Bulanda News

Bulanda News it's our page

29/03/2024

सार्वजनिक सुनुवाई हुने बारे अत्यन्तै जरुरी सूचना ।।।

10/01/2024

आर्थिक विकास, पर्यटन प्रवर्द्वन र राेजगारी सिर्जना गर्ने उदेश्यका साथ समग्र अर्घाखाँची जिल्लाकाे विकासका लागी पत्रकार महासंघ अर्घाखाँचीले सञ्चालन गर्न लागेको पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० काे पुर्ण सफलताको शुभकामना सहित एक्यवद्धता !!!
आउनुहोस् यस महा-अभियानमा सबैले हातेमालो गराैं!! अर्घाखाँची जिल्लामा रहेका धार्मिक- साँस्कृतिक सम्पदाहरूलाई विश्वसामु चिनाउँ ।
कार्यक्रमलाई भब्य रूपमा सफल पाराैं !

भूकम्प प्रभावित क्षेत्रमा पुग्दै ,एमाले अर्घाखाँची नेकपा एमाले अर्घाखाँची काे स्वयंसेवक टाेली मङ्गलबार  बिहानै भुकम्प पि...
21/11/2023

भूकम्प प्रभावित क्षेत्रमा पुग्दै ,एमाले अर्घाखाँची

नेकपा एमाले अर्घाखाँची काे स्वयंसेवक टाेली मङ्गलबार बिहानै भुकम्प पिडितहरूलाई उद्दारका निम्ति रूकुम पस्चिमकाे आठबिसकाेट नगरपालिका तर्फ प्रस्थान गरेकाे छ ।
गत कार्तिक १७ गते गएकाे भुकम्पमा परि जाजरकाेट र रूकुम पश्चिम क्षेत्रमा ठुलाे धनजनकाे क्षेती भए संगै त्यस क्षेत्रमा पुगेर पिडितहरूलाई उद्दार गर्ने कार्यहरू जारि छ ।
साेहि क्रममा पार्टी जिल्ला कमिटी उपसचिव शम्भु प्रसाद पाेख्रेल काे नेतृत्वमा कार्यालय सचिब लिला बि.क.सहित १५ जनाकाे युवा स्वयंसेवक टाेली पून निर्माणका लागि त्यहाँ जान लागेकाे हाे । टाेलीले बसुन्जेल आवस्यक पर्ने बन्दाेबस्तीका सामान , अाैजार तथा निर्माण सामाग्रीहरू समेत साथमा लगेकाे छ ।

स्वयंसेवक टाेलिले मंसिर ५ देखि १७ गते सम्म शिविरमा रहेर भत्केका संरचनाकाे भग्नाबसेस हटाउन ब्यबस्थित गर्न र अल्पकालीन आवासहरू ( अस्थाई टहराहरू) निर्माण गर्ने छ । याे कामकाे लागि समन्वय गर्ने काम त्याहाँकाे जिल्ला पार्टी स्थानीय कमिटीले गर्ने भएको छ ।
याे अभियान नेकपा एमाले केन्द्रीय कमिटी काे निर्देशन र प्रदेश कमिटीकाे याेजना अनुसार केन्द्रीय पाेलिट ब्युराे सदस्य बिनाेद श्रेष्ठकाे नेतृत्वमा त्यस क्षेत्रमा १००० स्वयंसेवक परिचालन गरिएकाे हाे ,जस्मध्ये लुम्बिनी प्रदेश बाट २०५ जनाकाे सहभागीता रहने बताईएकाे छ। यसरी प्रदेश मार्फत अर्घाखाँचीबाट १५ जनाकाे सहभागीता रहेकाे हाे ।
यसरी जाने सबै स्वयंसेवक लाई पार्टी अध्यक्ष पिताम्वर भुसाल सचिव बिधान रायमाझी लगायत का नेताहरूले धन्यबाद सहित सफलयात्राकाे शुभकामना ब्यक्त गर्नु भएको छ ।
अहिले ती भूकम्प प्रभावित क्षेत्रमा मानविय क्षेती संगै भाैतिक क्षेतीकाे अबस्था पनि कहालिलाग्दाे रहेकाे छ ,३५ हजार घरहरू पूर्णरूपमा ध्वस्त भएको डाटा छ र ६ वटा पालिकाका अधिकांश घरहरू बस्न अयाेग्य रहेका छन् ।
अहिले चिसाे माैशम सुरू हुन लागे संगै न्यानाे आवास नहुँदा भुकम्प पिडितहरू चिसाेका कारण बिरामि हुन थालेका खवरहरू प्राप्त भएका छन् ।अहिले उनिहरू त्रिपालकाे सहारामा चिसाे रात काट्न बिवस छन् । यसरी याे सम्वेदनशिल स्थितिमा भूकम्प पिडितहरूलाई अन्न पानी जुटे संगै टाउकाे अाेत्ने ठाउँकाे जरूरि भएको बेला नेकपा एमालेले अल्पकालिन आवास निर्माणकाे प्रसंशनिय कार्य गरेर दुखिहरूकाे घाउँमा मलहम पट्टी लगाउने काम गरेकाे छ ।

सहिद हुमानन्द बन्जाडेकाे शालिक प्रतिस्थापन कार्यक्रम सम्पन्न  हिम लेकाली कार्तिक १ अर्घाखाँची मालारानी गाउपालिका वडा नं....
19/10/2023

