National Box office Teej music award

  • Home
  • National Box office Teej music award

National Box office Teej music award Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from National Box office Teej music award, Music Award, .

तिज अवार्डको तयारीमा
13/09/2023

तिज अवार्डको तयारीमा

तिज अवार्ड २०८०
13/09/2023

तिज अवार्ड २०८०

13/09/2023

टिज अवार्ड २०८० को लोगो

बढ्दो प्रबिधिको बिकास संगै प्राय छापा मिडिया बन्द भैसकेको अवस्था छ । तर हामी हरेक दिन,हरेक हप्ता ,हरिक महीना नेपाली  तथा...
30/08/2022

बढ्दो प्रबिधिको बिकास संगै प्राय छापा मिडिया बन्द भैसकेको अवस्था छ । तर हामी हरेक दिन,हरेक हप्ता ,हरिक महीना नेपाली तथा अंग्रेजीमा निरन्तर संघर्ष जारी छ ...।

छकाठमाडौ ः हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा बक्स अफिस इन्टरनेसनल रुपले आयोजना गरेको नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड भब्य रूपमा सम्पन्न भएको छ । यो बर्सकै सर्वाधिक रुचाएको म्युजिक भिडियो आयो तिजको रहर बाट नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०७९ मा मेलिना राई सर्वउत्कृष्ट तिज गायिका चुनिएको छिन भन्ने पशुपती शर्मा मै राम्रो छैनबाट उत्कृष्ट तिज गायकमा आफुलाइ अबल साबित गरेको छन । गायिका राइले बिष्णु माझी, सुनिता दुलाल जस्ता चर्चित गायिकालाइ समेत पछाडी छोड्दै अवार्डको दाबेदारी पेस गरिएको थिएन । यो बर्षको सर्वउत्कृष्ट संगितकार तारा प्रकाश लिम्बू घोषणा गरियो उनले शम्भुजित बांसकोटा, महेश खडका, राजनराज सिवाकोटी जस्ता होनहार संगितकारहरुलाइ पछि पार्दै आयो तिजको रहर बाट अवार्डको हकदार भएको हुन । महिला मोडल बिधामा रिलिज चलचित्र राधाको तिज गित पाउमा पाउजुबाट लोकप्रिय नायिका प्रियंका कार्कीले तिज अवार्डको बाजि मारिन । उनले केकि अधिकारी, निता ढुंगाना, करिस्मा मानन्धर र यसै तिज गितको अर्को नायिका सृष्टि श्रेष्ठलाई पछि पार्दै नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड प्राप्त गरेको हुन ।
पुरुष मोडलमा निराजन प्रधानले नाचौ छम छमी बाट उत्कृष्ट मोडल चुनिए तर उनले खासै प्रतिस्पर्धा गर्नु परेन । उनको सबै प्रतिस्पर्धामा आएको तिज मोडल लगभग कमजोर नै थिए यो बर्ष । करिब ७६ वटा तिज गितलाइ पछि पार्दै डा ः गितकार कृष्ण हरि बराल तिज मनाउनलाइ बाट यो बर्षको सर्वोउत्कृष्ट गितकारको अवार्ड बाट सम्मानित भएको छ्न भन्ने यसै मीठो तिज गित बाट शान्तीश्री परियार इन्करेजमेन्ट अवार्डबाट सम्मानित भएको छिन । यो तिज संगितको आफ्नै मौलिकता र संगितको उत्कृष्ट आवाज हुदाहुदै पनि युटुव च्यानलमा भ्यूअर्स नगएको अथवा ब्यापार कमजोर भएकोले सर्वउत्कृष्ट गायिका हुनबाट चुकेको हो । तेसैगरी पाउमा पाउजुबाट छांयाकारमा सन्जय लामा र यसै तिज संगितबाट नृत्य निर्देशकमा कबिराज गहतराज यो बर्षको तिज अवार्ड हासिल गर्न सफल भएको छन । बर्षको उत्कृष्ट तिज म्युजिक निर्देशक बाट सान थापा उत्कृष्ट भिडियो निर्देशक चुनिए भन्ने मौलिक तथा सामाजिक बिधामा तिज गित जान्न बाबा जान्नको तर्फबाट निर्देशनमा दिपेन्द्र तिमिल्सिनाले अवार्ड उचाले । उनले नेपाली समाजको तिजको बेथा यो भिडियोमा मार्मिक तरिकाले चित्रण गरेकोले अवार्डको बाजि मारेको हुन । यसै तिज संगितबाट बरिस्ठ कलाकार रबि गिरि सर्वउत्कृष्ट चरीत्र अवार्ड प्राप्त गरे ।
उनले ४ मिनेटको भिडियोमा आफुलाइ अबल चरीत्र अभिनेता साबित गरे । हास्य तिज म्युजिक बिधामा उतम कोदेले छोरिको गहनाबाट सफलता पाएको छ्न । नेसनल बक्स अफिस तिज म्युजिक अवार्डमा युगल गायिका नाचौ छम छम बाट अनु चौधरी र युगल गायकमा ओम सुनुवारले अवार्ड प्राप्त गरेको छ्न । नव मोडलमा राज लामा मेरि माया बाट अवार्ड पाए भन्ने नव गायिका रंन्जना कार्कीले माइत जाने हो तिज गितबाट अवार्ड प्राप्त गरेको छन । प्राबिधिक पक्षमा सर्व गुणले भरिपुर्ण माइत
आयौ तिज म्युजिक भिडियोबाट कलरमा रेनिस फागो, भिएफएक्समा श्रीकृष्ण श्रेष्ठ, रेकर्डिष्टमा बिरेन बिक, मेकअपमा बिमला तामाङ

