Sunil Acharya

  • Home
  • Sunil Acharya

Sunil Acharya Jupiter Media Pvt Ltd is best Educational Information Media Centre for Change.

3-day IELTS Teacher Training program concluded
13/11/2022

3-day IELTS Teacher Training program concluded

KATHMANDU: The three-day IELTS Teacher training program has been concluded in the capital. The training session was organized by the International Education Representatives' Initiative of…

STUDY IN INDIA EXPO 2022
02/07/2022

STUDY IN INDIA EXPO 2022

“Awareness for Change” with that slogan Jupiter Media is representing an independent Nepal Based Production Company. Broadcast Quality Programs for TV Channe...

EDU CANADA MISSION TO NEPAL SUCCESSFULLY COMPLETED 🇳🇵 🇨🇦 🍁 🇨🇦 🍁 🇨🇦
02/07/2022

EDU CANADA MISSION TO NEPAL SUCCESSFULLY COMPLETED 🇳🇵 🇨🇦 🍁 🇨🇦 🍁 🇨🇦

“Awareness for Change” with that slogan Jupiter Media is representing an independent Nepal Based Production Company. Broadcast Quality Programs for TV Channe...

AUSTRALIAN EDUCATION CONSULTING
29/01/2022

AUSTRALIAN EDUCATION CONSULTING

“Awareness for Change” with that slogan Jupiter Media is representing an independent Nepal Based Production Company. Broadcast Quality Programs for TV Channe...

https://m.facebook.com/story.php?story_fbid=431312681732202&id=100908238105983
20/11/2021

https://m.facebook.com/story.php?story_fbid=431312681732202&id=100908238105983

Share0एडुकाष्ट। बेलायत सरकारले नेपालका १० हजारभन्दा बढी नर्सलाई लैजाने भएको छ। नेपालस्थित बेलायती राजदूतवासले श्र....

https://www.facebook.com/100908238105983/posts/366022121594592/
07/08/2021

https://www.facebook.com/100908238105983/posts/366022121594592/

https://educastnepal.com/एसईईको-नतिजा-सार्वजनिक/
राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईईको नतिजा सार्वजनिक गरेको छ। शनिबार बसेको बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो।

कक्षा १२ को परीक्षा स्थगित गरेको बोर्ड बैठकले एसईईको नतिजासमेत प्रकाशन गर्ने निर्णय गरेको बोर्डले जानकारी दिएको छ।

गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा प्रकाशन गरिएको हो। एसईईमा ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए।

केही बेरमै नतिजा बोर्डको वेबसाइट www.see.gov.npwww.neb.gov.np मा गएर हेर्न सकिने जानकारी बोर्डले दिएको छ।

यस्तै विभिन्न फर्म र संस्थानबाट समेत नतिजा हेर्न सकिने बोर्डले सूचित गरेको छ। नेपाल टेलिकम, द कनसेप्ट प्लस, इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमा पनि नतिजा हेर्न सकिनेछ।

परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ मा एसएमएस पठाएर, आकाश टेक प्रालिबाट ३१००१ र जानकी टेक्नोलोजी प्रालिमार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ। यस्तै नेपाल टेलिकम र एनसेलमा १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ।

20/06/2021

https://educastnepal.com/कारखानाले-ल्%e2%80%8dयायो-कक्षा/
कारखानाले ल्‍यायो कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित ‘साइन्स किट’
एडुकाष्ट । गुणस्तरीय, ब्याबहारिक र शीप मुलुक शिक्षा नै एकाइसौं शताब्दीको आबश्यकता हो। बिकसित राष्ट्रहरुमा अध्ययन पद्धतीमा ठूलो परिवर्तन गरिसकेको छ। यसको सुरुवात नेपालमा पनि हुन थालेको छ। यसै अनुरूप प्रयोगात्मक र व्यवहारिक सिकाई अनुभव निर्माणको लागि काम गरिरहेको संस्था कारखानाले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरी नेपालमै तयार पारिएको साइन्स किट (विज्ञान सिकाई सामग्री) सार्वजनिक गरेको छ ।

