Janamukhi Khabar जनमुखी खबर

Janamukhi Khabar जनमुखी खबर नमस्कार, हामि जनमुखी खबर फेसबुक पेजबाट हामि तपाईहरुलाई ताजा खबर जानकारी गराउँछौं । हामिलाई फलो गर्नु

10/02/2024

कैलाश गाउँपालिकामा जनप्रतीनिधि सहित गाँजाको असुली धन्दा चलाउँदै ।।।

दलित युवासँग प्रेम गरेको भन्दै बुबाले गरे छोरीको हत्या, साढे ५ महिनापछि खुल्यो रहस्य  युवासँग प्रेममा रहेको भन्दै १५ वर्...
25/01/2024

दलित युवासँग प्रेम गरेको भन्दै बुबाले गरे छोरीको हत्या, साढे ५ महिनापछि खुल्यो रहस्य

युवासँग प्रेममा रहेको भन्दै १५ वर्षीय छोरीको हत्या गरेको आरोपमा बुबालाई प्रहरीले पक्राउ गरेको छ । बाराको फेटा गाउँपालिका – १ त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नै छोरी कोशिला कुमारीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

महतोले गत साउन ११ मा मामाघर बस्दै आएकी छोरी कोशिलालाई पर्साको जगरनाथपुर गाउँपालिकाको सुगौलीमा रहेको खोला किनारमा हत्या गरेर शव फालेको प्रहरीले बताएको छ ।

कोशिलाको शव पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो । शरीर र टाउको छुट्टा छुट्टै गरी ५० मिटरको दुरीमा फालिएको अवस्थामा कोशिलाको शव फेला परेको थियो । जसको पहिचान करिब २० दिन अघि मात्रै भएको बारा प्रहरीले जनाएको छ ।

गाण्ठे मुलाको स्तम्भ ,ओखलढुङ्गा
25/01/2024

गाण्ठे मुलाको स्तम्भ ,ओखलढुङ्गा

24/01/2024

जोरथाङ ड्रग्स सफाई अभियान को प्रमुख कुमारी माझी माथि जानलेवा हमला भएको भिडियो प्राप्त भएको छ ।

बम्जन आश्रमबाट बेपत्ता किशोरीका बुबाको दुर्घटनामा मृत्यु आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पा...
24/01/2024

बम्जन आश्रमबाट बेपत्ता किशोरीका बुबाको दुर्घटनामा मृत्यु

आफूलाई धर्मगुरुको रुपमा चिनाएर अनुयायीलाई बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता एक जना पीडितको बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ । मदनभण्डारी राजमार्ग अन्तरगत सिन्धुलीको कमलामाई नगरपालिका-९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा किशोरीका बुबा गम्भीर घाइते भएका थिए । घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले अनलाइनखबरलाई बताए ।

‘उहाँ जाहेरीकर्ताको बुबा हुनुहुन्थ्यो भन्ने खबर आएको छ, त्यसलाई भेरिफाइ गरिरहेका छौं’, सिलवालले भने, ‘उहाँको भाइलाई बेलाएको छु, आउनुभएपछि थाहा होला ।’ त्यसक्रममा आश्रमबाट बेपत्ता किशोरीको बुबाको मृत्यु भएको पुष्टि भएको एसपी सिलवालले बताए । प्रहरीका अनुसार, उनले पछिल्लो समय बम्जनको पक्षमा सार्वजनिक अभिव्यक्तिहरु दिँदै आएका थिए । प्रहरीका अनुसार, डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २-०४-००१ ट ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुई मोटरसाइकलमध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको मृत्यु भएको छ भने अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्तिलाई उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । एसपी सिलवालका अनुसार, बम्जनको घटनासँग जोडेर पनि दुर्घटनाको अनुसन्धान हुनेछ । ‘अहिलेसम्म शंकास्पद विषयहरु देखिएका छैनन्, यद्यपि अनुसन्धान बल्ल सुरु भएको छ’, उनले भने । ५ वर्षदेखि फरार रहँदै आएका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २५ पुसमा पक्राउ गरेको थियो । जिल्ला अदालत, सर्लाहीको आदेशपछि उनी पुर्पक्षका लागि थुनामा छन् ।*