ड्रेसमा भावना महर्जन, भुपेन्ु अधिकारी पोडक्सन डिजाइनर सिक्स फाइनर इन्ट्रटेन्ड मेन्टले सबैभन्दा धेरै बिधामा आफुलाइ सर्वउत्कृष्ट देखायो । यो भिडियोलाई तिज म्युजिक अवार्डमा सहभागी मध्य सबैभन्दा उत्कृष्ट तिज म्युजिक भिडियो साबित गरियो । आयोजक बिधाबाटै यो बर्ष सार्बधिक हेरिएको सुपरहिट तिज म्युजिक भिडियोलाइ झम झम झमकनालाई ब्याबसाहिक सफल अवार्डबाट सम्मानित गरिएको छ । अवार्डमा प्रथम नायिका भुवन चन्द, साडे दुई दशक अघि लोकप्रियता कमाएको तिजको रहर आयो बरिलै चलचित्र कन्यादानको नायिका गौरी मल्ल उक्त चलचित्रको नृत्य निर्देशक वसन्त श्रेष्ठ शताब्दी रजत जयन्ती सम्मान बाट सम्मानित गरिएको थियो । नेसनल बक्स अफिस तिज म्युजिक अवार्डमा तिज नारी सम्मान बाट बरिस्ठ कलाकार सरिता गिरि (काउली बुढी) लोकप्रिय मोडल तथा नायिका अनु शाह, वरिस्ठ सौन्दर्य व्यवसायी तथा समाजसेवी सुन्दरिका रन्जितकार, बरिस्ठ महिला संचारकर्मी सितादेवी श्रेष्ठ सम्मानित हुनुभएको थियो । महिला हरुलाइ सार्बजनिक स्थलहरुमा निसुल्क प्याड बितरन गर्नुभएका अभिनेता सबिन श्रेष्ठ तिज विशेष कार्यक्रमबाट सम्मान बाट सम्मानित भए ।
पर्यटन तथा संस्कृति मन्त्री जिवनराम श्रेष्ठको प्रमुख अतिथिको भुमिका रहेको उक्त कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसि, बरिस्ठ कलाकार मोहन निरौला, बरिस्ठ डिजाइनर तथा गितकार सुन्दर श्रेष्ठ, बरिस्ठ कलाकार सुवास गजुरेल, चलचित्र भकुण्डोको निर्माता सुन्दर क्षेत्री, निर्देशक ऋषिराज आचार्य, निर्देशक मिलन आले मगर, निर्माता आस्मा पान्डे, कलाकार देव महर्जन, समाजसेवी तथा गितकार सपना पुन, हांस्यकलाकार तथा जादुगर महादेव त्रिपाठी, रेसम फिरिरी नायिका ममता प्रधान लगायत थुप्रै चलचित्र तथा गितसंगित पारखी हरुको बाक्लो सहभागितामा रहेको थियो । विभिन्न तिज गित सांगेतिक कार्यक्रम सहित दर उत्सवको साथ ग्लोबल एक्ट्रेस फ्रेडेसन (विश्व कलाकार महासंघ) बाट बरिस्ठ निर्देशक प्रदीप श्रेष्ठ, नायिका तेजुला खतिवडा, नित्य निर्देशक नारायण रिजाल, कलाकार राजु साही, गायक सैलेन्द्र मुरबडी, निर्माता तथा कलाकार राजु श्रेष्ठ, निर्माता राम बाहादुर बिक, दिल बहादुर क्षेत्री, तेज बहादुर गुरुङ, निर्मला गदाइ रसाइली, प्रमिला गदाल, सेखरनाथ बगाले, सरोज कुमार पान्डे, छांयाकार बिजय जिरेल, व्यवसाही नवराज श्रेष्ठ, ध्रमेन्द्र चौधरी, युवा समाजसेवी अरबिन शाही लगाएत दुई दर्जन व्यक्तित्वहरुलाइ आजिवन सदस्यबाट सम्मानित गरिएको थियो । बरिस्ठ गायिका ज्ञाणु राणा, बरिस्ठ निर्माता किसान पोख्रेल, निर्देशक अमर वलि, कलाकार तथा निर्माता रोसनी केसि, बरिस्ठ छांयाकार बाबुकाजी जुल्मी, गायक रेशम विस्वकर्मा, समाजसेवी तथा कलाकर गणेश जिसि, प्रथम महिला बितरक तथा स्वास्थकर्मी सुनिता भट्टराई तथा बरिस्ठ एरेन्जर राजु खड्काले निस्वार्थ स्वतन्त्रपुर्वक जुरिको भुमिका निर्वाह गरेको थिए ।चलचित्र बिकास बोडको सभाहलमा निकै तामझामको साथ सप्पन्न भएको नेसनल बक्स अफिस तिज म्युजिक अवार्डको अध्यक्षता आर के सुबेदिले गरेको थिए ।