साइन्स किटमा विज्ञान विषयको पुस्तकमा भएका विषयवस्तुको लागि प्रयोगात्मक सिकाईका सामग्री समावेश गरियका छन् । यस्तै किटमा कारखाना साइन्स नोट पनि उपलब्ध छ । किट प्रयोगको क्रममा हुन सक्ने अन्योल हटाउन मार्गदर्शन गर्ने सामग्री पनि किटमा राखिएको छ । यस्तै डिजिटल गाईड बुक पनि कारखाना साइन्स किटकै साथमा उपलब्ध छ ।
नेपालमा पहिलोपटक यस्तो किट बनेको कारखानाको दाबी छ । विगत ८ वर्षको अनुसन्धानबाट किट तयार पारिएको कारखानाले जनाएको छ । कारखाना साइन्स किटको माध्यमले पाठ्यक्रममा भएका सबै विषयवस्तुलाई विद्यार्थीले व्यवहारिक रुपमा जान्न बुझ्न सक्ने र विज्ञानलाइ किताबबाट बाहिर निकालेर अनुभव गर्न सक्ने कारखानाले जनाएको छ ।

कोरोना महामारीले व्यवहारिक र गुणस्तरीय शिक्षामा ठूलो प्रभाव पारेकोले कारखानाले अनुसन्धानबाट तयार पारेका सामग्रीले विद्यार्थीलाई अलमलमा पार्नबाट रोक्ने कारखानाको भनाई छ । यसले शिक्षक र विद्यार्थी दुबैलाई फाइदा पुग्ने र विद्यार्थीले घर घरमा साइन्स प्रयोगशालाको अनुभव गर्न पाउने कारखानाले जनाएको छ । बच्चाहरुको सिकाईलाइ व्यवहारिक बनाउनुपर्ने र आविष्कारको शिक्षा दिनुपर्ने आवश्यकता बुझेरै साइन्स किट्स लगायतको काम गरिरहेको कारखानाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवित्रबहादुर गौतमले बताउनुभयो । 'कारखानाले प्रविधियुक्त शिक्षाको चक्र नै बनाएको छ, उहाँले भन्नुभयो । साइन्स किटले २१ औँ शताब्दी अनुकुल शिक्षामा जोड दिएको दाबी गरिएको छ । यी साइन्स किट्स अर्डर गर्नको लागि ९८०१८८८८२४, ९८०२०७१६२५ मा फोन गर्न वा कारखानाको बेवसाइट र फेसबुक पेजमा सम्पर्क राख्न सकिनेछ । यस्तै सस्तो डिल र यूजी बजारबाट पनि अर्डर गरेर साइन्स किट घरमै पुर्याउने व्यवस्था गरिएको छ ।
कारखानाले साना नानीबाबुको लागि विज्ञान सम्बन्धी जानकारी दिने पूस्तक र किट बनाउने काम गरिरहेको पनि जानकारी दिएको छ ।

कारखाना शिक्षा सम्बन्धी अनुसन्धान गर्ने एउटा संस्था हो । यसले सिकाइका नयाँ पद्धतिहरु, पाठ्यक्रमदेखि लिएर कक्षाकोठामा सिकाईका योजनामा अनुसन्धानको काम गर्दछ । यो शिक्षकहरुको समूह पनि हो । जसले कसरी व्यवहारिक र प्राविधिक शिक्षा दिने भन्ने विषयमा पनि काम गर्दै आएको छ । यस्तै कारखानाले व्यवहारिक र प्राविधिक शिक्षाको लागि चाहिने विभिन्न सामग्रीको उत्पादन पनि गर्दै आएको छ । व्यवहारिक र प्रविधिमैत्री शिक्षाको लागि २०७३ सालदेखि काम थालेकोमा अहिले ६ हजार १ सय विद्यार्थीमा पुगिसकेको कारखानाले जनाएको छ । नेपालबाहेक अन्य ५ वटा देशमा पनि कारखानाले बनाएका सिकाईका सामग्री पुगेका छन् ।

https://www.facebook.com/100908238105983/posts/335707874626017/
20/06/2021

https://www.facebook.com/100908238105983/posts/335707874626017/

https://educastnepal.com/असार-१६-बाट-स्मार्ट-लकडाउ/

असार १६ बाट स्मार्ट लकडाउनकाे तयारी, यस्ता छन् नयाँ व्यवस्थाहरू
१६ असारबाट काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट क्रमशः खुकुलो बनाउँदै लगिने भएको छ। तर, अघिल्लो पटक जस्तो यस पटक एकै पटक सबै क्षेत्र खुल्ला भने हुने छैन काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञालाई खुकुलो बनाउने विषयमा छलफल भइरहेको तर मोडालिटीबारे टुंगो नलागेको बताए ।
‘निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउने भन्ने छ, सबै क्षेत्र एकै पटक खुल्दैन, पसल व्यवसायलाई समय निर्धारण गरेर खुलाउने विषयमा छलफल हुँदैछ, सवारी साधनका विषयमा पनि छलफल चलिरहेकै छ, तर मोडालिटीको टुंगो लागिसकेको छैन,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।

