FNNJ Federation of Nonresident Nepali Journalist (FNNJ)

सर्वोच्चको फैसलाले एनआरएनएको भविष्य संकटमा
08/01/2023

सर्वोच्चको फैसलाले एनआरएनएको भविष्य संकटमा

सर्वोच्च अदालतले समानान्तर एनआरएनए खोल्न सक्ने फैसला गरेको छ । यस फैसला पछि एनआरएनएमा अब के होला भन्ने कौतुहलता .....

07/24/2023
07/18/2023

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक ।।सानेपाबाट लाइभ।।

05/29/2023

आगामी आर्थिक वर्ष २०८०।८१ को बजेट भाषण सुरु

05/05/2023

फ्रेन्ड्स अफ राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा नेपाल स्पेन गठन!

02/24/2023

एनआरएनए एनसीसी कतारको परिषद भेला २०२३को प्रत्यक्ष प्रसारण

01/01/2023

नयाँ बर्ष २०२३ को शुभ अवसरमा सबैजनालाई हार्दिक मंगलमय शुभकामना !!

11/05/2022

अन्तराष्ट्रिय डबली ५: नेपाली राजदूताबास वासिङ्गटन डिसीद्वारा बिगत देखि गरिंदै आएको र यस बर्ष २०२२ मा पनि क्यालिफोर्नियामा आयोजित कन्सुलर सेवाबारे नेपाली दुताबासका डिसिएम कुमार खरेल, थर्ड सेक्रेटरी जनक सिंहका साथमा महाबाणिज्यदूत ऋषी ढकालसँगको साक्षात्कार फेसबुक लाइभ-होष्ट: कृष्ण के सी

10/11/2022

अन्तराष्ट्रिय डबली #४ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना

09/06/2022

गैरआवासीय नेपाली संघ अमेरिका घोषणा तथा परिचयात्मक कार्यक्रम

02/03/2022

सफल ब्यबसायी तथा सेभेन समिटर मिङ्गमा शेर्पा क्यालिफोर्नियामा, स्वागत तथा फेसबुक लाइब लाइभ

01/05/2022

Federation of Non-Resident Nepali Journalists -FNNJ
गैरआवासीय नेपाली पत्रकार महासंघ
तेश्रो बैठकका निर्णयहरु
जनवरी १, २०२२

गैरआवासीय नेपाली पत्रकार महासंघका अध्यक्ष भगिरथ योगीको अध्यक्षतामा बसेको महासंघको तेश्रो बैठकले देहायका एजेण्डाहरुमा छलफल गर्दै निर्णयहरु पारित गरिएको छ।

एजेण्डा र निर्णय

१. महासंघ दर्ताबारे
Federation of Nonresident Nepali Journalists (FNNJ) (गैरआवासीय नेपाली पत्रकार महासंघ) Limited को रुपमा बेलायतको कानुन अनुसार मुनाफा रहित कम्पनिको रुपमा दर्ता भएको छ। यसले बेलायत सहित विश्वोभरिमा काम गर्न पाउनेछ।

२. राजिनामा र असमर्थताबारे
गैरआवासीय नेपाली पत्रकार महासंघका संस्थापक सचिव अनिल अधिकारी (अमेरिका) ले नेपाल अमेरिका पत्रकार संघको कार्यसमितिमा निर्वाचित भएकाले सो संघको बिधान अनुसार आफू दुइतिर बस्न नमिल्ने भनि दिनु भएको राजिनामा स्वीकृत गरिएको छ। तर पनि उहाको निरन्तर सहयोग र साथ संघलाइ रहनेछ।

३. बिधानको पहिलो ड्राफ्ट
गैरआवासीय नेपाली पत्रकार महासंघको बिधान २०२२ को पहिलो ड्राफ्ट तयार भएको छ। महासंघका बरिष्ठ उपाध्यक्ष तोया दाहालले तयार पर्नु भएको सो ड्राफ्टको प्रति बैठकमा समेत प्रस्तुत गरियो र केहि अंश छलफल गरियो। यसलाई सुझाव र अध्ययनको लागि सबै पदाधिकारी तथा सदस्यहरुलाई पठाउने र अर्को बैठकले सो को निर्णय गर्ने गरी निर्णय गरियो।

४. वेबसाइट
तत्काल गैरआवासीय नेपाली पत्रकार महासंघको वेबसाइट डेभलपबारे उपाध्यक्ष श्याम लुइँटेलले जानकारी दिनुभयो। तुरुन्तै डिजाइन गरि ग्रुपमा शेयर गर्दै त्यसबाट फाइनल गर्न पहल गर्ने निर्णय गरियो।

