Palpa Rimigha online

Palpa Rimigha online Like,comment and share #

17/09/2023
राजनैतिक शक्ति भनेको सबै बन्द ढोकाहरु खोल्ने मुल चाबी हो।- ड. गोपाल गुरुङ बिसालु माकुरा को जालोमा फसे झै विभिन्न जाल झेल...
02/09/2023

राजनैतिक शक्ति भनेको सबै बन्द ढोकाहरु खोल्ने मुल चाबी हो।- ड. गोपाल गुरुङ
बिसालु माकुरा को जालोमा फसे झै विभिन्न जाल झेल मा पर्दै घर साङ्लो लाई बन साङ्लो ले लखेटेको कथा झै चारो को लागि सारा संसारमा भाग्नुपर्ने बाध्य बनाइएका नेपाल का मुलवासीहरु लाई खोसिएको मुलचाबी दिलाउनको लागि आमाको गर्भाशय मा शिशु हुर्किरहेको छ।यो धर्ती ले न्याय खोजिरहेको छ यो देश ले यहाँ को मुलवासीहरु लाई बोलाइरहेको छ यसर्थ समय र परिस्थिति को माग लाई सम्बोधन हुनेगरी चादै नै यो देशको भबिस्य मुक्तिदाता को जन्म हुदैछ।

31/08/2023
निबर्तमान प्रेसिडेन्ट बुद्दलाल मेचे को यो नयाँ रुप सार्है घिन लाग्दो,Mno फाउन्डर प्रेसिडेन्ट ड. गोपाल गुरुङ को नाम बेचेर...
25/08/2023

निबर्तमान प्रेसिडेन्ट बुद्दलाल मेचे को यो नयाँ रुप सार्है घिन लाग्दो,

Mno फाउन्डर प्रेसिडेन्ट ड. गोपाल गुरुङ को नाम बेचेर रिसर्च सेन्टर,शालिक निर्माण मा धेरै आर्थिक अनियमितता भएको कुरा बाहिरिएर चर्चा भैरहेको छ।बुद्दलाल मेचे एउता कार्यक्रम मा सार्बजनिक रुपमा संगठन ८ चोती फुट्छ अनि बलियो हुन्छ भनेर भनेका थिए ।अहिले यहि कुरा को विवाद भैरहेको बेला मलाई ड. गोपाल गुरुङले ने भनेको हो भनेर युगपुरुष दार्शनिक दुरदर्शि ब्यग्ति ड. गोपाल गुरुङ ज्यु को नाम बदनाम गरेर आफ्नो गल्ती लाई चोख्याउने काम गरेका छन् ।महामानव घोषणा गर्नु पनि भनेका थिए भनेर केन्द्रिय सदस्य प्रबिना थापाले पनि सार्बजनिक कार्यक्रम मै भनेका थिए।बुद्दलाल मेचे ले आफ्नो पद जोगाउन को लागि यति हदसम्म गिरेर ड. गोपाल गुरुङ को नाम बदनाम गर्ने छुट छ??

22/08/2023

प्राय झतारो फलेको वृक्ष मा नै हान्ने गर्छन् फल लागेको रुख को जरा पनि मजबुत हुन्छ, झतारो ले रुख ढल्दैन।
युगपुरुष ड. गोपाल गुरुङ ज्यु ले प्रतिपादन गर्नुभएको दर्शन र सिद्धान्त प्रती इमानदार तथा उहाँ ले देख्नुभएको सपना साकार बनाउन सक्ने सक्षम नेतृत्व जसलाई ड. गोपाल गुरुङ ज्यु ले `यो भाइ बन्यौ म ढुक्क भए मेरो सपना पूरा भयो भन्नुभएको थियो ´ पश्चिम् बाट उदाएको तारा थम्मन ब. बुढा मगर लाई कारबाही र चरीत्र हत्या गर्दैमा उहाँको एउता रौ पनि हल्लिदैन।
अघि बढ थम्मन बुढा हामी सधै साथमा छौँ ।