सहिद हुमानन्द बन्जाडेकाे शालिक प्रतिस्थापन कार्यक्रम सम्पन्न
हिम लेकाली
कार्तिक १ अर्घाखाँची
मालारानी गाउपालिका वडा नं. २ स्थित डाँडाकटेरिमा बुधवार एक कार्यक्रम बिच सहिद हुमानन्द बन्जाडेकाे शालिक पुन स्थापना गरिएकाे छ ।
२०१९ जेठ १४ मा साविक अर्घाताेष ९ हाल मालारानी २ पटाैटिमा जन्मिनु भएकाे सहिद हुमानन्द बन्जाडेलाई नेकपा माअाेवादि ले २०६० असाेज १२ गते जनयुद्धकाे क्रममा डाँडाकटेरि उहाँकै घरमा हत्या गरेका थिए । उहाँ तत्कालिन एमालेअर्घाताेष गाउँकमिटि सदस्य, युथ फाेर्स जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो ।
उहाँकाे सम्झनामा पार्टि द्वारा निर्मित शालिककाे अनावरण २०६७ कार्तिक २७ गते तात्कालिक पार्टी केन्द्रीय स्थाई कमिटी सदस्य के.पि . शर्मा अाेलीले एक भव्य समाराेह बिच गर्नु भएकाे थियाे। त्यस्काे निर्माण कार्य तात्कालिक नेकपा एमाले क्षेत्रीय कमिटिकाे पहलमा गरिकाे थियाे ।
साे सालिक निर्माण गरिएकाे ठाउँ गत बर्ष बर्षाकाे कारणले भत्किएर शालिक क्षतीग्रस्त भए पछि नेकपा एमाले बडा न २ मालारानि बडा कमिटि र सहिद हुमानन्द बन्जाडेकाे परिवारकाे सकृयतामा पुन निर्माण गरि साेहि ठाउँमा शालिककाे प्रतिस्थापन गरिएकाे हाे।
उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद चेत नारायण अाचार्यले पार्टीका ईमान्दार , निष्ठावान र जुझारू कार्यकर्ता हुमानन्नद बन्जाडेलाई क्रुरता पुर्वक हत्या गरेका माअाेवादिहरू यति बेला उहाँकाे रगतले पाेलेर मानसिक तनाब र बिछिप्त अबस्थामा पुगेकाे बताउँदै हत्या हिंसाकाे राजनितिलाई अंगालेका माअाेवादिहरू शान्तिपूर्ण प्रतिस्पर्धाकाे राजनितिमा अाय पनि बिस्तारै कमजाेर हुँदै बिसर्जनकाे बाटाे मा पुगेकाे र २ बर्ष भित्र समाप्त हुने दावी गर्नु भयाे ।
कार्यक्रम मा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष पिताम्वर भुसालले सहिद हुमानन्द काे याेग दानकाे चर्चा गर्दै पुन शालिक निर्माण सम्पन्न गरेकाेमा वडा कमिटी र सहिद परिवार लाई धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे , कार्यक्रममा सहिदका भाइ श्याम बन्जाडेले सामाजसेवी तथा निष्ठावान ब्यक्ति अादरणिय दाजुकाे के कारण ले हत्या गरिएको हाे ,हत्या भएको २० वर्ष पुग्दा सम्म हामिले त्यस्काे कारण थाहा पाउन नसकेकाे बताउँदै पार्टीले दाजु प्रति गरेकाे उच्च सम्मान प्रति मुग्धकण्ठले प्रशांसा गर्नु भयाे ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्री ,प्रदेश कमिटी सदस्य शालिकराम अाचार्य ,पूर्व प्रदेश कमिटी सदस्य जनार्दन खनाल ,भविश्वर पाण्डे ,प्रेम नारायण गैरे ,जिल्ला कमिटी उपाध्यक्ष ईश्वरा पाेख्रेल ,उप सचिव शम्भु प्रसाद पाेख्रेल ,कार्यालय सचिव लिल बहादुर बि क ,जिल्ला कमिटी सदस्य तथा मालारानी ईन्चार्ज तिलक मिश्र ,जिल्ला कमिटी सदस्य तथा सन्धिखर्क नगर प्रमुख श्रीकृष्ण भुसाल ,जिल्ला कमिटी सदस्य लिल बहादुर पाण्डे ,गंगाराम खनाल ,मालारानी का .बा . अध्यक्ष बिष्णु प्रसाद मिश्र , ४ नं. बडा अध्यक्ष बिष्णु पाेख्रेल १ नं. का अध्यक्ष दधिराम अाचार्य ,२ का अध्यक्ष याेगेन्द्र भुसाल ,४ नं. पार्टी वडा अध्यक्ष बलराम भुसाल लगायतकाे अातिथ्यता रहेकाे कार्यक्रममा पार्टीका सुभचिन्तक समर्थकहरूकाे सहभागीता रहेकाे थियाे ।
कार्यक्रम मा सहिद परिवार ,सहिद पत्नी राधिका बन्जाडे ,भिमकला बन्जाडे ,भाइ श्याम बन्जाडे ,छाेरा युवराज बन्जाडे ,प्रविन बन्जाडे ,छाेरि अमृता बन्जाडे , दिदी द्राैपता भुसाल ,शुन्तला बन्जाडेलाई दाेसल्ला अाेडायर सम्मान गरिएकाे थियाे ।
कार्यक्रम काे अध्यक्षता पार्टी वडा कमिटी अध्यक्ष टाेमनारायण भुसाल,सन्चालन , प्रेम पछाई र स्वागत पालिका कमिटी सदस्य बाबुराम अाचार्यले गर्नु भएको थियाे ।

