Palpasarokar.com

  • Home
  • Palpasarokar.com

Palpasarokar.com पाल्पा जिल्लाका सार्वजनिक सरोकारका विषयहरुको उठान र सुझाव दिइने पेज ।

तानपा द्वारा निर्माण गरिएको तानपा ७ कुन्सरे स्थित औद्योगिक ग्रामलाई यसरी यो अवस्थामा राख्नु/ रहन दिनु उपयुक्त होईनकी ! अ...
11/03/2024

तानपा द्वारा निर्माण गरिएको तानपा ७ कुन्सरे स्थित औद्योगिक ग्रामलाई यसरी यो अवस्थामा राख्नु/ रहन दिनु उपयुक्त होईनकी ! अव यसको बांकी काम सकेर विभिन्न सुविधा हरु उपलब्ध गराई माग अनुसार साना तथा घरेलु उद्योगहरु स्थापना/ सञ्चालन गराउन पहल गर्न ढिला नगरौं !

एउटा अर्को अप्रत्याशित भेट र प्रभावकारी छलफल !पाल्पाको पर्यटन प्रवर्द्धनमा दीगो प्रभाव पार्ने कृयाकलाप सञ्चालन गर्न तानप...
10/03/2024

एउटा अर्को अप्रत्याशित भेट र प्रभावकारी छलफल !
पाल्पाको पर्यटन प्रवर्द्धनमा दीगो प्रभाव पार्ने कृयाकलाप सञ्चालन गर्न तानपा र प्रदेश सरकार वीच सहकार्यको थालनीका प्रारम्भिक क्षेत्र पहिचान एवं पहल सन्दर्भमा भएको महत्वपूर्ण छलफलका क्रममा !

ॐ ! सबैको शुभ होस !ऐतिहासिक, सांस्कृतिक र धार्मिक विरासत बोकेको सम्पदा तानसेन ७  पर्भासको वंशगोपाल मन्दिर !
10/03/2024

ॐ ! सबैको शुभ होस !
ऐतिहासिक, सांस्कृतिक र धार्मिक विरासत बोकेको सम्पदा तानसेन ७ पर्भासको वंशगोपाल मन्दिर !

तानसेन ७ बाघखोर स्थित खेलमैदान (फूटवल एकेडेमी) को दीगो व्यवस्थापन र उपयोग कसरी गर्न सकिएला ? उपायको खोजी ! र त्यहां विगत...
09/03/2024

तानसेन ७ बाघखोर स्थित खेलमैदान (फूटवल एकेडेमी) को दीगो व्यवस्थापन र उपयोग कसरी गर्न सकिएला ? उपायको खोजी ! र त्यहां विगत १ दशक देखी निर्माणाधीन रहेको शीत भण्डारको अवस्था हेर्ने सन्दर्भमा जिल्ला फुटवल संघका अध्यक्ष प्रणय वीरजंग राणा संग !

