B TV

B TV Birgunj Entertainment Pvt. Ltd

"साउथ स्टार अल्लु अर्जुन पक्राउ"हैदराबादस्थित प्रहरी कार्यालयले उनलाई सोधपुछका लागि पक्राउ गरेकाे जनाएको छ । डिसेम्बर ४ ...
13/12/2024

"साउथ स्टार अल्लु अर्जुन पक्राउ"

हैदराबादस्थित प्रहरी कार्यालयले उनलाई सोधपुछका लागि पक्राउ गरेकाे जनाएको छ ।
डिसेम्बर ४ मा हैदराबादस्थित एक हलमा उनको फिल्म ‘पुष्पा–२’को प्रिमियरकै क्रममा भएको भागदौडमा एक महिलाको मृत्यु भएको थियो ।
त्यसपछि अल्लु र उक्त हलका संचालकको विरुद्धमा उजुरी दर्ता भएको थियो ।
प्रहरीले त्यही घटना सम्बन्धमा सोधपुछ गर्नका लागि अल्लुलाई पक्राउ गरेको हो ।

"काठमण्डौको सिनामंगलमा लक्जरी ट्राभल्स एण्ड टुर्स संचालनमा"धेरै बर्ष देखिको यस क्षेत्रमा अनुभव संगालेका विक्रान्त कार्की...
13/12/2024

"काठमण्डौको सिनामंगलमा लक्जरी ट्राभल्स एण्ड टुर्स संचालनमा"

धेरै बर्ष देखिको यस क्षेत्रमा अनुभव संगालेका विक्रान्त कार्कीले २ जना साथीहरुको सहकार्यमा काठमण्डौको सिनामंगलमा लक्जरी ट्राभल्स एण्ड टुर्स संचालनमा ल्याएका छन्।
हिजो सो लक्जरी ट्राभल्स एण्ड टुर्सको नेपालका चर्चित हास्य कलाकार सन्दिप क्षेत्रीले एक कार्यक्रमका बीच रिबन काटी उद्घाटन गरेका छन्।
यस लक्जरी ट्राभल्स एण्ड टुर्समा संचालकका रुपमा विक्रान्त कार्की,प्रेजेंटर एसोसिएसन नेपालका अध्यक्ष एवं चर्चित भिजे विवेक खतिवडा साथै कैलाश भट्टराईको लगानी रहेको छ।
यस कम्पनीले आफना ग्राहकलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका हवाई टिकटहरु सर्व शुलभ मुल्यमा छिटो र छरितो रुपमा सेवा प्रदान गर्ने उदेश्यका साथ संचालनमा ल्याएको यस कम्पनिका अध्यक्ष समेत रहेका विक्रान्त कार्कीले बताए ।
देश बाट युवा हरु पलायन भई रहेको परिपेक्क्षमा युवाहरु नै मिलेर देशमै कै गरौ भनि खोलेको यस कम्पनीले केहि गर्छ भन्ने यी युवाहरुमा देखेको हुट हुटिले म यस कार्यक्रममा आज उपस्थित भएको चर्चित हास्य कलाकार सन्दिप क्षेत्रीले बताए।

मन्सुर खान बिरगंज मंसिर २७ गते । भन्सार प्रमुख लामिछानेका प्रभावकारी कदम लिलामी प्रक्रियामा तीव्रता, भन्सार व्यवस्थापन स...
12/12/2024

मन्सुर खान बिरगंज मंसिर २७ गते । भन्सार प्रमुख लामिछानेका प्रभावकारी कदम लिलामी प्रक्रियामा तीव्रता, भन्सार व्यवस्थापन सुधार र निर्यातमा वृद्धि