नेकपा (एमाले) अर्घाखाँची जिल्ला कार्यालयको विस्तारित बैठक सम्पन्नआस्विन ३० सन्धिखर्कनेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिट...
17/10/2023

नेकपा (एमाले) अर्घाखाँची जिल्ला कार्यालयको विस्तारित बैठक सम्पन्न
आस्विन ३० सन्धिखर्क
नेकपा (एमाले) अर्घाखाँची जिल्ला कमिटीको कार्यालयको विस्तारित बैठक मङ्गलबार मदन अाश्रित स्मृति भवन सन्धिखर्कमा सम्पन्न भएको छ।
पार्टी जिल्ला कमिटीका अध्यक्ष पीताम्बर भुसालको अध्यक्षता र सचिव तोज बहादुर रायमाझीको सञ्चालनमा सम्पन्न बैठकमा पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य नरेन्द्र कुमार क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो।

बैठकमा पार्टी प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, पार्टी प्रदेश कमिटी सदस्य बिजुला रायमाझी, के. बि. भुसाल, कुटमदिन अलि, बसन्ता पौडेल र प्रमिला क्षेत्रीको आतिथ्यता रहेको थियो।

यसैगरी बैठकमा पार्टी जिल्ला कमिटी सदस्य तथा निर्वाचन क्षेत्रीय कमिटीका संयोजक र सचिव, पालिका कमिटीका इन्चार्ज र सहइन्चार्ज , पार्टी जिल्ला कमिटीका पदाधिकारी र पालिका कमिटीका अध्यक्ष हरुको सहभागिता रहेको थियो। सबै पालिका कमिटीबाट अध्यक्ष/इन्चार्ज/कार्यबाहक अध्यक्ष हरुले आ-आफ्नो पालिकाको पार्टी कामको रिपोर्टिङ्ग सहित महत्वपूर्ण सुझावहरु प्रस्तुत गर्नुभएको थियो।

उक्त बैठकमा प्रमुख अतिथि नरेन्द्र कुमार क्षेत्री, अतिथि रामजी प्रसाद घिमिरे र बिजुला रायमाझीले महत्वपूर्ण सम्बोधन गर्नुभएको थियो।

बैठकले अध्यक्ष कमरेड पीताम्बर भुसालले प्रस्ताव गर्नुभएका ६ वटा विषयहरूमा महत्वपूर्ण निर्णय गरेको थियो।
बैठकले अागामि पर्व विशेष शुभकामना तथा पूनर्मिलन कार्यक्रम अादान प्रदान गर्न पालिका स्तर र बडा तहमा पार्टीलाई कार्यक्रम अायाेजना गर्न निर्देशित गरेकाे छ।
त्यसै गरि बैठकले कार्तिक १८ गते पार्टी जिल्ला कमिटीकाे पूर्ण बैठक बस्ने निर्णय गरेकाे छ ।भने बैठकमा प्रदेश अधिबेशन मा निर्वाचित महानुभावहरूलाई बधाई तथा धन्यवाद ज्ञापन गरिएको कार्यालय सचिव लिला बि.क.ले जानकारि दिनु भएकाे छ ।

आज असोज  १२ गते नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी अर्घाखाँचीको प्रथम पुर्ण बैठक ने.उ.जा.मु.स.केन्द्रिय सचिवा...
29/09/2023

आज असोज १२ गते नेपाल उत्पीडित जातिय मुक्ति समाज जिल्ला कमिटी अर्घाखाँचीको प्रथम पुर्ण बैठक ने.उ.जा.मु.स.केन्द्रिय सचिवालय सदस्य तथा ने.क.पा.(एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य क.भोज बहादुर गन्धर्व को प्रमुख आतिथ्यता,ने.क.पा.(एमाले) जिल्ला कमिटी सचिव क.तोज बहादुर रायमाझी (विधान), उपसचिव तथा जनसंगठन समन्वय संयन्त्र संयोजक क.शम्भु पोख्रेल, मुक्ति समाज केन्द्रीय कमिटी सदस्य क.रुद्र बि.क.,प्रदेश कमिटी अध्यक्ष क.कृष्ण बि.क.,क.मिना बि.सि,क.शिवकला बि.क.को उपस्थितिमा बस्यो। मुक्ति समाज जिल्ला कमिटी अध्यक्ष क. लक्ष्मण नेपालीको अध्यक्षता, उपाध्यक्ष क.मान बहादुर नेपाली को स्वागत मन्तब्य र सचिव क.भुवन बि.क.को संचालन रहेको उक्त बैठकले ३ महिने संगठन बिस्तार अभियान सञ्चालन गर्ने गरि बार्षिक कार्ययोजना तयार र अनुमोदन गरेको छ।

नेपाल हृदय राेग प्रतिष्ठान अर्घाखाँचीकाे आयाेजनामा सन्धिखर्क ८ काे एक विद्यालयमा मुटु परिक्षण शिविर सम्पन्न भएकाे छ । वि...
29/09/2023