५. सामाजिक संजालबारे
गैरआवासीय नेपाली पत्रकार महासंघको नाममा एक फेसबुक पेज (https://www.facebook.com/FNNJ), एउटा Twitter (https://twitter.com/home) र एउटा फेसबुक ग्रुप (https://www.facebook.com/groups/) रहेको छ। यसमा सबैको एक्सेस हुनेगरी ब्यबस्था गर्ने निर्णय गरियो।

६. पदपूर्तीबारे
पहिलो महाधिवेशन पूर्व स्थापनाको १८० दिन भित्रमा गैरआवासीय नेपाली पत्रकार महासंघमा पुर्णता दिने निर्णय भए अनुरुप तत्काल सचिवमा मन्दिप के सी-बेलायत, केन्द्रिय सदस्यहरुमा भोला लामिछान-स्पेन, शैलेश पोख्रेल-अमेरिका, मणि थेवे-अष्ट्रिया, सरु सरस्वती शर्मा-अमेरिका, बसन्त कार्की-क्यानाडा, दिपजंग शाह-कतार, राजु आचार्य-अमेरिक र सन्तोष क्षेत्री-कतार रहनु भएको छ।

गैरआवासीय नेपाली पत्रकार महासंघ जनवरी १, २०२२ पछिको कार्यसमिति
अध्यक्ष भगरिरथ योगी-बेलायत
बरिष्ठ उपाध्यक्ष तोया दाहाल-अमेरिका
उपाध्यक्ष श्याम लुइँटेल-बेलायत
महासचिव कृष्ण के सी-अमेरिका
सचिव छत्र शंकर-अष्ट्रेलिया
सचिव खगराज गौतम-जापान
सचिव अनुजा बुढाथोकी-साउदी अरेबीया
सचिव मन्दिप के सी-बेलायत
कोषाध्यक्ष-तत्काल खाली
सहकोषाध्यक्ष-महेश कुमार खाती-डेनमार्क
प्रवक्ता-तत्काल खाली
केन्द्रिय सदस्य भोला लामिछान-स्पेन
केन्द्रिय सदस्य शैलेश पोख्रेल-अमेरिका
केन्द्रिय सदस्य मणि थेवे-अष्ट्रिया
केन्द्रिय सदस्य सरु सरस्वती शर्मा-अमेरिका
केन्द्रिय सदस्य बसन्त कार्की-क्यानाडा
केन्द्रिय सदस्य दिपजंग शाह-कतार
केन्द्रिय सदस्य राजु आचार्य-अमेरिक
केन्द्रिय सदस्य सन्तोष क्षेत्री-कतार

९. बिबिध एजेण्डाहरुको एकमुष्ठ निर्णय
अर्को बैठक जनवरी ९, २०२२ आइतबार नेपालको समय साँझ ६:०० बजे बस्ने निर्णय गरीय। आगामी बैठकमा बिधान, वेबसाइट, निर्वाचन समिति, सदस्यता शुल्क, राष्ट्रिय समिति गठन, विभिन्न समितिहरुको गठन लगाएतका बिषयमा केन्द्रित रहने छ। त्यसैगरी डायस्पोरा नेपाली समुदायमा पत्रकारिता बिषयमा एउटा जुम गरिने समेत निर्णय गरिएको छ।

https://diasporanepal.com/?p=4225
01/03/2022

https://diasporanepal.com/?p=4225

लण्डन । गैरआवासीय नेपाली पत्रकार महासंघ (एफएनएनजे) अन्तरराष्ट्रिय समितिलाई विस्तार गरेको छ । महासंघ अध्यक्ष भगि....

01/03/2022

मनोनयन सहित विभिन्न बिषयमा निर्णय गर्दै गैरआवासीय नेपाली पत्रकार महासंघको बैठक सम्पन्न

गैरआवासीय नेपाली पत्रकार महासंघ (Federation of Non-Resident Nepali Journalists-FNNJ) को बैठक बिभिन्न बिषयहरुमा निर्णयका साथमा केहि मनोनयन सहित सम्पन्न भएको छ।

गैरआवासीय नेपाली पत्रकार महासंघका अध्यक्ष भगिरथ योगीको अध्यक्षतामा जनवरी १, २०२२ मा जुममा बसेको महासंघको बैठकले बिबिधि एजेण्डाहरु माथि निर्णय गर्दै केहि संचारकर्मी-पत्रकारहरुलाई महासंघको विभिन्न जिम्मेवारीमा मनोनित गरेको छ।