*यसअघि प्रहरीले बम्जनविरूद्ध जाहेरी दिने किशोरीको बुबाको मृत्यु भएको भनेपनि पीडित आश्रमबाट बेपत्ता भएको भन्ने खुलेपछि शीर्षक सच्याइएको छ ।

फुटपाथ व्यापारीद्वारा काठमाडौँ महानगर घेराउ  (तस्बिरहरू)........ फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीह...
24/01/2024

फुटपाथ व्यापारीद्वारा काठमाडौँ महानगर घेराउ
(तस्बिरहरू)........
फुटपाथमा व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरूले काठमाडौँ महानगरको कार्यालय घेराउ गरेका छन् । रत्नपार्कमा भेला भएर फुटपाथ व्यापारीहरू र्‍यालीसहित कमलादीस्थित महानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका हुन्
‘स्वरोजगार श्रमिकका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन व्यवस्था गर, सडकमा व्यापार गर्नु रहर होइन बाध्यता हो, हामीलाई गरिखान देऊ’, लगायतका प्लेकार्डसहित व्यापारीहरूले प्रदर्शन र घेराउ गरेका हुन्
त्यसका साथै उनीहरुले महानगर प्रहरी प्रमुख राजु पाण्डेको सम्पत्ति छानबिनको माग समेत गरेका छन् ।

24/01/2024

तामाङ्ग परम्परागत चलीआएको श्रीमान श्रीमतीको सम्बन्ध गाँसिने चलन !!हामिलाई त राम्रो लाग्छ !

दार्चुलामा श्रीमतीलाई कुटपिट गर्ने आरोपी द्दारा प्रहरिलाई चक्कु प्रहार ।।  श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि आरोपी...
23/01/2024

दार्चुलामा श्रीमतीलाई कुटपिट गर्ने आरोपी द्दारा प्रहरिलाई चक्कु प्रहार ।।


श्रीमतीलाई कुटपिट गर्ने गरेको उजुरी पछि आरोपीलाई पक्रन गएका दुई जना प्रहरीमाथि दार्चुलाको महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले चक्कु प्रहार गरेका छन् ।

चक्कु प्रहारबाट प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्ना घाइते भएका छन् । जवान ठगुन्नाको आँखाको तल्लो भागमा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

श्रीमती धनिशालाई कुटपिट गर्ने गरेको भन्दै धनिशाकी दिदीले प्रहरीमा निवेदन दिए पछि उमेशलाई नियन्त्रणमा लिन पुगेका बेला चक्कु प्रहार गरिएको हो ।

चक्कु प्रहार गरेर कुँवर फरार भए पछिउनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लालिगुँरास चोक बजार तेह्रथुम ।।
23/01/2024

लालिगुँरास चोक बजार तेह्रथुम ।।

23/01/2024

यस च्यानल बाट अपलोड गरिएको भिडियोहरु को मुख्य उद्देश्य हाम्रो धर्म, संस्कृति,संस्कार, शिक्षा,जनचेतना र संदेश हजु.....

23/01/2024

ॐ माने पेमे हुँ!!🙏🙏🙏🙏

थाहामा कौलिचोक भनेको झैं ,तेह्रथुमलाई परिचित बनाउन र पर्यटनलाई प्रबर्दन गर्नका निमित्त हाम्रो नेपालमै उत्पादन हुने तरकार...
22/01/2024

थाहामा कौलिचोक भनेको झैं ,तेह्रथुमलाई परिचित बनाउन र पर्यटनलाई प्रबर्दन गर्नका निमित्त हाम्रो नेपालमै उत्पादन हुने तरकारी लसुन बजारलाई अबलोकन गर्न जाऔँ !