नेपाल हृदय राेग प्रतिष्ठान अर्घाखाँचीकाे आयाेजनामा सन्धिखर्क ८ काे एक विद्यालयमा मुटु परिक्षण शिविर सम्पन्न भएकाे छ । विश्व मुटु दिवसको अवसर पारेर प्रतिष्ठानले लमलमेकाे जीवनज्याेति आधारभूत विद्यालयका विद्यार्थी र अभिभावकहरूकाे मुटु परिक्षण गरेकाे हाे । शिविरमा छाँया अस्पताल प्रालिले प्राविधिक सहयाेग गरेकाे थियाे ।
अस्पतालका मुटु राेग विशेषज्ञ डा प्रदीपजंग केसीले करिव ७० जना विद्यार्थी, अभिभावक,शिक्षक र अतिथिहरूकाे समेत मुटु जाँच गर्नुभयाे । कार्यक्रमकाे उद्घाटन शत्रमा बाेल्दै डा केसीले मुटु सम्बन्धी समस्या सबै उमेर, समूहका व्यक्तिहरूलाई हुने भन्दै खानपिनमा ध्यान दिन आग्रह गर्नुभयाे । उहाँले माेटाेपनका कारण मुटुकाे समस्या धेरै देखिने हुँदा याेग तथा व्यायाम गर्ने बानीकाे विकास गर्न सुझाव दिनुभयाे । उहाँले बालबालिकाकाे घाटी दुख्दा वा टनसील बढ्दा मुटुमा असर पर्ने हुँदा समयमै उपचार गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका कार्यपालिका सदस्य लिला भुसाल, किमडाँडा स्वास्थ्य चाैकी ईन्चार्ज प्रकाश परियार, विद्यालयका प्रधानाध्यापक खेम जि.एम, पत्रकार अर्जुन भुसालले मन्तव्य राख्नुभयाे । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कृष्ण भुसालको अध्यक्षता, सदस्य सुष्मा श्रेष्ठकाे स्वागत मन्तव्य र सचिव मेनुका पाैडेलकाे सञ्चालनमा सम्पन्न भयाे । अध्यक्ष भुसालले मुटु दिवस पारी प्रतिष्ठानले हरेक वर्ष शिविर तथा अन्य कार्यक्रमहरू गर्ने गरेकाे बताउनुभयो ।

न्यायिक सञ्जाल अर्घाखाँचीको प्रथम बैठक पाणिनी गाउँपालिकामा सुरु
27/09/2023

न्यायिक सञ्जाल अर्घाखाँचीको प्रथम बैठक पाणिनी गाउँपालिकामा सुरु

अर्घाखाँची आश्बिन-६  अर्घाखाँची अस्पतालको बाषिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ।   आर्थिक बर्ष २०७९/०८० को बाषिक प्...
23/09/2023

अर्घाखाँची आश्बिन-६
अर्घाखाँची अस्पतालको बाषिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ।
आर्थिक बर्ष २०७९/०८० को बाषिक प्रगतिको समिक्षा गर्दै अर्घाखाँची अस्पतालको गोष्ठी सम्पन्न भएको छ पचास शैयाको अस्पताल स्वीकृत भए पनि पुरानै पन्ध्र बेडको संरचना रहेको अस्पतालमा ६१ वटै बेड ब्याबस्थापन गरि बिरामी हरु लाई सेवा प्रदान गरिएको अस्पतालमा हाल एमडि एकजना एमडीजिबि एक जना मेडिकल अधिकृत चार जनाडाक्टरहरु रहेका छन स्थायी तर्फ १७ जना विभिन्न करार तथा अस्पताल बिकाश समिती बाट ७४ जना गरि कुल ९१ जना कर्मचारी कार्यरत अस्पतालमा गत आ .ब.मा कुल ६१ हजार भन्दा बढी मानिसले सेवा लिएका छ्न ।
अस्पतालले गत आ.ब. मा १७०० भन्दा बढी लाई थेरापी सेवा ,७०८ जना लाई डेन्टल सेवा ,१४५ जना लाई आखा उपचार सेवा ,६२३ को डेलिभरी सेवा ,लगायतको सेवा उपलब्ध गराएको छ गत आबमै ९६ जनाको मापसे चेकजाँच ,९४ जनाको पोस्टमाटम गरिएको छ भिडियो एक्से तर्फ दैनिक ४० जना, ल्याब तर्फ (२७२)प्रकारका परिक्षण गरिने गरिएको छ भने दैनिक ८०/९० जनाले ल्याब टेस्ट गराउने गराएका छ्न , डेलिभरी को अप्रेसन (cs) ८४ जनाको गरिसकिएको छ भने डेलिभरी कक्षमा रहेका तीन वटै बेडमा एकै पटक तिनवटा डेलिभरी गराउन सकिने ब्याबस्था मिलाइएको छ।
गत आबमा रु. ४८९८३५१७ आम्दानी गरेको अस्पतालको खर्च ४६४८४४५१ रहेको तथा बचत रकम रु .१२२१३९९३१ उल्लेख गरिएको थियो हाल अस्पतालमा ७५ % भन्दा बढी बिमित गरेका बिरामी आउने गरेका छन् हाल अस्पतालमा प्रेसर तथा दमका बिरामी बढिमात्रमा आउने उल्लेख गरिएको छ ,हाल अर्घाखाँचीमा ८०५६९ बिमित बनेका छन बिमा दाबिको ३करोड ७५ लाख मध्ये २ करोड ७५ लाख भुक्तानी भइ सकेको हाल अस्पतालको एम एम एस ८१% रहेको जानकारी गराइएको थियो ।
जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिबनारायण कोइरालाको प्रमुख आतिथ्यमामा शुरु भएको गोष्ठीमा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल ,अस्पताल ब्याबस्थापन समितिका सदस्य मेनुका पौडेल ,स्वास्थ निर्देशनालयका तथ्यांक अधिकृत रामजनम कुर्मी अस्पतालका प्रमुख मेसु जगन्नाथ तिवारी , एमडिजिबि डा . अशोक शाह ,स्वास्थ कार्यलयका प्रमुख शिव नेपाली तथ्यांक सहायक बसन्त पोख्रेल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रम अस्पताल बिकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता नर्सिङ स्टाप चेतना यादबको स्वागत मन्तव्य तथा अस्पताल ब्याबस्थापक शिव बन्जाडेको संचालनमा सम्पन्न भएको थियो ।

