NauloYatra

NauloYatra Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NauloYatra, Newspaper, .

04/11/2022

पथलैया चौकी इन्चार्ज बिहिन सेवाग्राही मारमा

जीतपुर १८ कार्तिक ।
पथलैया चौकी इन्चार्ज बिहिन सेवाग्राहीहरु मारमा परेका छन ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका वड नम्बर १ पथलैयामा रहेको प्रहरी चौकी जुनकी पक्ष्मिमार्ग र पुर्वीमार्गको मुहारले जान्निछ।
तर तेहि चौकीका इन्चार्जले आफ्नो ठुला हाकिमहरुको पदको दुरुपयोग गर्दै प्र.हवल्दारहरु माथी चौकी छोडेर कहिले कहा र कतै डुलिरहेकी गुनासो समेत आइरहेको छ।
बिगत पाँच महिना देखी कर्यरत रहेका ईन्चार्ज मनोज यादव महिनाको ५ दिनदेखि १० दिन सम्म मात्र डिउटी गर्दै आइरहेको स्थानीहरुरुको गुनासो आईरहेको छ ।
यादव ठुला हाकिमहरु छात्रछाँयमा रहेर पथलैया चौकीलाई अलपत्रमा परेको नाम नखुलने सर्तमा केही स्थानीयहरुको गुनासो आएको छ । बिरगंज बाट सिधै नेपाल अधिराज्यभरि ठुलो मात्रामा गाडी आेहरदाेहर गर्ने सडकमा गएर जिम्मेवारी पुर्ण चाैकीका प्रमुख यादव बेपता हुनछन ।

नेपाल बिधुत प्रधीकरणको जरुरी सूचना ।जीतपुर ११ भदौ।नेपाल बिधुत प्रधीकरण सिमराकाे जरुरी सुचनाजितपुर,सिमरा  ,परस्व ,लक्ष्मी...
27/08/2022

नेपाल बिधुत प्रधीकरणको जरुरी सूचना ।
जीतपुर ११ भदौ।
नेपाल बिधुत प्रधीकरण सिमराकाे जरुरी सुचना
जितपुर,सिमरा ,परस्व ,लक्ष्मीपुर काे ११ केबी मुसहर्नीमाइ ११ केबी परवानीपुरकाे लाइन मर्मात कर्या हुनाले बिहान काे १० बजेदेखि बेलुका ५ बजे सम्मलाई उधाेग तथा घरहरुकाे लागि काटीने भएको नेपाल बिधुत प्रधीकरण सिमरा शाखाद्वारा पत्र जारी गरिएको छ ।

शकांस्पद १३जनालाई  बिर्ता प्रहरीद्वारा पक्राउ । जितपुर बारा भदौ ७ गते ।शकांस्पद १३जनालाई  बिर्ता प्रहरीद्वारा पक्राउ गरि...
23/08/2022

शकांस्पद १३जनालाई बिर्ता प्रहरीद्वारा पक्राउ ।
जितपुर बारा भदौ ७ गते ।

शकांस्पद १३जनालाई बिर्ता प्रहरीद्वारा पक्राउ गरिएको छ। ।

वीरगञ्जका विभिन्न स्थानमा वडा प्रहरी कार्यालय बिर्ताले चलाएको अपराध नियन्त्रण अभियानअन्र्तगत स्वीप अपरेशनका क्रममा १३ जनालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिए ।

उनका अनुसार मापसे गरी सवारी दुर्घटना, झैझगडा, गरगहना चोरी, मोटरसाइकल चोरी लगायतका अपराधहरुको नियन्त्रणका लागि कार्यालयबाट खटिएको मोबाइल तथा पैदल गस्ती टोलीले मध्यराति १२ बजेदेखि २ बजेसम्मको अवधिमा उनीहरुलाई पक्राउ गरिएको हो ।

मापसे गरेका र शंकास्पद तवरले चोरी गर्ने प्रयोजनका साथ हिँडीरहेकाहरुलाई पक्राउ गरेर आवश्यक अनुसन्धान थालिएको प्रहरी निरीक्षक मल्लले जानकारी दिए ।

एटीएममा चोरी गरै क्रममा २ जना प्रहरी  नियन्त्रणमा ।जीतपुर १० साउन । वीरगञ्जको लिंक रोडमा रहेको माछापुच्छ्रे र एनआईसी एसि...
26/07/2022

