What Buddha Taught?

What Buddha Taught? The essence of Buddha’s Teachings.

11/12/2024

“चाहे धनी होस् वा गरिब, शिक्षित होस् वा अशिक्षित, धार्मिक होस् वा अविश्वासी, पुरुष होस् वा महिला, कालो, सेतो वा खैरो, हामी सबै समान हौं। शारीरिक, भावनात्मक र मानसिक रूपमा हामी सबै समान छौं। हामी सबै खाना, आश्रय, सुरक्षा, र प्रेमको लागि आधारभूत आवश्यकताहरू साझा गर्छौं। हामी सबै सुखको आकांक्षा गर्छौं र हामी सबै दुःखबाट टाढा रहन्छौं। हामी प्रत्येकको आशा, चिन्ता, डर र सपनाहरू छन्। हामी प्रत्येक आफ्नो परिवार र प्रियजनहरूको लागि उत्तम चाहन्छौं। हामी सबैले पीडा अनुभव गर्छौं जब हामीले हानि र आनन्द भोग्छौं जब हामीले खोजेको कुरा प्राप्त गर्छौं। यस आधारभूत तहमा धर्म, जातीय, संस्कृति र भाषाले कुनै फरक पार्दैन।”
- परम पावन 14 औं दलाई लामा
🙏🙏🙏

केहि पनि स्थायी छैन, सबै कुरा अन्ततः ओइलाउँछ,; धेरै ढिलो हुनु अघि क्षण-क्षणमा बाँच्नुहोस्।
11/12/2024

केहि पनि स्थायी छैन, सबै कुरा अन्ततः ओइलाउँछ,; धेरै ढिलो हुनु अघि क्षण-क्षणमा बाँच्नुहोस्।

15/11/2024

विगतमा कुनै पुण्य संचय नहुनु वा भए पनि कमसल प्रकृतिको वा न्युन मात्राको हुनु , अकुशलकर्मका परिणाम हरू बडदै जानु साथै चितको शुद्धतालाई वेवास्ता गर्दै दैनिक रुपमा क्लेसहरु ( लोभ, द्वेस तथा अज्ञानता ) बृद्दि गर्दै लैजानुले क्षण क्षणमा दुक्खका अनुभवहरूलाई निरन्तर बृद्दि गर्दै लगिरहेको हुन्छ, शान्त रहन नसक्ने स्वभाव बनिरहेको हुन्छ। हृदयमा पिडाको किला झन गहिरो रुपमा गडिन्छ।प्रियजनहरूले समेत खसालेको अनुभव हुन जान्छ। करुणाका मधुर नम्र स्वर समेत चट्याड जस्तो डरलाग्दो र सहन गर्न नस्कने हुन्छ। राम्रा लुगा लगाए पनि नाड्गो भएको अनुभव भै रहन्छ। आफ्नै छायाबाट तर्सिन थाल्छ भयभित हुन थाल्छ। सबै आभासहरु अकुसलकर्मका कारण शत्रुको रुपमा मनमा उत्पन्न हुन थाल्छन।प्रतिद्वन्दि नभएको ठाउ नै हुदैन।

वास्तवमा यि सवै आफ्नै चितमा टासिएका क्लेसहरूको प्रतिविम्व मात्र हुन। आखिर संसार र निर्वाण आफ्नै मनको क्लेस सहित र क्लेस रहितको उच्चतम अवस्था मात्र हुन। त्यसैले क्लेसहरु बन्ने प्रकृया प्रति सजग रहि नया बन्न नदिनु र बनेको घटाउदै लैजानु ले चित्तको बास्तविक स्वभावलाई देख्न सक्ने क्षमताको बिकास भै रहेको हुन्छ।सत्य र असत्य छुट्याउन सक्ने गुणधर्मको बिकास हुन जान्छ।

07/11/2024

If the time comes, the king must die.
Wealth, friends, relatives may follow him.
Wherever he goes, karma follows him like a shadow.

All the good fruits that are being obtained from this and are being produced are only the fruits that have ripened due to the actions and causes of skillful and unskillful karma in previous births.

31/10/2024

This, O monks, is not your body, nor that of
others. You have rather to see in it, monks, old
deeds (kamma), the result of actions; volitions and
feelings in former existences.”

31/10/2024

“Rahula, any kind of material form whatever,
whether, past, future or present, internal or
external, gross or subtle, inferior or superior,
far or near, all material form should be seen as
it actually is with proper wisdom thus: ‘This is
not mine, this am I not, this is not my self.’”

Mahàràhulovàda-sutta, M. I, 421–2
MLDB,

25/07/2024

मलाइपनि परिक्षणगरेर मात्र स्विकार गर।
यसरि अहिलेका गुरूले भन्न सक्लान !