आ.व. २०७९।८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। ...
22/09/2023

आ.व. २०७९।८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश संसद माननीय रामजी प्रसाद धिमिरे,विशिष्ट अतिथि जिल्ला समन्वय समितिका प्रमुख श्री जीवनारायण काेर्ईराला ,सन्घिखर्क नगरपालिका का नगर प्रमुख श्रीकृष्णप्रसाद श्रेष्ठ , प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल विशेष अतिथिको रुपमा प्रदेश स्वास्थ्य निर्देशनालयका श्री रामजनम कुर्मी ,प्रत्रकार महासंघ अर्घाखाँचीका काेषा- अध्यक्ष श्री रूद्रमणि भुसाल अतिथिको रुपमा रहनु भएको थियो। जिल्ला का ६ वटा स्थानीय तहहरु, अर्घाखाँची अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, जिल्लामा कार्यरत गैरसरकारी संघ संस्थाहरुको पनि सहभागिता तथा प्रस्तुतीकरण रहेको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यक्रमहरुको समिक्षा साथै स्थानीय तहहरु तथा स्वास्थ्य संस्थाहरुको केही महत्वपूर्ण सुचकहरुको आधारमा मुल्याङ्कन पनि गरिएको थियो। मुल्याङ्कन अनुसार स्थानीय तहहरुमा सन्धिखर्क नगरपालिपका सर्वोत्कृष्ट भएकाे छ ।यसै गरी स्वास्थ्य संस्थाहरुको मुल्याङ्कनमा सिद्दरा स्वास्थ्य चाैकी प्रथम, बल्काेट प्राथमिक स्वास्थ्य केन्द्र दोस्रो र धारापानी स्वास्थ्य चौकी तेस्रो भएका छन्।
समिक्षा गोष्टीमा सकृयता पूर्वक सहभागी भई गोष्ठी सफल पार्न सहयोग गर्नुहुने सम्पूर्णलाई स्वास्थ्य कार्यालय हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछ।

ने.क.पा.(एमाले)को प्यारो भातृ संगठन उत्पिडित जातिय मुक्ति समाज जिल्ला कमिटी अर्घाखाँचीको पदाधिकारी स्तरिय बैठक आज मिति २...
22/09/2023

ने.क.पा.(एमाले)को प्यारो भातृ संगठन उत्पिडित जातिय मुक्ति समाज जिल्ला कमिटी अर्घाखाँचीको पदाधिकारी स्तरिय बैठक आज मिति २०८०/०६/०५ गते कमिटीका अध्यक्ष क.लक्ष्मण नेपालीको अध्यक्षतामा र ने.क.पा.(एमाले) जिल्ला कमिटी अध्यक्ष क.पीताम्बर भुसालको प्रमुख आतिथ्यता,एवं ने.क.पा.(एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य,मुक्ति समाज केन्द्रीय कमिटी सचिवालय सदस्य क.भोज बहादुर गन्धर्व, केन्द्रीय कमिटी सदस्य क.रुद्र बि.क.तथा ने.क.पा.(एमाले)जि.क.उपाध्यक्ष साथै जनसंगठन समन्वय संयन्त्र संयोजक क.शम्भु पोख्रेल को बिशिष्ट आतिथ्यतामा बसि बिभिन्न बिषयहरुमा छलफल र निर्णय गरि सम्पन्न भयो।

अर्घाखाँचीमा पहिलो पाइला नेपालद्धारा विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण ।भदाै ३०,अर्घाखाँचीको भूमिकास्थान नगरपालिका व...
16/09/2023

