TPT Khabar

TPT Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from TPT Khabar, Media/News Company, .

07/10/2023

जानकपुरधाम । २०७९ सालमा महोत्तरीको क्षेत्र ४ ख को स्वतन्त्र उम्मेदवारी दिएका विनोद कुमार साह विधिवत रुपमा जनता स...

Breaking: अरुण झा रिहा- मधेशका मुख्यमन्त्री सरोज यादवलाई कालोमोसो दल्ने धम्की फेसबुकमा दिएका यूवक अरुण झा 'मधेशी'लाई बुध...
28/09/2023

Breaking: अरुण झा रिहा
- मधेशका मुख्यमन्त्री सरोज यादवलाई कालोमोसो दल्ने धम्की फेसबुकमा दिएका यूवक अरुण झा 'मधेशी'लाई बुधवार राति धनुषा प्रहरीले पक्राउ गरेको थियो । अब जथाभावी नलेख्ने प्रतिवद्धता जनाएपछि केहिबेर अघि उनलाई प्रहरीले रिहा गरेको छ । today khoj बाट।

"प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना जनकपुरधाम, भदौ २५ । १७ वर्ष अघि भएको गौर घटना तत्कालिन माओवा...
11/09/2023

"प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना
जनकपुरधाम, भदौ २५ । १७ वर्ष अघि भएको गौर घटना तत्कालिन माओवादी नेता प्रभु साह को दम्भ र माओवादी पिडितहरुको आक्रोश को उपज रहेको एक कार्यकममा दावि गरिएको छ ।
नेपाल बौद्धिक पेशाकर्मी महासंघ मधेश प्रदेश, समितिले आज जनकपुरधाममा आयोजना गरेको गौर घटना : यथार्थ र भ्रम विषयक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सो दावी गरेका हुन।
तत्कालिन मधेशी जनअधिकार फोरमको केन्द्रिय निर्णय अनुसार एक महिना अघि नै गौरको राइस मिलमा विरोध सभा आयोजना गर्ने निर्णय गरेको भए पनि प्रभु साहलेआफ्नो दम्भ देखाउन सोही ठाउँमा कार्यक्रम गर्ने ढिपी कसे पछी घटना भएको उनिहरुको दावी थियो।
विभिन्न स्थानमा फोरमको विरोध सभा विथोलेको माओवादी गौरको कार्यक्रम समेत विथोल्ने योजना अनुरूप बाहिर बाट माओवादी लडाकुलाई बोलाएर कार्यक्रममा आक्रमण गरेपछि माओवादी पीडितहरुको आक्रोशका कारण माओवादी लडाकुहरु मारिएको उनि हरुको दावी थियो ।
स्थानिय माओवादी पिडित हरुले प्रतिकार नगरेको भए फोरमका नेता कार्यकर्ता लाई ठुलो क्षति बेहोर्नु पर्थ्यो उनिहरुले
बताए।
१७ बर्ष अघिको घटना लाई उचालेर पुन: संघीयता लाई संकटमा पार्न खोजिए को भन्दै वक्ता हरुले शासक वर्गलाई सचेत समेत गराएका थिए।
बौद्धिक पेशाकर्मी महासंघ मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षता मा भएको उक्त अन्तरक्रिया कार्यक्रम मा मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउत, पूर्व आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादव, घटना का प्रत्यक्ष दर्शी शिवलाल पटेल लगायतकाका हरुले घटना को यथार्थता बारे आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा प्राध्यापक, अधिबक्ता, चिकित्सक, लगायतका बुद्धिजिवीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

08/09/2023

जनकपुरधाम,भदौ २२ गते । मधेश प्रदेशको प्रदेश निजामती ऐन २०७७ लाई संशोधन गर्न जनकपुरधामका युवा चिकित्सकहरुले मुख्....

उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदैकाठमाडौं, साउन २९ गते। उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीनको कुन्मिङ जाँदैछन् ...
14/08/2023

उपराष्ट्रपति यादव आज चीन भ्रमणमा जाँदै
काठमाडौं, साउन २९ गते। उपराष्ट्रपति रामसहाय प्रसाद यादव आज चीनको कुन्मिङ जाँदैछन् । सातौं चीन–दक्षिण एसिया प्रदर्शनी तथा २७ औं चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन यादव आज चीन जान लागेका हुन् ।

उनी सोमबार (आज) अपराह्न ४:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उक्त मेला यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । सो मेलाको उदघाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी पत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी छन् ।

उपराष्ट्रपति यादव भदौ ४ गते काठमाडौं फर्किने छन् ।

04/08/2023
04/08/2023

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनु...

समृद्धि को प्रवेशद्वार शिक्षा : राष्ट्रिय अध्यक्ष यादव जनकपुरधाम,श्रावण १६ गते ।जसपा नेपालका राष्ट्रिय अध्यक्ष ,मधेस अान...
01/08/2023

समृद्धि को प्रवेशद्वार शिक्षा : राष्ट्रिय अध्यक्ष यादव जनकपुरधाम,श्रावण १६ गते ।
जसपा नेपालका राष्ट्रिय अध्यक्ष ,मधेस अान्दोलनका जनक उपेन्द्र यादवले समृद्धि को प्रवेशद्वार शिक्षा रहेको कुरा बताउँनु भयो ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा अायोजित मुसहर सामुदाय बाट एसईई परिक्षा उतिर्ण गरेका बिधार्थीहरुको सम्मान कार्यक्रम लाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि शोषित पिडित वर्गका मसिहा समेत रहेका यादवले मुसहर सहित दलितहरुको वालवालिकाहरुको शिक्षाका लागि राज्य ले ध्यान दिनुपर्ने कुरामा जोड दिएका छन।
नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रिय अध्यक्ष समाजिक अभियन्ता चन्देश्वर सदाको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका अर्थ मन्त्री संजय कुमार यादव,शिक्षा प्रेमि प्रदेश सभा सदस्य राम अशिष यादव,चन्द्रनगर का नगर प्रमुख राजकुमार महतो ,पुर्व सांसद प्रमोद साह,चमेलि देवी दास र जनकपुरधामका पुर्व नगर प्रमुख लाल किशोर साह सहितका वक्ताहरूले शिक्षाको महत्त्व माथि प्रकाश पार्नु भयो । सो कार्यक्रममा मुसहर समुदायका पुर्व झापा देखि पश्चिम कञ्चनपुरसम्मका एसइई २०७९ मा परिक्षामा पास गरेको १५० जना विद्यार्थीहरुलाई सम्मान गरेका छन।

आज नेपाली समाजको  साउन १५ : खीर खाने दिनकाठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला अस...
31/07/2023

आज नेपाली समाजको साउन १५ : खीर खाने दिन
काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ ।साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो ।दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रुपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराई बताउँछन् ।यही साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ ।हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो ।
साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ ।
यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो ।
अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खीर बनाउँछन् ।चामल, साबुदाना, सेवइ, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । साबुदाना–सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीरसमेत बनाएर खाने चलन छ ।
खीर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रहिआएको छ ।नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्य पदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरेको छ ।
नेपाली समाजमा असार १५ गते दहीच्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवम् छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ ।दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।
नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा हुने तीन प्रतिशत चिल्लो, ४ दशमलव ७ प्रतिशत ल्याक्टोज र ३ दशमलव ५ प्रतिशत प्रोटिनको गणना गर्दा प्रति एक सय ग्राम प्रशोधित दूधबाट ६० प्रतिशत क्यालोरी शक्ति प्राप्त हुने उल्लेख छ ।

24/07/2023

वीरगञ्ज । पर्सामा १९ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ परेका छन् । बिहार पश्चिम चम्पारण जिल्ला वेतियाग्राम ल....