एटीएममा चोरी गरै क्रममा २ जना प्रहरी नियन्त्रणमा ।

जीतपुर १० साउन ।
वीरगञ्जको लिंक रोडमा रहेको माछापुच्छ्रे र एनआईसी एसिया बैंकको एटीएम मेसिन फोडेर पैसा चोरीगर्न लागेको अवस्थामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पैसा चोर्ने उद्धेश्यले आइतबार राती करिब ११ बजेतिर एटीएम मेसिन फोडिरहेको अवस्थामा २ जनालाई वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक डिल्लिराज सापकोटाले पक्राउ गरिएको बताए ।

पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ५ का अजय चौधरी र कलैया उपमहानगरपालिकाका राजकपुर चौधरी रहेका छन् ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाउनुका साथै चोरी सम्बन्धी कसूरमा मुद्धा चलाइएको प्रहरी निरीक्षक सापकोटाले बताए ।

एटिएम मेशिनमा सामान्य क्षति भएकोे छ वीरगञ्जमा एटिएम मेशिन फोड्ने घटना पहिलो भएको प्रहरीले जनाएको छ ।

यस प्रकारको घटनाले सुरक्षा चुनौती थपिएको बैंकरहरूले बताएका छन् । रातभरि खुल्ने एटिएम मेशिनमा चोरहरूको आँखा लागेपछि वीरगञ्जका बैंकहरू चिन्तित भएका छन् ।

माछापुच्छ्रे बैंकको एटिएम सोही बैंकको भवनमा रहेको तथा त्यहाँ रातभरि निजी सुरक्षागार्ड तैनाथ रहन्छन् ।

केही दिन अघि काठमाण्डौमा पनि एटीएम मेसिन फोडेर पैसा चोरी गर्ने प्रयास गरेका २ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

ज्यानमारा उधोग नेपोभिट टाय्लस कम्पनी ।जीतपुर १३ असार।जीरपुरसिमरा उपमहानगरपालिका  वड नम्बर ८ स्थित रहेको नेपोभिट टाय्लस क...
27/06/2022

ज्यानमारा उधोग नेपोभिट टाय्लस कम्पनी ।

जीतपुर १३ असार।
जीरपुरसिमरा उपमहानगरपालिका वड नम्बर ८ स्थित रहेको नेपोभिट टाय्लस कम्पनीको केमिकल पानी खोलामा झारदा खेतीको बाली नष्ट भईरहेको छ। साथै क्यौ जीवजन्तूहरु मर्दै गइरहे तर कम्पनीले स्थानीयहरुको पिरमारका बुझेन्न।

साथै वडा अध्यक्ष सङ्ग सोधपुछ गर्दा वडा अध्यक्षले स्थानीयहरुको गुनासो सुनी ईलाका प्रहरी कार्यलय सिमरा र नगरपालिका समेतमा निवेदन दिएको छौ अध्यक्षले जनकारी गराए।

पहिलो चोटि जीतपुरसिमरा नगर उधोग बाणिज्य संघको चुनाव हुँदै।https://youtu.be/5Gf4Cs-dCD0
26/06/2022

पहिलो चोटि जीतपुरसिमरा नगर उधोग बाणिज्य संघको चुनाव हुँदै।https://youtu.be/5Gf4Cs-dCD0

नगर प्रमुखद्वारा उप-प्रमुखको माईक खोसने प्रयास।जीतपुर १० असार ।अन्यौलमा रहेको जीतपुरसिमराको नगर सभाको विषयमा उपप्रमुख भो...
24/06/2022

नगर प्रमुखद्वारा उप-प्रमुखको माईक खोसने प्रयास।

जीतपुर १० असार ।
अन्यौलमा रहेको जीतपुरसिमराको नगर सभाको विषयमा उपप्रमुख भोलाप्रसाद अधिकारीले आफ्ना भनाई राख्दै गर्दा नगर प्रमुख राजन पौडेलले अत्यन्तै अमर्यादित शैली देखाएका छन् ।

उपप्रमुखले बोलिरहेकै बेला पौडेलले पटकपटक माईक खोस्ने प्रयास गरेका थिए । अन्यौलमा रहेको सभाका विषयमा नगर सभा सदस्यलाई सम्बोधन गरिरहेका उपप्रमुखको माईक खोस्ने प्रयास गरेका पौडेल आक्रोशित देखिन्थे ।

