Jhyaal Online

  • Home
  • Jhyaal Online

Jhyaal Online गणतान्त्रिक मूल्य रक्षार्थ निर्भिक आ

महिला श्रमिकमाथि हातपाइ गरेको आरोपमा पञ्चायत प्रधान मणीराज डुमजन विरूद्ध प्राथमिकी दर्ता गाडीधुरा : ज्याला , तलब, पीएफ, ...
05/09/2024

महिला श्रमिकमाथि हातपाइ गरेको आरोपमा पञ्चायत प्रधान मणीराज डुमजन विरूद्ध प्राथमिकी दर्ता

गाडीधुरा : ज्याला , तलब, पीएफ, बोनस, ग्रयाचुटी आदि नपाएको कारण लङभ्यू चिया बगानका श्रमिकहरू हाल आन्दोलनरत छन्। श्रमिकहरूको उक्त आन्दोलन आज 17 दिन पुरा गरेको छ। आन्दोलनकै क्रममा आज पनि श्रमिकहरू धरना दिन बगानको अफिस परिसरमा भेला भएका थिए।

धरना हुँदै गर्दा भारतीय गोर्खा प्रजातान्त्रिक मेर्चाको युनियन हिल तराई डुवर्स प्लान्टेसन वर्कर युनियनका संयोजक एव सेन्ट मेरिज ३ का पञ्चायत प्रधान मणीराज डुमजनले आन्दोलनकारी श्रमिक प्रतिनिधिहरूलाई मिटिङ बस्ने बहनामा अफिस कोठामा बोलाएका थिए। तर कोठामा बैठक सुरू हुन साथ श्रमिक युनियन हिल प्लान्टेसन्स् एम्प्लोइज युनियनका युनिट सचिव सङ्गीता छेत्री माथि हातपाइ भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ।

महिला श्रमिकलाई कुटपिट गर्ने आरोपीहरूमा पार्टी कार्यकर्ताहरू सुजित गोले र बादल राईको पनि नाम उल्लेख छ। पञ्चायत प्रधानकै अगुवाईमा भुक्तभोगी महिला श्रमिक माथि कुटपिट गरेको घटनालाई आज सम्पूर्ण आन्दोलनकारी श्रमिकहरू गाडीधुरा आउट पोस्टमा भेला भएका थिए।

श्रमिकहरूले लामो समयसम्म धरना दिँदै कुटपिट गर्न पञ्चायत प्रधान अनि अन्य दुइजना विरूद्ध प्राथमिकी दर्ता गरेको छ।
यी आरोपीहरू विरूद्ध थानाले भारतीय न्याय संहिताको 115(2), 351 अनि 76 अन्तर्गत मुद्दा दायर गरेको।

यता, पीडित श्रमिकहरूले सत्तासीन दलको नेतृत्व एव पञ्चायत प्रधानले नै यस्तो गर्नु भनेको पार्टीको नियत र अनुशासन माथि प्रश्न खडा भएको बताए। पार्टीले यस्ता प्रवृत्तिको नेतालाई चाडो भन्दा चाडो दलगत कारबही गरिनु पर्ने बताउँदै हाल महिलाहरू विरूद्ध दैनिक रुपमा हिंसा भइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

प्रवीण राई जुमेलीको मेडिटेसन-लाई तेस्रो शशिप्रभा स्मृति पुरस्कारसिलिगुड़ीः  सिक्किमेली कवि प्रवीण राई जुमेलीलाई तेस्रो श...
05/09/2024

प्रवीण राई जुमेलीको मेडिटेसन-लाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार

सिलिगुड़ीः सिक्किमेली कवि प्रवीण राई जुमेलीलाई तेस्रो शशिप्रभा स्मृति पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। जुमेलीका कविता संग्रह मेडिटेसनः पीड़ा र प्रस्थानमा नवोन्मेषी चेतना, प्रयोगपरकता र मानविक संवेदना रहेको भन्दै शीर्ष ज्युरीले यसवर्षको शशिप्रभा स्मृति पुरस्कार दिइने निधो गरेको हो।

हाम्रो किताब घरले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कार भारतभरिबाट प्रकाशित कुनै पनि एक उत्कृष्ट नेपाली पुस्तकलाई दिइने गरेको छ। साहित्यिक पुरस्कार लबीमुक्त हुनुपर्ने र पारादर्शिता पूर्वक कृतिको छनौट गरिनुपर्ने कुरामा जोर दिँइदै सुरू गरिएको उक्त पुरस्कारको निम्ति हरेक साल शीर्ष दस पुस्तक पनि सार्वजनिक गरिने गरिएको छ।