पहिलो महाधिवेशन पूर्व स्थापनाको १८० दिन भित्रमा गैरआवासीय नेपाली पत्रकार महासंघमा पुर्णता दिने निर्णय भए अनुरुप केहि जिम्मेवारीमा मनोनयन गरिएको हो।

मनोनित गरिएकाहरुमा सचिव मन्दिप के सी-बेलायत, केन्द्रिय सदस्यहरुमा भोला लामिछान-स्पेन, शैलेश पोख्रेल-अमेरिका, मणि थेवे-अष्ट्रिया, सरु सरस्वती शर्मा-अमेरिका, बसन्त कार्की-क्यानाडा, दिपजंग शाह-कतार, राजु आचार्य-अमेरिक र सन्तोष क्षेत्री-कतार रहनु भएको छ।

गैरआवासीय नेपाली पत्रकार महासंघको जनवरी १, २०२२ पछिको कार्यसमितिमा देहायका व्यक्तिहरु देहायका जिम्मेवारीमा रहनु भएको छ।
अध्यक्ष भगरिरथ योगी-बेलायत
बरिष्ठ उपाध्यक्ष तोया दाहाल-अमेरिका
उपाध्यक्ष श्याम लुइँटेल-बेलायत
महासचिव कृष्ण के सी-अमेरिका
सचिव छत्र शंकर-अष्ट्रेलिया
सचिव खगराज गौतम-जापान
सचिव अनुजा बुढाथोकी-साउदी अरेबीया
सचिव मन्दिप के सी-बेलायत
कोषाध्यक्ष-खाली
सहकोषाध्यक्ष-महेश कुमार खाती-डेनमार्क
प्रवक्ता-खाली
केन्द्रिय सदस्य भोला लामिछान-स्पेन
केन्द्रिय सदस्य शैलेश पोख्रेल-अमेरिका
केन्द्रिय सदस्य मणि थेवे-अष्ट्रिया
केन्द्रिय सदस्य दिपजंग शाह-कतार
केन्द्रिय सदस्य सरु शर्मा-अमेरिका
केन्द्रिय सदस्य बसन्त कार्की-क्यानाडा
केन्द्रिय सदस्य राजु आचार्य-अमेरिक
केन्द्रिय सदस्य सन्तोष क्षेत्री-कतार

धन्यवाद सहित;
कृष्ण के सी
महासचिव
गैरआवासीय नेपाली पत्रकार महासंघ
जनवरी २, २०२२ आइतबार

https://janahitnews.com/2021/11/4781/बागलुङमा १/१ लाख राशीका २ स्मृति पत्रकारिता पुरस्कार स्थापना
11/04/2021

https://janahitnews.com/2021/11/4781/
बागलुङमा १/१ लाख राशीका २ स्मृति पत्रकारिता पुरस्कार स्थापना

प्रेस सेन्टर नेपाल बागलुङले एकैसाथ दुई वटा पुरस्कार कोष स्थापना गरेको छ । प्रेस सेन्टर नेपाल बागलुङको पाचौं जिल्...

https://janahitnews.com/2021/10/4603/बिदेशी होस् वा अरु कोहि जापानको सामान्य भन्दा सामान्य स्थलमा पनि एकदमै सुरक्षित र स...
10/26/2021

https://janahitnews.com/2021/10/4603/
बिदेशी होस् वा अरु कोहि जापानको सामान्य भन्दा सामान्य स्थलमा पनि एकदमै सुरक्षित र स्वतन्त्र भएर घुमफिर गर्न सकिन्छ र बाटो बिर्सेमा नजिको प्रहरी बक्समा सोधेमा प्रहरीले सक्दो सहयोग र घर फर्कन खर्च नभए १,००० येन सम्म प्रहरीले सापट दिने र घर पुग्न सहयोग गर्ने सहयोगी नियम पनि छ ।

शिष्टाचार: शिष्टाचार,जापानी संस्कृतिको एक महत्त्वपूर्ण अंश हो, भेटघाट गर्दा , बिदा लिँदा,छुट्टिदा , अनि केहि कुर.......