29/11/2023
12/02/2023

पाल्पामा किन चासो दिइदैन !
दिनहु भन्ने गरिन्छ "पाल्पामा पर्यटन विकास भएन ! पाल्पाको दीगो विकासमा सरोकार वालाको चासो देखिदैन !! "
सामान्य ध्यानाकषर्ण पनि नभएका केही उदाहरण हरुः
१) गतवर्ष सञ्जय मेमोरियल फाउन्डेशन द्वारा रानीमहल क्षेत्र को विकाशमा खेलकुद को पनि योगदान होस भनेर राष्ट्रिय महिला विच भलिवल आयोजना गर्‍यो । यो आयोजना गर्नु मा रानीमहल क्षेत्र लाई विच भलिवल को हब बनाउने लक्ष्य थियो । नेपाल सरकारले यो वर्ष रु १५ लाख विनियोजन गरेको छ । यसै वर्ष सो घोषणा गरी निरन्तर सो खेल होस भनेर रकम विनियोजन भएको हो। नपाले यस्को वारेमा चासो लिएर पर्यटन बोर्ड को समेत सहभागीता रहनेगरी आयोजना गरौं र स्याञ्जालाई समेत समेटेर रानीमहल क्षेत्र विकासका लागि काम गरौं भनेकोछ ! उवासंघ पाल्पा , तानपा, कृष्णगन्डकी गा.पा. स्याञ्जा , वगनासकाली गापा समेतको वैठक गरी यसवारे छलफल अगाडी बढाए हुने ! तर यसवारे चासो लिइएको छैन्।
२) गत वर्ष तानसेनमा फिल्म सिटी बनाउने गरी अध्य्यन भयो। नपाकै कारण त्यो अन्योलमा पर्‍यो । यस लाई कसरी अगाडी बढाउने भन्नेवारे पहल नै हुन सकेको छैन्।
३) गत वर्ष प्रदेश सरकार को समेत सलग्नतामा तानसेन को प्रभास स्थित कमलपोखरी क्षेत्रलाई सिमसार क्षेत्र को रुपमा विकास गरौं र त्यहाँ पहिले पाइने जंगली धान को संरक्षण गरौं भन्ने छलफल भयो । सो समेत अगाडी वढ्न सकेको छैन् !
४) तानसेनको खानेपानी र विद्यूत आपूर्ति समस्या समाधान गर्न नयां उपाय खोजौं भन्ने कुरा उठिराखेको छ । तर त्यसवारे समेत चासो छैन्।
५) टुडिखेल प्रदेश को खेल स्टेडियम को रुपमा विकास गरौं भन्ने वारे चासो राखिएको छैन्। उल्टो अतिक्रमण गरिदै आएको छ ।
६) भगवती मन्दीरलाई पुरानै ३ तले बनाऔं भन्ने बारे वास्तानै गरिदैन् !
७) टक्सार लाई पुरातात्विक क्षेत्रकै रुपमा राखनेर ओपन म्युजियम बनाऔं भन्ने वारे मौन बसिन्छ !!
किन यसरी यस्तै दर्जनौ विषय का वारेमा पाल्पा मा छलफुल चल्दैन ? किन चासा राखीदैन ? स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार लाई परिचालन गर्न सकिन्छ नी ! तर पनि किन मौन !! ? ?

