यो फेसबुक पेजले तपाईं सामु विभिन्न सामग्रीहरु प्रस्तुत गर्नेछ।
हामी तपाईंका टिप्पणी, प्रतिक्रिया र सन्देशहरूलाई स्वागत गर्छौं। तर त्यसो गर्दा कृपया अन्य फेसबुक सदस्यहरुको विचारको सम्मान गर्नुहोला र गालीगलौज तथा अनुपयुक्त सन्देशहरू नलेख्नुहोला।
ती मान्यताहरु विपरीत ठहरिने टिप्पणीहरू हटाउने अधिकार हामीसंग सुरक्षित छ।
यो फेसबुक पेजलाई प्रयोग गर्ने अन्य सदस्यहरुको चाहनामा प्रतिकुल असर पर्ने बारम्
बारको गतिविधि देखिएमा त्यस्ता व्यक्तिहरूको सदस्यता स्थायी रुपमा नै हटाइने छ।
हामी निम्न अनुसारको टिप्पणीहरूलाई हटाउने अधिकार राख्दछौंस्
✎ अरुलाई व्यवधान पुर्याउने, भड्काउने, आक्रमण गर्ने वा अपमान गर्ने
✎ जाति, लिंग, यौनिकताका आधारामा भेदभाव गर्ने, अश्लिल, दुर्व्यवहारकारी वा अन्य दृष्टिले आपत्तिजनक हुने
✎ अरुको अपमान हुने
✎ कानुन उल्लंघन हुने अथवा गैरकानुनी गतिविधिलाई प्रोत्साहन वा समर्थन हुने ९यसमा प्रतिलिपि अधिकार उल्लंघन, गाली बेइज्जती र अदालतको मानहानी हुने कुराहरू पनि पर्दछन्०।
✎ नाफा वा फाइदाका लागि बस्तु वा सेवाहरूको विज्ञापन हुने
✎ अन्य कसैको छद्मनाम धारण गरेको जस्तो देखिने
✎ अरुको सुरक्षा र स्वास्थ्यमा खतरा पुग्न सक्ने गतिविधिको वर्णन वा प्रोत्साहन गर्ने
✎ एउटै सन्देश धेरै पटक पोस्ट गरेमा
✎ छलफलको विषयसंग नमिल्ने टिप्पणी बारम्बार गरेमा
हामी हाम्रा समाचार, टिप्पणी, लेख तथा विचारहरुमा सेवाहरूका बारे सकारात्मक वा नकारात्मक दुवै प्रकृतिका प्रतिक्रियाहरूको स्वागत गर्दछ। तर कृपया आफ्ना टिप्पणीहरु माथि उल्लेख गरिएका निर्देशिका बमोजिम भए नभएको यकिन गर्नुहोला।
कुनै फेसबुक प्रयोगकर्ता अथवा यस पेजका एडमिनलाइ बारम्बार गरिने व्यक्तिगत अथवा अपमानजनक टिप्पणीहरूलाई नियतबश गरिने हैरानीका रुपमा लिइने छ।
त्यस्ता सन्देशहरूलाई हटाउने र जिम्मेवार व्यक्ति विरुद्ध कार्वाही थाल्ने अधिकार हामीसंग रहने छ।
यो फेसबुक पेजमा आफ्ना टिप्पणीहरू राखेर तपाईंले माथि उल्लेखित नियम तथा शर्तहरू पढेको, बुझेको र पालना गर्न सहमति जनाएको ठानिएको छ।
हामीले यसमा समाचार, धर्मसं्रस्कृति, विचार तथा प्रतिथक्रियालाई समावेश गरी समाचार र विश्लेषणहरू प्रस्तुत गर्दछौं
हामी इन्टरनेट तथा छापा माध्याम मार्फत निष्पक्ष पत्रकारिता गर्ने एउटा अग्रणी प्रसारकरुपमा स्थापित हुने प्रयासमा जुटेका छौं । आश छ यसमा तपाइको साथ रहिरहनेछ ।
धन्यवाद ।