Our Gaighat

Our Gaighat media

01/11/2022

जो मानिस पीडालाई बुझछन ती मानिस कहिल्यै पनि पीडाको कारण बन्दैनन ।

07/10/2022

आमाको माया एउटा् यस्तो औषधि हो ,जस्को कहिल्यै अन्त्य हुदैन। आमाको त्यो खुशी नै जिन्दगीको सबैभन्दा ठुलो खुशी हो जुन आमाको मुहारमा सधै हासो देख्न पाइन्छ ।

17/09/2022

जब मानिस समस्या र अभावले जेलिन्छ तब उ नयाँ अवसरको सिर्जना गर्न सफल हुन्छ ।

15/09/2022

जुन सम्बन्ध कहिल्यै नमेटिने हुन्छ त्यो हो #आमा❤️

13/09/2022

मानिसको जिबनमा कुनै भर हुदैन धन र मनको ,धन एकै छिनमा सकिन्छ भने मन एकै छिनमा बदलिँन्छ ।

13/09/2022

स्रोत नखुलेको १५ लाखसहित दुई पक्राउ ------:

स्रोत नखुलेको १५ लाख १६ हजारसहित दुई जना पक्राउ परेका छन् ।सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको १५ लाख १६ हजार रूपैयाँसहित शनिबार दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बस्ने ३५ वर्षीय जनकराज हमाल र धादिङको गल्छी गाउँपालिका वडा नं. ५ घरभई हाल काठमाडौं महानगरपालिका १४ बस्ने २५ वर्षीय सुमन खतिवडा रहेका छन् ।भारततर्फ जाँदै गरेको बा.९८ प ७१५८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरिएको हो ।

13/09/2022

खोटाङमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा बन्द -----:

जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चित कालका लागि बन्द भएको छ।
दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सेवा बन्द गरिएको अस्पतालले सूचना प्रकाशन गरेर जानकारी दिएको हो।जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक मात्र कर्मचारी दुर्घटनामा गोडा भाँचिएर बिदामा बसेकाले तत्कालका लागि शल्यक्रिया सेवा बन्द गरिएको प्रमुख चिकित्सक डा. नितु लामाले जानकारी दिइन्। ‘एनेस्थेसियाका सहायकस्तरका कर्मचारी एक जना मात्र हुनुहुन्छ’, उनले भनिन्, ‘दुर्घटनापछि उहाँ बिदामा बसेको २० दिन भयो। सम्बन्धित कर्मचारी नहुँदा अन्य कर्मचारीले उक्त काम गर्न मिल्दैन। अरुले गर्दा खतरा हुने भएकाले शल्यक्रिया सेवा नै बन्द गरिएको हो।कर्मचारी अभावका कारण कुनै विकल्प नहुँदा नागरिकलाई अगाडि नै जानकारी होस् भनेर औपचारिकरूपमा सूचना जारी गरेर गर्भवतीको शल्यक्रिया सेवा नै बन्द गरिएको अस्पतालले जनाएको छ। प्रमुख लामाले अर्को कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित निकायमा कुरा भइरहेकाले चाँडै उक्त सेवा पुनः सञ्चालनमा ल्याउने बताईन।
जिल्लाको एकमात्र सरकारी अस्पतालमा गर्भवती दैनिकजसो आउने र कतिपय गर्भवतीमा विभिन्न कारण प्रसूति गराउन शल्यक्रिया नै गर्नुपर्ने अवस्था भएपछि समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन्। १० स्थानीय तह रहेको जिल्लामा २०७६ असारदेखि जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गरेर प्रसूति गराउने सेवा सञ्चालनमा ल्याइएको थियो।
जिल्ला अस्पतालमा प्रसूति गराउने गर्भवती तथा जटिल किसिमका बिरामीलाई उपलब्ध गराइँदै आइएको शल्यक्रिया सेवा बन्द भएपछि सेवाग्राही चिन्तित बनेका छन्। जिल्लाका अन्य अस्पतालमा गर्भवती तथा अन्य जटिल किसिमका बिरामीको लागि शल्यक्रिया सेवा नभएपछि सेवाग्राही चिन्तित बनेका हुन्।
शल्यक्रिया बन्द भएसँगै जिल्लाका शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवती तथा अन्य किरामीलाई राजधानी काठमाडौँ तथा तराईका सुविधासम्पन्न अस्पताल लग्नुपर्ने भएको छ। राजधानी काठमाडौँलगायतका सुविधासम्पन्न ठाउँमा लानुपर्दा कम्तीमा जिल्लामा दुई लाख ५० हजार रुपैयाँ सम्म खर्चेर हेलिकोप्टर चार्टर गर्ने गरिएको छ।दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाका लागि ऐंसेलुखर्क र दक्षिणी क्षेत्रका स्थानीय बासिन्दाका लागि चिसापानीमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन्। जिल्लाका दुवै प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि उनीहरू बस्दैनन्।

