मार्क्सवादी अध्यन समुह

  • Home
  • मार्क्सवादी अध्यन समुह

मार्क्सवादी अध्यन  समुह मार्कसवाद एक बिज्ञान हो

22/12/2023

रुसको दक्षिण—पश्चिम भागमा काकेशिया भन्ने एक पहाडी इलाका छ । त्यसलाई काकेशश वा ट्रान्सककेशिया भन्ने चलन छ । काकेश...

02/09/2022

नेपालमा वामपन्थमाथि परिचर्चा गर्नु आफैंमा रमाइलो काम हो । किनभने यसको चर्चा सडकबाट सुरु गर्दा पनि हुन्छ वा सत्त....

26/08/2022

हरेक वाद वा विचारधाराका आफ्ना केही आधारभूत मान्यता हुन्छन्। सामान्यतः त्यस्ता आधारभूत मान्यताका आधारमा विवादल....

13/08/2022

अनीश अंकुर क्यूूबाका पूर्व राष्ट्रपति तथा ल्याटिन अमेरिकासहित पूरै विश्वको क्रान्तिकारी शक्तिको प्रतीक फिडेल ....

12/08/2022

कोही पनि मानिसको विषयमा जति उसका समर्थकहरूबाट जान्न सक्छौँ, त्यत्ति नै धेरै कुरा हामी उसका विरोधीहरूबाट पनि थाहा...

05/08/2022

काठमाडौं । अमेरिकी संसदकी नेतृ न्यान्सी पेलोसी ताइवान पुगेपछि चीन आक्रोशित भएको छ । चीनले पहिले नै पेलोसीको भ्रम...

28/07/2022

‘इतिहासले आफैँलाई दोहोर्‍याउँछ, पहिले एक त्रासदीका रूपमा र दोस्रो पटक प्रहशनका रूपमा।’ यहाँ ‘प्रहशन’को अर्थ हो, ...

14/07/2022

विज्ञानको इतिहासमा मार्क्सले महत्वपूर्ण कुराहरू पत्ता लगाए, आफ्नो नाम अमर बनाए, ती महत्त्वपूर्ण कुराहरूमध्ये ह.....

02/07/2022

चीनको सत्तारुढ कम्युनिष्ट पार्टीको सदस्य संख्या बढेर ९.६७ करोड पुगेको पार्टीका शीर्ष अधिकारीले बताएका छन् । सन् ...

28/06/2022

Civil war is just as much a war as any other. He who accepts the class struggle cannot fail to accept civil wars, which in every class society are the natural, and under certain conditions inevitable, continuation, development and intensification of the class struggle. That has been confirmed by every great revolution. To repudiate civil war, or to forget about it, is to fall into extreme opportunism and renounce the socialist revolution.

- V. I. Lenin

26/06/2022

What is the Soviet system of economy?

The Soviet system of economy means that:

1) the power of the class of capitalists and land-lords has been overthrown and replaced by the power of the working class and labouring peasantry;

2) the instruments and means of production, the land, factories, mills, etc., have been taken from the capitalists and transferred to the ownership of the working class and the labouring masses of the peasantry;

3) the development of production is subordinated not to the principle of competition and of ensuring capitalist profit, but to the principle of planned guidance and of systematically raising the material and cultural level of the working people;

4) the distribution of the national income takes place not with a view to enriching the exploiting classes and their numerous parasitical hangers-on, but with a view to ensuring the systematic improvement of the material conditions of the workers and peasants and the expansion of socialist production in town and country;

5) the systematic improvement in the material conditions of the working people and the continuous increase in their requirements (purchasing power), being a constantly increasing source of the expansion of production, guarantees the working people against crises of over-production, growth of unemployment and poverty;

6) the working class and the labouring peasantry are the masters of the country, working not for the benefit of capitalists, but for their own benefit, the benefit of the working people.

Such are the advantages of the Soviet system of economy over the capitalist system.

- J. V. Stalin

06/06/2022

का. स्टालिनको प्रश्न विश्वव्यापी महत्वको प्रश्न हो । त्यसको प्रभाव हरेक देशका सबै वर्गहरुमा पर्दछ । र, त्यो अहिले ...

30/05/2022

स्टालिनले लेनिनलाई विष खुवाएर मारे भन्ने ट्राटस्कीको दृढोक्ति छ तर ट्राटस्की आफ्नो आरोपको पक्षमा विश्वसनीय प्र...