जनकपुर रेल्वे स्टेशनमै लुटपाट : धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठालकी सुनिताकुमारी यादवबाट आज दिउँसो लुटेराले २ लाख ७० ...
23/07/2023

जनकपुर रेल्वे स्टेशनमै लुटपाट : धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठालकी सुनिताकुमारी यादवबाट आज दिउँसो लुटेराले २ लाख ७० हजार रुपैयाँ लुटेर फरार भएका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मिटर ब्याज पीडितलाई न्याय दिन कानुन बनाएरै छाड्ने प्रतिबद्धता...
09/07/2023

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मिटर ब्याज पीडितलाई न्याय दिन कानुन बनाएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

गायक तथा कलाकार रोबिन तामाङको आज (मंगलबार) बेलुकी निधन भएको खबर उनकै फेसबुक मार्फत बाहिरिएको छ । केही समय अगाडी मात्रै उ...
04/07/2023

गायक तथा कलाकार रोबिन तामाङको आज (मंगलबार) बेलुकी निधन भएको खबर उनकै फेसबुक मार्फत बाहिरिएको छ । केही समय अगाडी मात्रै उनको निधन भएको भन्दै जानकारी दिएपनि मृत्युको कारण भने खुलाइएको छैन ।तामाङले थुप्रै चर्चित गीत गाउनुका साथै दर्जनौं फिल्महरुमा समेत अभिनय गरेका छन् ।
जति माया लाए पनि, चिसो चिसो हावामा जस्ता हिट गित गायका तामाङले छड्के , मुखौटा,जय पर्शुराम, चिसो एस्ट्रे लगायत दर्जनौ फिल्महरुमा अभिनय समेत गरेका छन् ।

25/06/2023

जसपाकै कारण नागरिकताको समस्या समाधान भयो : उपेन्द्र यादव

24/06/2023

पाँच जना केन्द्रीय सदस्यलाई निष्काशन गर्ने जसपाको निर्णय

शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो दलनेलाई कार्वाही गर्न माग गर्दै जनकपुरमा प्रद...
20/06/2023

शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मालाई कालोमोसो दलनेलाई कार्वाही गर्न माग गर्दै जनकपुरमा प्रदर्शन गरेको छ।

सन नेपाल लाईफ इन्स्योरेन्स लहान शखाले पीडितलाई  खोजेर मृत्यु दावी भुक्तानी दिन थाले महेश सिंह सिरहा लहान ८ भदौ - सन नेपा...
24/08/2022

सन नेपाल लाईफ इन्स्योरेन्स लहान शखाले पीडितलाई खोजेर मृत्यु दावी भुक्तानी दिन थाले

महेश सिंह सिरहा लहान ८ भदौ - सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले वैदेशिक रोजगारीमा गएर ज्यान गुमाएका पीडित परिवारहरुलाई खोजी खोजी आर्थिक सहयोगको लागी मृत्यु दाबीभुक्तानी दिने गरेका छन्।वैदेशिक रोजगार जिवन बिमा अन्तर्गत वैदेशिक रोजगारमा मृत्यु भएका पीडित परिवारहरुलाई सहज रुपमा मृत्यु दाबी भुक्तानी दिने गरेका छन्।

बिगत लामो समय देखि इन्स्योरेन्सको क्षेत्रमा अनुभव बटुलेका प्रबन्धक महतोले कस्तो सुकै परीस्थितिमा पीडितहरुलाई सहरूपमा काम गर्न थाले पछि महतो निकै चर्चामा आएका हुन्।प्रबन्धक महतो इन्स्योरेन्सको क्षेत्रमा निकै चर्चित ब्यक्तीको रूपमा निखारिएका हुन्।सिरहाको सुखिपुर नगरपालिका वाडा नम्बर ८ महदेवा बस्ने राम चन्द्र चौधरी र अतरा बती चौधरीको जेठो छोरा २९ बर्शीय रामानन्द चौधरीलाई २०७९ जेठ १० गते दुबैमा हर्ट ऐटयाक भएर उनलाई मृत्यु भएको हो।

मृतक चौधरीका बिमा अभिलेख नम्बर FE1000434629 भएको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले बताए। प्रबन्धक महतोले मृतकका श्रीमती द्रोपती चौधरीलाई क्रिया खर्च सहित १४ लाख रुपैयाको माछापुच्छ्रे बैंकको चेक हस्तान्तरण गरेका हुन्।मृतक चौधरीलाई श्रीमती र ३ बर्षको एउटा छोरा छन्।

