NepaliNews

NepaliNews Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NepaliNews, Media/News Company, Baglung, Fort Lauderdale, FL.

05/09/2023

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको नागरिकतास....

05/06/2023

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चितुवा आतंक बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर) पासो प्रभावकारी...

05/06/2023

रौतहटको चन्द्रनिगाहपुर स्थित इलाका प्रहरी कार्यालयले चोरीको तीनथान मोटरसाइकलसहित ३ जना चोर लाई सार्वजनिक गरेक....

05/06/2023

धनगढी । कञ्चनपुरमा डिउटीमा खटिएका सशस्त्र प्रहरीका एक जना सइमाथि खुकुरी प्रहार भएको छ । जिल्लाको दोधारा चाँदनी न...

05/03/2023

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बन...

01/15/2023

पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ। विमानमा सवार यात्रुहरुको नामावलीः
नेपाली यात्रु
किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सिता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा. शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना

को को थिए विदेशी यात्रु?

मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे

शिशुहरु:

कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

पोखरामा आज दुर्घटना भएको यति एअरको बिमानमा सवार यात्रुको नाम!!
01/15/2023

पोखरामा आज दुर्घटना भएको यति एअरको बिमानमा सवार यात्रुको नाम!!

01/15/2023

पोखरा विमान दुर्घटना : उद्धारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटनास्थलमा उद्धारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको उनका प्रेस संयोजक नवराज पाण्डेले जानकारी दिए ।

अहिले गृहमन्त्री लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर घटनाबारे जानकारी लिइरहेका छन् । आज बिहान चालक दलसहित ६८ यात्रु बोकेर उडेको यति एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले उद्धार कार्य जारी छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रव...
01/15/2023

पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विवरण लिन प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन‍्। प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलको कन्ट्रोल रूममा बसेर दुर्घटनाको अपडेट लिइरहेका छन्।

01/15/2023

१ माघ, काठमाडौं । पोखरामा आइतबार दुर्घटनामा परेको ९एन-एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अव....

12/12/2022

‘रामचन्द्र दाइलाई प्रधानमन्त्री बनाउन मैले के कति पहल गर्नुपर्छ त्यसको लागि तयार छु , त्यसका लागि काठमाडौं जाँदै...

12/12/2022

नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपत्काल लागेको थियो र १/२ हप्तापनि कुर्न ...

12/06/2022
12/06/2022

काठमाडौं । ब्राजिल फिफा विश्वकप फुटबल–२०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । कतारमा आज भएको प्रि–क्वाटरफाइनल ख.....

12/06/2022

कतारमा जारी विश्वकप फुटबलमा आज तीन खेल हुँदै छन् । आज समूह ‘ए’ को एक र समूह ‘बी’ को दुई खेल हुन लागेका हुन् । सोमबा......

12/06/2022

ललितपुरका तीनै क्षेत्रमा एमालेकाे अग्रता, कसले पाए कति मत ?

ललितपुर । ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् ।

नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन् । सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

उता, ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन भने लौरो चिन्हले ८९७ र कलमले ७७७ मत प्राप्त गरेका छन् ।त्यस्तै, लतिलपुर–३ मा अमृत खडकाले ५१३ र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा‌‌. तोसिमा कार्कीले ४९८ मत प्राप्त गरेका छन् । यसअघि जितेकी माओवादी केन्द्रकी पम्फा भुषालले २९६ मत मात्रै प्राप्त गरेकी छिन ।

Kathmandu Metro Mayor B***n Shah speaks about his 100 days of tenure & says, "हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हा...
09/04/2022

Kathmandu Metro Mayor B***n Shah speaks about his 100 days of tenure & says, "हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैले मुल्यांकन गर्ने भन्दा पनि आममानिसहरुले कसरी हेर्नु भयो भन्ने बढि अर्थपुर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौँ, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौँ भनेर सूचि बनाउदैमा हामी सफल हुन सक्दैनौँ । यसैले १०० दिन पुगिसकेको सन्दर्भमा हामीलाई मनमा छोएका केहि सन्दर्भहरु सम्झिन जायज हुनेछ भन्ने लाग्छ ।

१. फुटपाथबाट मकैको ठेला हटाएको : यो सन्दर्भले अझै पनि सहि वास्तवमा के हो भन्ने एक किसिमको धर्मसंकट महसुस हुन्छ । तर अन्तिममा के लाग्छ भने आफुले पाएको अभिभारा पुरा गर्न भावनात्मक मात्रै भएर हुन्न । फुटपाथको आधारभुत निर्माण नै पैदलयात्रुहरुको लागि हो । शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरुलाई अन्यत्र राखेर खुल्ला गर्ने कोशिस गरेको थियो, जुन पुर्णरुपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुन: फुटपाथमा नयाँ व्यापारीहरु आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यहि गरियो र गरिदैछ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । यो भन्दा अलग किसिमले राष्ट्रियस्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला । हाम्रा लागि यो सम्भावनाको कुरा मात्र हुन्छ । हामीले वास्तविकतामा उभिएर समाधान खोज्दा जे गर्नु पर्थ्यो, त्यहि गर्यौँ । जसको नतिजा बानेश्वर तथा असन लगायतका क्षेत्रहरुमा सकारात्मकरुपमा देखिन थालेको छ ।