आफ्नो र उपप्रमुखको पदिय गरिमा बिर्सिदै प्रमुख पौडेलले माईक खोस्न थालेपछि पत्रकारले उपप्रमुखलाई ‘बोल्न दिनु’ भन्दै आग्रह गरेका थिए ।

प्रमुख पौडेलले यसअघि वडा नं. ३ का अध्यक्ष तारा कार्कीले आफ्ना भनाई राख्ने क्रममा पनि माईक खोस्ने प्रयास गरेका थिए । अन्यौलमा रहेको नगर सभाको विषयमा छलफलबाट निष्कर्ष निकाल्नुपर्ने वडाध्यक्षको मागका विषयमा आफ्नो भनाई राखेका प्रमुख पौडेलले लगत्तै वडाध्यक्ष कार्कीले बोल्ने क्रममा माईक खोस्ने प्रयास गरेका थिए ।

कार्यक्रममै वडाध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल बोल्ने क्रममा माईक खोसेका थिए । प्रमुख प्रशासकीय अधिकृत पोखेलले नगर सभा स्थगित गर्ने कुरा चलेको र विधिवतरुपमा सभाको सुरुवात गर्न राष्ट्रिय धुन बजाउन आग्रह गरेलगत्तै कार्कीले माईक खोसेका हुन् । ई सिलालेख

उधोगको प्रदुसित पानीको कारण घर पालुवा जनावरहरु मर्दै।जीतपुर १० अषार  ।नेेपाेेभिट टयालस् उधाेगकाे प्रदुषित पानीका कारन   ...
24/06/2022

उधोगको प्रदुसित पानीको कारण घर पालुवा जनावरहरु मर्दै।

जीतपुर १० अषार ।नेेपाेेभिट टयालस् उधाेगकाे प्रदुषित पानीका कारन १०वाट भैंसी मध्ये ४ वाट भैंसी मरेको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा ८ स्थित रहेको नेपाेभिट टयालस् उधाेगकाे प्रदुषित पानीका कारण धामधाम भैसीहरु मरिरहेकाे स्थानीयहरुले बताएका छन् । वडा ८ स्थानीय भैसी कृषक जगरनाथ यादवले म अहिले पिडामा रहेको छु ।

मेराे कुनै ब्यवासाय छैन म भैंसी पलेर नै आफ्नो घरबार चलाउने गर्छु । अहिले ६वाट भैंसी पालनपोषण गर्छु त्यस मध्ये १ वाट भैंसीले खोलाको पानी खाएर मरेेकाे छ।

स्थानी गाउँबासिहरुले भने याे उधाेगकाे प्रदुषित पानी निस्केर खाेलामा बगिन्छ खाेलामा धेरै जसाे गाउँका भैंसी बाख्राहरु खाेलाबाट पानी खाने गर्छन र अहिले भैसीकाे जिउमा पाेकाहरु हुने देखिएको पाइन्छ आदेश महतोले बताउनु भयो ।

त्यस्तै केहिदिन अगाडी अर्को भैसी कृषक जय नारायण चाैधरीकाे पनि तीन वाट भैंसी मरेको छ । ती कम्पनी विरुद्ध वडा कार्यालय , प्रहरीर मा निबेदन दिएकाे छौ चाैधरीले बताए ।

एउटा भैसी किनदा लगभग १ लाखदेखि दुई लाख सम्म पर्छ हामीलाई उचित मुआब्जाकाे माग निबेदनमा लेखेका छौ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा ८ का वडा अध्यक्ष शिव शंकार महताेका भनाइ उधाेगहरुकाे प्रदुषित पनिले हाम्रो गाउँ घरकाे खाेलानालाहरु धेरै नै प्रदुषित भैरहेको छन।

यस्तो उधाेगलाई कानुनको दायरामा लिई कडा भन्दा काडा करवाही गराउनेले छु अध्यक्ष महतो भनाई रहेको छ।

जितपुरसिमरा उपमहानगरपालिका वातावरण शाखाका प्रमुख पुष्प सिंहले भने अहिलेसम्म नगरमा कुनै पनि उपकरण नै छैन त्यसैले कुनै पनि प्रदुषित तथा वातावरण एकिन गर्न सकिन ।

उधाेगकाे प्रशासन नगेन्द्र जैसवालसँग बुझदा खाेलामा धेरै उधाेगहरुकाे पानी बग्छन ठिक छ त्यस्तो छ भने प्रहरी प्रशासनमा तपाईहरु निबेदन हालनु हामी तेहि कुरो गरौला जैसवालको भनाइ रहेको स्थानीयको गुनासो पनि आएको छ ।