28/05/2022

पहिलो, उत्तराधुनिकताले पुँजीवादको समर्थन गर्दछ, उन्मुक्त बजारको विचार दिन्छ । दोस्रो, उत्तरआधुनिकतावाद राजनैति...

05/05/2022

१४ मार्चको दिउँसो पौने तीन बजे, संसारका एक महान विचारकको चिन्तन-क्रिया रोकियो । उनलाई मुस्किलले २ मिनेटका लागि एक....

24/02/2022

माणिकलाल श्रेष्ठ। कम्युनिष्ट पार्टीको घोषणापत्र बुझ्न कसैको व्याख्या सुन्नुभन्दा यसलाई पढ्नुपर्दछ । कुनै उपन.....

27/12/2021

१) माओको अध्ययन माओलाई मित्र र विरोधी सबैले पढिरहेका छन् । मित्रहरूले माओलाई राम्रोसँग बुझ्न र रक्षा गर्नका लागि ....

23/12/2021

बोरिकको जितलाई चिलीकी ‘क्रान्तिकारी युवती’ केमिला भल्लेजोले चिलीमा आशा प्रवाह गर्ने नयाँ बाटोका रूपमा अर्थ्या....

08/11/2021

राजनीति र अर्थशास्त्रसरह नै दर्शनका क्षेत्रमा पनि मार्क्सको देन महान् छ। वास्तवमा यी तिनैवटा अंगको योग नै मार्क....

02/11/2021

Click here https://bit.ly/2wJs0SV to Download our Android APP to have access to 1000's Smart Courses covering the length and breadth of almost all competitiv...

17/10/2021

90Shares लोकपाटी न्यूजकाठमाडौं। कम्युनिस्टहरु स्वतन्त्रताको युग अर्थात् साम्यवादी समाज स्थापनाका हिमायती हुन्। सम....

16/10/2021

4.3KShares लोकपाटी न्यूजकम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट विचार र व्यवहार एवं कम्युनिस्ट नैतिकताबारे प्रशस्तै विवेचन.....

16/10/2021

12KShares लोकपाटी न्यूजकमरेड शब्द स्पेनिश भाषाको कामाराडाबाट आएको हो। जसको शाब्दिक अर्थ कोठामा सँगै बस्ने साथी हुन्छ.....

16/10/2021

दशैं : ‘कम्युनिस्टहरु पनि रुढीवादी भए’
२२ आश्विन २०७६,
@अनिल शर्मा ‘विरही’
परम्परागत संस्कार र संस्कृतिको वैज्ञानिक र व्यावहारिक विकल्प खोज्नुपर्छ। संस्कृतिको कुरा गर्दा चाहे सत्तारूढ होस्, चाहे पिछडिएको होस्, त्यो त्यसै आएको हुँदैन। संस्कृति तत्कालीन समाजको आवश्यकताअनुसार पैदा भएको हुन्छ। समाज विकासका क्रममा जुन वस्तुगत जीवनको विकास हुन्छ, त्यसले नयाँ संस्कृतिको माग गर्दछ। पछौटे चेतना भएका मान्छे पुरानै चेतनामा रहन चाहन्छन्, अग्रगामी विचार भएकाले नयाँ र वैज्ञानिक संस्कृति निर्माण गर्न चाहन्छन्।

वस्तुगत आवश्यकताअनुसार नयाँ संस्कृति बनाउन चाहने र पुरानै चाहिराख्नेबीच टक्कर हुन जान्छ। पुरानो संस्कृति भत्काएर नयाँ निर्माण गर्न सुरु गर्दा दुई संस्कृतिबीच टक्कर भएके छ। त्यस्तो ठाउँमा नयाँ संस्कृति अभिव्यक्त भएको छ। यो जीवनवादी र वैज्ञानिक संस्कृति हो। यो आवश्यक छ र अनुकरणीय पनि छ।

पुरानो संस्कृति मान्नेलाई घृणा मात्र गर्नु हुँदैन। हामीले आक्रामक बनेर मात्र हुँदैन। रूपचन्द्र बिस्ट ‘अवसर नपाएर इमानदार बनेका भातेहरू’ भन्थे। त्यस्तो गर्नु भएन। नसकेर सहिदिएको जस्तो पनि गर्नु भएन। आफ्नो विचारमाथि वा कार्यक्रममाथि हमला गर्लान् भनेर अर्को विचार र संस्कृति भएकालाई नबोलाउने होइन। मानौँ, अहिले पुरानो संस्कार र संस्कृति मान्नेहरू बलिया छन् रे। हामी पनि भोलि बलिया भयौँ भने हामीले पनि हमला गरे भयो नि त। त्यस्तो गर्नु हुँदैन।