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले कार्यभार सम्हालेको दुई महिनामै भन्सार व्यवस्थापनमा उल्लेखनीय सुधार भएको छ। लामो समयदेखि मुद्दा फर्छ्यौट भई थन्किएका जर्जर मालसामान र सवारी साधनहरूको लिलामी प्रक्रियालाई तीव्रता दिइएको छ।भन्सार कार्यालयका अनुसार, २०८१ साल मंसिर १० गते करिब ६२ लाख ४० हजार ५ सय रुपैयाँ बराबरका विभिन्न सवारी साधनहरू लिलामी प्रक्रियामा छन्। यसअघि २०८१ साल कात्तिक २७ गते ४४ लाख ४ हजार ३ सय ९७ रुपैयाँ बराबरका विभिन्न मालसामान लिलाम भइसकेका छन्।
लिलामी प्रक्रियामा मोटरसाइकल, कार, पिकअप, ट्र्याक्टर, र ट्रकजस्ता सवारी साधनका साथै ३ लाख ७१ हजार रुपैयाँ बराबरका ७१ थान कबाडी मोटरसाइकल र २७ लाख रुपैयाँ बराबरका ३८ थान अन्य सवारी साधन लिलाम प्रक्रिया रहेका छन्। समयमा लिलामी प्रक्रिया पूरा गरिएको भए यी वस्तुहरू राम्रो अवस्थामा सरकारको राजस्व वृद्धि गर्न योगदान गर्न सक्थे।प्रमुख लामिछानेले भन्सार क्षेत्रमा बिचौलिया र अनाधिकृत दलालहरूको प्रभावलाई न्यून गर्दै भन्सार व्यवस्थापनलाई अनुशासित बनाएका छन्। उनका प्रभावकारी कदमका कारण निर्यातमा पनि वृद्धि भएको छ।उनका अनुसार, वीरगञ्ज भन्सार क्षेत्रबाट सिन्थेटिक यार्न, भटमासको तेल, पिना, र ऊनी गलैँचाजस्ता उत्पादन निर्यात भएका छन्। वीरगञ्ज सुक्खा बन्दरगाहमार्फत १ अर्ब ५१ करोड रुपैयाँ बराबरका सामग्री निर्यात भइसकेका छन्।दीपक लामिछानेको नेतृत्वमा वीरगञ्ज भन्सारले लिलामी प्रक्रियामा सुधार, व्यवस्थापनमा पारदर्शिता, र निर्यात वृद्धिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

मन्सुर खान बिरगंज मंसिर ७ गते । गरिमा बिकास बैंक ले आफ्नो १८ औं वार्षिक उत्सव  भब्य कार्यक्रम बीच सम्पन्न भएको छ। कार्यक...
22/11/2024

मन्सुर खान बिरगंज मंसिर ७ गते । गरिमा बिकास बैंक ले आफ्नो १८ औं वार्षिक उत्सव भब्य कार्यक्रम बीच सम्पन्न भएको छ। कार्यक्रम को उद्घाटन बिरगंज महानगर पालिका का उप प्रमुख गमला मा पानी कार्यक्रम को उद्घाटन गर्नु भएको थियो। स्याइजाको वालीङ देखी स्यापना भईं निलगीरी विकास वैक, सूुमेक्षा विकास बैक र साहाराबिकास बैकलाई एकीकृत गरि गरिमा बिकास बैंक को स्थापना गरेको थियो। अहिले १२४ वटा स्थान बाट सेवा प्रदान गदै आइरहेको छ। गरिमा विकास बैकको १८ औ बार्षिक उत्सवको अवसरमा बिरगंज शाखा कार्यलय रक्तदान कार्यक्रम आयोजना गरेको हो।सो रक्तदान कार्यकममा १५ जना महिला तथा ५० जना पुरुष गरी कूल ६५ जनाले रक्तदान गरेका थिए । रक्त दान गर्ने दाता हरु लाई प्रमाणपत्र वितरण गरिएको थियो। उक्त कार्यकम का प्रमख अतिथि विरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले आफ्नो मन्तव्य रख्दै भने गरिमा बिकास बैंक ले आफ्नो १८औं वार्षिक उत्सव रक्त दान कार्यक्रम को आयोजना गरेको मा हृदय देखि धन्यवाद । समाजिक कार्यमा हातोमालो गरि अगाडि बढेको मा मलाई बिश्वास छ कि बिरगंज महानगर बासीहरु लाई सहोलियत ढंग ले कर्जा प्रवाह गर्नु हेने छ। जन्ता को पिर मर्का बुझी चाहिने ब्यापारी हरु लाई सहोलियत रुपलेकर्जा प्रवाह गर्नु हेने छ। आउने दिन मा गरिमा बिकास बैंक लाई कुनै समस्या परे मा म काहा आये हुन्छ। तपाई हरु लाई महानगर ले सक्दो सहयोग गर्ने छ। म बिश्वास लिएको छि कि गरिमा बिकास बैंक ले महानगर पालिका संग हातो माले गरि समाजिक कार्य मा अघिबढने छ भनु भएको थियो।उक्त कार्यक्रम को अध्यक्षता गरिमा बिकास बैंक का शाखा प्रबन्धक राजिब कुमार रहनु भएको थियो भने विशिष्ट अतिथि गरिमा बिकास बैंक का क्षेत्रीय प्रबन्धक दयाकान्त साह, प्रतिष्ठीत उधोगपती मुरली धर रुगंटा त्यसै गरि अतिथिहरु मा नेपाल पत्रकार महासंग पर्साका उपाध्यक्ष युवराज खडका तथा बैकका निक्षेपकर्तां,ऋणी, उधोगी व्यवसायी विभिन्न बैक तथा वितिय संस्थाको प्रतनिधिहरुको उपस्थिति रहको
थियो।