04/08/2022

जुन घरमा बुवा आमाको कुरा मानिदैन ,पछि त्यही घरमा वकिलको कुरा मान्नु पर्ने अबस्था आउन सक्छ।

सप्तकोसी प्रभावित बस्ती स्थानान्तरणमा जुट्न गृहमन्त्रीको निर्देशन ------:उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोस...
03/08/2022

सप्तकोसी प्रभावित बस्ती स्थानान्तरणमा जुट्न गृहमन्त्रीको निर्देशन ------:

उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ ।पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको बताइएको छ । अहिले नजिकका बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम सुरु भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।गृहमन्त्री खाणले कटानबाट प्रभावित बस्तीका नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, उनीहरूलाई तत्कालका लागि बासस्थान, राहतको व्यवस्था कसरी गर्नेबारे परराष्ट्रमन्त्री डा नारायण खड्कासँग समेत छलफल गरेका छन् । मन्त्री डा खड्काको गृहजिल्ला उदयपुर भएकाले उनीसँग छलफल गरिएको हो ।
गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी, प्रदेश नं १ का सशस्त्र प्रहरी बलका प्रमुख नायब महानिरीक्षक कमलप्रसाद गिरी, उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक बोहोरा, उदयपुर सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण अधिकारी र सिँचाइ विभागका उदयपुर प्रमुखलगायतलाई टेलिफोन गरी तत्काल उद्धार, राहत र अस्थायी बासस्थानको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
मन्त्री खाणले त्यसका लागि के–के आवश्यक पर्ने हो मन्त्रालयमा जानकारी गराउनसमेत निर्देशन दिएका छन्। गृहसचिव पाण्डे र प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेललाई उदयपुरमा तत्कालका लागि आवश्यक पर्ने उद्धार र राहतका सामग्री तयार गरी पठाउन निर्देशन दिए । कटानबाट सबैभन्दा बढी डुम्रिकोट तथा लाहुरेखोँचका बासिन्दा प्रभावित छन् ।
विपदमा परेकालाई अस्थायी बासस्थान निर्माण, उद्धार, राहत र घाइते भएको भए उपचारमा कुनै कमी हुन नदिन गृहमन्त्री खाणले मन्त्रालय मातहतका निकाय र सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका छन् । कटानका कारण दुई हजार चार सय घरधुरी प्रभावित हुने बताइएको छ ।
कटानलाई रोकेर पनि त्यही स्थानमा राख्न सक्ने सम्भावना नदेखिएकाले बस्ती स्थानान्तरण आवश्यक छ । केही दिनअघि पनि सप्तकोसीमा बाढी आएपछि कटान रोक्न बनाइएका संरचना नदीले बगाइसकेको स्थानीय सुरक्षा अधिकारीले बताएका छन् ।

27/07/2022

एउटा सपना चक्नाचुर भएर पनि अर्को सपना देख्ने शक्तिलाई जिन्दगी भनिन्छ ।

23/07/2022

🙏

23/07/2022

सम्मानिय प्रधानमन्त्री ज्यु
देशको शिक्षा नै धाराशाही भए पछि, कसरी देशलाई अगाडी लान सकिन्छ र? म यहाँलाई अनुरोध गर्छु, खुलस्त हस्तक्षेप गर्नु होस। हामी पढाउने कुरालाई मिसन बनाएर बसेका मानिसहरु तपाईंलाई साथ दिन तयार छौ। तेस्कालागि निम्न कुरा गर्नु आबास्यक छ।
१. राजनितिक निस्ठा नहेरी, योग्य देशभक्त र प्रांगिक इमान्दारीता भएका मानिसलाई अब उच्च शिक्षाको जिम्मा लिने गरि उपकुलपतिमा नियुक्त गर्नुहोस।
२. हड्ताल गर्ने विद्यार्थी, शिक्षक र कर्मचारीलाई अपराधी घोषित गर्ने कानुन ल्याउनुहोस। प्राध्यापन जागिर होइन, अन्वेषण हो, सेवा हो। यस्मा सेवा र सुबिधाका लागी जाने होइन, ज्ञान उत्पादनका लागि जाने जो। बिश्वबिद्धालयमा पढाउन जान्नेले जानू पर्छ।
३. गर्ने मानिसले गर्दो रहेछ भन्ने कुरा मध्यपस्चिमान्चल बि बि का उपकुलपतिले देखाए। तर सर्टीफिकेट बेच्ने, भ्रस्टाचारमा परेका मानिस पदाधिकारी हुने, भत्ता खाएर बिदेश डुल्ने, र पिएचडिको बेइज्जत गर्नेलाइ चुनौती दिने बेला भयो।
४. रास्ट्रीए सेवा सुरुगरि बिद्यार्थीलाई बिकासमा सरिक हुने मौका दिनिहोस।
५. रास्ट्रीय मोडेल बिश्वबिद्धालय सुरुगरि अनुसन्धान र थिन्कटैन्क निर्माण गर्नुहोस।
६. बिश्वबिद्धालय भित्रको भ्रस्टाचारको व्यापक अनुसन्धान गरि अख्तियारमा प्रतिबेदन पेशगर्नु होस।
हजारौं मानिसको यो आवाज हो। एउटा कुरक छुटेछ। अब कुनै पनि बिश्वबिद्धालयमा उपकुलपतिबाहेक अरु पदाधिकारी अर्को बिश्वबिद्धालयबाट लान नपाइने ब्यबस्था हुनु पर्छ। उपकुलपति पनि अपबादका रुपमा मात्र लाने ब्यबस्था हुनुपर्छ। आरक्षणमा शिक्षक नियुक्ति हुनसक्दैन। यस्मा पनि बिचार होस।

