नवराज विक सहित ५ जनाको हत्या आरोपमा २३ जनालाई जन्मकैदको फैसला । त्यस्तै नवराज विककी प्रेमिका, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय सुनाएको छ ।
04/12/2023
सुनको मूल्य प्रतितोला १ लाख ७० हजार पुग्ने अनुमान गरिएको छ।
यो मङ्सिर महिनामा मात्र सुनको मुल्य प्रति तोला ६००० ले बढेको छ।
29/11/2023
लायन्स क्लव अफ दैलेखका अध्यक्ष पुण्यप्रसाद शर्माले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थी खाद्यान्न तथा शैक्षिक सा....
28/11/2023
मंसिर २७ देखि काठमाडौँ महानगरभित्र सुर्तीजन्य वस्तुको बिक्री र प्रयोगमा प्रतिबन्ध गर्ने तयारीमा महानगर।
23/11/2023
Famous Nepali TikToker आयुष सिंह ठकुरीकी को Fiancee अलिजे जमालीले धेरै वर्षपछि आफ्नो अनुहार सार्वजनिक गरेकी छन् ।
23/11/2023
केपी ओली बलिङ गर्दै
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मदन भण्डारी स्पोर्टस् एकेडेमीद्वारा बिहीवार पोखरा रङ्गशालाकाे क्रिकेट मैदानमा आयोजित ‘केपी ओली कप राष्ट्रिय टी–२०’ क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बलिङ गर्दै । तस्बिर : राधिका कँडेल/रासस
19/11/2023
एकै पल्ट ५ सरकारी जागीरमा नाम निकाल्ने युवती: गुल्मीकी २३ वर्षीया करिश्मा पोखरेलले एकैपटक ५ लोकसेवा परीक्षा उत्तीर्ण गरि अन्ततः आफ्नो कार्यस्थलको रूपमा लुम्बिनी प्रदेशको कार्यालय छनोट गरिन् । ❤️ #बधाई छ
14/11/2023
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी कर्मचारीहरु देउसी भैलो कार्यक्रम देखाउँदै। प्रहरीको उच्च मनोबल राख्नको लागि कार्यक्रममा आयोजना गरिएको कार्यालयले जनाएको छ। तस्बिर: अभिषेक अनुराग
14/11/2023
विश्व मधुमेह दिवसकाे अवसरमा लायन्स क्लव अफ दैलेख र नारायण नगरपालिका स्वास्थ्य शाखाले दैलेखको देवकोटा चोकमा गरेको निशुल्क स्वास्थ्य परिक्षण । तस्बिर: kb थापा
13/11/2023
नेपालमा Tik Tok बन्द गर्ने सरकारको निर्णय तपाईलाई कस्तो लाग्यो ?
12/11/2023
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा दैलेखको देवकोटा चोकमा रहेको सालीकलाई माल्यार्पण गर्दै समाजसेवी खेमराज केसी। तस्बिर: अभिषेक अनुराग
10/11/2023
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका हुँदै बग्ने सानीभेरी नदी र जाजरकोट हुँदै बग्ने रिम्मा नदी मिसिने ठाउँ जाजरकोटकाे भेरी नगरपालिका–१ रिम्ना नदी । तस्बिर : बलबहादुर ओली ‘बलेन्द्र’/रासस
27/10/2023
दसैं मानेर फर्किदै गर्दाका यात्रुहरु दैलेख बसपार्कमा तस्बिर: अभिषेक अनुराग
22/10/2023
दैलेख _ नारायण नगरपालिका वडा नम्बर १ स्थित लोकतान्त्रिक चोकमा सहिदहरूको सम्झनामा बन्दै गरेको स्मारिका। तस्बिर : अभिषेक अनुराग
18/10/2023
दैलेख: गुराँस गाउँपालिकामा पर्ने गुराँस पार्क। तस्बिर: विशाल सुनार
17/10/2023
साउथ ईण्डियन फिल्मका चर्चित अभिनेता जगपति बाबु काठमाडौंमा आएका छन् । उनी फिल्म सुटिङका लागि नेपाल आएको बुझिएको छ।
माहाबु गाउँपालिका वाड ३ की ७ वर्षीय प्रिया सार्की आमा सँग छुटे पछी दैलेख बजारमा अलपत्र परेकी बालिकाको परिचय सोधपुछ गर्दै दैलेख प्रहरी । केही समय पछि प्रहरीले आमा कमला सार्कीलाई जिम्मा लगाएको थियो। तस्बिर: अभिषेक अनुराग
15/09/2023
प्रदेश अस्पताल सुर्खेतमा नेपालकै उत्कृष्ट एमआरआई मेसिनबाट सेवा सुरु, दैनिक ४० जना जाँच गर्न सकिने यो मेसिन २९ करोड ७१ लाखमा जडान भएको छ ।
13/09/2023
गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘जाली रुमाल फाट्यो..’ मा समावेश ‘भद्दा’ संवादलाई हटाएका छन् ।
11/09/2023
नेपाली क्रिकेट टिमका प्रमुख सदस्य आशिफ शेखलाई माथि बलात्कारको आरोपका निवेदन परेको छ।
03/09/2023
नारायणी नदीको पुलमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा भरतपुर महानगरपालिका–२८ का नारायण ढकालको मृत्यु भएको छ । शनिबार राति साढे ९ बजेको समयमा भरतपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६–०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको साइडको बारमा ठोक्किदा गम्भिर घाइते भएका २८ वर्षीय ढकालको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।
Be the first to know and let us send you an email when Onlinenagarik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.