कल बाइपास गरेको आरोपमा वीरगञ्जबाट एकजनालाई प्रहरीले  नियन्त्रणमा   जीतपुर ७ अषाढ ।  कल बाइपास गरेको आरोपमा वीरगञ्जबाट एक...
22/06/2022

कल बाइपास गरेको आरोपमा वीरगञ्जबाट एकजनालाई प्रहरीले नियन्त्रणमा जीतपुर ७ अषाढ ।
कल बाइपास गरेको आरोपमा वीरगञ्जबाट एकजना प्रहरी नियन्त्रणमा ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले अवैध रुपमा कल बाइपास गरेको आरोपमा भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो ।

ब्युरोबाट खटिएको टोलीले वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर विशाल मल्लको सहयोगमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ स्थित रेल्वे रोडबाट मनान मियाँ तेलीको घरबमा बसेर अवैध रुपमा कल बाइपास गरिरहेको अवस्थामा खानलाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले तेलको घरमा छापामारी गरेर खानलाई भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओईपी) कल बाइपास गरिरहेको अवस्थामा विभिन्न सामग्री र उपकरणसहित नियन्त्रणमा लिएको जनाईएको छ ।

घटनाबारे थप अन्सन्धान भइरहेको र खानलाई जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइएको सिआइबी काठमाडौंका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

कसरी हुन्छ अवैध कल बाइपास ?

एउटा नेटवर्कदेखि अर्को नेटवर्कलाई जोड्ने काम गेटवेको हो । नेपालमा दुरसञ्चार प्राधिकरणबाट अनुमति लिएर टेलिफोन सेवा प्रदायक कम्पनीहरु एनसेल, एनटीसी, स्मार्टसेललगायतले अन्तर्राष्ट्रिय कल नेपालमा भित्र्याउने गरेका छन् ।

यो वैधानिक गेटवे हो । तर, कुनै गिरोहले त्यसरी नेपाल बाहिरबाट आउने कललाई वैधानिक गेटवेतिर प्रवेश गर्न नदिई आफ्नो रुटमा डाइभर्ट गर्छन् । र, अन्तर्राष्ट्रिय कललाई लोकल कलका रुपमा सम्बन्धित टेलिफोन वा मोबाइलसम्म पुर्‍याउँछन् ।

यही प्रक्रियालाई नै अवैध कल बाइपास भनिन्छ । प्रविधिका जानकारहरुका अनुसार दूरसञ्चारको गेटवेलाई बाइपास गरेर सिधै अवैध बाटोबाट सम्बन्धित ल्याण्डलाइन वा मोबाइलमा कल टर्मिनेट गराउने प्रक्रियालाई अवैध कल बाइपासको रुपमा बुझ्न सकिन्छ ।

कल बाइपास गर्दा दुरसञ्चार प्रदायककालाई जाने रकम जाँदैन । जस्तै–विदेशबाट नेपालमा आउने कलको रकम प्रतिमिनेट ९ रुपैयाँ छ भने भीओआईपीको प्रयोगपछि त्यो रकम ५ रुपैयाँमा झर्छ । त्योबीचको फरक ४ रुपैयाँ चाहिँ जुन देशबाट फोन आउँछ, त्यहाँका समूह वा सञ्जाललाई हुने फाइदा हो ।

त्यस्ता गिरोहले अन्तर्राष्ट्रिय कललाई आधिकारिक गेटवेबाट प्रवेश गर्न नदिई भीओआईपी वा जीओआईपी (जीएसएम ओभर इन्टरनेट प्रोटोकल) र दुरसञ्चार प्रदायकका सीम कार्ड प्रयोग गरेर अवैध बाटोबाट भित्र्याउँछन् ।

यसरी दुरसञ्चार वा एनसेलको सर्भरमा टर्मिनेट हुँदै सम्बन्धित व्यक्तिको फोनमा कल टर्मिनेट हुनु पर्नेमा सिधै प्रयोगकर्तामा कल टर्मिनेट गराउने गरिन्छ । त्यसपछि प्रयोगकर्ता समक्ष फोन आउँदा समेत लोकल नम्बर नै देखिन्छ ।

अधिकारीहरुका अनुसार नेपालमा कल बाइपास गर्नु अवैध भए पनि अहिले अवैध कल बाइपास गर्न मुख्य सर्भर राखिने गरेका सिंगापुर, थाइल्याण्ड, बंगलादेश, श्रीलंका लगायतका देशमा वैध छ ।