सो विषयमा छलफल गर्न सोमबार उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने पराजुलीले जानकारी दिए। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सरोकारवाला निकायका प्रतिनिधिहरुसँग निषेधाज्ञालाई कसरी सहज रुपमा पालना हुने गरी कार्यान्वयन गर्ने र खुकुलो बनाउने भन्ने विषयमा आन्तरिक रुपमा नै छलफल गर्दै आइरहेका छन्।

सो क्रममा किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेडर पसल, कृषीजन्य विउविजन तथा मलखादका पसल, पुस्तक तथा स्टेसनरी पसल लगायत संचालनका लागि फरक फरक समय निर्धारण गरी संचालन गर्ने गरी छलफल भइरहेको छ। आर्थिक गतिविधिलाई विस्तारै संचालन गर्न दिने र जनजीवन सहज बनाउँदै लग्ने गरी नयाँ मोडालीटी तय गरिने छ । तर स्वास्थ्य मापदण्डको पालनामा भने कडाइ गरिने छ।

यसैगरी यातायात तथा सवारी साधन संचालनका विषयमा यसअघि गरिएको जोरविजोरको मोडालिटीमा भन्दा अन्तिम अंकलाई आधार मानेर सोही अंकसँग मिल्दो बारका आधारमा सञ्चालन गर्न दिने विषयमा छलफल भइरहेको छ। यसो गर्दा एकैपटक सडकमा भीडभाड कम हुने आँकलन सरोकारवाला निकाय र स्थानीय प्रशासनको छ। यसैगरी होटल तथा रेष्टुराँहरुलाई टेकअवे मोडालिटीमा नै संचालन गर्न दिइने गरी रणनीति बनाइएको छ। यस्तै अनलाइनबाट हुने होमडेलीभरीलाईसमेत यथावत राख्ने गरी तयारी भइरहेको छ।

15/06/2021

https://educastnepal.com/frances-support-to-nepal-in-its-fight-against-covid-19/
FRANCE’S SUPPORT TO NEPAL IN ITS FIGHT AGAINST COVID-19
EDUCAST - In order to combat the Covid-19 crisis in Nepal, the French Government (French Ministry of Foreign Affairs/Crisis and Support Centre) sent a 7-ton humanitarian cargo earlier today. The relief equipment consisted of masks, antigen test kits, respirators/ventilators and visors (details below). This is in response to the Government of Nepal’s call for support. The materials were handed over to Minister for Health and Population, Honourable Hridayesh Tripathi, by the French Ambassador, François-Xavier LEGER. Ambassadors of the Delegation of the European Union, Germany and Finland were also present at the occasion. Highlighting the importance France puts on its relationship with Nepal, Ambassador LEGER said, “France stands side by side with Nepal in its fight against the Covid-19 pandemic. A global solution and cooperation are required to combat the current crisis and France, along with other EU member states, is committed to helping Nepal and the Nepali population to fight the crisis”. The materials were delivered by an Airbus A350 which was put in place by the Airbus Foundation as a courtesy. Details of the medical equipment and supplies are FFP2 Masks 504,000, Antigenic tests 20,225, Protection glasses 12,000, Osiris III respirators and consumables 9, Sirius 50 and respirators and consumables 5.