मन्सुर खान बिरगंज कात्तिक २९ गते । चितवनमा महिला बालबालिका तथा जेष्ठनागरीक सेवा केन्द्रको निरीक्षण कार्यक्रम तथा जिल्ला ...
14/11/2024

मन्सुर खान बिरगंज कात्तिक २९ गते । चितवनमा महिला बालबालिका तथा जेष्ठनागरीक सेवा केन्द्रको निरीक्षण कार्यक्रम तथा जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सम्बन्धी छलफल तथा अन्तरक्रीया. जिल्ला प्रहरी कार्यालय चितवन तथा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका एसएसपी दीपेन्द्र जि.सी. सँग सञ्जाल समितीको पदाधिकारी, सदस्यहरु तथा महिला बालबालिका तथा ज्येष्ठ नागरीकहरुको क्षेत्रमा क्रियाशिल सरोकारवाला निकायहरुसँग परिचय सहितको छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न । उक्त कार्यक्रममा जिल्ला स्थित महिला, बालबालिका तथा ज्येष्ठ नागरीकहरुको हक हितको क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका गैरसरकारी निकायका व्यक्तित्वहरु एवं जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण सञ्जाल समितीका पदाधिकारी, सदस्यहरु समेतको समुपस्थिति रहेको कार्यक्रममा एसएसपी दिपेन्द्र जि.सीसँग परिचयात्मक अन्तरक्रिया हुनुका साथै अन्तरक्रियामा प्राप्त सल्लाह सुझाव संकलन पश्चात निर्देशनालय प्रमुख र जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गौतम मिश्रबाट अन्तरक्रियाको क्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गरी उक्त कार्यक्रम सम्पन्न भएको ।

मन्सुर खान बिरगंज कात्तिक २९ गते । डिएसपी दीपक भारतीको सरुवाले पर्सावासी निराश, कुशल कार्यशैलीको सराहना।पर्सा जिल्ला प्र...
14/11/2024

मन्सुर खान बिरगंज कात्तिक २९ गते । डिएसपी दीपक भारतीको सरुवाले पर्सावासी निराश, कुशल कार्यशैलीको सराहना।
पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डिएसपी दीपक भारतीको सरुवा भएको छ। उनलाई प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा ब्यवस्थापन महाशाखा नक्सालमा काज सरुवा गरिएको छ भने पर्सा जिल्लामा डीएसपी किशोर लम्साललाई सरुवा गरिएको छ।
सरुवा र बढुवा प्रहरी संगठनको नियमित प्रक्रिया हो।तर चार महिनाको छोटो कार्यकालमा नै कुशल कार्यशैली, इमानदारी र सेवाग्राहीको समस्या सुन्ने तथा समाधान गर्ने क्षमताले पर्सा वासिको मन जित्न सफल डिएसपी भारतीको सरुवामा राजनीतिक चलखेल भएको आशंका गरिएको छ। पर्सावासीले एक कुशल प्रवक्ता र सूचना अधिकारी गुमाउनु परेकोमा निराशा व्यक्त गरेका छन्।पर्सा जिल्लाका जनताको सेवा र सुरक्षामा विशेष योगदान दिइरहेका डिएसपी दीपक भारतीले प्रहरी प्रशासनमा आफ्नो अद्वितीय भूमिका देखाइरहेका छन्। उनले जिल्लामा कानुनी व्यवस्था, अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नका लागि असाधारण योगदान दिएका छन्।जनताको समस्यालाई नजिकबाट बुझ्न र समाधान गर्न सधैं तत्पर रहने डिएसपी भारतीले समाजमा राम्रो प्रभाव पार्दै आएका छन्। जनताको हक, हित र सुरक्षाको पक्षमा उभिएर उनले विभिन्न चुनौतीहरूको सामना गर्दै जिल्लामा कानुनी शासनलाई अझ मजबुत बनाउन अहम भूमिका खेलिरहेका छन्।पर्साका एसपी कुमोध ढुंगेल र उनको सन्युक्त नेतृत्वमा पर्सा जिल्लामा अपराध नियन्त्रण र शान्ति सुव्यवस्था कायम गर्नका लागि धेरै सुधारात्मक कामहरू भइरहेका छन्। जनताको सुरक्षा र सेवा सुनिश्चित गर्न उनले गरेको यो महत्वपूर्ण कार्यप्रति जिल्लाबासीहरूले प्रशंसा व्यक्त गरेका छन्।