पुरस्कारले पठन संस्कृतिको विकासमा पनि थप टेवा पुर्याउनुपर्ने र साहित्यिक पुरस्कार जहिले पाठक मैत्री हुनुपर्ने कुरामा जोर दिइँदै किताब घरले उक्त साहित्यिक पुरस्कार सुरू गरेको हो। जसको निम्ति यसचोटि लेखक संगीत नेम्वाङको अगुवाईमा रहेको टोलीले टपटेन पुस्तक छनौट गरेको थियो भने जसमध्ये मेडिटेसनः पीड़ा र प्रस्थानलाई शीर्ष ज्युरी क्रमैले लेखक विन्द्या सुब्बा, कवि/ समालोचक सुधीर छेत्री र बलराम सापकोटाले श्रेष्ठ पुस्तकको रूपमा छनौट गरेको छ।

जसको घोषणा आज सालबारीमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ लेखक ज्ञानेन्द्र खतिवाड़ा, कवि मोहन ठकुरी, किताब घरका संयोजक छेवाङ योञ्जन र बबिता मादेनले गरेका छन्।
आख्यानकार विजय बान्तवा कैलाशीले आफ्नो स्वर्गीत घर्मपत्नी शशिप्रभा राईको स्मृतिमा सुरू गरिएको उक्त पुरस्कारमा नगद पचास हजार रूपियाँ सहित प्रशस्ति पत्र प्रदान गरिने गरेको छ।

सेनाको वाहन दुर्घटना, ३ जना सैनिकको मृत्युछिमेकी राज्य सिक्किमको पाक्योङ जिल्ला अन्तर्गत पर्ने दलपचन्दमा सेनाको वाहन दुर...
05/09/2024

सेनाको वाहन दुर्घटना, ३ जना सैनिकको मृत्यु

छिमेकी राज्य सिक्किमको पाक्योङ जिल्ला अन्तर्गत पर्ने दलपचन्दमा सेनाको वाहन दुर्घटना भएको छ।

पुलिस सुत्र मार्फत थाहा अनुसार ३ जना सैनिकको घटनास्थलमै ज्यान गएको छ भने एक १ जना गम्भीर रुपमा घाइते भएका छन् ।

सन्त जोसेफ विद्यालय गितडब्लिङकी पूर्व छात्रा सिन्थिया लेप्चा काबोले पास गरिन् NEET परीक्षा।गितडब्लिङ अप्पर बियोङ निवासी ...
05/09/2024

सन्त जोसेफ विद्यालय गितडब्लिङकी पूर्व छात्रा सिन्थिया लेप्चा काबोले पास गरिन् NEET परीक्षा।

गितडब्लिङ अप्पर बियोङ निवासी सिन्थिया लेप्चा काबोले राष्ट्रिय योग्यता प्रवेश परीक्षा (NEET) -2024 पास गरी सम्पूर्ण गितडब्लिङलाई नै गौरवान्वित तुल्याएकी छन्।‌
यस परीक्षा पास गरे सँगै सिन्थिया कलकत्ता नेशनल मेडिकल कलेज (CNMC) बाट एमबीबीएस गर्न योग्य भएकी छन्।
आफ्नो पूर्व छात्रा सिन्थियाको यो उपलब्धिमा गितडब्लिङको सन्त जोसेफ विद्यालयले बधाई दिएको छ। आफुहरु यो उपलब्धिमा उत्साहित भएको तथा यो उत्कृष्ट उपलब्धि समर्पण, लगनशीलता र कडा परिश्रमको प्रमाण भएको विद्यालय पक्षले जनाएको छ।
स्मरण रहोस, सिन्थिया लेप्चा काबो गत 2023 को उच्च माध्यमिक परीक्षामा विज्ञान विषयका कालेबुङ टप्पर बनेकी थिइन्।

Kalimpong Chori Shreyashi Tamang,  a 15-year-old grabs Silver Medal in Pre Paragliding Accuracy World Cup, held in LehIn...
04/09/2024

Kalimpong Chori Shreyashi Tamang, a 15-year-old grabs Silver Medal in Pre Paragliding Accuracy World Cup, held in Leh

In a stunning debut, 15-year-old Shreyashi Tamang from Kalimpong clinched the silver medal in the Women’s Category at the FAI 2 Pre Paragliding Accuracy World Cup, held in Leh, Ladakh, India, from August 24-28, 2024. Despite being the youngest pilot among the 109 competitors, Shreyashi’s remarkable performance earned her a well-deserved $500 prize.