"तपाईंहरु पनि चुनाव जितेर आउनुहोस् हामी पनि अर्कै पार्टी खोलर चुनाव जिटेर आउंछौं। एकै चोटी सदनमा भेटौंला " - भन्दै 'थमन ...
22/08/2023

"तपाईंहरु पनि चुनाव जितेर आउनुहोस् हामी पनि अर्कै पार्टी खोलर चुनाव जिटेर आउंछौं। एकै चोटी सदनमा भेटौंला " - भन्दै 'थमन बुढा'ले MNO बाट राजिनामा दिए। उनि संगै अन्य थुप्रैले पनि राजिनामा दिए:

लगभग 20-22 महिना पछि संगठनको केन्द्रिय बैठक मोरङ मा बस्दै गर्दा संगठनका मूलसचिव र अन्य केन्द्रिय सदस्यहरु तथा केही प्रान्तिय सभा र जल्ला सभाको ठूलो समुहले MNO बाट सामुहिक राजिनामा दिएका छन। MNO का वर्तमान प्रेसिडेन्ट 'बुद्धलाल मेचे' लाई पश्चिमको कुनै पनि कार्यक्रममा निम्तो गर्दा उपस्थित नभएको, फोन नउठाएको, गुटबन्दी समूह बनाएर सौतेला ब्यवहार गरेको, गुटबन्दि समूहले प्रमाण बिनाको आरोपहरु लगाएको, गुटबन्दी समूहले सामाजक सञ्जालमा ब्यक्तिगत चरित्रहत्या गरेको, प्रेसिडेन्टले बैठक नबोलाई कन थुप्रै एकल निर्णय गरेको, लोकतान्त्रिक प्रक्रिया नअपनाएको, प्रेसिडेन्ट जस्तो मान्छे झापामा मात्रै सिमित भएको, भेटघाट गर्न नचाहेको, मूलसचिवलाई नै बाईकट गरेर संगठनमा Powerless बनाएको ... जस्ता थुप्रै गुनासोहरु राजिनामा दिने समूहले ब्यक्त गरेका छन।

