Space 4K Television

  • Home
  • Space 4K Television

Space 4K Television Space 4k TV ~ 1st Innovative Television providing investigated reports, news & entertaining shows.
(20)

Space 4K Television aims to empower the readers through information

भारतले लगायो प्याज निर्यातमा पूर्ण प्रतिबन्ध
08/12/2023

भारतले लगायो प्याज निर्यातमा पूर्ण प्रतिबन्ध

काठमाडौं। भारतले पूनः प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प...

प्रधानमन्त्री प्रचण्डले भेटे विपीनका बुबा आमालाई
08/12/2023

प्रधानमन्त्री प्रचण्डले भेटे विपीनका बुबा आमालाई

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विपीन जोशीका बुबा आमासँ...

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आव्हान
08/12/2023

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आव्हान

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आव्हान गरेको छ। आयोगले शुक्रबार एक सूचना ....

03/12/2023

जाजरकोट भुकम्पको एक महिना पूरा, पीडित अझै पालमुनि ! || Space Bishes || Live

03/12/2023

लुम्बिनी प्रदेशका मन्त्रीलाई प्रश्न : देशमा भ्रष्टाचार मौलाउनु पछाडी प्रदेश सरकार कति जिम्मेवार छन् ? Dharma Bahadur Chaudhari

02/12/2023

२०८० मंसिर १६, प्राइम टाइम बुलेटिन, स्पेस समाचार || LIVE
|| || || ||

02/12/2023

राजनीतिक क्रियाकलापले कलाकारिता क्षेत्रमा नकरात्मक असर पारेको छ I Raju Bhatta

01/12/2023

२०८० मंसिर १५, प्राइम टाइम बुलेटिन, स्पेस समाचार || LIVE
१. नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशले हाईप्रोफाइललाई धक्का, न्यायाधीश कै राय बाझिँदा छुटेनन् बालकृष्ण खाण ।

२. राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक, मंसिर २४ देखि दल दर्ता हुने, पुस १ गते निर्वाचन चिन्ह प्रदान गर्ने तय ।

३. जाजरकोट र रुकुम पश्चिमका भुकम्पपीडितका सामू निरीह संघीयता, राहत र आर्थिक सहयोगका लागि केन्द्र सरकारकै मुख ताक्नुपर्ने बाध्यता ।

४. कालिकोटका अधिकांश स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन, निमित्तको भरमा सबै काम, स्थानीयवासीन्दासँगै जनप्रतिनिधिलाई समेत सास्ती ।

५. नेपालमा मूल्यवृद्धि नियन्त्रणबाहिर, बाह्य क्षेत्रको जोखिम हाबी, मौद्रिक नीतिको प्रभावकारिता कमजोर भएको अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्लेषण ।

६. केपी ओली राष्ट्रिय टी–२० क्रिकेटको उपाधि मधेश प्रदेशलाई, बलियो र अनुभवी क्रिकेटरले भरिएको त्रिभुवन आर्मी ११ रनले स्तब्ध ।

७. इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमासबीचको युद्धविराम सकियो, फेरि सुरु भएको आक्रमणमा परी ३२ जनाको मृत्यु ।
|| || || ||

01/12/2023

Welcome To Our YouTube Channel Space 4K Television 🔔 Subscribe our channel...

01/12/2023

टोपबहादुर र खाँण सहित ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत पाटनको आदेश || Space Bishes || Live

01/12/2023

निर्वाचन भएको एकवर्षमै दलहरु गाउँ पसे, मध्यावधिको छनक हो ? || Space Bishes || Live

01/12/2023

देश त संकटमा चुर्लुम्म डुब्यो, मजदूर भोकै छन्, व्यवस्था खतरामा छ ।IPremal Kumar Khanal

30/11/2023

२०८० मंसिर १४, प्राइम टाइम बुलेटिन, स्पेस समाचार || LIVE
१. बैतडीको झुलाघाटबाट एमालेले थाल्यो महाकाली–मेची अभियान, सरकारी अकर्मण्यता र अस्थिर राजनीतिलाई सही बाटोमा ल्याउने दाबी ।

२. यही व्यवस्थाबाट परिवर्तन खोज्ने रास्वपाको निष्कर्ष, मध्यावधीमा जानसक्ने संकेत, स्पष्ट मार्गचित्र दिन नसकेको भन्दै आलोचना ।

३. नेपालको हवाई यातायातलाई कालो सूचीबाट हटाउन ईयूद्वारा अस्वीकार, प्राधिकरणले लगायो वायुसेवा कम्पनी र राज्यलाई दोष ।

४. अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाईन्सको चरम लापरबाही, प्रधानमन्त्रीलाई लिएर दुई घण्टाअघि नै उड्दा विमानस्थलमै छुटे ३१ यात्रु ।