एक साता भित्र प्रहरी समायोजन गर्न प्रधानमन्त्री लाई मधेश सरकार को ध्यानाकर्षणजनकपुरधाम, साउन २२ । मधेश सरकारले एक साता भ...
07/08/2022

एक साता भित्र प्रहरी समायोजन गर्न प्रधानमन्त्री लाई मधेश सरकार को ध्यानाकर्षण

जनकपुरधाम, साउन २२ । मधेश सरकारले एक साता भित्र प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रदेश प्रमुख मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण गराएको छ ।

गृह तथा संचार मन्त्री भरत प्रसाद साह को नेतृत्वमा गएको मन्त्रीहरु सहितको टोलीले प्रदेश प्रमुख हरि शंकर मिश्र मार्फत प्रधानमन्त्री शेर बहादुर देउवा लाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

नेपालको संविधान को धारा २६८ ले प्रदेश प्रहरी संगठनको ब्यवस्था गरेको तथा अनुसुचि ६ को कम संख्या १ मा प्रहरी, शान्ती सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकार भित्र रहेपनि प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले सरकारको अनुभूति गर्न नसकेको हुदा अविलम्ब प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न आग्रह गरेको छ ।

प्रहरी हस्तान्तरणको लागि प्रधानमन्त्री लाई यस अघि नै ज्ञापनपत्रसमेत बुझाई सकेको स्मरण गराउदै मधेश सरकारले एक साता भित्र प्रहरी समायोजन नगरिए शान्तीपूर्ण अहिंशात्मक आन्दोलन गर्न वाध्य हुने चेतावनी समेत दिएका छन् ।

मधेश सरकार को आयोजनामा जनकपुरधाममा सम्पन्न ६ वटा प्रदेशको गृहमन्त्री स्तरीय भेला ले यथाशिघ्र समायोजन हुनु पर्ने माग सहितको घोषणा पत्र समेत जारी गरेको थियो ।
ध्यानाकर्षण पत्र बुझाउने टोलीमा भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, कृषि मन्त्री विजय कुमार यादव, उद्योग, पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा सहित सहभागी रहेका थिए ।

ध्यानाकर्षण पत्र बुझदै प्रदेश प्रमुख मिश्रले ध्यानाकर्षणपत्र आजै प्रधानमन्त्री कार्यालयमा पठाउने बताउनु भएको छ ।

जनकपुरधामका मेयरलाई जसपाको११ बुँदे मांग सहित ज्ञापनपत्रजनकपुरधाम, साउन १६ गते। जनता समाजवादी पार्टी नेपाल जनकपुरधाम नगरक...
01/08/2022

जनकपुरधामका मेयरलाई जसपाको११ बुँदे मांग सहित ज्ञापनपत्र

जनकपुरधाम, साउन १६ गते। जनता समाजवादी पार्टी नेपाल जनकपुरधाम नगरकार्य समितिले उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलाई विभिन्न ११ बुँदे मांग सहित ज्ञापन पत्र बुझाएको छ ।

जसपा जनकपुरधामका अध्यक्ष बिष्णुदेव साहको अगुवाईमा गएको पार्टीको एक समुहले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा नयाँ नेतृत्वको चयन पछि जनताले गरेको अग्रगामी विकास शुसासन तथा व्यवस्थापनको अपेक्षामा कुठाराघात हुदै गएको ठहर गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको अतिआवश्यक समस्याहरुको सम्बोधन अझै हुन नसक्दा नगरवासीका साथै जनकपुरधाम आउने धार्मिक पर्यटक तथा प्रदेशवासीहरुलाई सास्ती व्यहोर्न परेको उनीहरुको आरोप छ । यी समस्याहरुको समाधान अत्यावश्यक हुँदा ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको र प्रस्तुत मांगहरु समयमै सम्बोधन नभए जसपा नगर समिति चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ ।