12/02/2023

पाल्पालीको चासो र सक्रियता वढोस !
शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र घरेलु उद्यम को विकासका सम्भावना वारे बोलिदै आएपनी निम्न पक्षमा गहिरो चासो देखाएको पाइदैन !
१) नेपालकै पुरानो शैक्षिक धरोहर त्रिभुवन क्याम्पस पाल्पा लाई प्रविधि मैत्री शैक्षिक आकर्षक ( सकेसम्म प्राविधिक शिक्षामा विश्व विद्यालय स्तरको) थलो (वा अन्य कुनै विषयमा ) बनाउने वहस र पहल गर्न सकिंदैन र !
२) पाल्पाको घट्दो शैक्षिक गुणस्तरलाई सुधार गर्न सके जिल्लामै नत्र प्रारम्भमा तानसेन नगरपालिका वाटै प्रविधि मैत्री शिक्षा सुरु गर्न सकिदैन र ! यसवारे अमेरिका लगायत अन्य देशमा रहेका पाल्पाली हरुले पहल गरौं हाम्रो सक्दो सहयोग रहन्छ भनेको कुरा लाई अगाडी बढाउन सकिदैन र !
३) माडिफांट जस्तै पाल्पामा धेरै उत्पादन योग्य फाँटहरू छन् । ति फांट हरुमा सिचाई व्यवस्थापन गरी खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिदैन र !
यसवारे गतवर्ष प्रदेश सिचाई सम्बद्ध मन्त्रालय, तानपा, माथागढी, वगनासकाली गापा विच अन्तरकृया गर्ने वारे तयारी भएको तर नपा नेत्रृत्वले चासो नदिदां त्यसै रोकिएको ! प्रदेश योजना आयोग का तत्कालिन सदस्य हरुले माडीफांट अवलोकन गरी वैज्ञानिक सिचाई व्यवस्थापन गरी सबै सिजनमा खेति गर्न मिल्ने वनाउने भनी पहल गरेको तर प्राविधिक कारणले सो अगाडी वढ्न सकेन ! के अव यस लाई अगाडी वढाउन पहल गर्न सकिदैन र !
४) पाल्पाली करुवा र ढाका को माग बढाउन स्थानीय सरकार र व्यवसायी हरुकै सक्रियतामा नयां वजार खोज्न सकिदैन र ! गतवर्ष एउटा परियोजना को सक्रियतामा ढाकाको राजधानी घोषणा गरिएपनी स्थानीय सरकारले त्यसवारे त्यति सक्रियता देखाएको देखिदैन ! लुम्बिनी आउने र पोखरा आउने पर्यटक लक्षित गरी वजार खोज्न सकिदैन र !
५) तानपा १० तेल्घा गुफाचौर मा राख्ने भनिएको गणेश मुर्ति का वारेमा स्थानीय ले गणेशधाम नामक सस्थां दर्ता गरी स्थानीयलाई हस्तान्तरण गरेको ३-६ महिना भित्रमा गणेशको मुर्ति स्थापना गर्ने भनी सम्बद्ध संग धेरैपटक अनुरोध गरे त्यो हुन सकेको छैन। यसमा तानसेन नगरवासी हरु को पटकपटक धेरै सहयोग भएकोछ । नपाको वाटो बनाउन लगानी भएको छ तर पनि काम हुन सकेको छैन्। के यसमा नगरवासीले पनि के हुदैछ ! किन भएन भनेर सम्बद्ध लाई प्रश्न गर्नु पर्ने होइन र ?
६) तानपा १० भार्केशमा रहेको वालकन्या भगवती को सानो मन्दीर लाई व्यवस्थित गरी तानसेनको रणउजेश्वरी भगवतीको समन्वय गरी ( धार्मिक एवं सांस्कृतिक हिसावले मिलेमा) त्यहाँ रहेको भगवती गुठी को जग्गा व्यवस्थापन गर्न मिल्दैन र !
लौन, तानसेनका बुद्धिजिवी, समाजसेवी, सम्बद्ध पक्ष र नपाले उल्लेखीत विषयमा चर्चा र चासो लिऔं न !