Flying at a challenging altitude of 14,400 feet, Shreyashi demonstrated extraordinary skill and bravery. Her achievement is especially poignant given her background—she began paragliding at just 13 and aspires to become an Acrobatics Paragliding Pilot in the future.

For her classmates at St. Joseph’s Convent, where she is a 10th-grade student, Shreyashi's story embodies grit, determination, and youthful courage. Her journey has been supported by her mother, who has encouraged her ambitions since the death of Shreyashi’s father due to COVID-19.

As Shreyashi continues to soar to new heights, her tale of perseverance and achievement serves as an inspiration to her peers and the community. We wish her all the best in her future endeavors.

तार खोलामा गाडी पल्टियोभर्खरै तारखोला नजिकै एउटा पश्चिम बङ्गाल नम्बरधारी WB73G 2585 पिकअप दुर्घटनाग्रस्त भएको छ। जानकारी...
31/08/2024

तार खोलामा गाडी पल्टियो

भर्खरै तारखोला नजिकै एउटा पश्चिम बङ्गाल नम्बरधारी WB73G 2585 पिकअप दुर्घटनाग्रस्त भएको छ। जानकारीअनुसार उक्त दुर्घटनामा कुनै ज्यानको भने खति भएको छै।

नाबालिकलाई यौन शोषण गरेको आरोपमा अवकास प्राप्त पुलिस अधिकारी हिरासतमा16 वर्षीय नाबालिक माथि शारीरिक शोषण गरेको आरोपमा अव...
28/08/2024

नाबालिकलाई यौन शोषण गरेको आरोपमा अवकास प्राप्त पुलिस अधिकारी हिरासतमा

16 वर्षीय नाबालिक माथि शारीरिक शोषण गरेको आरोपमा अवकास प्राप्त पुलिस अधिकारी नवीन परियार विरूद्ध कानूनी कार्रवाई चलिरहेको छ। कालेबुङ जिल्लाका 16 वर्षीय किशोरीसँग गोरूबथान निवासी अवकास प्राप्त पुलिस अधिकारी परियारले शारीरिक शोषण गरेको मामिला कोर्टमा चलिरहेको छ।
सूत्र मार्फत प्राप्त जानकारीअनुसार पुलिस अधिकारी अलगडा पुलिस आउट पोस्टमा कार्यरत थिए। उनले त्यहाँबाट नै अवकास ग्रहण गरेका हुन्।
हालसालै अवकास ग्रहण गरेका ओरोपी परियारलाई गत 15 अगस्टको दिन कालेबुङ जिल्ला अदालतमा पुलिसले प्रस्तुत गरेको थियो। उनलाई कालेबुङ पुलिसले गोरूबथान उनकै निवासबाट पक्राउ गरेको हो।

आरोपी विरूद्ध POCSO को धारा 14 अन्तर्गत नाबालिकलाई यौनक्रियामा प्रयोग गरेको, धारा 15 अन्तर्गत नाबालिकको प्रोनोग्राफिक भिडियो डिभाइसमा राखेको र धारा 6 अन्तर्गत नाबालिकसँग बलपूर्वक यौन क्रिया गरेको आरोप छ।

गत 27 अगस्टको दिन आरोपीलाई कालेबुङ जिल्ला अदालतमा पुन: प्रस्तुत गरिएको थियो भने अदालतले उनको जमानत रद्द गरेको छ।
यता, कलकत्ता आरजी कर मेडिकल कलेजमा भएको महिला डाक्टरको बलात्कार र हत्याकान्डको घटनाले राज्यव्यापी रूपमा जनमानसको विद्रोह तीव्र बनिरहेको छ भने क्षेत्रीय स्तरमा भइरहेका यस्ता महिला हिंसाका घटनाहरू भने सार्वजनिक हुन सकिरहेका छैनन्।

लङभ्यू बगान : त्रिपक्षीय वार्ता निष्फल, आन्दोलन जारी रहनेHPEU को अगुवाइमा लङभ्यू चिया बगानका श्रमिकहरूले दैनिक ज्याला, व...
28/08/2024