ज्ञापन पत्र बुझदै मेयर साहले मांगहरु मध्ये अधिकांश मांग सम्बोधनको क्रममा रहेको र फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन सहितको कामहरु गर्न आफुहरु सक्रिय रहेको उनले जवाफ दिएका छन् । मेयर साहले उपमहानगरपालिकाले प्राथमिकताका साथ गर्न लागेको कामहरुको विषयमा पनि प्रकाश पारेका थिए । सो क्रममा जसपाका नेता, नेतृहरु, केहि वडाका वडा अध्यक्षहरु सहितको उपस्थिती थियो ।

जसपाको ११ बुंदे मांगहरु :

१) फोहरमैलाको उचित व्यवस्थापन हुनु पर्ने ।

२) कर्मचारी व्यवस्थापनमा भइरहेको भेदभावको अन्त्य हुनु पर्ने कार्यरत कर्मचारीहरुलाई विना भेदभाव निरन्तरता दिनु पर्ने ।

(३) वर्षी देखी कार्यरत कर्मचारीलाई अवैधानिक तरिकाले निस्काशन गरिएका कर्मचारीहरु अबिलम्व पुर्नबहाली हुनुपर्ने

४) छाडा गाई बस्तुको उचित व्यवस्थापन हुनु पर्ने

५) उपमहानगरको विकासे योजनाहरु लगायत अन्य सबै कार्यहरु अनलाइन मार्फत सार्वजनिक हुनु पर्ने ।

६) कृषि तथा कृषकहरुको लागि दीर्घकालिन योजना ल्याउनु पर्ने ।

७) सुकम्वासीहरुको अविलम्ब उचित व्यवस्थापन गर्नु पर्ने ।

८) फुटफाट व्यवसायीलाई उचित व्यवस्थापन गरी मात्र स्थापनातरण गर्नु पर्ने ।

९) कपकहरुलाई मल खाद समयमा उपलब्ध गराउनु पर्ने

१०) ग्रामिण विधुतिकरण कृषी सिंचाई कृषी विधुतिकरण गर्नु पर्ने ।

११) सांस्कृतिक नगरको दिशामा अगाडी बढीसकेको अवस्थामा केशरिया रंग एवम स्थानिय (जनकपुरधाम गान) ले निरन्तरता पाउनुपर्ने ।

समाजवादी महिला संघ पुनर्गठन, अध्यक्षमा निर्मला यादव जनकपुरधाम, साउन १६ गते। जनता समाजवादी पार्टी नेपाल निकट ‘समाजवादी मह...
01/08/2022

समाजवादी महिला संघ पुनर्गठन, अध्यक्षमा निर्मला यादव

जनकपुरधाम, साउन १६ गते। जनता समाजवादी पार्टी नेपाल निकट ‘समाजवादी महिला संघ नेपाल’को पुनर्गठन गरिएको छ ।

काठमाडौंको रोयल जडीबुटी व्याङ्क्वेटमा यही साउन १५ र १६ गते आयोजना गरिएको राष्ट्रिय भेलाले निर्मला यादवको अध्यक्षतामा संघको पुनर्गठन गरेको हो । यादव यसअघि पनि अध्यक्ष थिइन् ।

संघको उपाध्यक्षमा शशी लिङ्देन, किरण कुमारी साह, चन्द्रकुुमारी कार्की, महासचिवमा भगवती सुुवेदी, उपमहासचिवमा आशा राई, सचिवमा लक्ष्मी चौधरी र कोषाध्यक्षमा दिना लामा छन् । केन्द्रीय समिति ८६ सदस्यीय छ ।

संघका पदाधिकारी तथा सदस्यहरुलाई केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा संघकी इन्चार्ज शुशीला श्रेष्ठ सपथग्रहण गराएकी थिइन् ।

भेलाको उद्घाटन साउन १५ पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।

सर्लाहीमा महिलासहित ७ जना जुवाडे पक्राउसर्लाही । सर्लाहीको होटेलमा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ७ जनालाई प्रहरील...
01/08/2022