12/02/2023

पाल्पा र तानसेन नपाका कुरा !
१) पहिलेको तानपा र अहिलेको तानपामा फरक छ ! हिजो अधिकाशं बजार मात्र नपा थियो आज ग्रामिण वडा ( झन्डै६०%) थपिएका छन् ! यस्को मतलव तानसेनले अव विकास र व्यवस्थापन कालागि प्रचुर अवसर पाएको छ । यस अवसरको गहिरो अध्य्यन र मनन् गरेर हालको ५-६ करोडको आन्तरिक राजश्व लाई ( करका दर थपेर होइन, दायरा फराकिलो बनाएर) दोब्वर/ तेब्बर बनाउने अवसर को उपयोग गर्न सकिन्छ ! यसवारे छलफल र सोच आएको छ छैन होला।
२) हरेक वडा हरुका आआफ्नै विशिष्टता छन्। कम्तीमापनि यिनै लाई गन्तव्य बनाएर( नयां गन्तव्य बनाउन सकिने सम्भावना पनि प्रचुर मात्रामा छन) लगानी(सरकारी/ गैरसरकारी/ सामुहिक/ सानिसा) लगानी बढाउने उपायहरु बारे छलफल भएका छन् छैनन् होला !
३) तानपा कै आव्हानमा सानिसा अर्न्तगत मागिएका प्रस्तावहरूका केही परियोजना सम्झौता प्रक्रियामा पुर्‍याएर थाति राखिएका छन्। प्रस्तावकका धरौटी निस्कृय रहेका छन् ! के यस्तो रवैयाले लगानी लाई आकर्षित गर्ला र !
४) श्रीनगर सौन्दर्यकरण कालागि विभिन्न अवधारणा मध्ये केही ले श्रीनगर स्थीत सामुदायिक बनहरूको सहभागितामा निजि क्षेत्र को लगानी ( निती/सामुहिक/ सानिसा) आकषिर्त गर्ने सकिन्छ भन्ने प्रस्ताव/ सुझाव लाई कसरी लिइएको छ होला। (सामुदायिक वन क्षेत्र भित्र सामुदायिक वन उपभोक्ता हरु को सहमति वेगर हस्तक्षेप सम्भव छैन भन्नेकुरा जानकारीमा छ छैन होला।)
पाल्पाका कुरा :
१) सेन वंशहरूको पहिलो दरवार रिब्दीकोट रे! अहिले त्यस्को भग्नावशेष पनि छैन होला ! त्यस्को खोजीगरी त्यहाँ केही बनाउदा नराम्रो होला र ! त्यसपछी श्रीनगरमा थियो रे। यसवारे केही सिम्बोल तयार पार्न सकिदैन र !
२) कालिगण्डकी करिडोर अन्तर्गत पर्ने रामपुर नपा को पूर्व दक्षिण क्षेत्र ( झन्डै देवघाट ) देखी रिडि सम्म का क्षेत्र धार्मिक , आध्यात्मिक र प्राकृतिक पर्यटनका हिसावले महत्वपूर्ण स्थानहरु पर्ने हुनाले कालिगण्डकी करिडोर लाई आध्यात्मिक/ धार्मिक करिडोर नामाकरण गर्न पहल गर्दा नराम्रो हुन्छ र !
३) शिद्धार्थ राजमार्गलाई शिद्धार्थ आर्थिक करिडोर मानेर यो मार्गले छुने र यहि मार्ग का पाल्पा का अन्य पालिका जाने सहायक मार्गले जोडने पालिका हरुलाई पनि समावेश गरेर उत्पादन बढाउने लक्ष्य सहितको अवधारणा अनुरूप पालिका हरुसंग समन्वय गरी आर्थिक एवं सामाजिक रुपान्तरका परियोजना तयारपार्न सकिदैन र ! ( तत्कालिन करिडोर अवधारणामा महत्वपुर्ण सहयोग गर्नु भएका र हाल भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मासंग कुरा हुदां सम्भव छ भन्नु पनि भएको थियो)! यस्को नेतृत्व गर्न कोही तयार भए हुने! आवश्यक परे हामि पनि तयार छौं है!
४) प्राकृतिक श्रोतको धनि पाल्पाका ढुंगा खानीहरू वाट अर्वौको निकासी हुने / पालिकाको भौगोलिक स्वरूप विग्रदै जाने तर सम्बद्ध पालिका हरुमा उद्योगले गरेको प्रतिवद्धता कार्यान्वयन नहुने साथै श्रोतको अभाव हुने हुनाले सम्बद्ध सबै पालिका नेतृत्व हरुले सम्बद्ध मन्त्रालय/ विभाग / निकायमा सामुहिक पहल गर्दा राम्रै हुने थियो।
५) पाल्पामा वैकल्पीक मार्गका रूपमा निमाण भएका सडकहरू लाई कालोपत्रे गरी यातायात को नियमितताकालागि सबै पालिका पदाधिकारी हरू को सामुहिक चासो बढाउदा राम्रै हुने थियो की !