लङभ्यू बगान : त्रिपक्षीय वार्ता निष्फल, आन्दोलन जारी रहने

HPEU को अगुवाइमा लङभ्यू चिया बगानका श्रमिकहरूले दैनिक ज्याला, वेतन, बोनस, एरियर, पीएफ-ग्र्याचुइटी सम्बन्धित मागहरू लिएर आन्दोलन गरिरहेका थिए। आन्दोलनलाई ध्यानमा राख्दै सरकारी श्रमविभागले 28 अगस्टको दिन त्रिपक्षीय वार्ताको चाजो मिलाएको थियो। आज (28/8/24) को दिन HPEU प्रतिनिधि साथै बगानका सयौँ श्रमिक-कर्मचारीहरू दागापुरमा अवस्थित श्रमिक भवनमा पुगे र 11:30 बाट वार्ता शुरू भएको थियो।

HPEUको माग थियो, मालिक गोविन्द गर्गसँगै वार्तामा बस्ने, किनकी मालिकपक्ष र प्रबन्धनका अन्य प्रतिनिधिहरूले मालिकबिना कुनै पनि निर्णय लिन असक्षम देखिन्छन्। तर आजको वार्तामा बगान मालिक गर्ग उपस्थित थिएनन्। उनको प्रतिनिधिको रूपमा अन्य तीनजना उपस्थित थिए।

बैठकको सुरूमै सबै युनियनहरूले मालिकको उपस्थितिको माग राखे। लघभग १७ करोड बाँकी राखेका मालिकपक्षले यसबारे सही निकासको कुरा नगरेर दैनिक ठीका बढाउने अनि नोक्सानीको कुरा दोहोर्याइ रहे। १५ करोड बकाया पीएफ-को पैसामध्ये केवल ५ लाख बुझाएको जानकारी मालिकपक्षको कुराबाट सुनियो। तिनीहरूले फ्याक्टरी पनि नचलाउने कुरा गर्यो। लङभ्यू लिएर ४ सालमा ८ वटा सम्झोता भएको कुराबारे एएलसी-ले पनि अचम्म मान्दै बगान सुचारूरूपमा चलाउनु पर्छ र बकायाहरू तिर्नु पर्छ भन्ने कुरा राखे। हरियो पत्तीको किनबेचबारे पनि पारदर्शिता नभएको कुरा एएलसीले व्यक्त गरे।

यस्ता समस्याहरूको समाधानका लागि त्रिपक्षीय वार्तामा मालिक हुनैपर्छ भन्ने अडान सबै युनियनहरूले राखे। चाडै मालिकको उपस्थितिसँगै त्रिपक्षीय वार्ता बोलाउने बाचा एडिसनल एलसीको तर्फबाट आयो, र यसरी नै मिटिङ टुङ्गियो।

आजको त्रिपक्षीय वार्ताका निम्ति लङभ्यू श्रमिकहरूले आन्दोलन स्थगित गरेका थिए। 27 अगस्टसम्म बगानमा काम सुचारू रुपमा चलिरहेको पनि थियो। तर भोलिदेखि आन्दोलन जारी रहने छ, त्यसको निर्दिष्ट रूप भोलि श्रमिकहरू भेला भएर तय गर्नेछन्।

लङभ्यूमा चलिरहेको आन्दोलनलाई साथ सहयोग गरिदिन हामी हार्दिक अनुरोध गरिएको छ।

लङभ्यू चिया बगानका श्रमिकहरूले पाउनु पर्ने 16 करोड 90 लाख 63 हजार 588 रुपियाँ प्राप्त नभएसम्म आन्दोलन जारी रहने बताइएको छ।

दार्जिलिङ बन्दभाजपाले डाकेको बङ्गाल बन्द समर्थन हेतु दार्जिलिङ बजार बन्द
28/08/2024

दार्जिलिङ बन्द

भाजपाले डाकेको बङ्गाल बन्द समर्थन हेतु दार्जिलिङ बजार बन्द

लाभा
28/08/2024

लाभा

लाभा नजिक वाहन दुर्घटनाआज बिहान सिलगढीदेखि समान लिएर सिक्किमतर्फ गइरहेको WB-73-E-7402 नम्बर धारी माल गाड़ी कालेबुङ जिल्ल...
23/08/2024

लाभा नजिक वाहन दुर्घटना

आज बिहान सिलगढीदेखि समान लिएर सिक्किमतर्फ गइरहेको WB-73-E-7402 नम्बर धारी माल गाड़ी कालेबुङ जिल्ला अन्तर्गत पर्ने लाभा छेउमा दुर्घटना भएको छ। घटना बिहानको 9 बजे भएको बताएको छ। जानकारी अनुसार ट्रक चालकलाई सामान्य चोट लागे पनि गाड़ी पुरै क्षतिग्रस्त भएको छ।