सर्लाहीमा महिलासहित ७ जना जुवाडे पक्राउ

सर्लाही । सर्लाहीको होटेलमा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागमती नगरपालिका ३ धरहरास्थित घिसिङ होटेलमा जुवा खेलिरहेका उनीहरूलाई आइतबार साँझ ६ बजेतिर नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी विजय यादवले जानकारी दिए ।
पक्राउ पर्नेमा बागमती नगरपालिका ३ बस्ने ३० वर्षीया जमुना मोक्तान, ३५ वर्षीय सन्चर सिंह घिसिङ, ३२ वर्षीय प्रेमबहादुर बाइबा, हरिवन नगरपालिका ११ बस्ने ३४ वर्षीय मणीलाल बोम्जन, ४२ वर्षीय मनोज कुमार थिङ, ४५ वर्षीय जगत स्याङ्तान र ४१ वर्षीय पनोज कुमार थिङ छन् ।

उनीहरूको साथबाट २ लाख १४ हजार ९७० रुपैयाँ, १६ थान कौडा, एक बुक तास र ५ थान मोबाइल समेत बरामद गरेको डीएसपी यादवले जानकारी दिए ।उनीहरुमाथी आवस्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मधेश प्रदेश सरकारले ३ वटा पर्यटन विकास कार्यालय स्थापना गर्नेजनकपुरधाम, साउन १६ गते। सिरहाको लहान, धनुषाको जनकपुरधाम र प...
01/08/2022

मधेश प्रदेश सरकारले ३ वटा पर्यटन विकास कार्यालय स्थापना गर्ने

जनकपुरधाम, साउन १६ गते। सिरहाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगञ्ज गरी ३ वटा पर्यटन विकास कार्यालय स्थापना गर्ने मधेश सरकारले निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्बाट उक्त निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए । उनका अनुसार बीरगञ्जमा उद्योग विभाग पनि स्थापना गर्ने निर्णय भएको छ ।

यस्तै हाल धनुषाको जनकपुरधाममा संचालनमा रहेको उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय पनि मधेस सरकारले गरेको छ ।

जसपाका केन्द्रिय परिषद सदस्य महतो विरुद्ध  बलात्कार प्रयासको उजुरी ।सुरेश राय -सिरहा, ११ साउन। सिरहामा जसपाका केन्द्रिय ...
01/08/2022

जसपाका केन्द्रिय परिषद सदस्य महतो विरुद्ध बलात्कार प्रयासको उजुरी ।

सुरेश राय -

सिरहा, ११ साउन। सिरहामा जसपाका केन्द्रिय परिषद सदस्य देवेन्द्र महतो विरुद्ध बलात्कार प्रयास गरेको भन्दै जाहेरी दर्ता गराएको छ । गोलबाजार नपा १३ वस्ने नेता महतो माथि २० वर्षीय उनकै भाइ बुहारीले आफुलाइ बलात्कार प्रयास गरेको आरोपमा जेठाजु महतो विरुद्ध उजुरी दर्ता गराएका हुन ।

घरमा कोही नभएको मौका छोपी ३० वर्षीय जेठाजु महतोले बलात्कारका प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दर्ता गराएको हो।

घटना गाउँमै मिलाउने प्रयास भएको भन्ने सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीसँगै आएकी ति महिलाले आफूमाथि अन्याय भएको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

आरोपित जेठाजु अहिले फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर प्रदिप पौडेलले बताए। उनले घटनाबारे थप अनुसन्धान भईरहेको जनाएको छ ।

प्रदेश नम्बर १ मा ट्राफिक प्रहरीको इन्चार्जमा श्याम महतो महेश सिंह सिरहा लहान १७ श्रावण - नेपाल प्रहरी र ट्राफिक प्रहरीम...
01/08/2022

प्रदेश नम्बर १ मा ट्राफिक प्रहरीको इन्चार्जमा श्याम महतो

महेश सिंह सिरहा लहान १७ श्रावण - नेपाल प्रहरी र ट्राफिक प्रहरीमा दक्षता प्रदान गरेका र प्रहरी बुझीएका प्रहरी उपरीक्षक श्याम कुमार महतोलाई प्रदेश नम्बर १ का ट्राफिक इन्चार्जको जिम्मेवारी दिएका छन्।

