाको विनियोजन विधेयक प्रस्तुत गरेका थिए ।
जस्मा केन्द्रिय सरकार वित्तीय समानिकरण ९ करोड ७६ लाख, केन्द्रिय सरकार राजश्व बाँडफाँड १० करोड ४८ लाख, प्रदेश सरकार वित्तीय समानीकरण ५९ लाख ७० हजार, प्रदेश सरकार राजश्व बाँडफाँड १ करोड ८ लाख ५५ हजार, केन्द्रिय सरकार समपुरक अनुदान १ करोड, प्रदेश सरकार समपुरक अनुदान ९५ लाख, आन्तरिक तथा अन्य आय २ करोड ५० लाख संघीय सरकार ससर्त अनुदान १९ करोड ८५ लाख ३ हजार, प्रदेश शसर्त अनुदान ४५ लाख ९८ हजार रकम विनियोजन भएको छ ।
२०८१–०८२ का लागि निति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले प्रस्तुत गर्नु गरेका थिए । प्रस्तुत निति तथा कार्यक्रममा कृषि तथा प्राकृतिक सम्पदालाई भरपुर प्रयोग गरेर पुर्वाधार विकासको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नेमा जोड दिइएको छ ।

24/06/2024

जिल्ला भरिका स्थानिय तहहरुको हाल सम्मको बेरुजु।।
(जिल्ला भरिको १ अरब ८७ करोड ९२ लाख ९९ हजार)
नगरपालिका तर्फ:-
१. खाँदबारी नगरपालिका:-
३४ करोड ७२ लाख ८२ हजार(प्रथम स्थान)
२.चैनपुर नगरपालिका:-
२९ करोड ६२ लाख ४७ हजार(द्वितीय स्थान)
३. पाँचखपन नगरपालिका:-
२९ करोड ३३ लाख ८३ हजार( तृतिय स्थान)
४. मादी नगरपालिका:-
२२ करोड ७ लाख ५७ हजार( चौथो स्थान)
५. धर्मदेवी नगरपालिका:-
१६ करोड ८२ लाख ८६ हजार(पाँचौ स्थान)
गाँउपालिका तर्फ:-
१. मकालु गाँउपालिका:-
२० करोड ७ लाख ३ हजार(प्रथम स्थान)
२. भोटखोला गाँउपालिका:
१२ करोड ६३ लाख ६३ हजार(द्वितीय स्थान)
३. सभापोखरी गाँउपालिका:-
९ करोड ७६ लाख २१ हजार(तृतिय स्थान)
४. चिचिला गाँउपालिका:-
७ करोड ३ लाख ९५ हजार( चौथो स्थान)
५. सिलिचोङ गाँउपालिका:-
५ करोड ८२ लाख ६२ हजार( पाँचौ स्थान)
श्रोत:- महालेखापरिक्षण को प्रतिबेदन।।

24/06/2024

मकालु गाउँपालिकाकाे दसौं गाउँसभाकाे प्रत्यक्ष प्रसारण (live )२०८१असार १०गते

Address


Telephone

+19842108100

Website

Alerts

Be the first to know and let us send you an email when रेडियो साङ्ग्रिला ९२ मेगाहर्ज, मकालु-५ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to रेडियो साङ्ग्रिला ९२ मेगाहर्ज, मकालु-५:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share