अर्घाखाँचीमा पहिलो पाइला नेपालद्धारा विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण ।
भदाै ३०,
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडानम्बर ३ मा विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण गरिएको छ । पहिलो पाइला नेपालले भूमिकास्थान ३ मा रहेको सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत् १ सय १० जना गरिब, असहाय र अति विपन्न विद्यार्थीलाइ भाग्य बोक्ने झोला वितरण गरेको संस्थाका बुटबल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रत्येक विद्यार्थीलाई एक सेट झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, तथा सरसफाइ सामग्री अन्तर्गत खाजा राख्ने टिफिन, पानी खाने बोतल, ब्रस, मन्जन, नेलकटर र रुमाल प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महतले बताउनुभयो । शैक्षिक सामग्री तथा सरसफाइ सामग्री प्राप्त गरेपछि आफूहरुलाई खुसी लागेको बिद्यार्थीहरुको भनाई रहेको थियो ।
समाचार स्राेत : Shyam Ghimire

अर्घाखाँची अस्पतालकाे आर्थिक वर्ष ७९/८०काे सामाजिक आम भेलाअर्घाखाँची जिल्ला अस्पतालको गुणस्तर, सेवाप्रवाह तथा सुशासनका स...
05/09/2023

अर्घाखाँची अस्पतालकाे आर्थिक वर्ष ७९/८०काे सामाजिक आम भेला

अर्घाखाँची जिल्ला अस्पतालको गुणस्तर, सेवाप्रवाह तथा सुशासनका सम्बन्धमा गरिएको सामाजिक परिक्षणको आम भेला गरी प्रतिवेदन सार्वजनिक गरिएको छ ।

नेपाल मिडिया नेटवर्कको सहजीकरणमा गत आर्थिक वर्ष २०७९/८० को सामाजिक परिक्षणको आम भेला कार्यक्रम गरिएको हो । वर्षभरी अस्पतालले दिएको सेवाका सम्बन्धमा सेवाग्राहीसंग गरिएको कुराकानीका आधारमा तयार पारिएको रिपोर्ट सरोकारवाला पक्ष राखेर सार्वजनिक गरिएको हो । अस्पतालले प्रवाह गर्ने सेवासुविधा, नितिगत व्यवस्था र हालको अवस्था, सबल पक्ष, दुर्बल पक्ष तथा सुधार गर्नुपर्ने पक्ष समेटेर तयार पारिएको प्रतिवेदन आम भेलामा सार्वजनिक गरिएको संस्थाका निर्देशक सिद्धार्थ केसीले जानकारी दिनुभयाे ।

कार्यक्रममा अस्पतालका मेसु डाक्टर जगन्नाथ तिवारी, अर्घाखाँची स्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामप्रसाद गौतम, जनस्वास्थ निरिक्षक गणेशराज पौडेल, अस्पताल गुणस्तर समन्वय सदस्य हिम बहादुर जिसी लेकाली, प्रेस युनियन अर्घाखाँचीका अध्यक्ष लक्षमण घिमिरे लगायतका वक्ताले बोल्दै अर्घाखाँची अस्पताललाई सुधार गर्न सबै पक्ष मिलेर लाग्नु पर्नेमा जोड दिनुभएकाे थियाे । भएका सेवासुविधालाई विस्तार गर्ने तथा कमीकमजोरीलाई सुधारेर लैजानुपर्ने राय थियो ।

अस्पताल विकास समिति सदस्य मेनुका पौडेलको अध्यक्षता र संस्थाका अध्यक्ष बसन्त श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सहजकर्ताको रुपमा सुरज सारुले संस्थाको तर्फबाट प्रस्तुती राख्नुभएकाे थियाे ।

शितगंगा नगरपालिकाका उपमेयर गिता भाटले रातामाा आबिका बिद्यार्थीहरुलाई ससुराबुबाकाे स्मृतीमा झोला, शाैक्षिक सामाग्री बितरण...
11/08/2023

शितगंगा नगरपालिकाका उपमेयर गिता भाटले रातामाा आबिका बिद्यार्थीहरुलाई ससुराबुबाकाे स्मृतीमा झोला, शाैक्षिक सामाग्री बितरण गर्नु भएको छ । यस अघि समेत बिभिन्न बिद्यालयमा सामाग्री बितरण गर्नु भएकाे थियाे ।

मालारानी गाउँपालिका वडा न 5 मा अबस्थित श्री नवज्योति आधारभुत बिधालयले प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन ,छात्र...
11/08/2023

मालारानी गाउँपालिका वडा न 5 मा अबस्थित श्री नवज्योति आधारभुत बिधालयले प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशन ,छात्रावृत्ति बितरणको साथै 2079/80को बार्षीक परीक्षामा प्रथम, द्दितीय,र तृतीय हुने बिधाथीलाई पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको छ। यसैगरी बिधालय स्थापनामा योगदान पुर्याउने समाजसेबी ब्यत्तिव्व खडक बहादुर बिश्वकर्मालाई सम्मान गरिएको छ ।
कार्यक्रम बिधालय ब्यबस्थापन समितीका अध्यक्षको अध्यक्षता,प्रमुख अतिथि मालारानी गाउँपालिका वडा न ५का वडा सदस्य हुमबहादुर महत ,अभिभावक ,बिधालय ब्यवस्थापन समितीका सदस्यहरूको उपस्थितिमा,सकुन्तला बि,कको स्वागत मन्तब्य र बिधालयका प्र,अ छमा खनालको सन्चालनमा सम्पन्न भएको हो ।

मालारानी गाउँपालिकाको  आयोजनामा  मालारानी गाउँपालिकामा रहेका  सामुदायिक विद्यारलयका प्र. अ . बैठक ले २०७९ काे एस.ई.ई. नत...
09/08/2023

