21/06/2024
नेकपा (माओबादी केन्द्र) ले दमकमा एकलाख फलफुलका विरुवा रोप्ने योजना अन्र्तगत विरुवाहरु रोपिरहेको छ । राजनीतिक दलहरुले गर्ने राजनीतिक कार्यक्रमभन्दा पृथक भएर माओबादी केन्द्रले पुर्वमा संगठन विस्तार र सुदृढिकरण कार्यक्रमसंग जोडिएर दमकमा मात्र १ लाख विरुवा रोप्ने जुन योजना बनायो र त्यस अनुसार काम गरिरहेको छ यो राजनीतिक दलको एउटा नविनतम सोच हो । यसभन्दा अघि पनि बिभिन्न राजनीतिक दल र सामाजिक संघसंस्थाहरुले पनि बृक्षारोपण नगरेका भने होइनन् तर त्यस्ता बृक्षारोपण औपचारिकतामा सिमित थिए र केही विरुवा रोपेर फेसबुमा फोटो पोस्ट्याउने काम हुन्थ्यो । तर माओबादी केन्द्रले यो पटक दमकमा लिचि, कागती, अम्बक, जामुन लगायतका १ लाख फलफुलका विरुवा रोप्ने अभियान चलाएर एउटा सकारत्मक सन्देश दिएको छ ।
विष्णुप्रसाद पोखरेल मैले जे देखेँ त्यहि लेखे दमक/ नेकपा (माओबादी केन्द्र) ले दमकमा एकलाख फलफुलका विरुवा रोप्ने यो....