14/06/2021

https://educastnepal.com/koica-kaan-knowledge-sharing-webinar-2021/
KOICA- KAAN Knowledge Sharing Webinar 2021
EDUCAST- The Korea International Cooperation Agency (KOICA), KOICA Alumni Association of Nepal (KAAN) in collaboration with Himalayan College of Agricultural Science & Technology (HICAST) organized KOICA–KAAN Knowledge Sharing Webinar on June 2, 2021 at 1:30 pm through Microsoft Teams Platform. The webinar was titled “2021 KOICA- KAAN Knowledge Sharing Program” which focused in Agriculture and Value Chain aspect. The recorded video lecture was presented via KOICA Nepal Office YouTube Channel which was premiered today. The students and faculty members of HICAST College, KAAN members, KOICA partners, likeminded organizations and other people joined the program by pre-registration. More than 200 people attend the webinar. In the lecture video 2019 KOICA Master’s Degree Scholarship awardee Mr. Ramesh Khadka shared the findings and recommendations of his thesis “Value Chain Analysis of Onion Seed and Technical Efficiency of Producers in Rukum West District of Nepal”. Similarly, Mr. Chiranjivi Adhikari, National Project Manager of “Value Chain Development of Fruits and Vegetable project” presented about the KOICA supported project of UNDP. KOICA has been partnering with the Government of Nepal (Ministry of Agriculture and Livestock Development) and UNDP to boost Nepali farmers’ income through the Value Chain Development of Fruit and Vegetables Project, which aims to improve incomes of nearly 10,000 smallholder farmers through strengthening the value chain of fruit and vegetable production. KOICA has supported US $5 million for the joint initiative, which is being implemented in 40 municipalities of Bagmati and Province 4. The project is supposed to be continued till 2022 helping Nepal in the achievement of the Sustainable Development Goals. Both of the presenters relate the theme value chain during their presentation. Mr. Khadka shared his experience of Korea as well as highlighted on new ideas based on Korean experience which can be carried out in the context of Nepal. Mr. Adhikari focused on the activities of the ongoing project . Every year KOICA and KAAN have been organizing this kind of knowledge dissemination program in the form of workshop; lecture and seminars where the scholars are provided with a platform to promote Korean knowledge as well provided concrete recommendation in specific sectors. Like previous year this year also due to the outbreak of second wave of COVID-19 KOICA opted for the same medium of virtual platform for disseminating the Korean knowledge. Through the online medium KOICA reached out to more beneficiaries despite the emergency situation. In the mean time KOICA hopes to continue the same format of Knowledge sharing program for upcoming years too. A brief introduction of KOICA-KAAN was provided in the webinar. The session remained for about 115 minutes. KOICA-KAAN has been continuously working in COVID response programs after the outbreak of COVID-19 in Nepal. KAAN is a voluntary organization formed by KOICA fellows in 2001. Since its inception it has been involving in different kinds of social activities as well as educational activities. It has been organizing knowledge sharing programs, blood donations programs, medical camps, school support programs, hospital support programs etc. Till now there are above 300 members who are associated in KAAN. Capacity Improvement and Advancement for Tomorrow (CIAT) is one of the important KOICA’s development cooperation programs in Nepal which has been implemented since 1991. This program aims in developing capable human resource for the nation’s development. Through short and long term (Master’s Degree Scholarship Program) capacity development program, KOICA aims in training the government officials in various development sectors via sharing Korea’s experience and technology for development. Every year, more than 80 government officials of Nepal participate in various fellowship programs. Till date, more than 1800 government officials have participated in various KOICA’s fellowship program in Korea. This year 6 fellowship programs (5 country specific and 1 global) will be conducted in virtual way amidst the pandemic.

EDUCASTHICASTJUPITER MEDIAJUPITER TELEVISIONKAANKOICA

14/06/2021

https://educastnepal.com/स्टडी-इन-इन्डिया-भर्चुअ/

‘स्टडी इन इन्डिया भर्चुअल एक्स्पो’ घरमै बसेर ४० बढी विश्वविद्यालयको जानकारी लीने अबसर अब २दिन बाँकी
एडुकाष्ट। भारत अध्ययन विशेष स्टडी इन इन्डिया भर्चुअल एक्सपोले विद्यार्थीलाई भारतमा हुने अध्ययनबारे अन्तर्राष्ट्रिय विद्यार्थीलाई सबै जानकारी गराएको छ । आयोजक संस्था अफेयर्स एक्जिविसन एण्ड मिडियाले विश्वका ४५ राष्ट्रका विद्यार्थीलाई भारतको शिक्षा प्रणाली, अध्यापन हुने विषय, विश्वविद्यालयले प्रदान गर्ने छात्रवृत्ति, भौतिक शैक्षिक वातावरणको विषयमा जानकारी दिइएको जुपिटर मिडिया लाई जानकारी गराउनु भयो ।

उक्त एक्स्पो शुक्रवारदेखी ५ दिनसम्म भर्चुअल रुपमा सञ्चालन भइरहेको आयोजकले जनाएको छ । एक्सपोमा ४० बढी विश्वविद्यालय, २ सय भन्दा बढी विषय र सत प्रतिशतसम्म छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ ।

यो एक्सपोले विद्यार्थीलाई भारतमा अध्ययनको विषयमा एउटा माइन्डसेट तयार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
विद्यार्थीले विश्वविद्यालयकै प्रतिनिधीबाट घरमै बसेर आवश्यक सबै जानकारी पाउन सक्ने भएकाले यो एक्स्पो महत्वपूर्ण हुने भारतिय शैक्षिक मानवस्रोत व्यवस्थापन गर्ने संस्था एडसिलका अध्यक्ष एवं कार्यकारी निर्देशक मनोज कुमारले बताए ।
उनले भने, ‘एक्स्पो हालको परिस्थितीमा धेरै नै उपायोगी हुने र विद्यार्थीले यसबाट भारतको शैक्षिक प्रणालीको विषयमा सबै जानकारी पाउनसक्ने भएकोले अफेयर्सको यो कार्यक्रम एकदमै उपयोगी हुनेछ ।’