22/01/2024

दार बाट बनेको अतिनै सुन्दर हरेक साईजको ठेकी चाहिएमा सम्पर्क गर्नुहोला !!!!्

थाहाको दाम्गाडेबाट लागू औषध गाँजा सहित दुईजना पक्राउ।ईलाका प्रहरी कार्यालय पालुङले अबैध लागू औषध गाँजा सहित २ जनालाई पक्...
22/01/2024

थाहाको दाम्गाडेबाट लागू औषध गाँजा सहित दुईजना पक्राउ।

ईलाका प्रहरी कार्यालय पालुङले अबैध लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय पालुङका अनुसार माघ ८ गते राती अन्दाजी १२:४५ बजे थाहा नगरपालिका वडा न ८ दाम्गाडे स्थित दाम्गाडे-गल्छी कच्ची सडक खण्डमा बलेरो गाडीमा अबैध लागू औषध गाजा लोड गरि लैजादै गरेको छ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगरको कमान्डमा खटी गएको प्रहरी टोलिले खोज तलास गर्ने क्रममा बिहान २:४५ को समयमा दाम्गाडे स्थित कच्ची सडकमा बा १५ च ३९२९ न को सिंगल क्याप बोलेरो गाडी संकास्पद अवस्थामा फेलापारी चेकजाँच गर्दा उक्त गाडिमा लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा दुई वटा बोरामा प्याकिङ गरेको ६ वटा पोकामा ५२ किलो ९ सय ग्राम लागू औषध गाँजाको धुलो सहित २ जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा रसुवा जिल्ला पार्वतीकुण्ड गाउँपालिका स्थायी घर भइ हाल थाहा नगरपालिका वडा न ९ नारायणहिटि बस्ने बर्ष २७ को प्रभात घलान र थाहा ३ दम्की स्थायी घर भइ हाल थाहा ६ बज्रवाराही बस्ने बर्ष ३२ का रण बहादुर थिङ रहेको ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए।

21/01/2024
मृत्यु मार्ग बन्दै चित्लाङ-चन्द्रागीरी सडक !भारतका सम्राट अशोक यही ठाउँहरूबाट काठमाडौं जाने–आउने क्रममा चित्लाङ्गको चित्...
19/01/2024

मृत्यु मार्ग बन्दै चित्लाङ-चन्द्रागीरी सडक !

भारतका सम्राट अशोक यही ठाउँहरूबाट काठमाडौं जाने–आउने क्रममा चित्लाङ्गको चित्रापुर नगरको चित्लाङ्गमा चैत्य निर्माण गरेका थिए भन्ने भनाई भएपनी (सम्राट अशोक आफै नभई उनकी छोरी चारुमती) बौद्ध दर्शनको प्रचार गर्दै आएकी थिइन् र तिनले चाबहिलको चैत्य समेत निर्माण गरेको इतिहास छ !

त्रिभुवन राजपथ सञ्चालनमा आएपछि चित्लाङ्ग सुनसान बनेको थियो । यसले गर्दा बाउ आमा मरेको अनाथ जस्तो यो बाटो अपहेलित र तिरस्कृत भइ रह्यो !

नेपालको इतिहासमा विभिन्न वंश र ऋषिमुनिहरुले देशभरको यात्रा गर्नुपर्दा थानकोट चित्लाङ्ग (हाल थाहा नगरपालिका ९ र १० मा पर्ने गणेशमान सिंह राजमार्गको प्रयोग गरेको इतिहास रहेको पाइन्छ ।

चित्लाङ्गको ऐतिहासिक साँस्कृतिक साथै अर्थ सामाजिक पक्ष र त्यहाँको जनजीवन, उत्पादन समेतलाई हेरेर राज्यले यथाशीघ्र सो ऐतिहासिक चन्दनागिरी – चन्द्रागिरि बाटोबारे गम्भीरता पूर्वक निति निर्माण र बजेट व्यवस्थापन गर्नु जरुरी छ !

कुनैबेला भारतबाट भीमफेदी कुलेखानी, मार्खु, चित्लाङ्ग हुँदै यही चन्द्रागिरि (हालको गणेशमान सिंह मार्ग) बाट उपत्यका (नेपालमा) गाडी भित्रीन्थ्यो ! बिडम्बना ! लगभग २३ सय वर्षको इतिहास बोकेको चन्द्रागिरि सडक खण्ड हाल सम्म पनि उस्तै अवस्थामा रहेको छ ! शोणितपुर खवर बाट छन् ।

महर्जन नेतृत्वको टोलिले थाहाको विभिन्न क्षेत्रमा सरसफाइमकवानपुर थाहा नगरपालिकाको विभिन्न स्थानमा स्वयंसेवकहरुले सरसफाई ग...
19/01/2024