मालारानी गाउँपालिकाको आयोजनामा मालारानी गाउँपालिकामा रहेका सामुदायिक विद्यारलयका प्र. अ . बैठक ले २०७९ काे एस.ई.ई. नतिजा विश्लेषण समेतका महत्वपूर्ण विषयमा छलफल गरि आज बैठक सम्पन्न गरेको छ। उक्त बैठकले गुणस्तरीय शिक्षाको लागि सबै विद्यालय लाग्नु पर्नेमा जोडदिएको प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले बताउनु भएको छ।

: Bulanda News

शितगंगा नगरपालिका वडा न .११ का दाेबाटा , फेदि, चावेनेटा, चावदिप, बेलदमार, बाेक्से , धानखाेला र जावुने बस्तीका सेवाग्राही...
09/08/2023

शितगंगा नगरपालिका वडा न .११ का दाेबाटा , फेदि, चावेनेटा, चावदिप, बेलदमार, बाेक्से , धानखाेला र जावुने बस्तीका सेवाग्राहीलाई लक्ष्यित गरेर आज दाेबाटामा घुम्ती सेवा सम्पन्न गरिएको छ ।
दाेबाटामा रहेकाे तारा ज्याेति आधारभुत बिधालयकाे सभा हलमा रहेर वडाबाट हुने नियमित सेवाहरु अन्तरगत सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण , मालपोत संकलन , नागरिकता सिफारिस , नाता प्रमाणित लगाएका सेवाहरु प्रदान गरिएको थियाे ।
उक्त कार्यक्रममा वडा अध्यक्ष नबराज भुसाल ,वडा सदस्य ,वडा सचिव , प्राविधिक र कार्यलय सहयोगी उपस्थिति रहेकाे थियो । साथै साेहि अवसरमा स्थानीय गैडेरी खाेलाले तारा ज्याति आ.बि. काे जग्गामा नदि कटान नियन्त्रण गर्न लगाएकाे तटबन्धन काे यहि श्रावण २२ गतेकाे बाढीले पुर्‍याएकाे क्षतिकाे अनुगमन तथा अवलोकन समेत गरियकाे थियाे।

प्याब्सन अर्घाखाँची तथा नेपाल प्याब्सन अर्घाखाँचीको संयुक्त टोलिद्वारा प्रमुख जिल्ला अधिकारी तथा शिक्षा इकाई प्रमुख लाई ...
09/08/2023

प्याब्सन अर्घाखाँची तथा नेपाल प्याब्सन अर्घाखाँचीको संयुक्त टोलिद्वारा प्रमुख जिल्ला अधिकारी तथा शिक्षा इकाई प्रमुख लाई ध्यानाकर्षण पत्र ।
नेपाल सरकारक शिक्षा बिज्ञान तथा प्राविधि मन्त्रालयका तत्कालीन सचीव मुकुन्द सुबेदीद्वारा हस्ताक्षरित बिध्यमान शिक्षा एन २०२८ लाई प्रतिस्थापन गर्नका लागी तयार गरिएको बिध्यालय शिक्षा सम्बन्धि कानुन लाई शम्सोधन र एकीकरण गर्न बनेको बिधेयक २०८० सरोकारवालाका सुझाव लाई बेवास्ता गरि तयार गरिएको भन्ने बिषय लाई लिएर प्याब्सन अर्घाखाँचीका अध्यक्ष कमल बेल्बासे तथा नेपाल प्याब्सन अर्घाखाँचीका अध्यक्ष थम्मन केसिद्वारा संयुक्त हस्ताक्षरित ध्यानाकर्षण पत्र अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल तथा शिक्षा बिकास तथा समन्वय इकाई अर्घाखाँचीका प्रमुख मनिराम पराजुली लाई दुबै प्याब्सनका टोलिले छुट्टाछुट्टै कार्यकक्षमा पुगि बुझाएको छ।

नेपाली कांग्रेस अर्घाखाँचीका प्रवक्ता गौतम एमालेमाशोभाखर पन्थीअर्घाखाँची / साउन-२२नेपाली कांग्रेस अर्घाखाँचीका प्रवक्ता ...
07/08/2023