त्यस्तै अफेयर्स एक्जिविसन एण्ड मिडियाका कार्यकारी निर्देशक सञ्जिव वोलियाले भारतिय शैक्षिक संस्थालाई विश्वव्यापी रुपमा परिचित गराउन अन्तर्राष्ट्रिय विद्यार्थीलाई भारत अध्ययन विशेष सम्पूर्ण शैक्षिक जानकारी दिइने बताए।
एक्सपोमा सहभागि हुन विद्यार्थीहरुले यसको वेभसाइट स्टडि इन इन्डिया डटकममा रजिस्टर गर्न सक्नेछन् ।

https://studyinindiaexpo.com/?utm_source=NP%202

14/06/2021

https://educastnepal.com/समृद्धि-मोवाइल-बैंकिंग-ए/
समृद्धि मोवाइल बैंकिंग एपबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने

एडुकाष्ट। नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै समृद्धि मोवाइल बैंकिंग एपबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ ।
जस अन्तर्गत सिटी एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ । यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहक महानुभावहरुले नेपालभरी पैसा पठाउन र विदेश वा नेपाल भित्रबाट पठाएको पैसा घरै बसी पाउनेछन् ।
रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको रेमिट्यान्सबाट “सेन्ड मनी” मार्फत् सोझै नगद वा बैकको खातामा जम्मा गर्न मिल्ने दुवै सुबिधामध्ये एक रोज्न सक्नेछन् । यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ ।
यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको रेमिट्यान्सबाट “रिसिभ मनी”प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सक्नेछन् ।
साथै कम्पनीले संचालनमा ल्याएको समृद्धि एम बैङ्क एप्लिकेसन बाट ग्राहकहरुले घरमै बसी बसी डिजिटल पेमेन्टको प्रयोगबाट समानहरु खरिद गर्ने, एक बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्ने, विद्युत तथा फोन महशुल तिर्नूका साथै मोवाइल रिचार्ज गर्ने र अन्य धेरै सुविधाहरु लिन सक्नेल पनि जानकारी गराउनुभयो । हाल फाइनान्स कम्पनीका सम्पूर्ण ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग र डेवीट कार्ड सेवा सुचारु गर्दा कुनै पनि शुल्क नलिइ निशुल्क प्रदान गर्दै आएको व्यहोरा जानकारी गराएको छ ।
सो फाइनान्सले आफ्ना पाँच वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यावसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

https://www.facebook.com/100908238105983/posts/298809168315888/
20/04/2021

https://www.facebook.com/100908238105983/posts/298809168315888/

http://educastnepal.com/भिवो-एजुकेशनले-गर्यो-स्ट/

Educast Nepal

भिवो एजुकेशनले गर्यो स्टडी इन क्यानाडा इन्फर्मेसन सेसन
06
एडुकाष्ट। भिवो एजुकेशनले यसै साता उच्च शिक्षा हासिल गर्ने उद्देश्यले क्यानाडा जान चाहने बिध्यार्थी हरू लाई लक्षित गरी एक इन्फर्मेसन सेसनको आयोजना गरेको छ। क्यानाडामा अबस्थित प्रशिद्ध बिस युनिभर्सिटीका बारेमा एम यस एम गृपका कन्ट्रि मेनेजर, सुदीप गोसाइँले इन्फर्मेसन सेसन उपस्थित बिध्यार्थी हरू लाई जानकारी गराउनु भयो । क्यानाडाका उत्कृष्ट बिश्वबिद्यालयहरूमा अन्तर्राष्ट्रिय बिध्यार्थीहरूको जमघट, बिश्व स्तरीय शिक्षण पद्दतीका कारण क्यानाडीयन युनिभर्सिटीहरू अन्तर्राष्ट्रिय बिद्यार्थीहरूले रुचाइएको गोसाइँले इन्फर्मेसन सेसनमा जानकारी गराउनु भयो ।
“पोष्ट कोभिडको समयमा बिध्यार्थीहरूले टेस्ट प्रिपेसन, अब्रड स्टडी काउन्सिलिङ र युनिभर्सिटी भर्ना प्रकृयाका बारेमा जानकारी पाउन भनि हामीले यो स्टडी इन क्यानाडा इन्फर्मेसन सेसन को आयोजना गरेका हौ” भिवो एजुकेशनका चेयरम्यान सुनिल देवकोटाले मिडिया लाई जानकारी गराउनु भयो।
भिवो एजुकेशनले बिशेषत युके, यु यस् ए, अस्ट्रेलिया,न्युजल्याण्ड, इन्डिया लगायतका शैक्षिक गन्तव्यहरूमा उच्च शिक्षा हासिल गर्न चाहानु हुने बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श र टेस्ट प्रिपेसनमा केन्द्रित रहेर सेवा प्रदान गर्दै आएको छ। भिवो एजुकेशनले पुतलीसडक र नयाँ ठिमी दुबै शाखामा
IELTS/PTE/TOEFL को लागि उत्कृष्ट पुर्वाधारका बिच दक्ष ब्यबस्थापन र राम्रो इन्स्टक्टर द्वारा कक्षा सञ्चालन गरिरहेको छ ।