लङभ्यू श्रमिक आन्दोलन दबाउन मालिकले गरे थानामा कम्प्लेन++दार्जिलिङ जिल्ला अन्तर्गत खरसाङ महकुमाको लङभ्यू चिया कमानका श्र...
22/08/2024

लङभ्यू श्रमिक आन्दोलन दबाउन मालिकले गरे थानामा कम्प्लेन
++
दार्जिलिङ जिल्ला अन्तर्गत खरसाङ महकुमाको लङभ्यू चिया कमानका श्रमिकहरू आन्दोलनरत् छन्। आफ्नो साठी दिन काम गरेको ज्याला, २०२३ सालको बोनसको बकाया राशी, २०१३ देखि अहिलेसम्म पिएफको पैसा नबुझाएको, ग्राज्युटी, एरियर आदि समस्याले हताश भएर श्रमिकहरू आन्दोलित बन्न बाध्य बनेका हुन्। आज श्रम विभागलाई विरोध पेश गर्दै त्रिपक्षीय बैठकको माग गरियो। तर मालिक र म्यानेजमेन्ट पक्ष भने मेरो गोरूको बाह्रै टाकामा अडेको छ। ज्याला समेत नदिएर श्रमिकलाई काम लगाउने आँट पाएको म्यानेजमेन्ट पक्षले यस आन्दोलन विरूद्ध मोर्चा नै खोलेको भान हुन्छ।

हिल प्लान्टेशन इम्पोल्योइज यूनियनको अगुवाइमा चलिरहेको यस श्रमिक आन्दोलनलाई म्यानेजमेन्ट पक्षले खेलाइँची गरेर नै दबाउन खोजेको स्पष्ट हुँदै आएको छ। हिल प्लान्टेशन इम्पोल्योइज यूनियनका केन्द्रीय उपाध्यक्ष छेवाङ योञ्जन र सहसचिव सुमेन्द्र तामाङ साथै यस आन्दोलनलाई जनता समक्ष पुर्‍याउने मिडियाकर्मीहरूले समेत चिया कमानको कार्यमा बाधा पुर्‍याएको साथै देश विदेशमा बद्नाम गरेको आरोप लगाउँदै आज लङभिऊ चिया कमानका मालिक गोविन्द गर्कले गाडिधुरा पुलिस आउटपोस्टमा कम्प्लेन दर्ता गरेका छन्।

यता युनियन प्रतिनिधिद्वयले मालिकले पुलिसलाई जाहिर गरेको कम्प्लेनबारे टिप्पणी गर्दै यसलाई आधारहिन आरोप रहेको बताए। अझ उनीहरूले भने जबसम्म मजदुरहरूको दैनिक हाजिरा भुक्तानी गरिँदैन साथै अन्य मागहरूमाथि कम्पनीबाट सकरात्मक पहल हुँदैन तबसम्म आन्दोलन जारी रहने बताएका छन्।

प्रगतिवादी कवि/कथाकार गुमानसिंह राईको कथा सङ्ग्रह 'चतुरमानको अवकाश' सार्वजनिककालेबुङ जिल्ला अन्तर्गत गोरूबथानका प्रगतिवा...
22/08/2024

प्रगतिवादी कवि/कथाकार गुमानसिंह राईको कथा सङ्ग्रह 'चतुरमानको अवकाश' सार्वजनिक

कालेबुङ जिल्ला अन्तर्गत गोरूबथानका प्रगतिवादी कवि/कथाकार गुमानसिंह राईको कथा सङ्ग्रह 'चतुरमानको अवकाश' सार्वजनिक भएको छ।
कमाने जन जीवनको सङ्घर्षले ओतप्रोत 18 वटा कथा समावेश रहेको यस कथा सङ्ग्रह लोकार्पण भएको 'मानवी प्रकाशन'-को पक्षबाट टीका भाइले घोषणा गरेका छन्। यसभन्दा अघि "बन्दक परेका मुस्कानहरू" र "म तिम्रो कविता लेख्छु" नामक उनका दुईवटा कविता सङ्ग्र प्रकाशित भइसकेका छन्। "चतुरमानको अवकास" कथा सङ्ग्रह उनको तेस्रो कृति हो।