नेपाल पहिलो पटक ICC U19 Woman's T20 World Cup 2025 मा छनोट भएकोमा U19 Woman's  Cricket Teem लाई हार्दिक बधाई साथै आगामी ...
14/11/2024

नेपाल पहिलो पटक ICC U19 Woman's T20 World Cup 2025 मा छनोट भएकोमा U19 Woman's Cricket Teem लाई हार्दिक बधाई साथै आगामी दिनहरुमा थप सफलताको शुभकामना 💐

मन्सुर खान बिरगंज कात्तिक २५ गते । बिरगंज महानगर पालिका वडा नं. १९ विन्दवासिनीमा विराट कुस्ती प्रतियोगिता को आयोजना भएको...
10/11/2024

मन्सुर खान बिरगंज कात्तिक २५ गते । बिरगंज महानगर पालिका वडा नं. १९ विन्दवासिनीमा विराट कुस्ती प्रतियोगिता को आयोजना भएको छ । बिरगंज महानगर पालिका वडा नं.१९ विन्दवासनी निवासी विरबहादुर यादव ले आयोजना गरेका दिपावली तथा छठ पर्वको उपलक्ष्यमा विराट कुस्ती प्रतियोगिताको उद्धाटन भएको हो । उक्त प्रतियोगिता को उद्घाटन बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले फिता काटी बिराट कुस्ती प्रतियोगिता को शुभ आरम्भ गर्नु भएको थियो।कुस्ती प्रतियोगिता एउटा खेल न भई शरिरिक ब्याम पनि हो यो प्रतियोगिता ले मानव शरीर लाई चुस्त दुरुस्त बनाउनु को साथै मानिस लाई फुर्तिलो र चनाखो बनाउछ । खेल खुद मा मेरो बालयकाल देखि केमेरो रुचि थियो म कबडी खेल बालयकाल मा खेलेको स्मरण गरिरहेको छु । आज यो कबडी खेल को उद्घाटन गर्दा धेरै खुशी लागेको भन्दै आउने दिनहरु मा यस्ता प्रतियोगिता गर्ने लाई सहयोग गर्ने बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम ले भनु भयो। उक्त कार्यक्रम का प्रमुख अतिथी बिरगंज महानगर पालिका का उप प्रमुख इम्तियाज आलम रहनु भएको थियो भने विशिष्ट अतिथीको रुपमा वडा १९ का वडा अध्यक्ष मुकेश चौरसिया, नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ को का.ब. सभापति अनिल सिंह,अतिथिहरु मा ओम प्रकाश सरार्फ धर्मराज यादव लगायत आस पास का विभिन्न गाउँ का जनता हरु को सहभागिता रहेको थियो । उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जानकारी दिनु भएको थियो।

मन्सुर खान बिरगंज कात्तिक २४ गते । एप्लास्टिक एनेमियाबाट पीडित सोहेलको जीवन संकटमा, उप मेयरले सहयोग गर्ने वीरगञ्ज, वडा न...
09/11/2024