May the New Year 2078 bless you & your entire family with health, wealth & happiness.With Regards Sunil Acharya Director...
14/04/2021

May the New Year 2078 bless you & your entire family with health, wealth & happiness.
With Regards
Sunil Acharya
Director, Jupiter Media pvt Ltd. THANK YOU.

06/04/2021
22/03/2021

http://educastnepal.com/आँधी-र-भीषण-बर्षाको-कारणल/

आँधी र भीषण बर्षाको कारणले आएको बाढीले सिड्नीको धैरै ठाउँमा क्षति
गत शुक्रवार देखि अबिरल बर्षाको कारण NSW को घेरै ठाउहरूमा बाडि तथा पहिरो गई कतीपय ठाउँहरू बस्नको लागी असुरक्षित समेत भयको जानकारी आयको छ। यसैबीच अष्ट्रेलियाका लागि नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकहरुलाई सतर्क रहन र बाढी अनि आँधीको जोखिमबारे सचेत रहन अपिल गरेको छ । दूतावासले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश प्रकाशित गर्दै कुनै आपतकालीन अवस्था आइपरेको बेला स्थानीय ईमर्जेन्सी सेवाको फोन नम्बरमा सम्पर्क गर्न वा दूतावासमा आफ्नो अवस्थाबारे जानकारी दिन भनेको छ । अर्कोतर्फ, न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले पनि यस्तै सूचना जारी गर्दै कुनैपनि आपतकालीन अवस्थामा सहायताका लागि आफुहरु तयार रहेको जानकारी दिएको छ । बाढी प्रभावित क्षेत्रहरुमा नेपाली समेत बसोबास गर्ने भएपनि अहिलेसम्म स्थिति नियन्त्रणमै रहेको बुझिएको छ ।
जुपिटर मिडिया लाई जानकारी गराउँदै न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्काले भन्नु भयो,"यो अविरल बर्षा अंझै मंगलबार सम्म यथाबत रहने अनुमान गरियको कारण सबैजनाले होसियारी अपनाउनुहुन साथै मौसम् सम्बन्धी सरकारी सुचनाहरू लगातार पडनुहुन पनी आग्रह गर्दछौ।"

https://m.facebook.com/story.php?story_fbid=10215067213627207&id=1636712517
28/01/2021

