Kathnews Nepal

  • Home
  • Kathnews Nepal

Kathnews Nepal News

23/09/2022

७ असोज, काठमाडौं । गायिका जेरुसा राई बेपत्ता भएकी छन् । बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएको भन्दै परिवार....

23/09/2022

काठमाडौं । ‘प्रेमगीत ३’को नेपाली संस्करणले घरेलु बक्स अफिसमा पहिलो दिन दुई करोड रुपैयाँ ग्रसभन्दा बढीको ओपनिङ ग....

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहा...
21/09/2022

चर्चित भारतीय कमेडियन राजु श्रीवास्तावको निधन भएको छ । ४२ दिनसम्म कोमामा रहेका श्रीवास्तवको ५८ वर्षको उमेरमा बुधबार बिहान अखिल भारतीय आयुर्विज्ञान संस्थानमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही महिनाअघि हृदयघात भएपछि उनलाई लामो समयसम्म अस्पतालको आईसीयूमा उपचार गरिएको थियो ।

श्रीवास्तवको जन्म उत्तर प्रदेशको कानपुरमा सन् १९६३ डिसेम्बर २५ मा भएको थियो । बाल्यकालमा उनको नाम सत्यप्रकाश श्रीवास्तव भए पनि बलिउडमा उनी राजु श्रीवास्तवको नामले चिनिन्छन् । बाल्यकालदेखि उनी मिमिक्री र कमेडी गर्ने गर्थे । उनले केही फिल्मका साथै टीभी शोमा काम गरे । रियालिटी शोमा पनि उनले भाग लिएका थिए ।

श्रीवास्तवलाई स्थापित भने कमेडी शो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जले गराएको थियो । उनले मैने प्यार किया, बाजीगर, बम्बे टु गोवा (रिमेक), आम्दानी अठन्नी खर्चा रुपैया जस्ता फिल्ममा अभिनय गरेका छन् । उनी उत्तर प्रदेश फिल्म विकास परिषद्का अध्यक्ष समेत थिए ।

श्रीवास्तवले राजनीतिमा आफ्नो पाइला अघि बढाएका थिए । सन् २०१४ मा कानपुरबाट लोकसभा चुनावमा भारतीय जनता पार्टीबाट टिकट समेत पाएका थिए, तर उम्मेदवार बन्ने प्रस्तावलाई उनले अस्वीकार गरेका थिए ।

राजु श्रीवास्तावको निधनप्रति भारतीय कलाकार, प्रशंसक र राजनीतिज्ञहरुले दुःख व्यक्त गरेका छन् ।
Source:onlinekhabar

13/09/2022

हेर्दा हेर्दै एस्ताे सम्म भयाे काठमाडाैमा जनताले ।

11/09/2022

B***n Shah In Action

10/09/2022

अरु साईरन बजाउदै कालो सिसाभित्र गए,

 ***n  ***n
08/09/2022

***n ***n

Ready for second auditionFill up the form and garbe your future in modeling..
04/09/2022

Ready for second audition
Fill up the form and garbe your future in modeling..

काठमाडौं– फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीको बत्तिसपुतलीमा रहेको तृप्ता रेस्ट्रोमा अड.....

तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ ।आइतबार एक पत्र पठाउँदै महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, हो...
04/09/2022

तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ ।

आइतबार एक पत्र पठाउँदै महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णकाे क्यासिनो प्यालेस, हाेटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, हाेटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन्।दमौलीस्थित आदिकव...
04/09/2022

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले आफूलाई प्रधानमन्त्रीको भूमिकामा खोजेको बताएका छन्।

दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसको ३६ औं वार्षिकोत्सवमा शनिबार वरिष्ठ नेता पौडेलले मुलुकलाई सामाजिक न्याय, जनतालाई सुरक्षा, सुशासन दिनका लागि आफ्नो भूमिका देशले खोजेको बताए।

Congratulations Mohammad Faiz On Winning   ❤️
04/09/2022

Congratulations Mohammad Faiz On Winning ❤️

A or B
04/09/2022

A or B

04/09/2022

अनिल कपुरको ‘नायक’ सम्झाउने मेयर बालेनको डोजर: भन्छन् नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ B***n

पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सांसद रामकुमारी झाँक्रीले काठमाडौंका मेयर बालेन शाहलाई आफ्नो समर्थन रहेको बत...
26/08/2022

पूर्वमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) की सांसद रामकुमारी झाँक्रीले काठमाडौंका मेयर बालेन शाहलाई आफ्नो समर्थन रहेको बताएकी छन्।

सामाजिक सञ्जालमा शुक्रबार स्टाटस लेख्दै झाँक्रीले आफूले मन्त्री हुँदा काठमाडौंका नदी किनारा अतिक्रमण गरी बनाइएका संरचना हटाउन सुरू भए पनि राजनीतिक दबाबका कारण रोकिएको बताएकी छन्।

लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा किफाय तुल्लाह खां मनोनीतकपिलवस्तु, भाद्र ९कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने कि...
25/08/2022

लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा किफाय तुल्लाह खां मनोनीत

कपिलवस्तु, भाद्र ९

कपिलवस्तु जिल्लाको कृष्णनगर बस्ने किफाय तुल्लाह खां लुम्बिनी प्रदेश पदक सिफारिश समिति सदस्यमा मनोनीत भएका छन् l
लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषदको निर्णय अनुसार प्रदेश पदक ऐन २०७६ को दफा ४ (क) बमोजिम लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून तथा संचार मन्त्रीको अध्यक्षतामा गठित पदक सिफारिश समितिको सदस्यमा खां लाई मनोनीत गरिएको छl

किफाय तुल्लाह खां लामोसमय देखि सामाजिक तथा रजनितिक क्षेत्रमा लागेर जनतको सेवा गर्दै आएका व्यकितत्वका रूपमा परिचित रहि इत्तेहाद नेपाल कपिलवस्तु संस्थाका अध्यक्ष समेत रहेर काम गर्दै आएका छन् l

पौराणिक कालदेखि चलिआएको तीजको बर्तकथा यसप्रकार रहेको छ । यो बर्त महात्म्यको कथा भगवान शिवले पार्वतीजीको पूर्वजन्मको स्मर...
25/08/2022

पौराणिक कालदेखि चलिआएको तीजको बर्तकथा यसप्रकार रहेको छ । यो बर्त महात्म्यको कथा भगवान शिवले पार्वतीजीको पूर्वजन्मको स्मरण गराउने उद्देश्यले यसप्रकार भन्नु भएको थियो । हे गौरी ! पर्वतराज हिमालयको घर अर्थात तिम्रो माइतमा बस्दा गङ्गातटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई घोर तपस्या गरेकी थियौ । उक्त अवधिमा तिमीले कुनै अन्नपानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ र मात्र सुख्खा पत्ताहरू चबाई दिनहरू काटेकी थियौ । माघको चिसोमा तिमीले निरन्तर जलमा प्रवेशगरी तप गर्यौ, बैशाखको शरीर जलाउने गर्मीमा पञ्चाङ्ग्निद्वारा शरीर तपायौ । साउनको मुसलधारे वर्षामा खुल्ला आकाशमुनि बिना अन्नपानी व्यतीत गर्यौ । तिम्रो यो कष्टदायक तपस्या देखेर तिम्रा पिता धेरै दुःखी र चिन्तित हुने गर्दथे । तब एकदिन तिम्रो तपस्या तथा तिम्रा पिताजीको दुःख र चिन्तालाई मनन गरी नारदजीले तिम्रा घरमा आउनुभयो । तिम्रा पिताले नारदजीलाई घर आउनाको कारण सोध्नुभयो र प्रत्युत्तरमा नारदजीले भन्नुभयो “ हे गिरिराज ! म भगवान विष्णुले पठाएर यहाँ आएको हुँ । तपाईँकी छोरीको घोर तपस्याबाट प्रसन्न भई स्वयं भगवान विष्णु उनीसँग विवाह गर्न चाहनुहुन्छ । यसबारे म तपाईँँको राय जान्न चाहन्छु । ” नारदजीका कुरा सुनेर तिम्रा पिताले अति प्रसन्नताकासाथ भन्नु भयो । श्रीमान् यदि स्वयं विष्णु भगवान मेरी कन्याकासाथ वरण गर्न चाहनुहुन्छ भने मलाई कुनै आपत्ति छैन । उहाँ त साक्षात् परब्रह्म हुनुहुन्छ । यो त हरेक अभिभावकको पिताको इच्छा हुन्छ कि उसकी छोरी सुखसंम्पदाले परिपूर्ण पतिका घरकी गृहलक्ष्मी बनून् र आफ्नो जीवनसाथै पति र परिवारको सुखकी कारण बनून् । नारदजीले तिम्रा पिताको स्वीकृति पाएपछि भगवान विष्णुसमक्ष गई विवाह टुङ्गो लागेको समाचार सुनाउनु भयो । तर विष्णुसँग आफ्नो विवाह हुन लागेको थाहा पाएपछि तिमी असाध्यै दुःखित भयौ । तिम्रो दुःखको कुनै ठेगान भएन । अति दुःख, चिन्ता र कष्टमा तिम्रा दिनहरू बित्न थाले ।