मन्सुर खान बिरगंज कात्तिक २४ गते । एप्लास्टिक एनेमियाबाट पीडित सोहेलको जीवन संकटमा, उप मेयरले सहयोग गर्ने वीरगञ्ज, वडा नम्बर ३ छपकैयाका २१ वर्षीय सोहेल अन्सारी एप्लास्टिक एनेमियाको गम्भीर अवस्थासँग संघर्ष गरिरहेका छन्। फिरोज अन्सारी र सबनम खातुनका एक मात्र छोरा सोहेलको शरीरले नयाँ रक्त कोष उत्पादन गर्न नसक्ने समस्याका कारण उनलाई बारम्बार रगत चढाउनुपर्ने हुन्छ।हाल उनलाई वीरगञ्जको नारायणी अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको छ। वीरगञ्जदेखि पाटन अस्पतालसम्मको उपचारमा परिवारको सम्पूर्ण आर्थिक स्रोत समाप्त भएको छ। चिकित्सकहरूले उनलाई बचाउन बोनम्यारो ट्रान्सप्लान्ट आवश्यक रहेको बताएका छन्, जसको लागि ३०–४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।सोहेलको परिवारले आर्थिक अभावका कारण सहयोगको अपिल गरेको छ। यसै बीच वीरगन्ज महानगरपालिका का उपमेयर ईम्तियाज आलमले पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सबैलाई उनले आ आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरेका छन्। साे काे जानकारी उप प्रमुखका प्रेस सल्लाहकार महमद सदाब ले बताए ।

saff women's championship 2024 फाईनल खेलको जितको लागि अग्रिम शुभकामना नेपाली महिला फुटबल टिम।
30/10/2024

saff women's championship 2024 फाईनल खेलको जितको लागि अग्रिम शुभकामना नेपाली महिला फुटबल टिम।

साफ महिला च्याम्पियनसीप २०२४ को नेपाल र भारत बिच भएको सेमीफाइनल खेलको विषयलाई लिएर भारतीय फुटबल संघ(एआईएफएफ) ले साफ च्या...
29/10/2024

साफ महिला च्याम्पियनसीप २०२४ को नेपाल र भारत बिच भएको सेमीफाइनल खेलको विषयलाई लिएर भारतीय फुटबल संघ(एआईएफएफ) ले साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै साफमा नेपालविरुद्ध उजुरी गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मन्सुर खान बिरगंज कात्तिक ९ गते ।  प्याब्सन अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताको उपाधि साउथ जोन माविको पोल्टामा परेको ...
25/10/2024

मन्सुर खान बिरगंज कात्तिक ९ गते । प्याब्सन अन्तर विद्यालय लोक नृत्य प्रतियोगिताको उपाधि साउथ जोन माविको पोल्टामा परेको छ । प्याब्सन पर्सा र बीरगन्जको संयुक्त आयोजनामा शुक्रबार बीरगन्जस्थित टाउन हलमा भएको सो प्रतियोगितामा साउथ जोन प्रथम भएको छ । साउथ जोनले नेपालको पुर्वी तराईमा बस्नते धिमाल जातिको नृत्य प्रस्तुत गरेको थियो । सन्थाल समुदायले नाच्ने नृत्य प्रस्तुत गरेको लिटल फ्लावर स्कूल प्रतियोगितामा दोस्रो भयो भने मारुनी नृत्य प्रस्तुत गरेको मनकामना माविले तेस्रो स्थान प्राप्त गर्न सफल भयो । प्याब्सन आबद्ध २३ वटा विद्यालय सहभागी भएको सो प्रतियोगितामा मुनलाइट माविले चौथो स्थान प्राप्त गर्न सफल भयो भने जीवन ज्योति र गौतम माविले पाँचौ स्थानमा चित्त बुझाए । यसअघि, सो नृत्य प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंहले गरेका थिए । प्रतियोगितामा सहभागी २३ विद्यालयहरुले नेपालमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति र रीतिरिवाज झल्कने नृत्यहरु जस्तै साकेला नाच, घाटु झोरा नाच, झिझिया नाच, थारु झुमरा नाच लगायतका विभिन्न लोक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगिताका विजेता, उपविजेता लगायत सहभागी विद्यालयहरुलाई प्याब्सनका केन्द्रिय महासचिव आरबी कटुवाल, मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हरिशंकर साह, प्याब्सनका केन्द्रिय सदस्य छेदुप लामा, प्याब्सन मधेश प्रदेश वरिष्ठ उपाध्यक्ष श्याम केसी, मधेश प्रदेश सल्लाहकार मणि पाख्रिन, प्याब्सन वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी, उपाध्यक्ष शिव गुप्ता लगायतले शिल्ड, प्रमाणपत्र र मायाको चिनो प्रदान गरे । कार्यक्रममा बीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्ण, एन प्याब्सनका नगर अध्यक्ष जियालाल गुप्ता र सचिव शेख अजहर लगायत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमका प्याब्सनका जिल्ला अध्यक्ष पूरण प्रधान र नगर अध्यक्ष आलोक चौरसियाको संयुक्त अध्इक्षतामा सम्पन्न भएको हो ।