MNO भनेको 'डा. गोपाल गुरुङ'ले पञ्चायत कलमै भद्रगोल जेल भित्र खोलेको मूलवासी मंगोलहरु मात्रैको राष्ट्रिय राजनैतिक संगठन हो। आज भन्दा 10-15 वर्ष अगाडि यो संगठन झापा र ईलाममा मात्रै सिसित थियो तर पछि थमन बुढाको उदय भए पछि पश्चिम क्षेत्रमा पनि MNO फैलिदै गएको थियो। पश्चिमका जनताले पनि 'हामी मूलवासी मंगोल रहेछौं, यो देश त मूलवासीको रहेछ' भनेर बुझ्न पाएका थिए। र धेरै जनताले MNO प्रति आशा र भरोसा पनि गरेका थिए। अस्तिको प्रदेश र प्रतिनिधि सभाको चुनावमा पनि देश भर बाट MNO ले 60 हजार भन्दा धेरै भोट जम्मा गरेको छ। कुनै समय पर्दा पछाडी बाट मात्रै संघर्ष गरेको MNO को बारेमा अहिले देश विदेशका जनताहरुले ब्यापक चर्चा परिचर्चा गरिरहन्छन। डा. गोपाल गुरुङको अथक संघर्ष पछि नेपालमा लोकतन्त्र आएको हो र लोकतन्त्र आए पछि मात्रै 18 वर्ष पछि MNO ले निर्वाचन आयोगमा दर्ता पाएको थियो। तर पछि सन् 2016 मा डा. गोपाल गुरुङ को मृत्यु भएको केही महिना पछि बाहुनको सरकारले MNO लाई निर्वाचन आयोग बाट खारेज गरिदिएको थियो। त्यस पछि थमन बुढा को नेतृत्वमा अन्य केन्द्रिय सदस्यहरु पनि खतिएर बाहुनको शासन सत्ता संग बैचारिक लडाइँ लडे पछि MNO लाई फेरी दर्ता गर्न सफल भएका थिए। त्यस पछि सबै केन्द्रिय नेताहरु मिलेर अग्रज नेताको रुपमा सम्मान गर्दै 'बुद्धलाल मेचे'लाई संगठनको प्रेसिडेन्ट बनाएका थिए। बुद्धलाल मेचे MNO का संस्थापक डा. गुरुङ को ईमान्दार र विश्वासिलो साथि तथा कार्यकर्ता थिए। MNO मा उन्ले पनि ठूलै योगदान दिएका छन। वहाँको योगदान र ईमान्दारीताको कदर गर्दै नेताहरुले पाचौं राष्ट्रिय महाअधिवेशन बाट संगठनको प्रमुख अर्थात प्रेसिडेन्ट बनाएका थिए। उक्त समयमा वहाँलाई प्रेसिडेन्ट बनाएकोमा असन्तुष्ट ब्यक्त गर्ने तथा अनैतिक शैलिमा बिद्रोह गर्ने 'बिरलाल वालाहाङ' सहित 5 जनाको समूहलाई MNO ले कार्बाई गरेर निकालेको थियो। त्यतिखेर पनि थमन बुढाले बुद्धलाल मेचेलाई नै समर्थन गरेका थिए। तर अहिले आएर बुद्धलाल मेचे र उन्का गुटबन्दी समूहले 'मूलसचिव थमन बुढा'लाई नै अपहेलना गरे पछि संगठन नै छोड्ने अवस्थामा पुगेको भन्ने बुझिएको छ। सुन्नमा आए अनुसार डा. गोपाल गुरुङ कै दर्शनमा आधारित रहेर मूलवासी मंगोलहरुको हितको लागि अर्को दल वा संगठन खोल्ने थमन बुढाको तयारी रहेको छ। र वहाँलाई साथ दिन चाहाने केन्द्रिय, प्रान्तिय र जिल्लाको थुप्रै नेताहरुले सामुहिक रुपमा MNO बाट राजिनामा दएका छन।

बाहिर बाट राम्रो चर्चा कमाउन थालेको MNO मा भित्र भित्रै नेताहरु बिचमा यस्तो मनमुताव छ भन्ने कूरा जनताले थाहा पाएका थिएनन। तर पछिल्लो 2,3 महिना यता थमन बुढा, प्रेम शेर्पा, कल्पना थापा सहित सिङ्गो पश्चिमका नेताहरुले नेट्वर्किङ गरेर जनतालाई करोडौं ठगेको भन्ने खाले आरोपहरु सहितको पोस्टहरु सामाजिक सञ्जालमा देखिन थालेका थिए। तर अहिले सम्म आरोप लगाउने मान्छेहरु अर्थात बुद्धलालका गुटबन्दी समूहहरुले कस्ले कस्लई कति ठगेको भन्ने कूराको स्पस्ट प्रमाण दिन सकेका छैनन। आरोपीत समूहले चाहीँ प्रमाण देखाउ भन्दै चुनौती दिईरहेका छन। सिङ्गो पश्चिमलाईनै आरोप लागे पछि MNO को गण्डकि प्रान्तिय सभा र लुम्बिनी प्रान्तिय सभाले छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रमहरुमा प्रेसिडेन्ट बुद्धलाल मेचेलाई प्रमुख अतिथिको रुपमा निम्तो गरेको भएता पनि वहाँ उपस्थित नभए पछि मूलसचिव 'थमन बुढा'ले प्रमुख अतिथीको भुमिका निर्वाह गर्नु भएको थियो। कार्यकर्ताहरुले सोधेको प्रश्नहरुको जवाफ दिँदै सारा जनताको अगाडि आफूलाई लागेको आरोप र MNO भित्र भएका समस्याहरुको बारेमा स्पष्टिकरण दिनु भएको थियो। संगठनकै मान्छेहरु बाट धेरै हेपाइ खानु परेको कारण आफूले राजिनामा दिने तयारी गरेको कूरा उक्त कार्यक्रमहरुमा नै बटाउनु भएको थियो। वहाँले केके बताउनु भएको थियो भन्ने कूराको प्रत्यक्ष भिडियो हेर्नको लागि 'Himalayan Baaj' YT channel, 'Palpa Top Rimigha' YT channel 'Man Mongol' YT channel र अन्य YT channel हरुमा पनि सर्च गरेर हेर्न सक्नुहुन्छ।