10/16/2021

Nepal vs India LIVE | SAFF Championship 2021 FINAL

08/15/2021

अफगानिस्तानबाट नेपालीहरुको छिटो उद्धार गर्न नेपाल सरकारलाई आग्रह

प्रेस विज्ञप्ति

अफगानिस्तानमा रहेका नेपालीहरुको उद्धारका लागि नेपाल सरकारले एक कार्यदल गठन गरेको समाचार आएको छ। गैरआवासीय नेपाली पत्रकार महासंघ नेपाल सरकारको यो कदमलाई एक सकारात्मक शुरुवातको रुपमा लिन्छ।
महासंघ नेपाल सरकारलाई कूटनीतिक संयन्त्र, राष्ट्र संघीय निकायहरु तथा छिमेकी मुलुकहरुसंग समेत समन्वय गरी हाल अफगानिस्तानमा रहेका नेपालीहरुमाथि सम्भाव्य जोखिमको लेखfजोखा गर्न र आवश्यक परे आपत्कालिन उद्धार गर्न समेत आग्रह गर्दछ।

सुरक्षा तथा अन्य निकायमा गरी सैयौंको संख्यामा अफगानिस्तानमा नेपालीहरु रहेको अनुमान छ । संख्या जे जति भएता पनि उद्धार अहिलेको सबैभन्दा प्रमुख काम हो भन्ने हाम्रो ठम्याई छ।
पछिल्लो समाचार अनुसार अफगान राष्ट्रपति असरफ गनीले मुलुक छाडेका छन् र शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणको प्रयास भै रहेको छ।

त्यहाँ रहेका नेपालीहरुलाई तालिवान लडाकुहरुको कडाखाले नियन्त्रण, उनीहरुको योजना, भाषा र धेरै कुराबारे जानकारी नहुन सक्छ। नेपालीहरुको सुरक्षाको प्रत्याभूति गर्दै सुरक्षित रुपमा उद्धार गर्ने तर्फ छिटो भन्दा छिटो कदम चाल्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।

कृष्ण केसी
महासचिव
गैरआवासीय नेपाली पत्रकार महासंघ
अगष्ट १५, २०२१

गैरआवासीय नेपाली पत्रकार महासंघFederation of Nonresident Nepali Journalists FNNJ-2021***********************************...
07/27/2021

गैरआवासीय नेपाली पत्रकार महासंघ
Federation of Nonresident Nepali Journalists
FNNJ-2021
************************************

समाचार लेखेकै कारण धम्की दिनेप्रति हाम्रो ध्यानाकर्षण भएको छ

प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) डेनमार्कका अध्यक्ष रवीन्द्र खड्काले एनआरएनए डेनमार्कको अधिवेशन सम्बन्धमा प्रकाशित समाचारको विषयलाई लिएर एक संचारकर्मी विरुद्ध व्यक्तिगत गालीगलौजमा उत्रिएको घटनाप्रति गैरआवासीय नेपाली पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ।

एनआरएनए जस्तो सामाजिक संस्था र त्यसको नेतृत्वको काम कारवाहीको विश्लेषण गर्दै समाचार लेखेकै कारणले डेनमार्कमा क्रियाशील यस महासंघका सहकोषाध्यक्ष पत्रकार महेश खाती विरुद्ध खड्काले प्रयोग गरेको भाषाले हामीलाई स्तव्ध बनाएको छ।
कुनै पनि समाचारका बिषयमा आफ्ना भनाई राख्न पाउने र सार्वजनिक रुपमा खण्डन गर्न पाउने अवस्था रहंदारहंदै फोन गरेर धम्क्याउने शैली एनआरएनएको मर्यादा अनुकूल नरहेको हामीले महसुस गरेका छौ ।

सार्वजनिक संस्थाका बारेमा सामाचार प्रकाशित हुनु सामान्य विषय हो। एनआरएनए डेनमार्कको अधिवेशन नजिकिंदै, छैन उत्साह र रौनकता भन्ने शिर्षकले अध्यक्ष खड्काको व्यक्तिगत छविमा आँच नआउने हाम्रो ठहर छ। तर पनि एकजना क्रियाशील पत्रकारलाई धाकधम्की दिने, अमर्यादित अभिव्यक्ति दिने जस्तो गैरजिम्मेवार कार्यका लागि माफी माग्न हामी खड्कालाई आग्रह गर्दछौं। आगामी दिनमा पनि उहाँले यस्तो व्यवहार नसच्याए उहाँ विरुद्ध कारवाही गर्न एनआरएनए केन्द्रलाई लेखि पठाउने जानकारी गराउंछौं।

डायस्पोरामा संघर्ष गर्दै कार्यरत नेपाली पत्रकारहरु र प्रवासी नेपाली समुदायबीच निकट सम्पर्क र सहकार्य हुनु पर्छ भन्ने हाम्रो मान्यता छ। यदि कुनै पनि कारणले असमझदारी उत्पन्न भएमा आपसी छलफल र संवादद्वारा समस्याको समाधान गर्न पनि हामी अपिल गर्दछौं।