18/03/2022

‘पाल्पालाई बिच भलिबलको हब बनाउन सकिन्छ’युवा तथा खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी ।
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर दामोदर रेग्मीले पाल्पालाई बिच भलिबलको ‘हब’ बनाउन सकिने बताएका छन् ।

पाल्पाको रानीमहलमा चैतमा हुने राष्ट्रिय बिच भलिबल प्रतियोगिताको आयोजक कमिटिसँग छलफल गर्दै सचिव रेग्मीले पाल्पालाई बिच भलिबलको ‘हब’ बनाउन सकिने सम्भावना रहेको बताएका हुन् ।

सञ्जय स्मृति प्रतिष्ठानको आयोजनामा चैतको अन्तिम साता पाल्पाको तानसेनस्थित रानीमहल परिसरमा सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता आयोजना हुदैछ । प्रतियोगितालाई सफलतापूर्वक सञ्चालन गर्ने सन्दर्भमा सचिव रेग्मीले आयोजक समितिसँग छलफल गरेका हुन् ।

‘बिच भलिबलको इतिहास लामो छ । यो नेपालको सम्भावना भएको खेल पनि हो ।’ रेग्मीले भने, ‘समुद्री तटको किनारामा रहेको बालुवामा खेल्ने खेल भएपनि प्राकृतिक रुपमा नेपालका धेरै जसो नदी नालाको किनारामा यसलाई खेल्न सकिन्छ । त्यसैले नेपालमा यस खेलको सम्भावना धेरै देख्छु ।’

उनले पाल्पाको रानीमहलमा हुने बिच भलिबल प्रतियोगिताले राष्ट्रिय खेल भलिवललाई थप लोकप्रिय बनाउने अभियानमा मद्वत गर्ने विश्वास व्यक्त गरे।

‘कालीगण्डकी करिडोर बिच भलिवल खेलको सम्भाव्य गन्तव्य हो । यसलाई निरन्तर रुपमा आयोजना गर्न सकियो भने बिच भलिबलको हब बन्ने सम्भावना देख्छु, त्यसका लागि आवश्यक पहल हुन आवश्यक छ । यसमा मेरो प्रयत्न रहनेछ ’ उनले भने ।

सो अवसरमा मन्त्रालयले समेत यसलाई गम्भिरतापूर्वक हेरेको उल्लेख गर्दै सचिव रेग्मीले प्रतियोगितालाई सफल बनाउन मन्त्रालयको सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

छलफलमा सहभागी पर्वतीय खेलकुद महासंघका अध्यक्ष गोबिन्द भट्टराईले बिच र पानीमा खेलिने खेलको नेपालमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै यसमा राज्यले ध्यान दिनुपर्ने बताए ।

पाल्पाली संगमका अध्यक्ष तथा प्रतियोगिता आयोजक समितिका सदस्य पदम न्यौपानेले रानीमहलमा हुने बिच भलिबलको आयोजनाबाट त्यस क्षेत्रमा खेल पर्यटनले फड्को मार्ने विश्वास ब्यक्त गरेका थिए ।

प्रतियोगिताका सद्भावना दुत नायक धिरेन शाक्यले खेलकुदको माध्यमबाट दिने सन्देश प्रभावकारी रहने उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले पनि यसमा अग्रसरता लिनुपर्ने धारणा राखेका थिए ।

राखेप कार्यकारी सदस्य एकेन्द्र कुँवरले राष्ट्रिय बिच भलिबल प्रतियोगिताको आयोजनाबाट सिंगो भलिबल क्षेत्र उत्साहित रहेको उल्लेख गर्दै परिषद्को तर्फबाट सक्दो सहयोग रहने बताएका थिए ।

आयोजक संस्थाकी अध्यक्ष एवंम नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले छलफलको क्रममा प्रतियोगिताको औचित्यमाथि प्रकाश पार्दै प्रतियोगिताको आयोजनाबाट खेलकुदमात्र नभएर त्यस क्षेत्रको पर्यटन प्रवर्दनमा सहयोगमा पुग्ने विश्वास व्यक्त गरिन् ।