संस्कृतिमा अरूलाई आक्रामक तरीकाले हमला गरेर जाने तरिका हामीले सोच्नु हुँदैन। नयाँ संस्कृतिको कुरा गर्दा पुरानोको विकल्प दिनुपर्छ भन्नु सही हो। तर पुरानो संस्कृति पनि त्यसै बनेको होइन। अहिले जुन आचरण र व्यवहार छन्, ती एकाएक बनेका होइनन्। नयाँ संस्कृति पनि एकाएक बन्दैन र यो घोषणा गरेर मात्र हुने विषय पनि होइन। हामीले गर्दैगर्दै जाँदा यो बिस्तारै सूत्रबद्ध हुँदै जान्छ र निश्चित समयमा यसलाई लिपिबद्ध गर्न सकिन्छ। अहिले नै लेखिहाल्ने, पंक्तिवद्ध गराइहाल्ने र थालिहाल्ने कुरा सही हुन सक्दैन। तत्काल त्यसो गर्न लगियो भने प्रत्युत्पादक हुन्छ।

कम्युनिस्ट आन्दोलनमा संस्कारका रूपमा केही रूढीहरू पनि छन्। जस्तै, जनवादी बिहे भन्ने तर छोरीलाई दाइजो पनि नदिने र अंश पनि नदिने। छोरीलाई दाइजो दिनुपर्छ भनेर कयौं मान्छेले कम्युनिस्टले गर्ने गरेको जस्तो प्रगतिशील बिहे गर्ने अनि दाइजो पनि नदिने, सम्पत्ति पनि नदिने गरेका छन्। त्यो ठीक होइन।

प्रगतिशील विवाह भनेको त जनवादी राज्यसत्ताले माग गरेको प्रणाली हो। यसमा त पहिला केटा र केटीबीच प्रेम हुनुपर्यो। छोरीलाई अंश दिएको हुनुपर्यो। विचारमा समानता हुनुपर्यो। पण्डित बाजे र लमीको सट्टा कम्युनिस्ट पार्टीको एउटा नेता लमी बन्छ। बिहे हुन्छ अनि जनवादी बिहे भनिहाल्ने, यस्तो हुँदैन। यस्ता थुपै्र रूढीहरू छन्। यस विषयमा अलि लामो छलफल चलाउनुपर्छ।

जनवादी बिहेको कुरा गर्दा पनि कम्युनिस्टको जीवन त मलामीको यात्रा होइन होला नि। त्यसकारण बिहे त रमाइलो हुनुपर्यो नि। प्रगतिशील बिहे पनि रमाइलो हुनुपर्यो, नाच्नुपर्यो, सम्भव छ भने मीठो खानु पनि पर्यो। बाजासाजा हुनुपर्यो। भैँसीले त म्युजिक बजाएपछि बढी दूध दिन्छ भन्ने अनुसन्धान भइरहेको समयमा हामीकोमा एउटा बाजा पनि हुनु नपर्ने। खगेन्द्र सङ्ग्रौलालाई प्रमुख अतिथि राखेर प्रगतिशील बिहे गर्ने अनि घर लगेर सिन्दुर लगाइदिने, यस्तो पनि भइरहेको छ प्रगतिशील भन्ने बिहे प्रणालीमा। यस्तो हुनु हुँदैन। बिहे भन्ने चीज थोरै त रमाइलो पनि हुनुपर्छ।

उता शोक कार्यक्रमहरू पनि शोक जनाउने किसिमका हुनुपर्यो। मान्छे मर्दा थुप्रै मान्छे रुनुपर्यो। हो, श्रद्धाञ्जली भनेपछि शोकमग्न वातावरण हुनुपर्यो। जस्तै, रातो वा रंगीचंगी भनेको रमाइलो हो भने सेतो लगाएर कपाल फिँजाएर बस्दा नरमाइलो हुने भयो। किरिया बस्ने चलन त्यसरी पो आएको हो कि। के हो त शोक मनाउने भनेको ? हामी हाम्रा अग्रजहरूलाई सम्झेर शोक मनाउँछौं। पछि वर्गसंघर्षका क्रममा शासकहरूले आफ्नो अनुकूलमा गरुडपुराणसम्म ल्याइदिए। शोक मनाउन हामीले नयाँ चलन चलाउनुपर्यो।

