Mitralal Sharma

  • Home
  • Mitralal Sharma

Mitralal Sharma I’m trying to create something.

31/10/2023

पापीलाई सबैभन्दा बढी पुण्य चाहिन्छ,
अधर्मीलाई सबैभन्दा बढी धर्म चाहिन्छ।
धनले सबै कुरा किन्न नपाइने रहेछ त्यसैले,
बदनामलाई सबैभन्दा बढी नाम चाहिन्छ ।

10/10/2023

कसैलाई जलाउनु छ भने पुर्ण रुपमा जलाएर छोड्नु, आगो मात्र लगाएर छोड्यौ भने तिमी आफैं समस्यामा पर्नेछौ ।

29/09/2023
24/07/2023

अझै बढी प्रगाढ हुने अपेक्षाका साथ गाँसिएका सम्बन्धहरु कहिलेकाहीँ तिक्तता तिर मोडिंदा रहेछन् ।

26/06/2023

कसैलाई प्रहार गर्नु अघी उसको चाल अध्ययन गर्नु आवश्यक हुन्छ ।

19/12/2022

मेरा प्यारा साथीहरु, नमस्कार ! भोलि अर्थात् मंगलबार मेरो फेसबुकमा अन्तिम दिन रहनेछ । त्यसपछि म कहिल्यै अनलाईन आउने छैन, न कि कुनै पोष्टहरु गर्नेछु । किनकि पर्सि अर्थात् बुधबार देखि म अध्ययनको सिलसिलामा अमेरिका जाँदैछु ।
सामाजशास्त्रका ती कक्षाहरु निरन्तर चार बर्षसम्म चल्नेछन् । त्यसपछिको मेरो दैनिकी अत्यन्तै व्यस्त रहनेछ । यति व्यस्त रहनेछ कि सायद मलाई फेसबुक चलाउन समेत फुर्सद हुनेछैन । म सबैलाई सम्झिरहेको हुनेछु । समय अत्यन्तै कम छ र त्यो छिटो दौडिन्छ । मैले सबैलाई म जाँदैछु भनेर खबर दिन सकेको छैन । कृपया मलाई चिन्ने सबैलाई यो सन्देश फरवार्ड गरिदिनु होला ।
मैले पनि यो सन्देश प्राप्त गर्नासाथ फरवार्ड गरेको हुँ ।
मलाई पनि यो थाहा छैन कि अमेरिका को जाँदैछ ?😊😁

02/11/2022

Punturee

@भाइटिका
31/10/2022

@भाइटिका

14/10/2022

साथीहरु आज हामी सपनाका बारेमा कुरा गरौं है । आफ्नो जीवनकालमा हामी निदाएका बेला त्यस्ता धेरै सपनाहरु देखेका हुन्छौं जो हाम्रो सोचाइ भन्दा विल्कुल फरक हुन्छन् । विपनामा कहिल्यै सोचेकै छैन भन्ने जस्ता कुराहरु पनि आउँछन् । हो कतिपय सपनाहरू त्यस्ता पनि होलान् । तर धेरैजसो सपनाहरू विभिन्न समयमा हाम्रो मनमा खेलेका कुराहरुको प्रतिबिम्बका रुपमा आएको अनुभव मैले पाएँ । तर ती सबै ए टु जेड नभएर अथवा जस्ताको तस्तै नआएर फरक फरक घटना प्रसँगहरु मिश्रित रुपमा आउँदा रहेछन् ।

म तपाईंहरु सँग मैले हालसालै देखेको एक सपनाको बारेमा कुरा गर्न चाहन्छु । त्यो भन्दा अगाडि एउटा कुरा के भनिहालौं भने सपनाका बिषयमा धेरै विद्वानहरुले धेरै व्याख्या गरेका होलान् । लेख, रचना, पुस्तक, चलचित्र आदिमा धेरै उल्लेख गरिएको होला । तर आज मैले चाहिँ ती विभिन्न ठाउँमा बताइएका तथ्यहरुको अध्ययन विना केवल आफ्नो अनुभव मात्र शेयर गर्न खोजेको हुँ । ल आउनु होस् अब प्रवेश गरौं खास बिषयवस्तु तिर ।

मैले देखेको सपना यसप्रकार छ :
म मेरा ३ जना आफन्तहरुको बिचमा छु । ती मध्य एक दम्पती छन् । अर्का एकजना पुरुष जो मध्यपानको नशामा चुर भएर महिलालाई पछाडी बाट अंगालेर राखिरहेका छन् भने महिलाका श्रीमानले छुटाउन कोशिश गरिरहेका छन् । यत्तिकैमा एक्कासि ती पुरुषले महिलाका संवेदनशील अंगमा हात लगाउन पुग्छन् । त्यसपछि महिलाका श्रीमान् अलि कडा रुपमा प्रस्तुत भएर २/४ थप्पड गालामा जमाइदिन्छन् तर उनको प्रहार खासै कडा हुँदैन । तर मलाई त्यो कुरा पाच्य हुँदैन र मेरो साथमा भएको एउटा तौलियाले हिर्काउँदै ती पुरुषलाई लखेट्न थाल्छु । यत्तिकैमा प्रसङ्ग बदलिएर अर्कैतिर पुग्छ ।

अब मेरो सपना र विपनाको बिचमा कति समानता थिए त भन्ने बारेमा बताउँछु है त । ती बदमाश पुरुष लाई अघिल्लो साँझ नशामा लठ्ठिएकै देखेको थिएँ । दम्पतीको संयुक्त तस्विर पनि संजाल तिर देखेको थिएँ । सपनामा अलि अनौठो संयोग के थियो भने आफ्नी श्रीमती माथि दुर्व्यवहार गरेकोमा श्रीमानको प्रतिक्रिया खासै कडा थिएन । सपनाभित्र त्यो खालको विश्लेषण पनि मनभित्र आउँदो रहेछ । फेरी उतिबेलै आफ्नो मनले नै जवाफ दियो शायद आदरणीय व्यक्ति भएको कारण बिषय वस्तु धेरै तन्काएनन् अथवा धेरै लफडा गरेनन् ती महिलाका श्रीमानले ।

अन्त्यमा निष्कर्ष सपना भनेको हाम्रो विपनामा विभिन्न समयमा भएका घटना , देखिएका दृश्य , गरिएका संवाद , छलफल र भेटघाट आदि कुराहरुको समिश्रण रहेछ भनेर यो प्रसँग टुंग्याउने अनुमति चाहे । धन्यवाद !

12/10/2022

From my reels.

11/10/2022
10/10/2022

Address

Bhimad-5, Buduwa

Alerts

Be the first to know and let us send you an email when Mitralal Sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mitralal Sharma:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share