५. नक्कली शरणार्थी प्रकरणको थुनछेक आदेशविरुद्धको पुनरावेदन हेर्दाहेर्दैमा, सुनुवाइ सकियो, भोलि आदेश आउने ।

६. चितवन राष्ट्रिय निकुञ्जमा २ वटा गैंडा मारेर खाग तस्करी गरेको आरोपमा ८ जना पक्राउ, अदालतबाट म्याद लिएर अनुसन्धान जारी ।

७. केपी ओली कप टी–ट्वान्टी क्रिकेटको उपाधिका लागि मधेस प्रदेश र त्रिभुवन आर्मी भिड्ने, फाइनल खेल भोलि ।
|| || || || || ||

30/11/2023

अभियानमा नबोलाएपछि भीम रावलको आयो जवाफ || Space Bishes || Live ||

30/11/2023

Good Morning ☀️

30/11/2023

कस्तो कोशीमा एमालेको अवस्था, समर्थन फिर्ता लिन्छ ? Taradevi Dhakal

29/11/2023

२०८० मंसिर १३, प्राइम टाइम बुलेटिन, स्पेस समाचार || LIVE
१. राष्ट्रियसभा सदस्यको १९ पदका लागि माघ ११ मा निर्वाचन हुने तय, गठबन्धन कायम रहँदा एमालेलाई ८ सीट जोगाउने चुनौती ।

२. जाजरकोट भूकम्प प्रभावितको अस्थायी आवास बनाउन सुरक्षाकर्मी परिचालन गर्ने सरकारको निर्णय, ५० हजार राहत एकमुष्ट दिन कांग्रेसको सुझाव ।

३. सामाजिक न्यायसहितको उदार अर्थतन्त्र र बहुलवाद रास्वपाको राजनीतिक मार्ग, स्वर्णिम वाग्ले बने उपसभापति, केन्द्रीय समितिमा १९ जना थपिए ।

४. जनताबाट स्थापित व्यवस्था कमजोर बनाउन खोजिएको कांग्रेसको निष्कर्ष, महासमिति बैठकबाट राजनीतिमा देखिएको तरलता अन्त्य गरिने ।

५.समलिंगी विवाहले पायो वैधानिकता, लमजुङको दोर्दी गाँउपालिकामा नेपालमै पहिलो पटक समलिंगी जोडीको विवाह दर्ता ।

६. अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेशबारे न्यायिक छानबिन हुनुपर्ने माग अदालत प्रवेश, सीसीटीभी प्रकरणसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश ।

७. कोसी सरकारको बजेट प्रदेशसभाको सर्वसम्मतीले पारित, गल्ती कमजोरी सुधार गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता ।
|| || || || || ||

29/11/2023

मुलुकको अर्थतन्त्र संकटमा, कस्ता छन् सूचकहरु ? || Space Bishes || Live

29/11/2023

एमालेले कम मास जम्मा पारेर गणतन्त्र कमजोर भएको सन्देश दिएको हो ? Thakur Gaire

28/11/2023

२०८० मंसिर १२, प्राइम टाइम बुलेटिन, स्पेस समाचार || LIVE
१. प्रहरी समायोजन गर्न संघीय सरकारलाई प्रदेशको दबाब, सातै प्रदेशका मन्त्रीहरुले गृहमन्त्री श्रेष्ठलाई बुझाए ज्ञापन ।

२. भ्रष्टाचारविरुद्ध राज्य निर्मम रुपमा प्रस्तुत हुनुपर्नेमा अभियन्ताहरुको जोड, उपराष्ट्रपति यादव भन्छन्– सत्ताको दुरुपयोग हुँदा भ्रष्टाचार बढ्यो ।

३. इलाका प्रहरी कार्यालय मैनापोखरका सई साउद घुससहित पक्राउ, लागुऔषको मुद्दा मिलाइदिने प्रलोभनमा घुस लिएको अख्तियारको दाबी ।

४. सार्वभौम संसदले नै दातृ निकायको सहयोग लिन नहुनेमा विज्ञको जोड, बजेट अभावमा लिन बाध्य भएको सचिवालयको दाबी ।

५. एक हप्ताभित्र मेलम्चीको पानी वितरण नभए आन्दोलनमा उत्रने काठमाडौबासीको चेतावनी, बजेट व्यवस्थाका लागि खानेपानीमन्त्रीको दौडधुप ।

६. कोसी सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकप्रति कांग्रेसकै सांसद असन्तुष्ट, जथाभावी बजेट काटौती गरेको भन्दै चर्को आलोचना ।
बजेटको विरोध