जनयुद्धकै क्रममा हामी पनि सहादत प्राप्त गर्ने कमरेडहरूलाई सलाम गरेर हिँड्थ्यौँ। कतिपयलाई झण्डासम्म ओढाउँथ्यौँ। सम्भव भएसम्म ठूलाठूला सभाहरू राखेर विशिष्ट ढङ्गले पनि श्रद्धाञ्जली व्यक्त गर्थ्याैं। त्यसकारण तत्कालीन अवस्थामा जे गर्दाखेरि वातावरण शोकमग्न हुन्छ, त्यही गर्ने हो।

संस्कार र संस्कृति परिस्थितिसापेक्ष हुन्छ। साझा जीवनले साझा संस्कृति पैदा हुने हो। समग्रमा अन्धविश्वासी-रूढीवादी परम्परा र अवैज्ञानिकताका विरुद्ध वैज्ञानिकताका पक्षमा बहस आरम्भ हुनु राम्रो हो। यसलाई अभियानका रूपमा लैजानुपर्छ।

10/10/2021

साम्यवादका सिद्धान्तहरू
- फ्रेडरिक एङ्गेल्स
प्रश्न नं १‍. साम्यवाद भनेको के हो ?

सर्वहारावर्गको मुक्तिका शर्तहरुको सिद्धान्तलाई साम्यवाद भन्दछन ।

प्रश्न नं २. सर्वहारा वर्ग भनेको के हो ?

सर्वहारावर्ग भनेको यस्तो सामाजिक वर्ग हो जो कुनै प्रकारको पुँजीबाट प्राप्त हुने नाफाको आधारमा बाँचेको हुँदैन । आफ्नो श्रम बेचेर मात्र उसले जीवन–यापनका साधनहरु प्राप्त गर्दछ । यस वर्गको हर्ष र विस्मात,जीवन र मृत्यु सारा अस्तित्व नै बजारमा हुने श्रमको मागमा निर्भर रहन्छ । संक्षेपमा भन्ने हो भने सर्वहारावर्ग अथवा मजदूूरहरुको वर्ग भनेको उन्नाइसौँ शताब्दीको श्रमिक वर्ग हो ।

प्रश्न नं ३. के त्यसो भय सर्वहारावर्ग सदैव अस्तित्वमा थिएन ?

सदैव थिएन । गरीब र श्रमिक वर्गहरु सधैँ अस्तित्वमा रहिआएका थिए र प्रायश: श्रमिक वर्गहरु नै गरीब पनि हुने गर्दथे परन्तु भर्खरै बताइएको जस्तो अवस्थामा बाँचेका यस्ता गरीबहरु र यस्ता मजदूरहरु अर्थात सर्वहाराहरु सधैँ अस्तित्वमा थिएनन् । यसरी सदैव नै प्रतिस्पर्धा पनि पुर्णतया स्तन्त्र र असिमित थिएन ।

प्रश्न नं. ४ . सर्वहारा वर्गको जन्म कसरी भयो ?