नेपाली कांग्रेस अर्घाखाँचीका प्रवक्ता गौतम एमालेमा
शोभाखर पन्थी
अर्घाखाँची / साउन-२२
नेपाली कांग्रेस अर्घाखाँचीका प्रवक्ता लक्ष्मी गौतम नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । गौतमले एक प्रेस वक्तव्य जारी गर्दै एमाले प्रवेश गरेको बताउनु भयो । उहाँले सु-शासन , बिकास र समृध्दि नेकपा एमाले बाट मात्रै संभव भएको भन्दै एमालेमा समाहित भएको घोषणा गर्नु भयो ।
अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमाले बाट पाणिनि गाउँ पालिकाको उपाध्यक्ष निर्वाचित गौतम २०७८ पौष-१९ गते नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको थियो । गौतमलाई कांग्रेसले गत स्थानीय तहको निर्वाचनमा पाणिनि गाउँ पालिकाको उपाध्यक्षको उमेदवार बनाएको थियो । अघिल्लो चुनावमा एक्लै जितेकी गौतम थोरै मतले पराजित हुनुभयो ।
नेपाली कांग्रेसमा राम्रो पकड बनाउन सफल गौतमलाई नेपाली कांग्रेसले जिल्ला प्रवक्ताको जिम्मेवारी दिएको थियो । उहाँ नेकपा एमालेका दिवंगत नेता गणेश गौतमकी श्रीमती हुनुहुन्छ । गणेश गौतमको अर्घाखाँची जिल्लाको पार्टी निर्माणमा ठुलो योगदान रहेको छ । एमालेमा राम्रो भविष्य रहेकी गौतले पार्टी छोड्दा जिल्लाका एमाले कार्यकर्ता निक्कै दुखि बनेका थिए । पाणिनि गाउँपालिकाका जनताको बीचमा निक्कै लोक गौतम अर्घाखाँची जिल्लाकी जुझारु महिला नेतृ हुनुहुन्छ । गौतम यस अघि पालिका महासंघको केन्द्रिय सदस्य समेत बन्नु भएको थियो । गौतमको पुन:एमाले प्रवेशलाई एमालेमा अर्थपुर्ण रुपमा लिईएको छ भने नेपाली कांग्रेसले ठुलो क्षति व्यहोर्नु परेको छ ।
गौतमको पार्टी प्रवेश पछि नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले एमालेले पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा लैजाने वताउनुभयो । उहाँले नेकपा एमाले बाट मात्रै वर्गिय मुक्ति संभव भएको भन्दै बिभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमाले प्रेवेशको तयारीमा रहेको समेत खुलासा गर्नु भयो ।

स्थानीय युवा तथा दिदिबहिनी बुवा आमा हरुको सरमदान  सङ्गै सन्धिखर्क नगरपालिका वडा-११का वडा सदस्य तुल बहादुर कुबर सहित काे ...
07/08/2023

स्थानीय युवा तथा दिदिबहिनी बुवा आमा हरुको सरमदान सङ्गै सन्धिखर्क नगरपालिका वडा-११का वडा सदस्य तुल बहादुर कुबर सहित काे नेत्रिताेमा बाटो मर्मत गरि पैदल हिड्ने लायक बनाउनु भएको मा धेरै धेरै धन्यवाद यत्ति ले काम चल्दैन बाटो छिटो बनाउने कुरामा लुम्बिनी प्रदेश अन्तर गतकाे पुर्ब बाधार बिकास कार्यलय मा पनि दबाब सिर्जना गरि छिटाे भन्दा छिटाे बटाे बनाउन प्रयास गर्नु हुने छ धन्यवाद!

शितगंगा नगरपालिका वडा नम्बर १० ले वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अनुसार वडाका १०० बढि बिद्यार्थीहरुलाइ पाेशाक तथा श...
10/06/2023

शितगंगा नगरपालिका वडा नम्बर १० ले वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अनुसार वडाका १०० बढि बिद्यार्थीहरुलाइ पाेशाक तथा शाैक्षिक सामाग्री बितरण गरेकाे छ साथै प्रत्येक बिद्यालयका १ जना शिक्षक सम्मान समेत गरियकाे वडा अध्यक्ष केशब प्रसाद बेल्बासेले बतउनु भयाे वडा नम्बर १० ले सबै भन्दा बढि शिक्षा क्षेत्रमा बजेट बिनियाेजन गरि बिभिन्न कार्यक्रम सम्पन्न गरेकाे छ ।

10/06/2023
23/03/2023

दिपेन्द्र श्रेष्ठ-९ चैत्र बिहिवार , नबिल बैंक छत्रगन्ज शाखाद्वारा Global money week २०२३ को अवसरमा बित्तीय साक्षरता कार्यक.....

नेकपा एमाले प्रचार विभाग र प्रेश चाैतारी अर्घाखाँचीकाे सयुत्त आयाेजनमा शुभकामना आदान प्रदान कार्यक्रम । प्रमुख अतिथि नेक...
29/09/2022

नेकपा एमाले प्रचार विभाग र प्रेश चाैतारी अर्घाखाँचीकाे सयुत्त आयाेजनमा शुभकामना आदान प्रदान कार्यक्रम ।
प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज चेतनारायण आर्चायले अर्घाखाँचीका तिनै क्षेत्रमा जित सुनिश्चित भएकाे बताउदै एमाले प्रति जनताकाे भराेसा झनै बढ्दाे गएकाे बताउनुभयाे ।
जिल्लाका महत्त्वपूर्ण विकास याेजनाका काम भइरहेको र आफुहरूले विकासमा निकै मेहनत गरेकाे स्मरण गर्दै जनताहरूले त्याे अनुभूति गरेकाे बताउनुभयाे । जिल्लामा भएका विकासबारे अन्य दलका उम्मेदवार र पार्टी सग आफुहरूले बसेर छलफल गर्न तयार रहेकाे बताउँदै खानेपानी,शिक्षा,सडक,कृषि लगाएतका याेजना कसले कति विकास गर्याे एक एक गणना गरि खुल्ला छलफल गर्न तयार रहेकाे बताउनुभयाे ।
हजाराै विकास याेजना एमाले र आफुहरू पहलमा आएकाे बताउदै गठबन्धन के विकास गरे तथ्य बुझ्न सम्पूर्णलाई आग्रह गर्नुभयाे ।

Address


Alerts

Be the first to know and let us send you an email when Bulanda News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share