07/02/2022

स्थानीय सरकार(नपा र गापा) को आगामी निर्वाचनमा उम्मेदवार हुन चाहानेहरुले यसो गरे कसो होला !
१) आफ्नो नपा/गापा को विशेषता बारे यथार्थ चित्रण सार्वजनिक गर्ने !
२) सम्भावना( आर्थिक/ सामाजिक/सांस्कृतिक/ प्राक्रितिक) र आफ्नो पहल सन्दर्भमा योजना(कार्ययोजना) सार्वजनिक गर्ने !
३) नपा/ गापा मा रहेका सम्पत्ती ( सम्पदा/ प्रकृति/ सस्कृति/ इतिहांस/जनशक्ति (विज्ञता/ अनुभव)/उपादन लागायत) को संरक्षण / सम्बर्दन र परिचालन बारे अवधारणा सार्वजनिक गर्ने !
४) छिमेकी नपा/ गापा संगको सम्बध र सहकार्य बारे अवधारणा सार्वजनिक गर्ने !
५) दिगो विकासका लागि (सरकारी/ स्थानीय(आन्तरिक)/ वैदेशिक/ निजी/सार्वजनिक निजी साझेदारी) लगानी अवधारणा सार्वजनिक गर्ने !
६) नपा/गापा लाई विशेष क्षेत्र ( शिक्षा/स्वास्थ्य/ पर्यटन/ उत्पादन) बनाउने वारे अवधारणा सार्वजनिक गर्ने !
कम्तीमा उल्लेखित विषयमा अवधारणा सार्वजनिक गरी बहस गर्न सके परिवर्तन र विकासका संदर्भमा वुझ्न सकिन्थ्यो कि!

24/01/2022

पाल्पा लाई शिक्षा स्वास्थ्य र पर्यटनको ह्ब बनाउन निम्न कामका लागि सवैपक्ष ( पाल्पाली) हरूबाट पहल गर्दा हुन्न र ? !
१) शिक्षा- प्रदेश विश्व विद्यालय
२) स्वास्थ्य- सरकारी मेडिकल कलेज
३) पर्यटन- फिल्म सेन्टर र कालिगण्डकी करिडोर लाई आध्यात्मिक / धार्मिक करिडोर नामाकरण

12/12/2021

पाल्पाका सबै विद्यालय हरुलाई जानकारी !
राष्ट्रपति विद्यालय पूर्वाधार विकास कार्यक्रम कालागि आब्हान गरिएको छ भन्ने सूचना प्राप्त भएको छ । यसका बारेमा सोधखोज गर्नुहुन सादर अनुरोध छ।

आहा! पाल्पाको दर्पुक गाउँ !! ग्रामिण पर्यटन र अर्गानिक भिलेज को सम्भावना थलो ! लौन, केही गरौं।
30/10/2021

आहा! पाल्पाको दर्पुक गाउँ !! ग्रामिण पर्यटन र अर्गानिक भिलेज को सम्भावना थलो ! लौन, केही गरौं।

पाल्पाको रिमिघा लेक, जहाँबाट सुर्योदय र सुर्यास्त हेर्न सकिन्छ । एउटा पर्यटकिय केन्द्र !
27/10/2021

पाल्पाको रिमिघा लेक, जहाँबाट सुर्योदय र सुर्यास्त हेर्न सकिन्छ । एउटा पर्यटकिय केन्द्र !

Lets design to Gufachour like this.
19/10/2021

Lets design to Gufachour like this.

अर्गली फांट ,पाल्पा
04/10/2021

अर्गली फांट ,पाल्पा

A Model for Gufa Chaur.
02/10/2021

A Model for Gufa Chaur.

रामपुर न.पा. पाल्पाले यो रेडलाइन क्षेत्रको विकासका लागि केही योजना/ कार्यक्रम बनाको छ छैन होला !
28/09/2021

रामपुर न.पा. पाल्पाले यो रेडलाइन क्षेत्रको विकासका लागि केही योजना/ कार्यक्रम बनाको छ छैन होला !