सर्वहारा वर्गको जन्म औद्योगिक क्रान्तिको परिणामस्वरुप भयो । यस्तो क्रान्ति गत शताब्दीको उत्तरार्धमा इंल्याण्डमा सम्पन्न भएको थियो । त्यसपछि संसारका सबै सभ्य मुलुकहरुमा यो क्रान्ति दोहोरियो । वाष्प यन्त्र, धागो कात्ने कल, लुगा बुन्ने यन्त्रिक तान र अन्य कयौं यन्त्र उपकरणहरुको आविष्काले गर्दा यो औद्योगिक क्रान्ति सम्पन्न भएको थियो । यी मेशिनहरु ज्यादै महंगा हुन्थे तसर्थ ठूल्ठूला पुँजीपतिहरुले मात्र तिनलाई किन्न सक्दथे । मेशिनहरुले त्यसबेलासम्म अस्थित्वमा रहेका सम्पूर्ण उत्पादन पद्धतिहरुमा हेरफेर ल्याइदिए । र पहिलाका बढीमात्रामा शिल्पकलामा समेत जमाउँदै लग्यो, यस क्षेत्रका पनि ठूल्ठूला पुँजीपतिहरुले सानातिना शिल्पकारहरुलाई बढी मात्रामा पेल्दै लगे । र, यस्ता ठूल्ठूला शिल्पशालाहरु खडा गरियो जहाँ धेरै प्रकारका खर्चहरुमा किफायत गर्न सकिन्थ्यो । यसको साथसाथै विस्तृत रुपमा श्रम विभाजनसमेत गर्न सकिन्थ्यो । यसको परिणामस्वरुप हामी अहिले यस स्थितिसम्म आइपुगेका छौं कि सभ्य मुलुकहरुमा श्रमका झण्डै सबै शाखाहरुमा बारखानाको उत्पादन पद्धति लागु भैसकेको छ र प्रायः यी सबै शाखाहरुमा शिल्प र कारखानाहरुको ठाउँ वृहत उद्योगले लिइसकेको छ । यसको परिणाम स्वरुप पहिलेको मध्यम वर्ग र खास गरी सानातिना शिल्पकारहरु अझ बढी बर्बाद भैइरहेका छन् । कामदारको पहिलेको स्थिति विल्कुलै बदलिएको छ र दुई नयाँ वर्गहरु देखा पर्दै छन्, जसले विस्तार विस्तार अरु सबैलाई निलिरहेका छन् ।
ती हुन्ः

१) ठूल्ठूला पुँजीपतिहरुको वर्ग
यो वर्ग अहिले पनि सबै लागि नभइ नहुने कच्चा पदार्थ तथा औजारहरुसमेतको झण्डै एक मात्र मालिक रहेको छ । यो बुर्जुवाहरुको वर्ग हो अर्थात पुँजीपति वर्ग हो ।
२) केही पनि नहुनेहरुको वर्ग
यो वर्ग पुँजीपतिहरुलाई आफ्नो श्रम वेच्न विवश छ । यसको सट्टामा उसले जीवन धान्नका लागि अत्यावश्यक साधन प्राप्त गर्दछ । यो वर्ग मजदुरहरुको वर्ग अथवा सर्वहारा वर्ग हो ।

प्रश्न नं ५.के कस्ता अवस्थाहरुमा पुँजिपतिलाई सर्वहाराले श्रम बिक्री गर्दछन ?

म पनि अन्य मालहरु जस्तै एउटा माल हो । श्रमको मूल्य पनि तिनै नियमहरुद्धारा निर्धारित हुन्छ जसरी जुनसुकै अर्को बस्तुको मूल्य तोकिन्छ । वृहत उद्योगको आधिपत्य अथवा संयन्त्र प्रतिस्पर्धा अन्तरगत–जे भनेपनि एउटै कुरा हो भन्ने हामी अगाडि देख्ने छौ–सदैव नै वस्तुको सालाखाला मुल्य त्यस वस्तुकोे उत्पादनमा लाग्ने लागतको बरावर हुन्छ । तसर्थ श्रमको मूल्य पनि श्रमको उत्पादनको लागत बराबर नै हुन्छ । अनि श्रमको उत्पादनको लागत चाहिं जीवन यापनको तिमित्त नभई नहुने साधनहरुको खास त्यो मात्रा हो, जुन मजदूरको लागी उसको कार्यक्षेमता जोगाएर राख्न र मजदूरवर्गको अस्तित्व कायम राख्न आवश्यक हुन्छ । यस उदेश्यको निम्ति जति चाहिन्छ त्यस भन्दा बडि मजदूरले पाउँदैन । त्यसैले गर्दा श्रमको मुल्य अथावा ज्याला ज्यादै नै थोरै हुन्छ । र त्यसमा न्युनतम साधनको बराबर हुन जानेछ जुन जिवन धान्नको निम्ति अत्यावश्यक नै हुन्छ । कारोवारमा कहिल्यै फाइदा हुन्छ कहिले नोक्सान पर्दछ । तसर्थ मजदूरले पनि कहिल्यै धैरै त कहिले थोरै ज्याला पाँउछ । ठीक त्यसरी नै कारखानाको मालीकले पनि आफ्नो बस्तुको निमित्त कहिले बढि त कहिले कम रकम पाँउछ । यदी नाफा र नोक्सानको सरदर हिसाब गर्ने हो भने जसरी कारखानाको मालिकले आफ्नो बस्तुको निमित्त उत्पादनको लागत भन्दा कम या बेसी पाँउदैन, ठीक त्यसरी नै मजदूरले पनि सालाखाला त्यस न्युनतम स्तर भन्दा कम या बेसी पाँउदैन । जति बढि मात्रामा वृहत उद्योगले श्रमका सबै शाखाहरुमा नियंत्रण जमाउँदै लग्ने छ, त्यति नै कडाईका साथ ज्यालाको यो आर्थीक नियम पनि लागु हुँदै जाने छ ।