अहिले केन्द्रिय बैठक चलिरेको छ। बैठक को आज पहिलो दिन 21 August 2023 मा सम्पन्न भएको छ। भोली र पर्सी अझै दुई दिन बैठक सुचारु हुने छ। पहिलो दिनको बैठक बसे पछि MNO का प्रवक्ता 'दिलिप धिमाल' ले मेडियामा बोल्दै "MNO का मूलसचिव थमन बुढा सहित 10 जना केन्द्रिय सदस्यहरु र सिङ्गो लुम्बीनी प्रान्तिय सभा र गण्डकी प्रान्तिय सभाका पदाधिकारीहरुलाई पनि साधारण सदस्य समेत नरहने गरि कार्बाई/निश्कासन गरेका छौं" भन्ने अभिव्यक्ति दिनु भएको छ। तर वहाँले यो अभिव्यक्ति दिनु भन्दा अगाडी नै मूलसचिव थमन बुढा र अन्य नेताहरुले आफै राजिनामा दिएको कूरा घोषणा गरिसकेका थिए। अहिले MNO बाट राजिनामा दिएका केन्द्रिय नेताहरुको नामावली यस प्रकार रहेको छ:
१.केन्द्रिय मूल सचिव - थमन बुढा मगर
२.केन्द्रिय सदस्य - कल्पना थापा
३.केन्द्रिय सदस्य - केसु राजकोटी
४.केन्द्रिय सदस्य - प्रेम छिरी शेर्पा
५.केन्द्रिय सदस्य - राज बहादुर छन्ट्याल
६.केन्द्रिय सदस्य - कुमार गुरुङ
७.केन्द्रिय सदस्य - विष्णुमान(आयुस) बि.क.
८.केन्द्रिय सदस्य - लालबहादुर दर्लामी
९.केन्द्रिय सदस्य - शान्त कुमार मगर
१०.केन्द्रिय सदस्य - गंगा खपाङ्गी
११.केन्द्रिय सदस्य - जयकली दर्लामी
१२.केन्द्रिय सदस्य - भिम ब. राना
१३.केन्द्रिय सदस्य - तेज कुमारी आले
१४.केन्द्रिय सदस्य - बुध माया थापा
१५.केन्द्रिय सदस्य -पम्फा सिंजाली
अन्य केही नेताहरुले पनि राजिनामाको तयारी गरेको भन्ने बुझिएको । साथै गण्डकि प्रान्तिय सभा र लुम्बिनी प्रान्तिय सभाले पनि सामुहिक रुपमा राजिनामा दिएको बटाएको छ। यती मात्र नभएर म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, पाल्पा, नवलपुर, चितवन, ... लगायतका धेरै जिल्लाका पदाधिकारीहरुले पनि सामुहिक राजिनामा दिएको भन्ने खबर आएको छ। अरु ककस्ले राजिनामा दिन्छन कि के गर्छन भन्ने कूरा हेर्न बाँकी नै छ। संगठनमा यस्तो अवस्था आउला भनेर जनताले सोचेका थिएनन र केन्द्रिय नेताहरु मिल्न नसक्दा जनता र कार्यकर्ताहरु दुखी छन। अझै दुई दिन केन्द्रिय बैठक हुने बुझिएको छ। थमन बुढा मात्र नभएर सिङ्गो पश्चिमका जिल्ला र प्रान्तिय सभाहरु संग किन सहकार्य गरिएन? उनिहरुलाई किन सौतेला ब्यवहार गरियो? भन्ने प्रश्नको स्पष्ट जवाफ पक्कै आउछ होला भन्ने कूरा जनता तथा कार्यकर्ताहरुले आशा गरेका छन।