७. लगातार दुई खेल जित्दै आर्मी केपी ओली कप क्रिकेटको सेमिफाइनलमा, सुदूरपश्चिमले पुलिसलाई हराउँदा मधेस पनि अन्तिम चारमा ।

28/11/2023

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ ।

|| || ||

28/11/2023

सदाचार दीप सम्मान समारोह–२०८० | LIVE

28/11/2023

जाजरकोट भूकम्पको पीडा, चिसोले लिदैछ ज्यान | LIVE || Space Bishes

28/11/2023

दुर्गा प्रसाईंको आन्दोलन तुहिसक्यो, एमालेले जोरी नखोज्दा बेस हुन्छ ।। Metmani Chaudhary

27/11/2023

२०८० मंसिर ११, प्राइम टाइम बुलेटिन, स्पेस समाचार || LIVE
१. सामाजिक सुरक्षा कोष स्थापनाको ५ वर्ष पूरा, स्थायीत्वमा अझै आशंका, श्रमिकको ४५ अर्ब रुपैयाँ उत्पदानमा लगाउनुपर्नेमा सरोकारवालाको जोड ।

२. दुर्गा प्रसाईं समूहद्वारा काठमाडौंको गौशालामा प्रदर्शन, उत्तेजित अभिव्यक्ति दिएपछि आचार्य श्रीनिवास पक्राउ, झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते ।

३. एक हप्ताभित्र सुकुम्बासी समस्या समाधान गर्ने प्रधानमन्त्री दाहालको दाबी, वन ऐन संशोधनपछि ठूलो क्रान्ति हुने जिकिर ।

४.रामधुनी नगरपालिकाकी तत्कालिन पूर्वउपप्रमुख चौधरीसहित ९ जनाविरुद्ध भ्रष्टाचारमुद्दा दायर, सडक कालोपत्रे गर्ने क्रममा अनियमितता गरेको आरोप ।

५.रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा सुरु, मधेसको पीडा सम्बोधन गर्ने सभापति लामिछानेको वाचा ।

६. नेपाली बजारमा सुनको भाउले बनायो नयाँ कीर्तिमान, प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार, चाँदी पनि अहिलेसम्मकै महंगो ।

७. केपी ओली कप क्रिकेटमा आर्मीको विजयी सुरुवात, मदन भण्डारी क्लब ११० रनले पराजित, मधेसले सुदूरपश्चिमलाई ८ विकेटले हरायो ।

27/11/2023

राजनीतिक दल जनताका एजेण्डामा किन मुख हेराहेर गर्छन् ? | LIVE || Space Bishes

27/11/2023

राजनीतिक दल जनताका एजेण्डामा किन मुख हेराहेर गर्छन् ? | LIVE || Space Bishes

27/11/2023

राजनीतिले गाँजेको शिक्षाक्षेत्र । सुधार कहिले र कसरी ? शिक्षविद् डा. दिपेन्द्र विक्रम सिंजापतीसँग संवाद ।

26/11/2023

२०८० मंसिर १०, प्राइम टाइम बुलेटिन, स्पेस समाचार || LIVE
१. गणतन्त्रविरोधी आन्दोलन कमजोर बनेपछि दुर्गा प्रसाईं रक्षात्मक, राजावादीलाई समेट्ने प्रयासमा राप्रपा, काठमाडौंमा अर्को समूहको छुट्टै पत्रकार सम्मेलन ।
२. आगामी वैशाखमा तेस्रो लगानी सम्मेलन गर्ने सरकरको तयारी, विदेशीसँगै स्वदेशी लगानीकर्ता र गैरआवासीय नेपालीलाई समेट्ने रणनीति ।
३.संसदको चौथो शक्ति रास्वपाको ध्यान मधेशमा, ३ दिन अन्तरक्रिया र भेटघाटपछि भोलिदेखि महोत्तरीमा केन्द्रीय कमिटी बैठक बस्दै ।
४. क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन, राष्ट्रपतिले नियुक्त गरेपछि कार्यभार सम्हाल्ने ।
५. तीन दशक अघि नै उत्खनन् थालिएको बारेकोटस्थित फलाम खानी सञ्चालनको पर्खाइमा, सरकारले सम्भाव्यता अध्यनका लागि पनि चासो देखाएन् ।
६.सेयर बजार परिसूचक नेप्से एक महिनापछि १९ सय बिन्दुमाथि, एकै दिन ४७ अंकको वृद्धि, कारोबार रकम पनि दुई महिना यताकै उच्च ।
७. नेपाल सुपर लिग फुटबलमा धनगढीको सुखद् सुरुवात, नवप्रवेशी वीरगञ्ज २–१ गोलले पराजित ।