तिम्रो चिन्तित र दयनीय मुहार देखेर तिम्री एउटी सखीले तिम्रो दुःखको कारण सोद्धा तिमीले भन्यौ -'मैले मनैदेखि भगवान शिवलाई वरण गरेकी छु, तर मेरा पिताले मेरो विवाह विष्णुजीसँग गरिदिने निधो गर्नुभयो । म विचित्र धर्मसङ्कटमा छु । अव मैले प्राण त्याग्नुबाहेक कुनै उपाय र विकल्प देखेकी छैन । ' तिम्री ती सःगिनी अति नै चङ्ख र समझदार थिइन् । उनले तिमीलाई भनिन् - 'प्राण नै त्याग गर्नुपर्ने यहाँ के नै कारण छ र? संकटको घडिमा धैर्यताका साथ काम गर्नुपर्दछ । हिन्दूनारीको जीवनको सार्थकता नै केमा छ भने जसलाई मनैले पतिका रूपमा एक पटक वरण गरिन्छ, उसैसँग निष्ठापूर्वक जीवन निर्वाह गर्नुपर्दछ । दीगो आस्था र एक निष्ठाका सामु त स्वयं भगवान पनि असहाय र किंकर्तविमुढ बन्न पुग्नुहुन्छ । तसर्थ म तिमीलाई घनघोर वनमा लैजान्छु जुन साधनास्थल पनि हो र त्यहाँ तिम्रा पिताले समेत तिमीलाई खोजेर पाउनुहुन्न । मलाई पूर्ण विश्वास छ ईश्वरले अवश्य तिम्रो सहायता गर्नुहुनेछ । ' अनि तिमीले तिम्री सहेलीले भने झैँ गर्यौ । यता तिम्रा पिता तिमीलाई घरमा नदेखेपछि धेरै चिन्तित र दुःखी हुनुभयो । उहाँ सोच्न थाल्नुभयो - 'मैले त मेरी पुत्रीको भगवान विष्णुसँग विवाहको निधो गरेको थिएँ, भगवान विष्णु विवाहका निमित्त जन्ती लिएर आउनुभएका बखतमा कन्यालाई घरमा नभेट्दा अनर्थ हुन जानेछ, विष्णुलाई मैले के जवाफ दिने?' यती विचार गरी तिम्रा पिताले चारैतिर तिम्रो खोजीको कार्य शुरु गराउनुभयो । यता तिम्रो धुमधामसँग खोजीकार्य भइरह्यो उता तिमी आफ्नी सहेलीका साथ नदीका तटमा एउटा गुफामा आराधनामा लीन भयौ । भाद्रपद शुक्लको तृतीया तिथि, अनि त्यस दिन हस्ता नक्षत्र थियो, त्यसदिन तिमीले बालुवाको शिवलिङ्ग निर्माण गर्यौ । रातभरि मेरा स्तुतिमा गीत गाउँदै जागरण गर्यौ । तिम्रो यो कठोर तपस्याको प्रभावले मेरो आसन हल्लिन पुग्यो र शीघ्र तिम्रा सामूमा पुगेँ र तिमिलाई वर माग्न भनेँ ।

त्यससमय आफ्नो तपस्याको फलका प्रभावले प्रकट भएको म महादेवलाई आफूसमक्ष देखेर तिमीले भन्यौ - 'मैले हजुरलाई साँचो मनले पतिका रूपमा वरण गरिसकेकी छु । यदि तपाई साँच्चै नै मेरो तपस्याबाट प्रसन्न भई यहाँ प्रकट हुनुभएको हो भने मलाई आफ्नी अर्धाङ्गिनीका रूपमा स्वीकार गर्नुहोस् । त्यसपछि “तथास्त्” भनेर म कैलाश पर्वततर्फ फिर्ता भएँ । भोलिपल्ट उज्यालो हुने बितिक्कै तिमीले पूजाका समस्त सामग्री नदीमा सेलाई आफ्नी सहेलीसहित बर्तको समापन गर्यौ । त्यही समय तिम्रा पिता गिरिराज आफ्ना बन्धुबान्धवसहित तिमीलाई खोज्दै खोज्दै त्यहीँ पुग्नुभयो । तिम्रा पिताले तिम्रो अवस्था देखेर अत्यन्त दुःखी हुँदै तिम्रो त्यो कठोर तपस्याको कारण सोध्नुभयो । तिमीले भन्यौ - 'पिताजी ! मैले आफ्नो जीवनको अधिकांश समय कठोर तपस्यामा विताएँ । मेरो यो तपस्याको एकमात्र उद्देश्य माहादेवलाई पतिका रूपमा प्राप्त गर्नु थियो । आज म आफ्नो तपस्याको परीक्षामा सफल भएकी छु । म आफ्नो आराध्यको खोजीमा घरबाट निस्किएर हिँडेकी हुँ । अब मैले हजुरसँग घर नै फर्कनु पर्छ भने महादेवका साथ मेरो विवाहगरिदिने भए मात्र म घर फर्कन्छु । तिम्रा कुरा सुनेर पिता हिमालयले तिम्रो इच्छा स्वीकार गर्नुभयो र तिमीलाई घर फिर्ता लिएर जानुभयो । केहीसमय पछि उहाँले पुरा विधिविधान सहित हाम्रो विवाह गरिदिनु भयो । भगवान शिवले अझ भन्नुभयो - हे पार्वती ! भाद्रपदको शुक्ल तृतीयामा तिमीले मेरो आराधना गरी जुन बर्त बसेकी थियौ, त्यसैको परिणामस्वरूप हामी दुईको विवाह सम्भव भएको हो । यो बर्तको महत्त्व यसकारणले पनि महत्त्वपूर्ण छ । जसले यो बर्त निष्ठापूर्वक पालन गर्दछ, त्यसलाई मनोवाञ्छित फल प्राप्त हुनेछ । यो बर्तलाई हरितालिका भन्नुको अर्थ पनि पार्वतीलाई साथीहरूले पिता र आफ्नो प्रदेशबाट हरण गरी जंगलमा लगेको प्रसङ्गसँग जोडिन्छ । हरितालिका शब्दमा रहेका हरिता र आलिका यी दुई शब्दको अर्थ पनि क्रमशः हरण गरिएकी र सथीहरू भन्ने हुन्छ । भगवान शिवले पार्वतीजीलाई भन्नुभयो - यस बर्तलाई विधिविधानपूर्वक जसले लिन्छ, त्यसले तिम्रोजस्तै सुयोग्य र अचल श्रीमान् प्राप्त गर्दछ ।