महर्जन नेतृत्वको टोलिले थाहाको विभिन्न क्षेत्रमा सरसफाइ

मकवानपुर थाहा नगरपालिकाको विभिन्न स्थानमा स्वयंसेवकहरुले सरसफाई गरेका छन् । काठमाण्डौबाट आएका राजमान (मानव) महर्जन नेतृत्वको टोलीले थाहाको पालुङ शहर, पाण्डुकेश्वर क्षेत्र, चित्लाङ, शिखरकोटलगायतको स्थानहरुमा सरसफाई कार्यक्रम सञ्चालन गरेका हुन् । टोलीले विश्व सरसफाइ कार्यक्रम अन्तर्गत थाहानगरका विभिन्न क्षेत्रमा कार्यक्रम गरिएका हुन् ।

उनीहरु सरसफाई सम्बन्धी सन्देश दिने र सरसफाई कार्यक्रम सञ्चालन गर्दे देशका विभिन्न स्थानहरुमा पुग्ने गर्दछन् । टोलीमा सुशीला महर्जन, लक्ष्मन महर्जन, दिलिप महर्जन र मैयाश्वरी महर्जनसहभागी थिए । स्तस्फूर्त रुपमा १४ वर्षदेखि यस किसमको कार्यक्रमहरु सञ्चालन गर्दे आएको राजमान मानवले जानकारी दिए ।

थाहा नगरपालिकाको वडा नम्बर २ मा भएको सरसफाई कार्यक्रममा वडाध्यक्ष बमबहादुर सिन्तानको विशिेष उपस्थिती रहेको थियो । स्वयंसेवकहरुलाई वडाध्यक्ष सिन्तानले स्वागत गरेका थिए । सरसफाई कार्यक्रममा स्थानीयहरु पनि सहभागी भएका थिए ।

18/01/2024

तपाईं हामी सबैले सुन्नै पर्ने कार्यक्रम समृद्ध थाहानगर ,
थाहा नगरपालिकाको आर्थिक सहयोगमा उत्पादित रेडियो कार्यक्रम समृद्ध थाहानगरमा तपाईको पनि कुनै सुचना ,सल्ला ,सुझाब ,गुनासो र प्रतिकृयाहरु छन भने जानकारी गराउन सक्नुहुनेछ ।
थाहा नगरपलिकाको सम्पर्क नं. ०५७-४०००५६ र 0५७-४०००६६
उत्पादन रेडियो दामन एफ.एम.९०.८ मेगाहर्ज
९८६१६१२७१८ र ९८५१२०६३८९

16/01/2024

हाम्रो प्यारो मनहरी गाउँ शब्दको मनहरी गाउँपलिकाको परिचय गितमा मनहरी गाउँपालिका वडा नं. ६ मा अवस्थित श्री राष्ट्रिय माध्यामिक बिद्यालय , सुनाचुरीका विद्यार्थीहरुले नृत्य गर्दै ।

बिनयबाबु बस्नेत स्मृति प्रतिस्ठान र छ्हारी युवा समाज,हेटौंडा  चित्लाङ मा जारी २७औं जिल्ला स्तरिय  रनिङ शिल्ड भलिबल प्रति...
15/01/2024

बिनयबाबु बस्नेत स्मृति प्रतिस्ठान र छ्हारी युवा समाज,हेटौंडा चित्लाङ मा जारी २७औं जिल्ला स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिताको फाइनलमा बिनयबाबु स्मृति प्रतिष्ठान ले छहारी युवा समाज हेटौंडा लाई 25-19 ,25-22,26-24 ले पराजित गरेको छ।
तेस्रो स्थान चित्लाङ्ग खे.बि.स.थाहा९ ले थाहा खे.बि.स.५लाई हाराउदै चित्लाङ्ग खे.बि.स. तेस्रो भयको छ।

चित्लाङमा जारी जिल्ला स्तरीय भलिवल फाइनलमा छहारी युवा र विनयबाबु स्मृति भिड्नेस्वच्छन्द भैरव युवा क्लवको आयोजना थाहा नगर...
14/01/2024