प्रश्न नं. ६ः औद्योगिक क्रान्तिभन्दा पहिले के कस्ता श्रमिक वर्गहरु अस्तित्वमा थिए ?

सामाजिक विकासका विभिन्न स्तरहरुमा श्रमिक वर्गहरु विभिन्न अवस्थाहरुमा बाँचेका थिए । हुनेखाने र सत्तारुढ वर्गसँग श्रमिकहरुको सम्बन्ध युग अनुसार फरक फरक हुन्थ्यो । प्राचीन कालमा श्रमिकहरु आफ्ना मालिकहरुका दास थिए । ठीक त्यसरी नै जसरी उनीहरु अहिले पनि कैयौं अविकसित मुलुकहरुमा र अझ संयुक्त राज्य अमेरिकाको दक्षिणी भागमासमेत दास नै रहेका छन् । मध्ययुगमा उनीहरु कुलीन भूमिपतिहरुका भूदास थिए, जस्तो आजसम्म पनि हंगेरी, पोल्याण्ड र रुसमा छदैछन् । यसको अतिरिक्त मध्ययुगका शहर औद्योगिक क्रान्ति हुनु अघिसम्म नै शिल्पकारहरु कहाँ काम गर्ने सिकारु शिल्पकारहरु अस्तित्वमा रहेका थिए । नि कारखानाहरुको विकासको साथसाथै विस्तार विस्तार कारखानाका मजदुरहरु देखा पर्दै गए जसलाई ठूल्ठूला पुँजीपतिहरुले काममा लगाउने गरेका थिए ।

प्रश्न नं ७ दास र सर्वहाराको बीचमा के अन्तर छ ?

दासलाई सदाको निम्ति बिक्री गरीएको हुन्छ । सर्बहाराले चाँहि आफुलाई हरेक घण्टा स्वयं विक्री गरीरहनु पर्दछ । प्रत्यक निश्चित दास कुनै निश्चित स्वामीको सम्पत्ति हो । मालिकलाई आफ्नो सम्पत्तिको माया हुन्छ । त्यसैले दासको जिवन निर्वाहको ग्यारेण्टी हुन्छ । सर्बहाराको श्रम चाँहि त्यसैबेला मात्र किनीन्छ जव कसैलाई त्यो आवश्यक पर्न जान्छ । सर्वहाराको उसको जिविका अनिश्चित हुन्छ । सर्वहाराको पुरै वर्गको मात्र अस्तित्व कायम राखिएको हुन्छ । दासले प्रतिस्पर्धा गर्नु पर्दैन, परन्तु सर्वहाराले प्रतिस्पर्धाका अवस्थाहरुमा रहनुपर्दछ र त्यसमा भैरहने सबै प्रकारका हलचलको असर पनि उसले स्वयं अनुभव गर्दछ । दास चाहिं चीजबीज जस्तै ठानिन्छ र उसलाई नागरीक समाजको सदस्यको रुपमा विचार गरीदैन । सर्वहारालाई भने व्यक्तित्व अर्थात नागरीक समाजको सदस्य मानिन्छ । यसैले सर्वहाराको तुलनामा दासको जिविका बढी सुगम हुन्छ, तर, सर्वहारा चाहिं यस्तो समाजको उपज हो । जुन विकासको बढि उच्च खुड्कलोमा रहेको हुन्छ र स्वयं सर्वहारा पनि दासको भन्दा बढी उच्च स्तरमा रहन्छ । दासले आफुलाई त्यतिबेला मुक्त तुल्याउँछ । जव उसले व्यक्तिगत स्वामित्वका सबै सम्बन्धहरु मध्य एउटा मात्र दासत्वको सम्बन्धलाई निर्मुल पार्दछ र यसको परिणाम स्वरुप त्यतिखेर मात्र ऊ सर्वहारा बन्न पुग्द छ । सर्वहाराले चाँहि आफुलाई त्यसबेला मात्रै मुक्त गर्न सक्दछ जव उसले पूरै व्यक्तिगत स्वामित्वलाई नै निर्मूल पारिदिन्छ ।

प्रश्न नं ८. भूदास र सर्वहाराको बीचमा के अन्तर छ ?