उत्कृष्ट पांच मनोनयन !!!काठमाडौ : हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा बजारमा सार्बजनिक भएको  विशेषगरि युट...
28/08/2022

उत्कृष्ट पांच मनोनयन !!!

काठमाडौ : हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा बजारमा सार्बजनिक भएको विशेषगरि युटुवमा ख्यातिप्राप्त तिज गित संगितलाइ समेटियर बक्स अफिस इन्टरनेसनल ग्रुपले आयोजना गर्दै आएको नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०७९ संस्करणको सम्पुर्ण तयारी पूरा गरेको छ। पर्यटन तथा संस्कृत मन्त्री जिवनराम श्रेष्ठको प्रमुख आथित्यमा सम्पन्न हुन गैरहेको नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०७९ संस्करणमा कुल ८७ तिज गित संगित मध्य ६९ वटा तिज गित संगितले नेसनल बक्स अफिस तिज म्युजिक अवार्डमा दाबेदारी प्रस्तुत गरेको छ्न। गत बर्षको तुलनामा यो बर्ष ३६% तिज गित संगित कम बनेको तथ्यांक छ भन्ने तिज गित संगितको ब्यापारपनी ६७% घटेको छ यो बर्ष। तर कलाकारको बेस्थता भन्ने तिज कार्यक्रमहरुमा गत बर्ष भन्दा निकैनै बढेको छ। कुल २२ बिधामा चर्को प्रस्तिसपर्धा रहन्ने नेसनल बक्स अफिस तिज म्युजिक अवार्ड २०७९ को मुख्य बिधाको उत्कृष्ट पाच मनोनयन यसरी सार्बजनिक गरिएको छ।