कल बाइपास गरेर गलत र गैरकानुनी गविधि पनि गर्ने गरिएको छ ।

युवकलाई बन्धक बनाएर फिरौती मागने ३ जन्न्न पक्राउ ।जीतपुर ८ अषाढ । वीरगञ्जका १ जना युवकलाई बन्धक बनाएर फिरौती माग्ने ३ जन...
22/06/2022

युवकलाई बन्धक बनाएर फिरौती मागने ३ जन्न्न पक्राउ ।

जीतपुर ८ अषाढ ।
वीरगञ्जका १ जना युवकलाई बन्धक बनाएर फिरौती माग्ने ३ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कस्थित ट्राभल होटल एण्ड लजको १०७ नम्बर कोठामा एकजनालाई पुरुषलाई बन्धक बनाएको विशेष सूचनाको आधारमा खटिएको प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ निबासी २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फोन गर्न लगाएर पैँसा माग गर्ने हेटौडाका ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने २९ वर्षीय सुरेश लामा, वडा नम्बर १२ बस्ने २१ वर्षीय समिर बल र सोही ठाउँका २८ वर्षीय अशोक लामा रहेका छन् ।

पक्राउ परेका ३ जनाविरुद्ध जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

लागू-औषध गाजा सहित एक बृद्ध पक्राउ ।जीतपुर ७ अषाढ । लगभग साढे ४ किलो लागूऔषध गाँजासहित पर्साबाट एकजना वृद्ध पक्राउ परेका...
21/06/2022

लागू-औषध गाजा सहित एक बृद्ध पक्राउ ।

जीतपुर ७ अषाढ । लगभग साढे ४ किलो लागूऔषध गाँजासहित पर्साबाट एकजना वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ अकुवा टोल बस्ने ६८ वर्षीय रामेश्वर पञ्जियार रहेका छन् ।

अकुवा टोलमा अवैध रुपमा लागूऔषध गाँजा विक्री वितरण भइरहेको विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको टोलीले मंगलबार पञ्जियारलाई उनकै घरबाट नियन्त्रणमा लिएको हो । उनि आफ्नै घरमा लुकेर बसिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पञ्जियारको साथबाट प्रहरीले ४ किलो ३ सय ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्त एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले बताए ।

प्रहरीले उनीमाथि लागूऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको डिएसपी खनालले जानकारी दिए ।

मालपोतको क्रमचारी भन्ने एक ठगलाई १ लाख २५ हजार सहिय बिर्ता प्रहरीद्वारा पक्राउ ।जीतपुर ७ असार । नापी कार्यालय पर्सा वीरग...
21/06/2022

मालपोतको क्रमचारी भन्ने एक ठगलाई १ लाख २५ हजार सहिय बिर्ता प्रहरीद्वारा पक्राउ ।

जीतपुर ७ असार ।
नापी कार्यालय पर्सा वीरगञ्जका एक जना बिचाैलिया एक लाख २५ हजार घुसकाे रकमसहित रंगे हात पक्राउ परेका छन् ।

निजामति कर्मचारीको पोशाक लगाएका नापी कार्यालय पर्सामा कार्यरत रहेको बताउँदै सेवाग्राहीसँग अवैध रकम लिँदै आएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्ली निवासी ६० बर्षिय दिनेश पाण्डे भनिने उमा पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ्न ।

वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक विशाल मल्ल नेतृत्वकाे प्रहरी टोलीले वीरगञ्जको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्रबाट सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैयाँ लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेका हुन।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराउने भन्दै ३ महिनादेखि अनावश्यक नापी कार्यालयमा दौडाउदै आइरहेका पाण्डेले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएको र लालपूर्जाका लागि १ लाख २५ हजार रकम दिनु पर्ने माग गरे बमोजिम बैंकबाट रकम झिकी बुझाउने क्रममा निजलाई रंगेहात प्रहरीले पक्राउ गरेको इन्स्पेक्टर बिशाल मल्लले जानकारी गराए ।

अभियुक्तलाई ठगी कसुरमा कारवाही अगाडी बढाईने प्रहरी उपरीक्षक बस्नेतले बताए । नापी कार्यालयका कर्मचारीको मिलोमतोमा पाण्डेले बर्षौदेखि नापी कार्यालयका तल देखि माथी सम्मलाई मिलाएर कार्यलयको दोश्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोशाक समेत लगाएर बस्ने गरेको र उनि मार्फत नापी कार्यालय आउने सेवाग्राहीलाई अवैध रकम दिन बाध्य पारिने गरेको अनुसन्धानको क्रममा खुलेको पर्सा प्रहरीले जनाएको छ ।