https://m.facebook.com/story.php?story_fbid=10215067213627207&id=1636712517

http://educastnepal.com/लायन्स-क्लब-अफ-काठमाडौँ-क-2/
लायन्स क्लब अफ काठमाडौँ क्वेष्ट एभरेष्ट र लायन्स क्लब अफ काठमाडौँ सेन्टीनीयल वुमनको पोष्ट कोभिड न्युट्रेसीयस फुड सपोर्ट प्रोग्राम सम्पन्न
एडुकाष्ट। लायन्स क्लव इन्टरनेशनल अन्तरगतका काठमाडौँ क्वेस्ट एभरेष्ट क्लव र काठमाडौँ एभरेष्ट सेन्टनियल वुमनले सयुक्त रूपमा भक्तपुर, झौखेलमा अबस्थित मानव कल्याण आश्रम सेवा घर लाई पोष्ट कोभिड न्युट्रेसीयस फुड सपोर्ट गरेको छ।
मानसिक अबस्था गुमेका, सडकमा बेबारीसे हालतमा रहेका असाहय पीडितलाई उद्दार गरी परिबारमै पुनर्मिलन गराउदौ आएको मानव कल्याण आश्रम सेवा घरमै पुगी लायन्स क्लव इन्टरनेशनल अन्तरगतका काठमाडौँ क्वेस्ट एभरेष्ट क्लव र काठमाडौँ एभरेष्ट सेन्टनियल वुमनका पदाधिकारीहरू पुगेर पोषणयुक्त खाध्यान्न सहयोग गरेको छ। डिस्ट्रीक कोडिनेटर लायन अमर बहादुर श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौँ एभरेष्ट सेन्टनियल वुमनकी पास्ट प्रीसीडेन्ट लायन उत्तरा श्रेष्ठ, प्रीसीडेन्ट लायन गीता रिजाल, लायन्स क्लब अफ काठमाडौं क्वेष्ट एभरेष्टका प्रीसिडेन्ट लायन सरोज थापा, फस्ट भाइस प्रीसीडेन्ट लायन सुनिल आचार्य, सेकेन्ड भाइस
प्रीसीडेन्ट लायन प्रदीप सेन ठकुरी, सदस्य लायन फडिन्द्र सुवेदी, सदस्य लायन लक्ष्मण थापा, लायन्स क्लब अफ काठमाडौँ एभरेष्ट सेन्टनियल वुमनकी सदस्य लायन सरिता थापा सहितको समुहले पोषणयुक्त खाध्यान्न हस्तान्तरण गरिएको हो।
लायन्स क्लब अफ काठमाडौं क्वेष्ट एभरेष्ट १२१ अौँ क्लवको रुपमा वल्डटपर क्लवको रूपमा रहिरहदा यो पहिलो सामाजिक काम निकै उत्साह पुर्बक अगाडि बढिरहेको र भविष्यमा पनि यसै गरि उत्प्रेरीत भयर सामाजिक सेवामा लाग्न कार्यक्रमका प्रमुख अतिथि तथा डिस्ट्रीक कोडिनेटर लायन अमर बहादुर श्रेष्ठले उत्प्रेरणा प्रदान गर्नुभयो।
कार्यक्रममा सुमि मानवको सेवा घरको उत्कृष्ट सेवा देखि खुसी भयर लायन्स क्लब अफ काठमाडौँ एभरेष्ट सेन्टनियल वुमनकी पास्ट प्रीसीडेन्ट लायन उत्तरा श्रेष्ठले रू एक हजार नगद सहयोग र लायन्स क्लब अफ काठमाडौं क्वेष्ट एभरेष्टका सेकेन्ड भाइस
प्रीसीडेन्ट लायन प्रदीप सेन ठकुरीले आफ्नो आमाको दोस्रो पुन्य तिथिको सम्झना गर्दै रू दुई हजार नगद सहयोग हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमको पोष्ट कोभिड न्युट्रेसीयस फुड सपोर्ट प्रोग्रामको संयोजन लायन्स क्लब अफ काठमाडौं क्वेष्ट एभरेष्टका फस्ट भाइस प्रीसीडेन्ट लायन सुनिल आचार्यले गर्नु भएको थियो।

http://educastnepal.com/नेपाल-पर्यटन-बोर्डको-घुम/नेपाल पर्यटन बोर्डको घुमौ पुर्व प्रदेश नम्वर १ अभियान सुरु“घुमौ पुर्व प...
25/01/2021

http://educastnepal.com/नेपाल-पर्यटन-बोर्डको-घुम/
नेपाल पर्यटन बोर्डको घुमौ पुर्व प्रदेश नम्वर १ अभियान सुरु

“घुमौ पुर्व प्रदेश नम्वर १” भन्ने मुख्यः नारासहित १ नम्वर प्रदेशका पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्ड सहितको १३ सदस्यीय टोलीले आन्तरिक पर्यटन पुनरूत्थान एवं प्रवद्र्धन अभियान मिति २०७७ माघ १० मा जनकपुरबाट सुरु गरेको छ ।

नेपाल पर्यटन वोड प्रवद्र्धक तथा नेपाल एशोसिएसन टुर एण्ड ट्राभल एजेण्टस् नाटा १ नम्वर प्रदेश तथा होटल संघ नेपाल पूर्व शाखाको संयोजकत्वमा विटुविका लागि टोलीले जनकपुर, चितवन,पोखरा, लुम्बिनी र पाल्पाका पर्यटन व्यवसायीहरूबीच छलफल गर्ने छ ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले ‘अन्तराष्ट्रिय पर्यटन बजारमा प्रचलित ब्यवसायी ब्यवसायी बीचको ब्यवसाय प्रबद्र्धन गरिने छलफल बिटुबीलाई नेपाली मोडेलमा प्रदेशको तहमा ब्यापक बनाउने उद्देश्यले यो अभियान आयोजना गरिएको हो‘ बताउनुहुन्छ । s