२. Esports का लागि १ करोड : गीत गाउने, नाच्ने जस्ता कलाकारहरु प्रति केहि पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरुका लागि त सम्मान भन्दा पनि अफ्ठ्यारा बढि थिए । तर अहिले अवस्था फेरिएको छ । यतिसम्म कि यी सम्बन्धित रियालिटी सोहरुमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो । त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको छ । इस्पोर्टस पनि खेलकारुपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको बिषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने ? त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउने बित्तिकै आएका प्रतिक्रिया र मानिसहरुले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरु फरक पर्न थाले । इस्पोर्टसमा हामीले चाहे जस्तै कार्यक्रम भए पछि हामीले बजेट छुट्याउनुको उपादेयता पनि हासिल हुन सक्ला । त्यो दिन पर्खौँ ।

३. यमबुद्धको सालिक : एउटा कलात्मक पार्कभित्रको सानो अंगकारुपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो त्यो । बुँदा २ मा इस्पोर्टसको सन्दर्भ जस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ बिधा हो । यमबुद्ध सो बिधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफु त्यो बिधा नजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भुमिका हुनु पर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर बजेटमा धेरै भन्दा धेरै पारदर्शीता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आममानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केहि फेरबदल गर्यौँ । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठुलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरवबोध नै भएको छ ।

४. कार्यक्रममा मद्यपान र मुकुट परिवर्तन : मान्छे एउटै जीवनभित्र फरक फरक भुमिकामा हुन्छ । म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहदा घरमा छोरोको रुपमा अव्यवस्थित, पतिकारुपमा प्रेमील र साथीहरुसँग जिस्किदै फुटसलमा रमाइरहेको हुन सक्छु । यी हरेक भुमिकाका लागि अर्को भुमिका भन्दा विपरित हुनु पर्ने पनि हुन सक्छ । माहौलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहौललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । यी सबै कुरालाई सोहीरुपमा बुझिदिनु हुन आग्रह गर्दछु । सँगसँगै, सार्वजनीक व्यक्तित्व भएको कारणले समाजमा आफ्ना कार्यहरुले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु ।

५. फोहोर व्यवस्थापनमा ढिलाइ : यसमा के स्वीकार्नु पर्दछ भने १०० दिन भित्र फोहोर व्यवस्थापनका सन्दर्भमा हामीले जस्तो सोचेका थियौँ, हुबहु हुन सकेन । तर झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन भने सक्यौँ । यसबाट वास्तविक समस्याहरुको पहिचान भएर दिगो समाधानका योजनाहरु बनाउन सक्ने भएका छौँ ।

६. नर्भिक लगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा : जे जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यहिरुपमा प्रयोग हुनु पर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि शर्तमा यो नियम लागू गर्न हामी पछि हट्ने छैनौँ । यी कतिपय सन्दर्भमा हामीले सम्मानित अदालतका सन्दर्भमा बोल्यौँ, सम्बन्धित व्यक्तिसामू चर्कोस्वरमा आक्रोश पोख्यौँ । आममानिसहरुको आवाज हामीले सम्बन्धित ठाउँसम्म पुर्याउँने सेतुका रुपमा मात्रै हामीले ति कार्यहरु गरेका छौँ । सायद जनप्रतिनिधी हुनुको औचित्य पनि त्यहि हो ।

अन्त्यमा, हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँ।"

😀😀😀
08/29/2022

😀😀😀

Popular Singer Rachana Rimal fulfills her dream of making a house for her parents from her own money & she writes, " सान...
08/20/2022

Popular Singer Rachana Rimal fulfills her dream of making a house for her parents from her own money & she writes, " सानैदेखि बाबाममिलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगितिक क्षेत्रबाटै यो सपना पुरा गर्छु भन्ने कल्पना नै थिएन तर हजुरहरु सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पुरा भएको छ | "

आज नागपञ्चमी पर्व मनाइँदै, नागलाई विष्णु र शिवका रुपमा पूजा गरिने।    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग...
08/02/2022

आज नागपञ्चमी पर्व मनाइँदै, नागलाई विष्णु र शिवका रुपमा पूजा गरिने।

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । प्रत्येक घरमा नाग रहेका हुन्छन् ।

घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्ने गरिएको हो । प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ ।

भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ । दुवैले दुर्जनको नाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीराम र श्रीकृष्णलाई सहयोग गर्न जन्म लिएको कथा विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ ।

जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ । पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किम्बदन्ती प्रचलित छन् । जसमध्ये एउटा प्रख्यात किम्बदन्ती यस्तो छ । एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहरा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन् । रीसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रीसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् । संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् ।

नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिंडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नुस् म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन् । मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजा आराधना गरी कचौरामा दूध पनि खान दिइन् ।

किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरूलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ । गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ । संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् ।

श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठवटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।

आज काठमाडाैंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ । वैज्ञानिकरुपमा प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवसहित अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।

07/28/2022
नोकियाले ल्यायो मोबाइलमै इयरबड राख्न र चार्ज गर्न सकिने फोनमोबाइल निर्माता कम्पनी एचएमडी ग्लोबल बार फोनको मामलामा नयाँ ह...
07/16/2022

नोकियाले ल्यायो मोबाइलमै इयरबड राख्न र चार्ज गर्न सकिने फोन

मोबाइल निर्माता कम्पनी एचएमडी ग्लोबल बार फोनको मामलामा नयाँ होइन । एचएमडी ग्लोबलले रेट्रो डिजाइनदेखि नोकिया १०५ जस्तो सस्तो फोन उपलब्ध गराउँदै आएको छ ।

अहिले भने कम्पनीले एकसाथ तीन ओटा नयाँ फिचर फोन र एउटा लो-इन्ड ट्याब्लेट घोषणा गरेको छ । तर, त्यसमध्येको एक नोकिया ५७१० एक्सप्रेस अडियो (Nokia 5710 XpressAudio) ले धेरैको ध्यान खिचेको छ ।

यो फोन अगाडिबाट हेर्दा पुरानो बारफोन (बटन भएको फोन) जस्तै देखिन्छ । तर, फोनको पछाडिको भागमा रहेको डिजाइनले धेरैलाई आकर्षित गरेको छ । फोनको पछाडि भागमा माथिपट्टि छुट्टै प्यानल रहेको छ ।

जसलाई तल सार्दा इयरबड राख्ने ठाउँ देख्न सकिन्छ । यसको अर्को राम्रो पक्ष भनेको यसबाट इयरबड चार्ज समेत गर्न सकिन्छ । यसमा १,४५० एमएएच क्षमताको ब्याट्री रहेकाले ब्याट्रीको सन्दर्भमा धेरै कुरा अपेक्षा गर्न सकिँदैन ।

तर, यो बार फोन भएकाले त्यति धेरै चार्ज खपत पनि गर्दैन । त्यस्तै इयरबडमा साना ब्याट्री रहनुले पनि फोनको ब्याट्री त्यति खपत नहोला भन्ने अनुमान लगाउन सकिन्छ । किनभने अडियोको भाग इयरबडले सम्हालेको हुन्छ ।

त्यस्तै एचएमडीले यसमा निकाल्न मिल्ने ब्याट्री रहेको जनाएको छ । यो फोनलाई लगातार प्रयोग गरियो भने छ घण्टा र साधारण प्रयोग अर्थात् फोन गर्ने कार्य मात्र गरेको सन्दर्भमा २० दिनसम्म ब्याट्री टिक्ने बताइएको छ ।

फोनमा २.४ इन्चको क्यूभीजीए स्क्रिन, ३.५५ एमएम पोर्ट, ५.० ब्लुटुथ फिचर दिइएको छ । त्यस्तै यो फोनमा १२८ एमबी सम्मको एक्सपान्डेबल स्टोरेज रहेको छ ।

अडिओ कन्ट्रोल बटन, एफएम रेडियो सपोर्ट, माइक्रो यूएसबी पोर्ट, भीजीए क्वालिटीको क्यामेरा भएको यो फोन एस३० अपरेटिङ सिस्टममा सञ्चालित हुनेछ । यो फोनले ३२ जीबिसम्मको एक्सटर्नल मेमोरी सपोर्ट गर्ने भएकाले म्युजिकका लागि पर्याप्त हुनेछ ।

एचएमडीले नोकिया ५७१० एक्सप्रेस अडियोको मूल्य ८९ अमेरिकी डलर (११ हजार रुपैयाँ) राखेको छ । यो फोन कहिलेदेखि बजारमा उपलब्ध हुन्छ भन्ने कुरा भने कम्पनीले हालसम्म खुलाएको छैन ।

05/13/2022

काठमाडौँ – देशभर आज बिहान ७ बजेदेखि मतदान सुरु हुँदैछ । निर्वाचनमा सहभागी हुन सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प....

Address

Baglung
Fort Lauderdale, FL
33308

Website

Alerts

Be the first to know and let us send you an email when NepaliNews posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Nearby media companies


Other Media/News Companies in Fort Lauderdale

Show All