मन्सुर खान बिरगंज असोज २१ गते । बिरगंजमा एमएडब्ल्यु ग्रुपको फोटोन ईलेक्ट्रिक कारको साे रुमको उदघाटन भएको छ। बिरगंज  महान...
07/10/2024

मन्सुर खान बिरगंज असोज २१ गते । बिरगंजमा एमएडब्ल्यु ग्रुपको फोटोन ईलेक्ट्रिक कारको साे रुमको उदघाटन भएको छ। बिरगंज महानगरपालिका वडा नं.१२ मुर्ली स्थित ईलेक्ट्रिक कारकाे साे रुमको ओपनिङ्ग भएको हो।बिरगंज महानगरका उप प्रमुख इम्तियाज आलमले एक कार्यक्रमबीच फिता काटेर उदघाटन गर्नु भएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै उप प्रमुख आलमले मन्तव्य को क्रम मा भने ईलेक्ट्रिक कार खरिद गर्न बिरगंज भन्दा बाहिर जानुपर्ने अवस्था रहेकोमा अब ईलेक्ट्रिक कारको शोरुम बिरगंज मै खुलेकोले खुशी ब्यक्त गरे। उनले ईलेक्ट्रिक कारको प्रयोगदेखि बिक्री वितरणले नागरिक देखि ब्यापारी दुबैलाई फाइदा रहेको बताए।शोरुममा अहिले १०र १५ सिट भएको फोटोन दुईवटा मोडलको कारा उपलब्ध छ। दशैंको बेला भएकोले शोरुम खुल्नुभन्दा अघि नै कारको बुकिङ समेत भएको शोरुमका अधिकारिक बिक्रेता का सन्चालक सदिक समनी ले जानकारि दिनु भयो । १५ सिट भएको कार एकपटक चार्ज गरेपछि २३५ किलोमिटर सम्म चलाउन सकिन्छ। कारमा तीन लाख किलोमिटर र पाँच वर्षको वारेन्टी हुनुका साथै २० प्रतिशत डाउन पेमेन्टमा फाईनान्सको पनि सबिधा रहेको जानकारी समेत गराउनु भयो।हरेक सिट फोल्डिङ भएको तथा एसीको पनि सुबिधा रहेको छ। पछिल्लो समय पेट्रोलियम पदार्थ डिजेल र पेट्रोल महगो हुदै गएको अवस्थामा इलेक्ट्रिक कार तर्फ ग्राहकहरुको आकर्षण बढन थालेको छ। सो कार्यक्रम को सभापतित्व सो रुम का संचालक सदिक मिया समानी रहनु भएको थियो भने प्रमुख अतिथि मा बिरगंज महानगर पालिका का उप प्रमुख इम्तिया आलम रहनु भएको थियो त्यसै गरि विशिस्ट अतिथिमा नेपाली कांग्रेस का नेता तथा पुर्व मन्त्री सुरेन्द्र प्रसाद चौधरी, उधोग पति ओमप्रकश सिकारिया, नेजमुदिन समानी, लगायत का अतिथी हरु को सहभगित रहेको थियो।

मन्सुर खान बिरगंज असोज १८ गते । बिरगंज महानगर पालिका का  उप प्रमुख तथा न्यायिक समिति संयोजक इम्तियाज आलम लाई रिकभरी नेपा...
04/10/2024