घटनास्थल पुगेकाे सञ्चारकर्मीहरुको टोली घटना बारे बुझ्न नापी कार्यालयमा पुगेपछि कर्मचारीहरुले पिडितको लालपुर्जा तत्काल उपलब्ध गराएका थिए ।

यसले सरकारी पोशाकमै बिचौलिया ठग राखेर नापी कार्यालयका कर्मचारीहरुले सेवाग्राहीसँग रकम असुल्ने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ ।

जबरजस्ती करणी मुद्दाका फरार गिरीलाई बिर्ता प्रहरी द्वारा पक्राउ ।जीतपुर  ५ असार । पर्सा प्रहरीले जबरजस्ती करणी मुद्दाका ...
19/06/2022

जबरजस्ती करणी मुद्दाका फरार गिरीलाई बिर्ता प्रहरी द्वारा पक्राउ ।

जीतपुर ५ असार ।
पर्सा प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्‍ज महानगरपालिका-१ बस्ने ३५ वर्षीय उमाशंकर गिरी रहेका छन् ।

उनलाई वडा प्रहरी कार्यालय विर्ताका इन्चार्ज विशाल मलको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.१ छपकैयाबाट पक्राउ गरेएको छ । पक्राउ परेका गिरीलाई पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनले २०६९ जेठ २ गते राती १२ बजे मानसिक सन्तुलन ठीक नभएकी २६ वर्षीय महिलामाथि करणी गरी फरार रहेको प्रहरीको दाबी छ ।

जीतपुरसिमरा नगर उधोग बाणिज्य संघको महासचिवमा उम्मेद्बारी  किन ? उनको अन्तरबार्ता ...........
18/06/2022

जीतपुरसिमरा नगर उधोग बाणिज्य संघको महासचिवमा उम्मेद्बारी किन ? उनको अन्तरबार्ता ...........

जीतपुर सिमरा नगर उधोग बाणिज्य संघको महासचिव उमेदवार अनिल तिवारी सङ अन्तरबार्ता ।

बिल बिजक भन्दा बढी मेडिकल सामाग्री तथा खुद्रा सामानहरू लोड रहेका १ वटा ट्रक प्रहरीको नियन्त्रणमा।जीतपुर ३ गते असार ।जिल्...
17/06/2022

बिल बिजक भन्दा बढी मेडिकल सामाग्री तथा खुद्रा सामानहरू लोड रहेका १ वटा ट्रक प्रहरीको नियन्त्रणमा।

जीतपुर ३ गते असार ।
जिल्ला पर्साको बिरगंज महानगरपालिका घन्टाघर सडकखन्डमा रहेको ६६,८८,२४२ ट्रक र मालसामानलाई पर्साले नियन्त्रणमा लिएका छन।

विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीद्वारा अंदाजी २३:३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर ०८ घण्टाघर सडकखण्डमा ना.५ ख ९६७५ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएको तथा विल बिजक विनाका विभिन्न किसिमका मेडिकल सामाग्रीहरू समेत फेला परेको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिई रू. ६६,८८,२४२ मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७९।०३।०३ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी उपरीक्षक ओमप्रकाश खनालले नौलो यात्रा तथा नवजोश खबरलाई जानकारी गराए ।

प्रहरीकाे कारण  बारा जिल्ला बन्द १३ घम्टा बन्द।प्रहरीको कारण बारा जिल्लाको जीतपुरका मेन रोड आज बन्द भएको छ । रकेश भक्त प...
15/06/2022

प्रहरीकाे कारण बारा जिल्ला बन्द १३ घम्टा बन्द।
प्रहरीको कारण बारा जिल्लाको जीतपुरका मेन रोड आज बन्द भएको छ । रकेश भक्त पाैडेलकाे आज मृत्यु भएको १ महिना हुन थलेपछि स्थानीयहरु बारा जिल्लाकाे जितपुर बिहानै देखि बन्द गरेको छ । प्रहरीको अनुशान्धामा ढिलाे भएको कारण स्थानीयहरु आक्राेश भएको छन।

Address


Alerts

Be the first to know and let us send you an email when NauloYatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NauloYatra:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share