‘हे पण्डित ! जसरी उच्च तातोमा पकाएर सुनको परिक्षण गरिन्छ, त्यसैगरी मेरो भनाइलाई पनि (वैज्ञानिक मापदण्ड प्रयोग गरेर) परीक्षण गरेपछि मात्र स्वीकार गर्नुपर्छ, म (बुध्द)प्रतिको श्रध्दा वा घमण्ड (विश्वास) को कारणले होइन ।

यो केसमुत्ती सुत्त अर्थात कलाम सुत्र त्रिपटकको अंगुत्तर निकायमा रहक़ो भगवान बुद्धको उपदेशको अंश हो।

भगवान बुद्धको दर्शन गरि नजिक गएर कलामले जिज्ञासा प्रकट गर्दै सोधेका थिए । ‘हे भन्ते ! केही श्रमण-ब्राह्मणहरू हाम्रो ठाउमाआउँछन र तिनीहरूले आफ्नै विचारको प्रशंसा गर्छन् र अरूको विचारको आलोचना गर्छन् र अरूको विचारलाई अपमान गर्छन्। फेरि अरू श्रमण-ब्राह्मणहरू यहाँ आएर आफ्नो आस्थाको प्रशंसा गर्न र अरूको आस्थाको आलोचना गर्दा थाक्दैनन।
भगवान बुद्ध समक्ष आफ्नो कुरा यसरी प्रस्तुत गरेपछि उनले भगवानलाई प्रश्न सोधे, ‘हे भन्ते ! आफ्नो विचारको प्रशंसा गर्ने र अरूको मतलाई अपवित्र बनाउने कुराले हाम्रो मनमा शंका उत्पन्न गर्छ कि यी श्रमण-ब्राह्मणहरूमध्ये कसले सत्य बोल्यो र कसले झुटो बोल्यो?
तब कलामको मनमा रहेको शंकालाई शान्त पार्दै भगवान बुद्धले उहाँको अगाडि सत्यको मापदण्ड प्रस्तुत गर्नुभयो, ‘हे कलामहरू हो शंका गर्नु ठिक हो । सन्देह गर्नु ठिक हो । वास्तवमा शंका गर्नु पर्ने विषयमा नै शंका उत्पन्न भएको छ ।
हे कलामहरू हो ! कुनै पनि तथ्यलाई परम्परागत रूपमा प्रचलित वा परापूर्वकालदेखि भनिएको वा धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको वा कुनै विवादको समाधानका लागि यो तथ्यलाई स्वीकार गर्नु उपयुक्त भएकोले मात्र स्वीकार गर्नु हुँदैन। कुनै पनि तथ्यलाई त्यसको आकार वा गुरूत्वको आधारमा मात्र स्वीकार गर्नु हुँदैन, बरु धार्मिक (दक्ष) भएको कारणले स्वीकार गर्नुपर्छ, अनिन्दनिय छ तथा स्वीकार गरियो भने त्यसको परिणाम सुखद र लाभदायक हुन्छभने स्वीकार गर्नुपर्छ।

भगवान बुद्ध भन्नुहुन्छ कि कुनै पनि विषयलाई तब मात्र स्वीकार गर्न सकिन्छ जब त्यो विषय धार्मिक छ अर्थात् धर्मसँग मिल्दोजुल्दो र प्रभावकारी (राम्रो र कल्याणकारी) छ। निश्चय नै समाजमा कुनै पनि काम वा विषयले सबैको कल्याण गर्छ र पीडित जनतालाई राहत दिन्छ वा जनजीवनमा विकास र विकासको बाटो खोल्छ र सबैको हितमा हुन्छ भने त्यो विषयलाई कुसल भन्न सकिन्छ । त्यसैले सबै कल्याणकारी र मानवीय शुभ कर्महरूलाई कुसल धर्म भनिन्छ। यी पुण्य कर्महरूलाई मान्यता दिनुपर्छ र यी पुण्य कर्महरू गरेर मानवताको सेवा गर्नुपर्छ।

अनिन्दनिय(सबै दोषभन्दा माथि) र अघृणित (पूजनीय) सबै विषयलाई समाजमा स्वीकार गरिनुपर्छ । यदि कुनै विषयमा कुनै दोष छैन र त्यो विषय पूजा योग्य छ भने, त्यस्तो अवस्थामा त्यसलाई मान्यता दिनुपर्छ।
ती सबै विषय र मान्यताहरूलाई वैध घोषित गरिनुपर्छ जसलाई ग्रहण गर्दा सुखद र लाभदायक परिणामहरू प्राप्त हुन्छन्। यदि कुनै काम गर्दा सुख मिल्छ र सम्पूर्ण मानवताको हित हुन्छ भने त्यस्ता कार्य गर्नु समाजको लागि पक्कै पनि लाभदायक हुन्छ । यस्ता कल्याणकारी काम गर्नु फाइदाजनक हुन्छ।

यसरी भगवान बुद्धले कलामहरूलाई निम्न विषय र मापदण्डहरूलाई वैध वा सत्य घोषित गर्नुभयो। तिनीहरु यस प्रकार छन् -
1. यदि यी धर्म (कुशल) हुन् भने,
2. यदि तिनीहरू अपमानजनक छैन् भने,
3. यदि यसलाई स्वीकार गरियो भने, यसको परिणाम सुखद र लाभदायक हुनेछ।