पाल्पा दोभान गा.पा.मा पर्ने कचल फांट ! शुद्ध प्राकृतिक उत्पादन (अर्गानिक) को थलो बन्न सक्छ। यसै मार्फत कृषि  पर्यटनको ठू...
19/09/2021

पाल्पा दोभान गा.पा.मा पर्ने कचल फांट ! शुद्ध प्राकृतिक उत्पादन (अर्गानिक) को थलो बन्न सक्छ। यसै मार्फत कृषि पर्यटनको ठूलो सम्भावना पनि देखिन्छ /

आहा! पूर्वखोला !! अधिक मूल्य प्राप्त गर्न सक्ने जातका धान र तरकारी एवं अन्य कृषि जन्य उत्पादन गर्न सकिने थलो !! यसका बार...
14/09/2021

आहा! पूर्वखोला !! अधिक मूल्य प्राप्त गर्न सक्ने जातका धान र तरकारी एवं अन्य कृषि जन्य उत्पादन गर्न सकिने थलो !! यसका बारेमा केही खोजमूलक वहस र अध्य्यन भएका छन् हैनन् होला ? !

Palpa Durbar Square
19/08/2021

Palpa Durbar Square

14/07/2021

आदिकवी भानुभक्त पाल्पामा रहँदा/बस्दा रामायणका केहि विशेष अशंहरू अनुवाद गरेका साथै पाल्पाको साहित्य विकासमा भूमिका र योगदान रहेको चर्चा हुन थालेको छ । यस्को वास्तविकता को थप अध्य्यन/अनुसन्धान गरी पाल्पा संग्राहलयमा व्यवस्थित गर्न सकियो भने पाल्पाको पहिचानमा थप योगदान हुन सक्थ्यो कि! भानुभक्तलाई जहाँ सम्झना गरिन्छ, त्यहाँको भाषा साहित्यको विकास भएको देखिन्छ ।

दरवार स्क्वायरको महत्व बुझौं र पाल्पाको पाल्पा दरवारलाई यहि रुपमा फर्काउन पहल गरौं।
03/07/2021

दरवार स्क्वायरको महत्व बुझौं र पाल्पाको पाल्पा दरवारलाई यहि रुपमा फर्काउन पहल गरौं।

पाल्पाका यस्तै अनगिन्ती प्राकृतिक एतिहासिक र सांस्कृतिक सम्पदा हरुको संरक्षण प्रवर्द्धन व्यवस्थापन र उपयोग बारे गहिरो ध्...
29/06/2021

पाल्पाका यस्तै अनगिन्ती प्राकृतिक एतिहासिक र सांस्कृतिक सम्पदा हरुको संरक्षण प्रवर्द्धन व्यवस्थापन र उपयोग बारे गहिरो ध्यानाकर्षण आवश्यक छ ।