MNO पाल्पा ले मुल नेतृत्व को कार्यशैली प्रती अबिस्वास गर्दै सामुहिक राजीनामा दिएका छन् ।लक्ष्य जति नै महान भएता पनि हासि...
21/08/2023

MNO पाल्पा ले मुल नेतृत्व को कार्यशैली प्रती अबिस्वास गर्दै सामुहिक राजीनामा दिएका छन् ।

लक्ष्य जति नै महान भएता पनि हासिल गर्न साधन र नेतृत्व को भुमिका महत्त्वपूर्ण हुन्छ।
मंगाेलवादकाे गन्तव्य सम्म पुग्नको लागि लोकतन्त्र,धर्म निरपेक्ष,प्रान्तियता को बाटो हुँदै MNO साधन बाट प्रेसिडेन्ट बुद्द्लाल मेचेको नेतृत्व मा यात्रा मा रहदै गर्दा नेतृत्व ले बाटो बिराएको कारण mno भित्र यति धेरै समस्याहरु उत्पन्न भएका छन् आखिर किन केका लागि? यसको जवाफदेहीता र जिम्मेवारीपन नेतृत्व मा छैन यसर्थ यो साधन(mno) र नेतृत्व बाट लक्ष्यमा पुग्न नसक्ने कुरा प्रष्ट हुँदै हामी mno बाट ओर्लने निर्णयमा पुगेका छौँ।
म लक्ष्मण गाहा बि.स. २०७३ साल पौष २५ गते बाट बगनासकाली-४,खानिछाप वडा सभाको सचीव हुँदै, तत्कालीन मङ्गोल युवा क्लब संयाेजक,जिल्ला सदस्य,जिल्ला सचिवालय सदस्य,जिल्ला सचीव, हाल जिल्ला सभा अध्यक्ष को जिम्मेवारी बहन गर्दै समानता,भातृत्व र स्वतन्त्रता सहित को अस्तित्व अधिकार प्राप्ति का साथै देशको आमूल परिवर्तनको लागि संघर्ष गर्दै आइरहेको मा म लगायत mno जिल्ला सभा पाल्पा का विभिन्न तहका पदाधिकारीहरुले सामुहिक राजिनामा गर्दछौं। राजीनामा पत्र सम्बन्धित निकायमा पुगिसकेकोले यसै फेसबुक मार्फत सार्बजनिक गरेको जानकारी गराउदछु।
Note- हाम्रो बैचारिक क्रान्ति को यात्रा रोकिएको छैन कहिले रोकिदैन। जै मङ्गोल! जै मुलवासी !!जै देश नेपाल !!!

21/08/2023

मंगोल नेशनल अर्गनाईजेशन (एम एन ओ), प्रान्तिय सभा लुम्बिनीद्वारा आयोजित "लुम्बिनी प्रदेश स्तरीय कार्यकर्ता भेटघाट...