मन्सुर खान बिरगंज असोज १८ गते । बिरगंज महानगर पालिका का उप प्रमुख तथा न्यायिक समिति संयोजक इम्तियाज आलम लाई रिकभरी नेपाल मधेस प्रदेश का संयोजक मन्टु गिरि ले ज्ञापन पत्र बुझाएका छन । नेपाल एच आईं भी र क्षयरोगको जोखिमा रहेका जनसमुदाय र नेपाल सरकारको विभिन्न निति तथा रणनितिहरुमा पहिचान गरिएकाहरु मध्ये उच्च जोखिम मा रहेको छन।समुदाय तेश्रो लिङ्नी, लागू औषध प्रयोगकर्ता र यौनकर्मी र एच.आई.भी. संकमितहरु महिला र बच्चाहरु लाई हाल सम्म स्वास्थ परिक्षण गरेको छन। नेपाल को संविधान २०७२ ले प्रदत्त गरेको मानवअधिार, स्वास्थ्य र शिक्षाको हक विभिन्न लान्छना भेदभावका कारण विगतका कानुन द्वारा अपराधिकरण गरेको कारणले यसको दिनानुदिन संकमण बढ्दै गएको छ । यसै कारणले आत्महत्या बढदो रुपमा रहेको छ । स्वास्थ परिक्षण नहुदा अकाल मृत्यु हुने गरेको पाईएको छ। नेपाल को संविधान ले जोखिम समुदायको लागि हालको संविधानले जारी गरको मौलिकहक उपभोग गर्न विभिन्न भिभेदकारी कानुनहरुको कारणले मुख्यतहः निम्न समस्या भईरहकोले तेस्रो लिङ्गी लागू औषध प्रयोगकर्ता,यौनकमी र एच.आई.भी. संकभितहरु तर्फ वाट ध्यानआकर्षणको लागि रिकभरी नेपाल ले अपिल गरेको छ। तेश्रो लिङ्गीहर, एकल महिला र आमा वाट बच्चालाई व्यवहारमा नागरिक्ता लिन समस्या भई रहेको र नेापलको संविधान २०७२ ले सवै नेपाली नागरिकले नागरिक्ता पाउने अधिकार भएतापनि विभिन्न कानुन र नीति नियमको जटिलताका कारण नेपालकै नागरिकहरु नागरिकता वाट वन्चित हुनु परको छ। सवै वर्गका यौन कर्मी दिदी वैनीहरु विभिन्न लान्छना भेदभावका कारणले जोखिम यौन व्यवसायको वाध्यतामा पर्नु परेको र गरिवी, एकल महिला र उनिहरुको वच्चाहरुको भरण पोषण गर्न वाध्यात्मक परिस्थितीमा रहेको छ। महत्वपुर्ण एच. आई. भी. टि. वी. र यौन प्रजनन स्वास्थ सेवा जस्ता स्वास्थ्य सेवामा पहल नभएकोले विभिन्न स्वास्थ्य मा समस्या रहिआएको छ । विश्व स्वास्थ्य संगठन WHO ले लागु औषध प्रयोगलाई स्वास्थ्य समस्या भनी विभिन्न प्रतिवेदन सार्वजनीक गरि सकेको भएतापनि लागू औषध प्रयोगकर्ताहरुलाई प्रयोगमात्रै गरेकै आधारमा अपराधिकरण गरि प्रहरी हिंसा, जेल सजाय र अन्य सामाजिक विकृतीहरु बदनु र भोगनु परिएको जोखिम समुहमा रहेको छ यो समुहले विभेदकारी कानुनकै कारणले घरेलु, सामाजिक र प्रहरी हिंसा साथै जेल यातना भोग्नु परेको छ। नेपाल सरकारले विभिन्न अन्तराष्ट्रिय संन्धी, अविसंन्धी विरुद्ध एच. आई. भी. रोक थाम, उपचार सेवा सरकारको पहलमा भए पनि लान्छना र भेदभावका कारणले सबै लच्छित समुहहरु स्वास्थ सेवामा संकमितहरु उपचार सेवामा खुलस्त सहभागी हुन नसकी उपचारवाट वन्चित हुनु परको छ । ज्यादै गरिव, जोखिम समुदायलाई राज्यवाट कुनै पुनःस्थांपन उपचार, आपतकालिन सेवा राज्यको तफवाट नियमित कार्यकम लागू नभएको हुदा यश माथी उल्लेखत समस्याहरु जोखिम रहेको छ।समदायले दैनिकी रुपमा भोग्दै आई रहको समस्या नेपाल संविधान २०७२ ले घोषणा गरे अनुरुप सामन्ती, निरंकुश,केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको छ । तर यस जोखिम वर्गले कनै परिवर्तनको अनुभुती गर्न नसकेको र नेपाल सरकारले विभिन्न समयमा क्षेत्रिय र अन्तराष्ट्रिय संघ संस्था संग अविसंन्धीमा नेपालले हस्ताक्षर गरि आफनो प्रतिवद्धता जनाउदै आइरहेको छ। सो अनुरुप नीतिनियम र कानुन परिवर्तनमा पहलकदमी नभएको हुदा यस समुदायको मानवअधिकार र स्वास्थ्य अधिकार संबन्धी कानुन र नीति नियम वनाउन सरकारलाई ध्यान आर्कशषण गराउन जरुरी देखिन्छ । उनिहरुको जिवन रक्षाको लांगि राज्यले योजना बनाई समुदायकै सहकार्यमा लागु गर्न जरुरी छ।तेश्रो लिङ्गी, लागू औषध प्रयोगकर्ता र यौनकर्मी, र एच. आई.भी. संकमितहरुको तर्फ वाट अपिल गरेको बिज्ञपति मा उलेख गरेको छ । आफु संग सक्दो सयोग गर्ने प्रतिबद्धता उप प्रमुख आलम ले गर्नु भयो।