तसर्थ, भगवान बुद्धका यी वैज्ञानिक वचनहरू आधुनिक समयमा पनि उत्तिकै सान्दर्भिक र स्वीकार्य छन्। भगवान बुद्धका यी वैज्ञानिक मापदण्डहरू आधुनिक विज्ञानका लागि मार्गदर्शक साबित हुन सक्छन्।

19/07/2024

•पश्चाताप बल
"म लगायत अनगिन्ती प्राणीहरूले अनादि संसारका जन्महरूदेखि कमसेकम अहिलेसम्मका राग, द्वेष र मोह क्लेशहरूको वशमा परेर जीउ, बोली र मनमार्फत पाप कर्महरू गरेको, सद्धर्म त्यागेको, निन्दा गरेको पितामातालाई अनादर गरेको, उपाध्याय र आचार्यहरूलाई अनादार गरेको, ब्र≈मचर्यामा रहेका मित्रहरूलाई गरेका आदि संक्षेपमा उच्च लोक र मोक्षको विघ्न भई संसार र दुर्गतिको कारण भ
एका दोष, आपत्तिहरू जे–जति छन्, ती सबै .........
पितामाता, उपाध्याय र आचार्य मित्रहरू र गुरुवज्रसत्वको अगाडि पश्चाताप गरी देशना गर्छ । त्यसरी पश्चाताप गरी देशन गर्नाले म सुखी स्थानमा रहनेछु । पश्चाताप नगरीकन नगर्नाले म सुखी स्थानमा हुने छैन । "

19/07/2024

प्रणीधान बोधिचित्त:-
"सबै प्राणीहरु सुख र सुखको कारणले युक्त होस
सबै प्राणीहरु दुख र दुखको कारण बाट मुक्त होस
सबै प्राणीहरु दुख रहित महासुख बाट बन्चित नहोस
सबै प्राणीहरु राग, द्वेष, मोह रहित समता भावमा रही रहोस"

25/06/2024

जसरी आमाको पेटमा भ्रुणको रुपमा आए देखि अहिलेसम्म आमाले खाएका हरेक गासले र जन्म भै सके पछि दुधका हरेक थोपा र पछि पछि अन्नका हरेक गासका कारणले हाम्रो मानसिक र भौतिक शरिर बनेको छ र विकाश भएको छ त्यसरी नै हामीले अहिले सम्म जन्म जन्मान्तर गरेका पुण्यको बलले मात्र हरेक क्षणहरु मानव भै जीउने अमुल्य अवसर प्राप्त गरेका छौ ।
हेर्दा आफै संचालीत भए झै लागे पनि हामीले भोग्ने हरेक पलका सुख दुख, आफुले भेटेका परिवार इष्टमित्र नातागोता छरछिमेक साथीभाई याहा बाच्ने वातावरणसबै क्षणहरू हाम्रो पुण्य वा अपुण्यको संचित बलले नै हो।
सबै सुखदुख को निर्माता अनि भागिदार हामी आफै हौ ।
कति सुख वा कति दुख पाउने, कुन प्राणी भएर जन्मलिने वा जन्म नै लिनु नपर्ने भन्ने कुरा आफुले गरेका र गर्ने कुशल अकुशल कर्म र त्यसको फलले निर्धारण गरेको हुन्छ र गर्ने छ। अनि कुसल अकुसल कर्मगर्ने आधार हामीमा बनेको संस्कारले निर्धारण गर्छ ।

आफ्नो नाथ अरु कोहि छैनन, आफु नै आफनो नाथ हो ।
त्यसैले आफ्नो द्विप आफै बन र यो भवसागर वाट आफै माथि उठ।

20/06/2024

चट्याङग् पर्दा ध्यान दिनु पर्ने कुराहरू
१. तुरून्तै पडकने बल्ने,प्रज्वलनसिल बस्तुहरूबाट टाडा रहनुहोस
२. खालीठाउ, पानी भएको ठाउ बीजुलीकोपोल भिताहरू र रूखको छहारीमा नबस्नुहोस
३. बिधुतीय उपकरणको प्रयोग नगर्नुहोस, झ्यालको अगाडी बसेर दोहोरोबातचित नगर्नूहोस
४.गाडी र पकिक घरमा हुनुहुन्छ भने ननिस्कनुहोस
५. हेडफोनको प्रयोग नगर्नुहोस
६. तुरून्तै पक्की घर वा फलामले कभर घर वा गाडी भित्र छिर्नुहोस
७. ५कि.मि आसपास भए सबै कार्य बन्द गरनुहोस
८. आफुसगै अरूलाईसुरक्षित हुन सहयोगगर्नु होस
.... Basic Safety Rules

26/05/2024

Mahaparinirwana of Buddha.

Address

Lubhu
Lalitpur
44700

Telephone

+9779851032965

Website

Alerts

Be the first to know and let us send you an email when What Buddha Taught? posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to What Buddha Taught?:

Videos

Share

Category