Mongol National organization(mno)  ८ पटक सम्म फुट्छ भनेर अभिव्यक्ति दिदै  दर्शन सिद्धान्त बिधान मिचेरै भए पनि आजिवन प्रे...
20/08/2023

Mongol National organization(mno) ८ पटक सम्म फुट्छ भनेर अभिव्यक्ति दिदै दर्शन सिद्धान्त बिधान मिचेरै भए पनि आजिवन प्रेसिडेन्ट बनिरहन गुटबन्दी फोहोरी खेल गरिरहेका पाँचौ राष्ट्रिय महादिवेशन ले निर्वाचित गरेको प्रेसिडेन्ट बुद्दलाल मेचे को संगठन फुटाउने योजना सफल भएको देखिन्छ। बिना आधार मुलसचिव थम्मन बुढा लाई आरोप लगाएर कारबाही गर्दै छैठो राष्ट्रिय महादिवेशन बाट फेरि प्रेसिडेन्ट हुने दाउ मा रहेका बुद्द्लाल मेचे लाई पुर्ब मुलसचिव थम्मन बुढा लगायत को केन्द्र सदस्यहरुको राजीनामा ले थप सहज बनाएको छ। डा. गोपाल गुरुङ ज्यु को आस्था,भरोसा उहाँ ले देखाउनुभएको मार्गदर्शन सारा मङ्गोल मुलवासी समुदाय प्रती कुठाराघात गर्ने लाई इतिहास मा मङ्गोल गद्दार को रुपमा कालो अक्षरमा नाम लेखिनेछ।

19/08/2023

मंगाेल नेशनल अर्गनाइजेसन(mno) को मुल नेतृत्व प्रती बिद्रोह को सुरुवात भएको छ, नेतृत्व पङ्ती नसच्चिएमा सबै जिल्लाहरु मा बिद्रोह को आगो सल्किने निस्चित छ।

Send a message to learn more

17/08/2023

जिल्ला जिल्ला मा थम्मन बुढा,गाउँ शहर टोल टोल मा थम्मन बुढा देश बिदेश मा थम्मन बुढा, अब को युग नेता बन्ने चुनौती बोकेको थम्मन बुढा , जातीय नजरले हेर्यौ भने मगर देख्नेछौ मङ्गोलवाद को बिचार ले मान्छे(मङ्गोल) देख्नैछौ, मंगाेलवाद को अन्तिम निचोड लोकतान्त्रिक समाजवाद हो, सर्बप्रथम ज्यान(लोकतन्त्र,धर्म निरपेक्ष,प्रान्तीयता) बचाउनुपर्छ चाहे त्यसको लागि घर(mno) त्याग्न किन नपरोस् त्यसैले अबको यात्रा युगपुरुष अमर ड. गोपाल गुरुङ ले प्रतिवादन गर्नुभएको दर्शन र सिद्धान्त लाई दायाँबायाँ नगरीकन रुपान्तरण सहित निश्चित गन्तव्य(मङ्गोल अस्तित्व सहितको मुलवासी अधिकार प्राप्ती का साथ देशमा विकास र समृद्धि स्थापित) मा पुग्न को लागि संघर्ष हो।
- थम्मन ब. बुढा मगर

प्रमुख अतिथी मुलसचिव थम्मन बुढा मगर ज्यु बाट कार्यक्रम को उद्घाटन !!!
11/08/2023

प्रमुख अतिथी मुलसचिव थम्मन बुढा मगर ज्यु बाट कार्यक्रम को उद्घाटन !!!

11/08/2023
कदर पत्र द्वारा सम्मान  # पाल्पामंगाेल नेशनल अर्गनाइजेसन(mno) प्रवास पाल्पा आर्थिक मंच लाई mno पाल्पा ले कदर पत्र ले सम्...
10/08/2023

कदर पत्र द्वारा सम्मान # पाल्पा
मंगाेल नेशनल अर्गनाइजेसन(mno) प्रवास पाल्पा आर्थिक मंच लाई mno पाल्पा ले कदर पत्र ले सम्मान गरेको छ। २९ औं बिश्व मुलवासी दिवस को अवसर पारेर प्रवास मन्च का तिल बहादुर उचै ज्यु लाई खडा तथा कदर पत्र प्रदान गरि सम्मान गरेको हो। पाल्पा अध्यक्ष लक्ष्मण गाहा लखन ले विभिन्न रुपले हरेक समस्या मा आर्थिक रुपले सहयोग गर्दै आउनुभएको कुरा बताउदै प्रवास आर्थिक मन्च प्रती हार्दिक आभार ब्यग्त गर्दै धन्यवाद दिनुभएको थियो।