बर्षको उत्कृष्ट पांच तिज गितकार
१ , कृष्णहरि बराल: तिज मनाउनलाइ
२,दिनेश थापा :माइता आयौ
३,मान बाहादुर मगर :झमझम झमकाना
४,डिपि खनाल : नाचयौ छ्मछम
५,सुन्दरमनी अधिकारी: चरिजेलैमा

बर्षको उत्कृष्ट उत्कृष्ट पाच संगितकार
१ ,सम्भुजित बांसकोटा: यो तिजैमा
२,भगरथी चलाउन्ने : झमझम झमकाउन्ने
३,ताराप्रकाश लिम्बू : आयो तिजको रहर
४,महेस खड्का : तिज मनाउनलाइ
५,राजन राज सिवाकोटी: माइती आयो

उत्कृष्ट उत्कृष्ट पांच तिज गायिका
१, बिष्णु माझी: चरी जेलैमा २
२,मेलिना राई :आयो तिजको रहर
३,सान्ती श्री परियार: तिज मनाउनलाई
४,सुनिता दुलाल :यो तिजैमा
५ ,सुनिता बुढा क्षेत्री: झमझम झमकाउन्ने

उत्कृष्ट उत्कृष्ट पांच तिज गायक
१,पसुपती शर्मा : मै राम्रो छैन
२,भगिरथ चलाउन्ने : झमझम झमकाउन्ने
३प्रकाश कटुवाल :जान्न बाब जान्न
४ ,खुमन अधिकारी: के गर्यो रुपैले
५ ,प्रकाश कटुवाल :माइतिको आंगन

उत्कृष्ट उत्कृष्ट पांच तिज नित्य निर्देशक
१,कबिराज गहतराज :पाउमा पाउजु
२ , जसबिर कुवर :माइता आयौ
३,प्रकाश भट :झमझम झमकाना
४ ,शिव बिक: चरी जेलैमा२
५ ,दिपेन्द्र तिमिल्सिना: जान्न बाब जान्न

उत्कृष्ट पांच तिज मोडल महिला
१,करिस्मा मानन्धर :यो रमाइलो तिजैमा
२,पृयांका कार्की :पाउमा पाउजु
३ ,केकि अधिकारी : तिजको रहर
४,निता ढुगना : छ्म छ्म
५,सृष्टि श्रेष्ठ : पाउमा पाउजु

बर्षको उत्कृष्ट तिज गित मोडल( पुरुष )
१ ,निराजन प्रधान :नाच्यौ छमछमी
२ ,सेखर घर्ती मगर :मै राम्रो छैन
३ ,भगिरथ चलाउन्ने: झमझम झमकाना
४ ,रबिन्द्र बुढाथोकी : धुलो उराइगो
५, गजित बिस्ट : दिदिबुहिनी

बर्षको उत्कृष्ट तिज गित सम्पादन
१ ,बिपिन मल्ल :पाउमा पाउजु
२,बिष्णु शर्मा: झमझम झमकाना
३,शिव पौडेल: मै राम्रो छैन
४,मनोज कार्की :जान्न बाबा जान्न
५,नवराज उप्रेती :माइत आयौ

बर्षको उत्कृष्ट तिज गित छांयाकन
१,सन्जय लामा :पाउमा पाउजु
२,राजेश घिमिरे :माइत आयौ
३,रुपेश थापा: छमछम
४,दुर्गा पौडेल :मै राम्रो छैन
५,नवराज उप्रेती :माइत आयौ

बर्षको उत्कृष्ट तिज गित निर्देशन
१,बिक्रम सुनवार: माइती गाउ
२, सुवर्ण थापा: पाउमा पाउजु
३,नारायण रिजाल : छम्म छम्म नाचु
४,सान थापा: आयो तिजको रहर
५,सेखर घर्ती मघर : छन त मै राम्रो छैन
क्रमस...।

06/11/2021
06/11/2021

Address


Telephone

+9779861243333

Website

Alerts

Be the first to know and let us send you an email when National Box office Teej music award posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share