एकआपसमा आन्तरिक पर्यटकको संख्यामा बृद्धि गर्न विभिन्न ठाउँका धार्मिक एवम् पर्यटकिय क्षेत्रका विकास, प्रवर्द्धन र प्रचार प्रसारकालागि के कस्ता उपायहरू अघि सार्न सकिन्छ भन्ने विषयमा सम्वद्ध व्यवसायीहरूबीच छलफलहरुको आयोजना यो अभियान अन्तरगत गरिनेछन् । यस अभियान अन्तरगत ब्यवसायहरु बीच सहकार्य गराई आन्तरिक पर्यटकका लागि भ्रमण प्रबद्र्दनबाट पर्यटनले गति लिने अपेक्षा गरिएको छ ।

टोलीमा नेपाल पर्यटन बोर्डका अधिकृत प्रेमप्रसाद भट्टराई, आन्तरिक पर्यटन पुनरूत्थान एवम् प्रवर्द्धन अभियानका संयोजक भविशकुमार श्रेष्ठ, नाटा प्रदेश नम्वर १ का अध्यक्ष उदयकुमार श्रेष्ठ, अभियानका सहसंयोजक वासुदेव बराल, विराटनगरका होटल व्यवसायी राजन श्रेष्ठ, नाटाका महासचिव नविन खरेल, मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, नाटाका प्रदेश सदस्य ज्ञानमणि नेपाल, ईटहरीका होटल व्यवसायी जीवन पराजुली लगाएतकाहरुको सहभागिता रहेको छ । बिटुबी कार्यक्रम जनकपुर, चितवन, पोखरा र पाल्पामा हुँदै मिति २०७७ माघ १५ मा लुम्बिनीमा सम्पन्न हुनेछ ।

काठमाण्डौं भेडेटार र इलाम पर्यटक बससेवा फागुनबाट

आन्तरिक पर्यटनमा पूर्वलाई काठमाण्डौंसँग पर्यटक बससेवाबाट जोड्ने उद्देश्यका साथ फागुन पहिलो सातकाबाट काठमाण्डौं भेडेटार र इलाम पर्यटक बससेवा सञ्चालन हुने भएकोछ । नेपाल पर्यटक यातायात ब्यवसायी संघको सकृयता र नेपाल पर्यटन बोर्डको पहलमा सञ्चालन हुन लागेको बससेवा स्वास्थ्य प्रोटोकोलको पालना गरी २७ सिटर पर्यटक बसबाट गरिने भएको छ । हाल काठमाण्डौंबाट पोखरा, चितवन, लुम्बिनी, जनकपुर र बिरगञ्ज पर्यटक बससेवा उपलब्ध छन् । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी प्रबद्र्धन र बससेवासँगै गुणस्तरको बृद्धिले नै पर्यटनले आशातीत प्रतिफल पाउने बताउनुहुन्छ ।

May you have a prosperous New Year. Wishing you a happy, healthy New Year 2021.
31/12/2020

May you have a prosperous New Year. Wishing you a happy, healthy New Year 2021.

05/12/2020

प्रतियोगितामा मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ, मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्मा र मिस सुपरनेशनल सिमल कनौजियाले जितेका छन् । उनीहरु तीनै जनाले नगद २ लाख ५० हजार प्राप्त गरेका छन् ।
http://educastnepal.com/नम्रता-श्रेष्ठ-बनिन्-मिस/

http://educastnepal.com/आज-बाट-सुरु-भयो-कक्षा-१२-को/एडुकाष्ट। कोभिड महामारीका बीच मंगलबारदेखि मुलुकभर कक्षा १२ को परीक्ष...
24/11/2020

http://educastnepal.com/आज-बाट-सुरु-भयो-कक्षा-१२-को/

एडुकाष्ट। कोभिड महामारीका बीच मंगलबारदेखि मुलुकभर कक्षा १२ को परीक्षा सुरु भएको छ । कतिपय स्थानीय तहले विद्यार्थी, शिक्षक र अभिभावकमा संक्रमण फैलिएर वैकल्पिक कक्षासमेत स्थगन गरेका बेला राष्ट्रिय परीक्षा बोर्डले संक्षिप्त परीक्षा सञ्चालन गरेको हो ।

24/11/2020

साथी हरू ४९९९ माथि भयकाले यो पेज कृयट गरेको छु।

Address


Telephone

+9779841712200

Website

Alerts

Be the first to know and let us send you an email when Sunil Acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share