20/06/2021

पाल्पाको पर्यटन क्षेत्र को विकासका सम्भावना हरुको पहिचान र प्रवर्द्धनका लागि केही पक्षहरू !
पाल्पाको पर्यटन प्रवर्द्धनकालागि तानसेन नपाको भूमिका महत्वपर्ण छ, यसर्थ यसकालागि तानसेन पर्यटन विकास अवधारणाको आवश्यकता छ ।
१) तानसेनले बोकेको एतिहासीक, सास्कृतिक र भौगोलिक विरासत अत्यन्त महत्वपूर्ण छ यस्ले पर्यटनमा ९० प्रतिशत भन्दावढी योगदान गर्दछ।
२) तानसेन बजार र ग्रामिण भेग मा विस्तारित छ। यसको समायोजन सहितको सोचले विकास र प्रवदनमा महत्व राख्दछ ।
३) अल्पकालीन र दीर्घकालिन नीति जरुरी छ । अल्पकालिन कालागि केही विशेष प्रडक्ट हरु ल्याउंदा तत्काल फाइदा पुग्ने देखिन्छ !
४) तानसेनलाई city branding गरिहाल्नु जरुरी छ ।
५) बजार मा रहेका केही घरहरू पूर्णखाली र आंशिक खाली को उपयोग जरुरी छ।
६) टक्सार लाई Branding गरौं र पैसा छाप्ने मेसीनको खोजी गरिहालौं र तिनसांचा लाई सार्वजनिक गरौं।
७) अन्य गा. पा न.पा. विचको समन्वय बाट प्रडक्ट एकिकृत गरौं र प्रडक्ट डिजाइन गरौं।
८) प्राकृतिक सम्पति र सम्पदाहरु को प्रवर्दन र पहिचानमा सम्बद्धहरु लाई परिचालन गरौं।
९) शिक्षाका लागि Mini University , Research Centre, Health Center( अस्पताल हरुमा विशेष सेवा सहित) नमूना कृषि र सामुदायिक बन लाई प्रवदन गरौं।
१०) फिल्म सेन्टरको लागि केही सेवा सहितको प्रडक्ट सावर्जनिक आवश्यक छ।
११) बौद्ध पर्यटक कालागि केहि प्रडक्ट डिजाइन आवश्यक छ ।
१२) पाल्पा बाहिर बस्ने पाल्पाली हरुलाई कम्तीमा वर्षको एकपटक पाल्पा आउने रणनीति बनाउन आवश्यक छ ।
दीर्घकालिनमा
१) पाल्पाको पर्यटन मा तानसेनको नेतृत्व सहितको भूमिका देखिने अवधारणा आवश्यक
२) वौद्ध पर्यटन, आध्यात्मिक पर्यटन, धार्मिक करिडोर (कालिगण्डकी करिडोर) , अनुसन्धान केन्द्र, अन्तराष्ट्रिय स्तरको शिक्षाकालागि आवासिय विधालय, कलेजलाई अन्तराष्ट्रिय सञ्जालीकरण लगायत ऐतिहासिक सास्कृतिक सम्पदाको पहिचान का रणनीति ,नयाँ तर युनिक अवधारणा कोखोजी कालागि पाल्पाली मानव शंसाधनको उच्चतम परिचालन र लगानी वातावरण का लागि उत्प्रेरक नीति आवश्यक छ । धन्यवाद तानपा TAC समूह !

यो जंगली धान (चामल) ! यसको मुल्य झण्डै १ हजार / किलो ! पाल्पाको प्रभास ताल र माडि गढाह मा यो पाइन्थ्यो ! तर, अहिले संरक्...
03/06/2021

यो जंगली धान (चामल) ! यसको मुल्य झण्डै १ हजार / किलो ! पाल्पाको प्रभास ताल र माडि गढाह मा यो पाइन्थ्यो ! तर, अहिले संरक्षण गरौं भन्ने तर्फ खासै ध्यान दिएको पाइदैन ! तर, गर्नु पर्छ !! ( फोटोः फेसबुकमा भेटाएको )

29/04/2021

पाल्पा,
तानसेनको खानेपानी समस्या र विद्यूत आपूर्ति व्यवस्था प्रति पाल्पाका तर्फवाट प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य र संघका सांसद्हरूको धारणा र अवधारणा के हो भन्ने बुझ्नै सकिएन (सार्वजनिक भए उत्तम हुनेछ)! जिल्लावासीहरुले निरन्तर सामना गर्नुपरेको समस्या समाधान गर्ने तर्फ पहल गर्न नसकेकै हो की ध्यानाकर्षण नै नभएको हो ? यसैगरी शिद्धवाबा पहिरोको बारेमा गफ गर्न छाडेर कार्यान्वयनमा लाग्न के ले रोकेको छ ?
अब चुनावी एजेण्डा बनाउने कसैले सोचेको छ भने त्यो तपाईहरुकै लागि गलपासो बन्नेछ / चेतना भया ।

Address


Telephone

+9779851060770

Website

Alerts

Be the first to know and let us send you an email when Palpasarokar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Palpasarokar.com:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share