बिगतमा मधेस प्रदेशको ट्राफिक इन्चार्जको जिम्मेवारी राम्रो निर्वाह गरेका उनी पुनः प्रदेश नम्बर १ का इन्चार्जको जिम्मेवारी पाएका छन्।पछिल्लो समय प्रहरी उपरीक्षक महतो अपराध अनुशन्धान बिभागको जिम्मेवारी समहालेका थिए।

CIB मा राम्रो कामको मुल्यांकन गर्दै प्रहरी उपरीक्षक महतोलाई प्रदेश नम्बर १ को ट्राफिक इन्चार्जमा सरुवा गरिएका छन्। केहि हप्ता अगाडी उनी मधेस प्रदेशको मुख्य मन्त्री मोहम्मद लाल बाबु राउतबाट उत्कृष्ट प्रहरीको दर्जा समेत पाएका थिए।

हलेशी महादेवको दर्शन सहित आज दिनको सुरुवात गर्नुहोस्।🙏🙏श्रावण तेस्रो सोमबार !
01/08/2022

हलेशी महादेवको दर्शन सहित आज दिनको सुरुवात गर्नुहोस्।🙏🙏श्रावण तेस्रो सोमबार !

31/07/2022

जनकपुरधाम, साउन १५ । मुख्यमन्त्री लालबाबु राउतले मिटरव्याजी विरूद्ध कडा कदम चाल्ने बताउनु भएको छ । मिटर व्याज वि.....

मधेश प्रदेशको मन्त्री र युवा नेता यादव बिच कुटाकुट काठमाडौं । मधेश प्रदेशको राज्य मन्त्री र जसपा पार्टी संग आबद्ध  नेपाल...
29/07/2022

मधेश प्रदेशको मन्त्री र युवा नेता यादव बिच कुटाकुट

काठमाडौं । मधेश प्रदेशको राज्य मन्त्री र जसपा पार्टी संग आबद्ध नेपाल ईन्जिनियरिंग समाज को केन्द्रीय सह अध्यक्ष ई संजिव नारायण यादव बिच सोमबार दिनको बालकुमारी स्थित जसपा पार्टी कार्यालय भित्रै कुटाकुट भएका छन् ।

मधेश प्रदेशको राज्यमन्त्री समेत रहेका योगेन्द्र राय यादवले सोमबार दिउसो २:३० बजे पार्टी कार्यलय बालकुमारी स्थित जनता समाजवादी पार्टी नेपालको राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव को बारेमा मधेश प्रदेशका राज्य मन्त्री योगेन्द्र राय यादवले आरोप लगाई जथाभावी गालीगलोज को प्रयोग गर्दै स्थानिय चुनावमा अध्यक्षले प्रचार प्रसार नगरेकोले पार्टीको हार ब्यहोर्नु परेको थियो । आफुलाई जानीजानी चुनाव हार्ने ठाउंबाट टिकट दिएको लगायतका आरोप प्रत्यारोप राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव माथी बोल्न थालेपछि जसपा पार्टी संगै आबद्ध रहेका नेपाल ईन्जिनियरिंग समाजको केन्द्रीय सह अध्यक्ष ई संजिव नारायण यादवले मन्त्री योगेन्द्रलाई जथाभावी नबोल्न आग्रह बारम्बार गरेपनि मन्त्री नरोकिए पछि दुवै बिच भनाभन सुरू भयो । मन्त्री यादव ईन्जिनीयर संजीव माथि नै खनिन सुरू गरेपछि संजीव यादवले जबावी हमला गरेको थियो । चर्काचर्की बाट सुरू भएको विवाद कुटाकुटको स्थितीमा पुगेर हातपा समेत भएको एक स्रोतले जनाएको छ ।

सोही चर्को होहल्ला हुन थाले पछि , पार्टी अध्यक्षको स्वकिय सचिव सुभाष यादवले दुवै पक्षको बिबादलाई शान्तिपूर्ण तरिकाले रोकिएको बताउनु भएको छ। उता प्रत्यक्षदर्शीहरूको भनाई अनुसार मन्त्री योगेन्द्र कै गल्ति भएको कारणले इन्जिनीयर संजीव संग घुसा चमेटा खाएको बताउनु भएको छ।

Address


Alerts

Be the first to know and let us send you an email when TPT Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TPT Khabar:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share