मंगाेल नेशनल अर्गनाइजेसन(mno) गण्डकी प्रान्तीय सभा को प्रेस बिज्ञप्ति,
10/08/2023

मंगाेल नेशनल अर्गनाइजेसन(mno) गण्डकी प्रान्तीय सभा को प्रेस बिज्ञप्ति,

बिश्व मुलवासी दिवस कार्यक्रम, पाल्पा  # 9 Aug. 2023मंगाेल नेशनल अर्गनाइजेसन(mno) जिल्ला सभा पाल्पा को आयोजना मा २९ औं बि...
09/08/2023

बिश्व मुलवासी दिवस कार्यक्रम, पाल्पा # 9 Aug. 2023
मंगाेल नेशनल अर्गनाइजेसन(mno) जिल्ला सभा पाल्पा को आयोजना मा २९ औं बिश्व मुलवासी दिवस(29th world indigenous people's day) कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।पाल्पा जिल्ला अध्यक्ष लक्ष्मण गाहा लखन को अध्यक्षतामा तथा जिल्ला सचीव तारा प्र. रानाको संचालनमा भएको कार्यक्रममा विभिन्न नगर/गाउँ /वडा सभा का नेताकार्यकर्ताहरुको सहभागी रहेको थियो। सम्पुर्ण सहभागीहरु लाई मुलवासी सम्बन्धित विषयमा कुरा राख्ने अवसर दिइएकोमा सहभागी कार्यकर्ता शुभचिन्तकहरु बाट उठेको जिज्ञासा गुनासो बारे प्रमुख अतिथि लुम्बिनी प्रान्तीय सभा का अध्यक्ष टोप ब. खाम्चा ज्यु ले जवाफ दिनुहुदै देशको बर्तमान राजनैतिक घतनाक्रम र संगठन को धारणा बारे प्रष्ट पार्नुभएको हो।बिशिस्ट अतिथि लुम्बिनी प्रान्तीय सदस्य पुरन दर्लामी ज्यु ले मंगाेल र मुलवासी शब्द मा नै मुलवासी समुदायहरुको विकास र समृद्धि रहेको भन्दै जागीर को नाममा चारो दिदै मुलवासी लाई आदिवासी जनजाति दलित बनाउने राज्य को यो बिभेदकारी नीति को विरुद्धमा हाम्रो संघर्ष हो,हामी सबै यसमा सचेत हुन र गराउन जरुरी छ भनेर भन्नुभयो।कार्यक्रम को अन्त्यमा अध्यक्ष लखन ज्यु ले सम्पूर्ण अतिथी लगायत सहभागी, प्रवास सभा प्रती धन्यवाद ब्यग्त गर्दै मङ्गोल मुलवासीहरु अरुको लागि धेरै लडे,बलिदान दिए अब समय आएको छ अन्तिम पल्ट आफ्नो अस्तित्व को लागि,आफ्नो भाबी आउने सन्तति,समाज र देशको लागि बैचारिक लडाइँ लड्न तयार हुन सारा मुलवासीहरु,देशभक्त उत्पीडित सबै बर्ग समुदायहरु एक हुनुपर्ने आह्वान गर्नुभएको छ।

07/08/2023
05/08/2023
01/08/2023

पाल्पा । बगनासकाली गाउँपालिकाले ६ नं. वडाका वडाध्यक्ष लक्ष्मी प्रसाद अधिकारीलाई दुई लाख १० हजार जरिवाना गर्ने नि...

20/07/2023

बनको काडाँ लाई तिखार्न पर्दैन।

Address

Tansen

Telephone

+9779866061180

Website

Alerts

Be the first to know and let us send you an email when Palpa Rimigha online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other News & Media Websites in Tansen

Show All

You may also like