मन्सुर खान बिरगंज असोज १६ गते । बिरगंज अलखियामठ हरिखेतान को अगाडि रहेको भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको...
02/10/2024

मन्सुर खान बिरगंज असोज १६ गते । बिरगंज अलखियामठ हरिखेतान को अगाडि रहेको भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बारको उद्घाटन भएको छ । वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलम द्वारा सुविधा सम्पन परिवारिक वातावरण मये भेटघाट कटिया कर्नर फेमिली रेष्टुरेन्ट एण्ड बार को उद्घाटन गर्नु भएको हो। करिब २५ लाख को लागत मा खोलिएको रेष्टुरेन्ट मा सुविधा समपन परिवारिक वातावरण रहेको छ। प्रख्यात र दक्ष कुक बाट कटियामासु को प्रकारहरु बनाइने छ हरेक बर्ग का युवा युवती महिला पुरुष को लागि केबिन खुल्ला केबिन कटेज को सुविधा रहेको जानकारी रेष्टुरेन्ट का संचालक मुकेश कुमार गुप्ता ले बताउनुभयो । बिरगंज मा महिलो पल्ट परिवारिक कटिया मासु र मासु को विभिन्न परिकार बनाईने छ। अनुभवी कारिगर र वेटर राखेको अर्को सन्चालक निरज सरार्फ ले बताए।

28/09/2024

हाम्रो नेपालको Highway Update:

१. काठमाडौं - चितवन सडक: बन्द
२. काठमाडौं - सिन्धुली सडक: बन्द
३. मुग्लिङ - पोखरा सडक: बन्द
४. चितवन - बुटवल सडक: बन्द
५. काभ्रे - दोलखा सडक: बन्द
६. बेनी - मुस्ताङ सडक: बन्द
७. कैलाली - बझाङ बाजुरा सडक: बन्द
८. झापा - ईलाम सडक: बन्द
९. सम्पूर्ण हवाई यातायात :बन्द
१०. केही स्थानको हवाई सेवा अहिले भर्खरै सुचारु भएको सूचना प्राप्त भएको छ

जनहितमा जारी सूचना ।।।कुलेखानी जलविद्युत आयोजनाको ड्याम भरिएकोले खोल्नुपर्ने भएकोले बागमतीको तटीय क्षेत्रका बासिन्दाहरुम...
27/09/2024

जनहितमा जारी सूचना ।।।
कुलेखानी जलविद्युत आयोजनाको ड्याम भरिएकोले खोल्नुपर्ने भएकोले बागमतीको तटीय क्षेत्रका बासिन्दाहरुमा सतर्क रहन आग्रह ।

Address

9869570755

Telephone

009779845058273

Website

Alerts

Be the first to know and let us send you an email when B TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to B TV:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share