PurbiOnline

PurbiOnline सत्य निष्पक्ष समाचार, सूचनाकालागि हाम्रो पेजमा जाेडिन सक्नुहुनेछ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महाेतसव २०८१ का लागि २५ जना कविका कविता छनाेट गरेकाे छ । यहि ९ गते आइतबार राष...
19/06/2024

नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता महाेतसव २०८१ का लागि २५ जना कविका कविता छनाेट गरेकाे छ । यहि ९ गते आइतबार राष्ट्रिय कविता महाेत्सव हुने भएको छ । यसरी छनाेट भएका कविता कविले वाचन गर्नेछन् । संखुवासभा बाट कवि सिजन श्रेष्ठ समेत छनाेटमा परेका छन् । उनकाे "तिमी बन्न नसकेर" शीर्षकको कविता रहेको छ । श्रेष्ठ सुन्दरहरैँचा नगरपालिकामा कार्यरत कर्मचारी हुन् ।

धरान उपमहानगरपालिमा ८ महिना पछि प्रमुख प्रशासकिय अधिकृत आएका छन् । प्रमुख प्रशासकिय अधिकृतको रुपमा सरुवा भई भुपेन्द्र रा...
19/06/2024

धरान उपमहानगरपालिमा ८ महिना पछि प्रमुख प्रशासकिय अधिकृत आएका छन् । प्रमुख प्रशासकिय अधिकृतको रुपमा सरुवा भई भुपेन्द्र राई आएका छन्। मेयर हर्क साङ्पाङले सामाजिक सन्जालमा प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दै आएका थिए ।

विराटचाेक: मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित खोर्सानेमा स्त्री रोग सम्बन्धी एक दिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न ...
19/06/2024

विराटचाेक: मोरङको सुन्दरहरैँचा नगरपालिका स्थित खोर्सानेमा स्त्री रोग सम्बन्धी एक दिवसीय निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबार प्रकृति महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको स्वास्थ्य उप समितिको आयोजना र नोवेल टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

उक्त शिविरमा १ सय ६५ भन्दा बढी महिलाहरुले स्वास्थ्य सेवा लिएको संस्थाको स्वास्थ्य उपसमितिकी संयोजक सिता दाहाल बुढाथोकीले जानकारी दिईन । शिविरमा महिलाहरु हुने बाझोपन,पाठेघर संक्रमण लगायत सम्पूर्ण स्त्री रोग सम्बन्धी स्वस्थ परिक्षण तथा परामर्श दिइएको संयोजक बुढाथोकीले बताइन ।

बाँदरले धेरै सताए पछि धनकुटाको महालक्ष्मी नगरपालिका–७ का किसानहरूले जंगलमा फलफूल रोप्न थालेका छन्।
19/06/2024

बाँदरले धेरै सताए पछि धनकुटाको महालक्ष्मी नगरपालिका–७ का किसानहरूले जंगलमा फलफूल रोप्न थालेका छन्।

19/06/2024

प्रतिनिधि सभा बैठक, २०८१ असार ५ गते, बुधबार

19/06/2024

ताप्लेजुङ । ताप्लेजुङमा मनसुनी वर्षा सुरु भएयता बाढी पहिरोका कारण ८१ घरका ३ सय ४२ जना विस्थापित भएका छन् । एक साता...

चर्चित गायिका अस्मिता अधिकारीले गायक महेश काफ्लेसंग इङ्गेजमेन्ट गरेकी छन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अ...
19/06/2024

चर्चित गायिका अस्मिता अधिकारीले गायक महेश काफ्लेसंग इङ्गेजमेन्ट गरेकी छन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका महेश र अस्मिताले इङ्गेजमेन्ट गरेका हुन्। आफूहरूले इङ्गेजमेन्ट गरेको महेश र अस्मिता आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएका छन्।

दैनिक याेग गर्नाले स्वास्थ्यलाई धेरै राम्रो हुन्छ । याेग गराैँ राेग भगाऔं ।
19/06/2024

दैनिक याेग गर्नाले स्वास्थ्यलाई धेरै राम्रो हुन्छ ।
याेग गराैँ राेग भगाऔं ।

विपद् व्यवस्थापन तयारी तथा कार्ययोजना तयार
19/06/2024

विपद् व्यवस्थापन तयारी तथा कार्ययोजना तयार

विराटचोकः बर्खायाम शुरु भएसँगै सुन्दरहरैचा नगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना अनुसार स्.....

संसद भवन परिसरमा प्रहरीले आफैंलाई गाेली हाने आफ्नै निधारमा गोली हानेका प्रहरी जवान अजित गोलेको घटनास्थलमै मृत्यु भएपछि स...
19/06/2024

संसद भवन परिसरमा प्रहरीले आफैंलाई गाेली हाने

आफ्नै निधारमा गोली हानेका प्रहरी जवान अजित गोलेको घटनास्थलमै मृत्यु भएपछि संसद भवन प्रहरी परिसरमा प्रहरीको टोली पुगेको छ ।

चट्याङबाट कसरी जाेगिने
19/06/2024

चट्याङबाट कसरी जाेगिने

विराटचाेक मनसुनसँगै चट्याङ पर्ने क्रम बढेको छ । सरकारी तथ्याङ्क अनुसार चट्याङका कारण हरेक वर्ष सरदर एक सय जनाको .....