स्मरण रहोस्, केही दिन अघिबाटै बजारमा आइसकेको यस पुस्तकको भा.रू मूल्य रू. 200 रहेको छ। पुस्तक अनलाइन बुकिङ गरेर 'हाम्रो किताब घर' मार्फत घरैमा पनि मगाउन सक्नुहुनेछ।

सानो गाडी र मिनी बसहरूका लागि भोलिबाट NH-10 खुल्ला रहने
22/08/2024

सानो गाडी र मिनी बसहरूका लागि भोलिबाट NH-10 खुल्ला रहने

Sivok-Rangpo New Rail Line Project (44.96 Km)Progress Report:Piling work completed: 23,953 metersOngoing Work:Tunnel exc...
21/08/2024

Sivok-Rangpo New Rail Line Project (44.96 Km)

Progress Report:
Piling work completed: 23,953 meters

Ongoing Work:
Tunnel excavation: 36 Km
Tunnel lining: 16 Km
Pier construction: 828 meters

कवि राजा पुनियानीलाई नेम्वाङ स्मृति पुरस्कारको घोषणादार्जिलिङ सुकुनाका कवि राजा पुनियानीलाई नेम्वाङ स्मृति पुरस्कार प्रद...
19/08/2024

कवि राजा पुनियानीलाई नेम्वाङ स्मृति पुरस्कारको घोषणा

दार्जिलिङ सुकुनाका कवि राजा पुनियानीलाई नेम्वाङ स्मृति पुरस्कार प्रदान गरिने भएको छ । नेम्वाङ स्मृति प्रतिष्ठानका अध्यक्ष नन्दहाङ नेम्वाङले विज्ञप्ति जारी गरि साहित्यकार पुनियानीलाई पुरस्कार प्रदान गर्ने भएको जनाएका हुन्।

17/08/2024

लङ्भ्यू चिया कमानका मजदुरहरूले घेरे म्यानेजमेन्ट अफिस

दार्जिलिङ पहाडको पङ्खाबारी नजिक अवस्थित लङभ्यू बगानको मालिकले मजदुरहरूलाई दिइनु पर्ने करोडौँको रुपियाँ बाँकी छ। पीएफ, एरियर, ज्याला, बोनस जम्मै जम्मैमा मजदुरहरू ठगिरहेका छन्। तर मालिकले भने बहना बाजी गर्दै सरकारी सम्झौताहरू साथै उच्च न्यायालयको आदेशलाई समेत अवहेलना गरिरहेको छ। वितेको तीन पन्द्रहको ज्याला दिइएको छैन।
मजदुरहरूबाट पीएफको पैसा काटे तापनि त्यो पैसा पीएफ एकाउन्टमा जम्मा गरिएको छैन। म्यानजमैन्टको यस्तै नीतिले गर्दा श्रमिकहरूको धैर्यताको बाँध टुटेको हो।
आफ्नो श्रमको ज्याला, बकाया राशी दिनैपर्छ भन्ने माग गरिरहेका श्रमिकहरूले म्यानेजमेन्ट असक्षम भएको खण्डमा मालिकसँग भेट गर्ने माग राखेका थिए। हिल प्लान्टेशन्स् इम्पोल्योइज यूनियन Hill Plantations Employees Union (HPEU)को अगुवाइमा जम्मा आठवटा ठोस माग लिएर श्रमिकहरू भेला भएका थिए भने मेनेजर र म्यानेजमेन्ट पक्ष भने सकरात्मक पहल गर्न तयार नभएको प्रष्ट भएपछि अफिस घेराउ गरिएको थियो।
आज सम्पन्न भएको मिटिङ र धरना बारे युनियनको केन्द्रीय समिति सहसचिव सुमेन्द्र तामाङले जानकारी दिएका छन्।

16/08/2024

Band Display - Pagang Gumba Higher Secondary School

16/08/2024

Band Display - Rockvale Academy

16/08/2024

Band Display : St. Stephen Academy kaffer at mela ground

16/08/2024

Band display - Girls Higher Secondary School

16/08/2024

Band Display 2nd Position - St. Augustin School

16/08/2024

Band Display 1st Position : SUMI School

16/08/2024

Band Display : St. Philomina School

16/08/2024

Band Display : St. Joseph's Convent School

16/08/2024

SUMI School March Past

16/08/2024

Pranami School 3rd Position in March Past

16/08/2024

St. Joseph's Convent School 2nd Position in March Past

16/08/2024

St. Philomina School 1st Position in March Past

14/08/2024

जय हो

Address


Alerts

Be the first to know and let us send you an email when Jhyaal Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhyaal Online:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share