उत्पादनका साधन र सानो टुक्रा जग्गा भूदासको स्वामित्व र उपयोग रहन्छन् । यसको निम्ति उसले आफ्नो आयस्ताको एक भाग दिन्छ अथवा केही काम पूरा गर्दछ । सर्वहाराले चाहिं अर्काको मातहतमा रहेका उत्पादनका साधनहरुद्धारा काम गर्दछ र अर्कैको निमित्त काम गरेर यसको सट्ठामा आम्दानीको एक हिस्सा पाउँछ । भूदासले दिन्छ, सर्वहारालाई दिइन्छ । भुदासको जीविका सुनिश्चत छ । सर्वहाराको जीविका अनिश्चित छ । भूदास प्रतिस्पर्धा भन्दा बाहिरै रहन्छ ,तर सर्वहारा चाहिं प्रतिस्पर्धाका अवस्थाहरुमा निर्भर रहन्छ । भूदासले आफुलाई मुक्त गर्नका निम्ति या त शहरमा भागेर जानु पर्छ, त्यहाँ शिल्पकार बन्नु पर्छ, या त स्वतन्त्र मोही बनेर आफ्नो भूमीपतिलाई काम अथावा वस्तुको बदला पैसा बुझाउनु पर्दछ, या त उसले आफ्नो जग्गावाललाई निकालेर स्वयं नै जग्गा धनि बन्नु पर्दछ । छोटकरीमा भन्ने हो भने उसले आफुलाई त्यसवेला मात्र मुक्त तुल्याउँन सक्छ, जुन बेला उ कुनै न कुनै रुपमा सम्पति हुने वर्गको पंत्तीमा समावेश हुन जान्छ र प्रतिस्पर्धाको क्षेत्रमा प्रवेश गर्दछ । सर्वहाराले चाँहि आफुलाई त्यतिखेर मात्र मुक्त गर्दछ जब उसले प्रतिस्पर्धा, व्यक्तिगत स्वामित्व र सारा वर्गीय अन्तरहरुलाई नै नामेट पारिदिन्छ ।

प्रश्न नं ९ नयाँ सामाजिक व्यवस्था कस्तो हुनु पर्दछ ?

सर्वप्रथम उद्योग–व्यवसाय र उत्पादनका सबै शाखाहरुको संचालन एक अर्कासित प्रतिस्पर्धा गरिरहने विभिन्न व्यक्तीहरुको हातबाट खोसेर लिईने छ । यसको सट्ठा उत्पादनका सबै शाखाहरु सम्पूर्ण समाजकै नियन्त्रणमा रहनेछन । अर्थात समाजका हितहरुलाइ ध्यानमा राखेर सामाजीक योजना अनुरुप तिनको संचालन गरीने छ,जसमा समाजका सबै सदस्यहरुले भाग लिने छन् । यसरी यो नयाँ सामाजिक व्यवस्थाले प्रतिस्पर्धालाई निर्मूल पारिदिने छ । र त्यसको ठाँउमा एउटा संस्था नै खडा गरिदिने छ । विभिन्न व्यक्तीहरुद्धारा उद्योग–व्यवसायको संचालन गरिनुको अनिवार्य परिणम नै व्यक्तिगत स्वामित्व हो ।
स्रोत: थाहायात्रा

08/10/2021

विश्व सर्वहारावर्गलगायत सम्पूर्ण शोषित –पीडित मानव समुदायको पथप्रदर्शक कार्ल माक्र्सको जीवन चर्चा पढ्नु, जान्....

27/09/2021

लोकपाटी न्यूजराजेन्द्र स्थापित/चिनियाँ क्रान्तिनायक माओले चारपटक बिहे गरे, १० सन्तानको बाबु बने तर तीमध्ये दुई ....

Address

Karnali Pradeah

Telephone

+9779860200234

Website

Alerts

Be the first to know and let us send you an email when मार्क्सवादी अध्यन समुह posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share