राती लगातार  परेको पानीले  धेरै क्षेत्र जल मग्न भएको छ।कोशी प्रदेशका सुनसरी, मोरङ, झापा र आसपासको क्षेत्रमा मध्यम वर्षा ...
19/06/2024

राती लगातार परेको पानीले धेरै क्षेत्र जल मग्न भएको छ।
कोशी प्रदेशका सुनसरी, मोरङ, झापा र आसपासको क्षेत्रमा मध्यम वर्षा भइरहेको र थप वर्षा हुन सक्ने भएकोले सो क्षेत्र भइ बहने स-साना खोलाहरुमा बहाब बढ्न सक्ने, तटीय क्षेत्र र डुबान भईरहने होचा स्थानमा रहनुहुनेहरूले सुरक्षा र सतर्कता अपनाऔँ ।

जनहितमा जारी सूचना
18/06/2024

जनहितमा जारी सूचना

बेतना सिमसारमा चित्तलको बच्चा जिम्मा लगाईयो बेलबारी । बेलबारी ४ मा रहेको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहमा चितलक...
18/06/2024

बेतना सिमसारमा चित्तलको बच्चा जिम्मा लगाईयो
बेलबारी । बेलबारी ४ मा रहेको बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुहमा चितलको बच्चालाई जिम्मा लगाईएको छ ।
मंगलबार बेलबारी १० भाउन्नेका युवाहरुले संरक्षणको लागी बेतना सिमसारमा अध्यक्ष शम्भु भट्टराई र सचिब सुजित बस्नेत मार्फत बुझाएका हुन ।

सिरहा कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गोलबजारदेखि पश्चिम धर्मकाँटानजिक बीच सडकमा विद्युतको...
18/06/2024

सिरहा कमलादेखि सप्तरीको कञ्चनपुरसम्म पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गोलबजारदेखि पश्चिम धर्मकाँटानजिक बीच सडकमा विद्युतको पोल नहटाइ गरिएको सडक कालोपत्र । नेपाल विद्युत प्राधिकरणले समयमै पोल नहटाएपछि सडक निर्माणको ठेक्का लिएको चाइना रेल्वे २ इन्जिनियरिङ्ग ग्रुपले पोल राखेरै गरिएको सडक कालोपत्र गरेको हो ।
तस्बिरः लोकेन्द्रप्रसाद यादव / रासस

ग्रामथान गाउँपालिका अध्यक्ष जनप्रकाश गच्छदारकाे निधन भएकोमा शाेक विदा
18/06/2024

ग्रामथान गाउँपालिका अध्यक्ष जनप्रकाश गच्छदारकाे निधन भएकोमा शाेक विदा

18/06/2024

माेरङकाे सुन्दरहरैँचा ८ प्रभात किरण स्कुलमा पढ्ने अनमाेल प्रसाईंकाे याे दमदार प्रस्तुति एक पटक हेराैँ ।
विषय : बालमैत्री स्थानीय शासनमा सराेकारवालाकाे भूमिका video: Krishna Chandra Subedi PurbiOnline

आज बिहान पानीसंगै परेको चट्याङले लागेर माेरङकाे पथरीशनिश्चरे ९ मा  २ वटा  राँगा मरेका छ्न । स्थानीय एक घरमा पालेका राँगा...
18/06/2024

आज बिहान पानीसंगै परेको चट्याङले लागेर माेरङकाे पथरीशनिश्चरे ९ मा २ वटा राँगा मरेका छ्न । स्थानीय एक घरमा पालेका राँगा गाेठमै मरेका हुन् ।

झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकालाई जोड्ने हुलाकी राजमार्ग अन्तरगतको रतुवा पुलको दृश्य !
18/06/2024

झापाको गौरीगन्ज गाउँपालिका र मोरङको रतुवामाई नगरपालिकालाई जोड्ने हुलाकी राजमार्ग अन्तरगतको रतुवा पुलको दृश्य !

