01/03/2025
मलाई जन्मायौ मात्र।न आमाको माया पाए न बाबुको। बाबुले अर्कि ल्याए आमा पोईल गैइन्। सौतेनि आमा र बाबुले सानैमा मागेर कमाई खाने भाडो बनाए।पड्न पाईन्।म सङ कला र गला थियो। क्षमता थियो।एक जना भगवान बनेर आए।मैले म को हु भनि चिनाउने मौका पाए।बाल कलाकार भनि रास्ट्र्ले सम्मान दियो। मैले देश कोलागि यतिनै योगदान गर्न सके।मेरो नाम , बाबु आमाको नाम दुनियालाई चिनाए।मैले यो धर्तिमा छोरा भएर जन्मिए पछि छोटो उमेरमा पुरा गर्नु पर्ने दायित्व पुरा गरे।तर मलाई जन्माउने मेरा बाबा आमा र म जन्मिएको यो धर्तिबाट मैले के पाए?? जतिबेला म सानो थिए। राम्ररि खान लाउन पाईन्।बाबुको माया पाईन्।सौतेनि आमाको हेपाई' पड्न पाईन्।बाल अधिकार भन्थे खोई अधिकार कर्मिले मलाई के छ सचिन भनेर कहिले सोधेनन्। जब बिरामि परे मेरो पिर ब्यथा बुझ्ने कोहि थिएन्।बिरामि भै थलिदा बाबु र सौतेनि आमाले दिसा पिसाप गर्यो भनि दिएको गालि मैले सहन सकिन्।आमा मलाई लैजाउ म बाच्न चाहान्छु भन्दा तेरै बाबु सग बस भन्ने जबाफ दियौ।मेरो बाल मस्तिस्कमा के थियो कसैले बुझेन्।सबैले प्रयोग गरे।मेरो कोहि भएन्।एक्लै बाच्न सक्थे होला तर त्यो पनि दिएनन्।सम्बिधानमा कानुनमा बाल अधिकार लेखियो।तर मेरालागि हैन रहेछ्। मैले बिरामि हुदा कति गुहार मागे।मलाई माया र हेरचाहको खाचो थियो। कति पिसाप दिसा गरेको भनि मिडिया सामु गालि गर्दा म धुरु धुरु रुन्थे। यो मानसिक पिडा कुनै पनि म जस्ता बालकलाई नपरोस्। म बाच्न चाहन्थे तर बचाउने भन्दा मलाई मानसिक यातना र बाल हिम्सा गरियो।मेरो यो देश मा कोहि भएन्।न कानुन न सरकार्।न बाल अधिकार कर्मि। मेरा जन्मदिने बाबु आमा र सौतेनि आमा को बोझ र कमाई खाने भाडो हुदा मलाई बाच्न दिइएन। मागेर कमाए गाएर कमाए।नाचेर कमाए हसाएर कमाए, नाम कमाई दिए , दाम कमाईदिए। तरमलाई यो धर्तिमा बाच्न दिइएन्।मर्ने बेलामा आमाको मुख हेर्न मन थियो त्यो पनि पाईन्।अहिले लासमाथि पनि कमाई दिएको छु।अलबिदा। हार्दिक श्रद्दान्जलि बाबु।फेरि यो धर्तिमा तिमिले जन्मनु दुख पाएर मर्न नपरोस्। बैकुन्ठ बास होस्।