22/07/2022

जान्नेलाइ छान्ने अभियान मा आजको बिचार!!
६)👉चीनमा : - भ्रष्टाचार गर्ने फाँसिमा झुन्डिन्छ !!
👉नेपालमा : - भ्रष्टाचार गर्ने सत्तामा झुन्डिन्छ !
👉भारतमा : - हरिण मार्ने जेलमा छिर्छन !!
👉नेपालमा : - मान्छे मार्ने सिंहदरबार छिर्छन !
👉जापानमा : कानुन संग नेता डराउँछ !!
👉नेपालमा : नेता सँग कानुन डराउँछ !
👉मलेशियामा : - भ्रष्टाचार हुँदा छानबिन आयोग गठन हुन्छ !!
👉नेपालमा : - भ्रष्टाचार हुँदा ढाकछोप आयोग गठन हुन्छ !
👉कोरियामा : - राजनिती सबैभन्दा ठूलो सेवा हो !!
👉नेपालमा : - राजनिती सबैभन्दा ठूलो व्यापार हो !
👉बेलायतमा : - उद्योगपति सबैभन्दा धनी हुन्छन !!
👉नेपालमा : - राजनितीज्ञ सबैभन्दा धनी हुन्छन !
👉संयुक्त राष्ट्र संघ : - गाँजालाई लागू औषध सुचीबाट हटाउछ!!
👉 नेपालमा : - गाँजालाई लागू औषध भनेर जेल हाल्छन् ।
👉स्विजरल्यान्डमा : - बच्चा पेटमै हुँदा भत्ता प्राप्त गर्छ !!
👉नेपालमा : - बच्चा पेटमै हुँदा ऋणको भारी बोक्छ !
👉विश्वमा : - विदेशी राजदूत प्रधानमन्त्री कहाँ धाउँछन !!
👉नेपालमा : - प्रधानमन्त्री विदेशी राजदूत कहाँ धाउँछन !
👉फ्रान्समा : - पानी पर्यो भने ५ मिनेट पछि सडकबाट पानी हराउछ !!
👉नेपालमा : - पानी पर्यो भने ५ मिनेट पछि सडक नै गाएब हुन्छ !!
यस्तै नेपाल बनाइराख्न खोज्नुभाको हो हजुर?? हैन भने पटकपटक तिनै भ्रष्टाचारी हरुलाइ किन भोट हाल्नुहुन्छ??
यस पालिको चुनाव मा पत्तासाफ बनाउन एकजुट भएर जुट्ने हैन त??

खोटाङ रावाबेसीकी वडासदस्य मृत फेला -----:खोटाङमा वडा सदस्य मृत फेला परेकी छन्। रावाबेसी गाउँपालिका–३ लामीडाँडाकी दलित मह...
08/07/2022

खोटाङ रावाबेसीकी वडासदस्य मृत फेला -----:

खोटाङमा वडा सदस्य मृत फेला परेकी छन्। रावाबेसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुका विश्वकर्मा मृत फेला परेकी हुन्।३० वर्षीया विश्वकर्मा बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डीएसपी उमेश लम्सालले जानकारी दिए।वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मेनुका कांग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्। उनी कांग्रेसको वडा सभापति पनि हुन्।
मंगलबार माइतीतर्फका हजुरबाको मृत्यु भएपछि उनी माइती गएकी थिइन्। उनी झुण्डिएको अवस्थामा फेला परेको लम्सालले बताए। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ।
दोश्रो पटक वडासदस्यमा निर्वाचित मेनुका गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन्। उनका दुई छोरी छन्।उनका श्रीमान वैदेशिक रोजगारीका सिलसिलामा युएईमा छन्।

Address

Gaighat
Udayapur Garhi

Website

Alerts

Be the first to know and let us send you an email when Our Gaighat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share