18/06/2024

सावधान ⚠️
वर्खा लागेसंगै खाेलामा कतिबेला कत्राे बाढी आउने हाे त्यसकाे अनुमान गर्न गार्‍हो हुन्छ । त्यसैले पानीकाे अवस्था बुझेर मात्रै खाेलामा सवारी चलाउँ । याे घटना मंगलबार बिहान धरानकाे सेउती खाेलाकाे हाे । खाेलामा अचानक बाढी आएपछि गाडी निकाल्न जेसीबीकाे प्रयाेग गर्दै युवाहरू

धरान १५ र ५ को सिमानामा रहेको   #सेउती_खोलामा आज बिहान आएकाे बाढीले गाडी डुबायाे ।
18/06/2024

धरान १५ र ५ को सिमानामा रहेको #सेउती_खोलामा आज बिहान आएकाे बाढीले गाडी डुबायाे ।

सुविजीमुर स्कुलकी छात्रा साेनिमा थापा प्रथम
18/06/2024

सुविजीमुर स्कुलकी छात्रा साेनिमा थापा प्रथम

विराटचाेक: सुन्दरहरैँचा नगरपालिकाले आयाेजना गरेको बाल मैत्री स्थानीय शासन अभिमुखिकरण तथा विविध बाल प्रस्तुति प...

माटाे बचाऔं स्वस्थ रहाैँ भन्ने नारा सहित माेरङकाे सुन्दरहरैँचामा बायाे अर्गानिक जैविक मलकाे उपयाेगिता, महत्त्व तथा प्रया...
18/06/2024

माटाे बचाऔं स्वस्थ रहाैँ भन्ने नारा सहित माेरङकाे सुन्दरहरैँचामा बायाे अर्गानिक जैविक मलकाे उपयाेगिता, महत्त्व तथा प्रयाेग विधि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मारूति हाइजीङ प्रालिकाे आयाेजनामा मल बिक्रेता व्यवसायी, अग्रज कृषकलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न वडा का वडा अध्यक्ष जनप्रतिनिधिकाे समेत सहभागीता थियो ।
कार्यक्रमकाे सह आयाेजक आशा नेपाल, कादम्बिनि कृषि सहकारी संस्था रहेको थियाे भने समन्वय नगरपालिकाले गरेको थियो ।

18/06/2024

सुन्दरहरैँचा विराटचाेक हावापानी परेको छ । मंगलबार बिहान हावा सहित पानी परेको हाे । बर्खा लागे संगै खाेला तटीय क्षेत्रमा रहनुहुने सम्पूर्णमा सतर्कता पुर्वक बस्नुहाेला ।

17/06/2024

बाल श्रम, गाउँका ठुला भनिने वर्गले घरमा बालबालिकालाई काममा लगाउने गरेको र यसले बालबालिकाले मृत्युवरण गर्नुपरेको अवस्थालाई याे नाटकमा चित्रण गरिएको छ । सुन्दरहरैँचा नगरपालिका लाई बाल श्रम मुक्त नगर बनाउने घाेषणा कार्यक्रमका अवसरमा प्रभात किरण स्कुलका विद्यार्थीले प्रदर्शन गरेको नाटक ।

17/06/2024

नगर बाल सन्जाल सुन्दरहरैँचाकी सचिव पुजा न्याैपाने आफ्नो कविता वाचन गर्दै
भिडियो : Krishna Chandra Subedi PurbiOnline

17/06/2024

सुन्दरहरैँचा नगरपालिकाले आयाेजना गरेको बाल मैत्री स्थानीय शासन अभिमुखिकरण तथा विविध बाल प्रस्तुति प्रदर्शनी कार्यक्रम अन्तर्गत बाल मैत्री स्थानीय शासनमा सराेकार वालाकाे भूमिका विषयक वतृत्वकला प्रतियोगितामा सुविजीमुर मेमोरियल स्कुलकी छात्रा साेनिमा थापा प्रथम भएकी छन् ।
भिडियो: कृष्णचन्द्र सुवेदी Krishna Chandra Subedi PurbiOnline

17/06/2024

लाेहन्द्रा केराबारी साझेदारी वन उपभोक्ता समूहकाे ८ औं वार्षिक साधारणसभामा मन्तव्य राख्दै प्रमुख अतिथि डिभिजन वन कार्यालय माेरङका प्रमुख विष्णुलाल घिमिरे

माेरङकाे सुन्दरहरैंचा  ७ गोठगाउँमा नगर तेक्वान्दो विकास समितिको कार्यालय उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी...
17/06/2024

माेरङकाे सुन्दरहरैंचा ७ गोठगाउँमा नगर तेक्वान्दो विकास समितिको कार्यालय उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी नगरखेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठले कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा वडा नं ७ का वडाअध्यक्ष भुवन शिंह आलेमगरलगायत जनप्रतिनिधि, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, तेक्वान्दोका प्रशिक्षक, र खेलाडि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नगर तेक्वान्दो विकास समितिका अध्यक्ष कपिलराज दाहालको अध्यक्षता मा सम्पन्न भएको थियो ।

आज बकर इद सार्वजनिक विदा
17/06/2024

आज बकर इद सार्वजनिक विदा

विराटचाेक: मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद अर्थात इदुल जोहा आज देशभरका मस्जिदमा मनाइँदै छ । सोहि .....

Address


Alerts

Be the first to know and let us send you an email when PurbiOnline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PurbiOnline:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share