26/11/2023

प्रसाईं समूहले काठमाडौंमा सांस्कृतिक कार्यक्रम गर्दै, आखिर के हो उनको स्पष्ट एजेन्डा ? | LIVE || Space Bishes

26/11/2023

पूर्वराजालाई आफ्नो पक्षमा देखाउन राजावादीहरुको होड, ज्ञानेन्द्र शाह सक्रिय भएकै हुन् त ? Dinesh Tripathi

25/11/2023

२०८० मंसिर ९, प्राइम टाइम बुलेटिन, स्पेस समाचार || LIVE
१. दुर्गा प्रसाईंको व्यवस्था विरोधी आन्दोलन तेस्रो दिनमै कमजोर, काठमाडौंबासीले साथ नदिएको प्रसाईंको गुनासो, सहभागीलाई ऋण मिनाहको आश ।

२. पूर्वराजालाई आफ्नो पक्षमा देखाउन राजावादीहरुको होड, प्रसाईंले काठमाडौंमा आन्दोलन गरिरहँदा शाहलाई झापा पु¥याउन राप्रपा सफल ।

३. नेपालमा गणतन्त्र ल्याउन भारतीय भूमिको प्रयोग भएको प्रधानमन्त्री दाहालको भनाइ, भारतमा संगठन भएकै कारण जनयुद्धमा कार्यकर्ता र योद्धा पाएको प्रतिक्रिया ।

४. कोशी सरकारले अध्यादेशबाट आएको बजेटमा ५० करोड थपेर ल्यायो प्रतिस्थापन विधेयक, २५ लाखभन्दा माथिका आयोजना मात्रै समावेस ।

५. उदयपुरमा पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३९ घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर ।

६. इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मगरसहित ५ जना सञ्चालक पक्राउ, प्रहरीले थाल्यो गठी मुद्दामा अनुसन्धान ।

७. नेपाल सुपर लिगमा चितवनलाई हराउँदै पोखरा थन्डर्सको पहिलो जित, ललितपुर सिटीले बुटवल लुम्बिनीलाई २–० गोलले हरायो ।

25/11/2023

दुर्गा प्रसाईंको आन्दोलन: सिफलमा समर्थकहरूको भीड

25/11/2023

दुर्गा प्रसाईंको जनप्रदर्शन सिफलमा, अहंकार कि राजनीतिक प्रतिशोध ? | LIVE | Space Bishes

•Live Space 4K Television
25/11/2023

•Live Space 4K Television

Welcome To Our YouTube Channel Space 4K Television 🔔 Subscribe our channel 🔔Li...

25/11/2023

दुर्गा प्रसाईंको आन्दोलन आक्रामक बन्दै, यस्तो छ आजको तयारी ।।Space Bishesh Live I

25/11/2023

एमाले आक्रामक की पतको दिशामा, प्रसाईं आन्दोलनलाई सरकारले भड्काउन खोज्दैछ ? Nagindra Shahi

24/11/2023

२०८० मंसिर ८, प्राइम टाइम बुलेटिन, स्पेस समाचार || LIVE
१. दुर्गा प्रसाईंको जनप्रदर्शनमा सरकार र प्रहरी तगारो, समर्थकहरु विचल्लीमा, आफूलाई नजरबन्द गरिएको भन्दै प्रसाईं अदालतमा ।

२. दुर्गा प्रसाईंको आन्दोलन र सुरक्षाकर्मीको आतंकमा आम सर्वसाधारण, प्रदर्शनकारीको सडकमा बास सर्वसाधारणलाई भने हिड्न पनि त्रास ।

३. माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश, अन्तरिम आदेश जारी गर्नु नपर्ने कारणसहित लिखित जवाफ माग ।

४. अहिलेको व्यवस्थामाथि प्रश्न नउठेको उपप्रधानमन्त्री खड्काको दावी, भन्छन् ः नेतृत्वले काम गर्ने प्रक्रिया र शैलीमा भने सुधारको खाँचो छ ।

५. सर्वोच्च अदालतका न्यायाधीश र प्रश्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया शुरु, १० दिनको समय दिएर उजुरी आह्वान ।

६. कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र, आयोजक प्रदेशलाई अवसरसँगै चुनौति, बजेट र पूर्वाधार अभाव मुख्य समस्या ।

७. इजरायल–हमास युद्धमा सात हप्तापछि चारदिने युद्धविराम लागू, बन्धकहरुको बदलामा इजरायलले प्यालेष्टिनी कैदीहरू रिहा गर्दै ।

Address


Telephone

+97715911098

Website

https://linktr.ee/space4ktv

Alerts

Be the first to know and let us send you an email when Space 4K Television posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Space 4K Television:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share