कृष्ण केसी
महासचिव
गैरआवासीय नेपाली पत्रकार महासंघ
जुलाई २७, २०२१

नेजाको ७ औं अधिवेशन तथा १४ औं साधारणसभाको पूर्ण सफलताको शुभकामना !************************************* गैरआवासीय नेपाली...
07/23/2021

नेजाको ७ औं अधिवेशन तथा १४ औं साधारणसभाको पूर्ण सफलताको शुभकामना !
*************************************
गैरआवासीय नेपाली पत्रकार महासंघ
Federation of Nonresident Nepali Journalists
FNNJ-2021
************************************

श्री अध्यक्षज्यू,

नेपाल अमेरिका पत्रकार संघ-नेजाको भर्जिनियामा जुलाई २४ र २५ , २०२१ मा हुने ७ औं अधिवेशन तथा १४ औं साधारणसभाको पूर्ण सफलताको लागि गैरआवासीय नेपाली पत्रकार महासंघ शुभकामना व्यक्त गर्दछ।

संयुक्त राज्य अमेरिकालाई कर्मथलो बनाउनु भएका संचारकर्मीहरुको साझा संस्था, नेजाको बार्षिक सम्मेलनको पूर्ण सफलताको लागि गैरआवासीय नेपाली पत्रकार महासंघ शुभकामना व्यक्त गर्दछ।

प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली पत्रकार महासंघको गठन भएको जानकारी गराउन चाहान्छौ। गैरआवासीय नेपाली पत्रकार महासंघ यहाँहरुसँग सहकार्य र हातेमालो गर्दै अघि बढने प्रतिबद्धता व्यक्त गर्दछ ।

महासंघले विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने, सञ्चार क्षेत्रको विकासका लागि नेपालमा रहेका पत्रकारितासंग सम्बन्धित संघसंस्थासंग सहकार्य गर्ने, प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपाली पहिचानको प्रवर्द्धनका लागि काम गर्ने उद्देश्य लिएको छ।

पत्रकारिता तथा सञ्चार क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संगठन तथा संघ संस्थासँग सहकार्य गर्दै अघि बढ्न हामी प्रतिबद्ध छौ । त्यस्तै प्रवासबाट प्रकाशित अनलाइन समाचार पोर्टलहरुका लागि आचार संहिता तयार गर्ने र आपसमा सहकार्य गर्दै आर्थिक तथा व्यवसायिक रुपमा दीगो बनाउन अभियान नै चलाउनका लागि नेजासंग सहकार्य गर्न हामी तत्पर छौं।

धन्यवाद;

भगीरथ योगी
अध्यक्ष
गैरआवासीय नेपाली पत्रकार महासंघ

कृष्ण केसी
महासचिव
गैरआवासीय नेपाली पत्रकार महासंघ
जुलाई २२, २०२१

07/13/2021

गैरआवासीय नेपाली पत्रकार महासंघले ग-यो सर्वोच्च अदालतको फैसलाको स्वागत
अमेरिका, जुलाई १२, २०२१
दोश्रो पटक पनि विघटन गरिएको नेपालको प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको गैरआवासीय नेपाली पत्रकार महासंघले स्वागत गरेको छ।
सोमबार भर्चुअल रुपमा बसेको महासंघको पहिलो बैठकले अदालतको फैसलाले विधिको शासनको सर्वोच्चतालाई पुनःस्थापित गरेको जनाएको छ। लोकतन्त्र, मानव अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि पनि विधिको शासन अनिवार्य छ।

त्यसैले हामी नेपालका सम्पूर्ण राजनीतिक शक्तिहरुलाई आपसी संवाद र सहकार्यद्वारा जारी राजनीतिक गतिरोधबाट मुलुकलाई निकास दिन र कोरोना संक्रमणबाट भैरहेको मानवीय क्षतिलाई रोक्न तत्काल खोपको आपूर्ति सुनिश्चित गरी कोभिड नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न अपिल गर्दा छौं, महासंघले भनेको छ।
महासंघको बैठकले विधान तर्जुमा, संगठन विस्तार लगायतका कामहरु गर्न विभिन्न समितिहरु पनि गठन गरेको कुरा महासचिव कृष्ण केसीले जनाए।

प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गत साता गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको थियो।

07/11/2021

Address

Santa Cruz, CA

Telephone

+15102061920

Website

Alerts

Be the first to know and let us send you an email when FNNJ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category


Other Media Agencies in Santa Cruz

Show All