काठमाडौं, भदौ २५ – पछिल्लो २४ घण्टामा ४४४ जनामा ​​संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ का संक्रमितको ...
25/08/2022

काठमाडौं, भदौ २५ – पछिल्लो २४ घण्टामा ४४४ जनामा ​​संक्रमण पुष्टि भएसँगै नेपालमा राष्ट्रिय सक्रिय कोभिड–१९ का संक्रमितको संख्या बिहीबार चार हजार १९९ पुगेको छ ।
सम्बन्धित लेखहरू
नेपालको कोभिड-१९ बाट निको हुने दर ९८.४% रहेको छ भने मृत्युदर १.२% रहेको छ ।
नेपालमा बिहीबार ७१० जना कोभिड–१९ मा सङ्क्रमण देखिएको छ
यसैबीच, आज 56 डिस्चार्जहरू लगाइएसँगै कुल कोरोनाभाइरस रिकभरीहरू 968,228 छन्।
नेपालमा बिहीबार ४ सय ३५ जनामा ​​कोभिड–१९ सङ्क्रमण देखिएको छ
पछिल्लो रिपोर्टले देशव्यापी सङ्क्रमणको सङ्ख्या ९९६,२३१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या ११,९९९ रहेको छ भने आज तीन जनाको मृत्यु भएको छ ।
यसैबीच, आज ३०७ जना डिस्चार्ज भई कुल कोरोनाबाट निको हुनेको संख्या ९७९,९३८ पुगेको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५४ जनाको परीक्षण गरिएको छ भने योसँगै हालसम्म ५ लाख ८८ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी, एन्टिजेन परीक्षणले विगत २४ घण्टामा २४५ जनामा ​​पोजिटिभ घटना भएको पुष्टि गरेको छ ।नेपालको कोभिड–१९ बाट निको हुने दर ९८.४% रहेको छ भने मृत्युदर १.२% रहेको छ ।हाल नेपालभर कुनै पनि क्वारेन्टाइनमा कुनै पनि व्यक्ति छैनन् ।

25/08/2022
काठमाडौं । बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको अवैध संरचना आजै भत्काइने भएको छ । काठमाडौं महानगरपालिका...
25/08/2022

काठमाडौं । बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेसको अवैध संरचना आजै भत्काइने भएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना आजै भत्काउन लागेको हो ।
महानगरका अनुसार अल्फाबिटाका सञ्चालक द्विराज शर्माले‍ दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरको टोली भत्काउन जान लागेको हो । अल्फा हाउसको भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको खुल्न आएको छ ।
अध्ययन र विश्लेषण गरेर महानगरपालिकाले सो भवनमा अवैध तरिकाले तल्लो तलामा पसल चलाएको भन्दै खाली गराउन लागेको हो ।
बिहीबार (आज) बिहान मेयर बालेन शाह र अल्फा हाउसका घरधनी शर्माबीच भनाभन पनि भएको थियो ।

25/08/2022
Brave Mother: After her three-year-old son was taken away by a leopard in Tanahun Baniatar, his mother also succeeded in...
25/08/2022

Brave Mother: After her three-year-old son was taken away by a leopard in Tanahun Baniatar, his mother also succeeded in taking her son from the leopard's mouth after running about 50 meters. ||RSS

Address


Telephone

+9779840748259

Website

Alerts

Be the first to know and let us send you an email when Kathnews Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share