चित्लाङमा जारी जिल्ला स्तरीय भलिवल फाइनलमा छहारी युवा र विनयबाबु स्मृति भिड्ने

स्वच्छन्द भैरव युवा क्लवको आयोजना थाहा नगरपालिका वडा नम्वर ९ स्थित चित्लाङमा जारी जिल्ला स्तरीय भलिबल प्रतियोगिताको फाइनलमा विनयबाबु स्मृति प्रतिष्ठान र छहारी युवा समाज हेटौंडा प्रवेश गरेको छ।

आजको पहिलो सेमिफाइनल खेलमा बिनय बाबुले थाहा खे.बि.स चित्लाङ्ग लाई र छहारी युवा समाजले थाहा खे.बि.स ५ लाई पराजित गरेका हुन।

१५ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले नगद ६० हजार, उपविजेता टिमले नगद ३० हजार र तेस्रो हुने टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल खेल माघ १ गते हुने चित्लाङ बाट बिराजन बस्नेतले जानकारी दिए।

ज्यान मुद्दामा फरार थाहानगर टिष्टुङका २ जना १७ वर्षपछि पक्राउकर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएका दुई पुरुषला...
14/01/2024

ज्यान मुद्दामा फरार थाहानगर टिष्टुङका २ जना १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएका दुई पुरुषलाई मकवानपुर प्रहरीले १७ बर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको थाहा नगरपालिका वडा नंम्बर १२ गैरीगाउँ बस्ने घटौरे, मोटे स्याङतान भन्ने रामचन्द्र स्याङ्तान र सार्की माइला भन्ने कालु गोले रहेका छन् ।

गैरीगाउँकै ७० बर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्यामा स्याङ्तान र गोलेलाई जिल्ला अदालत मकवानपुरले विं.सं.२०६८ असोज ८ गते दोषी ठहर गरी २० बर्ष कैद सजाय सुनाएको थियो ।
अदालतको दोषी ठहर गरेपछि फरार रहेका दुबैलाई २९ पुस बिहान गैरीगाउँस्थित घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए । दुबैलाई जिल्ला अदालत मकवानपुरमा पेश समेत गरिएको छ ।

थानकोट-चित्लाङ सडक दुर्घटनामा मृत्यु हुनेको पहिचानहेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीको थानकोट-चित्लाङ सडक खण्डको ...
13/01/2024

थानकोट-चित्लाङ सडक दुर्घटनामा मृत्यु हुनेको पहिचान

हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीको थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरामा निजी सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् ।
थानकोटबाट चित्लाङतर्फ आइरहेको प्रदेश—३— ०१—०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका-४ मा शनिबार दिउँसो दुर्घटना हुँदा काठमाडौं लाजिम्पाट बस्ने ओमकार तिवारी, महेशकुमार गौतम, कल्पना गौतम र श्रीयन्स गौतमको घटनास्थलमै मृत्यु भएको थानकोट प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नारायण अधिकारीले बताए ।
६ वर्षीय स्माइल गौतम भने घाइते भएका छन् । उनलाई उपचारको निम्ती काठमाडौं लगिएको छ । प्रहरीका अनुसार उनीको अवस्था पनि गम्भीर छ । कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो । शनिबार उनीहररू चित्लाङ घुम्न आएको हुन सक्ने प्रहरीको अनुमान छ । हेटौंडा-काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारीसाधन चल्न रोक लगाइएको छ ।

थानकोट-चित्लाङ सडक दुर्घटना चारको मृत्यु दुई घाइतेकाठमाडौंबाट चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरी नगरपालिका- ४ सेतो पहर...
13/01/2024

थानकोट-चित्लाङ सडक दुर्घटना चारको मृत्यु दुई घाइते

काठमाडौंबाट चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरी नगरपालिका- ४ सेतो पहराबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

आज दिउँसो १:५५ बजे प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

दुर्घटनामा परी ४ जनाको घटनास्थलमै मृत्यु भएको र १ जना घाइते भएको एसपी ढुंगेलले जानकारी दिए।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम छन्।

11/01/2024

हाम्रा रुप्चन्द्र बिस्टको (रुदाने को जन्म स्मृतिमा थाहा नगर प्रमुख बिष्णु बिस्टको भनाई !

Address

Thaha Municipality
Thaha Municipality
44100

Telephone

+9779861612718

Website

Alerts

Be the first to know and let us send you an email when Janamukhi Khabar जनमुखी खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janamukhi Khabar जनमुखी खबर:

Videos

Share